याद १ : फ्ल्यास ब्याक
याद मेटिदैन ।
आँखाले समेटन नसकने कला ।
आँखाले नभेटने दुरी ।
तथाकथित उडान ।
प्रकृतिले नभरिने अँगालो ।
कुईरो लागेको डाँडो ।
डाँडा
खुल्यो -आश जाग्यो ।
प्लेन गन्ने दैनिकी ।
दिन गन्ने यात्रु ।
याद २ : औडाहा
महोदय !
यत्ति जान्नुस् र मान्नुस ।
मुस्ताङ्ग भन्या स्याउ मात्रै हैन ।
मुस्ताङ्ग भन्या मुक्तिनाथ मात्र हैन ।
मुस्ताङ्ग भन्या लोमान्थाङ्ग पनि हो ।
मुस्ताङ्ग भन्या कागबेनी पनि हो ।
मुस्ताङ्ग यौटा मानक हो ।
राज्य र सीमाको छवि नमिठो बिझ्नेछ ।
कोरला नाका मिथक नबनोस् ।
अर्काको आशको सत्यानाश होओस् बरु
करिडोरले रौनक ल्याउने आशा गरौँ ।
यताको देखेर उताकोले गिन्ति नगर्ने विडम्बना बिच
उताको देखेर यता मन कुँडाउन नपरोस् ।
बलौटे माटो र कुँडार खानी बन्नेछ ।
उराठ बस्तिमा सुविस्ताका विश्रामस्थल हुनेछन् ।
चढेपछी झर्न हतार नहोस् ।
झरेपछी चढ्न हतार होओस् ।
याद ३ : भिजिटर
पर्यटक र यात्रु ।
भक्तालु र तिर्थालु ।
को कहाँ किन र कसरी ?
वैकुण्ठ बास गराउन पिण्ड दान कि श्राद्ध?
मुक्तिको मार्ग र स्थल के हो ?
पुग्दैमा न जवाफ आउँछ ।
छुँदैमा न रवाफ आँउछ - किन होला?
अप्ठ्यारैमा हुँइकने महादेव ।
हुरुरु चल्ने हावामा मिठास हुँदो हो त !
सिरिरी चल्ने स्याँठमा उमँग हुँदो हो त !
खुरुरु पोखरेली बाईक हुरुरु नझरोस् एकैदिन ।
पटके हैन पटक पटक दर्शन होओस् ।
हरेक पटक, एकसाथ भाकल र धन्यवाद होओस् ।
जय होस् ।
याद ४ : दशै
स्याउ र सुकुटी । च्याङ्ग्रा र च्याउ ।
ओखर । साग । खुर्पानी । तिते मिठे फापर ।
वा को सिरिप सिरिप अनि आलु ।
घाँटीहुँदै चर चर पार्ने ब्राण्डीको चुस्कि ।
अर्कै देश । अर्कै परिवेश ।
सेता हिमाल र कालीको गडगडाहट ।
वैशको लहरी । बाटैभरी मल । नाकैभरी गन्ध ।
खच्चड र घोडा । चढेकालाई पुग्न हतार छ ।
नपुगेकालाई नपुगिने भय छ ।
पुगेकालाई घरमा दशै कुर्दो छ ।
कच्चि बाटो र मौसम
छिर्के हान्दो छ ।
२०७५।६।९
म्याग्दी
हाल : ॐ कारेश्वर मार्ग, पुरानो बानेश्वर, काठमाडौ ।