Friday, April 18

देशको अर्थतन्त्र कति सुध्रियो, कति बिग्रियो ? -रामेश्वर खनाल

हामी सकारात्मकभन्दा नकारात्मक कुराको चर्चा गर्न सुन्न मन पराउँछौँ नकारात्मक कुरा दोहोर्‍याई–तेहेर्‍याई भनिरहने प्रवृत्ति छ तथ्यांकमा टेकेर वस्तुनिष्ठ मूल्यांकन कमै हुन्छ, जसकारण गणतन्त्रविरुद्धमा रहेको सानो आवाज चर्को बन्दै गइरहेको देखिन्छ
तथ्यांक हेर्दा देश बर्बाद भएको देखाउँदैन गणतन्त्रले नागरिकलाई जुन अधिकार दिएको , त्यो अधिकार प्रयोग गरेर धेरै परिवर्तन भएका छन् भलै अपेक्षित प्रगति नभएको हुन सक्छ, तर हुँदै नभएको भन्न मिल्दैन  
नेपालले प्रगति गर्न थालेको ०४८ पछि मात्र हो

प्रतिव्यक्ति आम्दानी

·       विकास, समृद्धि र जनताको जीवनस्तर मापन गर्ने एउटा मापक ‘प्रतिव्यक्ति आम्दानी’ हो नेपालीको प्रतिव्यक्ति आम्दानी आव ०६१/६२ मा ३२९ अमेरिकी डलर थियो त्यसको पाँच वर्षअघि ०५७/५८ मा २६० डलर थियो चालू आव ०८१/८२ को अन्त्यसम्म एक हजार ४५६ डलर पुग्ने अनुमान प्रतिव्यक्ति आय ३२९ डलरबाट बढेर एक हजार ४५६ डलर पुग्नु राम्रो नै हो

·       संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा पहिलोपटक अतिकम विकसित राष्ट्रहरू (एलडिसी)को श्रेणी वर्गीकरण गरेको थियो त्यो श्रेणीमा नेपालसहित २५ देश थिए पछि अरू देश पनि थपिएर ५२ पुगे अहिले पनि ४४ देश त्यो सूचीमा छन् जसमध्ये आठ एसियाली मुलुक छन् हालसम्म बोत्सवाना, काबो भर्डे, माल्दिभ्स, सामोआ, इक्वेटोरियल गिनी, भानुआटु, भुटान र साओ टोम एन्ड प्रिन्सिपे गरी आठ देश मात्र स्तरोन्नति भएका छन् नेपाल, बंगालदेश, लाओ जनवादी गणतन्त्र सन् २०२६ मा बाहिर निस्कँदै छन् एलडिसी श्रेणीका देशमध्ये उत्कृष्ट १० भित्र नेपाल परेको नेपाल एलडिसीबाट स्तरोन्नति हुँदै त्यो सूचीमा रहेका अधिकांश देश जहीँको तहीँ छन्

·       नेपालले कहिल्यै फालाफाल धान उत्पादन भएर निर्यात गरेको होइन ०२८/२९ तिर पहिलो कृषि सर्भे गरिएको थियो त्यसवेला २४ लाख ५२ हजार टन धान उत्पादन भएको रेकर्ड प्रतिहेक्टर . टन प्रतिव्यक्ति १८७ किलो धान उत्पादन भएको थियो अहिले चालू आवमा ५९. लाख टन धान उत्पादन भएको तथ्यांक धानको उत्पादन प्रतिहेक्टर .१३ टन प्रतिव्यक्ति १९६ किलो पुगेको सरकारी तथ्यांकले इतिहासमै सर्वाधिक धान उत्पादन यो वर्ष भएको देखाउँछ

·       पहिला तराईमा फलेको धान–चामल पहाड र हिमाली भेगमा पुग्दैनथ्यो तराईकै पनि धेरै उपभोक्तासँग चामल किन्ने सामथ्र्य थिएन चामल हत्तपत्त बजारमै पाइँदैनथ्यो, पाइए पनि ज्यादै महँगो हुन्थ्यो मान्छेले स्थानीय स्तरमा जे उपलब्ध त्यही खान्थे बरु छाक काटेर बस्थे नेपालमा सप्तरी, सिराहा, धनुषा धेरै धान फल्ने जिल्ला हुन् ती जिल्लामा पनि खाद्यान्न अभाव हुने परिवार भएर ‘कामका लागि खाद्यान्न’ कार्यक्रम चलाइएको थियो धानका मालिक सीमित परिवार थिए उनीहरूले गरिबलाई सित्तैमा बाँड्ने कुरो भएन, गरिबसँग किन्ने सामथ्र्य हुन्थेन त्यो धान भारततिर निर्यात गर्थे

विकास निर्माण : पहिले विदेशीको भर, अहिले आफ्नै स्रोतबाट

·       ०४८ अघि विकास निर्माणको अवस्था दुरूह थियो त्यसअघि आफ्नै राज्यस्रोतबाट कुनै पनि ठुला सडक, सिँचाइ योजना, हवाईमैदान बनेको उदाहरण छैन त्रिभुवन विमानस्थल विदेशी सहायताबाट बनाइएको हो त्यतिखेर देशभरि बनेका सडक विदेशी सहायताबाट हो सरकारले आफ्नै स्रोतबाट कोहलपुर–सुर्खेत सडक मात्र खनेको थियो ०६१/६२ सम्म पनि विकासले गति लिन सकेकै थिएन अहिले नेपाल आफ्नै स्रोतमा ठुल्ठुला परियोजना सम्पन्न गर्न सक्षम भइसकेको अहिले कुल खर्चको अधिकतम १२/१३ प्रतिशत रकम मात्र वैदेशिक सहायता परिचालन हुन्छ त्यसमा पनि अनुदान सहायता क्रमिक रूपमा कम हुँदै गएर अहिले आउनै छाडिसक्यो

·       देशमा टेलिफोन सेवा विस्तारदेखि जलविद्युत् आयोजना निर्माणसम्म विदेशी सहायताकै भर पर्नुपरेको थियो ठुला भवन पनि विदेशी सहायताबाट बनेका हुन् विदेशी सहायता प्राप्त नभए विकास ठप्प हुन्थ्यो अहिले आफ्नै स्रोतबाट देशकै ठुलो अपर तामाकोशी जलविद्युत् आयोजना बनेको भेरी–बबई डाइभर्सन निर्माणको अन्तिम चरणमा सुनकोशी–मरिण डाइभर्सन बन्दै देशभर सडक विस्तारको काम जारी काठमाडौं तराईलाई जोड्ने फास्ट ट्र्याक निर्माण भइरहेको

·       ०६१ सम्म पनि कतिपय जिल्ला सदरमुकामसम्म सडक नपुग्दा निकै विकट थिए अहिले ७७ वटै जिल्लामा सडक पुगेको ०७२ को संविधानसँगै ०७४ को चुनावपछि जब संघीयता पूर्ण रूपमा कार्यान्वयनमा गयो, त्यसपछि ग्रामीण पूर्वाधार निर्माणमा व्यापक बढोत्तरी भएको छ काठमाडौं उपत्यकाबाहिरका सहरमा पनि फुटपाथ, हरियाली पार्क, वृद्ध तथा बालबालिकाका लागि खेलकुद स्थान, मठमन्दिर जीर्णोद्धारलगायत धेरै काम भएका छन् ७५३ वटै पालिकाको सक्रियताले सहरी पूर्वाधार, ग्रामीण सडक, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता विकासमा राम्रो प्रगति देखिन्छ

·       ०६१/६२ तिर जलविद्युत् प्रसारणलाइन दुई हजार ६२४ किलोमिटर मात्र थियो अहिले साढे हजार किलोमिटर पुगेको ७५३ पालिकामध्ये ७३२ वटा अर्थात् ९६ प्रतिशत जनतामा केन्द्रीय ग्रिडको विद्युत् पहुँच पुगेको सडक बिजुली पुग्नेबित्तिकै ग्रामीण अर्थतन्त्र फस्टाउन थालेको सडकसँगै बजारको पहुँच विस्तार भएको

·       ०६१/६२ सम्म पनि गाउँका महिलाको दैनिकी कहालीलाग्दो थियो अहिले गाउँमा सडक, बिजुली र घरघरमा खानेपानी पुगेपछि महिलाको जीवनस्तरमा सुधार आएको छ महिलाको उत्पादकत्व पनि बढेको , आत्मनिर्भर बन्न थालेका छन्

·       जनताले अपेक्षा गरेबमोजिम समयमै काम नभएको होला, तर देशमा विकास निर्माणको काम भइरहेका छन् समयमै काम सम्पन्न नगर्दा ढिलासुस्तीले जनतामा आक्रोश बढेको हो ०४८ अगाडि देश धेरै पछाडि थियो ०४६ पछि देशमा राजनीतिक परिवर्तन आयो, तर ०५२ पछि देश फेरि १० वर्षसम्म द्वन्द्वमा फस्यो ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माण हुन सकेन ०६/६२ पछि राजनीतिक संक्रमणका बाबजुद पनि पूर्वाधारको कामले गति लिएको

के सिंगो देश बाहिरिँदै छ ?

