Wednesday, November 14

लाभको पदमा लालची -दीपेश केसी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले २०७२ सालयता पदमा रहुन्जेल निवृत्तिभरण (पेन्सन) लिएनन् । पदावधि सकिनेबित्तिकै निवृत्तिभरण व्यवस्थापन कार्यालय पुगेर विगतमा रोकेको पेन्सनबापत एकमुष्ट आठ लाख रुपैयाँ बुझे । २०७१ सालदेखि लाभको पदमा रहुन्जेल सामाजिक सुरक्षाका लागि दिइने निवृत्तिभरण नलिएको देखाउने तर पदबाट हटेपछि खुसुक्क निवृत्तिभरण लिन जाने शैली बस्न्यातले देखाए।
लाभको पदमा रहँदै निवृत्तिभरण नछाड्नेहरूको संख्या उत्तिकै छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबाहेक संवैधानिक निकायमा नियुक्ति पाएका पूर्वकर्मचारीले निवृत्तिभरण बुझ्दै आएका छन् । पौडेल पूर्व मुख्यसचिव र मैनाली पूर्व सचिव हुन्।
पूर्व उपराष्ट्रपतिसमेत रहेका परमानन्द झाले पूर्वन्यायाधीशका रूपमा निवृत्तिभरण बुझ्नुका साथै सरकारले पूर्व उपराष्ट्रपतिलाई दिइआएको सेवा सुविधासमेत लिँदै आएका छन्।
पूर्व प्रधानन्यायाधीशसमेत रहेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निरन्तर निवृत्तिभरण बुझ्दै आएका छन् । आयोग अध्यक्षका रूपमा उनले पाउने तलबभत्ता पनि लिइरहेकै छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयको रेकर्डअनुसार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, सदस्य डा. गणेशराज जोशी, लोकसेवा आयोगका सदस्य वृन्दा हाडा भट्टराई, डा. गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, कानुन आयोगका माधव पौडेल, भाषा आयोगका लवदेव अवस्थी, महालेखा परीक्षक टंकमणि शर्मा, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालगायत पूर्वकर्मचारीले निवृत्तिभरण र आयोगमा रहेर तलबभत्ता समेत गरी दोहोरो सेवासुविधा लिइरहेका छन्।
पूर्व मुख्यसचिव विमल कोइराला दोहोरो सेवासुविधा लिनबाट वञ्चित गर्ने गरी दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संसद्बाट ऐन बनाएर जाँदा दोहोरा सेवासुविधा लिने प्रवृत्तिमा पूर्णविराम लाग्न सक्छ ।’ संवैधानिक आयोग र सरकारी निकायमा नियुक्ति पाउनेको भन्दा निजी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने पूर्वकर्मचारीको संख्या बढी छ । आकर्षक तलब पाउँदै आएकाहरूले निवृत्तिभरण छाडेका छैनन् । संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी नियोग र नाम चलेका व्यावसायिक संस्थामा पूर्वकर्मचारीहरू आकर्षक तलबमा काम गर्दै आएका छन् । कानुनले नरोकेको र सरकारले समेत होस नपुर्‍याएकाले उनीहरू तलब र पेन्सन दुवै बुझ्छन्।
तलब र निवृत्तिभरण एकसाथ लिनु गैरकानुनी नभएको ठहर सर्वोच्च अदालतको फैसलाले देखाए पनि यो प्रवृत्तिमा नैतिकताको प्रश्न उठ्ने गर्छ । पूर्व मुख्यसचिव कोइराला नैतिकतामा ह्रास आएपछि जसरी हुन्छ सुविधामात्र खोज्ने प्रवृत्ति हाबी हुने बताउँछन् । उनी भन्छन्, ‘दोहोरो सेवासुविधा लिनेले लिन खोज्छ, तर दिनेले रोक्नुपर्छ ।’
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारी निवृत्तिभरणलाई सामाजिक सुरक्षाको विषय भन्छन् । उनी भन्छन्, ‘कानुनले तलब र पेन्सन एकसाथ लिन मिल्दैन भनेको छैन तर सिद्धान्ततः अन्य तलब पाए पेन्सन लिन मिल्दैन ।’ पेन्सन लिइरहेको बखत अन्य सेवासुविधा पाए जुन धेरै हो त्यो मात्र लिने परम्परा विदेशमा रहेको उनको भनाइ छ।
निजामती सेवामा काम गरेर पुनः सरकारी नियुक्ति पाउनेहरूले निवृत्तिभरणसहित तलब पनि बुझ्ने प्रवृत्तिमा रोक लगाउन सरकारले नीति बनाए पनि असफल भएको छ । २०६१ कात्तिक १८ गते मन्त्रिस्तरबाट निर्णय भई समान्य प्रशासन मन्त्रालयले २०७१ कात्तिक १८ गते परिपत्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही वर्ष कात्तिक २१ मा दोहोरो सुविधा नदिन निर्देशन दिएको थियो । यो निर्णयविरुद्ध लोक सेवा आयोगका तत्कालीन अध्यक्ष कयोदेवी यमी, तत्कालीन सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साह सर्वोच्चमा रिट दायर गर्न पुगे । सर्वोच्चले २०७३ पुस १९ गते रिट निवेदकका पक्षमा फैसला गरेपछि सबै सुविधा प्रदान गर्न सरकार बाध्य भएको थियो।
मन्त्रिपरिषद्ले २०७२ माघ ८ गते सार्वजनिक लाभको पदमा अथवा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नियुक्ति हुने पदाधिकारीले मासिक पारिश्रमिक वा निवृत्तिभरणमध्ये जुन बढी हुन्छ सोही सुविधा रोजेर लिने र सार्वजनिक लाभको पदमा बहाल रहुन्जेल कुनै पदाधिकारीले पारिश्रमिक र निवृत्तभरणको दोहोरो सुविधा उपभोग गरिरहेको रहेछ भने यी दुईमध्ये कुनै एक सुविधबापत प्राप्त गरेको रकम सरकारी कोषमा दाखिला गरिसकेपछि मात्र पहिला गरेको सेवा हालको सेवामा जोड्न मिल्ने गरी निर्णय गर्‍यो । यो निर्णयले सरकारको उच्च पदमा पुगेर पुनः लाभको पदमा पुगेकालाई पिरल्यो । कतिपय उच्च सरकारी अधिकारीहरू भविष्यमा संवैधानिक आयोगमा नियुक्ति पाउँदा पेन्सन रोकिने भएपछि विपक्षमा लागे । सर्वोच्च अदालतको फैसला उनीहरूकै पक्षमा गयो।
बुधबार, २८ कार्तिक २०७५, ०७ : ३०
https://nagariknews.nagariknetwork.com/news/61845/


