Sunday, October 11

प्रशासनमा पुस्तान्तरणको बहस-उमेशप्रसाद मैनाली

  • देशको शासन र प्रशासन हाँक्न ‘डल’ प्रशासनको सट्टा फूर्तिलो र जीवन्त प्रशासन दिन यी पुस्ता—बेबी बुमर, एक्सर, मिलेनियल र जनरेसन जेड कुन पुस्ता प्रभावकारी हुन्छ भन्नेमा एकमत छैन र विश्वका उदाहरणसमेत मिश्रित देखिन्छन्।
  • जे कृष्णमूर्तिले भनेका छन्, ‘युवा र वृद्धमा तात्विक अन्तर छैन, दुवै आफ्ना इच्छा र सन्तुष्टिका दास हुन्। परिपक्वता उमेरसँग सम्बन्धित हुँदैन। यो त समझदारीबाट आउँछ। बुझ्ने र जान्ने उत्कट भावना युवामा हुन्छ। यो होइन कि वृद्धहरू सिक्न सक्दैनन्, उनीहरूका लागि कठिन भने हुन्छ। धेरै वयस्क अपरिपक्व मात्र होइन कि बचकना स्वभावका हुन्छन् र यसैले विश्वमा अन्योल र दुःख बढाइरहेको छ।’ 
  • दार्शनिक सिसेरोले वृद्ध पुस्ताबारे भनेका छन् कि ‘उनीहरू कुद्न र उफ्रिनै काम गर्दैनन् वा टाढाबाट भाला प्रहार गर्दैनन् वा नजिकबाट तरबार प्रहार गर्दैनन्, तर विचार, बुद्धि र विवेकपूर्ण तर्कहरू दिन्छन्।’ 
  • रोमन गणतन्त्रमा ‘सेनेक्स’ भन्ने शब्दबाट ‘सिनेट’ को उत्पत्ति भएको मानिन्छ, जसको अर्थ ‘वल्ड म्यान’ भन्ने हुन्छ। 
  • फ्रान्सिस बेकनको शब्दमा ‘उमेर चार चिजमा मात्र राम्रो हुन्छ- पुराना काठ बाल्न, पुराना वाइन पिउन, पुराना साथी विश्वास गर्न र पुराना लेखकहरूका पढ्न।’
  •  ‘अक्टो जनरेसन’ आफ्नो विगतप्रति गौरव गर्ने र समयसँगै आफूलाई ढाल्न नसक्ने जिद्दी स्वभावको हुन्छ भनिन्छ। दोस्रो विश्वयुद्धपश्चात् जन्मिएका ‘बेबी बुमर जनरेसन’ भनेको अलिबढी नै सुविधाप्राप्त वर्गमा पर्छ। परम्परागत मूल्यमान्यता अस्वीकार गर्ने उनीहरूको विशेषता भए पनि आफूहरू विशेष पुस्ता भएको घमण्ड गर्ने र बदलिँदो परिवेश तथा प्रविधिअनुरूप आफूलाई बदल्न भने यो पुस्ता त्यति सक्षम छैन भन्ने मानिन्छ।
  • त्याग, कठिन परि श्रम, नियम तथा अधिकारमा दृढ हुने यस पुस्ताको मुख्य विशेषता मानिन्छ। ‘जनरेसन एक्स’ अघिल्लो पुस्ता ‘बुमर’ ले ‘मिलेनियल’ लाई नजिक मान्नाले अलमलमा परिरहेको देखिन्छ। ‘मिलेनियल जनरेसन’ असीको उत्तरार्धपछि जन्मिएकाहरू हुन्। उनीहरूको विशेषता भनेकै भौतिक मूल्यमा बढी जोड दिने, आत्मकेन्द्रित मनोविज्ञानमा रमाउने, आफ्ना लागि धन, मान र स्थान खोज्ने यस पुस्ताको राम्रो गुण भनेको नयाँ कुरा सिक्ने क्षमतालाई लिने गरिन्छ।
  • ‘जनरेसन जेड’ भर्खर दुई दशक पुगेका हुन्। यो पुस्ता खुला संवाद, सहकार्य र समूहकार्य रुचाउने, नवीन प्रविधि अत्यधिक मन पराउने ‘टेक्निकल स्याभी’ तथा प्रतिस्पर्धी ‘डिजिटल’ पुस्ताका रूपमा आएको छ। पुस्ताका यी सामान्य विशेषता विभिन्न अनुसन्धानको नतिजाका रूपमा आएको छ, तर सबैमा यी पुस्तौली गुण र विशेषता हुन्छ नै भन्न सकिँदैन।
