Friday, November 30

अर्थ न बर्थको सामाजिक सुरक्षा कार्यक्रम-रमेश घिमिरे

  • सरकारले सामाजिक सुरक्षा ऐन, २०७५ अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा मंसिर ११ गते तामझामपूर्वक गरेको छ ।
  • नेपालको सन्दर्भमा ऐन, नियम र कार्यविधि बन्दैमा खुसी हुनु पर्दैन । २०६३ सालमा बनेको ज्येष्ठ नागरिक ऐन र २०६४ सालमा बनेको ज्येष्ठ नागरिक नियमावलीबमोजिमको सुविधा ज्येष्ठ नागरिकले अझैसम्म पाएका छैनन् । सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट र सिट आरक्षणको सुविधा यात्रा गर्ने ज्येष्ठ नागरिकमध्ये करिब १ प्रतिशतले प्राप्त गरेका होलान् ।
  • बालबालिकासम्बन्धी ऐन, २०४८ अनुसार बालअधिकारको संरक्षण अहिलेसम्म हुन सकेको छैन । 
  • अपांगता भएका व्यक्तिहरूको लागि भौतिक संरचना तथा सञ्चार पहुँचसम्बन्धी निर्देशिका, २०६९ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७५ जारी भएका छन् । एसियाली विकास बैंकले निर्माण गरेको काठमाडौंको फुटपाथमा टेकटायल बिछ्याइएको छ । 
  • श्रम ऐन, २०४८ अनुसार अधिकार र सुविधा प्राप्त गर्नबाट धेरै कामदार मजदुर अझै वञ्चित छन् । 
  • योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सिद्धान्ततः राम्रो कार्यक्रम हो । यसका लागि एक दशकदेखि प्रयास हुँदै आएको थियो । हरेक रोजगारकर्मीको मासिक तलबबाट १ प्रतिशत कर कट्टा गरी ५० अर्ब रुपैयाँको सामाजिक सुरक्षा कोष स्थापना भइसकेको छ । त्यो कोषबाट रोजगारकर्मीले सुविधा पाउने घोषणा सरकारले गरेको छ । नयाँ व्यवस्थाअनुसार अब कामदार कर्मचारीले तलबको ११ प्रतिशत र रोजगारदाताले १८.३३ प्रतिशत सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ ।
  • सरकारले मात्र लगानी गरेर सामाजिक सुरक्षा दिनु राज्यको दायित्व बढाउनु, विकास बजेटलाई खुम्चाउनु र चालू खर्च बढाउनु हो । त्यसैले व्यक्तिले आयआर्जन गर्न सकेको बेला गरेको योगदानबापत आय आर्जन गर्न नसक्ने बेला आर्थिक सुविधा प्रदान गर्नु राम्रो कुरा हो ।
  • विकसित देशमा योगदान गर्न सक्नेका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू छ भने योगदान गर्न नसक्नेका लागि सरकारले अनुदान दिएको छ । नेपालमा सरकारको योगदान छैन । 
  • सामाजिक सुरक्षामा भार बढाउँदा धनी भनिएका देशको अर्थतन्त्र पनि बेलाबेला खलबलिएको छ । नेपालले त्यसरी भार बढाउन सक्ने अवस्था छैन । 
  • सामाजिक सुरक्षामा सरकारको तर्फबाट कतिसम्म योगदान गर्ने भन्ने संवेदनशील विषय हो । नेपालमा संगठित क्षेत्रमा रोजगारीको अवसर पाउनेको संख्या थोरै मात्र छ । ठूलो संख्यामा श्रमशक्ति वैदेशिक श्रम बजार तथा बेरोजगार अवस्थामा छ । सरकारले अहिले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमले त्यो ठूलो समुदायलाई छुँदैन ।
  • नयाँ कानुनी व्यवस्थाले कानुनको पालना गर्ने निजी कम्पनीका लागि कर्मचारी खर्च वृद्धि गरेको छ अर्थात् उत्पादन लागत वृद्धि गरेको छ । कामदार कर्मचारीको सुविधा बढेबापत उत्पादकत्व पनि बढ्ने भए त रोजगारदाताका लागि पनि लाभदायक हुन्छ । नेपालमा श्रमिकको उत्पादकत्व अन्तर्राष्ट्रिय श्रम बजारमा तुलना गर्दा एकदमै कम छ । नेपालमा विदेशी लगानी पनि आकर्षित भएको छैन । लागत मात्र बढ्ने अवस्थाले लगानीलाई अझ विकर्षण गरी भएको रोजगारी पनि कटौती गर्न सक्दछ ।
  • नेपाल वायु सेवा निगम र नेपाल विद्युत् प्राधिकरणको बिजनेस सम्भाव्यता नभएका महँगा परियोजनामा अर्बौं रुपैयाँ जथाभावी ऋण लगानी गरेर आम सञ्चयकर्ता र बचतकर्ताको रकमलाई जोखिममा पार्ने तथा प्रतिफललाई न्यून बनाउने काम भइरहेको छ ।
http://karobardaily.com/news/idea/13257

Wednesday, November 28

गरिबीको मापन र मिथ्यांक-रमेश घिमिरे

  • अहिले गरिबी २१ प्रतिशत रहेको सरकारी अनुमान छ । ३० वर्षअघि गरिबी ४९ प्रतिशत रहेको थियो । नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ, तर सरकारले अहिलेसम्म कुन–कुन व्यक्ति गरिब हुन् भनेर परिचयपत्र दिन सकेको छैन ।
  • सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ । जीवनस्तर सर्वेक्षण लामो अन्तरालमा हुने हुँदा अन्य वर्षमा द्वितीय तथ्यांकका आधारमा गरिबीको अनुमान गरिन्छ । नेपालमा पछिल्लो जीवनस्तर सर्भे २०६८ सालमा सम्पन्न हुँदा गरिबी २५.२ प्रतिशत थियो । त्यसयताको तथ्यांक अन्य आर्थिक तथ्यांकका आधारमा विश्लेषण गरेर अनुमान गरिएको हो ।
  • तेस्रो जीवनस्तर सर्वेक्षण ७ हजार २० घरधुरीमा गरिएको थियो । सो सर्वेक्षणका आधारमा नेपालको कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ मा रहेको जनसंख्याको गरिबी अनुमान गरिएको हो । केन्द्रीय तथ्यांक विभागले पहिलो पटक २०५३ सालमा जीवनस्तर सर्वेक्षण गर्दा गरिबको जनसंख्या ४२ प्रतिशत थियो । त्यसभन्दा पहिले २०४५ सालमा नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा गरिबी ४९ प्रतिशत देखिएको थियो ।
  • नेपालमा भने ०.५ डलरभन्दा कम आम्दानी हुनेलाई गरिब मान्ने गरिएको छ । नेपालको पर्चेचिङ पावर प्यारिटी (पीपीपी) को आधारमा दैनिक ५३ रुपैयाँलाई मानिएको हो ।
  • विकसित मुलुकमा जस्तो जवान भएका छोराछोरीले नेपालमा अभिभावकबाट स्वतन्त्र जीवनयापन गर्दैनन् । नेपालको सन्दर्भमा कुनै परिवारमा एक जनाको आम्दानीमा सबै जनाको हक हुन्छ भने कुनै परिवारमा हुँदैन । 
  • पारिवारिक र सामाजिक संरचनाले पनि गरिबको गणना कसरी गर्ने भन्ने समस्या पर्छ । यस्ता समस्यालाई गरिबी मापनमा सम्बोधन गरिएको छैन ।
  • गरिब केलाई मान्ने भन्ने यकिन गर्न नै कठिन छ । गरिबको मापदण्ड निर्माण गरेपछि गणना गर्न कठिन छ । ठाउँ, परिवेश, देश र समयअनुसार गरिबीको मापदण्ड र मापन विधि फरक हुने गरेका छन्, जसले गर्दा नेपालमा अहिले कायम गरिबको तथ्यांक र विगतका तथ्यांकबीच तुलना गर्नु कति उचित हुन्छ भन्ने प्रश्न उठ्छ । त्यस्तै, नेपालको गरिबीलाई अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्न पनि कठिन छ । 
  • समग्रमा हेर्दा, सुखपूर्वक जीवनयापनबाट वञ्चित हुनु गरिबी हो । परम्परागत रूपमा हेर्दा सुख भनेको वस्तुहरूमाथिको अधिकार हो । त्यसैले जोसँग न्यूनतम थ्रेसहोल्डभन्दा माथिको उपभोग गर्ने क्षमता वा आयआर्जन छैन, त्यसलाई गरिब भनिन्छ । यस दृष्टिकोणले गरिबीलाई मौद्रिक रूपमा हेर्छ । 
  • गरिबीलाई उपभोगका प्रकार विशेषका आधारमा पनि परिभाषित गर्न सकिन्छ । जस्तो कि कोही आवास, कोही खाद्य वा कोही स्वास्थ्यको गरिब हुन सक्छ । गरिबीका यी आयाम प्रत्यक्ष मापन गर्न सकिन्छ । जस्तो कि कुपोषण वा साक्षरता दरबाट मापन गर्न सकिन्छ । 
  • अझ वृहद रूपमा हेर्दा, सुखीपन समाजमा क्रियाकलाप गर्ने व्यक्तिगत क्षमतामा केन्द्रित हुन्छ । एउटा गरिबसँग प्रमुख क्षमताहरूको अभाव हुन्छ, अपर्याप्त आय हुन सक्छ वा खराब स्वास्थ्य अवस्थामा हुन सक्छ वा शक्तिहीन महसुस गरेको हुन सक्छ वा राजनीतिक स्वतन्त्रताको अभाव हुन सक्छ । 
  • मुख्यत: गरिबभन्दा तल भनिएको थे्रसहोल्डसँग कसैको व्यक्तिगत आय वा उपभोग तुलना गरेर गरिबी मापन गरिन्छ । व्यक्तिसँग पर्याप्त खाना, बास, स्वास्थ्य सेवा वा शिक्षा छ ? भनेर हेरिन्छ । पोषण गरिबीको मापन बच्चाको शारीरिक विकास हेरेर गरिन्छ । शिक्षाको गरिबी कोही निरक्षर छ कि छैन भनेर हेरिन्छ वा उनीहरूले प्राप्त गरेको औपचारिक शिक्षाको आधारमा हेरिन्छ । 
  • अमत्र्य सेनले सन् १९८७ मा मानिसहरूमा सुख समाजमा क्रियाकलाप गर्ने क्षमताबाट आउँछ भने । मानिसहरूसँग मुख्य क्षमताहरूको कमी भएपछि अपर्याप्त आर्जन वा शिक्षा वा कमजोर स्वास्थ्य वा असुरक्षा वा कमजोर आत्मविश्वास वा शक्तिहीनताको अनुभव वा अभिव्यक्ति स्वतन्त्रताजस्ता अधिकारबाट वञ्चितीकरण हुन्छ । यसरी हेर्दा गरिबी बहुआयामिक परिवेश हो । 
  • गरिबको अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे स्पष्ट र व्यवस्थित ढंगले सोच्न र नतिजामूलक कार्य गर्न विश्व बैंकले गरिबी न्यूनीकरण रणनीतिपत्र (पीआरएसपी) प्रक्रियालाई प्रोत्साहन गर्यो । त्यसलाई अंगिकार गर्दै नेपालले २०५४ सालमा दसौं पञ्चवर्षीय योजनालाई पीआरएसपीकै रूपमा तयार गर्यो । 
  • पीआरएसपीमार्फत राष्ट्रहरूले घरेलु गरिबी मापन गर्ने र गरिबी न्यूनीकरण गर्ने क्रियाकलापको सञ्चालन र पहिचान गर्ने अपेक्षा विश्व बैंकले गरेको थियो । पीआरएसपी प्रक्रियालाई बलियो प्राविधिक सहयोग आवश्यक पर्दछ । विश्लेषणात्मक सीपहरू र प्राविधिक ज्ञान दिने कार्यमा गरिब मुलुकहरूलाई विश्व बैंकले सहयोग गरिरहेको छ । 
  • गरिबी निवारणको सन्दर्भमा आर्थिक वृद्धिलाई पहिलेदेखि नै महत्व दिइँदै आएको छ । उच्च औसत आयले गरिबी कम गर्न पक्कै सहयोग गर्छ, यसले गरिबलाई सशक्तीकरण गर्न सहयोग हुन सक्छ वा जोखिमविरुद्ध उनीहरूलाई सुनिश्चितता प्रदान गर्न सक्छ अथवा विशेष कमजोरीहरूलाई सम्बोधन गर्न सक्छ । 
  • गरिबी असमनाता वा जोखिमयुक्तता (भलनेराबिलिटी) सँग सम्बन्धित हो तर फरक हो । असमनाता भनेको स्रोतको असमान वितरण हो । भलनेराबिलिटी भविष्यमा गरिबीमा पर्न सक्ने जोखिम हो । यदि मानिस अहिले गरिब छैन भने पनि खडेरी, कृषि मूल्यको ह्रास, वित्तीय संकटजस्ता पीडाहरूबाट प्रभावित हुन सक्छ । त्यस्तो मानिस पछि गरिब बन्न सक्छ । जोखिमयुक्तता सुखीपनको एउटा मुख्य आयाम हो । यसले लगानी, उत्पादन प्रकरण, व्यवस्थापन रणनीतिको सन्दर्भमा प्रभाव पार्छ । 
  • गरिबी मापन गर्न समय, मेहनत र पैसा लाग्छ । घरधूरीबाट प्रत्यक्ष तथ्यांक सर्भे गरेर मात्र यसको सही मापन हुन सक्दछ । गरिबी मापन गर्नुपर्ने चार उपयुक्त कारण छन् । रेभालियनले १९९८ मा भनेका छन्, एउटा विश्वासिलो गरिबी मापन गरिबको जीवन अवस्थामा नीति निर्माताको ध्यान आकर्षित गर्ने शक्तिशाली हतियार हुन सक्छ । गरिबहरू तथ्यांकीय रूपमा अदृश्य छन् भने गरिबलाई बेवास्ता गर्न सकिन्छ । यसर्थ गरिबी मापन आर्थिक र राजनीतिक एजेन्डाका रूपमा देखिनलाई आवश्यक पर्छन् । 
  • दोस्रो कारण, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हस्तक्षेप गर्न हो । गरिब को हुन् भन्ने पहिचान नभई कसैले गरिबलाई सहयोग गर्न सक्दैन । गरिबी प्रोफाइलले क्षेत्र, ग्रामीण सहरी, तराई, पहाड भूगोलका आधारमा गरिबीको भिन्नता थाहा पाउन आवश्यक पर्छ । त्यस्तै, सामुदायिक चरित्रहरू जस्तै : एउटा स्कुल भएको र अर्को नभएको समुदाय र घरधुरी चरित्रहरू जस्तै : घरमूलीको शिक्षा, घरधूरीको आकार पत्ता लगाउन गरिबी प्रोफाइल आवश्यक पर्छ । 
  • गरिबी प्रोफाइल गरिब क्षेत्रलाई विकास स्रोत लक्षित गर्ने प्रयासलाई समर्थन गर्न सबैभन्दा महत्वपूर्ण प्रयोग हुन्छ । जस्तो कि कृषि क्षेत्रमा आर्जन सिर्जना क्षमता बढाउनुपर्छ भन्ने यसैबाट थाहा हुन्छ । गरिबी र शिक्षाको सम्बन्ध विशेष महत्वपूर्ण हुन्छ । किनकि गरिबी घटाउन र आर्थिक वृद्धि बढाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राम्रो शिक्षितको राम्रो आय हुन्छ र उनीहरू गरिब हुने सम्भावना न्यून हुन्छ ।
http://karobardaily.com/news/idea/12954

