Monday, November 5

‘डुइङ बिजनेश’ प्रतिवेदन र सीमा ‘- रमा सुवेदी


  • बहुपक्षीय कर्जादाता निकाय विश्व बैङ्कले भर्खरै ‘डुइङ बिजनेश’ प्रतिवेदन (डीबीआर)को १६ औं संस्करण सार्वजनिक गर्‍यो । डीबीआरमा देशको सबैभन्दा ठूलो व्यावसायिक शहरमा व्यवसाय स्थापना र सञ्चालनलाई प्रभावित पार्ने व्यावसायिक कानून र नियमनहरूलाई मापन गरेर विश्वका १ सय ९० देशलाई वर्गीकरण गरिन्छ । यसमा व्यवसाय शुरू गर्न लाग्ने समय, निर्माण अनुमतिलगायत ११ मापदण्डका आधारमा देशको वातावरणलाई अति सजिलो, सजिलो, मध्यम र औसतभन्दा तल विभाजन गरिन्छ । 
नेपालको अवस्था 

  • डीबीआर २०१९ अनुसार नेपालको व्यावसायिक वातावरण बिग्रिएर सूचक गत वर्षको तुलनामा शून्य दशमलव ३२ प्रतिशतले घटेर यस वर्ष १ सय १० औं स्थानमा आयो ।   व्यावसायिक वातावरण सूचकाङ्क अघिल्लो वर्षको तुलनामा थोरै घट्दा पनि नेपाल धेरै स्थान तल आयो । यद्यपि, यो अझै व्यवसाय गर्न मध्यम खालको देशमध्ये पर्छ ।
नेपालमा सन् २००९ यता व्यवसायलाई सहज बनाउन आठओटा सुधार भएका छन्  
  • निश्चित अवधिको करार लागू, परीक्षण अवधिमा कटौती, कार्य समयमा कटौती, तलबी सुत्केरी बिदामा वृद्धि आदिको व्यवस्था गरेर श्रमबजारमा सुधार ल्याइयो ।
  • केन्द्रीकृत, सूचनामा आधारित कर्जा प्रणालीको कार्यान्वयन गरेर कर्जा प्राप्ति सहज बनाइयो ।
  • संस्थागत पारदर्शिता बढाएर अल्पसङ्ख्यक लगानीकर्ताको सुरक्षा बढाइयो ।
  • विद्युतीय निर्माण अनुमति लागू गरेर निर्माण अनुमति प्राप्ति सहज बनाइयो ।
  • कम्पनी दर्ताको समय घटाइयो र यस मामिलामा संलग्न हुने निकायबीच डाटा लिङ्क स्थापित गरेर व्यवसाय शुरू गर्न सहज बनाइयो ।
  • करार लागू गर्न अदालती निरीक्षणमा सुधार गरियो ।
  • दर्ता शुल्क घटाएर सम्पत्ति दर्ता सहज बनाइयो ।
  • ऐतिहासिक विवरण उपलब्ध गराएर कर्जा प्राप्ति सहज पारियो ।                               
विगत १० वर्षका राम्रा काम धेरै भए पनि व्यावसायिक वातावरण असहज बनाउने काम पनि भएका छन् ती हुन् :
  • निर्माण अनुमति प्राप्त गर्ने लागत बढाइयो
  • सीमा पार निर्यातका लागि चाहिने दस्तावेजहरू बनाउन लाग्ने समय र म्याद बढाइयो ।
  • नयाँ श्रम कानूनले पनि व्यवसाय गर्न थप कठिन भयो ।
  • डीबीआर २०१० मा नेपाल १३ स्थान माथि उक्लिँदै १ सय १० औं स्थान आयो । डीबीआर २०१४ मा पनि ११ स्थान माथि उक्लिएर नेपाल ९४ औं स्थानसम्म पुग्न सफल भयो । यो नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि हो ।  ‘डीबीआर २०१५’ मा ६ स्थान तल झरेकोमा ‘डीबीआर २०१५’ मा ७ स्थान तल झर्‍यो । पछिल्लो वरीयतामा आएको कमीसँगै नेपाल १० वर्ष अघि जहाँ थियो अहिले पनि त्यही नै झरेको छ ।
प्रतिवेदनको उपयोगिता
प्रतिवेदन व्यवसायी, सम्भावित लगानीकर्ता र अनुसन्धाताहरूका लागि त उपयोगी छँदैछ, देशको नीति निर्माताहरूका लागि पनि यसको महत्त्व धेरै छ । कुनै देशले केकस्ता समस्याहरू भोगिरहेको छ तिनको नीतिगत सुधार गर्न यसले प्रेरित गर्छ । अन्य देशमा भइरहेका राम्रा अभ्यासबारे पनि यसबाट सिक्न सकिन्छ । नयाँ सूचकाङ्कको विकास गर्न र अनुसन्धान दस्तावेजहरू निकाल्न अनुसन्धाता संस्थाहरूले यसको प्रयोग गर्न सक्छन् । बैङ्कले सन् २००२ मा ‘डुइङ बिजनेश’ प्रतिवेदन सार्वजनिक गरेदेखि अहिलेसम्म सूचीमा संलग्न देशहरूमा ३ हजार ५ सयभन्दा बढी व्यावसायिक सुधार भएका छन् ।
तथ्याङ्क सङ्कलन
प्रतिवेदनका लागि चाहिने तथ्याङ्क विश्व बैङ्क ‘डुइङ बिजनेश’ टीमले सर्वेक्षणबाट सङ्कलन गर्छ । यसका लागि सम्बन्धित देशका स्थानीय विज्ञहरूलाई परिचालन गरिन्छ । यी विज्ञमा वकील, व्यावसायिक परामर्शदाता, एकाउण्टेण्ट, सम्पत्ति दर्तालगायत प्रतिवेदनका लागि चाहिने मापदण्डसँग सम्बन्धित अधिकारीका साथै कानूनी र नियामक वातावरणसँग सम्बन्धित पेशाकर्मीहरू पर्छन् ।
सीमा 
शुरुदेखि नै नागरिक समाज वा सङ्गठनहरूले डीबीआरले विकासका लागि सबैलाई एउटै समाधान प्रवद्र्धन गरेको भन्दै आलोचना गर्दै आएका छन् । विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्राकोषले नियमन खुकुलो बनाउन र उदारमुखी सुधारको प्रवद्र्धन गर्न डीबीआरकै प्रयोग गर्ने गरेका छन् । व्यवसायीमैत्री नियमनहरूले आय असमानतालाई घटाउने दाबी गरिए पनि प्रतिवेदनमा नियमनको सामाजिक वा आर्थिक लाभ वा हानिलाई बेवास्ता गरिएको छ ।
नियमनमा गरिने परिवर्तनले कर्मचारीहरूलाई हुने लाभको पनि यसमा बेवास्ता गरिएको छ । नेपालकै सन्दर्भलाई लिऊँ । समीक्षा अवधिमा नेपाल सरकारले महिला कर्मचारीलाई उपलब्ध गराइँदै आएको सुत्केरी बिदाको अवधि बढायो । कर्मचारी भर्ती कानून र परीक्षणकालमा पनि परिवर्तन गरियो । काम गर्ने समय र बिरामी बिदालगायत अन्य विषयमा पनि सुधार गरियो । तर, उपदान, स्वास्थ्य बीमा र दुर्घटना बीमा रोजगारदाताले अनिवार्य रूपमा बेहोर्नुपर्ने नियमले कर्मचारीको समग्र अवस्थालाई लाभ मिले पनि रोजगारदातालाई भार पर्‍यो । नेपालको व्यावसायिक वातावरण अप्ठ्यारो भएको भनेर सूचकाङ्क नै घटाइयो ।
प्रतिवेदनमा कर कटौतीलाई बढी महत्त्व दिने भएकाले यसले व्यावसायिक कर घटाउने होडबाजीलाई बढाएको छ । यसले न त आय असमानता घटाउन सघाएको छ न त समावेशी आर्थिक वृद्धिदरलाई नै । आम जनता र देशको हितलाई बेवास्ता गरेर व्यवसायीहरूको हितलाई मात्रै दृष्टिगत गरेर देशहरूको वर्गीकरण गरिएको छ । डीबीआर २०१७ मा सबैभन्दा धेरै सुधार गर्ने अधिकांश देशमा कर्मचारीको अधिकारमा प्रदर्शन निकै कमजोर वा खराब देखिएको भन्दै अन्तरराष्ट्रिय श्रम सङ्गठनहरूको महासङ्घले विरोध पनि गरेको थियो ।
गतवर्षको प्रतिवेदनमा चिलीको वरीयताले पनि प्रतिवेदनमाथि धेरै ध्यान खिचेको थियो । बैङ्कले पद्धतिमा गरेको हेरफेरका कारण चिलीको वरीयतामा निकै उतारचढाव देखिएको थियो । यसलाई कतिपय आलोचकहरूले राजनीतिक चलखेलको संज्ञा पनि दिए । शुरूदेखि नै डीबीआरको विरोध भए पनि बैङ्कले प्रयोग गर्ने पद्दतिमा सतही परिवर्तन मात्रै गरेको र आधारभूत त्रुटिलाई बेवास्ता गरिएको भन्दै अहिले पनि प्रतिवेदनको आलोचना हुने गरेको छ ।
अन्त्यमा, हालैका वर्षमा ‘डुइङ बिजनेश’मा नेपालको वरीयतामा आएको उतारचढाव चिन्ताको विषय हो । प्रतिवेदनलाई नै आधार मानेर लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई यसले बिच्काउनेछ । यसका केही विवाद र सीमा भए पनि यसले पार्ने सकारात्मक प्रभावलाई नकार्न भने सकिन्न । यद्यपि, यसले व्यावसायिक वातावरण सुधारेर देश विकासका लागि अत्यावश्यक विदेशी लगानी आप्रवाह बढाउने खालको सुधार ल्याउन नीति निर्माताहरूलाई प्रेरित भने गर्ने आशा गरिएको छ ।