  • नेपालमा पनि बीपी कोइराला ४४ वर्षमा प्रधानमन्त्री निर्वाचित भएका थिए, वीरेन्द्र २८ वर्षमा राजा बनेका थिए र महेन्द्र ३५ वर्षमा राजा बनेका थिए। यी सबैले आफ्नो शासनकालमा फरक खालका छाप छाड्न सफल भएका थिए।
  •  प्रशासनमा युवा पुस्ता
  • अफगानिस्तानमा असरफ घानी राष्ट्रपति भएपछि प्रशासनमा युवा नेतृत्वले भर्ने अभियान नै चलाएका छन्। 
  • अध्ययनले के पनि देखाएको छ भने यो पुस्ता अतिरिक्त आम्दानीका लागि अर्को काम गर्ने ‘साइड हस्टल्स’ पनि हुन्। 
  • २००७ को परिवर्तनपश्चात् मन्त्रालयका सचिवहरू नियुक्ति गर्दा राणाहरूका भागमा परेका मन्त्रालयहरूमा सेनाका जर्नेलहरू ल्याइए पनि नेपाली प्रशासनमा यसले बहुपुस्ताको विविधता व्यवस्थापन गर्नु आवश्यक देखिन्छ। यसबाहेक बहुपुस्ताबीचको फरक-फरक संस्कृतिको द्वन्द्व र टकरावको वातावरण बन्दै गएको देखिन्छ। एकातिर ई-मेल अभ्यास पनि पछि मात्र गर्न पाएका पुस्ता ‘बेवी बुमर’ र ल्यान्डलाइन टेलिफोन नै नचलाएका ‘जनरेसन जेड’ र शब्दमा भन्दा संकेत (सिम्बोल) मा जवाफ दिने ‘मिलेनियल’ हरू एउटै संगठनमा सँगै काम गर्दैछन्।
  • कांग्रेसले २५ देखि ३० वर्ष उमेरका शिक्षित युवा प्रद्युम्नलाल राजभण्डारी, कुलशेखर शर्मा, प्रेमनरसिंह प्रधान, हिमालयशमशेर राणा आदिलाई सचिवमा नियुक्ति दिइएको थियो। 
  • प्रशासनमा ‘कल्चर क्ल्यास’
  • नेपालको प्रशासनमा अहिले चार फरक पुस्ता काम गरिरहेको स्थिति छ। केही उच्च पदहरूमा अझ पनि ‘बेवी बुमर’ हरूको कब्जा देखिन्छ। प्रशासनलाई राजनीतिक नेतृत्व दिनेहरूमा भने पूरै ‘बुमर’ को हालीमुहाली देखिन्छ। दलहरू र सरकारको नेतृत्व गर्नेहरूको उमेर ७० वर्षको वरिपरि हुनु यसको उदाहरण हो। 
  • नेपालको प्रशासनमा अहिले सबभन्दा बढी प्रभुत्व ‘जनरेसन एक्स’ को रहेको छ। ५० वर्ष लगभग उमेरकाहरूले अधिकांश निकायको नेतृत्व गरिरहेको देखिन्छ। नवप्रवेशीहरू अधिकांश ‘मिलेनियल’ हरू छन्। लोकसेवा आयोगले लिएको परीक्षामा सफल हुनेहरूको औसत उमेर २७ वर्ष देखिएको छ। यसबाट यी दुई पुस्ताको प्रशासनमा केही वर्ष प्रभुत्व रहने निश्चित छ। तर, यी दुई पुस्ताको विचार नमिल्ने र राजनीतिक नेतृत्वका ‘बुमर’ हरूसँग लय मिलाउन नसक्दा प्रशासन कमजोर हुँदै गएको छ।
  • बढी आशा गरिएका नवप्रवेशीहरू आत्मकेन्द्रित भइदिँदा व्यक्तिगत स्वार्थले सार्वजनिक स्वार्थलाई विस्थापित गर्दै गएको देखिन्छ। नयाँ जोसका साथ सेवा प्रवेश गर्नेहरूको महत्वाकांक्षाले भ्रष्टाचार बढ्दै गएको छ। केहीअघि मात्र प्रवेश गरेकाहरू भटाभट भ्रष्टाचारमा समातिनु दुःखद स्थिति हो र यसमा सुधार गर्नुभन्दा अझ दुस्साहस गर्ने ‘जुवाडे’ प्रवृत्ति बढ्दै गएको छ। 
  • अब आशा ‘फिजिटिकल’ भनिने ‘जनरेसन जेड’ को छ’।