·       अहिले धेरै सुनिन्छ, ‘एयरपोर्ट विदेश जाने युवाले खचाखच छ, स्वदेशमा बस्ने कोही भएनन्, देशमा बस्ने अवस्था रहेन तर, अराइभल कक्षबाट देशभित्र भित्रिने मान्छे गणना गरिँदैन तथ्यांक बोल्छ, ‘२० वर्षअघि ०६१/६२ मा श्रम स्वीकृति लिने तीन लाखहाराहारी थिए, १० वर्षअघि संख्या बढेर ६ लाख ५४ हजार पुगेको थियो, पोहोर सात लाख ४१ हजारले श्रम स्वीकृति लिए

·       ०६१ देखि ०७१ को बिचमा श्रम स्वीकृति लिने दोब्बर (तीन लाख)ले बढेका रहेछन् ०७१ देखि ०८१ को अवधिमा एक लाख मात्र थपिनु भनेको वृद्धिदर घट्नु हो त्यही दरले बढेको भए १२ लाख पुग्नुपर्थ्यो तथ्यांकले संविधान बन्नुभन्दा अगाडि देश छाड्ने क्रम तीव्र देखायो ०६१ देखि ०७१ सम्म राजनीतिक संक्रमण थियो संविधान निर्माण गर्न नसक्ने, सरकार परिवर्तन भइरहने, दिनदिनै बन्द–हडताल र आन्दोलन भइरहँदा मान्छे आजित भएर देश छाड्ने क्रम बढेको थियो

·       ०४८ तिर ३.४ प्रतिशत जनसंख्या देशबाहिर रहेछ ०५८ मा त्यो संख्या . प्रतिशतमा झर्‍यो ०५८ देखि ०६८ सम्म बढेर . प्रतिशत पुग्यो त्योबिचमा दोब्बरभन्दा बढी मान्छे बाहिरिए ०६८ देखि ०७८ को बिचमा . प्रतिशत मान्छे बाहिर रहेको देखियो पछिल्लो १० वर्षको बिचमा विदेशमा बस्नेको संख्या . प्रतिशतले मात्र बढेको देखिन्छ ०७१ पछि देशमा बस्ने प्रवृत्ति बढेको देखिन्छ बाहिर जुन भाष्य बनाइएको , त्यो पूर्णतः गलत छ नेपाली बाहिर जाने सधैँ हुन्थ्यो पहिला भारत जान्थे, अहिले खाडी मुलुक, जापान, कोरिया जान्छन् 

आमनागरिकको जीवनमा के परिवर्तन आयो ?

·       मान्छेको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांकले जीवनस्तरमा परिवर्तन आइरहेको देखाउँछ विश्व बैंकको हालैको एउटा प्रतिवेदन भन्छ– ‘३० वर्षअघि ५५ प्रतिशत नेपाली असाध्यै विपन्न अवस्थामा थिए उनीहरूको आम्दानी प्रतिदिन .१५ डलरभन्दा कम थियो त्यही मापदण्डका आधारमा आज गरिबी .३७ प्रतिशतमा झरेको सम्मानजनक आम्दानी भनेर प्रतिदिन .८५ डलरलाई आधार मान्ने हो भने ३० वर्षअघि ९० प्रतिशत नेपाली त्यो सीमाभन्दा तल थिए अहिले ५० प्रतिशतमा झरिसकेको विश्व स्वास्थ्य संगठनका अनुसार ३० वर्षमा लाइफ एक्स्पेटेन्सी २२ वर्षले ुधार भएको छ अहिले नेपालीको जीवन प्रत्याशा(मान्छे बिरामी नभई बाँच्ने) ७० वर्ष पुगेको विश्वको औसत उमेर ७१ वर्ष दक्षिण–पूर्वी एसियाली देश सिंगापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया नेपालभन्दा सम्पन्न भए पनि जीवन प्रत्यशा औसत ६८.४ वर्ष छ स्वस्थ जीवन प्रत्याशा (मान्छे बिरामी नभई बाँच्ने) विश्वको औसत ६१ वर्ष भने नेपालीको ६० वर्ष दक्षिण–पूर्वी एसियाली देशको ५९. वर्ष नेपाली बिरामी नपरीकन ६० वर्षसम्म बाँच्न सक्ने रहेछ बाल मृत्युदर ०४८ तिर प्रतिहजारमा १३८ जना थियो अहिले २७ जनामा झरेको यो भारतको भन्दा राम्रो हो भारतमा प्रतिहजारमा बाल मृत्युदर २९ जना स्वास्थ्य, शिक्षा, बैंकिङ, सञ्चार, सडक, सिँचाइ, खानेपानीको पहुँच विस्तारमा राम्रो प्रगति भएको छ 

पर्यटनमा पछाडि 

·       नेपालमा पर्यटनको अथाह सम्भावना छ पर्वतारोहणमा नेपालको एकाधिकार नै भन्दा हुन्छ धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिक, वाइल्डलाइफ, सफारी, ध्यान, योग पर्यटनको सम्भावना छ तर, जति सम्भावना छ, त्यसको रत्तिभर लाभ लिन सकेका छैनौँ अहिले ४५–५० लाख पर्यटक आइरहेको हुनुपथ्र्यो तर, १०–१२ लाख पर्यटकमा रुमल्लिएका छौँ कोभिड महामारीअघि सन् २०१९ मा बल्लतल्ल १२ लाख पर्यटक भित्र्याउन सकियो

·       विदेशी पर्यटक भित्र्याउने राष्ट्रिय ध्वजावाहकलाई सुदृढ बनाउन सकिएको छैन अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न एयरपोर्ट चौडा राजमार्ग भएनन् राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कमजोर बन्दा नेपाल उडान गरिरहेका विदेशी वायुसेवाले मनलाग्दी भाडा असुलेर यात्रु बोकिरहेका छन् जसले नेपालको हवाईयात्रा विश्वकै सबैभन्दा महँगो रहेको पर्यटन व्यवसायीको गुनासो निजी क्षेत्रका कारण आन्तरिक वायुसेवा राम्रो नै तर, तेस्रो मुलुकका पर्यटक भित्र्याउने अन्तर्राष्ट्रिय हवाईसेवा सुधारमा कुनै पनि सरकारले पटक्कै ध्यान दिएनन्

·       नेपालमा अन्तर्राष्ट्रिय स्तरका होटेल तथा रिसोर्ट खुलेका छन् देशैभर होटेलमा लगानी भइरहेको अन्य पर्यटकीय प्रडक्ट पनि तयार भइरहेका छन् पर्यटक बोक्ने वायुसेवालाई बलियो बनाउन पर्यटकीय प्रडक्ट अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न चुकेका छौँ 

