Monday, September 28

कपाल: एक गन्थन

कपाल लामै छ । 
तर त्याे भन्दा लामाे छ कपालकै कारण बिटुलिएकाे समय ताँती ! 
जसरी मलाई कपालले स्याहार खाेजेकाे मन पर्दैन । त्यसैगरी स्याहार नपाएकाे कपाल उपर राय ब्यक्त गरेकाे वाहियात र बकवास समेत लाग्छ । तथापि हाँसाेले टार्ने सीप सिक्दैैछु । 
सिक्नै चाहे हरेक पल सिकाईका विश्वविद्यालय छन् । 
जाबाे जुल्फिले कहिले ट्यापे बनाउँछ कहिले बाेल्ड । बाेल्डकाे परिभाषा के? ट्यापेकाे कपालसँगकाे साईनाे के हाे? कपाल किन पाल्न मन लाग्छ? वा कपाल किन काटिँदैन ? कपाल नकाट्नुसँग हर्माेनकाे सम्बन्ध छ त ? कैयन कपालसँग सम्बन्धित सवाललाई बाल नदिउँ भन्दा पनि धर छैन । 
महिला र पुरुषकाे कपालमा के फरक छ? जाेगी र कर्मचारीकाे कपालमा कुनै साईनु छ त? 
कपालकै कारण  कैयन अनाैपचारिक स्पष्टिकरण शालिन र शान्त भएर दिएतापनि के त्यसले जिज्ञासुलाई सञ्तुष्ट बनायाे हाेला त? 
आफ्नै सामान्य स्याहार सुसारका बाबजुद कपाल मनबाट हटिसक्याे तर शीरबाट हटेकाे छैन । 
साँच्चै कपालकाे किन यति माया लाग्छ ? कुनै बेला ‍औलाभरि नङ्ग बढाएर काँटा चम्चाकाे आदत बस्दा आफैलाई कहिले एलियन जस्ताे त कतै अरु भन्दा अलग विशेष लाग्ने भ्रम थियाे ।
कतै त्यसैकाे अर्काे किस्ता वा सँस्करण त हैन? कहिले मुन्द्राकाे सौख त कहिले ट्याटुकाे । कानमा टप लगाउन र छाेरीकाे कानसँगै आफु पनि कान छेडेर सुशुप्त रहर पुरा गरेकै त हाे । 
कपालले कसलाई आपत्ति छ ? तिनलाई छ जाे पहिले मेरा कपाल छाेटा र छरिताे देखेका थिए । तर के त्यहि नै मानक बन्नु जरुरी हाे त? 
अहिले लाग्छ कपालकै कारण कपाल झै लम्बिएका बातका थान कसरी सकिएलान?
मेराे कपाल अमर रहाेस्
@Baneshwor, 2077.6.12
बुढिकाे बर्थडे