Saturday, October 20

नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म-कृष्णहरि बास्कोटा

१. मदिरा मुक्त नेपाल
  • भ्रष्ट्राचारको मूलजरो रक्सी हो । समाजमा देखिएको विकृति-विसंगति, फजुल खर्च सबैको जड पनि रक्सी नै हो । रक्सी नै उपहार दिएका छन्, लिएका छन् ।
  • यो बर्ष छोरी सुम्पेको ज्वाँईलाई अर्को बर्ष जेठानले रक्सी पिलाउन थाल्छ । राजनैतिक कार्यकर्ता र कर्मचारीहरु ठर्राबाट पिउन शुरु गरेर पद र जिम्मेवारी बढेसँगै रक्सीको गुणस्तर र मूल्य बढाउँदै जान्छन्, ती रेडलेवल, व्ल्याक लेबल र व्ल्यू लेवल हुदै रक्सीका सबै आर्जन लगानी गर्न ईच्छुक हुन्छन् । नेपालमा ७५३ ओटा स्थानीय तह छन्, जस्ले मदिरा नियन्त्रणको पहल आरम्भ गर्छ, उसलाई तत्कालै केन्द्रीय सरकारबाट रु १ करोड दिने घोषणा गर्नुपर्छ ।
२. शिक्षा र स्वास्थ्यमा व्यापार निषेध
  • नेपालको वर्तमान संविधानले आधारभूत स्वास्थ्य सेवा र शिक्षा पाउने नागरिकको हक हो भनेको छ । हाल नेपालमा सरकारी र सामुदायिक अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अपरेशन थियटर र चिकित्सकको सेवा निःशुल्क प्राप्त हुन्छ । आकस्मिक सेवा पनि निःशुल्क छ ।
  • सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गरेको छ । कडा रोगमा सरकारले नागरिकलाई निःशुल्क उपचार, निश्चित आर्थिक सहायता र विभिन्न स्कीम दिएको छ । उदाहरणका लागि मृगौला रोगीले जीवनभर निःशुल्क डाईलासिस सेवा पाउँछन् । 
  • पन्ध्र बर्ष मुनीका र ७५ बर्ष माथिका मुटु रोगीको निःशुल्क उपचार हुन्छ । महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया निःशुल्क हुन्छ । सरकारले स्वास्थ्य बीमा अगाडि बढाएको छ । यी सबैलाई एक ठाउँमा प्याकेजिङ्ग गरी स्वास्थ्य सेवा निःशुल्क गरी यस्मा भैरहेको व्यापार पूर्णतः निषेध गर्नुपर्छ ।
  • संविधानमा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हुनेछ भनिएको छ । माध्यामिक शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था छ । यसर्थ सबै निजी क्षेत्रका स्वास्थ्य निकाय र शिक्षा क्षेत्रका स्कूल र कलेजलाई क्षतिपूर्ति दिएर सरकारी नियन्त्रणमा लिनु पर्छ वा ट्रष्टमा रुपान्तरित गर्ने लगायतका विभिन्न विकल्पमा जान सकिन्छ । जरोकुरा भनेको शिक्षा र स्वास्थ्यको व्यापार निषेध गर्ने नै हो ।
३. बिए र एमका विद्यार्थीलाई एकबर्षे जागिर दिने
  • नेपालमा युवाहरुलाई राज्य प्रणाली बारे जानकारी दिने कुनै बिधि र प्रकि्रया छैन । साविकका एमएमका बिद्यार्थीलाई ‘राबिसे’ को नाममा जिल्ला जिल्लामा खटाईन्थ्यो । हाल यो क्रम भंग भएको छ ।
  • कैयौं देशमा युवाहरुलाई एक वा दूई वर्षे, एक प्रकारको सैनिक तालिम दिईन्छ । नेपालमा यस प्रकारको कि्रयाकलाप पनि गरिदैन । यसर्थ बिए र एमए पास गर्नुपूर्ब अनिबार्यरुपमा एकबर्ष सरकारी जागिर दिनु पर्छ । यसबाट हरेक युवाले राज्य प्रणाली बुझ्ने अबसर पाउनेछन् । उनीहरु आफ्नो अध्ययन पूरा भएपछि उपयुक्त पेशामा लाग्न स्वतन्त्र हुनेछन् । यसबाट यूवामा एक्सपोजर बढ्ने छ ।
  • यसबाट बहुआयामिक फाईदा पुग्नेछ । सरकारी जागिर भन्नाले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सार्बजनिक संस्थान, आयोग, समिति, सेना, प्रहरी, सरकारी स्कूलको शिक्षक लगायतलाई जनाउनेछ ।
४. पाँच कुरामा आत्मनिर्भर हुने
  • नेपाल र नेपालीको स्वाभिमानका लागि पनि कम्तिमा हामी ५ कुरामा आत्म निर्भर हुनै पर्छ । यस्मा पहिलो खाद्यान्न हो । नेपालमा ३५ लाख हेक्टर जमिन कृषि उत्पादन योग्य छ ।
  • हाल बर्षेनी करिब एक करोड मेटि्रक टन खाद्यान्न उत्पादन हुने गरेको छ । एक हेक्टरमा ३.५ मे. ट. को औषत उत्पादनलाई सजिलै ७/८ टनको उत्पादनमा पुर्‍याउन सकिन्छ । यसबाट नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेछ । दोस्रो, हरियो तरकारीमा आत्मनिर्भर हुनै पर्छ । नेपालमा भित्रिएको टनेल खेती र बेमौसमी तरकारी उत्पादनका कारण यो संभव छ । तेस्रो, फलफूलमा हामी आत्मनिर्भर हुनै पर्छ ।
  • हाल नेपालीले खपत गर्ने फलफूलको ८० प्रतिशत आयात हुने गरेको छ । यसैगरी चौथो, दुग्ध पदार्थमा पनि आत्मनिर्भर हुनै पर्छ । मिल्क होलीडेलाई व्यवस्थित गर्ने वित्तिकै यो संभव छ ।
  • पाँचौ, मासुजन्य वस्तुमा पनि हामी आत्मनिर्भर हुनै पर्छ । यस्मा करिब ७५ प्रतिशत खपत आयातमा भर परेका छौँ । तर पोल्ट्रीमा भने कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ । यी ५ कुरामा आत्मनिर्भर हुने वित्तिकै नेपालको मान, प्रतिष्ठा र सान उच्चो हुन्छ । आत्मबल बढ्छ ।
५. सामाजिक फजूल खर्च रोक्ने
