Wednesday, October 14

फेसबुक कलेक्सन २०६५।६।२७ सम्म

-------हैन यो सन्तोष नाम गरेकाहरु कति फालाफाल भएका हुन ह ? कपाल काटन गयो -सन्तोष, बस चढ्यो खलासी -सन्तोष, रेष्टुराँ गयो वेटर होटलको नाम नै -सन्तोष, मासु पसलको नाम -सन्तोष मासु पसल, तरकारी किन्न गयो सन्तोष, क्याम्पसमा दर्जन थिए -सन्तोष। ए साँच्ची तपाई कति जना सन्तोषलाई चिन्नु हुन्छ ?
------- मेरो गाउँतिर ज्यास्मिन फूललाई सबैजना वेश्या फुल भन्छन् । शायद साँझमा बास्ना छर्ने भएर होला । यदी साँझमा सुगन्धित हुनु नै गल्ती हो भने मलाई वेश्या स्विकार्य छ । कमसेकम उसले अनावश्यक नखरा, क्षण क्षणमा शर्त परिवर्तन र मोलमोलाई बिना आफुलाई निछावर त गर्छे !
अमृत भान्जाभाई
wow dami po cha ta मलाई वेश्या स्विकार्य छ
------- एकाबिहानै अयोग्य लडाकु पो भइएछ कथित मापदण्डको कारण !!!!!
Chetana Sharma
युद्धको कथित तर्तम्य नमिलेर हो कि !!!
-------नमिलेरै भन्नु पर्ला ! बाबा आमाले ३ महिना ढिला ल्यान्डीङ्ग गराइदिएका भए म स्वीकृत हुने मापदण्ड बरु नमिलेको हो की ।
खासमा सहरीया सामन्तले तोकेको मापदण्डमा उमेरका कारण नपरेको भएर अयोग्य लडाकु ठहराएको हुँ आफैलाई ।
------- हरपल हरक्षण मृत्यु बोकेर हिड्ने मान्छे किन त्यही मृत्युसँग यतिबिघ्न डराउँछ कुन्नी !
------- गएको २४ घण्टामा कसैले मलाई ठालू पल्टेको भन्यो भने म प्रतिरोध गर्ने मुडमा छैन । ठालू नसोचेको भए पनी पक्कै कुरा खेल्ने बिषय बनेको हुनुपर्छ ------- झमझम झरी अनि झरी देखिने झ्यालको साथमा सग्लै बिहान बिताउनुको मजै बेग्लै ! आऽऽ कस्ले बर्वाद गरोस समय अन्य कार्यमा..........................
नीराजन शिरीष
तर सान्निध्य जि, तपाईंको यो खुशीको पल आज बाट the end हुँदैछ नि ! cause, आज बाट मनसून बन्द !
-------मनसुनको आत्मदाहले शिरिषजिको घोषणालाई पूर्णता देओस् । अहिलेलाई यत्ति भनुँ होलाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
------- हुँदा हुँदा अब त हरेक शब्दहरु व्यङ्ग्य पो बन्न थाले बा !
------- मैले खोजेको धेरै मध्ये केही मात्रै उपलब्ध हुने भए यो शहरलाई म भकुण्डो बनाउने थिएँ ।
-------खोइ के खोइ के ! यो शहरले कन्फ्यूजन सिवाय केही दिएकै छैन हउ
------- चुर्लुम्म डुबेर उसको आँखामा -पुरानो संग्रहबाट एक पाना
समयक्रमले 'कम' प्रतिको मोहलाई विछट्टै अग्ल्याएर लगेको छ। हरेक कुरा/विषय/सन्दर्भ मा 'कम'को मोहले जात्रै गरेको छ। कम हैन बढी मान्छेहरु भन्छन्, बोलेको राम्रो – कम, खाएको राम्रो – कम आदि आदि यसमा लामै लाम लगाउन सकिन्छ शब्दको जहाँ कम... निकै प्यारो बनेर आउँछ ! प्रसङ्ग आँखाको छ। त्यसैले, केटाह...
नीराजन शिरीष
म त विदेश जाने विचार गरेको छु, सायद यसकारण पनि यो साल पक्कै मेरो जीवनका लागि यादगार हुनेछ ।
------ बैरागी गीत भए पनी जिवनको अर्थ खोज्ने प्रयास चै रैछDhuja Pareko
-------ति साथीहरु जो विस्मृत भए । ती आफ्नाहरु जो बहकिए । ती शत्रु औ पराइहरु जो इमान्दारीसाथ खेदो खन्दथे र छन् । ती कथित मेराहरु जो कहिल्यै मेरा हुन सकेनन् । ति क्षणहरु जसले मलाई याद बोक्ने कन्टेनर बनाइछाडे । ती सबै सबैलाइ ।
------- मन परेपछीको कुरा होला त्यो पखेरा पारि डाडा ..........................