  • शासन-प्रशासनमा ‘जेरेन्टोक्रेसी’ ठीक कि ‘योङ्गर गभर्नमेन्ट’ भन्ने बौद्धिक बहसको विषय मात्र नभई राजनीतिक र व्यवस्थापकीय प्रवर्तनको विषयसमेत बन्दै गएको छ।
  • युवाको नेतृत्वको ‘तन्नेरी सरकार’ बनेमा पक्कै फरक शैलीमा काम गर्नेछ, तर यसले चमत्कार नै गर्छ भन्ने कुनै निश्चितता भने छैन। यसका लागि यस पुस्ताले आफूलाई अब्बल सावित गर्न भने सक्नुपर्छ। 
  • युवा उमेरले मात्र हुन सकिँदैन, जोस, जाँगर र साहस पनि हुनुपर्छ। यसबाहेक नवीन र सिर्जनात्मक सोच भएन भने समाजमा रूपान्तरण ल्याउन सम्भव हुँदैन। यो पुस्ता न ‘जोखिम पन्छाउने (रिस्क एभर्टर)’ हुन मिल्छ न त जे पनि गर्ने ‘जुवाडे (ग्याम्बलर)’ हुन सक्छ। परिवर्तनकामी र रचनात्मक तनाव लिने युवा नेतृत्व आयो भने नसोचेको परिवर्तन हुन सम्भव छ। 
  • नेतृत्व कुनै काम सहीरूपमा गरेर होइन कि सही काम गरेमा मात्र सफल हुन्छ भन्ने बुझ्न जरुरी छ। 
  • http://annapurnapost.com/news/150373

सुशासनको संकट-उमेशप्रसाद मैनाली

  • सन् १९९० पछि सार्वजनिक क्षेत्र सुधारको मुख्य सूत्र मानिँदै गएको सुशासन अवधारणाको परिभाषा र अर्थ बुझाइ भने बढी अमूर्त हुँदै गएको देखिन्छ।
  • ग्रिक दार्शनिक अरस्तुले राज्य र नागरिकबीचको सम्बन्धलाई इंगित गर्न यो शब्द प्रयोग गरेका थिए। 
  • सुशासन राज्यको कामकारबाहीको अत्युत्तम व्यवस्थापनको स्थिति हो। राम राज्य जस्तै हो, सुशासन, जहाँ सबै नागरिक सुखी, खुसी हुन्छन्।
  • शासकीय संरचनाहरूको सचेत व्यवस्थापनद्वारा सरकारको वैधानिकता बढाउनुलाई सुशासन भनेको छ। सुशासनको प्रमुख पात्रका रूपमा रहेको सरकारले सुशासनको प्रवद्र्धन गर्न सक्यो भने उसको जनतासँगको सम्बन्ध राम्रो हुन्छ। विपरीत स्थितिमा वैधानिकता गुमाउँछ। सुशासन शासकीय व्यवस्थापनको त्यो पराकाष्ठा हो, जहाँ नागरिकहरू सुरक्षित महसुस गर्छन्, न्यायको अनुभूति गर्छन्, अधिकारसम्पन्न हुन्छन्। 
  • जनताको स्वामित्व, पारदर्शिता र उत्तरदायित्व, समता र पूर्वानुमेयता सुशासनका चार खम्बा मानिन्छन्। यसका तीन मुख्य अवयवको सरल अर्थबाट यो अवधारणालाई बुझ्न सकिन्छ। पहिलो अवलम्बन गरेको प्रक्रिया पारदर्शी र उत्तरदायित्व बढाउने खालको छ/छैन, दोस्रो यसको अन्तर्वस्तुले समाजमा मूल्य, न्याय र समताको अभिवृद्धि हुन्छ÷हुँदैन र तेस्रो सेवा प्रदायन जसले गरिब र पछि परेकाहरूको प्रतिष्ठापूर्ण जीवनको ग्यारेन्टी गर्दछ वा गर्दैन। यी तीन अवयवको उत्तर सकारात्मक बनाउन सक्नुमै सुशासनको प्रवद्र्धन भएको मानिन्छ।
  • विश्व बैंकले भने कुनै पनि देशको सुशासनको स्थिति बुझाउन ६ वटा सूचक विकास गरेको छ – जनताको आवाज र उत्तरदायित्व, राजनीतिक स्थिरता, सरकारको प्रभावकारिता, नियामक गुण, विधिको शासन र भ्रष्टाचार नियन्त्रण।