कर्मचारीको विदेश भ्रमण

हुल बाँधेर गए। डलरमा भत्ता । ज्ञान र सीप नल्याउने । टुर मात्र भो । आम्म्मा हउ के सारो नकारात्मकता हो कर्मचारी प्रति !! 
--------
यसै प्रसंगमा उब्जिएका केही प्रश्न .
१) कर्मचारीलाई काममा पठाएको हैन र ? आफै बुरुक्क उफ्रेर गएको त हैन होला । 
२) कर्मचारीको उत्प्रेरणा र एक्सपोजर नहुँदा पनि हुने हो ?
३) अनिवार्य प्रतिनिधित्वमा जाँदा पनि आरोप खाईरहने हो?
४) देश विदेश नदेखेका कुवाका भ्यागुता कर्मचारिबाट सेवा प्रभावकारिता हुने हो ?
५) विदेश जाने भ्रमणका लागि मात्र हो कि तालिम गोष्ठि सेमिनार अनि सम्झौताका लागि पनि जान्छन्?
६) जाँदा लुते र लठेब्रो कर्मचारी फर्कदा हट्टाकट्टा विद्वान र भयंकर भएर फर्कने अपेक्षा कस्तो हो ?
७) विदेश पुग्ने नेपालीले नेपालको पहिचान पनि त प्रसार गर्दो हो नी है ?
यस्तै यस्तै...
----------------
समग्रमा हाम्रो समाचारमाध्यम र सञ्जाल नकारात्मकतामा आधारित छ .... विहानै समाचार सुन्ने र पढ्ने व्यक्ति आशावादी, सकारात्मक र उर्जाशिल हुने अवस्था छैन । #पुनश्च : असहमत हुने छुट सबैलाई छ ।