प्रश्न र समाधान : विद्युतीय शासन भन्नाले के बुझिन्छ ? -प्रकाश दाहाल

सरकारलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी तुल्याउन सार्वजनिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने कार्य नै विद्युतीय शासन हो ।
यसमा सरकारी क्रियाकलापमा वेभ तथा इन्टरनेटमा आधारित प्रविधि र कम्प्युटर, टेलिफोन, फ्याक्स, मोबाइल जस्ता विद्युतीय उपकरणको उपयोगमार्फत सरकारको कार्य कुशलता अभिवृद्धि, सेवाको गुणस्तरमा सुदृढीकरण र शासनमा नागरिक सहभागिता सुनिश्चित गर्ने प्रयत्न गरिन्छ ।
विद्युतीय शासनले खासगरी सार्वजनिक सूचना तथा सेवाको प्रवाह र यीमाथिको नागरिक पहुँचलाई सहज एवं सुदृढ बनाउँछ र निर्णय प्रक्रियामा सरोकारवालाको संलग्नता अभिवृद्धि गर्छ ।
विद्युतीय शासन सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सरकार र बाहिरी जगतबीच अन्तर्क्रियात्मक सम्बन्ध स्थापित गर्ने माध्यम हो । यस्तो सम्बन्ध देहायअनुसार तीन प्रकारको हुने गर्छः
१. सरकार र नागरिकबीच(G2C): E-Citizenship, E-Regestration, E-Transportation,E-Health, E-Education, E-Feedbackआदि,
२. सरकार र व्यवसायिक क्षेत्रबीच (G2B): E-Taxation, E-Licensing, E-Tenderingआदि, र
३. एउटा सरकारी निकाय र अर्को सरकारी निकायवा सरकारका तहबीच (G2G): E-Administration, E-supervision, E-reporting, E-Police, E-Courts  आदि ।
सन् १९९० को सुरुमा सुशासनको अवधारणा विकास भएसँगै सरकारलाई खुला र पूर्वअनुमानयोग्य बनाउन यसको कामकारबाहीमा पारदर्शिता जरुरी हुने ठानियो र विद्युतीय शासनलाई यसैको महत्वपूर्ण औजारका रूपमा लिइयो ।
९० को दशककै उत्तराद्र्धबाट सुरु भएको सूचना प्रविधि क्रान्तिले विद्युतीय शासनको परिकल्पनालाई यथार्थमा रूपान्तरण गरिदियो । दूरसञ्चार, इन्टरनेट र प्रविधिको क्षेत्र तथा स्वरूपमा भएको तीव्र विकास तथा नवीनता, गुणस्तरमा आएको उन्नतता र मूल्यमा व्यापक कटौतीले गर्दा आज विद्युतीय शासन सबै मुलुकको लागि सहजै अवलम्बन गर्न सकिने विधि बनेको अवस्था छ ।
पछिल्लो समयामा एसएमएस, एमएमएसजस्ता मोबाइल सेवाहरू र फेसबुक, ट्विटर, स्काइप, भाइवर, इन्स्टाग्राम, इमो, विच्याटलगायत सयौँ सामाजिक सञ्जालले विद्युतीय शासनलाई थप सहज बनाइदिएका छन् ।
विद्युतीय शासनको महत्व
विद्युतीय शासनले सार्वजनिक क्षेत्रका काम कारबाहीलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित तुल्याएर सरकारलाई खुला र पूर्वानुमानयोग्य बनाउँदै सुशासनको प्रवद्र्धन गर्दछ । यसै सन्दर्भको सेरफेरोमा रहेर यसको महत्वलाई देहायअनुसार उल्लेख गर्न सकिन्छः
-संगठनात्मक संरचना र कार्यप्रणालीमा परिवर्तन
संगठन संरचना परम्परागत पिरामिड आकारबाट चेप्टो आकारमा रूपान्तरित हुन्छ र म्यानुअल कागजमा आधारित कार्यप्रणालीको अन्त्य भई भच्र्युअल (अनलाइन) सेवा प्रवाह प्रणालीको प्रयोग हुन्छ ।
-सरकार–नागरिकबीचको अन्तरसम्बन्धको स्वरूपमा परिवर्तन
विगतको भौतिक उपस्थितिमा आधारित अन्तरसम्बन्धबाट अनलाइनमा आधारित भच्र्युअल सम्बन्धको विकास हुन्छ ।
-निर्णयका तहहरू र ‘रेड टेप’मा कटौती संगठनको आकार चेप्टो हुने हुँदा पदसोपान र निर्णयका तह घट्न गई शीघ्र निर्णय गर्न र कार्यान्वयन गर्न सम्भव हुन्छ ।
-सूचना र सेवामाथिको नागरिक पहुँचमा वृद्धि : अनलाइन सेवाको विस्तारसँगै घरैमा बसीबसी सूचना तथा सेवा लिन सम्भव हुँदा सहजताका कारण तिनमाथि नागरिकको पहुँच वृद्धि हुन्छ ।
-सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि हुन्छ भने सोको लागतमा कटौती हुन्छ । र, कम लागतमा गुणस्तरीय सेवा सम्भव हुन्छ ।
-सार्वजनिक सेवाको उच्च उत्पादकत्व तथा उत्कृष्टता प्राप्त हुन्छ ।
-सार्वजनिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन्छ,
-पारदर्शिताको प्रवद्र्धन भई भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्न सकिन्छ ।
-सेवाप्रतिको नागरिक सन्तुष्टि र सरकारप्रतिको नागरिक विश्वसनीयता बढाउँछ ।
निचोडः
सुशासनका लागि सरकारका काम कारबाहीमा कुशलता र प्रभावकारिता अभिवृद्धि गर्न, नागरिकको सहभागिता बढाउन र पारदर्शिता तथा उत्तरदायित्वको प्रवद्र्धन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग अपरिहार्य छ । यसका लागि विद्युतीय शासन अवलम्बन गर्न आवश्यक पर्ने नीति तथा संरचनाको निर्माण र कार्यान्वयन क्षमता विकास गर्नमा विशेष ध्यान दिइनु पर्ने हुन्छ ।

उद्योग दिवसको सान्दर्भिकता र विद्यमान औद्योगिक समस्या -कृष्ण रिजाल

  • नेपालमा प्रथमपटक उद्योग परिषद्को स्थापना भएको मिति ९ मंसिर १९९२ लाई आधार मानी हरेक वर्ष ९ मंसिरलाई उद्योग दिवस मनाउने घोषणा गरिएको हो । उद्योग दिवसलाई केबल कर्मकाण्डी मात्रै बनाइँदै आएको छ । 
  • उद्योग क्षेत्रमा नीतिगत र कानुनी जटिलता छ । बौद्धिक सम्पत्ति, कालाबजारी, आयात–निर्यात व्यापारलगायत सम्बन्धी कानुन तीन–चार दशक पुराना छन् । भएका नीति र कानुनको पनि कार्यान्वयन भएको छैन । औद्योगिक व्यवसाय ऐनले विभिन्न छुट दिएको छ, तर उद्योगले पाउन सकेका छैनन् । यसर्थ, उद्योग प्रवद्र्धनका लागि नीति र कानुनी सुधार आवश्यक छ ।
  • अहिले उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । त्यसैले कतिपय उद्योग छाडेर व्यापारमा पनि गइरहेका छन् । यसलाई रोक्नुपर्छ । उद्योग सञ्चालनलाई सहज बनाउनुपर्छ । उद्योग भनेको दीर्घकालीन रूपमा कर तिर्ने क्षेत्र पनि हो ।  
  • उद्योग स्थापना, सञ्चालन र खारेजीसम्मका प्रक्रियालाई सरल बनाइनुपर्छ । पूर्वाधारहरू स्थापना गर्नुपर्छ । यस्ता औद्योगिक प्रवर्द्धनका काम नगरेसम्म उद्योग दिवस बनाएर मात्रै केही हुँदैन ।
  • अहिले उद्योग क्षेत्रमा मुख्य चारवटा समस्या छन् । यसमा विद्युत्, अस्थिर नीति, बैंकमा देखिएको लगानीयोग्य तरलताको अभाव र उच्च ब्याजदर अनि पूर्वाधार अभाव पर्दछन् । 
  • उद्योगमा सरकारको नीति पनि अस्थिर छ । कहिले भ्याट फिर्ता सुविधा दिन्छ, कहिले सुविधा कटौती गरिदिन्छ । सरकारले कहिलेसम्म र के कस्ता छुट सुविधा दिने भनेर स्थिर नीति बनाउनुपर्छ ।  
  • औद्योगिक पूर्वाधार अभाव त उद्योगको दीर्घ रोग नै हो । हामीसँग ठूला र पार्यप्त औद्योगिक क्षेत्र नहुँदा उद्योगहरू खुल्न सकेका छैनन् । खानीमूलक उद्योगमा खानीको उपयोगका बारेमा पनि केही समस्या छन् । 
  • नेपालको इतिहास निर्माण भएदेखि नै देश औद्योगिकीकरणको चरणमा प्रवेश नै गरेको छैन । छिटपुट आफ्नै हिसाबले उद्योग स्थापना हुने, नयाँ आउने पुरानो बन्द हुने क्रम पनि चलिरहेकै छ । तर, व्यापक रूपमा उद्योग स्थापना हुने चरणमा हाामी प्रवेश गरेका छैनौँ । औद्योगिकीकरणमा प्रवेशका लागि सबैभन्दा पहिला हाम्रा उत्पादनको लागत घटाउन तथा उत्पादनलाई प्रतिस्पर्धी बनाउन निश्चित समयसम्मका लागि सरकारले विशेष सहयोग गर्नुपर्छ ।
  • पूर्वाधार निर्माण, भन्सार छुट, कर छुट, प्रविधि हस्तान्तरणमा सहयोग, आत्मबल विकास, वित्तीय पहुँच बढाएर हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।  
  • सबैभन्दा महत्वपूर्ण कुरा अद्यावधिक तथ्यांक हो । हाम्रो सरकारसँग उद्योगका बारेमा तथ्यांक छैन ।
http://www.nayapatrikadaily.com/2018/11/25/117957/

डब्लुटिओ पुनर्संरचना कसरी ? -हु बेइजिया

  • अहिले विश्व व्यापार संगठन (डब्लुटिओ) पुनर्संरचनाको बहस चलिरहेको छ । वासिङ्टनले पनि डब्लुटिओको संरचनाको आवश्यकतामाथि जोड दिएको छ । तर, डब्लुटिओको पुनर्संरचनाले अमेरिकाको एकपक्षीयवादलाई किमार्थ पनि प्रश्रय दिनु हुँदैन ।
  • गत शुक्रबार सम्पन्न डब्लुटिओ सम्मेलनमा चीनले पनि डब्लुटिओ पुनर्संरचनाका लागि प्रस्ताव ल्याउने योजनाबारे अवगत गरायो । अमेरिका, जापान र युरोपेली युनियन (इयू) ले पुनर्संरचनासम्बन्धी एउटा प्रस्तावमा सहमति गरेको मिडिया रिपोर्ट बाहिर आइरहँदा चीनले पनि व्यापार संगठनको पुनर्संरचनाबारे प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।
  • डब्लुटिओ पुनर्संरचना तथा सुधारका लागि चीनले सधैँ सहयोगी भूमिका खेल्दै आएको छ । तर, गर्ने भनिएको पुनर्संरचना अमेरिकाको स्वार्थमा मात्र केन्द्रित हुनु हुँदैन । यस्तो पुनर्संरचनाले डब्लुटिओका सम्पूर्ण सदस्य राष्ट्रको चासोलाई सम्बोधन गर्न सक्नुपर्छ ।
  • अमेरिकाले आफ्नो व्यापार स्वार्थलाई मात्र केन्द्रमा राख्ने, तर आफ्नो अर्थतन्त्रचाहिँ खुला नगर्ने हो भने यस्तो प्रयासलाई वास्तविक पुनर्संरचना भन्न सकिन्न । यसले अमेरिकी स्वार्थलाई मात्र प्रतिविम्बित गर्न सक्छ । डब्लुटिओका सदस्य मुलुकको संख्या एक सय ६० भन्दा बढी छ ।
  • यी सबै सदस्यको हैसियत बराबरी छ । यद्यपि, फरक तहको विकास भएका सदस्य राष्ट्र हरेक मुद्दामा सहमत हुन कठिन छ । यसकारण, हरेक सदस्य राष्ट्रका चासोलाई समेट्ने गरी संगठनले सन्तुलित कदम चाल्न सक्नुपर्छ ।
  • विश्व अर्थतन्त्रलाई मजबुत बनाउन डब्लुटिओले सबै सदस्य राष्ट्रको साझा चासोलाई सम्बोधन गर्दै उनीहरूबीचको आर्थिक क्रियाकलाप थप बलियो बनाउनुपर्छ ।
  • अमेरिकाको एकपक्षीयवादलाई बढावा दिने हतियार मात्र डब्लुटिओ बन्ने हो भने यसको अस्तित्वको कारण पनि छिटै समाप्त हुँदै जानेछ । डब्लुटिओ सदस्यमध्ये बहुसंख्यामा विकासोन्मुख सदस्य राष्ट्र छन् ।
  • यसर्थ, अमेरिकाले डब्लुटिओको पुनर्संरचना चाहेकै हो भने उसले विकासोन्मुख राष्ट्रको समर्थन लिन सक्नुपर्छ । संगठनले पनि विकासोन्मुख देशको अधिकार प्रत्याभूत गराउनुपर्छ । आन्तरिक बजार बढेसँगै विकासोन्मुख राष्ट्रहरूले अधिकांश अन्तर्राष्ट्रिय निकायको पुनर्संरचनाको आवाज उठाउँदै आएका छन् ।
  • अमेरिकी एकपक्षीयवादको वकालत गर्ने रूढिवादी संगठन डब्लुटिओ नबनोस् भन्ने चाहना विकासोन्मुख राष्ट्रको छ ।
  • अन्य विकासोन्मुख मुलुकले झैँ चीनले पनि डब्लुटिओका हरेक कार्यलाई सहयोग गर्दै आएको छ । तर, चीनले एकपक्षीयवाद र व्यापार संरक्षणवादको निरन्तर विरोध गर्दै आएको छ । यसर्थ, डब्लुटिओ पुनर्संरचना प्रक्रियामा विश्वको सबैभन्दा ठूलो व्यापारिक राष्ट्र चीनलाई बेवास्ता गर्न सकिन्न ।
  • वर्तमान विश्व व्यापार प्रणाली एकपक्षीयवाद र व्यापार संरक्षणवादको दबाबमा छ । यो दबाब डब्लुटिओमा पनि छ भन्ने बुझ्न सकिन्छ ।
  • यद्यपि, विश्वमा आर्थिक अस्थिरता तथा अशान्ति छाउन नदिन डब्लुटिओले आफ्नो विवेक र क्षमताको सर्वोत्तम उपयोग गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