यस आलेखमा मेरो टिप्पणी
  • सरकारी निकायको हकमा पेन्सन एक निश्चित अवधि वा जीवनको उर्जाशिल समय राष्ट्र सेवामा खर्च गरेबापत पाउने मौद्रिक क्षतिपुर्ती हो । यसलाई दैनिक ज्यालाका रुपमा बुझ्नु हुँदैन । पेन्सन पाईरहेको कुनै व्यक्तिले (जुन कुनै राेजगारदाताबाट किन नहोस्) अवकाश पछिको अर्को वृत्तिबाट नियमित आय आर्जन गर्छ भने त्यसलाई वार्षिक आयमा गणना गर्नु उपयुक्त हुन्छ । आय विवरणमा समावेश गरिसकेपछि वर्तमानको तलव भत्ता भुक्तानिमा पारिश्रमिकमा अाय कर आकर्षित गर्ने र विगतको सेवाबापत प्राप्त पेन्सनमा कम दरमा आयकर लाग्ने गरी दुई तह बनाउनु न्यायोचित हुन्छ । 
  • तोकिएको सेवा अवधि पुरा गरेकै कारणबाट प्राप्त हुने पेन्सन र वर्तमानमा अतिरिक्त वृत्तिबापत प्राप्त हुने आयलाई दोहोरो सुविधाका रुपमा व्याख्या गर्दा अवकाशप्राप्त व्यक्ति थप काममा क्रियाशिल हुन उत्प्रेरित हुँदैन । फलस्वरुप अनुभव आवश्यक पर्ने पदमा प्रतिस्प्रधी र क्षमतावान व्यक्ति अनिच्छुक देखिन सक्छ ।  तथापि एकै रोजगारदाताबाट रकम भुक्तानी  लिने भएकोले राज्यबाट दोहोरो भुक्तानि लिएको देखिने वर्तमानको अवस्थामा सुधार गरि एकै काम र एकै सेवा शर्तमा एक पटक मात्र भुक्तानि गरिने व्यवस्था गरी थप कामको लागि थप पारिश्रमिक भुक्तानि गर्नु उपयुक्त हुन्छ । 
  • राज्यकोषबाट पेन्सनबापत प्राप्त गर्ने रकम र नियमित कामबापत प्राप्त गर्ने रकम दुवै लिने कि नलिने भन्ने विषयमा व्यक्तिले स्वतन्त्र निर्णय गर्ने अधिकार छ । कसैले म उपलब्धमध्ये कुनै एक मात्र भुक्तानि लिन्छ भने त्यसको शीर झन उँचो र उदाहरणीय त हुनेछ र राज्य उ प्रति कृतज्ञ हुनेछ नै । तर यसरी लिने वा नलिने विषयलाई नैतिकता र सदाचारको विषय बनाइरहनु युक्तिसंगत छैन । किनकि अतिरिक्त काम गरेबापत आय प्राप्त गर्नु र निश्चित अवधि सेवाबापत पेन्सन प्राप्त गर्नु एक व्यक्ति एक जिवनका दुई पाटा मात्रै हुन् । यति अतिरिक्त काम बापत अतिरिक्त भुक्तानि नलिने हो भने फरक फरक शिर्षकमा एकै व्यक्तिले भुक्तानि लिने अवस्थालाई हटाई एक व्यक्ति एक सेवा र एक भुक्तानिको अवधारणामा जानु पर्छ । जुन तार्किक, न्यायोचित र अव्यवहारिक हुनजान्छ । 
  • सदाचार र नैतिकताको विषय त बरु त्यो हुन सक्छ जहाँ व्यक्तिले दुवै आयलाई आय विवरणमा समावेश गर्ने र राज्यलाई नियमानुसारको कर भुक्तान गर्ने । 
  • राज्यबाट दुई सेवा शर्तका कारण दुई पटक भुक्तानि लिने सम्बन्धमा विद्यमान कानूनमा परिमार्जन र आय कर कानूनमा स्पष्टता कायम गरि अवकाश पछि नियुक्ति वा नयाँ काम गर्ने व्यक्तिको छविमा सार्वजनिक चर्चा र आचरणमा उठने प्रश्नको निराकरण गर्नु उपयुक्त हुन्छ । 
केही सान्दर्भिक बुँदाहरु
Other relevant links
  • https://moneyfacts.co.uk/guides/retirement/pensions-glossary/

