Saturday, September 29

बेला बेला निजामती सेवा समूहमा आउने नोकझोकमा टिप्पणी

एक सेवाले अर्को सेवालाई आकर्षक वा अनाकर्षक देख्नुपुर्वा या होच्याउनु उल्याउनु पुर्व ...........
---------------------------------------------
१. प्रशासन सेवाका सबैलाई परराष्ट्र सेवाका कर्मचारी खटिईने क्षेत्रमा काम गर्न वा परराष्ट्र सेवामा रुपान्तरण हुन मन लाग्छ कि लाग्दैन !

२. प्रशासन सेवाभित्रै राजश्व समूहमा जान वा राजश्व सम्बद्ध निकायमा पदस्थापना हुन किन प्राथमिकतामा पर्छ होला । 
३‍. जुन सेवा र शर्त स्विकार गरेर सेवा प्रवेश गरिएको हो, किन कोहि सोहि सेवामा आफुलाई सुरक्षित र गौरवान्वित महशुस गर्न सकिरहेको छैन?
४. सेवा सुविधामा र भूमिकामा विभेद भएकै कारण सेवा सेवा वा सेवा समूहबिच मनमुटाव भएको हैन र ?
५‍. विगतमा संसद सेवाका कर्मचारी वा हुलाक सेवाका कर्मचारी प्रशासन सेवामा न सबै रहरले गएका हुन न सबै बाध्यताले ।
६‍. जुनकुनै सेवाले समान तवरले वृत्ति विकासको अवसर किन पाईरहेको छैन?
७‍. प्रशासन सेवा सबैतिर जहाँकहि फिट र योग्य तर अन्य सेवाका कर्मचारी आफ्नो क्षेत्रमा विज्ञ हुनुको साथै प्रशासकिय वा व्यवस्थापकिय क्षमता राख्दैनन् र ?
८. नीति निर्माण र निर्णयमा प्रशासन समूहका कर्मचारीको सहज पहुँचका कारण प्रशासन सेवाले सधै प्राथमिकता र अाफु अनुकुल निर्णय गराईरहेको छैन र ?
९. सबै सेवा समूहले अन्ततोगत्वा गर्ने भनेकै पाएको जिम्मेवारीको पालना नै हो भने सेवा समूहबिच क्लास/वर्ग खडा गर्नु कत्तिको जायज छ?
र, अन्त्यमा.........
क्षणिक आवेग र कुण्ठाका आधारमा विष वमन वा आरिश गर्ने कुनै मनसाय राखिएको छैन । धन्यवाद ।

No comments:

Post a Comment