‘लेभियथन’ प्रधानमन्त्री-अच्युत वाग्ले

  • प्रधानमन्त्री केपी ओलीले पद सम्हालेको डेढ महिना नबित्दै महान्यायाधिवक्ता कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका आधा दर्जन राष्ट्रिय महत्त्वका कार्यालयलाई आफ्नो कार्यालय मातहत ल्याउने निर्णय गरे । भर्खरै उनले राष्ट्रिय गौरवका आयेजनाहरू पनि आफ्नै कार्यालय अन्तर्गत ल्याउने आदेश दिएका छन् ।
  • जबकि यस्ता अयोजनाको सर्वेसर्वा प्राधिकार पाएको राष्ट्रिय लगानी बोर्ड उनकै अध्यक्षतामा छ । सारमा उनले अहिले नै असरल्ल प्रधानमन्त्री कार्यालयलाई आकार र शासकीय अधिकारको(अति) प्रयोगका दृष्टिमा दानवीय वा ‘लेभियथन’ स्वरुप दिने अभिष्ट राखेका छन् ।
  • बेलायती दार्शनिक थोमस हब्सले सन् १६५१ मा प्रकाशित कालजयी पुस्तकमार्फत राज्यको ‘लेभियथन’ चरित्रको अवधारणा प्रस्तुत गरेका हुन् । यो अवधारणा अनेकौं फरक कोणबाट अझै सनातन बौद्धिक बहसमा छ । उनले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने शासनलाई राजतन्त्र, कुलीनतन्त्र र लोकतन्त्र तीन वर्गमा बाँडे ।
  • सामाजिक सम्झौता सिद्धान्तका प्रणेता उनले बाह्रवटा शासकीय सूत्र पनि सिफारिस गरेका छन् । ‘लेभियथन’को विम्ब आफैंमा भयावह हो । बाइबलमा यसलाई अत्यन्तै शक्तिशाली समुद्री नागको रूपमा चित्रण गरिएको छ, वैदिक साहित्यमा इन्द्रले वध गरेको ‘वृत्र’ अथवा ‘अही’जस्तै ।
  • खासगरी ‘सबैले सबैसँग’ युद्ध गरिरहेको हब्सको जीवनकालमा भावनात्मक राष्ट्रवादलाई उजागर गरेर सार्वभौमको रक्षाका लागि राज्य ‘लेभियथन’जस्तै शक्तिशाली हुनुपर्ने सैद्धान्तिक विकल्प उनले प्रस्ताव गरे । राज्यका सबै महत्त्वपूर्ण निर्णयको अधिकार, तीनमध्ये जुनसुकै चरित्रको सत्ता भए पनि, मुख्य शासकमा केन्द्रित हुनुपर्छ भन्ने उनको (एउटा) दलिल हो ।
  • भावनात्मक राष्ट्रवादमार्फत शासकीय अधिकारको केन्द्रीकरण गर्ने प्रवृत्तिको अध्ययन सान्दर्भिकता अहिले अझै बढेको देखिंँदैछ । विश्वमा पुनरुदय भएजस्तो देखिएको दक्षिणपन्थी राष्ट्रवाद यही ‘लेभियथनको कृपा’ सिद्धान्तको वरिपरि घुमेको छ ।
  • अमेरिकाका डोनाल्ड ट्रम्प, भारतका नरेन्द्र मोदी, टर्कीका रिचेप एर्दोगान र नेपालका केपी ओली प्रकृतिका शासकका राज्यलाई ‘लेभियथन’ बनाउने र राज्यको सेवालाई जनतामा किस्ताबन्दीमा ‘कृपापूर्ण वितरण गर्ने’ सोच त्यसको उदाहरण हो ।
शासकीय औचित्य
  • प्रधानमनत्री ओलीलाई मुलुकका प्रभावशाली सबै निकायआफ्नै कार्यालय मातहत ल्याएर भीमकाय बनाउने योजना अकारण दोहोरिएर आइरहेको छैन । यो केन्द्रीकरण गर्ने निर्णयको अभिष्ट प्रस्ट्याउने सबभन्दा निकट सैद्धान्तिक चस्मा सायद हब्सको ‘लेभियथन’ नै हो ।
  • सकेसम्म धेरैवटा निर्णायक विभाग र निकायहरू प्रधानमन्त्रीको कार्यालय अन्तर्गत ल्याउने कसरतको परोक्ष अर्थ के निस्किन्छ भने यी बाहेकका अन्य विभाग, निकाय वा कार्यालयहरू निर्वाचित प्रधानमन्त्रीको स्वाभाविक नेतृत्व अन्तर्गत छैनन् । मानौं, गृह मन्त्रालयको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान आदि प्रधानमन्त्रीको क्षेत्राधिकार बाहिर थिए ।
  • अझै मन्त्रीहरूले यस्तो अर्थ पनि निकाल्न सक्छन् : प्रधानमन्त्रीले छानेका ती निकायहरू आफू अन्तर्गत राखिसकेपछि बाँकी सरकारी संरचनामा उनको चासो रहँदैन । अब त्यहाँ जे गर्ने पनि छुट छ ।
  • यो कसरतको प्रतिरक्षामा सुशासन, अनुगमन र विकासमा प्रभावकारी परिणाम दिने तर्क अगाडि सार्न नसकिने होइन । तर व्यावहारिक दृष्टिले हेर्दा केन्द्रीकरणको यो अपरिपक्व कदम कुनै उद्देश्य–लक्षित देखिँंदैन । एक, प्रधानमन्त्री अहिले नै डेढ सयजति संरचना, समिति, विश्वविद्यालय वा संस्थाको (प्राय:) पदेन प्रमुख छन् ।
  • तीमध्ये नब्बे प्रतिशतलाई प्रधानमन्त्रीको ‘लेभियथन’ छायाबाट बाहिर ल्याउनचाहिँ अपरिहार्य भएको लामो समय भइसक्यो । दैनिक प्रशासन नै राम्ररी चलाउन हम्मे परेका प्रधानमन्त्री जसले प्रादेशिक र स्थानीय तहमा कर्मचारी व्यवस्था गर्नसकेका छैनन्, उनी थप बोझ धान्न सक्षम छन् भनेर पत्याउने आधार देखिँदैन ।
  • दोस्रो, प्राविधिक विशेषज्ञता आवश्यक पर्ने राष्ट्रिय गौरवका आयोजना समेतलाई कार्यान्वयन, अनुगमन र निर्णयमा सघाउने संयन्त्र प्रधानमन्त्रीको कार्यालयसँग छैन । तेस्रो, महान्यायाधिवक्ता कार्यालयजस्ता संवैधानिक हैसियतका निकाय (यद्यपि यसको एउटा भूमिका प्रधानमन्त्रीको कानुनी सल्लाहकारकै हो) र छुट्टै ऐन वा गठन आदेशद्वारा अस्तित्वमा रहेका नियकाहरूको वैधानिक हैसियत पुन: परिभाषित नभई कार्यालयहरूको जिम्मेवारीमात्र सार्दा थप अराजकता बाहेक केही हात लाग्दैन ।
  • र यो थप कसरत अनावश्यक किन हो भने राज्यको तत्काल प्राथमिकतामा पर्नुपर्ने तीभन्दा जटिल विषय त्यत्तिकै थाँती छन् । चौथो, कुन संस्थालाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउन सकिन्छ भनेर निरन्तर छामछुम गरिरहने प्रवृत्ति जुन देखिएको छ, त्यसले यो सम्पूर्ण प्रक्रियाकै खराब नियत देखाउँछ ।
  • जस्तै– महान्यायाधिवक्ता कार्यालयले सरकारवादी मुद्दा कसलाई लगाउने वा नलगाउने निर्णय सबुद प्रमाणका आधारमा भन्दा प्रधानमन्त्री कार्यालयको आदेशमा गरोस्, सम्पत्ति शुद्धीकरण आयोगले कसको सम्पत्तिमाथि छानबिन गर्ने वा नगर्ने निर्णय प्रत्यक्षत: प्रधानमन्त्रीको राजनीतिक स्वार्थका आधारमा गरोस् अथवा ठूला अयोजनाहरूको ठेक्का बुढीगण्डकी गेझुवा कम्पनीलाई दिएको शैलीमा निरन्तर रहोस् भन्ने चाहना ती निकायहरूको छनोट प्राथमिकताले देखाउँछ ।
  • यो अनावश्यक सक्रियता समकालीन विश्वका स्थापित शासकीय मान्यता र अभ्यास विपरीत छ । विश्व प्रसिद्ध पुस्तक ‘स्मल इज ब्युटिफुल’का लेखक ई. एफ शुमाखरले भनेका छन् : ‘सधैं अपवादमा शासन गर्ने सरकार नै असल सरकार हो ।
  • अपवादका विषयहरूको अपवाद बाहेक राज्यका मातहतका निकायहरूकलाई तिरस्कारबाट बचाउनु र प्रबद्र्धित गर्नुपर्छ । यसको अर्थ यस्तो अपवादको प्रस्ट र पर्याप्त परिभाषा गरिनुपर्छ, जसले गर्दा दीर्घकालीन उद्देश्यका निकायहरू (क्वासी फर्मस) ले राज्यले चित्तबुझ्दो काम गरिहरेको छ वा छैन भन्ने द्विविधारहित ढंगले जानकारी पाउन् (सन् १९७३, पृ. १७२) ।’
  • यस्ता निकायलाई थप जिम्मेवारी बहन गर्ने बनाउने सन्दर्भमा पनि शुमाखर प्रस्ट छन्, ‘जवाफदेहिताका नाममा धेरै मापदण्डहरू बनाइयो भने मातहतका प्रत्येक इकाइले कुनै प्रावधान पालना गरिरहेको हुँदैन, अपवादको शासनको अवधारणा ठट्टा बन्छ र यस्तो निकाय कसरी चलिरहको छ भन्ने नै निर्णयक आफैंलाई पक्का जानकारी हुँदैन’ (ऐ.) ।
  • यही कारण हो, अहिले भइरहेका नेपाल सरकारका बहुसंख्यक निर्णयबारे निर्णायकहरूलाई नै ठ्याक्कै के भइरहेको छ भन्ने थाहा नहुने अवस्था । प्रधानमन्त्री कार्यालयलाई ‘लेभियथन’को रूप दिने बलजफ्तीको औचित्य पुष्टि गर्न यसका अभियन्ता सक्दैनन् ।
सैद्धान्तिक असंगति
  • हब्सको भावनात्मक राष्ट्रवाद नि:सृत ‘लेभियथन’ शासनप्रति प्रधानमन्त्री ओलीको घातक आकर्षण प्रस्टै छ । तर यस्तो राज्य अब असंगतिपूर्ण भइसकेको छ ।
  • राष्ट्रवादलाई राजनीतिक अस्त्र बनाउने कसरत जुन गतिमा भएको छ, त्यसको विश्वव्यापी आलोचना पनि उत्तिकै कडा छ । थप तार्किक छ । गतसाता मात्रै फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले दर्जनौं राष्ट्रप्रमुखहरूको उपस्थितिमा अमेरिकी राष्ट्रपतिकै अगाडि भने, ‘राष्ट्रभक्ति (प्याट्रियोटिजम) राष्ट्रवाद (न्यासनालिजम) को ठ्याक्कै विपरीत हो । राष्ट्रियताचाहिँ राष्ट्रभक्तिमाथिको विश्वासधात हो ।’
  • उसो त हब्सको ‘लेभियथन’ सिद्धान्त जर्मनीमा नाजी प्रकृतिका अत्याचारी राज्य निर्माणको ऊर्जा बनेको आरोप आठ दशकअघि नै लागेको हो । कार्ल स्मिड्थ (पुस्तक : दी लेभियथन इन दी स्टेट थ्योरी अफ थोमस हब्स : मिनिङ एन्ड फेलियर अफ अ पोलिटिकल सिम्बोल, १९३८) मा जनताको साझेदारीपूर्ण सावभौमसत्ताको अवधारणा अगाडि राखे ।
  • विशेषत: संघीय प्रणलीमाथिको अर्थराजनीतिक अध्ययन फराकिलो र गहिरो हुँदै जाँदा यो ‘लेभियथन’ सिद्धान्त विपरीत ‘स्वशासित’ राज्यहरूको स्थपित हुने क्रम बढेको छ ।
  • अर्थशास्त्रीहरू ज्योफ्री ब्रनान र जेम्स बुकानन (जर्नल अफ पब्लिक इकोनोमिक्स, नं. ८, १९७७) ले मूलत: कर संकलनमा प्रवृत्त ‘लेभियथन’ राज्य स्थापना गरेपछि तिनलाई नियन्त्रण गर्न नसकिने निष्कर्ष अघि सारे ।
  • नेपालको वर्तमान अर्थराजनीतिको सुझबुझका लागि यी निष्कर्षहरू महत्त्वपूर्ण छन् । पहिलो, ओलीको ‘लेभियथन’ मार्ग सामान्य शासकीय अपेक्षाका दृष्टिले पनि सकारात्मक अभ्यास होइन । यसलाई जतिसक्दो चाँडो सच्याउनुपर्छ ।
  • दोस्रो, मुलुकका महत्त्वपूर्ण अर्धन्यायिक प्रकृतिका निकाय समेतलाई प्रधानमन्त्रीको आदेशमा चलाउन केन्द्रीकृत गरिनु नेपालले कार्यान्वयन प्रयास भइरहेको संघीयताको मर्म र आवश्यकता विपरीत हो ।
  • तेस्रो, मुलुकको प्रमुख कार्यकारीको कार्यालयलाई यति बोझिलो बनाएर प्रभावकारी हुन असम्भव छ । त्यसमाथि यसले राजनीतिक आग्रहका साथ मात्र काम गर्‍यो भने त्यो शासनबाट अपेक्षित (आर्थिक) उपलब्धि प्राप्त हुन सक्दैन । र चौथो, अहिले सरकार कर असुलीमा भएको उपलब्धिलाई जसरी गौरवका साथ प्रचार गर्न उद्यत छ, त्यो नै ‘लेभियथन’ चरित्रको वास्तविक अनुहार हो ।
  • के प्रस्ट छ भने यस्ता अनावश्यक र अर्थहीन काममा संघीय सरकारले समय खेर फाल्दा राष्ट्रले अवलम्बन गरेको संघीय शासन प्रणालीमै ठूलो भ्वाँङ पर्दैछ । बढ्दो आयातमा आधारित राजस्व माथिको गौरवले अर्थतन्त्रको जगै भत्कने खतरा बढेको छ । र सिङ्गो समृद्धिको सपनालाई प्रधानमन्त्रीले अँगालेको ‘लेभियथन’ले नै निल्दैछ ।
https://www.kantipurdaily.com/opinion/2018/11/19/154259460390166830.html

Tuesday, November 27

सार्वजनिक प्रशासनको बैठक संस्कृति -नारायणप्रसाद शर्मा दुवाडी

बैठक के हो ?
  • दुई वा दुईभन्दा बढी व्यक्तिको सहभागितामा समूह गतिशीलता र समूह कार्यको अवधारणा आत्मसात् गर्दै सिनर्जी पैदा गर्न गरिने एक प्रशासनिक विधिलाई बैठक भनिन्छ । साथै, योग्यता, क्षमता, सीप र धारणाको समपूरणमार्फत नतिजा हासिल गर्ने वा समस्या समाधान गर्ने उत्तम विधि पनि हो बैठक ।
  • एक विद्वान्को भनाइअनुसार बैठक कुनै पनि संस्थाको जीवनको एक अभिन्न अंग हो । सफल र प्रभावकारी बैठकको सञ्चालनमै व्यवस्थापनको सफलता निर्भर गर्छ । तर, अर्का एक विद्वान्ले भनेका छन्– ठूला संस्था वा कम्पनीका हाकिम आफूलाई व्यस्त देखाउन पनि बैठक गर्छन् र मूल्यवान् समय र साधनस्रोत नष्ट गर्छन् ।
  • बैठक वा मिटिङ सार्वजनिक प्रशासनको दैनिकीको सबैभन्दा महत्वपूर्ण कार्यविधि हो ।
  • बैठकको माध्यमबाट सार्वजनिक प्रशासनका एकभन्दा बढी अधिकारी र निकायबीच अन्तर्सम्बन्ध र समन्वयात्मक क्रिया प्रभावकारी तुल्याउन सकिन्छ । यस्तो समन्वयात्मक प्रयासबाट मात्र सार्वजनिक सेवा, सुविधा प्रवाह मितव्ययी र छिटोछरितो हुन गई प्रशासनले अपेक्षित नतिजा हासिल गर्न सक्छ ।
  • विवादित विषयवस्तुको निक्र्योल, सरोकारवालाबीच जिम्मेवारी बाँडफाँड एवं सामूहिक निर्णयका लागि बैठक महत्वपूर्ण व्यवस्थापकीय औजार हो । बैठकमा हुने संवाद छलफल र पुस्ट्याइँबाट कतिपय अप्ठयारा समस्या पनि छिटो, छरितो र कार्यान्वयनयोग्य तवरबाट समाधान गर्न सकिन्छ ।
  • उच्चस्तरको समन्वय स्थापित गरी छिटो, छरितो, प्रभावकारी र मितव्ययी निर्णय र सोको कार्यान्वयन सुनिश्चततामा बैठकको उपादेयता निर्भर गर्छ ।
प्रभावकारी बैठक कस्तो हुनुपर्छ ?
  • बैठकलाई प्रभावकारी तुल्याउन बैठकपूर्व निश्चित उद्देश्य र एजेन्डा निर्धारण गरी आवश्यक र उपयुक्त सहभागी चयनसाथ तोकिएको समयमा सुरु र अन्त्य गर्नु जरुरी हुन्छ ।
  • एकै व्यक्तिले बैठकलाई बन्धक बनाउने, अनावश्यक कुराकानी गर्ने र विद्युतीय उपकरण र ग्याजेट प्रयोग गर्नेजस्ता क्रियाकलापले बैठकको उद्देश्य प्राप्त गर्न सकिँदैन ।  
  • एजेन्डामा आधारित बैठक, बैठकको सुसञ्चालन र बैठकका निर्णय कार्यान्वयन अनुगमन सफल बैठकका पूर्वसर्त हुन् । 
  • प्रभावकारी बैठकका प्रमुख सात चरण (स्पष्ट उद्देश्य र एजेन्डा, उपयुक्त र सानो संख्याको सहभागिता, कार्यसूचीमा आधारित, निर्दिष्ट समय पालना, सदस्यको समान र वस्तुपरक सहभागिता, मोबाइल वा ग्याजेट प्रयोगमा बन्देज र निर्णय कार्यान्वयनको फलोअप) हुन्छन् । यी चरणको उचित अवलम्बन भएका बैठकबाट मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ ।
बैठकका समस्या र विकृति
  • प्रशासनका उच्चपदस्थ अधिकारीको ५० प्रतिशतभन्दा बढी समय बैठक र भेटघाटमा व्यतीत हुने गरेको  छ । 
  • सार्वजनिक क्षेत्रको समग्र नतिजा र जनमानसमा रहेको अनुभूतिलाई सूचकका रूपमा मान्दा सार्वजनिक प्रशासनमा हुने बैठकको सफलता दर कमजोर रहेको सहजै अनुमान गर्न सकिन्छ ।
  • नेपालको प्रशासनमा किन परिणामको हिसाबले यति धेरै असफल बैठक हुन्छन् भन्ने विषयको खोजी गरिनु आवश्यक छ । विभिन्न ऐन, कानुन, निर्देशिका तथा निर्णयबाट कार्यादेशसहित गठित समिति वा कार्यदल आदिको तोकिएबमोजिम हुने बैठक औपचारिक हुन् ।
  • आवश्यक विषयवस्तुका अलावा जानेको र आफूलाई लागेको विषयको बेलिविस्तार लगाउन रुचाउने सहभागीका कारण पनि बैठकहरू भद्दा हुने गरेका छन् ।
  • समयको पालनामा गम्भीर नदेखिनु सबैभन्दा ठूलो विकृति हो । बैठकमा मात्र होइन, समग्र काम–कारबाही र व्यवहारमा निर्दिष्ट समय पालना र यसको व्यवस्थापन हुन नसक्दा सार्वजनिक व्यवस्थापनका कैयन् काम–कारबाही एक किसिमले अस्तव्यस्त हुन पुगेको अवस्था छ ।
अन्तर्निहित दुर्गुण
  • बैठक वा कुनै पनि प्रशासनिक विधि र व्यवहारको असल र खराबको ज्ञान नेपालको प्रशासन जगत्मा नभएको होइन । तैपनि, व्यवहारमा यो प्रदर्शित हुन नसक्नु बिडम्वनापूर्ण अवस्था हो । कुनै पनि असल विधि र व्यवहार प्रदर्शन गर्न नैतिकता, इमानदारी र जवाफदेहिताजस्ता अन्तर्निहित गुण आवश्यक पर्छन् ।
  • यी तत्वको बोध र आन्तरिकीकरण हुन नसक्दा बैठक संस्कृतिमा मात्र होइन, प्रशासनका अन्य पक्षमा पनि विकृतिले जन्म लिने गरेको पाइन्छ । 
  • आफू के गर्दै छु र केका लागि गर्दै छु भन्ने विषयको हेक्का नराख्नु आफैँप्रति अविश्वास गर्नु हो ।
कसरी सुधार्ने बैठक संस्कृतिलाई ?
  • सर्वप्रथम बैठकका माध्यमबाट उचित समन्वय गर्न सकिने कुराको बोध हुन जरुरी छ ।
  • नतिजालाई दिमागमा राखेर बैठक तय गर्न सकियो भने मात्रै बैठकको महत्व सिद्ध हुन सक्छ । यसका लागि बैठक तय, सञ्चालन, निर्णय कार्यान्वयन र मूल्यांकन सबै चरणमा रहेका विकृति अन्त्य गर्नु आवश्यक हुन्छ ।
  • समय पालनालगायत ग्राउन्ड रुल र कार्यविधि तय गरी कडाइसाथ लागू गर्नुपर्छ । नेतृत्व तहबाटै बैठकको आवश्यकता र उपादेयताका आधारमा प्राथमिकीकरण र छनोट गरी बैठकको संख्यामा ठूलै कटौती गर्नु आवश्यक छ ।
  • बैठक मूलतः सञ्चारको एक विधि पनि हो । विद्युतीय सञ्चार, इमेल, इन्टरनेट, एसएमएस, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाललगायत विविध सञ्चार साधनको प्रयोग कैयन् बैठकको विकल्प हुन सक्छन् ।
  • सार्वजनिक निकायमा हुने आमबैठकमा उल्लिखित सात चरणको पालना कमै मात्र भएको पाइन्छ । आफूलाई व्यस्त देखाउन, कतिपय आफ्ना कमजोरी लुकाउन वा निर्णयको सम्भावित अपजस अरूको टाउकोमा पनि बोकाउने आशयले पनि यहाँ बैठक गरिन्छन् ।
http://www.nayapatrikadaily.com/2018/11/25/117933/

