Monday, October 12

सबल लोकतन्त्रका आधार-उमेशप्रसाद मैनाली

  • लोकतन्त्र अहिलेसम्म प्रयोगमा ल्याइएका राजनीतिक प्रणालीमा उत्तम मानिन्छ।
  • यो राज्य र समाजको एक व्यवस्था, एउटा राजनीतिक दर्शन हो र सबभन्दा महत्त्वपूर्ण कुरा यो एक जीवन पद्धति नै हो। 
  • लोकतन्त्रले अँगालेका मूल्यहरू स्वतन्त्रता, समानता, विधिको शासन, लोकप्रिय सहभागिता र सार्वजनिक उत्तरदायित्वजस्ता तत्वहरूले लोकप्रिय व्यवस्थाका रूपमा स्थापित छ।
  • जेफर्सनले भनेका थिए, ‘जब जनता सरकारसँग डराउँछ त्यहाँ तानाशाही हुन्छ, जब सरकार जनतासँग डराउँछ त्यहाँ स्वतन्त्रता हुन्छ।’ 
  • चर्चिलको यी भनाइ मननयोग्य छन्, ‘कसैले पनि लोकतन्त्र पूर्ण छ भनेर ढाँट्न मिल्दैन, अहिलेसम्म प्रयोग भएका व्यवस्था हटाउँदा यो खराब व्यवस्था नै हो।’ 
  • लोकतन्त्रभन्दा राम्रो व्यवस्थाको आविष्कार हुन नसक्नुले यसको आकर्षण बढेको हो भन्न सकिन्छ। 
  • एथेन्सको डेमोक्रेसी’ ले ‘डेमोस’ अर्थात् जनता र ‘क्रेसी’ अर्थात् शासनलाई बुझाउँथ्यो।
  • जोसेफ सुम्पिटरले स्रोत (लोकसम्मति), उद्देश्य (जनहित) र प्रक्रिया (लोकतान्त्रिक विधि) भनेर लोकतन्त्रमा हुनुपर्ने गुणहरूमा व्याख्या गरेका । 
  • राजहाँसले सेतो हुन दैनिक नुहाउनु पर्दैन र कागले सेतो पेन्ट लगाउँदैमा राजहाँस हुन सक्दैन।
  • लोकतन्त्र पनि थरीथरीका हुन्छन्—‘थिन डेमोक्रेसी (दुब्लो लोकतन्त्र)’, ‘सेन्सिबल डेमोक्रेसी (संवेदनशील लोकतन्त्र)’, ‘सब्स्ट्यान्टिभ डेमोक्रेसी (सारवान लोकतन्त्र) यसका केही रूप हुन्। नेपालको संविधानले प्रत्यक्ष र प्रतिनिधिमूलक लोकतन्त्रको सम्मि श्रण भएको ‘सेन्सिबल डेमोक्रेसी’ र ‘प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने ‘सारवान लोकतन्त्र’ को व्यवस्था गरेको छ।
  • जित्नेले सबै लिने (विनर्स टेक अल) प्रणाली र सबैले केही पाउने समानुपातिक प्रणालीका राम्रा पक्षहरू समेट्ने मिश्रित निर्वाचन प्रणाली नेपालले अवलम्बन गरेको छ।
  • मेकियावेलीले लेखेका थिए, ‘क्षयरोग सुरुमा पत्ता लगाउन कठिन हुन्छ तर उपचार सजिलो हुन्छ, ढिलो भएमा पत्ता लगाउन सहज हुन्छ तर उपचार गर्न कठिन हुन्छ। राज्य व्यवस्थाको रोग पनि यस्तै हो।’ त्यसैले यसका आधारहरू मजबुत बनाउन अथक् प्रयास जरुरी हुन्छ।
निहिलिज्म (शून्यवाद) को खतराबाट मुक्ति
  • लोकतन्त्र सबल बनाउन सबैभन्दा महत्त्वपूर्ण सर्त भनेको संविधान र कानुनप्रतिको श्रद्धा हो। नागरिकहरूले संविधान र कानुनको उल्लंघन र अनादर गर्न थाले भने यसले समाजमा अराजकता फैलाउँछ। अराजकताले संविधान मात्र होइन, राष्ट्रको समेत अन्त्य हुन सक्छ। महाभारतमा यक्षले युधिष्ठिरलाई राष्ट्रको मृत्युको कारण सोध्दा ‘अराजकता’ भन्ने उत्तर दिएका थिए। 
  • अहिले नेपालमा खट्किएको विषय नै संविधान र कानुनप्रतिको नकारात्मक सोचाइ भएको छ।
  • युवाहरूमा नकारात्मक मानसिकताको रोग देखिन्छ। जेलाई पनि नराम्रो देख्ने र आफू मात्र असल देख्ने मनोविज्ञानबाट युवा मुक्त नहुने हो भने ‘देवदूत’ नै शासन गर्न आए पनि यो देश उभो नलाग्ने निश्चित छ।