Monday, November 12

प्रजातन्त्रमा आक्रमण, जोखिममा इतिहास -रमेशनाथ पाण्डे

  • अमेरिकी उत्कृष्टताको प्रभुत्व अपत्यारिलो हुँदै अहिले विश्व नया“ चरणमा प्रवेश गरेको छ।’
  • हालै प्रकाशित पुस्तक ‘एभ्री डे इज एक्स्ट्रा’मा ओबामा प्रशासनका परराष्ट्र मन्त्री जोन केरीले  सन् २००४ मा राष्ट्रपतिको चुनाव आफूले हार्नुको प्रमुख कारण ‘मतदानमा अनियमितता’ बताएका छन् । दुई वर्षअगि सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनलाई हराउन रुसी सरकारद्वारा 
  • प्रजातन्त्रको सुरक्षाका लागि तीन अंगहरूबीच अनिवार्य सन्तुलन र नियन्त्रण कायम राख्न संविधानले गरेका प्रबन्ध र प्रजातान्त्रिक विश्वमा स्थापित शक्ति पृथकीकरणको लक्ष्मण रेखालाई कानुनी छिद्र खोजेर अथवा महाभियोगको त्रास देखाएर अतिक्रमण गर्ने प्रवृत्तिलाई शासकीय शैलीका रूपमा नै स्थापित गरिएको छ । 
  • सरकार टिकाउन पजेरो संस्कृति भित्र्याएर दोस्रो संसदीय व्यवस्था असफल तुल्याइएको थियो, अहिले शक्तिशाली व्यक्तिहरूको भ्रष्टाचार लुकाउन र न्यायको तराजु चाहेको पक्षमा ढल्काउन महाभियोगको अस्त्रलाई दुरुपयोग गर्न थालिएको छ । प्
  • प्रजातन्त्रको दीर्घायु र सार्थकताका लागि नेतृत्व र आमजनता बीचको निकटता अनिवार्य हुन्छ । निकट हुने हौसला जनतामा भरोसा गर्ने आत्मबलबाट मात्रै प्राप्त हुन्छ । 
  • राज्यको माथिल्लो ओहदामा पुग्नेबित्तिकै जीवनभरि असुरक्षित ठान्ने नेपाल दक्षिण एसियाको एक मात्र देश बनेको छ। सत्तामा रहँदा निवास र कार्यालयमा बैठक भइरहेको कोठामा समेत हतियारधारी चनाखो सैनिक पहरा चाहिने, पदमुक्त भएपछि भूतपूर्व प्रधानमन्त्री, सभामुख र गृहमन्त्रीहरू आजीवन सशस्त्र पहराभित्र राखेर मात्रै सुरक्षित हुने अवस्था र व्यवस्थाले शासनलाई लोकप्रिय बताउँदैन । 
  • प्याट्रिक डिनीमद्वारा लिखित बहुचर्चित पुस्तक ‘ह्वाई लिबरलिजम फेल्ड’ले प्रजातन्त्रको असफलताको कारण नवअभिजात वर्गको उदय, मतदातासँग गरेको विश्वासघात र असमानतामा वृद्धिलाई बताएको छ। 
https://nagariknews.nagariknetwork.com/news/60819/

गरिबी हाम्रो मुख्य समस्या-सुदर्शन अधिकारी

  • गरिबी हाम्रो मुख्य समस्या गरिबी भन्नाले गाँस, बास र कपासको अभावमा कष्टपूर्ण जीवन व्यतीत गर्नुपर्ने अवस्था हो । 
  • राज्यले जटिल र ज्यादा जनसंख्यालाई प्रभाव पारेको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानको पहल गर्छ । 
  • हाम्रो सन्दर्भमा कुरा गर्नुपर्दा कृषि, पर्यटन र उद्योग नै सबैभन्दा बढी श्रमशक्तिलाई रोजगार दिलाउने क्षेत्र हुन् । 
  • गरिबी घटाउनका लागि मूल कार्य भनेकै रोजगारी सिर्जना गर्न गराउनु हो, जसका लागि बढ्दो श्रमशक्तिलाई बढीभन्दा बढी स्वदेशमै श्रम गर्ने अवस्थाको सिर्जना गराई आर्थिक क्रियाकलापमा वृद्धि गर्नुपर्छ । 
  • स्थानीय तहमा नै सक्रियतापूर्वक युवाजमात रोजगारी सिर्जना गर्नमा र प्राविधिक ज्ञान लिएर आफ्नै गाँउठाउँमा श्रम गर्न तयार हुने वातावरण निर्माण गर्न सकिए मात्रै बढ्दो गरिबी घटाएर परिणाममुखी नतिजा यस गरिबी निवारणको क्षेत्रमा ल्याउन सकिन्छ । यसतर्फ भने मूलतः राज्यको स्पष्ट नीति र कार्यक्रम हुनु जरुरी छ । 
http://karobardaily.com/news/idea/12023

