Wednesday, September 16

हजूरआमा

मृत्यु अर्थात मेरी हजुरआमाको जिम्मेवार । ख्याल गरिदिनु है उहाँलाइ किनकी उहाँ मेरी हजुरआमा । गतसालको दशै पो अन्तिम भयो उहाँको हातको टिकाका लागी । दहिका घेल्का । दुधका बाक्ला तर । खानामा झ्याइ झ्याइ हुने गरी उत्रने घिउ । नातिका लागी जोगाएर राखेका स्वाद...िला केरा । घरेलु भुजा । हाँसका चल्ला । बहर मात्रै जन्माउने गाइ । धेरै नौनी लाग्ने भैसी । नातिनी बुहारीलाइ भित्र्याउन आतुर पर्खाइ । यादै याद ।

Monday, September 14

एवोर्सन

उसको चाहना एक भ्रुण बनेर लगातार मेरो मस्तिस्क औ मानसपटलमा हुर्किरहेको हुँदाहुँदै मैले भ्रणको भविश्य अन्धकार देख्न थालेको छु । अब यस्तो स्थितीमा म उक्त भ्रण हत्याका लागी उसको अस्विकृत सहमती लिएर एवोर्सन गराउनुमा आफ्नो बुद्भिमानी देखेँ । तर भ्रण हत्या ...अर्थात यौटा सम्भावनाको हठात अन्त्य गराउने काम पक्कै पनी सहज छैन । मैले चाहेको एवोर्सनमा तिमी भन्दा म प्रताडीत हुने पक्का छ तर पनी म यही विकल्पलाई निर्विकल्प देख्दैछु ।