पेन्सनमाथि वृद्धभत्ताः नीतिगत लुट -जैनेन्द्र जीवन

  • विदेशबाट पेन्सन पाउनेहरूमा भारतीय सेनाबाट सेवा निवृत्तहरूको संख्या सबभन्दा धेरै छ। उनीहरूलगायतबेलायती सेना वा सिङ्गापुर, ब्रुनाइ जस्ता देशका प्रहरी फोर्समा सेवा गरीअथवा अन्तर्राष्ट्रिय नियोगहरूमा काम गरी मासिक २० हजारदेखि १ लाख रुपियाँभन्दा बढीसम्मपेन्सन बुझ्नेलाई पनि सिद्धान्ततः केही पनि आम्दानी नहुने वृद्धवृद्धालाई दिइने भत्ता दिने निर्णय गर्नु, त्यो पनि उनीहरूले मागै नगरिकन,भोटब्यांक राजनीति हो। 
  • विदेशी पेन्सन पाइरहेकाहरूको वृद्धभत्ता रोक्का गर्ने सिलसिलामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ४५ हजार व्यक्ति पहिचान गरी तिनको नाम वृद्धभत्ता पाउने सूचीबाट काटिसकेको रहेछ। जसबाट (यो निर्णय नभएको भए) प्रतिव्यक्ति २४ हजारका दरले वार्षिक १ अर्ब ८ करोड राष्ट्रको बचत हुन्थ्यो।१ लाखभन्दा बढी त्यस्ता व्यक्तिको नामसूचीबाट काटिने क्रममा रहेछ। जसबाट तनेपाली जनताले तिरेको कर रकमको ३ अर्बै जोगिने थियो बर्सेनि। 
  • हाल मुलुकमा विभिन्न शीर्षकका सामाजिक सुरक्षामा मासिक ४ सयदेखि ३ हजारसम्म भत्ता पाउनेको संंख्या करिब २६ लाख छ। जसका लागि सरकारले चालु आर्थिक वर्षमा मात्र ४१ अर्ब १५ करोड रुपियाँ विनियोजन गरेको छ।
  • कुरा जुनसुकै वादको गरे पनि र कम्युनिस्ट पार्टीको सरकार भएपनि हामीले अवलम्बन गरेको अर्थप्रणाली भनेको संसारैभर प्रचलित पुँजीवादी प्रणाली नै हो। हो, पुँजीवादमा असमानता कम गर्न सकिँंदैन तर बढाउने काम कम्युनिस्टको सरकारले गर्न हुन्थेन नि।
  • राजस्वबाट तलबभत्ता जस्ता चालु खर्चका लागि छुट्टयाएर बचत हुने जुन रकम हुन्छ, त्यो बर्सेनि झन् झन खिँइदै गएको छ। 
  • संविधानले माध्यमिक तहसम्मको निःशुल्क शिक्षादेखि निःशुल्क आधारभूत स्वास्थ्यसेवाको हक, बेरोजगार सहायता(भत्ता)को हकदेखि सामाजिक न्याय र सामाजिक सुरक्षाको हकसम्म हरेक कुरालाई राज्यमाथि व्ययभार हुने मौलिक हक मानेको छ। 
https://nagariknews.nagariknetwork.com/news/62879/

काठमाडौँको माटोमा तरलीकरण - प्रवीण आचार्य

  • भूकम्पपश्चात् नवनिर्माणको कार्यले तीव्र्रता पाइरहेको र आम जनमानसमा पनि बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको पाइन्छ। हाल स्थानीय तहहरूमा नक्सा पासपश्चात् मात्र नयाँ संरचना निर्माण गर्न पाइने नियम लागू हुँदै गइरहेको छ।
  •  तरलीकरणको प्रभाव अवमूल्यन गर्दै बनाइएका संरचनाहरू (निश्चित क्षेत्रहरूमा) जोखिमयुक्त हुने देखिन्छ।
  • हाल ठूला संरचना निर्माण गर्दा मात्र माटो परीक्षण गर्ने र परीक्षणबाट पनि माटोको भारवहन क्षमता मात्र पत्ता लगाउने गरिएको छ।
https://nagariknews.nagariknetwork.com/news/62878/

Monday, November 26

न्यायिक पद्धतिका विचलन-विनोदमोहन आचार्य

  • भनिन्छ, विधिको शासन लोकतन्त्रको धमनी हो, न्यायिक स्वतन्त्रता लोकतन्त्रको जीवन बुटी हो । संविधान, मौलिक हक वा मानव अधिकारको संरक्षण एवं संवर्द्धनमा न्यायपालिकाको भूमिका अहम् रहन्छ ।
  • त्यसैले न्यायिक स्वतन्त्रतालाई संविधानवादको एक पूर्वसर्तका रूपमा लिइने गरिन्छ । राज्य सञ्चालनका सन्दर्भमा राज्यका तीन महत्त्वपूर्ण अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) को आआफ्नै भूमिका र महत्त्व छ । यी अंगमध्ये न्यायपालिका स्वतन्त्र र सक्षम रहनु उत्तिकै अपरिहार्य मानिन्छ ।  
  • राजनीतिको एउटा कार्यदिशा सुशासन कायम गर्नु हो । राज्यको महत्त्वपूर्ण अंग न्यायापालिकालाई सङ्‍लो, सबल र सक्षम तुल्याउने दायित्व र कर्तव्य सरकार एवं राजनीतिकर्मीको पनि हो ।
  • स्वतन्त्र, सक्षम र प्रभावकारी न्यायपालिकाको स्थापना र न्यायिक सुदृढीकरण अपरिहार्य छ । न्यायपालिकासँग आबद्ध कुनै अवयव असफल हुनु भनेको समग्र न्यायपालिका असफल हुनु हो । न्यायपालिका असफल हुनु हाम्रो न्याय प्रणाली नै हार्नु हो । न्याय प्रणाली हारे अन्ततोगत्वा संविधान फेल खान्छ, लोकतन्त्र धरापमा पर्छ ।
https://www.kantipurdaily.com/opinion/2018/11/25/154311141052247214.html

बहसमा लोकतन्त्र -मेखराज परियार

  • संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, विधिको शासन, समानता र समावेशितासहितको सविधान 
  • तत्कालीन समयमा शक्ति रहेका पक्ष वा स्वार्थ समूहबीच लेनदेन वा सम्झौतामा बन्ने राजनीतिक दस्तावेज नै संविधान हो। 
  • संविधान निर्माण र घोषणामा भने त्रुटि हुन पुग्यो। लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानता, विधिको शासन, स्वतन्त्रता जस्ता विषय संविधानको अपरिवर्तनीय धारामा राखिनुपथ्र्याे। 
  • लोकतन्त्रबिना समानता, समावेशीकरण, बराबरी, हिस्सेदारी प्राप्त हुँदैन। 
  • नेपालको अस्तित्व स्थापित हुँदा गैरहिन्दुहरूको शासन र बसोबास थियो। 
  • नेपाल राष्ट्र सबै धर्म सस्कृति, जातजाति, भाषा, मान्यता र परम्परालाई स्वीकार गर्ने र सम्मान गर्ने सहिष्णु नेपाल हो। 
  • बहुमतका नाममा जनतामाथि शासन गर्ने तर विकल्प दिन नसक्दा निरासा छाउँछ। 
  • सरकार, संसद् र नेतृत्वकर्ताले लोकतन्त्रमा सबै समस्या, असन्तुष्टि विवाद र द्वन्द्वको सम्बोधन र व्यवस्थापन गर्न सक्छ भनी प्रमाणित गर्न जरुरी छ। 
  • भ्रममा बाँच्नु जनताको हक भनिएला यद्यपि भ्रमबाट मुक्त गर्नु राज्य, लोकतन्त्रवादी, सरकार सबैको दायित्व हो।