  • फजूल खर्च रोक्ने भनेको सरकारी भोजभतेर बन्द गर्ने र सरकारी विदेश भ्रमण रोक्ने भन्ने मात्रै बुझएिको छ । कुनै पनि नागरिकले न्वारान गर्दा, विवाह, ब्रतबन्धको समारोह आयोजना गर्दा आफ्ना थरका गुठियार र नाता सम्बन्धका पाहुना बाहेकलाई आमन्त्रण गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्छ । ठूला नेता, प्रशासक वा व्यापारीले विवाहमा काठमाडौंमा काठमाडौं भरीका मानिस बोलाउने गरेका छन् । यही कुरा विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज/सुर्खेत र महेन्द्रनगर हुँदै नेपालभरी फैलिएको छ । समाज नै फजूल खर्ची हुन्जेल मुलुकको समृद्धि संभव छैन ।
  • नागरिकले परिश्रम गर्न, आफ्नै खुट्टामा उभ्भिन, बचत गर्न, लगानी गर्न र उत्पादन बढाउन अग्रसरता देखाउनु पर्छ । ऋण काढेर, घुस खाएर, पाकेट मारेर, लुटेर भोज भतेरमा ‘सान’ देखाउन मिल्दैन । यसलाई अभियान कै रुपमा पूर्णतः निषेध गर्नुपर्छ ।
६. ७५३ कोशेली घर खोल्ने
  • प्रत्येक स्थानीय सरकारले कम्तिमा एउटा कोशेली घर सञ्चालनमा ल्याउनु पर्छ । यस्मा आम नगरवासी वा गाउँवासीले आफ्नो घरमा वा बारीमा जे उत्पादन हुन्छ, सो वस्तु कोशेली घरमा बिक्रीमा राख्न पाउने प्रबन्ध हुनुपर्छ । घरेलु उद्योगका रुपमा उत्पादन हुने अचार, पापड, चाउचाउ, डालो, चामल, तरकारी, कुखुरा, खसी, दुध, मह लगायत कोशेली घरमा लगेर छोड्ने र त्यहाँको व्यवस्थापनले अभिलेख राखी सो वस्तु बिक्री गरेर नागरिकलाई नगद वा आवश्यक परेको वस्तु उपलब्ध गराउने प्रबन्ध गर्नुपर्छ ।
  • कोशेली घरमा प्रशस्त अम्बा आएका बखत पालिकाहरुले आयातित स्याउ निषेध गर्नुपर्छ । कोशेली घरमा बेस्सरी कुखुरा आएको छ भने भारतबाट आयात हुने खसी र चीनको च्याङ्ग्रा पालिकाभित्र बिक्री निषेध गर्ने आँट र हिम्मत निर्वाचित पालिकाका पदाधिकारीमा हुनुपर्छ ।
  • त्यसै मुलुक समृद्ध हुने भए किन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार चाहिन्थ्यो ? तिनले के गर्दा मुलुक ठीक दिशामा हिड्छ, त्यस अनुसार आफ्ना सोच लागू गर्नुपर्छ ।
७. पैत्रिक सम्पत्ति निषेध गर्ने
  • प्रत्येक युवा आफ्नो खुट्टामा उभ्भिनु पर्छ । बाबु बराजुको सम्पत्तीले समृद्धि हुने होईन । युवालाई आफ्नै कमाईको गर्व गर्न सिकाउनु पर्छ । यस्का लागि १८ बर्षको उमेर पछि प्रत्येक घरका युवाहरु घरबाट बाहिर निस्किएर आफैले कमाएर बाँच्न सक्ने हुनुपर्छ । यसका लागि पैत्रिक सम्पत्ती स्वतः छोरा छोरीमा अपुतालीका रुपमा जाने प्रणालीलाई कानूनद्वारा निषेध गर्नुपर्छ । आमा-बाबुको सम्पत्ती ट्रष्ट वा पालिकामा जाने भएपछि स्वतः ‘राम्रै आकारको सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्न सकिनेछ । यसबाट जेष्ठ नागरिकको ठूलो ‘कल्याण’ हुनेछ भने प्रत्येक युवा आफ्नै खुट्टामा उभिई स्वतन्त्र र स्वाभिमानी भै केही गर्न सक्ने हुनेछ, बाबुआमाको परनिर्भरताबाट मुक्त हुनेछन् ।
  • घुसै खानेले पनि आफूलाई बाचुन्जेललाई आबश्यक पर्ने मात्र घुस खानेछ, सातपूस्तालाई पुग्ने घुस खाने छैन । साथै घुस खाने जेल पर्ने, तर निजले खाएको घुस छोरा छोरीले मौजले खाने अबस्थाको पनि अन्त्य हुनेछ ।
८. छोरा छोरीको कमाईमा अभिभावकको हक
  • प्रत्येक घरका आमा-बुवाले आफ्नो सन्तालाई कम्तिमा १८/२० बर्षसम्म पाल्ने हुर्काउने र कमाईको लागि योग्य बनाउँछन् । त्यसपछि छोराछोरीले कमाउन थाले पछि बाबु-आमालाई बिर्सिन्छन् ।
  • यो सरासर ‘सामाजिक अन्याय’ हो । यसर्थ तत्कालै कानून बनाएर आार्थिक सहयोगको आवश्यकता महशुस गर्ने प्रत्येक आमा-बाबुलाई छोराछोरीको मासिक आम्दानीको १० देखि २५ प्रतिशत रकम प्रत्येक महिना तलब सरी दिनुपर्नेे कानूनी व्यवस्था गर्नुपर्छ ।
९. जग्गाको लालपूर्जा सरकारको हुने
  • नेपालमा हाल जमिनको लालपूर्जा व्यक्तिको नाममा वितरण गर्ने गरिएको छ । यसलाई निषेध गर्नुपर्छ । मुलुकभित्रको सबै जमिनको लालपूर्जा सरकारको नाममा हुनुपर्छ । कुनै नागरिकले भवन/घर निर्माण गर्न चाहेमा एउटा घडेरी लिजमा दिनु पर्छ ।
  • यसबाट एक नेपालीको एक घडेरी र एक घर हुनेछ । यसैगरी उद्योग स्थापना गर्नेले औद्योगिक क्षेत्रको जमिन पाउनेछन् भने व्यापार गर्नेले व्यापारिक क्षेत्रको भूमि पाउने छन् । कृषकले कृषि भूमि लिजमा पाउने छ भने सार्वजनिक हितमा काम गर्नेले सार्वजनिक वा वन भूमि लिजमा पाउनेछ ।
  • तोकिएको काम नगरेको भोलिपल्टै जमिने खोसिनेछ । यसबाट जमिन बाँझो रहने संभावना पूर्णरुपमा रोकिनेछ । मुलुकको समृद्धिका लागि यो निर्णय अपरिहार्य छ ।
१०. एक वन एक फलफूल
  • नेपालमा सबै ७७ जिल्लामा वन छ ।  तर कूल ग्राहस्थ्य उत्पादनमा यस्को योगदान केबल ६ प्रतिशत मात्रै छ । यसर्थ प्रत्येक वनमा एउटा फलफूल खेती गर्नुपर्छ । यस्कालागि सबै वन क्षेत्र स्थानीय वन उपभोक्ता समूहलाई हस्तान्तरण गरी त्यस्को लाभ पनि उनीहरुलाई नै दिनुपर्छ । यसबाट नेपालमा सुन्तलाघारी, केरा वन, नासपाती क्षेत्र, किम्बू प्रदेश, अनार क्षेत्र, स्याउ वन, ऐसेलु घारीको विकास भै फलफूलमा आत्मनिर्भर हुने मात्रै होईन, निकासी समेत हुनेछ । साथै बहुमूल्य जूस तयार भै निकासी गर्न सकिनेछ ।
  • https://www.onlinekhabar.com/2018/10/714036

