Tuesday, September 25

गजल

सँसारको भलाई होला नहोला !
छुटकारा मलाई होला नहोला !

सबै सम्हाल्ने ईमान जलाउने
पकेटमा सलाई होला नहोला !

प्रजा जनता रैति र नागरिक,
फोकटको बधाई होला नहोला !

विश्वास नगरे नि आश नमार ।
भोटको भरपाई होला नहोला !
                           #सान्निध्य
-म्याग्दी
हाल : ॐ कारेश्वर मार्ग, बानेश्वर, काठमाडौ

No comments:

Post a Comment