समावेशी विकास : के र कसरी? -गोपीनाथ मैनाली

आर्थिक वृद्धिलाई मात्र विकास ठान्ने परम्परागत अर्थराजनीतिक दृष्टिकोणमा परिवर्तन आई विकासलाई  सामाजिक, आर्थिक र वातावरणीय आयामबाट हेर्ने विस्तृत दृष्टिकोण स्थापित भएको छ। सन् असीको दशकबाट विकास र वातावरणबीचको सहसम्बन्ध खोजियो भने अहिले चक्रीय विकासको अवधारणा विश्वव्यापी भएको छ, जसले उत्पादनका साधनको निरन्तर उपयोगलाई जोड दिन्छ। नब्बेको दशकमा मानव आकृतिसहितको विकास र आर्थिक वृद्धि र समन्यायबीचको सम्बन्ध खोजियो, जसलाई मानव विकास भन्न थालियो। त्यस्तै समकालीन विकास व्यवस्थापनमा निकै वजनदार मान्यताका रूपमा समावेशी विकास आएको छ। तर समावेशी विकासलाई आआफ्नै सन्दर्भ र सजिलोको अर्थमा बुझ्ने गरिएको छ, आग्रह र अस्पष्टतामा बुझ्ने गरिएको छ। जसले यसका मर्म र अन्तर्यलाई सम्बोधन गर्दैन। यसर्थ यस लेखमार्फत समावेशी विकासका विविध आयाममाथि प्रकाश पार्ने प्रयास गरिएको छ।
समावेशी विकासका तीन आयाम छन्, सामाजिक समावेशिता, वातावरणीय समावेशिता र सम्बन्धपरक समावेशिता। पहिलो आयाम सामाजिक समावेशिताको जग भनेको मानव अधिकार, सामाजिक न्याय, पुनर्वितरण, सन्तुलित विकास, वैयक्तिक क्षमताको विकास र पहिचान एवं स्वामित्वबोधको स्थापना हो। अल्पविकसित मुलुकमा सामाजिक समावेशितालाई सामाजिक पक्षबाट मात्र बुझ्ने गरिन्छ। सर्वसाधारण पनि सामाजिक न्याय, पहिचान र सहभगितालाई समावेशिताका अर्थमा बुझ्न रुचाउँछन्, यो सजिलो पनि छ र केही हदमा यसले समावेशी विकासलाई आधार पनि दिन्छ, तर विकासलाई सामाजिक आयामबाट बुझ्न र संस्थागत गर्न यति भनेर पुग्दैन। विकासविद्हरू सामाजिक समावेशितालाई पाँच सिद्धान्तका आधारमा हेर्नुपर्ने आग्रह गर्छन्। 
  • पहिलो, विकासका अवसर एवं प्रतिफलहरूको समन्यायिक वितरण, 
  • दोस्रो विकास प्रक्रियामा सीमान्तीकृतहरूको सहभागिता, 
  • तेस्रो, न्यूनतम सामाजिक आवश्यकताको सुनिश्चितता, 
  • चौथो, सीमान्तीकृत एवं विपन्न जनताको क्षमता विकास र 
  • पाँचाैं सीमान्तीकृतहरूको शासकीय क्रियाकलापमा सार्थक सहभागिता। 
x
विकासका प्रक्रियाहरूले यी पाँच सर्त पूरा गरेपछि मात्र समावेशी विकासको सामाजिक आयाम पूर्ण हुन्छ।
समावेशी विकासको दोस्रो आयाम वातावरणीय समावेशिता हो, जसको जगमा स्थानीय स्रोत साधनमाथि स्थानीयको पहुँच र स्थानीय वातावरणीय प्रणाली (लोकल इकोसिस्टम) को संरक्षण हुन्छ। अर्थात्, जसले पर्यन्तसम्म इकोसिस्टम सर्विसेस र मानव सहायता प्रणालीलाई बचाइराख्न सक्छ। किनकि प्रकृति सीमित छ, वातावरणले उपलब्ध गराउने सेवाहरू निकै सीमित छन्। प्रकृति र मानवबीच सहसम्बन्ध नराखे विकासको कुनै अर्थ रहँदैन। त्यसैले वातावरणीय समावेशिता भनेको सबै तहमा मानवीय, जाति–प्रजाति र वातावरणीय प्रणालीबीचको दह्रिलो सहसम्बन्ध हो। यसले पहिलो स्थानीय (विशेषतः विपन्न र सीमान्तीकृत) लाई जीवन निर्वाहका लागि स्थानीय पर्यावरण प्रणाली सुरक्षित राख्न जोड दिन्छ। दोस्रो, जोखिममा रहेका वर्गमा जलवायु परिवर्तन जस्ता वातावरणीय मौन सङ्कटबाट रक्षाकवच दिनुपर्छ भन्छ। तेस्रो भूमि, पानी, भौगर्भिक सम्पत्तिजस्ता सीमित प्राकृतिक स्रोतको तीव्र दोहन र अविवेकी उपयोगलाई व्यवस्थित गरी विपन्न सर्वसाधारणमा पहुँच सुनिश्चित गर्नुपर्ने मान्यता राख्छ। यी कार्य गर्नका लागि (क) जैविक विविधता सेवा (इकोसिस्टम क्यापिटल सर्विस) कायम गर्न सकिने नीति संरचनाको व्यवस्था, (ख) सामूहिक अधिकार, जिम्मेवारी र जोखिम वहन पद्धति अवलम्बन, (ग) जलवायु परिवर्तन एवम् वातावरणीय जोखिमप्रति अनुकूलन क्षमता विकास, (घ) विकास, व्यापार र लगानी सहायतामा वातावरणीय संवेदनशीलताको सम्बोधन गर्ने विधि र संयन्त्र उपयोगमा सरोकारवालाको अपनत्व विस्तार जस्ता कार्य अपेक्षित छन् भन्ने मान्यता राख्छ। मानिस जन्मदेखि मृत्युसम्म आमा पृथ्वीमाथि (उनका सिर्जना प्राणी र वनस्पतिमाथि) भार पार्छ र यो क्षमता प्रत्येक मानिसमा समान छ। त्यसैले मानव जीवनको, अझ मानव सभ्यताको सुरक्षाका लागि पनि प्रकृति, मानव र विकासको सहसम्बन्ध चाहिन्छ। दिगो विकास लक्ष्यले भनेको ‘प्लानेट–पिपुल–प्रोस्पेरिटी’ यसैका लागि हो। अन्तर्राष्ट्रिय मुद्रा कोषकी निर्देशक क्रिष्टिने लेगाडंले ठीकै भनेकी थिइन्, ‘असल वातावरण नै असल अर्थतन्त्र हो’ (गुड इकोनोमी इज गुड इकोलोजी)। त्यसैले अर्थतन्त्र, विकास र प्रकृतिबीचको समावेशी सम्बन्ध भएन भने त्यो बुमराङी हुन्छ।
सम्बन्धमूलक समावेशिताले गरिबी, वातावरण विनाश र विकासलाई सहसम्बन्धका आयामबाट हेरी सबै खालै असमानता, वञ्चिती र जोखिमका स्वरूपहरूलाई सम्बोधन गर्नुपर्ने मान्यता राख्छ। लैङ्गिक, जातीय, वर्गीय र भौगोलिक रूपमा सम्पत्ति र अवसरको असमान वितरणले कुनै वर्ग, क्षेत्र, लिङ्ग र भूगोल समृद्धिका आरोहणमा निरन्तर रहने र कोही सीमान्तीकृत हुँदै जाने प्रवृत्तिले विकासलाई असमावेशी मात्र होइन, अन्यायी पनि बनाएको छ। केही अघि प्रकाशनमा आएको एक आँकडाअनुसार विश्वको सम्पत्तिमध्ये एक प्रतिशतमात्र महिलाको अधीनमा छ। सम्पत्तिमाथिको पहुँचले स्वतन्त्रता, सामथ्र्य र अवसर केन्द्रीकरण गर्न सघाउँछ। परिणामतः कुनै व्यक्ति वा वर्गका लागि वर्थ प्लेस प्रिमियम भइदिन्छ। शिक्षा र अवसरका अवरोध भत्काई पक्षमा ल्याउन पनि सम्पत्तिले गर्ने सहयोग अर्थपूर्ण रहन्छ भन्ने भनिरहन परोइन। सम्पन्नका सन्तान नै प्रिन्स्टन, हार्वर्ड, एलएसइ, एमआइटीको स्तरीय शिक्षा लिन्छन्। विपन्नको कोखमा जन्मिएको असाधारण मेधावी प्रतिभा पनि त्यहाँ चियाउन सक्दैन। यस्ता उत्कृष्ट ज्ञानस्थलमा शिक्षा पाएकाहरू नै नीति, राजनीति, पुँजी र प्रविधिको निर्णायक आधिपत्य कायम गर्ने हैसियत राख्छन्। यो स्थिति हिजो पनि थियो, अहिले झनै देखिएको छ। यो एक उदाहरण मात्र हो।
सम्पत्तिको समन्यायिक वितरण, ऐतिहासिक रूपमा रहेको धनसम्पत्ति तथा भूमि लगायत उत्पादनका साधनमाथिको पहुँच, आधुनिक समयमा देखिएको व्यापार, लगानी र बौद्धिक अधिकार जस्ता विषयले सम्बन्धपरक आयामलाई प्रतिकूल बनाइरहेको छ। उत्पादनका साधनको अत्यधिक दोहनले उत्पादन सामथ्र्य साँघु¥याएको मात्र छैन, जैविक एवम् वातावरणीय वञ्चिती पनि बढाएको छ। यसलाई स्थानीयदेखि विश्व तहसम्म देख्न सकिन्छ। सम्पन्नले उत्पादनका साधनमाथि निर्मम कब्जा गर्दा सामाजिक र वातावरणीय जोखिम विस्तार भएको छ। जस्तो नेपालका खोलानालामा ढुंगागिटी उत्खनन, वनविनाश, पानीको दोहनले त्यहाँका सीमान्तीकृत रैथाने समुदायले वातावरणीय, सामाजिक तथा सांस्कृतिक लागत बेस्सरी बेहोरिरहेका छन्। विश्व तहमा हेर्दा उत्सर्जन अधिकारको खरिद गर्ने तर क्योटो प्रोटोकल, जैविक विविधता अभिसन्धि, पेरिस कोप–२१ लगायतका संयन्त्रले सिर्जना गरेको दायित्व अवलम्बन नगर्ने केही ठूला मुलुकको रवैया छ। यस्ता प्रवृत्तिले संरचनागत रूपमा नै समावेशी विकासको सम्बन्धपरक आयामलाई चुनौती दिएको छ।
समावेशी विकासको अन्य आयाममा जस्तै सम्बन्धपरक आयामलाई सम्बोधन गर्न पनि केही सैद्धान्तिक सर्तहरू परिपालन गर्न जरुरी हुन्छ। पहिलो, सार्वजनिक उपयोगिताका वस्तुहरू (मेरिटंपब्लिक गुड्स) को व्यवस्थापन सावधानीपूर्वक गर्नुपर्छ। यस्ता वस्तुहरू आमनागरिकका जीवनसँग प्रत्यक्ष गाँसिएका हुन्छन्, जसलाई व्यवस्थापन गर्दा गैरराज्य संरचनालाई निर्धारित मापदण्ड उपयोग बाध्यात्मक दायित्व हो भन्ने बोध गराउनुपर्छ। राज्यले उपलब्ध नगराउने सेवावस्तुका लागि राज्यको नियामक संयन्त्र एकदमै दह्रिलो चाहिन्छ। दोस्रो, गरिबी र वञ्चिती हटाउन लक्षित समुदायको सशक्तीकरण गर्न शिक्षा, स्वास्थ्य, क्षमता विकासका संयन्त्रहरू सबलीकरण गर्नुपर्छ। ताकि आर्थिक विकासका प्रक्रियामा रहन सक्ने ‘काउन्टर टेन्डेन्सी’लाई हटाउन सकियोस्। तेस्रो, सामाजिक मनोविज्ञानमा रहेको असमानताको भावना निर्मूल गर्न सामाजिक अभिमुखीकरण नै चाहिन्छ। सामाजिक अभिमुखिीकरणविनाका प्रयासहरू औपचारिक मात्र बन्ने खतरा छ। सामाजिक अगुवाहरू यसमा परिचालन गरिनुपर्छ। चौथो, आवश्यक क्षेत्रमा नियामक, कानुनी र संयन्त्रामक हस्तक्षेप पनि चाहिन्छ। र पाँचौँ, स्थानीय र राष्ट्रिय तह मात्र होइन, विश्वसंस्था, मञ्च र संयन्त्रहरू समेत सम्बन्धपरक आयाममा परिचालित हुनुपर्छ।
यसर्थ समावेशी विकास समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रको पहिचान, सम्बन्ध र सामथ्र्यलाई  विस्तृत र सबल बनाई विकासको जगलाई संस्थागत गर्ने नयाँ दृष्टिकोण हो। विकासलाई प्रक्रिया र परिणाम दुवैमा निमानवीकृत हुने खतरालाई हटाउने समन्यायिक दृष्टिकोण हो। विकासका अभीष्ट पूरा गर्न यस प्रकारको विस्तृत दृष्टिकोण चाहिन्छ। नेपालको संविधानमा समाजका भोगाइको अनुभूति र सामाजिक विम्बको चित्राङ्कन छ। संविधानले सामाजिक विविधतालाई सम्बोधन गर्न राज्यलाई निर्दिष्ट गरेको छ। नेपालले समेत प्रतिबद्धता जनाएको दिगो विकासको लक्ष्य र वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोचले विकासलाई विस्तृत र समावेशी बनाउने संकल्प गरेको छ। यसलाई कार्यरूपमा उतार्नका लागि केही खाकाहरू बनाइएको पनि छ। केही वर्षअघि राष्ट्रिय योजना आयोगको पहलमा गरिबी र वातावरणको आबद्धता (पिइआई) अभ्यासमा ल्याउने काम ग-यो, जसलाई राष्ट्रसंघीय प्रणालीले असल अभ्यासका रूपमा समेत लिएको छ। त्यस्तै आयोगले नै हरित अर्थतन्त्रको मार्गदर्शक खाका तर्जुमा ग-यो, जसले अर्थतन्त्र, वातावरण र समाजलाई एकआपसमा आबद्ध गराउने विस्तृत आधार दियो। यो नै समावेशी विकासलाई कार्यान्वयनमा ल्याउने युगान्तकारी आधार बन्न सक्छ। मुलुक अहिले आर्थिक विकासको दीर्घकालीन खाका र पन्ध्रौँ योजना तर्जुमाको चरणमा छ, यस कामको अगुवाइ पनि राष्ट्रिय योजना आयोगजस्तो विज्ञ निकायले गरेको छ। दीर्घकालीन सोच र पन्ध्रौँ योजना प्रदेश तथा स्थानीय सरकारका लागि समेत मार्गदर्शक बन्ने हुँदा विकासलाई समावेशी बनाउने कार्यलाई समुदायदेखि नै संस्थागत गराउन यो समय अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ।

Sunday, November 25

संघीयतामा अन्तरद्वन्द्व-माधव ढुङ्गेल

  • सेल्फ रुल’ र ‘सेयर रुल’ 
  • संसारमा अभ्यास गरिएका संघीयता प्रायः संघ र प्रदेश दुई तहको छ, तर नेपालमा भने तीन तहको संघीय संरचना लागू गरिएको छ- संघीय, प्रादेशिक र स्थानीय तह। कार्यपालिका, विधायिका र न्यायपालिका तीनै तहमा अलग-अलग छन्। 
http://annapurnapost.com/news/113555

खोइ, सचेत­ नयाँ पुस्ता ? - शिशिर वैद्य

  • सचेत समाजको आधार सचेत युवा वर्गले निर्धारण गर्छ । तर, वर्तमान युवा पुस्ता देश र समाजप्रति जति संवेदनशील हुनुपर्ने हो, त्यति देखिँदैन । 
  • युवा वर्गलाई सचेत बनाउन उनीहरूको सिकाइमै समाजप्रति उत्तरदायी हुनुपर्ने भावना घोल्न सके मात्रै उत्तरदायी समाजको निर्माण हुन सक्छ । युवाहरूले गर्ने सामान्य व्यवहारबाटै समाज कति सचेत र संवेदनशील छ भन्ने बुझ्न सकिन्छ ।
  • सम्पदाप्रति सचेत र संवेदनशील हुन नसक्नु तथा सम्पदामाथि नयाँ प्रविधिको हस्तक्षेप थोपर्न उद्यत हुनुको मूल कारण खोतल्ने हो भने शिक्षाकै कुरा आउँछ । 
  • युवा पुस्ताले आफ्नो सुन्दर भविष्य आफ्नै देशमा कल्पना गर्न नसक्नुमा देशको अस्थिर राजनीति सबैभन्दा बढी दोषी छ । हामी सधैँ नेताहरूलाई गाली गर्छौँ । 
  • डा देवेन्द्रराज पाण्डेले केही समयअघि बोलेका शब्दमा, ‘यहाँ नेतृत्वको चरित्र फस्टाउनै पाएको छैन । नेतृत्व निर्माण गर्न बौद्धिक, सामाजिक, राजनीतिक, सांस्कृतिक वातावरण चाहिन्छ । कहाँ छ, त्यस्तो वातावरण ?’
  • जब युवा वर्गमा हरपल रोजगारीको चिन्ता हुन्छ, जहाँ हरक्षेत्रमा राजनीतिक पहुँच हावी हुन्छ । त्यहाँ आलोचना, सिर्जना, चिन्तन, नीति, नियमजस्ता कुराको अर्थ हुँदैन ।  
http://nepal.ekantipur.com/news/2018-11-22/20181122192940.html

Saturday, November 24

दलतन्त्र कि लोकतन्त्र ?-ध्रुव कुमार

  • राष्ट्रियताले त निश्चित सीमा साँधभित्र रहेका जनतालाई एकबद्ध गर्छ । राष्ट्रियता शब्दको अगाडि अरू कुनै विशेषण जोडिएको हुँदैन ।
  • तर हामीकहाँ ‘पहाडिया राष्ट्रियता’ नै नेपालको राष्ट्रियताको परिचायक भएको परम्परा सत्तारुढ दलहरूले थेगेको हुनाले राष्ट्रियताको शब्द विवादित मात्र नभई विभेदकारी भइ ‘आफू’ र ‘अरू’ बीचको रेखांकनले गर्दा जनताबीचको भावनात्मक एकतामा आँच आउनुमा दलगत स्वार्थ जिम्मेवार रहेको छ ।
  • लोकतन्त्रले नियन्त्रण स्वीकार्दैन ।
  • निर्वाचित वैधानिकताकै आधारमा सरकार चल्न सक्दैन । निर्वाचनको सापेक्षिकता तबमात्र हुन्छ जब सरकार जनताप्रति उत्तरदायी हुन्छ । आमनिर्वाचनले नेतृत्व चयन र विजयी दललाई सरकार गठनको वैधानिकता मात्र दिन्छ ।
  • सरकारलेआफ्नो वैधानिकताको दाबी शासनाधिकारले सुम्पेको दायित्व बहन गर्नाले मात्र गर्न सक्छ । तर अहिले सरकार जनताको निम्ति गठन गरिएको हो भन्ने आभास दिन चुकेको छ । कोठे गफमै भए पनि मान्छेहरूमा अचेल दलीय लोकतन्त्रको जमाना बितेको र दलतन्त्रकै कारण लोकतन्त्र फस्टाउन नसकेको धारणाले प्रबलता पाउँदै गएको छ ।
  • आम्दानीको असमान अवसरले आर्थिक र सामाजिक असन्तुलनको चित्रण अक्सफामको असमानता घटाउने प्रतिबद्धता सूचकांक २०१८ (सीआरपी) ले सर्वेक्षण गरिएका १५७ राष्ट्रमध्ये नेपाल १३९ औं स्थान (र्‍याङ्क) मा रहनाले स्पष्ट गरेको छ । यो युद्धग्रस्त अफगानिस्तानको १२७ औं स्थानभन्दा १२ औं स्थान तल पर्नु हाम्रो लागि शुभसंकेत होइन ।
  • प्रभावकारी नेतृत्वबिना लोकतन्त्र प्रभावहीन हुन्छ । हामीकहाँ लोकतान्त्रिक पद्धति प्रभावकारी गर्ने सन्दर्भमा नेतृत्व वर्ग नै समस्या भएको यथेष्ट उदाहरण छ । लोकतन्त्र आमनिर्वाचनमा खुम्चिएको छ । 
  • राष्ट्रवादको अवधारणाले एउटै भाषा, एउटै भेष र एउटै संस्कृतिसितै अरूमाथि वर्चस्व स्थापित गर्छ । यसले एउटा खास जाति अथवा समूहको प्रतिनिधित्व गर्नाले मुलुकमा प्रतिकूल असर पर्न सक्छ ।