श्रमक्षेत्रमा आउटसोर्सिङ कार्य प्रणाली : एक चुनौती -प्रेमलकुमार खनाल

  • नवउदारवादी अर्थनीतिले कम खर्च गरेर धेरै मुनाफा कमाउने (सुपर प्रोफिट) को नीति अवलम्बन गर्दै आएको छ । यसै सन्दर्भमा श्रमक्षेत्रमा करार सेवा प्रणाली, नो वर्क नो पे, हायर एन्ड फायर, छिटो अवकाश नीति (अर्ली रिटायरमेन्ट पोलिसी), घर आधारित काम (होम बेस वर्क) जस्ता नीतिसँगसँगै आउटसोर्सिङ कार्य प्रणाली पनि अवलम्बन गर्दै आएको छ । यी नीतिहरूले सारमा श्रमिकहरूबाट थोरै रकममा धेरै काम लिन सकिने हुन्छ । 
  • नेपालमा नवउदारवादी अर्थ नीतिलाई २०४८ देखि अवलम्बन गरिएको । 
  • श्रम ऐन–२०७४ भित्रको आउटसोर्सिङ कार्य प्रणाली (श्रमिक आपूर्तिकर्ताबाट रोजगारदाताले काम लगाउने) को व्यवस्थाले अब नेपालमा आउटसोर्सिङ कार्य प्रणाली वैधानिक भएको छ । आउटसोर्सिङ कार्य प्रणाली नेपालमा दुई दशकअगाडिदेखि नै सुरु भएको हो र अहिले आएर यसलाई कानुनी मान्यता दिइएको छ । 
  • सरकार तथा रोजगारदाताको कोणबाट यसरी काम गराउँदा श्रमिकको खर्चमा कमी आई मुनाफा वृद्धि हुने श्रमिक कर्मचारी भर्ना गर्ने समय कटौती भई अन्य काममा कम्पनीको व्यवस्थापन केन्द्रित हुन पाउने, बजारमुखी र निजी क्षेत्रमैत्री सरकारको नीतिबाट निजी क्षेत्रले पनि यस क्षेत्रमा व्यवसाय गर्न पाउने, श्रमिकहरू संगठित हुने र युनियन गतिविधिबाट हुने जोखिम न्यून हुने आदि तर्क गरेर अहिले विश्वव्यापी रूपमै आउटसोर्सिङ कार्य प्रणाली अवलम्बन गर्न थालिएको छ ।  
काराेबार दैनिकबाट

जलवायु परिवर्तनको चिन्ता-रमेश भट्टराई

  • दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच भएको एकहप्ते वार्तामा प्रस्तुत गरिएको प्रतिवेदनका समाचारले भविष्य सुरक्षाको चिन्ता बढ्दो छ । तीन वर्ष लगाएर बनाइएको संयुक्त राष्ट्रसंघद्वारा जारी उक्त प्रतिवेदनले “पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ” भन्ने पक्षलाई ठहर गरेको छ । 
  • विगत १ सय वर्ष (सन् १९०६ देखि २००५) सम्ममा पृथ्वीको औसत तापक्रममा ०.७४ डिग्री सेल्सियसले वृद्धि भएका वैज्ञानिकहरूका तथ्यलाई नियाल्दा मनमा ढ्याङ्ग्रो बज्ने बेला भइसक्यो । 
  • कार्बनडाअक्साइडको तुलनामा तुलनामा मिथेन ग्यासले हरितगृह ग्यासलाई बढी मात्रामा बाँधिराख्ने भएकाले यो विश्व तापमान वृद्धिको कारण हो । 
काराेवार दैनिकबाट