अर्थतन्त्रको कखराः आर्थिक वृद्धिदेखि बन्द अर्थतन्त्रसम्म -सन्तोष आचार्य

  • आर्थिक वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई पक्षलाई समेट्छ । आर्थिक वृद्धि हुँदा देशमा उत्पादन बढेको, रोजगारीका अवसरहरु फराकिलो हुँदै गएको, व्यक्तिको क्रयशक्ति वढेको जस्ता विषयहरु प्रत्यक्षतर्फ रहन्छन् । अप्रत्यक्षको पाटोमा चाहिँ देशभित्र आर्थिक रुपमा नै सक्रिय व्यक्ति, व्यावसायिक समूह/वर्ग (स्वदेशी,विदेशी) मा भविश्यप्रति सकारात्मक अपेक्षाको सञ्चार हुन्छ । यसको कारण अर्थतन्त्र पुनः चक्रीय आर्थिक वृद्धिको क्षेत्रभित्र प्रवेश गर्दछ ।
  • देशले जति धेरै आर्थिक वृद्धि हासिल गर्‍यो, त्यसले प्रत्यक्ष र अप्रत्यक्ष दुवै पक्षलाई वृहत बनाउँछ । परिणामस्वरुप बेरोजगारीको समस्या समाधान हुने, स्रोत र साधनको उच्चतम प्रयोग हुने, निर्यात गर्न सक्ने क्षमताको वृद्धि हुने, वैदेशिक मुद्राको आर्जन बढ्न सक्ने, सोधान्तर अवस्था सकारात्मक हुने जस्ता सूचकहरु देखिन्छन् । यसर्थ कुनै पनि अर्थतन्त्रमा आर्थिक वृद्धि सधैँ अपेक्षित रहन्छ ।
  • आर्थिक वृद्धिको यत्ति धेरै सकारात्मक आयाम हुँदाहुँदै पनि कुनै पनि देशले चाहेजस्तो वृद्धि प्राप्त गर्न सकेको हुँदैन । एक/दुई वर्षको उच्च आर्थिक वृद्धिले सर्वसाधारणको जीवनस्तरमा प्रभाव नपार्न पनि सक्छ । 
अर्थतन्त्र के हो ?
  • विश्व अर्थव्यवस्थामा ‘अमेरिकी अर्थतन्त्र’ को प्रभाव जबरजस्त रहेको छ । युरोपेली युनियनबाट बाहिरिएपछि ‘बेलायती अर्थतन्त्र’ मा धेरै दरार देखिएको छ । चीनको ‘अर्थतन्त्र’ अबको केही समयमा अमेरिकी अर्थतन्त्रभन्दा ठूलो हुने अनुमान गरिएको छ । ‘भारतको अर्थतन्त्र’ दक्षिण एशियाको अर्थतन्त्रमा प्रभाव पार्ने क्षमता राख्छ ।
  • अर्थतन्त्रलाई परिभाषित गर्न ४ वटा आर्थिक इकाइलाई लिने गरिन्छ । पहिलो- घरपरिवार, दोस्रो- व्यावसायिक क्षेत्र, तेस्रो-सरकार र चौथो-अन्तरराष्ट्रिय बजार । घरपरिवारले तयारी वस्तु तथा सेवाको उपयोग गर्दछ । अनि श्रम पुँजी र आफ्नो सम्पति वस्तु तथा सेवाको उत्पादनमा प्रयोग गर्न प्रवाह गर्दछ । व्यावसायिक क्षेत्रले कच्चा पदार्थ, श्रमको प्रयोग गरि उपभोगजन्य वस्तु तथा सोवाको उत्पादन गर्दछ । सरकारकारले घरपरिवार, व्यावसायीक क्षेत्रलाई आवश्यक पर्ने सार्वजनिक सेवा प्रवाह गर्दछ ।देशमा अभाव हुँदा अपुग वस्तु तथा सेवाको आयात गर्न र देशमा उत्पादित वस्तु तथा सेवाको पूर्ति धेरै हुँदा निर्यात गर्न अन्तरराष्ट्रिय बजारको जरुरी हुन्छ । अर्थतन्त्र त्यतिखेर निर्माण हुन्छ जुन बेलामा यी चार इकाइहरु एक-अर्कासँग अन्तरक्रिया गर्न थाल्दछन् । यसर्थ अर्थतन्त्र भनेको यिनै इकाइहरुको अन्तरक्रिया हो ।
बन्द अर्थतन्त्र
  • बन्द अर्थतन्त्र आर्थिक इकाइका तीनओटा इकाइबीचको अन्तरक्रिया हो । बन्द अर्थतन्त्रमा घर परिवारले आफूसँग रहने श्रम, पुँजी, व्यवसायिक क्षेत्रलाई दिन्छ । जसको उपयोग गरी उक्त क्षेत्रले उपभोग्य वस्तु तथा सेवाको उत्पादन गर्दछ ।