बसाइँ-सराइमा मधेस-चन्द्रकिशोर

  • आफू बसेको ठाउँ परित्याग गरी नयाँ ठाउँ गएर बसोबास गर्ने प्रक्रियालाई बसाइँ–सराइ भनिन्छ । यसरी बसाइँ सर्ने अनेक कारण छन् ।
  • पहाडबाट अन्यत्र बसाइँ सर्ने क्रम रहेजस्तै मधेसी समाजमा त्यो प्रवृत्तिको पुरानो परम्परा भेटिँंदैन । मधेसका भाषाहरूमा ‘बसाइँ–सराइ’को अर्थ सम्प्रेषित गर्ने ठ्याक्कै शब्द भेटिंँदैन । यस क्षेत्रको भाषा भकारीमा बसाइँ–सराइ जनाउने शब्द नहुनुले यसको आम प्रवृत्तिको इतिहास नरहेको देखिन्छ । बरु यहाँ ‘डिह’ (निवास स्थल) शब्द छ र डिहको पुरानो बासिन्दालाई डिही भन्ने गरिन्छ । डिहीको विपरीतार्थक नवघरिया हुन्छ । अर्थात् यस्तो व्यक्ति जो अर्को ठाउँबाट बास सरेर आएका छन् । पश्चिमी तराईमा ‘पाही’ शब्द पनि छ । यसले मधेसी समाजको बनोट, अर्थ–राजनीतिक संरचना र सामूहिक काल्पनिकीलाई खोतल्न सहयोग गर्छ । मधेसमा ‘घराडी’ (बासभूमि) प्रतिको मोह यति गहिरो हुन्छ कि हत्तपत्त कोही त्यो छाडेर अन्यत्र जान चाहँदैन । मधेसका गाउँटोलमा केही दशक अघिसम्म समथर भूमि भएर पनि गुजमुल्टिएर घरहरू बन्नुको एउटा कारण साविक घराडीप्रतिको मोह हो । परिवार संख्या थपिँंदै र बँटवारा हुँदै जाँदा सानो टुक्रा जग्गामै बस्ने गरिन्थ्यो ।
  • डिहीहरू आफूलाई स्थानीय शक्ति संरचनामा अब्बल ठान्ने र नवघरियालाई अलि हेय दृष्टिले हेर्ने गर्थे । ग्रामान्तरण गरेर आउनेहरू प्राय: ती हुन्थे, जसको ‘नवासा’ सम्पत्ति हुन्थ्यो । ५ दशक अघिसम्म मधेसको उत्तरी भागमा अत्यन्त थोरै बस्ती थियो । तर दक्षिणी क्षेत्रमा घना बस्तीहरू थिए ।
  • त्यतिखेर जिल्लाहरूको जनसांख्यिक बनोटमा उत्तरबाट दक्षिणतर्फ क्रमश: जनघनत्व बढी थियो । दक्षिणी क्षेत्र तुलनात्मक रूपमा सम्पन्न र विकसित थियो । दक्षिणी क्षेत्रका बासिन्दाहरू उत्तरतिर गएर बास बस्न चाहँदैन थिए । यही कारण हो कि पूर्व–पश्चिम राजमार्ग बनेपछि त्यसको वरिपरि विकसित भएका बस्तीहरूमा तराईका दक्षिणी क्षेत्रका पुराना बासिन्दाहरू थोरै बसाइँ–सराइ गरेर पुगे ।
  • ‘तजी देबै सब सुख–आराम हम मिथिलेमे रहबै/ सागपात तोडी दिवस गमेवै, हे हम मिथिलेमे रहबै’ लोकगीतिको यस पंक्तिमा दु:खसुख गरेर भए पनि आफ्नै थातथलोमै बस्छु भन्ने अवधारणा पाइन्छ । यो अवधारणा लोकगीतमार्फत कम्तीमा १ हजार वर्षदेखि सार्वजनिक सम्झनामा अभिव्यक्त भइरहेको छ । यो मूलत: आफ्नो डिहप्रतिको आकर्षण र समर्पण हो । जसले बसाइँ–सराइनिम्ति बढेका पाइतालालाई फेरि डिहकै किलोमा अल्झाउन लाउँथ्यो । नेपाली सरहदभित्र पहाडबाट व्यापक रूपमा बसाइँ–सराइ भइरहेका बखत मधेसको मूल प्रवाहले त्यसबाट आफूलाई अछुतो राख्यो । कारण, डिहप्रतिको भावनात्मक लगावमात्र होइन, आर्थिक सुनिश्चितता पनि थियो होला ।
  • सिम्रौनगढ राज्य ई.सं. १३२६ मा पतन भयो । त्यतिखेर सिम्रौनगढका उत्तराधिकारीका रूपमा रहेका हरिसिंहदेवलाई दिल्लीका बादशाह गयासुद्दिन तुगलको सेनाले आक्रमण गरी राजधानीलाई ध्वस्त पारेका थिए । त्यसबेला पलायन भई काठमाडौ उपत्यकामा आश्रय लिएको इतिहास छ ।
  • त्यसपछि बितेका ७ शताब्दीमा मधेसबाट अन्यत्र व्यापक बसाइँ–सराइको इतिहास पाइँदैन । हो, मधेसी समाजभित्र आन्तरिक बसाइँ–सराइ भने हुने गरेको छ । त्यसको कारण नदी कटान, निकुञ्ज स्थापना, संरक्षित क्षेत्र घोषणा, तटबन्ध निर्माणले गाउँ सार्नुपर्ने बाध्यता थियो । तर यसरी गाउँ सर्दा समिपकै दूरीमा सथ्र्यो । कस्तोसम्म थियो भने आफ्नै जिल्लाका सदरमुकाममा समेत गाउँबाट बसाइँ सरेर आउने चलन थिएन । तर यो क्रम विस्तारै फेरिंँदै गएको छ । २०३६ सालको जनमत संग्रह, २०४६ सालको परिवर्तनले ल्याएको खुलापन र २०६३ सालले बढाएको सञ्चार सम्पर्कले जुन सामाजिक–आर्थिक बदलाव ल्याइरहेको छ, त्यसले बसाइँ–सराइलाई सामाजिक स्वीकार्यता दिएको छ । यसको प्रत्यक्ष प्रमाण संघीय राजधानी काठमाडौ लगायत पहाडी क्षेत्रमा समेत त्यहाँ बसोबास गरेका मधेसी समुदायले छठ मनाउनु हो । पहिला यस्ता पर्व त्योहारका बेला बाहिर घर बनाए पनि थातथलोमै फर्किन्थे । अब जो जहाँ छन्, त्यहीँ पर्व मनाउँछन् । मुलुक बाहिर पनि आप्रवासी भएर पुगेका मधेसी समुदाय आफ्नो नयाँ पहिचानभित्र आफ्नो अस्तित्व खोजीका लागि तत्पर छन् ।
  • मधेसमा पहाडी समुदाय बसाइँ सर्न बाध्य थिए । राज्यको प्रश्रयमा बसाइँ सर्न स्वीकारेका थिए । यसरी दुई खालका फरक–फरक परिस्थितिले मधेसमा पहाडी समुदायको उपस्थिति भयो । तर यो बसाइँ–सराइ अनियन्त्रित ढङ्गबाट विकास भएको देखिन्छ । चाहे पूर्वका सन्थाल हुन् वा पश्चिमका राना थारु उनीहरू पनि सामुदायिक दबाबका कारण भारततिर कतिपय अवस्थामा बसाइँ–सराइका लागि विवश भए । कतिपय ठाउँमा मधेसी समाजभित्रको सामाजिक–आर्थिक संरचनाले गर्दा पनि कुनै परिवारले गाउँ छाडे, कतै जातीय वर्चस्व, कतै ऋण तिर्न नसकी त कतै सामन्ती शोषणवाट उन्मुक्तिका निम्ति बसाइँ सर्नुपर्‍यो । मधेस आन्दोलनपछि कतिपय ठाउँबाट पहाडी समुदाय पलायन भए । मधेसभित्र कैयौं ठाउँमा नागरिकताको अविरल गंगामा डुबुल्की लगाउँदै ‘नवनागरिक’हरूले नयाँ बस्तीहरू गुलजार गरे । भुइँ सतहमा बदलिँंदै गरेको सामाजिक–राजनीतिक समीकरणले कथित सवर्णहरू विस्तारै सहरमा ओत लाग्न थालेका छन् । यसले बसाइँ–सराइको नयाँ प्रवृत्ति देखाएको छ ।
  • मधेसबाट छोटो अवधिका लागि अन्यत्र कमाउन जानेहरूको त्यति पुरानो परम्परा छैन । पारिवारिक बसाइँ–सराइको क्रम थोरै, कमाउने उद्देश्यले भएका बसाइँ–सराइ अधिक देखिन्छ । कमाउने उद्देश्यले छोटो अवधिका लागि बाहिरिनेहरू सिङ्गो परिवारका जाने पनि थोरै हुन्छन् । ५ दशक पूर्व आसाम–बंगालतिर जान्थे । त्यसपछि भारतकै हरियाणा, पंजाबतिर जानथाले ।
  • पछिल्लो समय खाडीका मुलुकहरू नयाँ गन्तव्य बनेका छन् । अन्यत्र पनि पुगेका छन् । वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक समस्याले मधेस जेलिँंदैछ । यस परिस्थितिमा वैदेशिक रोजगारीले देखापरेका परिवर्तन र त्यसले सामाजिक जीवनमा पारेका प्रभावबारे गम्भीर विमर्शको माग गरेको छ । यसले मधेसी समाजमा ल्याएको उठापटकको कम्पन दीर्घकालसम्म रहिरहन्छ । कृषि अर्थतन्त्रमा आएको भयानक गिरावट र रेमिटेन्स अर्थतन्त्रले मधेसी समाजको आत्मविश्वासलाई खोक्रो बनाउँदै लगेको छ । गाउँको तुलनामा सहरी क्षेत्रमा विकास र अवसर अधिक हुनाले मानिसको ध्यान खेतीबाट हटेर सहरमा पाइने नगद मजदुरीमाथि केन्द्रित हुँदै गएकोले गाउँबाट सहरमा पलायन तीव्र भएको छ । यसको सबभन्दा बढी असर संयुक्त परिवारमाथि परेको छ ।
  • मधेसमा बसाइँ–सराइको चाप अत्यधिक हुनुको पछाडि विगतमा राज्यले लिएको नीति हो । कहिले जमिनदारी दिन त कहिले कर असुलीका लागि त कहिले व्यापार गर्न बोलाइयो । २००७ सालपछि मधेसको भूभागमा पहाडबाट जनसंख्याको स्थानान्तरण गराउने उद्देश्यले सरल, सुविधा र आकर्षक नीति, नियम, ऐन, कानुन बनाइएका थिए । यसले बसाइँ–सराइलाई ह्वात्तै बढायो । मधेसको जनसांख्यिक बनोटमा रैथाने र बसाइँ–सराइ गरी आएका बीच शक्ति सन्तुलनको नयाँ व्याकरण रच्यो, जसले कालान्तरमा अनेकौं द्वन्द्व खडा गर्‍यो । एक समय जे कुरा राज्यको लागि टिक्न आवश्यक मानियो, त्यही अब व्यवधान हुनपुगेको बुझाइ पनि छ ।
  • मधेसी समाजभित्र बसाइँ–सराइको लामो परम्परा नहुँदा त्यसले यस समाजलाई के असर गर्‍यो, त्यसको समाजशास्त्रीय अध्ययन हुनुपर्छ । अहिलेसम्म मधेसी समाजको डिहप्रतिको मोहको इतिहास र प्रवृत्ति खोतल्ने प्राज्ञिक काम भएको छैन । मधेसीहरूको बसाइँ–सराइ र मधेसमा बसाइँ–सराइ दुई भिन्न कुरा हुन् । जसरी मधेसीजन मुलुकभित्र र बाहिर फैलिँंदै गएका छन् ।
  • त्यसले यो समाजभित्र ल्याएको आधुनिकीपन, अस्तित्वबोध र अस्मिताप्रतिको सजगताबारे मन्थन हुन जरुरी छ । आज जुन समुदाय मधेसी पहिचान लिएर खडा भएको छ, त्यसको ठूलो हिस्सा यही माटोपानीको उपज हो । यसले स्थापित गरेको पक्ष के हो भने मधेसीजन यहींका हुन्, विगतमा राज्यका सीमा फेरबदल हुँदै गए । नेपालले अहिलेको सरहद प्राप्त गरेको केही समय पछिदेखि मधेसीजनमा बसाइँ–सराइ संकुचित रह्यो ।
  • बसाइँ–सराइ स्थिर कुरा होइन । यो जटिल छ, गतिशील छ र अपरिमितजस्तो छ । अहिले पनि पहाडबाट मधेस झर्नेहरूको मोहभंग भएको छैन, बरु राज्यले पहाडी जनसंख्यालाई उतै अल्झाइराख्ने अनेकौं यत्न गरिरहेको छ । मधेसभित्र पनि सम्भावना विकसित हुँदैछन् भनी फर्किनेहरू छन् । यसले देखाएको पक्ष के हो भने बसाइँ–सराइको व्याख्या, परिभाषा पनि समयक्रममा आउने परिवर्तनसँंगै परिवर्तित हुँदै गइरहेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशहरूको जनसांख्यिक सन्तुलन कायम राख्न र बसाइँ–सराइको प्रवृत्तिलाई व्यवस्थापन गर्न अन्तरप्रदेश नीति हुनुपर्छ । जनसांख्यिक भार मधेसमा थेग्रिंँदा त्यसले समग्र नेपाली समाजलाई बहुआयामिक असर पारिराखेको छ । परिस्थिति र कारण जतिसुकै फरक हुन्, अब सकेसम्म जहाँको जनशक्ति जहाँ छ, त्यहींको थातथलोमा अडाउने प्रक्रिया प्रबद्र्धन गर्नुपर्छ ।
  • राज्यले नै विभिन्न निहुँमा खुला रूपमा बसाइँ–सराइलाई प्रोत्साहित गर्ने होइन । बसाइँ–सराइका कारण जेसुकै हुन्, राज्यको अर्थपूर्ण पुन:संरचना, बहुतहका राज्यका अंगहरूको लोकतन्त्रीकरण, सम्पत्ति सम्बन्धको पुन:संरचना र समाजको समताकरणबारे छलफल गर्दा बसाइँ–सराइलाई निषेध होइन, नियमन गर्नुपर्छ । संविधानले नेपाली नागरिक सरहदभित्र जुनसुकै ठाउँमा ओहोर–दोहोर गर्नसक्ने र बसोबास गर्नसक्ने प्रत्याभूति गरेको छ ।
  • तर विकसित सामाजिक–आर्थिक र पर्यावरणीय परिस्थितिमा नयाँ ढङ्गले सोच्नुपर्छ । त्यसैगरी राज्यबाट कुनै कालखण्डमा विदेशबाट विस्थापित भई फर्केका नेपालीभाषीलाई स्वदेश फर्केका रूपमा अथ्र्याउँदै तिनलाई यहाँ बसाइँका लागि आत्मीय परिवेश दिइयो भने स्वयं मधेसीजनमा पनि पारिबाट आएकालाई आफन्त मान्दै अभिनन्दन गरियो । यी दुइटै प्रवृत्तिलाई विराम दिने बेला हो । समग्रमा नेपालको भूमि अब नेपालीहरूकै लागि अपुग हुने स्थिति छ । त्यसैले साँध खुकुलो पार्नुहुन्न ।