औद्योगिक ढोका ०४८ मा खुल्यो, तर अपेक्षित विकास भएन 

·       देशमा औद्योगिक ढोका ०४८ को नीतिगत परिवर्तनपछि खुलेको हो ०५२/५३ सम्म स्वदेशी लगानी बढ्यो नै, विदेशी बहुराष्ट्रिय कम्पनी पनि धमाधम नेपाल भित्रिन थाले तर, माओवादी द्वन्द्व सुरु भएपछि नयाँ उद्योग खुल्नेभन्दा पनि भएकै उद्योग बन्द हुने अवस्था आयो जसले गर्दा औद्योगिक क्षेत्रको वृद्धि त्यतिखेरदेखि नै कमजोर हुँदै गयो देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उद्योगको योगदान झन्झन् घट्दो ०६१/६२ को परिवर्तनपछि पनि औद्योगिक विकास हुन सकेन

·       लामो संक्रमणकालपछि देशले नयाँ संविधान पाएर निजी क्षेत्र पनि उत्साहित हुँदा सिमेन्ट, आइरन एन्ड स्टिल, होटेल, टायल, मदिरा, खाद्यान्न उद्योग, सवारीसाधन एसेम्बल प्लान्टमा लगानी बढ्दै गइरहेको छ जलविद्युत्मा लगानी बढ्न थालेको सिमेन्ट डन्डीमा आत्मनिर्भर नै भयौँ टायलमा पनि आत्मनिर्भर बन्दै छौँ खाद्य प्रशोधन उद्योगमा लगानी भइरहेको बजारमा स्वदेशमै प्रशोधन तथा प्याकेजिङ गरिएका अन्तर्राष्ट्रिय स्तरका खाद्यान्न भेटिन्छन् राजनीतिक मुद्दा टुंगिएको सबै आर्थिक विकासतर्फ केन्द्रित हुने अपेक्षासहित लगानी गर्न हौसिएकाले यसरी उद्योग खुलेका हुन्

·       पर्यटनको सम्भावाना देखेरै होटेलमा लगानी ओइरिएको हो यहाँ दिनकै साढे दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने विश्वस्तरका होटेल तथा रिसोर्ट सञ्चालनमा छन् तर, जुन विश्वास र अपेक्षाका साथ निजी क्षेत्रले लगानी गरेको थियो, सोबमोजिम आर्थिक गतिविधि नबढ्दा सिमेन्ट, डन्डी, होटेललगायत उद्योग संकटबाट गुज्रिन थालेको पनि यथार्थ हो अरू उत्पादनमूलक उद्योगमा त्यति लगानी बढ्न सकेन संविधान निर्माणपछि पनि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको देखिन्छ

राजनीतिक अस्थिरता र प्राकृतिक विपत्ति बाधक 

·       ०४८ को परिवर्तनपछि जुन किसिमको विकास भइरहेको थियो, द्वन्द्व सुरु भएपछि ब्रेक लाग्यो ०४८ पछि १० वर्ष जनयुद्ध ०६१/६२ को परिवर्तनपछि करिब ८–१० वर्ष राजनीतिक संक्रमणमा बितायौँ आर्थिक उदारीकरणपछिको ३४ वर्षको अवधिमा १८ वर्ष मुलुक द्वन्द्व राजनीतिक संक्रमणमा बित्यो, अझै पनि राजनीतिक संक्रमण हटिसकेको छैन

·       ०७२ मा संविधान निर्माण भएपछि मुलुकमा राजनीतिक स्थिरता आउने र सबै राजनीतिक दल आर्थिक विकासमा केन्द्रित हुने अपेक्षा थियो तर, अझै पनि राजनीति अग्रस्थानमा र आर्थिक मुद्दा ओझेलमै छन्, जसले अपेक्षित आर्थिक उपलब्धि हासिल गर्न नसकेकै हो

·       संविधान निर्माणपछिको कालखण्डमा राम्रो आर्थिक विकास गर्न सकिन्थ्यो तर, राजनीतिक स्थिरतासँगै प्राकृतिक विपत्तिले पनि प्रहार गर्‍यो ०७२ को सुरुवातमै भूकम्पले तहसनहस बनायो असोज ०७२ मा नयाँ संविधान जारी भयो, तर भारतले असन्तुष्टि देखाउँदै नाकाबन्दी गरिदियो लगत्तै तराईकेन्द्रित राजनीतिक दल नाका बन्द गरेर आन्दोलनमा उत्रिँदा देशमा चरम अभावको सामना गर्नुगर्‍यो

·       भूकम्प, नाकाबन्दी र तराईकेन्द्रित आन्दोलनको चपेटामा परेको अर्थतन्त्र तंग्रिन पनि नपाउँदै कोभिड–१९ महामारीले आक्रान्त पार्‍यो, ज्यान जोगाउनै मुस्किल गर्‍यो उद्योग, व्यवसायदेखि रोजगारीसम्म चौपट भयो महामारीबाट मुक्ति पाउन ठुलो धनराशि पनि खर्च गर्नुगर्‍यो सिर्जित मन्दीको मारले अर्थतन्त्र अझै आक्रान्त

·       अहिले पनि पश्चिम नेपालमा भूकम्प गइरहेको छ गत असोजमा बागमती प्रदेश बाढीपहिरोको चपेटामा गर्‍यो पछिल्लो समय आमनागरिकदेखि उद्योगी, व्यवसायीसम्मले आत्मविश्वास गुमाएका छन् त्यो आत्मविश्वास नबढाउँदासम्म अर्थतन्त्रलाई गति दिन सकिने स्थिति छैन

·       आमजनताको प्रश्न छ– नेपालले किन तीव्र विकास गर्न सकेन ? योभन्दा राम्रो विकास गर्न सकिन्थ्यो कि ? छिमेकी चीनले लगातार १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्‍यो अर्को छिमेकी भारतले पनि लगातार ८–९ प्रतिशतको वृद्धि गर्‍यो बंगलादेशले पनि उच्चदरको वृद्धि हासिल गर्‍यो, भलै पछिल्लो संकटले वृद्धिदर घट्ने देखिएको छ तर, नेपालले मात्र किन उच्चदरको आर्थिक वृद्धि गर्न सकेन ? कहाँ चुक्यौँ त ?

·       यदि द्वन्द्वकालको १० वर्ष, संक्रमणकालको आठ वर्ष नगुमाएको भए, राजनीतिक स्थिरता भैदिएको भए कुन अवस्थामा पुग्थ्यौँ भनेर रेखाचित्र बनाउन बस्ने हो भने त्यसको परिणाम अर्कै आउँछ नेपाल ८–१० वर्षअघि नै अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति भइसक्थ्यो ढिला भएकै हो, तैपनि १८ वर्ष गुमाउँदा पनि हासिल गरेको प्रगतिलाई ठिकठाक मान्नुपर्छयदि ०७२ पछि पनि राजनीतिक दलमा निष्ठा भइदिएको भए

·       सम्भवतः विकासको गति अझ उच्च हुन सक्थ्यो राजनीतिक दलमा निष्ठा भएन सही तरिकाले शासन चलाइएन

·       कतिपय सार्वजनिक संस्थालाई कमजोर बनाइएको छ कुनै पनि अयोजना समयमै सम्पन्न हुँदैनन् सार्वजनिक निकायले आमनागरिक व्यवसायीलाई दिनुपर्ने सेवा सही ढंगले दिएनन् उद्योगी भन्छन्, ‘नेपालमा उद्योग खोल्नभन्दा व्यापार गर्न सहज छ, कमाइ पनि व्यापारमै हुन्छ, रिस्क पनि कम छ एउटा सिमेन्ट उद्योग खोल्न ३७ ठाउँमा पुगेर स्वीकृति लिनुपर्ने रहेछ खानीका लागि पटक–पटक सहमति लिनुपर्ने रहेछ जलविद्युत्मा उस्तै झन्झट सार्वजनिक संस्थाले सही ढंगले काम नगर्दा, उद्योग व्यवसाय सञ्चालनका लागि प्रक्रियागत झन्झट धेरै हुँदा पनि विकासको गतिमा कमी आयो
सरकार र निजी क्षेत्रले विदेशी लगानीकर्ता बोलाउँछन् तर, लगानीकर्ता उद्योग नखोल्दै झन्झट मानेर फर्किने अवस्था छ विदेशी लगानी प्रतिबद्धता आउने, तर लगानी नभित्रिने कारण यही हो लगानीकर्तालाई सहजीकरण गरिदिनुपर्छ, लगानी बढे मात्र राजस्व बढ्छ, आर्थिक वृद्धि हुन्छ, कर्मचारीको तलब पनि बढ्छ भन्ने सोचको विकास हुनुपर्‍यो त्यो दृष्टिकोण धेरै सार्वजनिक संस्थामा देखिँदैन यसो हुनुको पछाडि संस्थामा योग्य व्यक्ति नियुक्त नहुनु हो