The Focus Energy Matrix

यस फ्रेमवर्कका ४ पक्ष
१‍ आलटालेहरु
२ मुक्ति चाहनेहरु
३ व्याकुलहरु
४ उद्देश्यकेन्द्रितहरु



https://hbr.org/2002/02/beware-the-busy-manager

केहि संकलन

  • नागरिकको सन्तुष्टि र मुलुकको विकास र सबृद्धिमा निहित रहेका यी दुबै पक्षबीच नङ र मासुको सम्बन्ध जबसम्म हुन सक्दैन तबसम्म सर्बसाधारणमा असन्तुष्टि कायमै रहन्छ र त्यसको असर सेवा प्रवाहमा पर्न गई समाज र मुलुकको विकासको गतिमा नै अवरोध सिर्जना हुनपुग्छ। सेवा प्रवाहमा मुख्यगरी राज्यको विद्यमान कानुनमा टेकेर काम गर्ने, हेल्प डेस्क राखेर जनतालाई सुसूचित गर्ने जस्ता कार्यहरू पर्दछन्।
  • लोकतान्त्रिक ढङ्गले जनकल्याण सम्बन्धी कार्य सञ्चालन गर्ने संयन्त्र कर्मचारी प्रशासन हो। त्यहाँबाट नागरिकले कल्याणकारी सेवा प्राप्त गर्न सक्नुपर्छ। सरकारबाट आफ्ना नागरिकहरूको हित र उन्नतिका लागि नियमित, आकस्मिक, सेवा सुबिधाहरू, बिकासका गतिबिधिहरूको सर्बसुलभ उपलब्धताले नागरिकको मन जित्न सक्नुपर्छ। अहिले दिगो सरकार भनिने स्थानीय तहमा झन भ्रष्टाचार मौलाएको खबर सार्बजानिक भइरहेका छन्। यसले समग्र जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको बिश्वसनीयता माथि उत्तिकै ह्रास आएको देखिन्छ।
  • जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शिता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरणको माध्यमबाट मात्र समाज र मुलुकमा सुशासनको अनुभुति हुन्छ। जुन नागरिकले अपेक्षा गरेका बिषय हुन्।
  • सरकारले बजेटमार्फत सार्वजनिक प्रशासनलाई जनमैत्री, पारदर्शी, छिटो छरितो र प्रभावकारी बनाउन ई-गभरमेन्स (बिधुतीय सुशासन सेवा) महत्वकांक्षी योजना सार्वजानिक गरेको छ। तर सेवा प्राप्तिका लागि नागरिकहरूले सास्ती खेपिरहेका छन्। प्रशासनिक निकायहरूमा गोजी छामेर मात्र हुँदैन, भेटि बुझाउनै पर्छ। अन्यथा अनावश्यक ढिलासुस्ती, हैरानी हुन्छ, कित कामै हुदैन। दुरदराजका क्षेत्रहरूमा यो संस्कार अझैसम्म ब्याप्त छ। हालसम्म सेवा प्रबाह र नागरिकले पाउने सेवाको अवस्था सन्तोषजनक छैन। यसका विभिन्न कारण देखा परेका छन्। संरचनात्मक ढाँचा बदलिरहनु, चुस्त व्यवस्थापन नहुनु र आचरण र व्यवहारमा सुधार नहुनु। विधिको शासन मान्ने किसिमको संस्कृतिको विकास हुन सकेन। दण्डहिनता बढ्यो। भ्रष्टाचारको रोकथाम जुन रूपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन। यहि संस्कारको निरन्तरता रहेमा स्थानीय सार्वजनिक प्रशासन कहिले सुध्रने ॽ
  • राजनीतिक नेता हुनु भनेको आफ्नो विचारलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्न पाउने अवसर हो। यस्ता व्यक्ति नै व्यक्तिगत लाभमा तल्लीन हुने हो भने समाज कस्तो होला, नैतिक मूल्य र सदाचार कता पुग्ला? सुशासनको अवस्था कस्तो होला?

