Friday, December 11

कसरी ठडियो दु:खको पहाड ?-खुसीलाल मण्डल

  • गोरखाका राजा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि नियन्त्रण गरिसकेपछि काठमाडौं उपत्यका कब्जा गर्न नौ महिनासम्म नाकाबन्दी गरी नुन र कपासको आपूर्ति बन्द गराएका थिए ।
  • शाह शासकले समथर भूमिका किसानको जग्गा हडपी जङ्गी र निजामती कर्मचारीलाई तलबका रूपमा दिन्थे । 
  • भीमशमशेर जबराको समयमा रोजगारीका लागि असमदेखि मणिपुर, नागाल्यान्डसम्म पलायन भएका पहाडी समुदायलाई नेपालमा बसोबास गराउन मोरङको ४५ हजार विघा जंगल फँडानी गराइयो ।त्यसपछि नै समथर भूमिमा पहाडी समुदायको बसोबास बढ्दै गएको हो । २०१७ पुस १ गतेपछि कथित राष्ट्रवादको नाममा चुरे क्षेत्रको जंगल विनाश गराई भूमिहीन भनेर पहाडी समुदायलाई बसोबास गराउन थालियो । त्यसपछि कतिपय जिल्लामा समथर भूमिका मूलवासी नै अल्पसंख्यक बने ।
  • जा महेन्द्रको शासनकालमा हजारौं विघा समथर भूमिको जंगल विनाश गराई सुकुमवासीका नाममा पर्वतेवासीलाई बाँडेर बस्ती बसाइयो । राणाशासन समाप्त भएको ६६ वर्ष भएको छ । 
  • शाह र राणाकालमा जङ्गी सेवामा समथर भूमिवासीको प्रवेश निषेध थियो । समथर भूमिवासीका सन्तान लोकसेवा, न्यायसेवा, विदेश सेवामा प्रवेश पाउन नसक्ने नै हुन् कि नियोजित प्रपञ्च हो ? राणाकालमा दौरासुुरुवाल र टोपी शासन सत्ताको प्रतीक मानिन्थ्यो, आज पनि टोपी र धोतीको फरक किन भैरहेको छ ?
  • मनुवादमा आधारित वर्णव्यवस्था हिन्दु समाजको सबभन्दा ठूलो विकृति हो । यसबाट समथर भूमिमात्र होइन, सम्पूर्ण हिन्दु समाज ग्रसित छन् । यसलाई नेपालको मुलुकी ऐनले पृष्ठपोषण गरेको थियो ।
  • १८१६ को सुगौली सन्धिपछि एउटै गाउँ अथवा परिवारका सदस्य केही सीमापारि र सीमावारिको बसोबासी भए । सीमापारिका हाम्रै नातागोता कसरी समृद्ध हुँदै गए, हाम्रोतिरका कसरी गरिबीको चपेटामा पर्दै गए, यसको मूल्याङ्कन कसले गर्ने ?
  • https://ekantipur.com/ampnews/2016-05-13/20160513084527.html

No comments:

Post a Comment