Sunday, October 14

संसद् भनेकै समिति-सम्पादकीय-आश्विन ७, २०७५

  • संसदीय समितिहरूलाई लघु संसद् भनिन्छ, खासमा यी छाया होइनन्, सक्कल संसद् हुन् ।
  • अन्तरदलीय छलफल गर्ने र प्रत्यक्ष दलीय ह्वीप पनि नलाग्ने हुनाले समिति शक्तिशाली हुन्छन् । समितिकै कारण संसद् सशक्त, सक्रिय र सजीव हुन्छ । लोकतन्त्रको पहरा । 
  • संसदीय समितिहरुले कहिले त सरकारलाई निर्देशनसमेत दिन्छन् र कार्यकारिणी भूमिका गर्न खोज्छन् । सरकारलाई जवाफदेही बनाउने, निगरानी राख्ने हो, निर्णय आफैं गरिदिने वा यस्तो गर, उस्तो गर भन्ने निर्देशन दिने होइन । 
  • मसिनो गरी विधेयकलाई ढुट्याउने काम समितिहरूको हो । जस्तो मुलुकी संहिता पारित गर्नुअघि विधायन समितिले सरोकारवालाहरूसित व्यापक बहस र परामर्श गर्नुपथ्र्यो । समिति आफैं ओझेलमा बसेर तर्जुमा गर्‍यो, अहिले ड्राइभरदेखि डाक्टरसम्म पेसागत समुदाय असन्तुष्ट छन् ।
  • सुधार गर्ने भनेको संसदीय समितिका सदस्यहरूलाई विषयगत अध्ययनमा जोड दिलाउने हो । सदस्यहरूको कार्यक्षमता अभिवृद्धि गर्ने । विधेयक अध्ययन, पारित गर्ने, संशोधन हाल्ने तरिका र विधेयक कानुन बनेपछि त्यसले पार्ने प्रभावबारे जानकारी हुने गरी क्षमता विकास गराउन जरुरी छ ।
  • पश्चिमा देशका संसद् सदस्यलाई विश्वविद्यालयबाट आएका प्रशिक्षार्थीले सघाउँछन् ।