--------------------
  • पोल्यान्डमा गरिएको अध्ययन अनुसार घृणायुक्त अभिव्यक्ति धेरैपटक सुनिरहनेहरू पूर्वाग्रही हुन्छन् भन्ने प्रमाणित गरेको छ । यसले मान्छेको मौखिक आक्रोशलाई गम्भीरतापूर्वक नलिने परिपाटी विकास हुँदै जान्छ । जुन सामाजिक रूपमा नरुचाइने व्यवहार हो ।
----------------------------
  • जबसम्म संघीय प्रणाली सञ्चालनका विशिष्ट अवयवहरूलाई राज्य सञ्चालनमा आन्तरिकीकरण (इन्टरनलाइज) गरिंँदैन, राजनीतिक नेतृत्व, कर्मचारी र बजेटको उपस्थितिले मात्रै संघीयता चल्दैन । अलि–अलि सिक्दै र घिस्रिंँदै यो प्रणालीलाई ‘अब चल्यो’ भन्नेसम्मको बनाउन सकिएला । तर फेरि उही घिस्रेर अघि बढ्ने गतिले मुलुकलाई वास्तविक समृद्धिको लक्ष्यमा विलकुलै पुर्‍याउन सक्दैन ।
----------------
  • सामूहिक भावनाको विकास लोकतन्त्रको विकासमा अपरिहार्य हो । शासन पद्धति एक व्यक्तिमा थुपार्ने प्रवृत्तिले लोकतन्त्र कमजोर पार्छ र संस्थाहरूको स्वाभाविक सामर्थ्य गुम्छ ।
--------------------------------------
  • अबको विकास भनेको केवल संरचना निर्माण मात्रै होइन, दीर्घकालीन, वातावरणमैत्री र व्यवस्थित संरचना निर्माण पनि हो।
  • अप्रत्याशित सरुवा सजाय हो । प्रशासकले ढुक्कसाथ काम गर्न नपाए दैनिक प्रशासनमा असर पर्छ ।
--------------------------------
  • भनिन्छ: "चोकहरूले सिंगो शहरको अवस्थालाई प्रतिविम्वित गर्दछन्"।
  • ठीक त्यसै गरी मानिसको व्यवहार उसको सम्पूर्ण जीवनदर्शन र सोचको प्रतिविम्व हो।
अहिलेका शासकहरु 
  • क्षेत्राधिकार प्रस्ट नहुँदा जिम्मेवारी एकले अर्कालाई पन्छाउने फुटबलजस्तो बनाइएको छ ।
  • हस् बोल्ने र हात मोल्ने’ कर्मचारीतन्त्र मन पराउँछन् ।
  • पूर्वमुख्यसचिव कोइरालालाई सरकारबाट तीन खाले निर्देशन आउने अनुभव छ । पहिलो, नियमित तहबाट हुनुपर्ने काम नभएर निर्देशन दिनु बाध्यता हुन्छ । दोस्रो, जनदबाबलाई मत्थर पार्न सरकारले काम भइरहेको छ भन्ने सन्देश दिन निर्देशन दिन्छ भने तेस्रो कारण, विवादमा आफ्नो औचित्य वा महत्त्व स्थापित गर्न । प्रधानमन्त्री वा मन्त्रीले नियमित भइरहेका काममा पनि निर्देशन दिएर जबर्जस्ती आफ्नो सक्रियता देखाउने गरेका छन् । विवादमा परेका विषयमा आउने निर्देशनले मात्र सम्बन्धित अधिकारीलाई बाटो देखाउने र प्रेरित गर्ने पूर्वमुख्यसचिव कोइराला बताउँछन् ।
  • जनप्रशासन क्याम्पसका उपप्राध्यापक केशवराज पाण्डेका शब्दमा, कर्मचारीतन्त्र घोडा हो । जुन सरकारले राम्ररी चढ्न सक्छ, उसले काम लिन सक्छ र सफल हुन्छ । जसले चढ्न जान्दैन, त्यसलाई कर्मचारीतन्त्रले लडाउँछ । “सरकारले निर्णय गर्ने हो, हुकुमी पाराले निर्देशन दिने होइन । दिइएको जिम्मेवारीअनुसार काम नगर्ने कर्मचारीमाथि कारबाही गर्ने हो,  निर्देशनको नाममा समय खेर फाल्ने होइन,” उनी भन्छन् ।
  • कर्मचारीतन्त्रको मनोविज्ञान स्वार्थ आफूले लिने र जिम्मेवारी अरूलाई पन्छाउने छ । “राजनीति र कर्मचारीतन्त्र दुवै सेवाका लागि हुन् । तर, यिनमा क्रमिक विकास नभई छलाङ मार्ने प्रवृत्ति छ । त्यसले प्रणालीगत विकासलाई उछिन्यो,” पूर्वसचिव बिन्दा हाडा भन्छिन्, “त्यो सुधार नहुँदासम्म परिवर्तनको महसुस हुन मुस्किल छ ।” ०५९ देखि झन्डै दुई दशक स्थानीय निकाय निष्क्रिय रहनुले राजनीतिकर्मीलाई केही नसिकेरै फड्को मार्ने र कर्मचारीतन्त्रलाई निर्देशनमुखी बनाइदिएको उनको विश्लेषण छ ।
  • “कर्मचारीतन्त्रलाई माथिको डरले होइन, आफ्नै जिम्मेवारीले जवाफदेही बनाउनुपर्छ । नबिर्सौं, जतिसुकै महान् विचार होस्, कर्मचारीतन्त्रको सहयोगबिना कार्यान्वयन हुन सक्दैन ।” केदारभक्त माथेमा
  • शासन व्यवस्थामा भएका प्रणाली, पद्धति र प्रक्रिया चुस्त नहुनाले पनि कर्मचारीतन्त्रलाई आदेश पर्खिने बानी परेको छ ।
  • पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, “विधिको शासन छैन । संविधानलाई कानुनले, कानुनलाई नियमले, नियमलाई परिपत्रले र परिपत्रलाई टेलिफोनले काट्ने प्रवृत्ति नै मुख्य चुनौती बनेको छ ।”
  • एक व्यवस्थापनविद्ले भने, कुनै पनि संस्था होस् वा उद्योग कलकारखाना वा सरकार नै किन नहोस्, हरेकलाई चुस्त र दुरुस्त रूपले सञ्चालन गर्न निम्न व्यवस्थापकीय सीप चाहिन्छ ः १) योजना २) संगठन–संयन्त्र ३) सिर्जनशील, उद्यमशील र नवीन सोचका जनशक्ति ४) कार्यविधि र स्पष्ट निर्देशन ५) रणनीति र कार्ययोजना सहितको कुशल व्यवस्थापक ६) नियमित सञ्चार, समन्वय र अनुगमन ७) मूल्यांकन ८) उचित पुरस्कार र दण्डको व्यवस्था।
