Monday, July 6

केही भन्नु छ की ?

केही भन्नु छ?

तिम्रो धमिलो याद
झनै धुमिल बन्दो छ ।
यसैगरी
बितिरहने हो समय भने

त्यो धुमिल यादलाई
कुचो लगाउन बाध्य हुनेछु ।
त्यतिबेला
तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ ।
तिमिले मलाई दावी गर्न पाउनेछैनौ ।
किनकि
मेरो अस्तित्व
तिम्रो याद लैजाने
त्यही कुचोसँगै
बढारिनेछ ।
यसबारे तिम्रो केही भन्नु छ की ?

No comments:

Post a Comment