·       अर्को, अपेक्षित विकास हासिल नहुनुमा शासकीय समस्या छन् निर्वाचन प्रणालीले पनि त्यो विकृतिलाई मलजल गर्न सहयोग पुर्‍याइरहेको देखिन्छ राजनीतिक वितृष्ण पनि यही कारण उब्जिने हो अहिले संघीयता ठिक भनेर वकालत गर्नेको भन्दा राजतन्त्र नहुँदा सबै सक्कियो भन्ने वर्गको आवाज ठुलो बन्दै गइरहेको  

विदेशी लगानीमा पनि पछाडि

·       विदेशी लगानी अपेक्षित मात्रामा भित्र्याउन सकिएको छैन जबकि विदेशी लगानीका लागि नेपाल उर्वर भूमि रहेको प्रमाणित लगानीमैत्री वातावरण बनाउन नसक्दा चुकेका हौँ लगानी गर्न भनेर आएको लगानीकर्तालाई निराश बनाएर फर्काउनुपरेको यहाँको प्रक्रियागत झन्झटले लगानीकर्ता हैरान भएर अर्को देशतर्फ लाग्छ विदेशी लगानी पर्याप्त भित्र्याउन नसक्दा औद्योगिक विकासमा पनि राम्रो प्रगति हुन सकेन लगानीमैत्री वातावरण भाषणमा मात्र होइन, वास्तवमै तयार गर्नु जरुरी छ

·       नेपालीमा धनी बन्ने चाहना तीव्र छ धनी बन्ने चाहना, उन्नत लाइफ स्टाइल नखोज्ने भए देश छाडेर कोही बाहिर जाँदैनथे अवसर खोजेर गएका हुन् यहाँ बस्नेले पनि केही केही गरेका छन् बन्द भएका सटर देखाउँदै अर्थतन्त्रमा मन्दी छायो भनेर दृष्टान्त देखाउँछौँ तर, देशका कुनाकाप्चासम्म पसल खुलेको र आर्थिक गतिविधि बढेकातर्फ नजरअन्दाज गर्छौँ कतिपय एउटा व्यवसाय छाडेर अर्कोतर्फ लागेका हुन्छन्, कतिपय सटर छाडेर अनलाइन व्यापारतर्फ लागेका छन् अनलाइन व्यापारमा नेपालले फड्को मार्दै घरघर समान पुग्न थाल्यो युवा उद्यमशीलता बढ्दै महिला स्वरोजगार बन्दै छन् स्टार्टअपमा भविष्य देख्न थालिएको

जनतामा असन्तुष्टि बढ्नुको कारण

·       असन्तुष्टि बढ्नुका धेरै कारण छन्, जसमध्ये नेताहरूले ज्यादै महत्वाकांक्षा जगाइदिने भाषण गर्ने, तर काम समयमै नहुनु पनि एक हो नेताहरूले सम्भव नहुने काम बोलिदिन्छन् तर, आफूले बोलेका काम किन पूरा भएन भनेर आत्मालोचना गर्दैनन् जनतालाई प्रस्ट पनि पार्दैनन्

·       ०७४ को चुनावपछि शक्तिशाली सरकारले नै आफ्नो विरोध गर्ने सबै खराब हुन् र तिनीहरूलाई निमिट्यान्न पार्नुपर्छ भनेर गालीगलौजमै उत्रियो, जसले गलीगलौजको संस्कृति सुरुवात भयो राजनीतिक वृत्तबाट गालीगलौज गर्न थालेपछि समाज पनि गालीगलौजतिर रमाउन थाल्यो एकले अर्कोलाई गाली गर्ने अनि सिध्याइदिने शब्द पनि नयाँ–नयाँ जन्मिए समाजमा सबैलाई गाली गर्ने, तथ्यांक नहेर्ने, वस्तुगत विश्लेषण नगर्ने प्रवृत्ति बढ्यो त्यसकै आधारमा विचार सिर्जना हुन थाले जसले समाजलाई अराजकतातार्फ लाग्यो निराशा छाउन थाल्यो

·       अब देश खत्तम भयो भन्ने मानसिकता त्याग्नुपर्छ थुप्रै क्षेत्रमा राम्रो भइरहेको नयाँ संविधानले धेरै अधिकार अवसर दिएको कृषि, जलविद्युत्, वनस्रोत, खानीमा प्रगति हुँदै छ चुनढुंगालगायत खानीजन्य प्रयोग बढ्दो अबको १० वर्षमा १२–१३ हजार मेगावट बिजुली थपिने देखिन्छ मुलुक बिजुली निर्यातकर्ता बनेको हुनत बिजुली निर्यात हुनु राम्रो होइन, तर देशमै खपत हुने अवस्था नहुँदासम्म निर्यात गर्नुपर्छ अब ऊर्जा खपत गर्ने उद्योग स्थापनामा जोड दिनुपर्छ

अब के गर्नुपर्छ

·       देशमा सम्भावना धेरै छन्, तर लाभ लिन सकिएको छैन ती सम्भावना पहिचान गरी लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने आर्थिक वृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्छ स्रोतमा सबैको पहुँच विस्तार गर्नुपर्छ अवसर खोज्दै बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने प्राथमिक दायित्व सरकारको हो सरकार निजी क्षेत्र, सरकार र समुदाय साझेदारी गरेर समृद्धिको बाटोतर्फ अगाडि बढ्नुपर्छ यसका लागि सुशासन ज्यादै महत्वपूर्ण हुन्छ जबसम्म सुशासन दिन सक्दैनौँ, तबसम्म सार्वजनिक संस्था बलिया हुन सक्दैनन् त्यो नहुँदासम्म आर्थिक गतिविधि रफ्तारमा विस्तार हुन सक्दैन निर्वाचन प्रणालीमा परिवर्तन गरिएन भने सार्वजनिक संस्था बलियो बनाउन सक्दैनौँ

https://nayapatrikadaily.com/news-details/165200/2025-04-16

Monday, April 7

डोरबहादुर बिस्ट , भाग्यवाद र विकास

धेरै शिक्षित मानिसहरु आफैँ काम गर्दैनन र आफुले गर्नुपर्ने काम अरुले गरिदिओस् भन्ने चाहन्छन् । बहुसंख्यक शिक्षितहरु यहि भावना राख्छ्न, त्यसैले उनीहरुबाट काम हुँदैन । तर तिनै मानिस आफूले गर्नुपर्ने काम अरुले नगरिदिएकोमा उनिहरुको आलोचना गर्न पछि पर्दैनन् । यसको परिणाम के हुन्छ भने हरेक व्यक्ति एकअर्काको आलोचना गर्दछन् । तर आफैले गर्नुपर्ने कर्तव्य पालना नगरेकोमा भने उसले ग्लानीबोध गर्दैन ।

-डोरबहादुर बिस्ट , भाग्यवाद र विकास


Tuesday, November 19

योग्यहरूको असक्षम सेवा! -शंकरप्रसाद अधिकारी

नेपालको निजामती सेवालाई 'योग्यहरूको असक्षम सेवा' भनेर चिनिन्छ। कर्मचारी योग्य छन्, तर कार्यसम्पादन सन्तोषजनक छैन। अर्थात, व्यक्तिगत क्षमता संस्थागत कुशलतामा रूपान्तरण हुन पाउँदैन।