प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?-लक्ष्मी विलास कोइराला

लोकसेवा आयोगः शासक र जनताको सम्बन्ध सेतू  
  • राज्यको सुत्रपातसँगै प्रशासनको स्थापना र विकास भएको हो । प्रशासनले सरकारका निर्णयहरु कार्यान्वयन गर्ने मात्र नभएर आजकल प्रशासनले सरकारको वकालतसमेत गर्ने गर्छ । प्रशासन शासन, शासक र जनताको सम्बन्ध कायम गर्ने एउटा सेतू हो ।
  • प्रशासनको शुन्यतामा सरकारले माखो मार्न पनि सक्दैन । प्रशासन संयन्त्रमा कर्मचारीको गहन र अहम भूमिका रहेको हुन्छ । सरकारी कर्मचारी भर्ना मनोमानीढंग र विधि गरी दुई आधारमा गर्ने गरिन्छ । मनोमानी ढंगले कर्मचारी भर्ना गर्ने प्रक्रियालाई लुटतन्त्र (स्प्वायल सिस्टम) भनिन्छ । जहाँ कर्मचारी शासकको इच्छानुसार नातागोताका, राजनैतिक दलका कार्यकर्ता तथा चिनजानका मान्छेहरु मध्येबाट मात्र भर्ना गरिन्छ ।
  • लुटतन्त्रमा राम्रो पढ्ने, भनसुन गर्ने कोही नभएको र गरिब जनताको सरकारी जागिर खाने कुनै सम्भावना नै हुँदैन । लुटतन्त्रको खारेजी गर्दै सरकारी कर्मचारी भर्ना गर्न मेरिट प्रणालीको प्रारम्भ भयो । मेरिट प्रणालीमा व्यक्ति गुण (मेरिट) अर्थात ज्ञान क्षमताको आधारमा सरकारी जागिरमा प्रवेश गर्दछ । मेरिट प्रणाली भनेको क्षमताले खाने हो कसैलाई भन्नु पर्दैन । मेरिट प्रणाली विधिअनुरुप चल्छ । मेरिट प्रणाली पनि सरकारले सञ्चालन गरेको खण्डमा सरकारले भेदभाव गर्न सक्छ भनेर देशको संविधानमा एउटा छुट्टै संवैधानिक निकाय खडा गरिएको हुन्छ । त्यस निकायलाई लोक सेवा आयोग भनिन्छ ।
  • नेपालको संवैधानिक इतिहासमा लोकसेवा आयोगको व्यवस्था शुरुको संविधानदेखि नै गरिएको छ र स्थापनाकालदेखि नै लोक सेवा आयोगले सरकारका लागि योग्यता प्रणालीको सिद्धान्त र निश्चित परीक्षण विधिका आधारमा निष्पक्ष एवं तटस्थरुपमा जनशक्ति छनौटको भूमिका निर्वाह गर्दै आइरहेको छ । लोक सेवा आयोगको निष्पक्षताको कारण गाउँले, गरिब, राजनैतिक शक्तिमा पहुँच नभएका र सामान्य जनताका छोराछोरीले सरकारी जागिरमा प्रवेश गर्न र आफनो वृत्ति विकास गर्न सकेका छन् ।
  • नेपालको संविधानले देशमा संघीय शासन प्रणालीको सुत्रपात गरेको छ । सरकारका तीन तहहरु राज्यको शासन सञ्चालनमा क्रियाशील भएका छन् । 
  • संघीय शासन प्रणालीमा सरकार जनताको नजिक पुग्ने र जनतालाई शासनमा अत्यधिक संलग्न गराउछ भन्ने विश्वास गरिन्छ । जुनसुकै शासन प्रणाली भए पनि सरकारलाई गतिमान र परिणाममुखी बनाउने कर्मचारीतन्त्रले मात्रै हो । अर्थात, जनसुकै शासकीय प्रणालीमा कर्मचारीतन्त्रबाटै कार्य सम्पादन हुने तथ्य सर्वस्वीकार्य रही आएको छ । यस्ता कर्मचारीहरु जनउत्तरदायी, पारदर्शी, निष्पक्ष, इमान्दार, राजनैतिकरुपले तटस्थ र पदीय दायित्व निर्वाह गर्न सक्षम हुनुपर्ने सर्वव्यापी मान्यता र विश्वास रही आएको छ ।
  • नेपालको वर्तमान संविधानले तीनै तहको सरकारका कार्य सञ्चालनको लागि निजामती कर्मचारी रहने व्यवस्था गरेकोछ । सरकारहरुलाई आवश्यक पर्ने कर्मचारी जथाभावी भर्ना गर्ने अवस्था नआओस् विधि र प्रक्रियाको आधारमा गुणी र सक्षम कर्मचारी भर्ना गर्न सकियोस् भन्ने अभिप्रायले संविधानले लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग गरि फरक अधिकार क्षेत्र र शक्ति भएका तर जिम्मेवारी भने समान प्रकृतिको रहेको दुई निकायहरुको व्यवस्था गरेको छ । लोक सेवा आयोग संवैधानिक निकायको रुपमा रहेको छ ।
  • संविधानमा नै लोक सेवा आयोगको गठन व्यवस्था, आयोगका पदाधिकारीहरुको सेवाको सुरक्षा र पदमुक्तिका निश्चित आधार सम्बन्धी विस्तृत व्यवस्था सहित कार्य सम्पादनमा स्वतन्त्रता दिइएको छ । लोक सेवा आयोगलाई संवैधानिक निकायको रुपमा व्यवस्था गरिएकोले आयोगलाई स्वतन्त्र, स्वच्छ एवं निष्पक्षरुपमा काम गर्न पर्याप्त शक्ति र सुविधा प्राप्त भएको छ । परिणामस्वरुप, लोक सेवा आयोगले सर्वसाधारण जनता, बुद्धिजीवी र सरकारको समेत विश्वास र आस्था आर्जन गर्न सकेको हो ।
  • नेपालको संविधानले प्रदेश लोक सेवा आयोग प्रादेशिक कानूनको आधारमा गठन हुने व्यवस्था गरेको छ । तर, त्यस्तो कानूनको आधार र मापदण्ड संघीय संसदले बनाएको कानून बमोजिम हुने व्यवस्था पनि संविधानमा उल्लेख छ । प्रदेश लोक सेवा आयोगलाई संवैधानिक सुनिश्चितता भने छैन । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच के कस्तो सम्बन्ध कसरी रहने भन्ने व्यवस्था पनि संविधानमा उल्लेख छैन । लोक सेवा आयोगले वर्षौ लगाएर प्राप्त गरेको विज्ञता र ज्ञानको उपयोग कसरी प्रदेश लोक सेवा आयोगले गर्न सक्छ भन्ने विषय पनि स्पष्ट छैन । प्रदेश लोक सेवा आयोग प्रादेशिक कानूनको आधारमा स्थापना हुने कारण प्रदेश लोक सेवा आयोग निष्पक्ष, स्वतन्त्र र तटस्थ रहन सक्दैन कि भन्ने आशंका बौद्धिक क्षेत्रमा चिन्तन र चिन्ताको विषय बनेको छ ।
  • लोक सेवा आयोग स्वच्छ कार्यसम्पादनका लागि दबाब, भय, त्रास, लोभ, प्रभाव र तनावबाट मुक्त हुनुपर्ने महत्वपूर्ण पक्ष हो । लोक सेवा आयोग आफनो कार्यसम्पादनमा स्वतन्त्र छ । लोक सेवा आयोगले सरकारी कर्मचारीहरुको पदपूर्ति प्रक्रियाका हरेक चरणमा उम्मेदवारको परीक्षण गर्न बिषयगत विज्ञता हासिल गरेको छ । खारिएको परीक्षा सम्वन्धी कार्यविधि आयोगसँग छ । लामो कार्यानुभवको आधारमा आयोगले धेरै संख्यामा दक्ष विज्ञ समूहको उपयोग गरी कार्य सम्पादन गराउँदै र दक्षता वृद्धि गर्दै गएको पनि छ । फलस्वरुप, देशभरका दक्ष विज्ञहरु परीक्षा प्रक्रियामा परिचालन गर्दा योग्यतम विज्ञसमूह नै निर्माण भएको छ ।
प्रदेश लोक सेवा आयोगलाई कसरी निष्पक्ष बनाउने ?
प्रदेश लोक सेवा आयोगलाई स्वतन्त्र, निष्पक्ष र सक्षम निकाय बनाउन आवश्यक छ । आयोगका काम कारवाहीमा राजनीतिक नेतृत्व, हीत समूह तथा राजनीतिक दलका कार्यकर्ताहरुले हामीले भनेपछि किन नहुने भन्ने भावनाको विकास हुन दिनु हुँदैन । यसकारण आयोगलाई स्वतन्त्र, निष्पक्ष र सक्षम निकाय बनाउन हस्तक्षेपको शून्यता, स्रोत साधनको उपलब्धता र क्षमता विकासमा जोड दिन देहाय बमोजिमको व्यवस्था गनुपर्ने हुन्छ –
प्रदेश लोक सेवा आयोगको गठनसम्बन्धी व्यवस्था
कानूनबमोजिम गठन हुने हुँदा प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पद संवैधानिक निकायको स्वतन्त्र र सम्मानित पद नभई जागिरे सरहको पद बन्न जाने शङ्का उब्जने यथेष्ट ठाउँ छ । प्रदेश लोक सेवा आयोग तीन सदस्यीयभन्दा ठूलो हुनु हुँदैन । जसमा एक अध्यक्ष र दुईजना सदस्य रहनु पर्दछ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरु सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाको सभा सभामुख, मुख्य न्यायाधीश, प्रदेश सभामा विपक्षी दलको नेता सदस्य रहने र प्रदेशको प्रमुख सचिव सदस्य सचिव रहने व्यवस्था गर्नुपर्दछ ।
सिफरिस समितिको सिफारिसमा प्रदेश प्रमुखले अध्यक्ष र सदस्यलाई नियुक्ति गर्ने व्यवस्था कानूनमा गर्नुपर्दछ । जसले गर्दा  सक्षम, विज्ञ र प्रशासन सम्वन्धी ज्ञान भएका व्यक्तिहरु आयोगमा आउनेछन् ।
आयोगका पदाधिकारीहरु पदमुक्त हुनेसम्बन्धी व्यवस्था
प्रदेश सरकारले आफुले भनेझै काम गरेन भनेर प्रदेश लोक सेवा आयोगको अध्यक्ष वा सदस्यलाई हटाउने मनसाय राख्ने ठाउँ दिनु हुँदैन । यसकारण शारीरिक वा मानसिक अस्वस्थता कारण तथा कायदक्षताका अभावको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यलाई प्रदेश सभाको सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको बहुमतले पारित भएको अविश्वासको प्रस्ताव प्रदेश प्रमुखबाट स्वीकृत भएपछि मात्रै पदमुक्त गर्न सकिने व्यवस्था कानूनमा गर्नु पर्दछ । यस्ले गर्दा सरकारले कुनै पनि बेला हटाउन सक्छ भन्ने भय पदाधिकारीमा हुँदैन ।
पदाधिकारीहरुको सेवाका शर्त र सुविधासम्बन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगको नियुक्तिको व्यवस्था, पदावधि, शैक्षिक योग्यता, पुनःनियुक्ति, रिक्त अवस्था, नियुक्तिको योग्यता, पारिश्रमिक र सेवाका शर्तमा परिवर्तन नगरिने पक्ष, काम, कर्तव्य, अधिकार जस्ता विषय, यथेष्ट कर्मचारीको प्रवन्ध र माथि उद्धरण गरिएका सबै पक्ष संविधानमा उल्लेख नभएको कारण प्रदेश लोक सेवा आयोगको निष्पक्षता, स्वतन्त्रता जोगाउन नसकी कार्य सम्पादन जोखिममा पर्नसक्ने अनुमान गर्न सकिन्छ ।
यसकारण प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरुले आफनो सेवाका शर्त र सुविधाका संबन्धमा सरकारसँग मुलाहिजा गर्नुपर्ने अवस्था रहेमा आयोग स्वतन्त्र र निष्पक्ष हुन सक्दैन । यसकारण प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सेवाका शर्त तथा पारिश्रमिक एवं अन्य सुविधाहरु कानूनमा नै सुनिश्चित गरिनु पर्दछ ।
परीक्षा पद्दतिको कार्यविधि बनाउने स्वायत्ततासम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगलाई उम्मेदवारहरुको योग्यता परीक्षण गर्न कस्तो कार्यविधि कस्तो पाठ्यक्रम कस्तो कार्यतालिका बनाउने, विज्ञ कस्लाई बोलाउने, प्रश्नपत्र कसरी बनाउने जस्ता संवेदनशील र महत्वपूर्ण विषयमा कार्यविधि बनाउने स्वायतता कानूनतः दिनु आवश्यक हुन्छ ।
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच रहने सम्बन्ध
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगले सम्पादन गर्ने कार्य एउटै हो । लोक सेवा आयोगसँग सरकारी सेवाको लागि योग्य उम्मेदवार छनोट गर्न परीक्षाहरु सञ्चालन गर्ने तथा परीक्षा सञ्चालनको तयारी गर्ने, उत्तर पुस्तिका परीक्षण गर्ने विषयमा विज्ञता र विशिष्ट अनुभव छ । प्रदेश लोक सेवा आयोगको निष्पक्ष र स्वच्छ कार्य सम्पादनको आधार तय गर्न अन्य प्रदेश लोक सेवा आयोग वा लोक सेवा आयोगबीच समन्वयको संवैधानिक सुनिश्चितता हुनु अनिवार्य देखिएको छ ।
नेपालको संविधान अनुसार लोक सेवा आयोगको काम कर्तव्य र अधिकार विषयको संशोधन र एकीकरण गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक आधार र मापदण्ढ सम्बन्धी विधेयक संघीय संसदमा सँगसँगै छलफल हुने वातावरण तयार भएको घडीमा संघीय सांसदहरुले बुद्धिमत्तापूर्वक दुई आयोगबीचको सम्बन्ध के हुने र कुन मेकानिज्ममा हुने तथा लोक सेवा आयोगले सातवटा प्रदेश लोक सेवा आयोगहरुको कानून तथा कुन-कुन कार्य कस्तो अवस्थामा अनुगमन गर्न र निर्देशन दिन सक्ने हो स्पष्ट हुनुपर्दछ । यस व्यवस्थाले मात्र प्रदेश लोक सेवा आयोग प्रभावकारीरुपमा कार्य सम्पादन गर्न सक्षम हुन्छ र कार्यसम्पादन प्रक्रिया निष्पक्ष हुन पनि बल पुग्दछ  ।
प्रदेश सरकार र प्रदेश लोक सेवा आयोगबीचको सम्बन्ध
प्रदेश लोक सेवा आयोग कर्मचारी प्रशासनका विषय, कर्मचारीलाई कारवाही गर्ने विषय तथा कर्मचारी प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा प्रदेश सरकारको परामर्शदात्री निकायरुपमा पनि कार्य गर्नु पर्ने हुन्छ । यसकारण कर्मचारी प्रशासनका विषयमा प्रदेश सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था गरि कर्मचारीको सेवा सुरक्षा गर्नुपर्ने हुन्छ ।
लोक सेवा आयोगको कार्यानुभव विज्ञताको उपयोग सम्वन्ध
प्रदेश लोक सेवा आयोगले लोक सेवा आयोगबाट धेरै विधि र प्रक्रिया तथा अन्य विषयहरुमा विज्ञताको सहयोग लिन सक्नेछ र लिनु पर्नेछ । लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी कार्यसम्पादनमा निष्पक्षता, योग्यता, तटस्थता, द्वीअन्ध सिद्धान्त, असंलग्नता, गोपनीयता र परिचय-शून्यता जस्ता सिद्धान्तहरु अँगाल्दै आएको छ । यी सिद्धान्तहरुको आडमा आयोगले निष्पक्ष गुणी र स्वच्छ कार्यसम्पादन गरी आएको छ ।
पद र योग्यता अनुसारको पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र सरकारलाई परामर्श दिने संवन्धी लोक सेवा आयोगको आफनै कार्यविधि छ । पदाधिकारी, कर्मचारी, विज्ञको आचार संहिता पनि छ । लिखित परीक्षाका उत्तर पुस्तिका कोडिङदेखि प्रश्नपत्रको निर्माण, प्रश्नपत्रको परिमार्जन, नतिजा प्रकाशन जस्ता संवेदनशील र गोप्य रहनु पर्ने कार्य सम्पादन गर्ने विशिष्ट विज्ञता लोक सेवा आयोगसँग छ जस्ले लोक सेवा आयोगका परीक्षाहरुलाई गोप्य, निष्पक्ष र गुणस्तरीय बनाउन सहयोग गरेको छ ।
यसप्रकारका सबै विज्ञता प्रदेश लोक सेवा आयोगमा हस्तान्तरण हुन जरुरी छ । दुबै आयोगबीच विज्ञताको आदानप्रदान हुन सक्ने र विज्ञताको आदान प्रदान हुने माध्यम संघीय संसदले बनाउने आधार र मापदण्डमा स्पष्ट उल्लेख हुनुपर्छ ।
आयोगको परामर्शका क्षेत्र निर्धारणसम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड संवन्धी कानून तथा संघीय निजामती सेवा ऐनमा प्रदेश सरकारले के कस्ता कर्मचारी प्रशासन संबन्धी विषयहरुमा प्रदेश लोक सेवा आयोगबाट परामर्श लिनुपर्ने हो स्पष्ट गर्नु पर्दछ ।
क्षमता विकासमा लोक सेवा आयोगको भूमिका
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच क्षमता विकास तथा सूचना र अनुभव  तथा विज्ञ आदानप्रदान गर्नुपर्ने स्पष्ट विषय, क्षेत्र र प्रक्रिया प्रशासन व्यवस्थापन सम्वन्धी कानूनमा व्यवस्था गर्नुपर्ने देखिन्छ ।
स्थानीय सेवासम्वन्धी व्यवस्था
संविधानमा नवोलिएको तर आवश्यक विषय हो स्थानीय सरकारका लागि आवश्यक पर्ने कर्मचारी भर्ना गर्दा योग्यताको परीक्षण कस्ले गर्ने भन्ने विषय हो । संघीय निजामती सेवा ऐन, लोक सेवा ऐन, प्रदेश लोक सेवा ऐन तथा स्थानीय सेवा संवन्धी ऐनमा यस विषयमा स्पष्ट व्यवस्था गर्नु पर्ने देखिन्छ ।
वार्षिक प्रतिवेदन प्रस्तुति र छलफलसम्वन्धी व्यवस्था
प्रदेश लोक सेवा आयोगले बर्षभरि गरेका कार्यहरुको कार्य प्रगति, प्रदेश सरकारलाई दिएका परामर्शहरु, लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीचको अन्तरसम्बन्ध र अन्तरसहयोगका विषयहरु तथा सरकारको आयोगप्रतिको व्यवहार र दृष्टिकोण समेटेर वार्षिक प्रतिवेदन तयार गरि प्रदेश प्रमुखलाई बुझाउने र सो प्रतिवेदनमाथि प्रदेश सभामा छलफल हुने व्यवस्था गर्न आवश्यक हुन्छ ।
उपसंहार
सैद्धान्तिक पक्षको सावधानीले मात्र कुनै पनि उद्देश्य प्राप्त हुँदैन । प्रदेश लोक सेवा आयोगको स्वायतता, निष्पक्षता र सक्षमताको आवश्यकता नेपाली जनताका लागि हो, जो निमुखा छन्, जसको राजनीतिक पहुँच छैन, जो ठूलाबडा मान्छेसँग बोल्न डराउँछन् ।
प्रदेश लोक सेवा आयोगले लोक सेवा आयोगले कमाएको जनताको आस्था र विश्वासमा चोट पुर्‍याउने वा दाग लगाउने कार्य हुन सक्ने सवै पक्षहरुको उपचार कानूनमा गरिनुपर्छ ।
यसकारण संघीय संसद र प्रदेश सभामा संसदका संसदीय समितिहरुमा व्यापक छलफल हुन जरुरी छ । संसदले विषय विज्ञहरुको सहयोगमा समेत छलफल गरी प्रदेश लोक सेवा आयोगलाई एक स्वायत, सक्षम र निष्पक्ष आयोगको रुपमा खडा हुने वातावरण निर्माण गर्नुपर्छ ।