श्रम र रोजगारी
  • काम गर्न सक्ने उमेर समूहका मानिस वैदेशिक रोजगारीका लागि बिदेसिएका कारण नेपालभित्रै श्रमशक्ति अभाव हुने गरेकाे छ । तीनलाख इँटा उद्योगका श्रमिकको बिचमा मात्र २ लाख नेपाली हुनु यसकाे ज्वलन्त उदाहरण हो । 
  • स्वदेशमै सानोतिनो काम गर्नभन्दा पनि बेरोजगार युवाको सपना वैदेशिक रोजगारी नै हुनु अचम्मलाग्दो अवस्था छ।
  • सरकारले २०५६ सालमा वैदेशिक रोजगार विभाग स्थापना गरेपछि श्रम स्वीकृति लिएर विदेश जाने क्रम सुरु भएको हो । 
  • मुलुकको उत्पादन र औद्योगिक क्षेत्र निकै कमजोर भएकाले पनि राष्ट्रिय अर्थतन्त्र टिकाउने एकमात्र माध्यम वैदेशिक रोजगारी र त्यसबाट प्राप्त रेमिटेन्स हुँदै आएको छ। 
  • अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै गरेको एक अध्ययनअनुसार संसारभरिको अर्थतन्त्रलाई गतिशील बनाउन रेमिटेन्सको महत्वपूर्ण भूमिका देखिएको छ। सन् २०१७ मा विश्वभरि चार सय अर्ब अमेरिकी डलर रेमिटेन्सका रूपमा भित्रिएको थियो। अल्पकालीन रूपमा गरिबी घटाउन र परिवारका आवश्यकता पूरा गर्न रेमिटेन्सको योगदान रहेकाले नेपाल, होन्डुरस, जमैकाजस्ता देशको आय अन्य छिमेकी राष्ट्रकै हाराहारीमा पुग्न सकेको पनि अध्ययनको निष्कर्ष छ। यति हुँदाहुँदै पनि वैदेशिक रोजगारीको नकारात्मक पाटो पनि उत्तिकै छ । त्यही अध्ययनले रेमिटेन्सले अल्पकालीन रूपमा मात्र अर्थतन्त्रलाई गतिशील बनाउने र ठूलो रकम उपभोगमा सकिने गरेको निष्कर्ष निकालेको छ। अध्ययनले भनेजस्तै नेपालमा पनि वर्षौंदेखि रेमिटेन्स दैनिक उपभोग्य वस्तु खरिद गर्नमै सीमित हुने गरेको छ।
  • वैदेशिक रोजगारीका सामाजिक पाटो पनि उत्तिकै छन्। परिवार विखण्डन, गाउँघरमा बूढाबूढी र बालबालिका सामाजिक यथार्थ हुन पुगेको छ। गाउँघरमा काम गर्ने उमेर समूहका मानिस नहुँदा कृषि उत्पादन हुने जगगाजमिन बाँझै छन्। 
  • केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीबाट प्राप्त रकम देशका ५६ प्रतिशत घरधुरीसम्म पुग्ने गरेको छ ।
  • स्रोत र रोजगारदाता मुलुकबीचको श्रम सम्झौता/समझदारीलाई आप्रवासी कामदारको हक, हित सुनिश्चित गर्ने प्रभावकारी माध्यम मानिन्छ। 
  • आफ्ना नागरिकलाई श्रम गर्न विदेश पठाउनुअघि सम्बन्धित देशसँग श्रम सम्झौता गर्नुपर्ने कानुनी पक्षलाई बेवास्ता गर्दै सरकारले संसारका १ सय १० मुलुकमा कामदार पठाउने अनुमति दिइरहेको छ। सम्झौता नगरी पठाउँदा मुलुकले ठूलो रकम गुमाइरहेको छ भने कामदार जोखिममा छन्।
  • श्रम सम्झौता नगर्दा कामदारलाई समस्या परे त्यसमा रोजगारदाता मुलुकको सरकारको खासै चासो हुँदैन । श्रम सम्झौता भएको मुलुकमा पुगेका कामदारलाई समस्या परे त्यसको समाधान गर्ने दायित्व सम्बन्धित देशको सरकारको हुन्छ । श्रम सम्झौता नभएको देशमा समस्या आए समाधान गर्ने दायित्व रोजगारदाता कम्पनी तहमा सीमित हुन्छ।
  • सरकारले श्रम स्वीकृति दिने एक सय १० देशमध्ये हालसम्म बहराइन, कतार, युएई, जापान, कोरिया, इजरायल जोर्डन र मलेसियासँग मात्र श्रम सम्झौता÷समझदारी भएको छ।
नागरिक आयोग निर्माण गर्ने दिन नआओस् आइतबार, १८ कार्तिक २०७५, डा. ठाकुरमोहन श्रेष्ठ
  • राजनीतिक र अन्य नीतिगत भ्रष्टाचार नै नेपाल र असल प्रजातन्त्रको प्रमुख बाधक हो ।
  • नेपालमा कागजमा लिपिबद्ध समानता र समानुपातिक समावेशीकरणको हक व्यवस्था एवं बिनाअध्ययनको संघीयता त पायौँ। अर्कोतर्फ आरक्षण टाठाबाठा र ठालु वर्गकै पहुँचमा छ।
  • समकालीन विश्वव्यापीकरणको धारसँगै समग्र अर्थ,संस्कृति, राजनीति, शिक्षा, स्वास्थ्य, सुरक्षा, विकास, नेतृत्वदायी नैतिकता, जवाफदेहिता र उत्तरदायीपनलाई हेरिनुपर्छ ।
  • संविधानको आशय परिकल्पना तथा व्यवहारमा त्यसको परिपालनामा राजनीतिक प्रतिबध्दता र प्रस्तुतिबीच तालमेल नखाँदा देशमा राजनीतिक संक्रमण लम्बिरहेको छ ‘अन्डर करेन्ट’ का रूपमा ।
  • संसद्मा सभासद् र नेताहरू भ्रष्टाचार भयो भनेर चिच्याउने, प्रशासनले सहयोग गरेन भन्न नछाड्ने तर एनजिओले सुशासनको कार्यक्रम र सम्झौता गर्ने विचित्र साँठगाँठ छ देशमा ।
  • राष्ट्रिय एकता, सहिष्णुता, आपसी विश्वास र सद्भावले राष्ट्रलाई बचाउँछ ।
  • भ्रष्टाचार, अनुत्तरदायी प्रवृत्ति तथा ठूला माछा (सत्ता र शक्तिको दुरुपयोग गर्ने व्यक्तिहरू) लाई देशको कानुनी दायरामा ल्याऔँ ।
--------------------