  •  ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारको स्थिति, वल्र्ड जस्टिस प्रोजेक्टले विधिको शासनको स्थिति, पब्लिक इन्टिग्रिटी भन्ने संस्थाले पारदर्शिता र उत्तरदायित्वको स्थिति सार्वजनिक गर्ने गर्छ।
  • World Justice Report-59th out of 126- २०१९
  • NepalHappiness Index, 0 (unhappy) - 10 (happy)
  • The latest value from 2020 is 5.14 points. For comparison, the world average in 2020 based on 150 countries is 5.48 points
  • Global integrity Report
  • भ्रष्टाचारलाई सुशासनको विपरीत स्थिति र कुशासनको लक्षणका रूपमा लिइन्छ।
  • सुशासन जनताको अनुभूतिमा खोज्नुपर्छ। जनताको चेतन र अर्धचेतन मनले जस्तो ‘शासन’को चित्र बनाउँछ, त्यही नै सुशासनको स्थिति हो।
  • सरकारको भयशक्तिले मात्र समाज विकास गर्न सकिँदैन भन्ने निष्कर्षका आधारमै निजीक्षेत्रको आर्थिक शक्ति र नागरिक समाजको सामाजिक ऊर्जासहितको बहुपक्षीय साझेदारीको सोचाइले ‘सरकार (गभर्नमेन्ट)’लाई ‘शासन (गभर्नेन्स)’ को अवधारणाले विस्थापति गरेको हो। 
  • नेपालमा भ्रष्टाचारविरूद्ध दक्षिण एसियाकै कडा कानुन छ, संवैधानिक हैसियतको अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ। 
  • समाजमा नैतिक मूल्यमान्यतामा ह्रास आउनु, सार्वजनिक जिम्मेवारीमा रहनेहरू कानुन र जनताप्रति उत्तरदायी नहुनु, संविधानले व्यवस्था गरेका संस्थाहरूप्रति जनविश्वास कम हुँदै जानु, नियन्त्रण र सन्तुलन स्थापित राज्यका अंगहरूलाई कमजोर बनाउँदै जानु, शासन सुशासनसम्बन्धी नवीन प्रवर्तन नहुनु र सबभन्दा बढी राज्यका सबै अवयव अति राजनीतिकरणबाट ग्रसित हुनु सुशासनका चुनौती हुन्।
  • भ्रष्टाचार बढी चर्चाको विषय हुने भएकाले यसलाई नियन्त्रण गर्ने विषयले बढी प्राथमिकता पाइरहेको छ। तर यो सुशासन प्रवद्र्धनका लागि एउटा पक्ष मात्र हो भन्ने बुझ्नुपर्छ। यसका लागि सबभन्दा पहिलो प्रयास उत्तरदायित्वको अनुपालनको परीक्षण गर्ने आन्तरिक र बाह्य निकायहरूलाई प्रभावकारी बनाइनुपर्छ।
  • सचेत नागरिक भए भ्रष्टाचार नियन्त्रणदेखि सुशासनका सबै परिसूचक सुधार हुन्छन्।
  • पुरातन राज्य केन्द्रित सुशासनको ज्वरोबाट सरकारमुक्त भई ‘नयाँ सार्वजनिक शासन (न्यू पब्लिक गभर्नेन्स)’को अवधारणाअनुरूप बहुल बहुलवादी राज्यको अवधारणामा विभिन्न संस्थाहरूसँग सहकार्यमा काम गर्ने वातावरण बनेमा जनताको स्वामित्व हुने भई सबै विकृतिहरू क्रमशः कम हुँदै जान्छन्। यस अवधारणामा सार्वजनिक सेवा वितरणमा मात्र होइन सेवाको उत्पादनमा नै सेवाग्राही नागरिकहरू संलग्न हुन्छन्। यसलाई ‘सहउत्पादन (कोप्रोडक्सन)’ भनिन्छ। त्यस्तै कुनै नीति निर्माणमा पनि उनीहरूकै संलग्नतामा ‘को कन्स्ट्रक्सन’को अवधारणामा काम गर्न सकिन्छ। यी अवधारणा पश्चिमी देशहरूमा सफल रूपमा लागू भएका छन्।
