- सेल्फ रुल’ र ‘सेयर रुल’
- संसारमा अभ्यास गरिएका संघीयता प्रायः संघ र प्रदेश दुई तहको छ, तर नेपालमा भने तीन तहको संघीय संरचना लागू गरिएको छ- संघीय, प्रादेशिक र स्थानीय तह। कार्यपालिका, विधायिका र न्यायपालिका तीनै तहमा अलग-अलग छन्।
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Sunday, November 25
संघीयतामा अन्तरद्वन्द्व-माधव ढुङ्गेल
खोइ, सचेत नयाँ पुस्ता ? - शिशिर वैद्य
- सचेत समाजको आधार सचेत युवा वर्गले निर्धारण गर्छ । तर, वर्तमान युवा पुस्ता देश र समाजप्रति जति संवेदनशील हुनुपर्ने हो, त्यति देखिँदैन ।
- युवा वर्गलाई सचेत बनाउन उनीहरूको सिकाइमै समाजप्रति उत्तरदायी हुनुपर्ने भावना घोल्न सके मात्रै उत्तरदायी समाजको निर्माण हुन सक्छ । युवाहरूले गर्ने सामान्य व्यवहारबाटै समाज कति सचेत र संवेदनशील छ भन्ने बुझ्न सकिन्छ ।
- सम्पदाप्रति सचेत र संवेदनशील हुन नसक्नु तथा सम्पदामाथि नयाँ प्रविधिको हस्तक्षेप थोपर्न उद्यत हुनुको मूल कारण खोतल्ने हो भने शिक्षाकै कुरा आउँछ ।
- युवा पुस्ताले आफ्नो सुन्दर भविष्य आफ्नै देशमा कल्पना गर्न नसक्नुमा देशको अस्थिर राजनीति सबैभन्दा बढी दोषी छ । हामी सधैँ नेताहरूलाई गाली गर्छौँ ।
- डा देवेन्द्रराज पाण्डेले केही समयअघि बोलेका शब्दमा, ‘यहाँ नेतृत्वको चरित्र फस्टाउनै पाएको छैन । नेतृत्व निर्माण गर्न बौद्धिक, सामाजिक, राजनीतिक, सांस्कृतिक वातावरण चाहिन्छ । कहाँ छ, त्यस्तो वातावरण ?’
- जब युवा वर्गमा हरपल रोजगारीको चिन्ता हुन्छ, जहाँ हरक्षेत्रमा राजनीतिक पहुँच हावी हुन्छ । त्यहाँ आलोचना, सिर्जना, चिन्तन, नीति, नियमजस्ता कुराको अर्थ हुँदैन ।
Subscribe to:
Posts (Atom)