  • राज्यको कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिका आआफ्ना क्षेत्रमा अधिकार सम्पन्न छन् तर उनीहरूको कर्तव्यचाहिँ के हो भनेर खुलाइएको छैन । यसबाट के प्रष्टिएको छ भने उनीहरू आफ्नो संवैधानिक कर्तव्यमा कहाँ चुके भनेर जनताले बताउने ठाउँ पाउँदैनन् । साधारणतः देशमा सुशासन ल्याउने कर्तव्य कार्यकारिणीको हो, जनमुखी कानुन बनाउने कर्तव्य व्यवस्थापिकाको हो र न्यायपालिकाको कर्तव्य जनतालाई न्यायको अनुभूति दिनु हो तर संविधानमा यसको कुनै उल्लेख छैन । त्यस मानेमा संविधानले उनीहरूलाई अधिकारमुखीमात्र बनाएको छ । यस अवस्थामा हाम्रो संविधानले उनीहरूलाई अधिकार सम्पन्न तर कर्तव्यबिहीन बनाएको भनेर भन्न सकिन्छ । 
--------------------

  • राज्य व्यवस्थाले, आमजनताको सहजताका लागि र नागरिकको जीवनलाई परोक्ष फाइदा पुग्ने विषयमा कुनै पनि पद्धति, प्रणाली वा विधि प्रयोगमा ल्याउनु आफैँमा सराहनीय काम हो । तर, सरकारले आमजनताको चासोका विषयमा कुनै नयाँ व्यवस्था लागू गर्छ भने सो लागू गर्न आवश्यक पर्ने अन्य पूर्वाधार र सार्वजनिक स्थल तथा बाटाघाटामा निस्कने मान्छेमा हुनुपर्ने चेतनाको स्तरबारे राज्य व्यवस्था निश्चित हुन जरुरी हुन्छ । हर्न निषेधको निर्णयपूर्व सरकारले पूर्वाधार निर्माणमा ध्यान नदिनु प्रतिनिधि उदाहारण मात्र हो । 

    Sunday, November 4

    अबको भविष्य आर्थिक परिवर्तनको - सिमाेन जाेन्साेन

    • आर्थिक बृद्धि अर्थात् उत्पादकत्वमा स्थायी वृद्घि, ‘कुल तत्व उत्पादकत्व’ अर्थात् पुँजी र श्रमिकलाई कसरी व्यवस्थित गर्ने भन्ने अर्थ दिन्छ । 
    • १८औँ शताब्दीको अन्त्यतिर सुरु भएको आधुनिक आर्थिक वृद्घिमा भौतिक पुँजी (भवन, मेसिन र पूर्वाधार)को निर्माण, शैक्षिक स्तरमा वृद्घि र यी सबैलाई एकसाथ ल्याउँदा उत्पादकत्व बढाउँछ भन्ने कुरा समावेश छ । 
    • सरकारी भूमिकामा बढी निर्भर भएर (सिंगापुरमा जस्तै) वा निजी क्षेत्रमा बढी निर्भर भएर (हङकङमा जस्तै) बृद्धि हासिल गर्न सकिन्छ ।
    • धनि राष्ट्र (पश्चिम युरोप, अमेरिका, क्यानाडा र अस्ट्रेलिया) स्थायी रूपमा अगाडि बढिरहेका छन् भने गरिब राष्ट्रले केही आर्थिक वृद्घि हासिल त गरेका छन् । तर, उनीहरू विकसित देशको उत्पादकत्व र आम्दानीको स्तरको छेउछाउ पनि पुग्न सकेका छैनन् ।
    • सस्तो वस्तुको निर्यात गरेर तीनको गुणस्तर सुधार गर्दै थप राम्रो वस्तु उत्पादन गर्ने विकास मोडल अपनाएका एसियाली राष्ट्रले विगत ५० वर्षमा सकारात्मक वृद्घि हासिल गर्दै विश्वलाई आश्चर्यमा पारेका छन् । सम्भवतः यो विकासपथ अपनाउने जापान पहिलो गैरयुरोपेली राष्ट्र हो भने कोरिया, सिंगापुर र हङकङलगायतका केही राष्ट्रले यसलाई पछ्याएका छन् ।
    • चीनको प्रदर्शन प्रभाव आकर्षक हुन सक्छ र यसले सत्तामा बसिरहेर पनि आर्थिक वृद्घिका लागि आवश्यक सुधार गर्न सकिन्छ भन्ने शिक्षा पनि दिन्छ । यो सुन्दा अपत्यारिलो लागे पनि कम्तीमा विश्वमा रहेको गरिबी निवारण गर्ने परिदृश्यका आधारमा सकारात्मक सन्देश हो ।
    • हाल रहेको बहुपक्षीय संस्था (अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठन आदि)को संरचना र व्यापक मापदण्ड सेट गर्ने र आमसहमति निर्माण गर्ने संस्थाको उपस्थितिमा विश्वव्यापी प्रणालीको प्रभाव सोचेभन्दा थोरै हुन सक्छ । नयाँ नियम र कानुन निर्माण गर्न कठिन छ ।
    • जबसम्म डलर विश्वको प्रमुख सञ्चित मुद्रा र लगानीको सुरक्षित छनोट बन्छ तबसम्म आर्थिक उत्पादनका आधारमा अमेरिका दोस्रो वा भनौँ तेस्रो स्थानमा आए पनि उसलाई खासै फरक पर्दैन । 
    • अमेरिकी समृद्धिको सम्भावना घट्नु उसकै राजनीतिक निर्णयहरूको परिणाम हो । अस्थिर वित्तीय घाटा, शंकास्पद व्यापार नीति, उच्च असमानता, कमजोर पूर्वाधार, महँगो स्वास्थ्य सेवा र कमजोर विद्यालय प्रशासन सबै आन्तरिक द्वन्द्वका परिणाम हुन् । 


