Sunday, January 3

कसैप्रति उत्तरदायी नहुने यो सरकार कामचलाऊ मात्र हो-विमल कोईराला

  • प्रतिनिधि सभा विघटन गर्दा संविधानको कुन धारा प्रयोग गरियो भन्‍ने उल्लेख छैन । यस्तो पनि हुन्‍छ ? यो त जवाफदेहिताविहीन शैली हो ।
  • सार्वभौमसत्ता जनतामा निहित भएपछि जनताप्रति नै उत्तरदायी हुनुपर्छ भन्‍ने मान्यता हो । तर किटानी जवाफदेहिता संसद्‌भित्र हो । संसदमार्फत जनताप्रति उत्तरदायी हुने हो ।
  • जब चुनावको मिति घोषणा हुन्‍छ, तब कर्मचारी कार्यकारीकै भूमिकामा प्रस्तुत हुनुपर्छ । यस्तो बेलामा अरु लोकतान्त्रिक मुलुकहरूमा ‘भोट अफ एकाउन्ट’ पध्दति लागू हुन्‍छ ।
  • ‘भोट अफ एकाउन्ट' भनेको के हो ? -यो सरकारलाई पूरा बजेट ल्याउने अधिकार हुन्‍न । सरकारले केवल दैनिक कामचलाऊका निम्ति मात्रै बजेट खर्चन सक्छ । त्यसलार्ई ‘भोट अफ एकाउन्ट’ भनिन्‍छ ।
  • कानुनमा अनैतिक काम गर्नु हुँदैन भनी लेखिएको त छैन । त्यो नैतिकतालाई केले बाँध्‍ने ? त्यसलाई आचरणले बाँध्ने हो ।
  • संक्रमणकालमा कर्मचारी नेतृत्वको आँट परीक्षण हुन्‍छ । त्यति मात्र होइन, उनीहरूको शुध्दताको पनि परीक्षण हुन्‍छ ।
https://ekagaj.com/article/interview/3642

No comments:

Post a Comment