Tuesday, March 6

पोष्टराज चापागाईका फेसबुक नोट्समा चाहार्दा २०६८।११।२३

केही फुर्सद निकालेर आज पोष्टराज चापागाईका नोट्स छान मारेँ । त्यो पनी हालसालैका मात्रै । पुराका पुरा सागरै रहेछन् भनुँ या बाढी । राम्रा सिर्जना पढ्दा पढ्दै बोर भएको आजै हो म । गजबको मिठास र शैली रहेछ । नाम निकै सुनेको तर पढ्ने अनुकुल नभएको बेला तथा केही फेसबुकका टाँठाबाठाहरु सिर्जना त के स्ट्याटस समेत चोरेरै काम चलाउँछन् । ति महान टाठाबाठाहरुलाई सान्निध्यको मेसेज । सकेसम्म आफ्नो पैचान बनाउनु न सके Postraj Chapagain कहाँबाट खुलेआम चोर्नु !! चोर्नुनै छ भने गतिलै चोर न ।
  • Sannidhya Myagdi पाटी कोरी क ख जान्या, हिजै जस्तो लाग्छ...
    खसिराख्ने कट्टु तान्या, हिजै जस्तो लाग्छ...

    स्कुल जाने केटी ताकी, कान्लामाथिबाट,
    लुकीलुकी ढुङ्गा हान्या, हिजै जस्तो लाग्छ...

    सिनेमाको जिन्दगीलाई, साँचो सत्य मानी,
    आफूलाई हिरो ठान्या, हिजै जस्तो लाग्छ...

    बिहे गर्दा ठूलै युद्ध, जिते जस्तै गरी,
    मन खाकी केटी छान्या, हिजै जस्तो लाग्छ...

    पाटी कोरी क ख जान्या, हिजै जस्तो लाग्छ...
    खसिराख्ने कट्टु तान्या, हिजै जस्तो लाग्छ...
    (पोष्टराज चापागाई)
    35 minutes ago · · 6
  • Sannidhya Myagdi ‎---------------गजबको उर्जा --------Postraj Chapagain
    हेर्ने आँखा/भए खुल्ने/रङ्ग हुन्छन्/कतिकति...
    लड्ने आँट/भए जित्ने/जङ्ग हुन्छन्/कतिकति...
    33 minutes ago · · 3
  • Sannidhya Myagdi ‎--------Postraj Chapagain-----
    बाहिर ओठ हाँसे पनि भित्रभित्र
    किन दुखी र हतास हुन्छ मान्छे...

    वजनदार बन्न खोज्दा हलुङ्गो भै
    किन रुवा र कपास हुन्छ मान्छे...

    छातीभित्र सास छामे चल्छ तर
    किन जीवनभर लास हुन्छ मान्छे...
    30 minutes ago · · 1
  • Sannidhya Myagdi ‎---मनको सर्जरी वाह Postraj Chapagain-----
    जन्मदा त्यो ठूलो हुने, बढ्दै जाँदा सानो हुने
    मर्दा फेरि ठूलो हुँदै भिर पाखा चर्ने के हो...
    28 minutes ago · · 2

सन्दर्भ फागू पूर्णिमा र गजल



फागूको बेलामा यूवक/यूवतीहरुको मनमा अनेक लालसा र चाहना प्रकट भएका हुन्छन् । विशेष गरी केटा मान्छेहरुका लागी फागू आफूलाई मनपरेको मान्छेसँग नजिकिने बहाना त हुँदै हो त्यो भन्दा पनी कुरकुरे वैशमा हुने नट्टिनेशलाई पोख्ने गतिलो बहाना हो । यही यूवक मनको सुषुप्त चाहनालाई प्रतिनिधित्व हुनेगरी यो संयोजन गरेको हुँ । फागूको रौनक केही आफ्नै अनुभव र दुनियाँदारीले यसलाई अरु संरचित गर्न सघाए नै ।