  • यसैगरी सरकार र व्यवसायिक क्षेत्रको बीचमा पनि अन्तर्क्रिया हुन्छ । सरकारले व्यवसाय सञ्चालनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्छ । व्यवसाय सञ्चालनमा आवश्यक पर्ने कच्चा पदार्थको उपयोगको अनुमति दिन्छ । व्यावसायिक क्षेत्रले वस्तु तथा सेवाको उत्पादन गरी सरकारलाई पूर्ति गरेको हुन्छ ।
  • जस्तो-कम्प्युटर व्यावसायिक क्षेत्रको उत्पादन हो सरकारले उपयोग गर्छ । सरकारले जलविद्युत निर्माण गर्न व्यावसायिक क्षेत्रलाई स्रोतको उपयोग गर्ने अनुमति दिन्छ । उत्पादित वस्तु तथा सेवाको उपयोग गरी घर परिवार र व्यवसायिक क्षेत्रबीच अन्तर्क्रिया भइरहन्छ । त्यसैगरी घर परिवारले सरकारलाई पनि श्रम उपलब्ध गराउँछ, पुँजी प्रदान गर्दछ । जस्तो-सरकारका कर्मचारी घरपरिवारबाट प्राप्त स्रोत हो । सरकारले घर परिवारलाई सार्वजनिक वस्तु तथा सेवाको उत्पादन गरी वितरण गर्दछ । यसरी सरकार र घर परिवारको बीचमा अन्तरसम्बन्ध स्थापित हुन्छ ।
  • यसरी तीनवटा क्षेत्रमा मात्र अन्तरक्रिया हुँदा निर्माण हुने अर्थतन्त्र बन्द अर्थतन्त्र हो । बन्द अर्थतन्त्रमा आयात, निर्यात शून्य हुन्छ । यस अर्थतन्त्रले विश्वबजारसँग कुनै पनि किसिमको सम्बन्ध राख्दैन ।
  • अहिले हामीले उदाहरण दिँदा उत्तर कोरियाली अर्थतन्त्र बन्द अर्थतन्त्र भन्छौं, तर त्यो होइन । एउटा प्रतिवेदनअनुसार उत्तर कोरियाको सन् २०१५ को कुल निर्यात २.८३ विलियन डलर रहेको देखिन्छ , जसमध्ये ८३ प्रतिशत चीन, ३.५ प्रतिशत भारत, १.५ प्रतिशत पाकिस्तान र १२ प्रतिशत अन्य मुलुकमा निर्यात रहेको पाइन्छ । यसको मतलब हाल विश्वमा कुनै पनि अर्थतन्त्र बन्द अर्थतन्त्र रहेका छैनन् ।
खुला अर्थतन्त्र
  • खुला अर्थतन्त्र भनेको बन्द रहेको अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारसँग अन्तरक्रिया गर्नु हो । खुला अर्थतन्त्रमा घर परिवारले अन्तर्राष्ट्रिय बजार, व्यवसायिक क्षेत्रले पनि अन्तरराष्ट्रिय बजार र सरकारले पनि अन्तरराष्ट्रिय बजारसँग माग र आपूर्तिको सम्बन्ध राखिराखेको हुन्छ । जस्तै-घर परिवारबाट श्रमिकको रुपमा कामदार अन्तरराष्ट्रिय बजारमा जान्छन्, घर परिवारले पनि अन्तरराष्ट्रिय बजारबाट प्राप्त वस्तु उपयोग गर्छ ।