  • रूसमा जार अलेकज्यान्डर द्वितीयको निरंकुशताले नयाँ आन्दोलनको जन्म भएको थियो, ‘निहिलिज्म।’निरंकुश व्यक्तिवाद यसको सिद्धान्त थियो।
  • लोकतन्त्रको जग मजबुत बनाउने हो भने शक्ति पृथकीकरण र नियन्त्रण र सन्तुलनको स्पष्ट व्यवस्था संविधानमा हुनुपर्छ। नेपालको संविधान यस सिद्धान्तमा स्पष्ट छ। 
  • नेपालको संविधानले राम्रो व्यवस्था गरे पनि संवैधानिक अंगहरूले स्वतन्त्ररूपमा काम गर्न असहज वातावरण बन्दै गएको हो जस्तो देखिन्छ। हाल विभिन्न संवैधानिक अंगसम्बन्धी कानुनको विधेयक मस्यौदा सरकारले संसद्मा पेस गर्दा उनीहरूको अधिकार केही संकुचन हुने गरी प्रस्तुत गरेबाट शंका बढाएको हो। ‘ग्रेटर एक्जिक्युटिभ’ को अवधारणा नेपालको संविधानले कहींकतै स्विकारेको छैन भन्ने बुझ्न आवश्यक छ।
  • नागरिक निष्क्रियता र उदासीनता लोकतन्त्रका मुख्य वाधक हुन्। अहिलेको प्रतिनिधिमूलक लोकतन्त्रमा नागरिकहरूले आफ्ना प्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सकेनन् र सरकारका निर्णयहरूमा प्रभाव पार्न असक्षम भए भने लोकतन्त्र क्रमश निरंकुशतातिर उन्मुख हुन्छ। 
  • जेफर्सन भन्छन-‘जनताका चरित्र र जोसले नै गणतन्त्रलाई मजबुतीसाथ संरक्षण गर्छ, यसमा ह्रास हुनु भनेको घुन किराले प्रवेश पाउनु हो, जसले चाँडै संविधान र कानुनको मुटु नै खाइदिन्छ।’ त्यसैले लोकतन्त्र सबल बनाउने हो भने राज्यलगायतका सबै सार्वजनिक संस्थाहरूमा जनताको स्वामित्व बढाउन आवश्यक देखिन्छ।
  • लोकतन्त्र आफैंले आत्महत्या गरेन भने अरूले हत्या गर्न सक्दैन भन्ने भनाइ छ। 
  • दार्शनिक सोक्रेटिसले पनि राजनीतिको पाँच चक्रको व्याख्या गर्दै क्रमशः यही चक्रमा राजनीति घुम्ने गर्छ भन्ने निष्कर्ष दिएका छन्। पहिले कुलिनतन्त्र हुन्छ र यी कुलिनहरूको स्वार्थप्रेमले ‘टाइमोक्रेसी’ आउँछ, यसका सदस्यहरूको आपसी टक्करले ‘अल्पतन्त्र’ तिर लैजान्छ, उनीहरूप्रतिको जनताको असन्तुष्टिले विद्रोह भई ‘लोकतन्त्र’ स्थापना हुन्छ। जब लोकतन्त्रमा नेतत्व गर्नेहरूमा धन र सम्मानको भोक लालसा हुन्छ, त्यसैबाट तानाशाहीको जन्म हुन्छ। फेरि यही चक्रमा राजनीतिक प्रणाली घुम्छ।
  • अर्को आन्तरिक कमजोरी चुनाव प्रणाली हो। यो प्रभावकारी भएन भने ‘एरोज्इम्पसिबिलिटी थ्योरम’ ले भनेजस्तै चुनावले गलत र अस्वच्छ विजेताहरू जन्माउँछ। यिनीहरूमा वैधानिकता नहुनाले प्रभावकारी शासन दिन सक्दैनन्, प्रभावकारी शासन दिन नसक्नाले वैधानिकता प्राप्त गर्न सक्दैनन्। यसलाई ‘क्याच २२ सिच्युएसन’ भनिन्छ।
  • लोकतन्त्र यस्तो व्यवस्था हो, जसभित्र लोकतन्त्रकै विरोध गर्न पाइन्छ। यस्तो राम्रो व्यवस्थाको विकल्प भनेको अझ बढी लोकतन्त्र नै हो। कार्पेन्टरका यी भनाइ नै सही लाग्छ, ‘ए अनादरणीय लोकतन्त्र म तँलाई माया गर्दछु।’
  • http://annapurnapost.com/news/139842

No comments:

Post a Comment