प्रश्न र समाधान : सार्वजनिक नीति भनेको के हाे ?-प्रकाश दाहाल

सार्वजनिक नीति भनेको सरकारले के गर्ने वा के नगर्ने भन्ने सम्बन्धमा गरेको सार्वजनिक घोषणा वा प्रतिबद्धता हो । यो सार्वजनिक सरोकारका समस्याको समाधान गर्न वा अवसरको उपयोग गर्न सरकारले तय गरेको बाटो हो ।
त्यसैले सार्वजनिक नीतिलाई सरकारको पूर्वनिर्धारित कार्यदिशा भन्ने गरिन्छ । यो भविष्योन्मुख हुन्छ । यसले सरकारका लक्ष्य तथा उद्देश्यको कार्यान्वयन गराउने माध्यमको रूपमा काम गर्छ । यो जनता र सरकारलाई आपसमा भेट गराउने योजक हो । यस्तो सार्वजनिक नीति लिखित, मौखिक वा सांकेतिक हुन सक्छ । सरकारात्मक वा नकारात्मक प्रकृतिको हुन सक्छ ।
सार्वजनिक नीतिले सार्वजनिक सरोकारको विषयवस्तु समेटेको हुन्छ । यो अधिकारप्राप्त अधिकारी वा संस्थाद्वारा स्वीकृत भएको हुन्छ र बाध्यकारी हुन्छ । त्यसैले सार्वजनिक अधिकारीले आमजनसरोकारको विषयमा गरेका सबै निर्णय सार्वजनिक नीति हुन् । यसमा सरकारद्वारा मुलुकको राननीतिक, आर्थिक तथा समाजिक मामिलाको व्यवस्थापनका लागि तर्जुमा र कार्यान्वयन गरिएका संविधान, ऐन, नियम, नीति, निर्देशिका, कार्यविधि, योजना, कार्यक्रम, निर्णय, आदेश, परिपत्र आदि सबै पर्छन् ।
सार्वजनिक नीति क्षेत्रका हिसाबले कुनै वर्ग, समूह वा स्थान विशेषको वा क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको हुन सक्छ । यो राजनीतिक प्रणाली, आर्थिक अवस्था र सामाजिक–सांस्कृतिक मूल्य–मान्यताबाट प्रभावित हुन्छ ।
सफल सार्वजनिक नीति
सफल र प्रभावकारी सार्वजनिक नीति त्यो हो, जसले निर्धारित लक्ष्य तथा उद्देश्य प्राप्त गर्दै सरोकारवाला वर्ग/समूहमा अपेक्षित प्रभाव पार्न सक्छ । धेरै सार्वजनिक नीति पढ्दा र सुन्दा राम्रा लागे पनि तिनको कार्यान्वयन नभएर वा कार्यान्वय भए पनि अपेक्षित प्रतिफल दिन नसकेर असफल हुने गर्छन् । सार्वजनिक नीतिको सफलता र प्रभावकारिताका निमित्त तिनको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन प्रक्रियाका सबै चरणमा देहायअनुसार गरिनुपर्छः
-विश्वसनीय र भरपर्दो तथ्यांकका आधारको विकास र प्रयोग गर्ने,
-पर्याप्त विकल्पको पहिचान र विश्लेषण गरी उत्तम नीति विकल्पको छनोट गर्ने,
-यथार्थपरक र कार्यान्वयनयोग्य लक्ष्य तथा उद्देश्य निर्धारण गर्ने,
-तर्जुमा र कार्यान्वयनका क्रममा सरोकारवालाको सक्रिय सहभागिता गराउने,
-कार्यान्वयनपूर्व सरोकारवालाबीच यथेष्ट सञ्चार र सचेतीकरण गर्ने,
-उपलब्ध स्रोतसाधन, समय र क्षमताले धान्ने किसिमको नीति तर्जुमा,
-सामाजिक–सांस्कृतिक मूल्य–मान्यतासँग बेमेल नहुने किसिमको नीति विकल्प छनोट गर्ने,
-कार्यान्वयन र अनुगमन तथा मूल्यांकको स्पष्ट जिम्मेवारी, समयसीमा र स्रोतसाधन तोकिएको नीति कार्यान्वयन
-कार्ययोजना सुरुमै तर्जुमा गरी कार्यान्वयनमा लैजाने,
-कार्यान्वयन निकायहरूको क्षमता विकासमा उचित ध्यान दिने,
-तर्जुमा र कार्यान्वयनका क्रममा अन्य नीतिसँग सामञ्जस्यता कायम गर्ने,
-कार्यान्वयनको समन्वय गर्न उपयुक्त संयन्त्रको व्यवस्था गर्ने,
-कार्यान्वयनको क्रममा नियमित अनुगमन गरी आवश्यक सुधारात्मक कदम चाल्ने,
-कार्यान्वयनको उपलब्धि र प्रभाव मूल्यांकन गरी पृष्ठपोषण प्राप्त गर्ने ।
सारांश
सरकारले मुलुकको समृद्धि र नागरिकको हित अभिवृद्धि गर्न सार्वजनिक प्रतिबद्धताका रूपमा सार्वजनिक नीति जारी गर्दछ । तर, यस्ता नीति सफल र प्रभावकारी हुन यथेष्ट अध्ययनका आधारमा यथार्थपरक लक्ष्य तथा उद्देश्य राखेर सहभागितामूलक ढंगले तर्जुमा गरी स्पष्ट कार्ययोजनासहित कार्यान्वयनमा लगिनु आवश्यक हुन्छ ।