  • जस्तै-मैले बेइजिङ जाँदा ओप्पो मोवाइल किनेर उपयोग गरिराखेको छु । व्यावसायिक क्षेत्रले आफ्ना लागि आवश्यक बस्तु तथा सेवा आयात गर्दछ । जस्तो- सिमेन्ट उद्योगले क्लिङ्कर आयात गरी प्रयोग गर्छ । त्यसैगरी व्यावसायिक क्षेत्रले उत्पादन गरेको वस्तु तथा सेवा पनि अन्तरराष्ट्रिय बजारमा बिक्री हुन्छ । जस्तै-नेपालमा उत्पादित अलैैंची विश्व बजारमा लगेर बेचिन्छ । त्यसैगरी सरकारले पनि अन्तरराष्ट्रिय बजारबाट वस्तु तथा सेवा आयात गर्दछ भने सरकार नियन्त्रित उत्पादित वस्तुहरु विभिन्न मुलुकमा लगेर बेचिन्छ । यसरी अन्तरराष्ट्रिय बजारसँग अन्तरक्रिया हुन्छ ।
  • यसरी चारवटा इकाइको बीचमा अन्तर्क्रिया हुँदा केही सूचकहरु देखिन्छन् । जस्तो- घर परिवार, व्यवसायिक क्षेत्र र सरकारका बीचमा अन्तर्क्रिया हुँदा रोजगारीका कुराहरु आउँछ, घर परिवारको बचतको कुरा आउँछ । बस्तु तथा सेवाको मूल्यको कुरा, व्यवसायिक क्षेत्रको लगानीको कुरा, सरकारले गर्नुपर्ने खर्चको कुरा, राजस्वको कुरा, यिनै अन्तरक्रियाले सिर्जना गर्छ ।
आर्थिक वृद्धिदर अपेक्षित हुन्छ ?
  • त्यसैगरी अन्तरराष्ट्रिय बजारसँग अन्तर्क्रिया हुँदा विनिमय दर, आयात निर्यात, वैदेशिक लगानीजस्ता विषय आउँछ । यसर्थ चार इकाइको अन्तर्क्रिया अर्थतन्त्र हो । सोही अन्तर्क्रियाबाट निस्कने सूचकहरु -उत्पादन, रोजगारी, मूल्य अभिवृद्धि, लगानी, सरकारको आयव्यय, विनिमय दर, आयात निर्यात वैदेशिक लगानी आदि) लाई आर्थिक सूचकांक भनिन्छ । आजभोलि यिनै सूचकांकका आधारमा अर्थतन्त्रलाई बुझिन्छ । वास्तवमा सूचकांकले अर्थतन्त्रलाई चिनाउँछ । तर, परिभाषित गर्दैन ।
  • विश्वको कुनै पनि मुलुकको आर्थिक वृद्धिदर अपेक्षित छैन । किनभने अर्थतन्त्रका ४ एकाइका आ-आफ्नै छुट्टाछुट्टै विशेषता रहेका छन् । घरपरिवारको क्रय क्षमता वा स्वाद र चाहनामा आउने अचानक परिवर्तन, व्यावसायिक क्षेत्रले हिँड्न खोजेको बाटो अनि सरकारले देखाएको बाटो फरक हुने आयात-निर्यात गरिने अन्तरराष्ट्रिय बजारमा तत् तत् देशको आन्तरिक कारणले पनि एउटा देशको अर्थतन्त्रलाई प्रभाव पारिराखेको हुन्छ । यसर्थ कुनै पनि देशले चाहेकेा गतिमा प्रायः मुलुकको आर्थिक वृद्धिदर अपेक्षित रहँदैन ।
  • नेपालको विगत दश वर्षको आर्थिक वृद्धिदर कहिल्यै पनि अपेक्षित रहेन । विगतमा आर्थिक वृद्धिदर पूर्वानुमान गर्दा २ वटा सीमा पनि उल्लेख गरिन्थ्यो । पहिलो- उपयुक्त वर्षा हुने र दोस्रो- राजनीतिक स्थिरता रहेमा भन्ने शर्त । यसले के संकेत गरेको छ भने नेपालमा माथि उल्लेखित आर्थिक इकाइको बीचमा हुने अन्तरक्रिया एकदम कमजोर, सानो छ । हुन पनि नेपालको कुल आर्थिक क्रियाकलापको मूल्य रु. ३० खर्बको मात्रै रहेको छ
  • नेपालको घरपरिवारले उपभोग गर्न सक्ने सामथ्र्य राख्दैन । यसकारणले गरीब छ । रोजगारीको सिर्जना गर्न व्यावसायिक क्षेत्रले उत्पादन बढाउनुपर्ने हुन्छ, जसका लागि उसले बजार हेर्छ, जुन उपयुक्त छैन । कारण, बेरोजगारी समस्या छ ।
  • बजारमा उपलब्ध श्रम शक्तिको १० प्रतिशत पनि व्यवसायिक क्षेत्रले खपत गर्न सकेको छैन । यसको मतलव देशमा निजी व्यावसायिक क्षेत्रको आर्थिक क्रियाकलापमा ठूलो भूमिका निर्वाह गर्न सक्दैन ।
  • घरपरिवारको, निजी/व्यावसायिक क्षेत्रको न्यून आर्थिक भूमिकाको कारण राज्यले अपेक्षित कर संकलन गर्न सक्दैन । परिणामतः अर्थतन्त्र खासै बढ्दैन । बेरोजगारी, गरीबी, असमानता, कमजोर स्वदेशी मुद्रा, न्यून विदेशी मुद्रा, सञ्चितिजस्ता विषयहरु दोहोरिरहन्छन् ।
आर्थिक वृद्धि कसरी हुन्छ ? 
  • सरकारले लगानीमार्फत् अर्थतन्त्रलार्इ चलायनमान बनाउन सक्छ । सरकारले लगानीलाई पुँजीगत खर्च भनिन्छ, जुन पूर्वाधारलगायत पुँजी निर्माणमा प्रयोग गरिन्छ । जसै पूर्वाधारमा सरकारले खर्च गर्छ, व्यावसायिक क्षेत्र बालुवा, सिमेन्ट, डण्डी आदिको उत्पादन गरी पूर्ति गर्छन् । यसको परिणाम सरकार र व्यावसायिक क्षेत्रबीचको अन्तक्रिर्याको आकारमा वृद्धि हुन्छ । व्यावसायिक क्षेत्र विस्तार हुँदा घरपरिवारमा रोजगारीको अवसर सिर्जना हुन्छ । रोजगारी वृद्धिले आयमा वृद्धि हुन्छ । व्यावसायिक क्षेत्रको आर्थिक क्रियाकलाप बढ्दा घर परिवारको आर्थिक संलग्नता बढ्दा सरकारको राजश्व क्षमता पनि वृद्धि हुन जान्छ ।
  • सरकारको राजश्व क्षमताको प्रयोग पुनः पूर्वाधार निर्माणमा खर्च हुँदा समग्र आर्थितन्त्रको उत्पादन क्षमता बढ्छ । अनि बजारको खोजी हुन थाल्छ । परिणामस्वरुप अन्तर्राष्ट्रिय व्यापार पनि बढ्छ । जसको कारण देशको कुल उत्पादन वृद्धि हुन्छ र देशको प्रतिव्यक्ति आय पनि वृद्धि हुँदै जान्छ ।
  • आर्थिक सर्वेक्षण ०७४/७५ लाई हेर्ने हो भने नेपालको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर रहेको छ । प्रतिव्यक्ति आयलार्य तुलना गर्दा के भन्न सकिन्छ भने नेपाल एक पिछडिएको मुलुक हो । नेपालको प्रतिव्यक्ति आय कम छ किनकि उत्पादन कम छ । उत्पादन कम छ कारण हामीद्वारा उत्पादित वस्तुहरुको खपत कम छ । अब आर्थिक वृद्धि सुधार्दै जाने हो भने उपभोग गर्न लायक वस्तुको उत्पादन नबढार्इ कुनै विकल्प रहँदैन । यसको लागि पुनः घरपरिवार, व्यावसायिक क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय बजारको अन्तरक्रियालाई गतिशील बनाउनुपर्छ । यस अन्तरक्रियालाई गति प्रदान गर्ने प्रमुख भूमिकामा सरकारको वित्तीय तथा मौद्रिक नीति रहन्छ ।
  • आईएमएफले सन् २०१८ मा प्रकाशित गरेको प्रतिवेदनलाई हेर्ने हो भने जीडीपी (पीपीए) को आधारमा प्रतिव्यक्ति आय कतारको १ लाख २८ हजार ७ सय २ अमेरिकी डलर रहेर उच्च प्रतिव्यक्ति आय भएको देशमा गनिन्छ । दोस्रो र तेस्रो स्थानमा मकाउ र लक्जम्बर्ग रहेका छन् । जसको प्रतिव्यक्ति आय १ लाख अमेरिकी डलरभन्दा माथि छ ।
  • सबै नागरिकले के बुझ्न जरुरी छ भने आर्थिक वृद्धिका लागि घर-परिवार र आर्थिक क्षेत्रको सहभागिता आर्थिक क्रियाकलापमा सधैं सक्रिय र तीव्र हुन जरुरी छ । यसका लागि वातावरण निर्माण गर्न पूर्वाधारको विकासमा सरकारको उपस्थिति जरुरी हुन्छ । आर्थिक क्रियाकलपाको तीव्र वृद्धि आन्तरिक उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन सके प्रभावकारी रहन्छ । यसैकारण अन्तरराष्ट्रिय व्यापार महत्त्वपूर्ण हुन्छ ।
के आर्थिक वृद्धि सहज छ ?
  • छैन । हो, आर्थिक वृद्धिको बाटोमा तत् तत् देशका आ-आफ्नै सीमाहरु हुन्छन् । नेपालको आर्थिक वृद्धिलाई प्रभाव पार्ने प्रमुख तत्व उपर्युक्त वर्षा र राजनीतिक अस्थिरता हिजो थियो होला । आज पनि यसको अवशेष बाँकी नै छ । साथै पूर्वानुमानित पुँजीगत खर्च गर्न नसक्ने प्रशासनिक संरचना, विकास निर्माणका कार्यमा अवरोध सिर्जना हुने कानूनी व्यवस्थाले नेपालको आर्थिक वृद्धिलाई साँघुरो पारिदिएको छ ।
  • यस किसिमको आर्थिक वृद्धिलाई तीव्रता दिन सरकारले संरचनात्मक रुपान्तरणमार्फ आर्थिक इकाइमा चलिरहने अन्तरक्रियालाई सहजीकरण गर्न सक्यो भने मात्रै देशले ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्छ । नत्र भने देश चार-पाँच प्रतिशतको औसत आर्थिक वृद्धिबाट बाहिर निस्कन कठिन छ ।