    प्रशासनको पुनर्जागरण -डा. टाेकराज पाण्डे


    • युरोपको सामाजिक जनजीवनमा चौधौँ र पन्ध्रौँ शताब्दीमा भएको परिवर्तनलाई पुनर्जागरण भनिन्छ । इटालीबाट सुरु भएको पुनर्जागरणले युरोपको साहित्य, सभ्यता, कला, राजनीति र प्रशासनमा आमूल परिवर्तन ल्यायो । इटालीबाट सुरु भएको पुनर्जागरणको फलस्वरूप युरोप सोच, खोज र प्राप्तिको उत्कर्षमा पुग्यो । युरोप सोच र खोजमा रहँदा हामी भोग र मोजमा थियौँ । त्यसैले अहिले युरोप विकास, सन्तुष्टि र सभ्यताको उत्कर्षमा छ । हामी विवाद, द्वन्द्व र असमझदारीमा रुमल्लिइरहेका छौँ ।
    • प्रशासनको परिवर्तनको अभावमा नाममा फेरबदल देखिए पनि नागरिक सेवा, विकास र परिवर्तनको आकांक्षा सम्बोधन हुन सकेन । 
    प्रस्तुत आलेखमा प्रशासनको पुनर्जागरणको पक्षमा सुझाइएको छ ।
    • नीतिमा पुनर्जागरण : व्यवहार सञ्चालनको गाइडलाइन नीति हो । नीतिले नेतृत्वलाई दिशानिर्देश गर्छ । त्यसैले नीति व्यापक, परिवर्तनशील, समस्या सम्बोधन गर्ने र आवश्यकतालाई परिपूर्ति गर्ने खालको हुनुपर्छ । 
    • सार्वजनिक प्रशासन सञ्चालनका लागि ल्याइएका सुशासन, सूचनाको हक र निजामती सेवा ऐनजस्ता नीति सेवाग्राहीमैत्री भएनन् । निजामती सेवा ऐन त कर्मचारीको सेवा सर्तसम्बन्धी दस्ताबेज मात्र बन्यो । यसलाई यतिसम्म पंगु बनाइयो कि सेवा, सर्त र समूह व्यक्तिगत स्वार्थका लागि परिवर्तन गरिए । कार्यविधि सरल र सेवाग्राहीमैत्रीभन्दा कर्मचारीको स्वार्थमैत्री भए । सरोकारवाला सेवाग्राहीको सहभागिताविना बनाइएका त्यस्ता कार्यविधिले सेवाप्रवाहलाई सरल होइन, झन्झटिला बनाए ।
    थितिमा पुनर्जागरण :

    • प्रशासन रीति, थिति, विधि र पद्धतिअनुसार चल्नुपर्छ । यसो भन्दैमा परम्परागत सोच, शैली र व्यवहारलाई बोकिराख्नुपर्दैन । प्रशासन थितिमुखी भयो, नतिजामुखी भएन । त्यसैले प्रशासनमा रोल मोडल संस्कारको विकास, सामाजिक अन्तर्घुलन र नागरिकको नजिकको सहयोगी स्वरूप देखिएन । यसका लागि व्यावहारिक रूपान्तरणसहितको पुनर्जागरण आजको आवश्यकता हो । 
    • परम्परागत फाइल प्रणाली, बहुतहगत टिप्पणी प्रथा, नवीनतालाई नकार्ने सोच र यथास्थितिमै रमाउने स्वभावले नयाँ थिति बस्न सकेन । यसको सुरुवात अरू कसैबाट हुने नभई यसभित्रैबाट आउनुपर्छ । सीमित राजनीतिज्ञबाहेक सबैको चिन्ता कर्मचारीतन्त्रले सिध्यायो, सुधारेन भन्ने नै छ ।
    • प्रशासनिक समायोजन र निजामती सेवाको पुनर्संरचना यसको गतिलो अवसर हो । यही वेलामा थिति बसाउन सकियो भने सधैँ गाली गर्नुको साटो यसको परखबाट फाइदा लिन सकिन्छ । देशको कायापलट हुन्छ, सधैँ राजनीति असफल हुने जोखिम अन्त्य हुन्छ । प्रशासन नागरिकको नजरमा सहयोगी ठहर्छ । सेवाग्राहीको विश्वास बढ्छ र व्यवहारमा नेपालको रूपान्तरण सम्भव हुन्छ ।