त्यो पखेरा पारि डाडा रुन्छ मन घरि घरि, चखेवाको जस्तो रित्तो आभास छ सपना सरि।। कहाँ जन्मे कहाँ हुर्के सम्झना भो बिरानो झन, आज आमा बेदनामा जल्छ यहा मेरो जिवन ।। त्यो खरबारी सल्लाघारी झझल्कोमा आउछ आज, भँगेराको चिरबिर आवाज जिस्काऊछन हरेक साँझ।। कहा छुट्यो मनको खुशी बिरहमा डुबे झनझ...
------ दशैमा घर पुग्नैपर्ने/जानैपर्ने संस्कार/सोच/अवसर/मौका यसपाली पनी पुरा अर्थात उपयोग गरियो । हैन यो दशै बर्षमा कम्तिमा ३ पटक आउने हो भने घर जाने दर बढ्थ्यो कि घट्थ्यो होला ?
-------निराजनजी सुस्त भएहोला तर छोडेको त पक्कै हैन बरु तपाईसम्म पुग्न नसकेको पो हो की !
------- भत्किदो समय अनी उफ् ति संशयहरु । कमसेकम सहयोगी नभए पनी प्रतिपक्षी नभैदिए हुनेथियो नी ।
------- बिर्सनुको मजै बेग्लै ।
------- कुनै पनी कुरा सधै Regid to Regid हुन सक्दैन । झन्डा सधै एउटै हुनु पर्छ की पर्दैन भन्ने बहस भन्दा पनी अहम सवाल हो त्यसले कति नागरिकको भावना समेटन सक्छ भन्ने कुरा । झन्डा फेर्नै हुदैन भन्ने कुरामा म सहमत हुन नसकेपनी झन्डा फेर्नुपर्नाको औचित्य र त्यसको ...विकल्पबाट त्यसको महत्व उजागर हुनु राम्रो होला । राष्ट्रिय झन्डा फेर्ने कि नफेर्ने भन्ने विषयलाई अन्य तमाम विषयसँगै जनमत संग्रहको विषय बनाएर टुङ्ग्याउनु उपयुक्त होला की ?

------- उत्कृष्ट मुक्तकहरु -http://www.nepalikavita.com
भीमदर्शन रोका १। रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे आफ्ना-आफ्ना ताराहरू बाले...
------- मृत्यु अर्थात मेरी हजुरआमाको जिम्मेवार । ख्याल गरिदिनु है उहाँलाइ किनकी उहाँ मेरी हजुरआमा । गतसालको दशै पो अन्तिम भयो उहाँको हातको टिकाका लागी । दहिका घेल्का । दुधका बाक्ला तर । खानामा झ्याइ झ्याइ हुने गरी उत्रने घिउ । नातिका लागी जोगाएर राखेका स्वाद...िला केरा । घरेलु भुजा । हाँसका चल्ला । बहर मात्रै जन्माउने गाइ । धेरै नौनी लाग्ने भैसी । नातिनी बुहारीलाइ भित्र्याउन आतुर पर्खाइ । यादै याद ।
------- म बाट गल्ती हुन सक्ने सम्भावना हुन्छ किनकी म मान्छे हुँ ।
------ गजल - रमेश बस्ताकोटी- अनलाइन खबर
उनको लागि यो मुटुमा ठाउँ छ भन्दिनु छिट्टै फर्की गाउँ तिर आउँछ भन्दिनु बिर्सीएको छैन मैले बनपाखाका भाकाहरु तिम्रै नामको गित बनाई गाउँछ भन्दिनु तालखोलामा नुहाउन गा को अझै मैल...
------ उसको चाहना एक भ्रुण बनेर लगातार मेरो मस्तिस्क औ मानसपटलमा हुर्किरहेको हुँदाहुँदै मैले भ्रणको भविश्य अन्धकार देख्न थालेको छु । अब यस्तो स्थितीमा म उक्त भ्रण हत्याका लागी उसको अस्विकृत सहमती लिएर एवोर्सन गराउनुमा आफ्नो बुद्भिमानी देखेँ । तर भ्रण हत्या ...अर्थात यौटा सम्भावनाको हठात अन्त्य गराउने काम पक्कै पनी सहज छैन । मैले चाहेको एवोर्सनमा तिमी भन्दा म प्रताडीत हुने पक्का छ तर पनी म यही विकल्पलाई निर्विकल्प देख्दैछु ।
------- - त्रसित बसन्तको एक गजल
हिजो के भयो, भुलेर जाऊ । नलजाउ प्रिया, खुलेर जाऊ । नमिल्न सक्छ, फेरी अर्को सफर, आएको बेला, डुलेर जाऊ । बनाए“ वारी, यो तिम्रै लागि, आऊ न प्रिया, फूलेर जाऊ । फूल बनी फूल्न, सकिन साथी, काँडामा पनि, झुलेर जाऊ । रमाइलो यात्रा, हुनेछ तिम्रो, 'त्रसित...