Friday, November 23

भाषिक विविधताको महत्व नबुझ्दा.-प्रा. डा. दानराज रेग्मी

  • नेपालमा १२५ भन्दा बढी जातजातिले सयौँ भाषा–भाषिकाहरू मातृभाषाका रूपमा बोल्छन्। हामी भाषिक विविधतामा साँच्चै नै धनी छौँ। यो नेपालको सम्पत्ति हो। तर यसमा आफ्नै खालका थुप्रै जटिलता पनि छन्। सबै भाषाको स्थिति समान छैन। थुप्रै भाषाहरू लोप हुने अवस्थामा छन्। 
  • नेपालमा कुन भाषा हो र कुन भाषिका हो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास अझै हुन सकेको छैन। कुन भाषा नेपालका रैथाने मातृभाषा हुन् र कुन विदेशी भाषा हुन् भन्ने स्पष्ट रेखांकन गर्न पनि सकिएको छैन। 
  • भाषिक विविधताभित्र के कस्ता जटिलता छन् र ती जटिलतालाई वस्तुगत तथ्यको आधारमा विश्लेषण गरी भाषिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन हुन सकेको छैन। 
  • भाषाविज्ञान केन्द्रीय विभागले सन् २००९ मा सुरु गरी २०१७ को अन्त्यतिर समापन गरेको नेपालको भाषिक सर्वेक्षणले यहाँका प्रमुख सबै भाषामा समाज भाषा वैज्ञानिक सर्वेक्षण सम्पन्न गरेको पाइन्छ। यसले भाषिक समुदाय विशेषमा रहेको बहुभाषिकता, भाषिक निर्वाह, भाषिक अभिवृत्ति र भाषा विशेषको विकास योजनाका बारेमा विश्लेषण गर्ने प्रयास गरेको छ। यति मात्र नभई यसले भाषिक विविधता भित्रका थुप्रै जटिलताहरूलाई चिरफार गर्ने र ती जटिलताको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा केही रणनीतिहरू पनि सुझाएको पाइन्छ।
  • नेपालका धेरै भाषाहरूको नाम जातिको नामबाट राखिएको पाइन्छ। नेपालमा मातृभाषाका रूपमा बोलिने ल्होवा, काइके, घले, मनाङे, थकाली, डोल्पाली जस्ता थुप्रै भाषालाई भने एक जाति विशेषले मात्र बोलेको पाइँदैन। कहिलेकाहीँ यस्ता नामले पहिचानको मुद्दामा विवाद ल्याएको पाइन्छ।
  • वक्ताले आफ्नो भाषाको नाम जनगणनामा भन्दा फरक राखेको पाइन्छ।  भुजेलले आफ्नो भाषालाई पुख्ग्याल ङुर भन्छन् भने माथिल्लो मनाङकाले ङिस्याङ के भनेको पाइन्छ। त्यस्तै थकालीले आफ्नो भाषालाई तम्हाङ कइ, माथिल्लो मुस्ताङकाले ल्होके र राउटले खाम्ची भन्दछन्। यी नाम बढी अर्थपूर्ण पनि रहेकाले प्रयोगमा ल्याउनुपर्ने देखिन्छ।
  • मानिसहरू आफ्नो मूल थलोबाट विभिन्न कारणले अन्यत्र बसाइँसराइ गरिरहेका छन्। उनीहरूको आफ्नो मौलिक जातीय नाम र बोल्ने बोलीको नाम पनि छ। तर नयाँ स्थानमा अल्पसंख्यक देखिने मानसिक भयको कारणले धर्म र संस्कृतिसँग मेल खाने जातिमा सम्मिलीकृत हुँदै गएको पाइन्छ। आफूले बोल्ने बोलीलाई पनि आफू सम्मिलीकृत भएको भाषाको नाम नै दिएको पाइन्छ। डोल्पाका काइके भाषा बोल्ने मगर जातिले आफ्नो भाषानाम मगरमा लेखाएको पाइन्छ। त्यस्तै उपल्लो मनाङका मनाङे भाषीले आफ्नो विशेष जातीय नाम भए पनि सामान्यरूपमा गुरुङ लेखाएकाले भाषाको नाम पनि गुरुङ लेखाएको पाइन्छ। त्यस्तै उपल्लो मुस्ताङका धेरै सेके भाषीले पनि जातीय नाम गुरूङ लेखाएकाले खास गुरूङ भाषाभन्दा बिल्कुलै फरक भए पनि पछिल्लो जनगणनामा भाषा पनि गुरुङ नै लेखाएको देखिन्छ। भाषा संरक्षणमा यस्ता कुराले अप्ठेरो पर्न सक्छ।
  • तराईमा अवधी भाषीले पनि पहिलो सम्पर्क भाषा नेपाली र दोस्रोमा हिन्दीलाई मानेको पाइन्छ। मैथिली, अङ्गिका, मगही र बज्जिका भाषीले नेपालीलाई सम्पर्क भाषाका रूपमा प्रयोग गरेको पाइन्छ। त्यस्तै उच्च हिमाली क्षेत्रमा पनि नेपालीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गरेको पाइन्छ। तर तराईमा पढेलेखेकाले भने हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा प्रयोग गरेको पाइन्छ। 
  • नेपालका केही भाषाका मात्र मौलिक लिपि छन्। तैपनि लेखनमा भने देवनागरी लिपिको प्रयोग गरिरहेको अवस्था छ। प्राथमिक तहका पाठ्यपुस्तकहरू पनि देवनागरी लिपिमा लेखिएका छन्। लेखन प्रणाली नभएका नयाँ भाषाहरूका लागि पनि देवनागरी लिपि प्रयोग गर्न चाहेको अवस्था छ।  थुप्रै समुदायमा ससाना बालबालिकाहरूले पहिलो भाषाको रूपमा मातृभाषा सिक्ने गरेको देखिँदैन।
  • अन्तर्भाषिक विवाहका कारणले पनि नेपाली भाषाहरू कमजोर हुँदै गएको कुरा सर्वेक्षणले देखाएको छ। विशेषतः राई किरात समूहका भाषाहरू एक आपसमा बोधगम्य छैनन्। जातीय रूपमा समान भएकाले बान्तवा र चाम्लिङ भाषीको बीचमा विवाह भएमा एकले अर्काको भाषा बुझ्न नसकेको अवस्थामा नेपाली नै प्रयोग गरेको पाइन्छ। 
  • बसाइँसराइले जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सक्छ। तर यसले मातृभाषाको प्रयोगमा भने नकरात्मक असर पारेको पाइन्छ। बसाइँसराइसँगै नेपाली वा स्थानीय प्रभावशाली भाषातिर अपसरित हुँदै गएको पाइन्छ। 
  • नेपालमा भाषाका वक्ताहरू विभिन्न स्थानमा छरिएर रहेको पाइन्छ। भुजेलभाषी ३३ जिल्ला, नेवार ६९ जिल्ला, तामाङ ७० जिल्ला, मैथिली ७५ जिल्ला, थकाली २९ जिल्ला, चेपाङ १५ जिल्ला र बान्तवा २५ जिल्लामा फैलिएर बसेका छन्। 
  • थकालीको मूल थलो थासाङ हो। त्यहाँ भन्दा करिब ५ गुणा बढी वक्ता काठमाडौँमा रहेको पाइन्छ। यसरी वक्ताको वितरण छिरिएर रहँदा मातृभाषाको प्रयोग गर्ने अवसर मात्र कम हुने नभई परम्परागत संस्कृतिमा पनि असर पर्दै गएको पाइन्छ।
  • महिलाहरू मातृभाषामा बढी अनुरक्त नै हुन्छन्। तर थकाली समुदायमा भने महिला पुरुषको तुलनामा मातृभाषाप्रति कम अनुरक्त रहेको पाइन्छ। नेपालका धेरै भाषिक समुदायका १५ देखि २९ वर्ष समूहका युवकयवतीहरूले लगभग आफ्नो मातृभाषा बोल्न छाडिसकेका छन्। ३० देखि ५९ वर्ष समूहकालाई आफ्नो मातृभाषा राम्ररी आए पनि सीमित भाषा प्रयोगका क्षेत्रमा बाहेक नेपाली भाषा नै प्रयोग गरेको पाइन्छ। ६० देखि माथिका उमेर समूहका मानिसहरू भने मातृभाषाप्रति सबैभन्दा बढी निष्ठावान् रहेको पाइन्छ। तर उनीहरूलाई पनि घरमा नातिनातिनीसँग कुराकानी गर्दा नेपालीमैै कुरा गर्नुपर्ने बाध्यता छ।
  • भाषा पहिचानको मेरूदण्ड मानिएको छ। यसलाई संरक्षण र संवर्धनका लागि विभिन्न काम गर्न उत्सुक रहेको पनि पाइन्छ।  
  • नेपालमा विशेषतः अल्पसंख्यक भाषाहरूको संरक्षणका लागि भाषिक समुदायको मात्र प्रयासले पुग्दैन। भाषा बोलिएन भने बिस्तारै कमजोर हुँदै जान्छ। त्यसैले भाषा बोलिनु पर्छ, लेखिनु पर्छ, आम सञ्चारमा प्रयोग हुनुपर्छ र आधारभूत तहको शिक्षामा प्रयोग हुनुपर्छ। 
  • नेपाली भाषाप्रति सकारात्मक अभिवृत्तिको विकास गर्नका लागि सरकारले बहुभाषिकताको मर्मअनुसार भाषा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भाषा संरक्षण र विकासका कार्यक्रमलाई अन्य विकास निर्माणका कार्यक्रमहरूसँग एकीकृत रूपमा लैजानुपर्छ। 
  • आउँदो जनगणनामा उचित प्रकारले भाषिक जनगणना गर्नुपर्छ। समुदायको आर्थिक र सामाजिक उत्थानविना भाषिक संरक्षण गर्न सकिन्न भन्ने मूल मन्त्रलाई कसैले बिर्सनु हुन्न।

उद्याेग वाणिज्य महासंघले स्थापना गरेकाे कर परामर्श केन्द्रको औचित्य के ?-राेशन सिग्देल

  • मंसिर पहिलो साता नेपालमा कर दिवस मनाउन थालेको ६ वर्ष पूरा भयो । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ नारासहित सातौं कर सप्ताह २०७५ मा मनाईयो । । यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले आफ्नै सचिवालयले कर परामर्श सेवा केन्द्र स्थापनासमेत गरेको छ । 
  • देशभरि राजस्वसम्बन्धी गुनासो संकलन गरी प्रत्येक शुक्रबार छानबिन गर्ने र समस्या समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना भएको बताइएको छ ।
  • परामर्श केन्द्रमा सरकारले आन्तरिक राजस्व विभागको प्रतिनिधिसहित, कानुनविद्, चार्टर एकाउन्टेन्ससहितको टिम रहनेछ । जसले व्यवसायका दौरान आइपरेको गुनासोको छलफल गर्ने र त्यसको समाधान दिन सहयोगी हुने बताइएको छ । 
  • परामर्श केन्द्र्ले राजस्व संकलनमा भन्दा व्यापारी र उद्योगीलाई राजस्व छलिमा सहयोग गर्ने हो कि भन्ने शंका पनि उब्जिन थालेको छ ।
  • पछिल्लो समय नेपालको कर संस्कृति नकारात्मक बन्दै गएको छ । उद्योगी–व्यवसायी सकेसम्म कर छल्न उत्प्रेरित भएको पाइन्छ । मानिसहरू आफूले तिरेको करको उचित प्रयोग नभएकाले कर तिर्न निरुत्साहित भएको बताउँछन् । 
  • वरिष्ठ अर्थविद् तथा करका अन्तराष्ट्रिय विज्ञ प्रा. डा. चन्द्रमणि अधिकारी पछिल्लो समय नेपालको कर संस्कृति नकारात्मक हुँदै गएको स्वीकार गर्छन् । कर प्रशासन राम्रो नहुनु र त्यसको राम्रो प्रयोग नहुनुले पनि मानिसहरू कर तिर्न आकर्षित नभएकाले कर नीतिमा परिवर्तन गर्नुपर्ने अधिकारी बताउँछन् । 
  • ‘कर सभ्यताको द्योतक हो,’ अधिकारी भन्छन्, ‘हाम्रो परम्परागत शास्त्र, वेद र चाणक्यका अर्थशास्त्रमा पनि राज्यले उपयुक्त ढंगले जनतालाई खुसी पारेर कर लिनुपर्छ भन्ने उल्लेख गरेको छ ।’
  • मानिसले उत्पादन भएको वस्तु र आम्दानीको प्रकृति हेरेर आफूले गरेको कमाइको १६ भागको एक भागदेखि ६ भागको एक भाग पनि तिर्नुपर्छ भन्ने परम्परागत रूपमा विकसित भएको अधिकारी बताउँछन् ।
  • उनले भने, ‘त्यतिबेला मौरिबाट जसरी मह काढिन्छ त्यसरी नै जनताबाट कर असुल्नुपर्छ भन्ने सिद्धान्त थियो, जनताको क्षमता र आम्दानीका आधारमा कर असुल्नुपर्छ ।’
  • ‘पछिल्ला दिनमा भने कर लिने–दिने विषयलाई सिद्धान्तमा जोडियो र संविधानमा पनि यो उल्लेख गरियो,’ अधिकारीले भने, ‘तर आम्दनी र उत्पादन बढाउने भन्दा कर असुल्ने प्रशासनको अभ्यास छ ।’
  • राजनीतिक संरचनामा भएको परिर्वतनसँगै सरकारले कर नीतिमा पनि परिवर्तन गर्न सक्छ । नेपाल पनि भर्खरै संघीयतामा प्रवेश गरेको छ । यसैले करका बारेमा प्रस्ट नीति नबन्दा यसले अन्योल बढाएको जनप्रतिनिधि र करदाता पनि बताउँछन् । 
  • ‘अन्तर्राष्ट्रिय रूपमा पनि करनीति समयअनुकूल फेरिँदै जान्छ, नेपालमा पनि आवश्यकताअनुसार नीतिहरू फेरिनुपर्छ,’ अधिकारी भन्छन्, ‘उद्योगी व्यवसायीले पनि करको कुरा बुझ्नुपर्छ र सरकारले पनि करको कुरा बुझाउनुपर्छ । यसमा एफएनसिसिआईले स्थापना गरेको परामर्श केन्द्र राम्रो छ ।