संघीयतामा हुने कर अस्पष्टताका कारणहरू-डा. बद्री पोखरेल

  • राज्य पुुनःसंरचना समयको माग हो । कुुनै पनि देशको विकासका आयामहरूभित्र पुुनःसंरचना पनि पर्छ । जनआकांक्षा, विकास र अन्तर्राष्ट्रिय प्रभाव नै राज्य पुनः संरचनाका पृष्ठभूूमि हुुन् ।
  • विकासको अर्थ आर्थिक क्षमता वृद्धि मात्र होइन, अपितुु नागरिकको समष्टिगत व्यवहारमा आउने सुुधार हो । 
  • पुुनःसंरचनाका धेरै मोडल हुन सक्छन् र छन् पनि । पुुनःसंरचनाकै क्रममा नेपालले संघीयता भित्राएको हो ।
  • देशको भूूगोल आर्थिक क्षमता, जनस्तरको हैसियत आदिलाई हेरेर सुुविधा वृद्धि र करारोपण गर्ने हो भने नेपालले अवलम्बन गरेको संघीयता काँडामा फुुलेको सुुन्दर फूूलजस्तै बन्न सक्नेछ । नभए बाँदरको हातको नरिवल नहोला भन्न सकिन्न ।

वित्तीय संघीयताका सिद्धान्तहरू
  • विशेष गरी वित्तीय स्रोतको प्राप्ति र वितरणसँग सम्बन्धित सिद्धान्तहरूमा राजस्व जिम्मेवारीको सिद्धान्त, अन्तरसरकारी हस्तान्तरणको सिद्धान्त, ऋणप्रवाहको सिद्धान्त, वित्तीय व्यवस्थापनको सिद्धान्त, खर्च वा कामको जिम्मेवारी सिद्धान्तहरू नै प्रमुुख मानिन्छन् । सिद्धान्तहरू जे भए पनि एउटै सिद्धान्तमा सीमित नभएर देशको भूूगोल, उद्योग–व्यवसाय, श्रोत परिचालनका सम्भावनाजस्ता कुुरा नै वित्तीय संघीयताका सूूत्रहरू बनेका उदाहरण पाइन्छन् ।
  • सरकार चलाउन खर्चको आवश्यकता पर्ने भएकाले सबै तहका सरकारको ध्यान करको दर र दायरा बढाउनतिर गएको देखिन्छ । सरसर्ती हेर्दा संविधानको धारा ६० ले स्पष्टसँग अधिकार दिएको पनि छ । यद्यपि संविधानको साझा सूची र ५ देखि ९ सम्मका अनुुसूचीहरूले स्थानीय, प्रान्तीय र संघीय सरकारका कार्यक्षेत्र, अधिकार र साझा अधिकार खुलाइदिएको छ । 
  • संघीय राज्यव्यवस्था र सरकारको महत्वपूर्ण पक्ष नै शक्ति र स्रोतको बाँडफाँड हो । नागरिक हक–अधिकार, निर्वाचन प्रणाली, सरकार–सरकारबीचको अन्तरसम्बन्धजस्ता विषयहरू शक्तिअन्तर्गत पर्छन् भने राज्य सञ्चालन, जनहित र विकास–निर्माणका लागि स्रोत, आम्दानी र राजस्वको बाँडफाँड र निरूपणसम्बन्धी कुरा स्रोतअन्तर्गत पर्छन् । 
  • कर जहिले पनि र जुनसुकै प्रकृतिको भए पनि न्यूनतम आवश्यकता पूरा भएपछि मात्र लिनुदिनु गर्नुपर्ने वित्तीय औजार हो । 
  • गैरसरकारी, सरकारी र निजी क्षेत्रका छुट्टा–छुट्टै सीमा र मान्यता भएजस्तै जनप्रतिनिधि र तलबी जनशक्तिको सीमा फरक–फरक पारेर कर लिन थाल्ने हो भने करको विरोध अवश्य हुुँदैन ।