तर समस्या संस्थागत क्षमताको मात्र होइन, व्यक्तिगत दक्षताको पनि हो। सेवाको विशिष्टीकरण नहुनु पनि अदक्षताको एउटा प्रमुख कारण हो। यो लेख प्रशासन सेवा अन्तर्गतका राजस्व र लेखा समूहको विशिष्टीकरणका मुद्दाहरूको सम्बन्धमा केन्द्रित छ।

निजामती सेवा ऐन, २०४९ ले कार्य प्रकृतिका आधारमा दस वटा सेवाहरू गठन गरेको छ। यीमध्ये संगठन र कर्मचारी संख्याका आधारमा सबभन्दा ठूलो आकार प्रशासन सेवाको छ।

विशिष्ट प्रकृतिको काममा विशिष्ट योग्यता र अनुभव चाहिने सन्दर्भमा सेवाभित्र पनि समूह गठन गरिएको हुन्छ। इञ्जिनियरिङ लगायत अन्य कतिपय सेवामा त उपसमूह पनि छन्। प्रशासन सेवा अन्तर्गत हाल सामान्य प्रशासन, राजस्व र लेखा समूह छन्।

सामान्य प्रशासन समूह अन्तर्गत विविध किसिमका संगठन तथा कार्य जिम्मेवारी पर्छ। जुनसुकै विषयमा न्यूनतम शैक्षिक योग्यता भएको व्यक्ति उक्त समूहको उम्मेदवार हुन पाउने व्यवस्था औचित्यपूर्ण नै छ। तर राजस्व जस्तो विशिष्ट कार्य प्रकृतिको समूहमा जुनसुकै शैक्षिक योग्यताको व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था स्वयं विरोधाभाषपूर्ण छ।

राजस्व समूहका अधिकांश पदहरू अर्थ मन्त्रालय अन्तर्गत रहन्छन्। त्यसमध्ये अधिकृत र उपसचिवको अधिकांश दरबन्दी आन्तरिक राजस्व विभाग अन्तर्गत पर्छन्। कर प्रशासनमा कर अधिकृत पदको जिम्मेवारी कानुनतः र व्यवहारतः महत्वपूर्ण हुन्छ। कर अधिकृतको अधिकार मूलतः कानुनमै उल्लिखित हुन्छ, कार्यालय प्रमुखले प्रत्यायोजन गर्नु पर्दैन।

सामान्य प्रशासन समूहमा रहने जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारीको प्रत्यायोजित अधिकार अन्तर्गत काम गर्छ। प्रमुख मालपोत अधिकृतको प्रत्यायोजित अधिकार मालपोत अधिकृतले प्रयोग गर्छ।

उपमहानगरपालिका वा नगरपालिकाको कार्यकारी अधिकृतबाट प्रत्यायोजित अधिकार तृतीय श्रेणीको अधिकृतले प्रयोग गर्छ। अन्य कार्यालयमा पनि कार्यालय प्रमुखको प्रत्यायोजित अधिकारको प्रयोग शाखा अधिकृतले गर्छ। तर राजस्व प्रशासनका कर अधिकृत वा भन्सार अधिकृतले मूलतः कानुनप्रदत्त अधिकार प्रयोग गर्छन्।

कानुनप्रदत्त अधिकार प्रयोग गर्ने कर अधिकृत सामान्य प्रशासन समूहका अन्य अधिकृतभन्दा बढी जिम्मेवारीपूर्ण पद हो भन्ने अर्थ होइन। कर प्रशासनमा प्रथम वा द्वितीय श्रेणीका अधिकृतहरू कर अधिकृतले गरेको काममा पूर्णतः निर्भर भई निर्णय गर्नुपर्ने अवस्थामा हुन्छन्।

कर परीक्षण वा अनुसन्धान क्रममा कर अधिकृतले विस्तृतमा हेरेको करदाताको लेखा वा हिसाब-किताब माथिल्लो अधिकृतले एक-एक गरी हेर्न सम्भव र व्यवाहारिक दुवै हुँदैन। कर अधिकृत वित्तीय विवरण विश्लेषण गर्न सक्षम वा इमानदार छैन भने माथिल्लो हाकिमले सुधार गर्न सक्ने अवस्था कम रहन्छ। यस्तो कार्य प्रकृतिको सन्दर्भमा कर अधिकृतको जिम्मेवारी र योग्यता बढी संवेदनशील हुन आउँछ।

असंगत शैक्षिक योग्यताः

राजस्व समूहको खुला प्रतियोगितामा जुनसुकै विषयको न्यूनतम शैक्षिक योग्यता प्राप्त व्यक्ति उम्मेदवार हुन पाउने विद्यमान कानुनी व्यवस्थाले सेवा विशिष्टीकरणको उद्देश्यमाथि नै तुषारापात गरेको छ।

उदाहरणका लागि कर अधिकृतको कार्य प्रकृति हेरौं।

मूलत: कर अधिकृतले कर अनुसन्धान र कर परीक्षण (ट्याक्स अडिट) गर्छ। करदाताले स्वयं कर निर्धारण गरी बुझाएको कर विवरणको शुद्धता, खर्च कट्टीको अवस्था, विभिन्न उपायले कर छली गरे-नगरेको जस्ता विषयको सुक्ष्म अनुसन्धान गर्नु पर्ने दायित्व कर अधिकृतको हुन्छ।

बहुराष्ट्रिय कम्पनीले कर कानुनका छिद्र प्रयोग गर्दै कर योजनामार्फत करको दायित्व कम गरेको अवस्था हुन सक्छ। यस्तो अवस्था पत्ता लगाउन कर अधिकृतमा करका अन्तर्राष्ट्रिय पद्धति र असल अभ्यासको अद्यावधिक जानकारी हुनुपर्छ। कर दाताले पेश गरेको लेखा र वित्तीय विवरणको रौं-चिरा विश्लेषण गर्न सक्ने क्षमता कर अधिकृतमा हुनुपर्छ।

वर्षौंसम्मको अभ्यास र अनुभवले स्वयं करदाताहरू पनि करको विषयमा पोख्त भइसकेका हुन्छन्। विशिष्ट ज्ञान र सीपयुक्त कर अधिकृतले मात्र सक्षम चार्टर्ड एकाउन्टेन्टले चलाखीपूर्ण रूपमा दुरूस्त राखेका नाफा-नोक्सान खाता एवं वासलात लगायत वित्तीय प्रतिवेदनको दक्षतापूर्ण ढंगले सुक्ष्म विश्लेषण गर्न सक्छ।

अनुभवी करदाता र चार्टर्ड एकाउन्टेन्टले राखेको लेखा र कर विवरण परीक्षण गर्न हामीले जुनसुकै विषयको स्नातक (राजनीतिशास्त्र, विज्ञान, गणित, नेपाली, अंग्रेजी, जनप्रशासन आदि) लाई कर अधिकृतको नियुक्ति पत्र थमाएर पठाउने व्यवस्था गरेका छौं।

यी विषयमा स्नातक गरी लोकसेवा उत्तीर्ण हुने व्यक्ति आफैंमा अयोग्य होइनन्। तर एक विषय र विधामा अब्बल हुँदैमा सबै विषय र क्षेत्रमा राम्रो गर्न सक्छ भन्ने मान्यता नै गलत छ। किनकी राजस्व शाखा अधिकृतको वर्तमान पाठ्यक्रमले कर अधिकृतले व्यवहारमा गर्ने कामसँग निकै कम तादात्म्य राख्छ।

पाठ्यक्रममा मूलतः अर्थतन्त्र र राजस्व सम्बन्धी नितान्त सैद्धान्तिक र अवधारणात्मक विषय मात्र राखिएको छ। विश्वविद्यालयमा लेखा विषय अध्ययन नगरी राजस्व समूहको अधिकृत उत्तीर्ण हुने व्यक्तिमा करको जटिल र भिन्न प्राविधिक कामप्रति अभिरूची तथा अन्तर्निहित योग्यता नहुनु स्वभाविकै हो। राजस्व समूह गठनका बावजुद पनि कर प्रशासनको दक्षता अपेक्षित रूपमा बढ्न नसक्नुको यो प्रमुख कारण हो। र, यसप्रति नीति-निर्माता बेखबर र मौन देखिनु दुर्भाग्यपूर्ण छ।

