Monday, September 21

गुरु को हुन् ?-डा. नम्रता पाण्डे

  • ज्ञान दुई किसिमका हुन्छन्– भौतिक र आध्यात्मिक। संसारको विकास, बाहिरी किताबको ज्ञान, भौतिक विकासको मार्ग शिक्षकले देखाउँछन्। कसैको शिक्षालाई अध्ययन गरेर आफ्ना विद्यार्थीलाई ज्ञान दिन्छन्। बाहिरी विज्ञान, प्रयोगात्मक ज्ञान शिक्षकले बताउँछन्।
  • अध्यात्म अर्थात् भित्रको ज्ञान, जसलाई अनुभूतिका आधारमा जान्न सकिन्छ, त्यो गुरुबाट प्राप्त हुन्छ। अन्तर्ज्ञान, आत्मज्ञान, भित्रको ज्योति के हो र यसलाई कसरी अनुभव गर्ने त्यो ज्ञान र कला गुरुले दिन्छन्। अनुभवले खारिएको व्यक्ति गुरु हो, जसले शिष्यलाई आफूले जसरी अन्तर्चेतना, अन्तराकाश, निराकारलाई अनुभूतिबाट जान्ने कला प्राप्त गर्याे , त्यो कला सिकाउन सक्छ। सद्गुरुले अन्धविश्वास र भनेको, सुनेको भरमा ज्ञान दिँदैन।
  • अधि र आत्मा मिलेर अध्यात्म शब्द बनेको छ। अधि अर्थात् विकास, अध्यात्म अर्थात् आत्मविकास। आत्मविकासको मार्ग निर्देशन गर्ने व्यक्ति नै गुरु हुन्।
  • जब अन्तर्ज्ञान प्राप्त हुन्छ, तब देहरूपी समस्या र दुःख सानातिना घटना लाग्न थाल्छन्। यही दिव्य ज्ञानका लागि मानव जीवनमा गुरुको आवश्यकता छ।
  • मानव जीवनमा गर्नुपर्ने चार पुरुषार्थ छन्– अर्थ, धर्म, काम र मोक्ष। यी चार पुरुषार्थ सन्तुलित हुन सके मात्र मानव जीवन सफल हुन्छ।
    • अर्थ: अर्थोपार्जनविना जीवन सहज हुँदैन। धन, सुख, सुविधा, साधनको जोहो गर्नु र दैनिकी चलाउन आवश्यक चिज हासिल गरी जीवनलाई सहज बनाउने पुरुषार्थ पनि मानिसले गर्नुपर्छ।  
    • धर्म: धर्मको अर्थ हो, जीवनमा जति पनि अर्थोपार्जन भएको छ, त्यसबाट आफ्नो स्वार्थ मात्र पूरा होस् भन्ने चाहना नभई परोपकारमा पनि त्यो धन लगाउन सकौँ। दुःखी, असहायको सेवामा खर्च गर्न सकौँ र आफूमा धार्मिकताको गुण कायम राख्न सकौँ।  
    • काम: कामको अर्थ हो, आफूले आर्जन गरेको ९० प्रतिशत धन आफ्नो परिवार र सुखभोगमा लगाऔं। बाँकी १० प्रतिशत परोपकार र सेवामा लगाऔं।  
    • मोक्ष: मोक्षको अर्थ हो, आफ्नो आनन्दका लागि दोस्रोमा निर्भर नबनौँ। आफ्नो आनन्दका लागि आफैंमा आत्मनिर्भर बनौं। मोक्ष स्वयंको सम्पदा हो, जन्मसिद्ध अधिकार पनि हो। यसलाई प्राप्त गर्न दोस्रो व्यक्तिमा निर्भर हुनुपर्दैन। यो अनुभूतिको कला सद्गुरुबाट मात्र सम्भव हुन्छ।
  • https://nagariknews.nagariknetwork.com/opinion/263591-1593923866.html?click_from=category

No comments:

Post a Comment