Sunday, October 4

आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढा (बूढी) को !-कृष्णहरि बास्कोटा

  • संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोवर १ देखि इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को घोषणा गरेको हो । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो ।
  • विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा २०६८ को जनगणनामा ८.१३ प्रतिशत देखिएको थियो । हाल, २०७७ सालमा करिब २५ देखि ३० लाख ज्येष्ठ नागरिक जनसंख्या रहेको अनुमान छ ।
  • सन् २०५० मा ज्येष्ठ नागरिकको कूल संख्या १० वर्ष मुनिका कूल बालबालिकाभन्दा बढी हुनेछ । नेपाली समाज सन् २०३० देखि एजिंग सोसाइटीमा प्रवेश गर्नेछ भने सन् २०५६ देखि एज्ड सोसाइटीमा प्रवेश गर्ने अनुमान रहेको छ ।
  • आम मानिसहरुलाई बुढेसकाल जीउने कलाको विषयमा तालीम दिनुपर्छ ।
  • ज्येष्ठ नागरिकको सम्पत्तीमा उहांहरुकै आफुखुसी गर्न दिनुपर्छ । ज्येष्ठ नागरिक सम्वन्धीे स्रोत केन्द्रको स्थापना र प्रोफाईल तयार गरी उनीहरुको क्षमता राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ ।
  •  ज्येष्ठ नागरिककोसबै उपचारमा सरकारी र सामुदायिक अस्पतालमा निशुल्क र निजी अस्पतालमा कम्तिमा ५० प्रतिशत छुटमा सेवा पाउने व्यवस्था गर्नुपर्छ ।
  • आम ज्येष्ठ नागरिकको भेटघाट, अनुभवको आदन प्रदान, मनोरन्जन लगायतका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन एवं शारीरिक योगा तथा व्यायाम गर्नका लागि ज्येष्ठ नागरिक वाटिका/पार्कको स्थापना गर्नुपर्छ । एकीकृत आरोग्य आश्रम खोल्नु पर्छ ।
  • ज्येष्ठ नागरिकले व्यबसाय गर्न सक्ने गरी बैंक र बीमा कम्पनीहरुसँग सहजिकरण गर्नुपर्छ । सरल व्यजदारको ऋण दिने गरीे च्यालेन्ज फण्ड खडा गर्नुपर्छ ।
  • ज्येष्ठ नागरिकलाई कानुनले सार्वजनिक यातायातमा दिएको छुट सुविधालाई कार्यान्वयनमा ल्याउनु पर्छ । सबै प्रकारका भौतिक संरचनाहरु ज्येष्ठ नागरिक मैत्री तुल्याउनु पर्छ ।
 https://www.onlinekhabar.com/2020/10/900395

No comments:

Post a Comment