Saturday, October 10

मानिस खुसी हुने शैक्षिक दर्शन-डा. हरिप्रसाद लम्साल

  • जब व्यक्ति सुखमा रहन्छ आफन्त सबै जनासँगै हुन्छन् अझ कति त अगाडि नै हुन्छन् । तर दुःख एक्लै व्यहोर्नु पर्छ । आफ्नो भागमा परेको दुख बाँडिदैन् । दुःखको अनुभव बाँड्ने भ्रममात्र हो । 
  • नुन मिठो हुँदैन त्यही भएर यसमा कहिल्यै कीरा पर्दैन । तर गुलियो मिठाइमा छिट्टै कीरा देखिन्छन् । यसबाट के पाठ लिन सकिन्छ भने सत्य मिठो नहुन पनि सक्छ । दर्दनाक हुन्छ । जीवन झुठ सत्य हो भने मृत्यु दर्दनाक सत्य हो । यसैबाट थाहा हुन्छ सत्यको वास्तविकता ।
  • कति मानिससँग सुख सुविधा छैन, तर उनीहरु खुसीमा बाँचेका हुनसक्छन् । अनावश्यक महत्वाकाँक्षा नराखेका पनि हुनसक्छन् । वास्तविकतालाइ स्वीकार गरेर बसेका पनि हुनसक्छन् । सुख मूलतः भौतिक पक्षसँग सम्बन्धित छ भने खुसी मानिसको मानसिक र आत्मिक संसारको विषय हो ।
  • रोन्डा ब्यार्नेको ‘द सेक्रेट, द पावर’ पुस्तक अनुसार हरेक व्यक्तिसँग अथाह क्षमता छ । सोच्ने शत्ति छ । सहन गर्ने क्षमता पनि छ र काम गर्ने क्षमता पनि हुन्छ । तर यस्तो क्षमता सुषुप्त अवस्थामा रहेको हुनसक्छ । सुषुप्त अवस्थामा रहेको क्षमतालाई के कसरी जगाउन सकिन्छ भन्ने विषय अत्यन्त महत्वपूर्ण छ । फेरी सबै व्यक्तिलाई एउटै उपायबाट जगाउन सकिन्छ भन्ने पनि छैन ।
  • सिनेमामा जस्तो ९० प्रतिशतभन्दा बढी समय ‘भिलेन’को राज र अन्तमा १० प्रतिशत समयलाई ‘हिरो’का भागमा परेको र त्यही हिरोको १० प्रतिशत समयलाई उपलब्धीमूलक मान्ने संस्कारमा परिवर्तन चाहिन्छ ।
  • हरेक व्यक्तिसँग स्वस्थिति र परिस्थिति दुई वटा छन् । स्वस्थिति आफ्नो नियन्त्रणमा रहन्छ जसलाई बदल्न पनि सकिन्छ । तर परिस्थिति भनेको पर स्थिति वा अरुको स्थिति हो जसलाई बदल्न सजिलो छैन । 
  • https://edupatra.com/news/educational-philosophy-that-makes-people-happy/

No comments:

Post a Comment