भन्सारभन्दा कर प्रशासन तुलनात्मक रूपमा बढी प्राविधिक छ। भन्सार प्रशासनमा पेशागत इमानदारीको भूमिका धेरै हुन्छ। तर कर प्रशासनमा इमानदारीले मात्र पुग्दैन, दक्षता पनि त्यत्तिकै जरूरी हुन्छ। जत्ति नै इमानदार भए पनि करदाताले राखेको लेखाको विश्लेषण र अनुसन्धान गर्ने ज्ञान तथा क्षमता छैन भने राजस्व जोखिम नियन्त्रण सम्भव छैन।

जुन मात्रामा नेपालको कर प्रणाली तथा कानुनी व्यवस्था सुदृढ मानिन्छ, सो अनुपातमा जनशक्तिको दक्षता र क्षमता छैन। कर अधिकृतले गर्ने पुनः कर परीक्षण तथ्यपूर्ण हुनु पर्छ। नभए करदाता कर अधिकृतको पुनः करनिर्धारणको आदेशविरूद्ध अदालतमा जान्छ। यो महालेखाले खर्चको लेखापरीक्षण गरे जस्तो सजिलो विषय होइन। कर अधिकृतका धेरैजसो निर्णय अदालतबाट बदर हुनुका कारणमध्ये कर अधिकृतको अदक्षता पनि एक हो।

सेवा विशिष्टीकरणको महत्व नबुझी राजस्व समूह खारेज गर्नुपर्छ भन्ने सोच राख्ने प्रवृत्ति राजनीति र प्रशासनमा अहिले पनि छ। राजस्व समूह खारेज गराउने आकांक्षा बेला कुबेला बौरिन्छ। राजस्व समूहको विशिष्टता नबुझेर हो वा असंगत न्यूनतम शैक्षिक योग्यता राखी राजस्व समूह खारेजी गर्न नसकिएको रिस फेर्न खोजिएको हो, बुझ्न सकिएन।

कर प्रणालीको विशिष्टताका बारेमा एउटा जानकारको हैसियतले मलाई यी विचार आएका हुन्। अन्यथा, मलाई कुनै सेवा वा समूहप्रति मोह देखाउनु पर्ने आवश्यकता थिएन।

अब लेखा समूहबारे चर्चा गरौं।

प्रशासन सेवामा सबभन्दा पुरानो समूह लेखा हो। लेखा समूह गठनको कारण सेवा विशिष्ट हुनु त हुँदै हो, खर्च प्रणालीमा नियन्त्रण र सन्तुलन कायम गर्ने उद्देश्य पनि हो। महालेखा नियन्त्रकबाट प्रशासित लेखा समूह स्वयंले आन्तरिक नियन्त्रण प्रणालीको महत्वपूर्ण औजारको रूपमा पनि काम गर्छ भन्ने मान्यता हो।

लेखा समूहमा रहने लेखा अधिकृतको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्रमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण राखिएको छ। राजपत्र अनंकित प्रथम श्रेणीको लेखापाल पदमा पनि उपर्युक्त बमोजिमको प्रवीणता प्रमाणपत्र तह राखिएको छ।

कर प्रशासनभन्दा केही कम विशिष्ट जस्तो देखिए पनि सबभन्दा पहिले औचित्य स्थापित भई गठित लेखा समूहको विशिष्टता पनि न्यूनांकन गर्न सकिँदैन। यो समूह पनि शैक्षिक योग्यताको विषयले प्रताडित छ।

साविकमा वाणिज्यशास्त्र वा व्यवस्थापनबाहेक अन्य शैक्षिक योग्यताको व्यक्ति यो समूहमा प्रवेश गर्न नपाउने व्यवस्था खुकुलो बनाइएको छ। नितान्त लेखापालन र आर्थिक प्रशासनको काम गर्ने लेखा समूहको कार्य प्रकृतिसँग अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र र जनप्रशासनको साइनो कताबाट पर्छ, बुझ्न सकिँदैन। अंकसँग खेल्नेवित्तिकै लेखापालनसँग साइनो लाग्छ भन्ने सोच्नु तर्क संगत छैन।

राजस्व र सार्वजनिक खर्चको आकार बर्सेनि बढ्दैछ। संघ, प्रदेश र स्थानीय सरकारको कुल खर्च वार्षिक २० खर्ब नजिक पुग्दैछ। सार्वजनिक खर्च क्षमता तथा सोको प्रभावकारिता बढाउनु पर्ने चुनौती सरकारसामु छ। बर्सेनि बेरूजु बढ्दो छ। आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउनु पर्ने छ। सार्वजनिक क्षेत्रमा लेखापालनका नवीनतम पद्धति र मापदण्ड लागू गरी सार्वजनिक लेखापालनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने छ।

त्यसका लागि दक्ष लेखापाल र लेखापरीक्षक चाहिन्छ। सार्वजनिक वित्त व्यवस्थापनका यति धेरै चुनौती तथा बढ्दो खर्चका बीच पनि निजामती सेवामा एक जनासम्म चार्टर्ड एकाउन्टेन्ट व्यवस्था छैन। फेरि सरकारी सेवाको न्यून तलबमा सिए जस्तो दक्ष जनशक्ति ल्याउनै गाह्रो, ल्याई हाले पनि टिकाउनै असम्भव। महालेखापरीक्षक कार्यालय आफैंले पढ्न पठाएर सिए बनेकाहरूलाई त संस्थामा टिकाउन सकेन।

यी बग्रेल्ती चुनौतीबीच लेखाको आधारभूत ज्ञान नभएका जनशक्ति लेखा समूहमा हुलेर हामी कस्तो सार्वजनिक वित्त व्यवस्थापन परिकल्पना गर्दैछौं? लेखा समूह गठनको उद्देश्य र परिकल्पना लेखा विषय अध्ययन नगरेका व्यक्तिलाई लेखापाल र लेखा अधिकृत बनाउने निश्चय पनि थिएन। होइन, सबै ज्ञान अनुभवबाट मात्र आर्जन हुने भए विश्वविद्यालयमा यति धेरै अध्ययनका विधा किन राख्नु पर्थ्यो र!

असंगत पाठ्यक्रमः

राजस्व र लेखा समूहमा विशिष्टीकरणको मान्यता खण्डित हुनुको अर्को कारण हो- लोक सेवा आयोगले बनाएको उपसचिवको सामान्य प्रकृतिको सतही पाठ्यक्रम।

विशिष्टीकरणको उद्देश्यले गठित समूह पाठ्यक्रमको सामन्यीकरणले ध्वस्त भएको छ। राजस्व समूहको उपसचिवले आय कर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, भन्सार, कर परीक्षण, कर अनुसन्धान, पोष्ट क्लियरेन्स अडिट, तथा कम्पनीका वित्तीय विवरणसँग सम्बन्धित जटिल तथा व्यावहारिक मुद्दाको रौं-चिरा विश्लेषण गर्ने क्षमता माग गर्छ। त्यस्तै, समष्टिगत आर्थिक परिसूचकको गहन विश्लेषण गर्न सक्ने क्षमता चाहिन्छ।

लेखा समूहको उपसचिवले पनि आफ्नै खालको विशिष्टता माग गर्छ। तर विशिष्टिकृत भनिएका यी समूहको उपसचिवको पाठ्यक्रम देख्दा हाँसो सँगै दु:ख पनि लाग्छ। हामीले ज्ञानको विशिष्टीकरणको आवश्यकतालाई किन यति धेरै सामान्यीकरण गर्न खोज्छौं?