कर्मचारी दोषी कि राजनीति ?-रमेश घिमिरे

  • नेपालको निजामती सेवा लुटतन्त्र (स्पोइल सिस्टम) वा योग्यता प्रणाली (मेरिटोक्रेसी) के हो भन्ने स्पष्ट गर्न सकिने अवस्था छैन । ऐन कानुन र संगठन हेर्दा योग्यता प्रणालीको निजामतीजस्तो देखिन्छ । सरकारका नीति कार्यक्रम लागू गर्दा भने लुटतन्त्र जस्तो देखिन्छ ।
  • कर्मचारीको पद र अधिकार तथा दायित्व कानुनले निर्धारण गरेको छ । यसर्थ प्रक्रियागत रूपमा भने योग्यता प्रणाली हो भन्न सकिन्छ ।
  • सरकारका नीति कार्यक्रम लागू गर्ने र सेवा प्रवाह गर्ने अधिकार प्राप्त पदमा राजनीतिक इच्छाअनुसार कर्मचारी सरुवा गरेर पदस्थापन गरिन्छ । कर्मचारीको पद सानो ठूलो जे भए पनि राजनीतिक पहुँचको आधारमा निजामती सेवामा ऊ शक्तिशाली हुन्छ । आधार तलब समान पदको समान भए पनि कार्यालय, शाखा र कर्मचारीपिच्छे फरक निर्णय गरेर सरकारले कुनै कर्मचारीलाई आधार तलब मात्र उपलब्ध गराउँछ भने कुनै कर्मचारीलाई भत्ता र सुविधा गरी तलबको चार गुणासम्म उपलब्ध गराउँछ । यसरी हेर्दा लुटतन्त्र जस्तो देखिन्छ । 
  • योग्यता प्रणालीमा निजामती सेवाको मूल जिम्मेवारी राजनीतिक तहले गरेको निर्णय कार्यान्वयन गर्ने हो । तर त्यो निर्णय विधिसम्मत निर्माण गरिएको हुनुपर्छ । साथै उच्च कर्मचारीले राजनीतिक तहलाई नीतिगत निर्णयका लागि राय सुझाव दिन्छ । निर्णय जे–जस्तो भए पनि सरकारको निर्णयअनुसार कर्मचारीले काम गर्नुपर्छ । तर, नेपालमा निजी सचिव, सल्लाहकार, विज्ञ, परामर्शदातालगायत विभिन्न नाममा राजनीतिक तहले सोझै करारमा व्यक्ति नियुक्ति गरेर उनीहरूसँग रायसल्लाह लिने र सोहीअनुसार कर्मचारीको सरुवा पदस्थापन, नीति, कार्यक्रम र बजेट परिचालन तथा सेवा प्रवाह गर्ने गरिन्छ । 
  • काम नहुनुपछाडिको एउटा गम्भीर कारण अख्तियार हो, किनकि नेताहरूले आदेश दिन्छन् तर कार्यान्वयन कर्मचारीतन्त्रले गर्छ तर भोलि केही उँचनीच हुन गए नेतालाई अख्तियार लागेका कमै उदाहरणहरू छन् तर कर्मचारी भने उम्कन सक्दैन । त्यसैले कर्मचारी प्रक्रियागत तथा कानुनी रूपमा सोच्छ भने नेता भावनात्मक रूपमा सोच्छन् । नेतालाई भावनात्मक कुरा गरेर जनतालाई बेवकुफ बनाउने छुट छ, तर कर्मचारीले भावनामा बगेर काम गर्न सक्दैन, उसलाई ऐन, नीति, नियम, कानुन तथा प्रक्रियाले डोर्‍याउँछ । 
  • सर्वप्रथम नेपालमा राजनीति र प्रशासनलाई छुट्याउने हो या प्रशासनलाई राजनीतिकै भागका रूपमा अन्तरघुलित गर्ने हो ? कर्मचारीतन्त्र कुन मोडलको हो भन्ने राजनीतिक तहले स्पष्ट गर्नुपर्छ ।
  • कर्मचारी सरुवा, पदस्थापन, बढुवामा राजनीतिक तहको अधिकार र दायरा स्पष्ट गर्नुपर्छ । राजनीतिक दलका संगठनले कर्मचारकिो सरुवा–बढुवामा कतिसम्म हात हाल्ने, किन हात हाल्ने, त्यो पनि स्पष्ट हुनुपर्छ । कार्यालयहरूमा राजनीतिक नियुक्तिको आधार र मापदण्ड स्पष्ट गरिनुपर्छ । कार्यालय र पदहरूमा रहेको अधिकारको दोहोरोपन र अस्पष्टता हटाउन राजनीतिक तहबाट विधिसम्मत निर्णय गर्नुपर्छ ।
  • http://karobardaily.com/news/idea/11773

चुनौतीसँग जुध्न बहुराष्ट्रवादको खाँचो -केमल डेर्भिज

  • दोस्रो विश्वयुद्धपश्चात् बहुराष्ट्रवादले उल्लेख्य प्रगति गरे पनि विश्व अर्थतन्त्रको संरचनामा आएको परिवर्तनका कारण पुनर्संरचनाको आवश्यकता देखिएको छ । सन् १९९० को दशकअघि अमेरिका, क्यानडा, युरोपेली युनियन र जापानले विश्व अर्थतन्त्रमा पकड बनाएका थिए । विश्व व्यापार सम्झौता तथा विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा पनि उनीहरूकै प्रभाव थियो ।
  • सन् १९९० पछि विश्वमा उदीयमान अर्थतन्त्रको उदय भयो । यस्तोमा सबैभन्दा ठूलो उदीयमान अर्थतन्त्रका रूपमा चीन अगाडि आयो । विश्व व्यापार संगठनका सदस्यका रूपमा अन्य विकासशील राष्ट्र पनि जोडिएपछि पुनर्संरचनाको थप आवाज उठे ।
  • विश्व व्यापार व्यवस्था सुधारका लागि १४ वर्षको प्रयासपछि भएको दोहा वार्ताको असफलतासँगै थप समस्या देखिन थाले । सन् २०१० पछि विश्व व्यापार संगठनको संरचनाबाहिर रहेर क्षेत्रीय व्यापार सम्झौता हुन थाले ।
  • ‘जिनेटिक इन्जिनियरिङ’, आर्टिफिसियल इन्टिलिजेन्स, रोबोट सैन्यबलजस्ता नयाँ प्रयोगलाई पनि नियमन तथा निश्चित व्यवस्थामा बाँध्नुपर्ने आवश्यकता बढेको छ ।
  • विश्व व्यापार व्यवस्थाका सन्दर्भमा विद्यमान अन्तर्राष्ट्रिय निकाय र नियममा रहेर सम्बन्धित सम्पूर्ण कार्य उपयुक्त रूपमा सञ्चालन भइरहेका छन् भन्न सक्ने अवस्था छैन ।