    व्यक्तिमा पुनर्जागरण 

    • शासनको चलायमान संयन्त्र व्यक्ति हो । जीवन्त र सिर्जनशील अंग भएकाले जनशक्तिको प्रभावकारिताविना शासन, सरकार र प्रशासनमा परिवर्तन आउँदैन । न्यूनतम पारिश्रमिक, अवैज्ञानिक सरुवाबढुवा र ‘हाम्रो मान्छे, राम्रो मान्छे’ प्रवृत्तिले नेपालको प्रशासन आफैँमा समस्याको वाहक बनेको छ । यसका अलावा परम्परागत सोच र क्षमता भएका जनशक्ति नेपालको सार्वजनिक प्रशासनको आधारभूत समस्या हो । प्रशासन अधिकारको भोक बोकेर हिँडेको छ । 
    • सिर्जनशीलताको खडेरी छ । परिवर्तन चाहने, खोज्ने, अभ्यास गर्ने र वकालत गर्नेहरूलाई निसाना बनाइन्छ र रिसइबी साँधिन्छ । युवाको हस्तक्षेपकारी भूमिकाविना नेपालको सार्वजनिक प्रशासनमा रूपान्तरण मुस्किल छ । यद्यपि, सार्वजनिक प्रशासनमा बुढाहरूकै रजगज चलेकै छ । न सिकाइ छ न क्षमता छ, न अठोट छ न देशभक्ति छ । तैपनि बुढाहरूले प्रशासन ओगटेर बसेका छन् । 
    • पदीय विज्ञको बाहुल्य छ । नयाँबाट सिक्ने आँट छैन, कसरी हुन्छ परिवर्तन ? त्यसैले पनि अबको नेपालको सार्वजनिक प्रशासनलाई युवामुखी, नवीनतामुखी र सेवाग्राहीमैत्री बनाउन ५० कटेका बुढालाई सल्लाहकारको भूमिकामा सीमित गर्दै युवाको हस्तक्षेपकारी भूमिका बढाउनु आजको आवश्यकता हो । सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न सके साँच्चै नै नेपालको कर्मचारीतन्त्रमा सुधार ल्याउन सकिन्छ ।
    व्यवहारमा पुनर्जागरण

    • नतिजाको बेवास्ता गर्दै प्रक्रियाको अवलम्बन भइरहेको नेपालको प्रशासनबाट परिवर्तन असम्भव छ । मसिना कुरामा अल्झिने र महत्वपूर्ण विषयवस्तुबाट पन्छिने चरित्रले परिवर्तन सम्भव छैन । परम्परा र पुरातन सोचलाई कायम गरेर सुधार हुँदैन । 
    • प्रशासनका पत्रव्यवहार, टिप्पणी र प्रस्तावमा पुरातन भाषा, शैली, सोच र व्यवहार फेरिएनन् । अबको पुस्ताले त्यसमा परिवर्तन दिनुपर्छ । टिप्पणी जति सक्यो लामो लेख्नुपर्छ । ता कि भोलि नियमनकारी निकायलाई झुक्याउन सकियोस् भन्ने सोचले लेखाइ मात्र होइन, सेवा प्रवाहसमेत कुरूप हुन्छ । सोचअनुसारको शैली, शैलीअनुसारको काम हुने भएकाले पद्धतिलाई नवीन बनाउनुपर्छ । अन्यथा, सरकारी निकायमा ‘बोली चुस्त, काम सुस्त र कागज दुरुस्त बनाउनुपर्छ’ भन्ने पुरातन सोचाइले नवीन गन्तव्य भेटिँदैन ।
    अब कता ? 

    • ‘तैँ रानी मै रानी को भर्ला कुवाको पानी’ भनेर समस्याको निकास निस्किँदैन । यसका लागि प्रत्येकले जिम्मेवारी लिनैपर्छ । सुझाब दिन सिपालु, कार्यान्वयन गर्न अल्छी नेपालीको जन्मजात विशेषता बनेको छ । 
    • तल्लो तह इमानदार भइदिने, माथिल्लो तहले कुशल नेतृत्व लिने र मध्यम तहले राम्रो समन्वय गर्ने हो भने समस्या जरैदेखि उखेलिनेछ । एकपटकको सुधार सधैँका लागि हुनेछ ।

    http://www.nayapatrikadaily.com/2018/11/04/111419/

    लोकसेवामा कसरी लेख्ने ?

    -प्रश्नपत्र पाएपछि प्रश्नले के खोजिरहेको छ भन्ने प्रस्ट हुने ।
    -सबैभन्दा पहिला प्रश्नले खोजेको विषयवस्तुको परिचय दिने ।
    -परिचयपछि मूलभूत विषयलाई बुँदागत रूपमा लेख्ने । १० नम्बरको प्रश्न हो भने १५ देखि २० वटासम्म मुख्य बुँदा लेख्नुपर्छ ।
    -अन्तिममा सारांश लेख्ने । सारांश पढेपछि मात्र प्रश्नपत्र जाँच्नेले नम्बर दिने भएकाले सारांशमा गहन कुरा लेख्नुपर्छ ।
    -जुन सारांशले कापी जाँच्ने व्यक्तिको मनोविज्ञानमा सकारात्मक असर परोस् ।