५ लाख युवाले देशभित्रै रोजगारी पाउँछन्, निर्वाह भत्ता दिनै नपरोस्

  • प्रधानमन्त्री रोजगार कार्यक्रमसँग गाँसिएको संविधानको मौलिक हकको धारा ३३ ले बेरोजगारहरुलाई न्यूनतम रोजगारीको हकको रुपमा ग्यारेन्टी गर्यो। त्यो कार्यान्वयन गर्नका लागि नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन पास गरिसकेको छ।
यसको मूल प्रावधानको कुरा गर्ने हो भने यसले नेपालका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्नेछ। यसको कार्यान्वयनको जग भनेकै त्यही हो। त्यो रोजगार सेवा केन्द्रले स्थानीय तहभरि भएका बेरोजगारहरुको सूचीकरण गर्छ।
उनीहरुसँग आवेदन माग्छ, त्यो आवेदनको छानबिन गर्छ। बेरोजगार ठहरिएकाहरुको सूची अपग्रेट गरेर राख्छ। नेपाल सरकारका तीनै तहमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो बजेट कार्यान्वयन गर्ने क्रममा सिर्जना हुने रोजगारीमा ती बेरोजगारहरुलाई खटाइने छ।
सरकारले तोकेको न्यूनतम रोजगार भनेको एक आर्थिक वर्षमा कम्तिमा एक सय दिन मानिएको छ। त्यो रोजगारी उपलब्ध गराउने हो। यदि न्यूनतम रोजगारी दिलाउन सकिएन भने बेरोजगारको सूचीमा परेका र प्रमाणपत्र पाएकाहरुलाई निर्वाह भत्ता दिने व्यवस्था पनि ऐनले गरेको छ।
त्यो कुरा पनि यो कार्यक्रमले गर्छ। निर्वाह भत्ता र रोजगारी अलग अलग कुरा हो फेरि। रोजगारी चाहिँ बेरोजगार हुँ भनेर निवेदन दिने र बेरोजगार ठहरिने व्यक्तिले उपलब्ध भएको रोजगारीमा संलग्न हुन पाउँछ। तर, निर्वाह भत्ता चाहिँ एक परिवारको एक जना व्यक्तिले मात्र पाउँछ।
रोजगारी गर्यो भने नेपाल सरकारले तोकेको न्यूनतम ज्याला वा स्थानीय तहको ज्याला दररेटमा जुन बढी हुन आउँछ, एक सय दिन बराबरको पारिश्रमिक पाउने भयो। रोजगार नपाएर बेरोजगार भयो भने त्यो एक सय दिनको ५० प्रतिशत हुन आउने निर्वाह भत्ता प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ।
हामीले यो कार्यक्रममार्फत पनि गर्ने त्यही नै हो। त्योभन्दा बाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सिर्जनामा निजी क्षेत्रसँग साझेदारी र सहकार्य पनि गर्छ। त्यसका लागि उद्योगी व्यवसायीहरुसँग बजारमा उहाँहरुलाई आवश्यक पर्ने जनशक्तीको हामी माग संकलन गर्छौं।
त्यो आवश्यकताअनुसार हामीसँग भएको जनशक्तिको पनि विश्लेषण गर्छौं। हाम्रो बेरोजगारको सूचीमा जति मान्छे दर्ता भएका हुन्छन्, उनीहरुको योग्यता अनुभव, शीप त्यो सबैको रेकर्ड राखिएको हुन्छ। र, बजारको माग अनुसारको जनशक्ति त्यहाँ छ भने निजी क्षेत्रमा पनि हामीले रोजगारी दिन्छौं।
तर, बजारको माग र जनशक्तिमा भएको योग्यता, क्षमता, शीप मेल खाएन भने उहाँहरुसँगै मिलेर क्षमता विकासका लागि तालिम पनि चलाउँछौैं। त्यसमा निश्चित अवधिको एक हप्ता, १०/१५ दिनदेखि लिएर ३ महिनादेखि ६ महिनासम्मको तालिम पनि हुन सक्छ।
तर, त्यो तालिम चलाइरहँदा उसले निश्चित अवधि पूरा गरेपछि उद्योग प्रतिष्ठानमा रोजगारी पाउने व्यवस्था गरेपछि मात्रै हामी तालिम प्रदान गर्छौं। तालिमको लागत नेपाल सरकारले व्यहोर्ने, तालिमको मोडालिटी नेपाल सरकारका विभिन्न तालिम प्रदायक संस्थाहरु अन्य निजी क्षेत्रका संस्थाहरुलाई पनि परिचालन गरेर तालिम दिन सकिन्छ।
तर, त्यसको डिजाइन आवश्यकतामा आधारित बजारको माग र उद्योगी, व्यवसायीहरुको आवश्यकता र संलग्नतामै दिने व्यवस्था गरिन्छ। तालिम सम्पन्न भइसकेपछि उसलाई प्रयोगात्मक गराउनु पर्यो भनेदेखि त्यही उद्योगमा लगेर अभ्यास पनि गराइन्छ। तालिम सम्पन्न भइसकेपछि उसले रोजगारी पाउने व्यवस्था पनि हुन्छ।
सँगसँगै तेस्रो महत्वपूर्ण पक्ष पनि के छ भने त्यसरी बेरोजगार सूचीमा भएका युवाहरुले म नेपाल सरकारले खटाउने काममा भन्दापनि आफैँ स्वरोजगार गर्न चाहन्छु भनेको खण्डमा उनीहरुसँग भएको क्षमता सिप योग्यताको आधारमा उनीहरुले पेश गरेको प्रस्ताव पत्रको आधारमा एकै किसिमको काम गर्न चाहने युवाहरुको समूह बनाएर उनीहरुलाई त्यो व्यवसाय गर्न कस्तो तालिमको आवश्यकता पर्छ। त्यो पनि दिलाउने व्यवस्था गर्छौं। तालिमपछि उनीहरुलाई व्यवसाय गर्न चाहिने सहुलियतपूर्ण ऋण दिने पनि यो कार्यक्रमले गर्छ।
  • बेरोजगारहरुको पहिचान।
  • स्थानीय तहहरुमा भएका रोजगारीका अवसरहरुको पहिचान।
  • ती बेरोजगारलाई सरकारकै खर्चमा विकासमा सिर्जना हुने रोजगारीका क्षेत्रमा परिचालन।
  • निजी क्षेत्रको सहभागितामा उनीहरुको आवश्यकता अनुसार र त्यो क्षमता नभए तालिम।
  • स्वरोजगार बन्न चाहनेलाई आवश्यक सिप तालिम र स्वरोजगार सुरु गर्न चाहिने लगानी सहुलियत दरमा ऋण उपलब्ध गराउने ।
यति गर्दा पनि बेरोजगारको सूचीमा भएकाले केही गर्न सकेनन् भने उसलाई हामीले निर्वाह भत्ता दिने हो। सकेसम्म राज्यले निर्वाह भत्ता दिनु नपरोस् र कम दिनु परोस् भनेर काम गरेर पारिश्रमिक दिने उद्देश्य राखेर यो कार्यक्रमको विकास भएको हो। त्यहीअनुसार हामीले तयारी गरिरहेका छौं।

