Monday, July 6

केही भन्नु छ की ?

केही भन्नु छ?

तिम्रो धमिलो याद
झनै धुमिल बन्दो छ ।
यसैगरी
बितिरहने हो समय भने

त्यो धुमिल यादलाई
कुचो लगाउन बाध्य हुनेछु ।
त्यतिबेला
तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ ।
तिमिले मलाई दावी गर्न पाउनेछैनौ ।
किनकि
मेरो अस्तित्व
तिम्रो याद लैजाने
त्यही कुचोसँगै
बढारिनेछ ।
यसबारे तिम्रो केही भन्नु छ की ?

Facebook | Your Notes

म दुखी छैन । म हाँस्न सकिरहेको छैन तर चाहन्छु । भित्रैबाट । र त्यहाँ तिम्रो सान्निध्यताकै व्यापकता छ । केबल तिमी त्यसको कारक बन्न सक्छ्यौ भन्ने मेरो आशय हो । जान्ने सुन्ने तिमी हुँदाहुँदै म किन हाँस्न नसकिरहेको हुँला ख्वै ?

Facebook | Sannidhya Sapkota

"हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ भने ठट्टा होला ।"

गजल

गजल

Facebook | Your Notes

"क्रमश जटील बन्दै गएर होला
अरुले नबुझेकैले तिमीले बुझ्न पायौ
बर्षेको थिइन यसरी कैलै
अरु नरुझेकैले तिमी रुझ्न पायौ ।
अब अरु रहर नगरेकै बेस भो
म कायर भए त्यसैले जुध्न पायौ ।"

Facebook | Sannidhya Sapkota

"रात त्यसै बितेको पत्तै हुदैन । दिनमा कसैका लागी समय छ्ट्याउनु कठीन रहेछ । यस्तो बेला तिमी के गर्छौ ?"

Facebook | Sannidhya Sapkota

"हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ भने ठट्टा होला ।"

Facebook | Sannidhya Sapkota

"बसमाया आजको रात । फेरी भेट हुदैन एक साथ । गाईको दुध बाछीले घटेम्ली । नबोलेर कलेजी कटेम्ली । बारीमा फलेको साग । आज भेट भयौ नी का बाँट । बसमाया आजको रात..............."

Facebook | Sannidhya Sapkota

"गएँ र आँए पनी । बेकारमा काम गिथले की भन्ने लाग्यो । अर्थात आज शुरु भयो भोली बिहानै बिर्को लगाउछुँ पक्कै ।"

Facebook | Sannidhya Sapkota

"अरुहरुका जस्तै मेरा पनी थुप्रै गर्नुपर्ने कामहरु चाउचाउ जस्तै जेलिएका छन् । टुक्रा टुक्रा परेको चाउचाउ कसैको रोजाइमा नपर्ने रहेछ । जबकी चाउचाउ नतोडीकन नटुक्रायाइकन खाने मान्छे ऐलेसम्म भेटिएका छैनन् ।"

Facebook | Sannidhya Sapkota

मेरो अव्यवस्थालाई देखेर होला कसैले सरोकार लिएको लाग्दैछ । तर कहिलेसम्म?"