Saturday, October 10

संकट, स्वार्थ र सामाजिक उत्तरदायित्व-उमेशप्रसाद मैनाली

  • ‘जुन वस्तु जति सुक्ष्म हुन्छ, उसको बल पनि त्यति नै बढी हुन्छ।’-खप्तड बाबा
  • मानवीय सम्बन्धको उपज हो समाज, जब यो सम्बन्ध संकीर्ण, राष्ट्रिय र साम्प्रदायिक हुन्छ तब मानव सभ्यतामाथि प्रश्न उठ्न थाल्छ। त्यसैले मानवजातिको अस्तित्वका लागि विश्वग्रामको सोचाइमा काम गर्नुपर्छ।
  • भनिन्छ व्यापारमा नैतिकता भएन भने, कर्मचारीमा निष्पक्षता रहेन भने, राजनेतामा दूरदर्शिता र शिक्षकमा ज्ञान भएन भने सबै बिग्रिन्छ। 
  • महाभारतमा यक्ष प्रश्नको सन्दर्भ छ। यक्षको एक प्रश्न कालोभन्दा पनि कालो के हुन्छ ?    भनेर सोध्दा युधिष्ठिरले जबाफ दिन्छन् ‘कलंक’। हो कालो धोएर सफा गर्न सकिन्छ कलंक जीवनभर रहन्छ। चाणक्य नीतिमा भनिएको छ, ‘लोभभन्दा बढी दुर्गुण के हुन सक्छ, निन्दाभन्दा बढी पाप के हुन्छ ? ’ 
  • शुक्र नीतिमा भनिएको छ कि ‘यी ६ चीज सधैं रहँदैनन् (यौवन र रूप, जीवन, मन, छाया, लक्ष्मी र सत्ता।’ 
  • प्रतिनिधिमूलक लोकतन्त्रको आत्मा भनेकै सार्वजनिक उत्तरदायित्व हो।
  • सरकारले सामान्य अवस्थामा साधारणरूपमा शासन गर्नुपर्छ भने युद्घको स्थितिमा असाधारण तरिकाले शासन गर्नुपर्छ 
  • सरकारले मुख्यरूपमा क्षणिक आशा जगाउने (ब्लोविङ बवल), लालापापा बाँड्ने ( डिस्ट्रिब्युटिङ गुड्डिज्), भविष्य बुन्ने (विभिङ फ्युचर) र दमकल शैली (फाइटिङ फायर) मा काम गर्छ। यसमध्ये अहिलेको काम भनेको दमकल शैलीमा गर्ने हो। यसरी संकटमा काम गर्दा नैतिक निर्णयमा भने ज्यादै ध्यान दिनुपर्छ। यसमा परम्परागत निर्णय निर्माण जहाँ विवेकशील निर्णय (र्‍यासनल डिसिजन) गरिन्छ, भन्दा साहसिलो र भावनात्मक निर्णय (गट् डिसिजन) गर्नु आवश्यक हुन्छ। 
  • निर्णय गर्दा नैतिक आशय र व्यवहार देखिनुपर्छ। यस्तो निर्णय भयो भने विरोध गर्नेले पनि धेरै सोच्नुपर्ने हुन्छ। नैतिक निर्णय गर्दा अन्ततः सबैको समर्थन पाइन्छ यसलाई पुष्टि गर्न कानुनी व्यवस्था देखाएर बहस गर्नु नै पर्दैन। यही हो सरकारको नैतिक उत्तरदायित्व जुन कानुनी उत्तरदायित्वभन्दा माथि हुन्छ।
  • पयोगिता मूल्य वा उपयोगितावादको आधारमा कुनै निर्णय सही मान्न सकिए पनि नैतिक मूल्यको कसीमा सही नहुन सक्छ। त्यसैले ‘इमोसनल डग एन्ड र्‍यासनल टेल’ भन्ने गरिन्छ।
  • अंग्रेजी उखान छ, ‘चाँडो हिँड्नु छ भने एक्लै हिँड, टाढा पुग्नु छ भने सँगै हिँड।’ सरकारको दृष्टि दीर्घकालीन छ भने सबैलाई साथ लिएर हिँड्नु फलदायी हुन्छ।
  • गैरसरकारी संस्थाको सचेतना जगाउन, राहत दिन हुनुपर्ने सक्रियता यसपटक कोरोनामा देखिएन। पाँच वर्षअघिको महाभूकम्पको बेला यी संस्थाको भूमिका निकै प्रभावकारी देखिएको थियो। यसपटक गैरसरकारी संस्थाको सामाजिक जवाफदेहिता देखिएन।
  • कर्मचारीहरु संस्थामा व्यक्तिहरू सेवाको सुरक्षाले होइन कि सार्वजनिक सेवाको मूल्यले आकर्षित भएका हुन्छन्। ती मूल्य हुन्, ‘नागरिकको सेवा गर्ने, समाजलाई राम्रो र सुरक्षित तुल्याउने तथा लोकतन्त्रलाई प्रभावकारी बनाउने। यस्तो सेवा पारि श्रमिक लिएर गर्न पाउनु ठूलो अवसर हो।
  • संकटको स्थिति कर्मचारीतन्त्रको रोगको रूपमा रहेको ‘रुल, रुटिन र रेडटेप’ मा काम गर्ने नभई युद्घस्तरमा आफ्ना जिम्मेवारी निर्वाह गरेर संस्थाको गरिमा जोगाउन सक्नुपर्छ। राजनीतिक नेतृत्वलाई के विश्वास हुनुपर्छ भने उनीहरूप्रति कर्मचारी संवेदनशील छन्, कर्मचारीलाई के विश्वास हुनुपर्छ भने प्रतिकूल परिणाम नभोगी जतिसुकै अप्रिय लाग्ने परामर्श दिने अधिकार उनीहरूलाई छ। यसो हुन सक्यो भने दुवै वर्गबीच सम्बन्ध राम्रो हुन्छ।
  • सबै संस्था र व्यक्तिहरूले अन्तिम रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्ने नागरिक, राष्ट्र र समाजप्रति हो। सार्वजनिक पदमा रहनेहरूको उत्तरदायित्व वहन गर्नुपर्ने तहगत केन्द्रहरू पनि छन्। त्यस्तै उत्तरदायित्वको परीक्षण गर्ने औपचारिक, अनौपचारिक, आन्तरिक र बाह्य संयन्त्र छन्। 
  • सबभन्दा माथिको उत्तरदायित्व भनेको आफ्नै अन्तरात्माप्रतिको हो। कानुनले सीमित दण्ड दिन्छ, अन्तरात्माले अपराधी मानेपछि जीवनभर सजाय दिन्छ अशान्तिको।
  • http://annapurnapost.com/news/153744

No comments:

Post a Comment