नेपाली प्रशासकहरूलाई विषयगत ज्ञानको अभाव विदेशी गोष्ठी, सेमिनार र प्रशिक्षण कार्यक्रममा भाग लिँदा बढी नै अनुभूति हुन्छ। सायद नेपालका कर्मचारी आफ्नो विषयबाहेक अरू सबै जान्दछन् जस्तो भएको छ। यो अतिशयोक्ति होइन, यथार्थ हो। यसमा कर्मचारी दोषी छैनन्। हाम्रो सरूवा र पदोन्नति प्रणाली, परीक्षा पाठ्यक्रम र परीक्षा प्रणाली दोषी छ।

उदाहरणका लागि, कर योजना (ट्याक्स प्लानिङ) वा अन्तर्राष्ट्रिय करारोपण (इन्टरनेशनल ट्याक्सेसन्) सम्बन्धी सेमिनारमा गएको राजस्वको उपसचिव यी दुई विषयबाहेक अरू सबै जान्दछ।

'ज्याक अफ अल, मास्टर अफ नन्' विशेषतायुक्त कर्मचारी सायद नेपालबाहेक अरू कहीँका हुँदैनन्। ऊसले के मात्र पढेको हुँदैनः संवैधानिक व्यवस्थादेखि विपद व्यवस्थापन, जलवायु परिवर्तन, लैंगिक विकास हुँदै दीगो विकाससम्म। राजनीति र प्रशासनको सम्बन्धदेखि सांगठनिक व्यवहारसम्म।

यी सबै विषयको सामान्य ज्ञान त शाखा अधिकृत उत्तीर्ण गर्दै भइसकेको हुन्छ। लेखा वा राजस्वको उपसचिव हुन पुनः ती नै विषय किन जान्नु पर्ने? के यी विषय उसको कार्य क्षेत्रमा प्रत्यक्ष काम लाग्ने हुन्? के उसको कार्य क्षेत्रमा प्रत्यक्ष काम लाग्ने अरू कुनै विषय छैनन्?

लोक सेवा आयोगको पाठ्यक्रम विशिष्टीकरणको मान्यताबाट विमुख भयो। राजस्व र लेखा समूहको उपसचिव आफ्नो विषयमा खारिएको विज्ञ हुनु पर्ने हो तर त्यस्ता कर्मचारी अपवादमा मात्र पाइन्छन्।

पहिलो, शाखा अधिकृत तहको न्यूनतम शैक्षिक योग्यतामै हामी चुक्यौं।

दोस्रो, लोक सेवाको उपसचिव तहको पाठ्यक्रममा विशिष्टीकरण गर्न जानेनौं, चाहेनौं।

डा. रूप खड्का जस्तो अन्तर्राष्ट्रिय स्तरको कर विशेषज्ञ त्यत्तिकै बन्दैन। राजस्व र लेखा समूहमा विशिष्ट ज्ञान र सीप विकास हुने अवस्था र अवसर सिर्जना गर्न नसक्दा राजस्व र लेखा समूह पनि सामान्यज्ञ (जनरलिस्ट) हरूको भीड जस्तो भएको छ।

निजामती सेवाको पदोन्नति प्रणाली र लोक सेवा आयोगको पाठ्यक्रम तथा परीक्षा प्रणालीले हरेक अधिकृत र उपसचिवमा सचिवको भूत सवार गराई दिन्छ। ठीक छ, एउटा उपसचिव सचिव हुन पाउने अधिकार राख्छ, धेरै त सचिव हुने क्षमता पनि राख्छन्। तर पहिले तिनलाई राजस्व वा लेखाको सक्षम उपसचिव पनि त बनाउनु पर्ला नि! कि यो देश दक्ष सचिवले मात्र चल्ने हो?

सबै उपसचिवलाई सचिव नै बनाउने मान्यता लोक सेवाको पाठ्यक्रमले राख्नु भएन। राजस्व वा लेखाको दक्ष उपसचिव हुन के कस्तो ज्ञान, सीप, दक्षता र अनुभव चाहिएला? लोक सेवा आयोगले यो किन विचार गर्दैन? प्रशासन र व्यवस्थापन विषयमा जाँच पास गरेको शाखा अधिकृतलाई पुन: तिनै विषयको ज्ञाता बनाएर राजस्व र लेखाको कस्तो उपसचिव बनाउन खोजेको हो? आफ्नो काममा प्रत्यक्ष सरोकार नराख्ने सिद्धान्त र अवधारणा घोकाएर प्रशासकहरूको पेशागत दक्षता र सीप विकास हुँदैन, बरू मर्छ।

राजस्व समूहको आजको एउटा उपसचिव जुनसुकै पदबाट सेवा निवृत्त हुँदा कर विज्ञ भएको राम्रो कि सामान्यज्ञ (जनरलिस्ट)? पचास वर्ष वरिपरिको उमेरमा कुनै विशेषज्ञता बिना सेवा निवृत्त हुने एउटा टपरटुइँया सचिवले भन्दा विशिष्ट विज्ञता भएको सहसचिव वा उपसचिवमै सेवा निवृत्त हुनेले संगठनमा कम योगदान गर्दैन।

सबैले सचिव हुने आकांक्षा राख्ने, तर विषय विज्ञ हुने आकांक्षा कसैले राखेनन्। यसले गर्दा विशिष्टीकरणको लाभबाट संगठन वञ्चित हुने अवस्था छ। तर न सचिव हुने न त विषय विज्ञ हुने नियति धेरैले भोग्नु पर्ने अवस्था छ।

निजामती सेवामा 'भर्टिकल' र 'होरिजन्टल' दुवै वृत्ति विकासको अवधारणालाई आत्मसात गर्नुपर्छ। 'भर्टिकल' वृत्ति विकासले सबभन्दा माथिसम्मको पदोन्नतिलाई जनाउँछ। 'होरिजन्टल' ले विशेषज्ञताका आधारमा सरकारी सेवा बाहिर बजारमा बिक्न सक्ने क्षमता बुझाउँछ।

यस्तो विषय विज्ञ कर्मचारी बजारमा बिक्ने हुँदा सचिव नभएकामा असन्तोष पनि गर्दैन। तर हामीले पचास वर्ष नपुग्दै कुनै विज्ञता बिना सचिवबाट अवकाश हुने प्रणाली निर्माण गर्‍यौं।

राजस्व र लेखा समूहमा प्रवेशको न्यूनतम शैक्षिक योग्यतामा परिमार्जन जरूरी छ। यसका लागि प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को अनुसूची-४ मा संशोधन गर्नु पर्छ। यसमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले अग्रसरता लिनु पर्छ। यी निकायले अग्रसरता नलिएको अवस्थामा लोक सेवा आयोगले चासो राख्नु पर्दछ।

म अर्थ सचिव रहँदा शैक्षिक योग्यता परिमार्जनको प्रयास सामान्य प्रशासन मन्त्रालयको बेवास्ताले सफल हुन सकेन। त्यस्तै, लोक सेवा आयोगले प्रशासन सेवाको राजस्व र लेखा समूहको उपसचिवको पाठ्यक्रम पूर्णत: विशिष्टिकरण गर्नु पर्छ। विशिष्ट ज्ञान र सीप भएको अधिकृत मात्र उक्त समूहको उपसचिव हुन सक्ने गरी पाठ्यक्रम परिमार्जन जरूरी छ। समूह गठनले मात्र विशिष्टीकरणको लाभ प्राप्त हुँदैन, अन्य पद्धति र प्रणालीले विशिष्टीकरणलाई सघाउनु पर्ने हुन्छ।

नेपालको राजनीति र प्रशासन जरूरी विषय र महत्वपूर्ण विषयको द्वन्द्व (अर्जेन्सी भर्सेस् इम्पोर्टेन्स्) मा रूमलिएको छ। नेतृत्वमा रहनेहरू जरूरी विषयमा काम गर्दागर्दै महत्वपूर्ण विषयमा प्रवेश नै गर्दैनन्। अर्थ मन्त्रालय त बाह्रै महिना जरूरी विषयमै हराएर सुधारको क्षेत्रमा सोच्ने फुर्सद नपाए जस्तो देखिन्छ।

