Sunday, September 9

महिला कर्मचारीप्रति कुण्ठित दृष्टिकोण-गायत्री लम्साल


सारांश
  • सबै सेवा समूहका कर्मचारीलाई एकमुष्ट रूपमा हेर्ने हो भने अहिले निजामती सेवामा महिला कर्मचारीको संख्या २३ प्रतिशतबाट उकालो लाग्दैछ। प्रतिशतमा हेर्दा सबैभन्दा बढी महिला स्वास्थ्य सेवामा छन्। स्वास्थ्य सेवाका महिला संख्या झिक्ने हो भने यो प्रतिशत निकै तल रहेको पाइन्छ।
  • पुरुषप्रधान सोचविचार र चिन्तनले मस्त भएका सोचाइ सजिलै महिलालाई सम्मान गर्न र आदर गर्न हिच्किचाउँछन्।
  • कहिलेकाहीं कसैले पालो पाउँदा पनि उपल्लो दर्जाका कर्मचारीले भनेको मान्ने, उनीहरूसँग हाँसीमजाक गर्ने महिला मात्र पटकपटक रोजाइमा पर्छन्। 
  • तल्लो तहमा काम गर्ने महिला कर्मचारीले आफ्नो कार्यालय प्रमुख पुरुष भए हुन्थ्यो भन्ने सोच राखिन्छ एकातिर भने अर्कोतिर महिला कार्यालय प्रमुखले पनि आफूमाताहतका कर्मचारीमा पुरुष नै छनोटमा पर्ने गरेको पाइन्छ।
  • समाजका गन्यमान्य पुरुषले आफूले घरयासी कुनै काम नगरी वर्षौंको लगानीबाट त्यो माथिल्लो तहमा पुगेका हुन्छन् तर त्यही तह र तप्कामा घरायसी सबै काम गरेर, गाईवस्तुको गोबर सोहोरेर साथै आफ्नै बालबच्चाको हेरविचारको अभिभारा पूरा गरेर पुगेका महिलालाई कमजोर देख्नु सरासर अन्याय हो। अझै पनि महिलालाई पछि पार्न चाहने सोच हो, प्रवृत्ति हो।
  • सेवाप्रवाह गर्ने निकायमा, सार्वजनिक प्रशासनका सबै क्षेत्रमा, सबै तह र तप्काका महिला र पुरुष कर्मचारीको समान आवश्यकता छ।
  • सकारात्मक सोचौं, एक दिन सरकारको सारथि सार्वजनिक प्रशासनको हरेक तह र तप्कामा महिला र पुरुष मात्रात्मक रूपमा समान हुनेछन्, साथमा गुणात्मक पनि।

स्थिति चित्र १

दिदिभाई र बाबुआमा
-----
कपास कि ढुँगा?
गंगा कि जल?
आगो कि कमल?
आफन्त कि आफु?

कैफियत कहाँ छ ?

भैगो नदुँख ए मन,
मनलाग्दी गर्न सबै मनले पाउनुपर्छ ।
कठोर या नरम जे सुकै
मन हो यार दुख्छ बेला बेला ।
याद आओस् नआओस्

उलट पुलट चल्छ ।
तदाम्यता भत्कन्छ ।
सन्त्रास र भय फैलन्छ ।
‌‌‌औडाहा आईलाग्छ । जान मन गर्दैन ।
लागिरहन्छ .............
छताछुल्ल असरल्ल हुन पाउँ ।

भरोसा कसको गर्ने?
कसको वचन राख्ने?
कसलाई कहेर मन माझ्ने?
विहान आशिर्वाद दिउँसो बकवास साँझ रुवावास !
रुनका लागि आँशु चाहिदैनन् प्यारे
हाँस्नका लागि शब्द चाहिदैनन् बरै ।

यौटा आमन्त्रित कुनैबेला अबको धरोहर बन्छ ।
भाई भाई दिदि भाई बिचको निकट्ता नै त हो
सत्य ओकल्न सक्छ ।
कटु बोल्न सक्छ ।
तितो पोख्न सक्छ ।
यति खुलस्त प्रशस्त छैन ।
अब खुलेका पाटालाई फुलले ढाक्नुको विकल्प छैन ।
कि हाँसेर । कि छुट्न थालेका बोली मासेर ।

अस्त्तित्वका दुई कारक अनेक कारणले भ्रमित छन् ।
अहँम र वेफ्वाँकको रवाफ र फुईमा सवार छन् ।
आफ्नै वरपर कोरिएका सीमाबाट घेरिएका छन् ।
ती जंजाल समेल्न र भंगाला पुर्न असफल सन्तानले
न आमाको मुख हेर्ने दिनको आनन्द लिन सक्छ ।
न बाबुको मुख हेर्ने दिनमा आँट बटुल्न सक्छ ।
न भाईटिकाका दिनको ममता लुट्न सक्छ ।

अन्तत :
यो लेनदेनको कुरा हो ।
यो आफ्नै हुण्डरीको पराकाष्ठा हो ।
आफैमा रमाउनुको विकल्प नदेखेपछी
हिँड्नुपर्ने त त्यस्तै बाटो हो ।
म त्यस्तै असजिला बाटोलाई
सहज बनाउन खटिएको छु ।

अस्तु
#ॐ कारेश्वर मार्ग, शान्तिनगर, काठमाडौ ।
२०७५।४।२४ रातको १०:३१

कर्मचारी पाँच किसिम

ल्याकत अली खाँ= क्षमताले खाने गुलाम अली खाँ- चाकरी गरेर खाने तीसमार खाँ- अरूलाई मारेर खाने विषमिल्लाहा खाँ- अरूलाई लडाएर खाने
किस्मत अलि खाँ- भाग्यले दिएको खाने (फेसबुकबाट साभार)