Tuesday, September 25

मुस्ताङ्गका ४ याद -सान्निध्य


याद : फ्ल्यास ब्याक
याद मेटिदैन
आँखाले समेटन नसकने कला
आँखाले नभेटने दुरी
तथाकथित उडान
प्रकृतिले नभरिने अँगालो
कुईरो लागेको डाँडो
डाँडा खुल्यो -आश जाग्यो ।
प्लेन गन्ने दैनिकी
दिन गन्ने यात्रु  

याद : औडाहा
महोदय !
यत्ति जान्नुस् मान्नुस
मुस्ताङ्ग भन्या स्याउ मात्रै हैन
मुस्ताङ्ग भन्या मुक्तिनाथ मात्र हैन
मुस्ताङ्ग भन्या लोमान्थाङ्ग पनि हो
मुस्ताङ्ग भन्या कागबेनी पनि हो
मुस्ताङ्ग यौटा मानक हो
राज्य सीमाको छवि नमिठो बिझ्नेछ
कोरला नाका मिथक नबनोस्
अर्काको आशको सत्यानाश होओस् बरु 
करिडोरले रौनक ल्याउने आशा गरौँ
यताको देखेर उताकोले गिन्ति नगर्ने विडम्बना बिच
उताको देखेर यता मन कुँडाउन नपरोस्
बलौटे माटो कुँडार खानी बन्नेछ
उराठ बस्तिमा सुविस्ताका विश्रामस्थल हुनेछन्
चढेपछी झर्न हतार नहोस्
झरेपछी चढ्न हतार होओस्

याद : भिजिटर
पर्यटक यात्रु
भक्तालु तिर्थालु
को कहाँ किन कसरी ?
वैकुण्ठ बास गराउन पिण्ड दान कि श्राद्ध?
मुक्तिको मार्ग स्थल के हो ?
पुग्दैमा जवाफ आउँछ
छुँदैमा रवाफ आँउछ - किन होला?
अप्ठ्यारैमा हुँइकने महादेव
हुरुरु चल्ने हावामा मिठास हुँदो हो !
सिरिरी चल्ने स्याँठमा उमँग हुँदो हो !
खुरुरु पोखरेली बाईक हुरुरु नझरोस् एकैदिन
पटके हैन पटक पटक दर्शन होओस्
हरेक पटक, एकसाथ भाकल धन्यवाद होओस्
जय होस्  


याद : दशै

स्याउ सुकुटी च्याङ्ग्रा च्याउ
ओखर साग खुर्पानी तिते मिठे फापर
वा को सिरिप सिरिप अनि आलु
घाँटीहुँदै चर चर पार्ने ब्राण्डीको चुस्कि
अर्कै देश अर्कै परिवेश
सेता हिमाल कालीको गडगडाहट
वैशको लहरी बाटैभरी मल नाकैभरी गन्ध
खच्चड घोडा चढेकालाई पुग्न हतार
नपुगेकालाई नपुगिने भय
पुगेकालाई घरमा दशै कुर्दो
कच्चि बाटो मौसम
छिर्के हान्दो
२०७५।६।९
म्याग्दी  
हाल : कारेश्वर मार्ग, पुरानो बानेश्वर, काठमाडौ  

No comments:

Post a Comment