  • भ्रष्टाचार बढाउने यसका प्रोत्साहन (आर्थिक, सामाजिक, सांस्कृतिक र सामाजिक मूल्य) र मानवीय उत्प्रेरक (व्यक्तिगत स्वार्थ, लोभ, आदि)हरूको विश्लेषण हुनुपर्छ। यी प्रोत्साहन र उत्प्रेरक घटाउने र जोखिम बढाउने रणनीति लिइनुपर्छ। कौटिल्यले भनेका थिए, ‘जसरी पानीमा भएको माछाले पानी खाएको हो कि श्वास फेरेको थाहा हुँदैन, त्यसै गरी सरकारी राजस्व खेलाउनेहरूले कहिले राजस्व हिनामिना गर्छन्, थाहा पाउन कठिन हुन्छ। त्यसैले थाहा पाउनासाथ कठोर दण्ड दिइनुपर्छ।’ 
  • रणनीतिक तहबाट इमानदार प्रतिबद्धतासहित स्वयं उदाहरण बन्ने, निर्णयलाई नीति हो भनी गलत व्याख्या नगर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई सबल बनाउने, नागरिक सचेतनाका कार्यक्रम व्यापक विस्तार गर्ने, नैतिक र आध्यात्मिक शिक्षामा जोड दिने, भ्रष्टाचार अनुसन्धानको दायरामा सबैलाई समेटने, सरकारका र बाह्य परीक्षण निकायहरूलाई प्रभावकारी बनाउने हो भने स्थितिमा उल्लेख्य सुधार आउन सक्छ।
  • http://annapurnapost.com/news/12018

कोरोना त्रासदी, मानवजाति र जिजीविषा-उमेशप्रसाद मैनाली

  • सम्पूर्ण मानव क्षमता, मस्तिष्क र सामर्थ्य यस प्रलयकारी ‘भाइरल’ सँगको लडाईंमा लागेको छ। जित पक्कै मानवहरूकै हुन्छ, तर यसले वनाएको घाउ निको हुन युगौं लाग्ने निश्चित छ।
  • मानिसमा सबभन्दा ठूलो डर नै मृत्युको हो। 
  • राज्य र सरकार नागरिकहरूको सुरक्षाका लागि आविष्कार भएका मानिन्छन्। नागरिक सुरक्षाका विविध आयाममध्ये प्रमुख हो स्वास्थ्यसम्बन्धी सुरक्षा।
  • अमेरिकी संविधान निर्माणको क्रममा जेफर्सनले लेखेका थिए—मानवीय जीवन र खुसीको हेरविचार गर्नु असल सरकारको पहिलो र वैधानिक काम हो।’
  • नेपालको कर्मचारीतन्त्रबारे नकारात्मक टिप्पणी हुने गरे पनि बेलाबेलामा आएका राष्ट्रिय संकट निवारणमा प्रशंसनीय भूमिका निर्वाह गरेको गौरवपूर्ण अतीत छ। 
  • कन्फ्युसियसका यी भनाइ मननयोग्य लाग्छन्, ‘देश व्यवस्थित हुँदा गरिब हुनु लाजको विषय हुन्छ, जब देशमा गडबड हुन्छ त्यस बेला धनी हुनु शरमलाग्दो हुन्छ।’
  • अन्य क्षेत्रमा जेजस्तो परिणाम आए पनि कोरोना महामारीले सामाजिक परिवर्तन भने सकारात्मक नै गर्ने संकेत देखिएका छन्। राजनीतिले गरेको विभाजन, धर्मले खडा गरिदिएको पर्खाल, संस्कृतिले ल्याएको सामाजिक पृथकता यसले एक हदसम्म भत्काइदिएको छ।
  • चिनियाँ ताओवादका प्रवर्तक लाओत्सेका यी दार्शनिक भनाइ मनन गर्नुपर्छ, ‘प्रकोप समृद्घिको मार्ग हो भने समृद्घि प्रकोप छोप्ने पर्दा हो।’ ठूला प्रकोपपछि पक्कै सुख समृद्घि आउँछ जसरी ‘ब्ल्याक डेथ’ पछि युरोप प्रगतिपथमा गएको थियो। हामी पनि आशावादी हुनुपर्छ।
  • http://annapurnapost.com/news/152423