Wednesday, October 21

कार्यसम्पादन मूल्यांकनको सुधारले बढाउँछ कर्मचारीको कामको नतिजा-गोकर्ण राज सुयल

  • पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्ती र भष्टाचार कमजोर कार्यसम्पादनका कारक हुन् । 
  • श्रमको प्रभावकारिता लाभ, लागत, गुणस्तर, समय आदिका आधारमा मापन गरिन्छ । निजामती सेवा ऐन २०४९ र नियमावली २०५० मा समेत कार्यसम्पादन मापनका आधारको रूपमा यिनै विषयलाई आधार बनाइएको छ । 
  • निजामती कर्मचारीको कार्यसम्पादन मापनयोग्य नहुनुका पछाडि धेरै कर्मचारीले आफ्नो कार्य विवरण प्राप्त गरेको हुँदैन र कतिपयले लिन रुचाउँदैनन् पनि । कार्यसम्पादनको लागि चाहिने अधिकार तथा दायित्वको समेत बोध हुँदैन ।
  • कार्यसम्पादन मूल्यांकनलाई प्रभावकारी र स्वीकारयोग्य बनाउन कार्यालयले सम्पादन गर्ने कार्यलाई साना–साना एकाइमा खण्डित गर्नुपर्छ । कामलाई टुक्र्याउने, त्यसको लक्ष्य तोक्ने र आवश्यक स्रोतसाधनको व्यवस्थापन सम्बन्धमा प्रत्येक कर्मचारीलाई स्वघोषणा गर्न दिनुपर्छ ।
  • प्रत्येक कर्मचारीले आवको पहिलो हप्तामा आफ्नो कामको लक्ष्य सहितको कार्यविवरण तयार गर्छ, मूल्यांकनका आधार तयार गर्छ, सोको लिखित सम्झौता सुपरीवेक्षकसँग गर्ने व्यवस्था गरिनुपर्छ । सुपरीवेक्षकले समेत यसैलाई आधार बनाई मासिक, चौमासिक र वार्षिक रूपमा कार्यसम्पादन गर्छन् । उनीहरूले आफ्नो कार्य र प्रतिवद्धताको समीक्षा गर्छन् । हालको कार्यसम्पादन करार यसैको एउटा रूप हो ।
  • कर्मचारीको कार्यसम्पादनलाई मापनयोग्य बनाउन कार्यलाई सरलीकरण एवं खण्डीकरण गर्नुपर्छ । कर्मचारीलाई कार्यसम्पादन सूचक, लक्ष्य समेत तोक्न लगाई जिम्मेवार र जवाफदेही बनाइनुपर्छ । आफ्नो कामको मूल्यांकन आफैं गर्ने परिपाटीले कर्मचारीमा प्रतिस्पर्धा हुने र प्रणालीप्रति विश्वास आर्जन हुन्छ । 
  • https://lokaantar.com/story/118887/2020/9/22/sarkari-karmachari#

No comments:

Post a Comment