प्रशासनिक तहको अग्रसरताले मात्र पनि निर्णयमा पुर्‍याउन सकिने यस्ता सामान्य तर महत्वपूर्ण प्रभाव पार्ने सुधारमा प्रशासकहरूको ध्यान कहिले जाला?
https://www.setopati.com/opinion/212432

Friday, September 6

भ्रमहरूको आँखीझ्यालबाट चियाउँदा-केशव दाहाल

  • कुनै समय निष्ठा र मूल्यमान्यताको उदाहरण बनेको व्यक्ति अर्को दिन त्यही निष्ठाको सिँढीबाट ढुनमुनिँदै झर्छ कसरी ? पर भीडमा हेर्दा भगवान् जस्तो देखिने कुनै मान्छे यथार्थमा भ्रष्ट, ठग र पतीत हुन्छ कसरी ?
  • मान्छेको व्यक्तित्व बन्छ कसरी ? भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणमा तीन चिज सबैभन्दा प्रभावकारी हुन्छन् । पहिलो, व्यक्तिले आफ्ना पुर्खाबाट प्राप्त गरेको आनुवंशिक चरित्र । दोस्रो, भौतिक संसारसँग उसले गर्ने संसर्ग । तेस्रो, व्यक्तिले आर्जन गरेको ज्ञान, चेतना, भावधारा र विवेक । आनुवंशिकी मान्छेको व्यक्तित्वमा आउने पितृहरूको प्रसाद हो । तर त्यतिले मात्र मान्छे पूर्ण हुँदैन । त्यसपछि, मान्छेको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण हुन आउँछ, व्यक्तिको सामाजिकीकरणको प्रक्रिया ।
  • अर्थात्, उसको भौतिक संसार । उसको संगत । घरपरिवार, साथीभाइ । स्कुल, कलेज । उसले चढेका सुख र दुःखका पहाड । त्यसपछि आउँछ, लौकिक संसारले दिएको अनुभव, ज्ञान र त्यसको लहरबाट निर्मित भावधारा । भनिन्छ— मान्छेको व्यक्तित्व निर्माणको प्रमुख तत्त्व हो आत्मचेतना । अथवा, मान्छेले आफूलाई चिन्न र बुझ्न आफैंभित्र निर्माण गरेको प्रकाश । संसारलाई हेर्ने र बुझ्ने संवेगात्मक दृष्टि । आत्मसंयमता र आत्मपरख गर्ने सामर्थ्य । आन्तरिक संघर्ष, प्रतिबद्धता र विवेक । यिनै अनेकौं भावधारा, अनेकौं रङ र सुगन्धको संयोजनबाट बन्ने एक अद्भुत चिज हो— मान्छेको व्यक्तित्व ।
  • मान्छेभित्र दोहोरो व्यक्तित्व र विरोधाभास बन्छ कसरी ? मान्छे यस्तो बेकामे, पत्रु र दोग्ला बन्छ कसरी ?
  • भनिन्छ— मान्छेको व्यक्तित्व स्वयंभित्रका विरोधाभासहरूको अन्तरविरोध र एकताबाट निर्माण हुन्छ । यहाँ ‘विरोधाभास’ भनेको मान्छेको व्यक्तित्वमा आउने सकारात्मक र नकारात्मक प्रवृत्तिको ‘सम्बोधन’ हो । जो मान्छे संसारिक जीवन सँगसँगै जन्मन्छन् र हुर्कंदै जान्छन् । जस्तो, मान्छेसँग दैनिक जीवन संघर्षमा ठोकिन आउने अनेकौं घटनाले ऊभित्र माया, प्रेम, सद्भाव अदि सद्गुण मात्र निर्माण गर्दैन, रिस, आवेग, प्रतिशोध, लालसा, तिर्सना र अतृप्ति पनि निर्माण गरिरहेको हुन्छ । जस्तो, एउटा किसान मालिकको ज्यादतीका विरुद्ध लडिरहँदा, ऊभित्र मुक्तिको चाहना त प्रबल हुन्छ नै, ‘म मालिक भएँ भने’ भन्ने प्रतिशोधी भावना पनि सँगै हुर्किरहेको हुन सक्छ ।
  • केटाकेटीलाई ठ्लूो मान्छेले कान निमोठ्दा ऊभित्र निर्माण हुने प्रतिक्रिया हामीले सुनेका छौं– ‘पख म तँलाई ठूलो भएपछि देखाइदिन्छु’ । 
  • मान्छेको जीवन थाहै नपाई पलपल आन्तरिक द्वन्द्व र व्यक्तित्वको टकरावमा गुज्रिरहेको हुन्छ, जो स्वयंलाई पत्तै हुँदैन ।
  • मान्छेको व्यक्तित्वमा देखापर्ने विरोधाभासको अर्को कारण हो, रूप र चरित्रको बेमेल । मान्छेले समाजका अगाडि देखाउनुपर्ने रूप एउटा छ, आफैंभित्र निर्माण भएको चरित्र अर्कै छ । रूप र चरित्रको यो विरोधाभासले मान्छेको व्यक्तित्वलाई भयंकर दोग्ला बनाउँछ ।
  • जस्तो देखिनुपरेको छ भयंकर ज्ञानी, तर ज्ञानको धोक्रो खाली छ । जसले जीवनमा बेइमानीभन्दा धेरै केही गरेनन्, तर देखिनुपरेको छ भयंकर इमानदार । जसले जीवनमा षड्यन्त्रलाई नै राजनीति बनाए, तर गर्नुपरेको छ विचारको कुरा । जसको मन पैसा, सत्ता र शक्तिको लोभ, मोह र तृष्णाले भरिएको छ तर देखिनुपरेको छ इमानदार । जसका वरिपरि बिचौलिया मात्र छन् तर देखिनुपरेको छ भयंकर साधु । दुनियाँका अगाडि क्रान्तिकारी देखिनु छ, तर त्यही क्रान्तिको भारी बोक्न ऊसँग काँध छैन । बोल्दा भयंकर जान्ने देखिनुपरेको छ तर आफ्ना ज्ञानका सीमाले आफैंलाई धोका दिन्छन् । जसले बिहान उठेदेखि मध्यरातसम्म अंकगणित र जालझेल सोच्नुपर्छ र गर्नुपर्छ नैतिकताको भाषण । अर्थात्, मान्छे जब आफ्नै सार्वजनिक छवि र चरित्रको विरोधाभासले थिचिन्छ, निस्कन्छ बडो दोग्ला भएर ।
  • मान्छे बिग्रने अर्को कारण हो, ऊभित्रको सपना र क्षमताको विरोधाभास । जस्तो, जब नेतृत्वको सपना र उसको क्षमताबीच सन्तुलन रहन्छ ऊ जे हो, त्यही देखिन्छ । उसको व्यक्तित्वमा कुनै विरोधाभास हुँदैन । तर व्यक्ति स्वयंका सपना र महत्त्वाकांक्षा पूरा गर्न ऊसँग भएको क्षमताले पुग्दैन, यस्तो बेला नेतृत्व असन्तुलित बन्न पुग्छ । अर्थात्, जब व्यक्तिका सपना र उसका सीमा फरक पर्छन्, व्यक्ति भयंकर दोग्ला, बहुरूपी र खतरनाक बनेर निस्किन्छ । त्यसो त, त्यो बेलासम्म मान्छेको असली अनुहार देखिँदैन, जुन बेलासम्म ऊ दायित्वभन्दा पर बसेर प्रश्नमात्र गरिरहन्छ । जब दायित्वमा आउँछ, त्यो बेला उसको क्षमता प्रकट हुन्छ र देखिन्छन् उसका सीमाहरू ।
  • साधारण मान्छेभित्र निहित विरोधाभास, अन्तरद्वन्द्व, लोभ, मोहको नियन्त्रण सामाजिक मूल्यमान्यता, निष्ठा, अनुशासन र कानुनले गरिरहेका हुन्छन् । 
https://ekantipur.com/opinion/2024/06/21/looking-through-the-window-of-illusions-30-29.html