Tuesday, January 5

विस्तारित सामाजिक पुँजीवाद-डा. स्वर्णिम वाग्ले

  • कोरोना भाइरस महामारी (कोभिड-१९) ले सामाजिक उद्यमशीलतालाई एउटा अपरिहार्यतामा रुपान्तरण गरेको छ । यसले डिजिटल अर्थतन्त्र सर्वव्यापी बनाउँदै जबर्जस्त रुपमा नयाँ प्रचलनहरु भित्र्याइरहेको छ । समाजिक असमानताहरु र असुरक्षालाई अझै चर्काएको छ ।
  • अक्षम सार्वजनिक क्षेत्र भएको ठाउँमा कुशल र गतिशील निजी क्षेत्रको सह-अस्तित्व हुँदैन । सार्वजनिक क्षेत्रको फोहोरी अभ्यासमा निजी क्षेत्रको ऐश्वर्य/वैभव कायम हुन सक्दैन । सबै राजनीतिकर्मी र नीति निर्माताहरुले कुशल निजी क्षेत्रको सह-अस्तित्वका लागि सार्वजनिक क्षेत्रको कार्यकुशलता अभिवृद्धि गर्ने सोचलाई अंगीकार गर्नुपर्छ ।
  • सेयरधनी केन्द्रित आर्थिक दृष्टिकोणबाट अघि बढेर अब क्रमशः सरोकारवालाकेन्द्रित सामाजिक पुँजीवादको क्रमशः उदय हुँदैछ । सन् १९७६ का नोबेल पुरस्कार बिजेता मिल्टन फ्रिडमनले व्यवसायको एकमात्र सामाजिक उद्देश्य/उत्तरदायित्व भनेको नाफा कमाउनु हो भनेका छन् । तर फ्रिडमनको यो दृष्टिकोणलाई पछिल्लो डेढ-दुई दशकमा चुनौती दिइएको छ ।
  • हितकारी अर्थतन्त्रको अवधारणा लागू गर्न संस्थागत सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई प्रोत्साहित गर्नुका अतिरिक्त कर्पोरेट व्यवहार र आचरण सामाजिक र पर्यावरणप्रति उत्तरदायी हुन जरुरी छ ।
  • न्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार, सन् २१०० सम्म हाम्रा दुई तिहाई हिमनदीको स्रोत समाप्त भैसकेको हुनेछ । यस्तो असरसँग जुझ्न नेपालको मात्र एकल प्रयासले हुँदैन । यसका लागि भारत, बंगलादेशसँग क्षेत्रीय रुपमा सहकार्य गरी तापमान वृद्धिगर्ने कार्बन उत्सर्जन न्यून गर्न सकिन्छ । यस्ता अल्पकालीन जलवायु प्रदुषक न्यूनीकरण गर्न स्वच्छ, हरित र नवीकरणीय उर्जाको प्रयोग गर्न सकिन्छ ।
  • कोभिड-१९ ले समाजमा विद्यमान असमानताको ‘फल्ट लाइन’लाई अझै चिरा पारेको छ । यसलाई सम्बोधन गर्न विश्वव्यापी वित्तिय समावेशीताका जुम्ल्याहा एजेण्डामा ध्यान दिनुपर्छ- वित्तिय समावेशीकरण र सर्वव्यायी समाजिक सुरक्षा । वित्तिय समावेशीता अभिवृद्धिको सम्बन्धमा बंगलादेशको ग्रामीण बैंक यसको अद्भुत उदाहरण हो । सन् १९७० को मध्यतिर जतिबेला प्रोफेसर मुहम्मद युनुसले समूहहरुबीच आपसमा अनुगमन गरिने लघुवित्त कार्यक्रम लागू गर्दै थिए, त्यतिबेला प्रविधि प्रारम्भिक चरणमा थियो । प्रविधिको रुपान्तरणले कम लागतमा इन्टरनेट पहुँच एसिया प्रशान्त क्षेत्र चार अर्ब जनसंख्यामा पुर्‍याउने सामर्थ्य र उपाय अहिले हामीसँग छ । इन्टरनेटको सरल र सहजरुपमा सर्वव्यापी पहुँचमार्फत् वित्तिय समावेशीता अभिवृद्धिमा हामी मुखरित हुनुपर्छ । किनकी वित्तिय समावेशीता सबैखाले असमानताविरुद्ध लड्न आधारभूत आवश्यकता हो । 
  • सामाजिक सुरक्षालाई सर्वव्यापी बनाउने भनेको आधारभूत आम्दानी, रोजगारी सुनिश्चितताका स्कीमहरु लागू गर्नुपर्छ । कोभिड-१९ ले कर्पोरेटहरुलाई सेयरधनीमात्रको नाफा नभइ समाज र पर्यावरणप्रति हितकारी व्यवसाय साथै प्रभावकारी लगानीलाई प्रोत्साहनको पक्षलाई निकै पेचिलो बनाएको छ ।
  • https://ekagaj.com/article/thought-interview/198

No comments:

Post a Comment