सार्वजनिक प्रशासनको गिर्दो साख -अच्युत कुइँकेल

  • शासकीय मान्यता स्थापित गर्दै मुलुकमा कानुन प्रणालीको सबलीकरण र राज्य सञ्चालनमा अन्य निकायको सहकार्यमा सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ ।
  • जनउत्तरदायित्व बहन गर्न सक्षम सार्वजनिक प्रशासनको परिचालनबाट राज्यले अख्तियार गर्ने नीतिको परीक्षण मात्र नभई त्यसको प्रभावकारिता अभिवृद्धि गर्न चालिनुपर्ने कदमबारे समेत वास्तविकता पत्ता लगाउन मद्दत गर्छ । मुलुकले अख्तियार गर्ने नीतिको प्रभावकारिता त्यस बखतसम्म देखिँदैन, जबसम्म सो नीतिमा आधारित रहेर रणनीतिक क्रियाकलाप सञ्चाालन गरिँदैन ।
  • रणनीतिक क्रियाकलाप सञ्चालन गर्ने अस्त्र -सार्वजनिक प्रशासन
  • सार्वजनिक प्रशासनको ओहदामा पुग्ने व्यक्ति निश्चित योग्यता र क्षमताका आधारमा आउँछन्, उनीहरूसँग दृष्टिकोण पनि हुन्छ तर कार्यान्वयनमा भने फितला हुन्छन् भन्ने आलोचनालाई खण्डित गर्नसमेत कर्मचारी स्वयं सचेत हुनु जरुरी छ । ‘कामको कदर र असहयोगको अनादर’ गर्ने संस्कृति विकास गर्नु जरुरी छ ।
  • स्वार्थ बाझिने विषयमा सहभागी हुन नहुने नैतिकताको आम विषय हो ।
  • भइरहेका सेवा सुविधामा कटौती गर्नुपूर्व बृहत् अध्ययन गर्ने, पर्याप्त जनशक्ति आपूर्तिमा समर्थन नगर्ने संस्कार परिमार्जन गर्ने, अतिरिक्त कामका लागि अतिरिक्त भुक्तानी गर्न नहिच्किचाउने, बौद्धिक ज्ञान सीपको आदान–प्रदानमा प्रत्यक्ष एवं परोक्ष रूपमा समेत हतोत्साहनको नीति नलिने जस्ता कार्यले सार्वजनिक प्रशासनको साख बढाउन मद्दत पुग्छ ।
  • सार्वजनिक प्रशासनको साख नउठेसम्म यसभित्रका कर्मचारीतन्त्रको मनोबल उच्च हुन सक्ने अवस्था रहँदैन ।
  • नागरिकले तिरेको करको प्रत्येक अंशप्रति जवाफदेही बन्नुपर्ने कर्मचारीतन्त्रलाई कारबाहीको त्रास देखाएर मात्र काममा प्रभावकारिता ल्याउन सकिन्न । कर्मचारीलाई सामान्य अवस्थामा नसिहत दिन सकिने एवं सो नसिहत हुने अवस्थाको पुनरावृत्ति भएमा नोकरीबाट बिदा गर्न सकिने प्रावधानका पक्षमा देखिएका विचारले दीर्घकालीन रूपमा कर्मचारीतन्त्रको हित गर्दैन । कर्मचारीको सेवाको सुरक्षा नभएसम्म ढुक्कसँग काम गर्न सक्ने अवस्था हुँदैन ।
  • कर्मचारीतन्त्रलाई सुविधा कटौती गरी जिम्मेवारी मात्र थप्दै जाँदा सही रूपमा उसको क्षमताको प्रदर्शन नहुन सक्छ ।

जनता बोल्न छाडे के हुन्छ? - डा. सरोज धिताल

  • समाज भनेकै वार्तालापको सञ्जाल न हो ! यही सञ्जालमा सभ्यता हुर्कन्छ, संस्कृति निर्माण हुन्छ, परम्परा बसालिन्छन्। कला र साहित्य सिर्जना हुन्छ। भौतिक, सांंस्कृतिक, प्राज्ञिक सबै किसिमको समृद्धि हुर्किने संवादमै हो।
  • लोकतन्त्र छ कुनै देशमा भने राज्यले त्यो बोली सुन्छ।
  • ‘सेलेक्टिभ् म्युटिज्म’ भन्ने मनोरोगबाट ग्रस्त व्यक्ति खासखास परिस्थितिमा बोल्नै सक्तैन । उसलाई बोल्ने मन छ, शरीरका स्वरयन्त्रहरू ठीकठाक छन्, बोल्ने कुरा पनि नभएको हैन, अन्यत्र ऊ बोल्छ पनि तर खास परिस्थितिमा वा खास मान्छेका सामु भने उसको बोली नै फुट्दैन।
  • https://nagariknews.nagariknetwork.com/news/59731/

मेरो पैसा जहाँसुकै लगाऊँ !-पुरु रिसाल

  • सरदर प्रतिव्यक्ति आयले सबै वर्गलाई समान रूपमा समेट्न सक्दैन ।
  • नीतिले मात्र लक्ष्य पूरा गर्न सकिँदैन । नीतिको परिपूरक कार्यक्रम चाहिन्छ ।
  • नेपालले पीडा भोग्नुपरेको अर्को पक्ष व्यापार घाटा हो । अहिले नेपालले १२ रुपियाँको सामान आयात गर्यो भने केवल एक रुपियाँको सामान निर्यात नै व्यापार घाटाको प्रमुख कारण हो ।
  • सबभन्दा राम्रो र बजारको खाँचो नभएको निर्यातयोग्य उत्पादन हो, जलविद्युत् । 
  • विप्रेषणले गरिबीको रेखामुनि रहेका जनतालाई रेखाबाट माथि उकास्न काम लाग्ला तर राष्ट्रिय अर्थतन्त्रमा त्यसले परिवर्तन ल्याउन सक्दैन ।
  • नीति निर्माण र त्यसको कार्यान्वयनमा कर्मचारीको ठूलो भूमिका रहन्छ ।