Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Tuesday, September 25

गजल

सँसारको भलाई होला नहोला !
छुटकारा मलाई होला नहोला !

सबै सम्हाल्ने ईमान जलाउने
पकेटमा सलाई होला नहोला !

प्रजा जनता रैति र नागरिक,
फोकटको बधाई होला नहोला !

विश्वास नगरे नि आश नमार ।
भोटको भरपाई होला नहोला !
                           #सान्निध्य
-म्याग्दी
हाल : ॐ कारेश्वर मार्ग, बानेश्वर, काठमाडौ

Wednesday, February 15

चौध गते ।


त्यसो त मन खाएको मान्छेलाई आफ्ना कुरा भन्न कुनै साईत चाहिदैन । तर बदिलिएको आधुनिक परिवेशमा विशेषत तरुण मनहरुलाई प्रणय दिवसको आफ्नै चटारो छ नै । यसै मेसोमा तिनै मनहरुलाई उक्साउने गरी संयोजन भयो यो गजल । प्रणय दिवसबाट अपेक्षा राख्नेहरुलाई यो समय यो मौसम फलदायी रहोस् । अग्रिम शुभकामना ।