----------------
जताततै दुख्छ किन हाे भाई ?
अाेठतालु सुक्छ किन हाे भाई ?
जताततै दुख्छ किन हाे भाई ?
अाेठतालु सुक्छ किन हाे भाई ?
देश - समाज - अाफु सम्झेर,
ठाडो शिर झुक्छ किन हाे भाई ?
ठाडो शिर झुक्छ किन हाे भाई ?
जे सुकै हाेला भन्छु तर पनि,
दिलभित्रै पुग्छ किन हाे भाई ?
दिलभित्रै पुग्छ किन हाे भाई ?
जताततै दुख्छ किन हाे भाई ?
अाेठतालु सुक्छ किन हाे भाई ?
-------
सान्निध्य
२०७३।१०।२६
हाल : ॐ कारेश्वर
अाेठतालु सुक्छ किन हाे भाई ?
-------
सान्निध्य
२०७३।१०।२६
हाल : ॐ कारेश्वर

खसिराख्ने कट्टु तान्या, हिजै जस्तो लाग्छ...
स्कुल जाने केटी ताकी, कान्लामाथिबाट,
लुकीलुकी ढुङ्गा हान्या, हिजै जस्तो लाग्छ...
सिनेमाको जिन्दगीलाई, साँचो सत्य मानी,
आफूलाई हिरो ठान्या, हिजै जस्तो लाग्छ...
बिहे गर्दा ठूलै युद्ध, जिते जस्तै गरी,
मन खाकी केटी छान्या, हिजै जस्तो लाग्छ...
पाटी कोरी क ख जान्या, हिजै जस्तो लाग्छ...
खसिराख्ने कट्टु तान्या, हिजै जस्तो लाग्छ...
(पोष्टराज चापागाई)