यस्तो छ अहिलेसम्मको प्रगति


हामीले यो आर्थिक वर्षको सुरुमै मन्त्रिपरिषद् बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थियौं। हामीले पहिलो चौमासिकभित्रमा यसको ऐन पास गर्ने, नियमावली बनाउने, कार्यक्रम सञ्चालन निर्देशिका र विस्तृत कार्यक्रम दस्तावेज बनाउने भनेर हामीले पेश गरेका थियौं।
त्यसको प्रगति अहिलेसम्म संसदबाट ऐन पास भएर आइसकेको छ। नियमावलीको हाम्रो मस्यौदा तर्जुमा भइसकेको छ। अब अर्थमन्त्रालयमा सहमतिका लागि पठाउन फाइल स्वीकृत भइसकेको छ हामी अब पठाउँछौं। निर्देशिकाको मस्यौदा भएको छ, यसमा सरोकारवालाहरुसँग हामी छलफल गर्दै छौं। आयोजना दस्तावेजको पनि हामीले जिरो ड्राफ्ट तयार गर्दै छौं।
कार्यक्रम कार्यान्वयनको मूल जिम्मेवारी स्थानीय सरकार गाउँपालिका नगरपालिकाको हुन्छ। उहाँहरुलाई यो नीति बनाइरहँदा, योजना बनाइरहँदा सँगसँगै लान सकिएन भने यो कार्यक्रमको स्वामीत्व कमजोर हुन्छ। स्वामीत्व कमजोर भयो भने कार्यान्वयनमा लान कठिन हुन्छ।
तर, त्योभन्दा अर्को महत्वपूर्ण कुरा के छ भने हामीले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने भनेका छौं। त्यो रोजगार सेवा केन्द्रले अनलाइन प्रणालीबाट बेरोजगारको सूची अध्यावधिक गर्ने, रोजगारीका सूची अध्यावधिक गर्ने र उपलब्ध भएका रोजगारीको वास्तविक तथ्यांक मन्त्रालयलाई पठाउन सक्ने गरेर अनलाइन प्रणाली बनाउछौं।
त्यसलाई हामीले रोजगार सूचना व्यवस्थापन प्रणाली भनेका छौं। त्यो विकास गर्नुपर्ने प्राविधिक पाटो छ। हामीले तयारी मात्रै गरिरहेका छौं, त्यसमा त्यति धेरै उपलब्धि हासिल हुन सकेको छैन। हामी त्यसलाई पनि यो कार्यक्रम कार्यान्वयनमा जाने बेलामा त्यो विकास गरि सक्छौं। सबै रोजगार सेवा केन्द्रमा हामीले रोजगार समन्वयकर्ता पठाउने भनेका छौं।
त्यो रोजगार समन्वयकर्ता सूचना प्रविधिमा राम्रो दख्खल राख्ने र अनलाइनबाट सबै काम गर्न सक्ने सक्षम अधिकृतस्तरको र केही हिमाली जिल्लाका ४८ स्थानीय तह जहाँ १० हजारभन्दा कम जनसंख्या छ, ती स्थानीय तहमा सहायकस्तरको समन्वयकर्ता पठाउने तयारी गरेका छौं।
त्यसको एउटा चुनौती छनोटको प्रक्रियामा छ। अब नेपालमा कुनै पनि रोजगारीको अवसरका लागि विज्ञापन गर्ने हो भने आवश्यकताभन्दा ठूलो संख्यामा दर्खास्त पर्ने र त्यो छनोट गर्न ६ महिनाजति समय लाग्छ। हामीलाई जतिसक्दो छिटो चाहिएको छ। यस्ता केही समस्या छन्, नभए अहिलेसम्म हामीले कार्ययोजना जसरी प्रस्तुत गरेका छौं। त्यही गतिमा तयारी गरिरहेका छौं।

