Friday, November 2

परिवर्तन र संस्कार - मनीष झा

  • गएको सात दशकमा मुलुकमा सात वटा संविधान बने र ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो, यो प्रक्रियाको उद्देश्य परिवर्तन थियो । 
  •  विद्यमान परिस्थितिबाट असन्तुष्ट भएपछि हामीले धेरै पटक पद्धति र प्रक्रिया परिवर्तन त गर्‍यौ, आफ्नै संस्कार परिवर्तन गर्ने प्रयास भने गरेनौं ।
  • हार्वर्ड बिजनेस रिभ्यू मा प्रकाशित एक लेख अनुसार, संस्कारका तीन प्रमुख गुण हुन्छन्ः विधि, व्यवहार र अभ्यास । जबसम्म हामीले विधि, त्योसँग सम्बन्धित व्यवहार र त्यसको अभ्यास परिवर्तन गर्दैनौं, तबसम्म हामी परिवर्तनको लागि तयार छैनौं भन्ने बुझ्न्छि । परिवर्तनका लागि दशकौं समय गुजारिसक्दा पनि हामीले स्पष्ट अनुभूति गर्न सक्ने परिवर्तन अझै आएको छैन ।
  • अहिले तत्कालका लागि व्यवस्थाको विकल्प कसैले खोजेको छैन र लामो राजनीतिक संक्रमण भोगेका जनतालाई सरकारको विकल्प खोज्ने हतारो पनि छैन । थाहै छ, विकल्पमा आउने पनि पुरानो संस्कारधारी नै हुनेछन् । हामीले राजनीतिक परिवर्तनसँगै विधि, व्यवहार र अभ्यासको संस्कार परिवर्तन नगर्ने हो भने कहिल्यै समृद्धि हासिल गर्न सक्ने छैनौं ।
http://nepalihimal.com/article/16250

No comments:

Post a Comment