यो कार्यक्रमको सन्दर्भ, गहनता र लक्ष्य पनि फरक छ


यो चिन्ता स्वाभाविक नै हो। विगतमा पनि यस्ताखालका कार्यक्रम आएका हुन्। ती कार्यक्रम अहिले पनि सञ्चालनमा छन्। तीनको सफलतामाथि प्रश्न उठिरहेका छन्। ती सन्तोषजनक भएनन्। त्यसमा द्वीविधा भएन। तर, यो कार्यक्रमको सन्दर्भ पनि फरक छ। गहनता र लक्ष्य पनि फरक छ।
अनि, कार्यान्वयनको मोडालिटी पनि हामीले फरक तरिकाले विकास गरिरहेका छौं। यो मौलिक हक कार्यान्वयन गर्ने कार्यक्रम हो। मौलिक हक भनेको यस्तो हक हो, जसलाई राज्यले सुनिश्चितता गर्न सकेन भने त्यसको संवैधानिक उपचारको व्यवस्था हुन्छ।
त्यो राज्यले गर्नैपर्ने हुन्छ। त्यसलाई कार्यान्वयन गर्न कानुन आइसकेको भएर यसलाई सफलतामा लानुको विकल्प छैन, कार्यान्वयन गर्नैपर्ने हुन्छ। रोजगारी सिर्जना गर्न सकिएन भने निर्वाह भत्ता दिनुपर्ने हुन्छ। निर्वाह भत्ता दिनु भनेको राज्यको फजुल खर्च बढ्नु हो। नागरिकलाई परनिर्भर बनाउनु पनि हो।
त्यसकारण यो कार्यक्रम सफल बनाउन राज्य पूरै लाग्नुको विकल्प छैन। धेरैजसो कार्यक्रम असफल हुनुमा त्यसमा सरोकारवालाहरुको स्वामीत्व कति रह्यो भन्ने कुरामा निर्भर रहन्छ। हामीले यो कार्यक्रमलाई कसरी डिजाइन गर्दै छौं भने यसले स्थानीय तहको विकास र समृद्धिलाई पनि योगदान पुर्याउँछ।
त्यसले गर्दा यसले स्रोत निर्माण गर्छ र रोजगारीको सिर्जना पनि गर्छ। हामीले स्थानीय तहमार्फत नै कार्यान्वयन गराउने भएको कारणले गर्दा स्थानीय सहभागिता, स्थानीय पूर्वाधारहरुको निर्माण र स्थानीय स्वामीत्व पनि यसले निर्माण गर्ने हुँदा यो सफल हुन्छ भन्ने मलाई लाग्छ।
यो अरु कार्यक्रमभन्दा भिन्न छ। यस्ता कार्यक्रम असफलताको मूल कारण भनेको पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले यसबाट लाभ लिने कारणले पनि हो। यसलाई हटाउनका लागि कम्प्युटरमा आधारित रोजगार सूचना व्यवस्थापन प्रणाली विकास गरेर कार्यान्वयन गर्न सक्यौं र हामीले बेरोजगारहरुको सही पहिचान गर्न सक्यौं भने कार्यान्वयनमा समस्या आउँदैन।
त्यो दिसामा हामीले तयारी गरिरहेका छौं। मूलचाहिँ हामीलाई तथ्यांक अध्यावधिक गर्ने कुरा र सही बेरोजगार पहिचान गर्ने र ती बेरोजगारलाई सही ढंगले काममा खटाएर उसलाई पारिश्रमिक दिने कुरा हो। त्यसैले हामीले प्रणाली पनि व्यक्तिको विवेकलेभन्दा बढी स्वचालित हिसाबले सञ्चालन हुने प्रणाली विकास गर्न खोजिरहेका छौं।
माथि उल्लेख भएजस्तै ‘एक्स्लुजन’ र ‘इन्क्लुजन इरर’ कम हुन्छ। र, यसको सफल कार्यान्वयन हुन्छ भन्ने कुरा हो। तर, यस पटक सबै ठाउँमा, शतप्रतिशत आलोचनै गर्न नमिल्ने गरी कार्यान्वयन हुन त चुनौतिपूर्ण नै छ। विगतका कार्यक्रमबाट सिक्दै यसलाई सफल कार्यान्वयनमा लान्छौं।

वैदेशिक रोजगारीमा भएकाहरुले देशभित्रै रोजगारी पाउलान्?


यो कार्यक्रमको ओरिजिन नै हेर्ने हो भने पनि यो किन आयोभन्दा यस्तै कारण हो। ५ लाख युवा प्रतिवर्ष श्रमको खोजीमा श्रम बजारमा आउँछन्। एक लाख युवाले देशभित्र काम पाउँछन्।
चार लाख युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। त्यो पनि अवस्था के छ भन्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको न्यूनतम पारिश्रमिकमा सामाजिक बिमा यिनीहरुको जोड्ने हो भने मासिक रुपमा १६ हजारभन्दा बढी मासिक आम्दानी नेपालभित्रै गर्न सकिन्छ, त्यो न्युनतम हो।
त्योभन्दा बढी जतिपनि बार्गेनिङ गरेर लिन सक्छन्। तर, मलेसिया, साउदी, कतारजस्ता देशमा कठिन परिस्थितिमा काम गरेर महिनाको २०/२५ हजार कमाउन युवाहरु विदेश गइरहनु परेको अवस्था छ। अर्थतन्त्रको एकतिहाई हिस्सा रेमिट्यान्सले धानेको छ।
त्यो अहिले सुन्दा राम्रो देखिन्छ। तर, दीर्घकालिन हिसाबले अर्थतन्त्रका लागि राम्रो अवस्था होइन। त्यही भएर हामी चाहन्छौं, आगामी ५ वर्षभित्रमा देशमै आन्तरिक रोजगारी सिर्जना गरेर कोही पनि युवाले बाध्यताले वैदेशिक रोजगारीमा जानु नपरोस् भन्नका लागि यो कार्यक्रम विकास भएको हो।
त्यसैले हामीले यो आन्तरिक रोजगारीको प्रवर्द्धन गरेर अब युवाले बाध्यताले रोजगारीकै खोजीमा, न्यूनतम कमाउन जानु पर्दैन भन्ने अवस्था सिर्जना गर्छौं। विदेशबाट केही सिप, आम्दानी लिएर आउने युवाका लागि पनि नेपाल सरकारले कार्यक्रम घोषणा गरिसकेको छ।