------- दुई गजल http://nepaligajalharu.blogspot.com/ बाट
-प्रकाश 'क्षणिक' गजल यो धर्ती आकाश क्षणिक ! अवश्य - प्रकाश क्षणिक ! सूर्य चन्द्र - घामछाया यो ध्रुव सत्य - आश क्षणिक ! विलासिता - ब्यार्थ घमण्ड खुसी र उल्लास क्...
------ हुन्छ र हुन्न भन्नुमा कुन चै कठीन होला ?
------- जिवन हो घामछाया । सुख दुख दुवै हुन्छ । जिवन हो बिना माया छटपटी तडपन हुन्छ ।
------- म बहुलाएँ भने यो शहरलाई केही फरक पर्ला की नपर्ला ?
Padam Gautam
शहर अझ खुशी हुन्छ कि? किनभने उसलाई सबै पात्र चाहिन्छ।
Amrit Bhadgaonle
yo sahar lai hoina tapaiko pariwar lai pakkai asar parcha .
Laxmi Karki
bahulaune kura nagarau la sathi j vayapani!

Rajesh Maharjan
सामान्य प्रशासन मन्त्रालयको एउटा पद खाली हुन्छ र मानसिक अस्पतालको एउटा बेड occupied हुन्छ ।
Pradeep Upadhyaya
yeha kasailai kasaiko matalb chaina tehi ho tapaiko afanta ra kehi sathivai lai matra kehi din naramailo lagera afthero parcha aru kasailai kehi farak pardaina..........
-------हा हा हा ।।।। धन्यवाद । धन्यवाद । धन्यवाद सबैलाड् ।
Shubas Bhandari
dhari farak par6 ni kina ho tati dhari niras afulai chinna saknu par6
September 11 at 2:53pm • Delete
------ ताराहरु पनि खस्ने तर्खरमा छन अरे हामीले कैले ताराहरु पछ्याउने होला खै !
------- नमागीकन दुनियाँमा पाइने चिजहरुको लिष्ट बनाउन खोजेको त धोका, अविश्वास, वेवास्ता र बेइमानी मात्रै पो भेटेँ । अरु कुनै भए लिष्ट बनाउन सहयोग खोज्दैछु ------- जिवन हो घामछाया । सुख दुख दुवै हुन्छ । जिवन हो बिना माया छटपटी तडपन हुन्छ ।
------- म बहुलाएँ भने यो शहरलाई केही फरक पर्ला की नपर्ला ?
Padam Gautam
शहर अझ खुशी हुन्छ कि? किनभने उसलाई सबै पात्र चाहिन्छ।
Amrit Bhadgaonle
yo sahar lai hoina tapaiko pariwar lai pakkai asar parcha .
Laxmi Karki
bahulaune kura nagarau la sathi j vayapani!
Rajesh Maharjanसामान्य प्रशासन मन्त्रालयको एउटा पद खाली हुन्छ र मानसिक अस्पतालको एउटा बेड occupied हुन्छ ।
Pradeep Upadhyayay
eha kasailai kasaiko matalb chaina tehi ho tapaiko afanta ra kehi sathivai lai matra kehi din naramailo lagera afthero parcha aru kasailai kehi farak pardaina..........
-------हा हा हा ।।।। धन्यवाद । धन्यवाद । धन्यवाद सबैलाड् ।
------- ताराहरु पनि खस्ने तर्खरमा छन अरे हामीले कैले ताराहरु पछ्याउने होला खै !
------- नमागीकन दुनियाँमा पाइने चिजहरुको लिष्ट बनाउन खोजेको त धोका, अविश्वास, वेवास्ता र बेइमानी मात्रै पो भेटेँ । अरु कुनै भए लिष्ट बनाउन सहयोग खोज्दैछु ।
Kalpana Bhattarai
राग, द्वेष, क्लेष, कुण्ठा इत्यादि ।
------- मर्मत गरेपछी सबै चिजबिजहरु उस्तै वा दुरुस्तै हुन्छन भन्ने भ्रम कति बलियो हो कुन्नी । यि विग्रिएका सम्बन्धहरुलाई कमसेकम मर्मत सम्म गर्न पाए कति नै हुन्थ्यो होला तर यी सामानहरु । उफ ।
Uddhav Silwal
समानहरु एक्पटक बिग्रिएपछी मर्मत गर्दा बलिया त अवस्य हुन्नन् परन्तु कती सम्बन्धहरु अझ प्रगाढ बनेर आउन सक्लान कि !!
.........विश्वाश न हो !!
Rajesh Maharjan
मर्मत गर्नु भनेको तत्कालको संकट टार्ने मात्र हो ।
--------हो राजेशजी
- सम्बन्धहरुलाई उसैगरी मर्मतसम्म गर्न सजिलै पाए हुन्थ्यो भन्ने लालसा मात्रै हो सिलवाल जी ।
-------हामी निकम्माहरुले काठमाडौ छोड्यौ भने काठमाडौ बाहीरकाले खुच्चिङ्ग भन्न के बेर लगाउलान् र गुरु । यसै त सान्निध्य बदनाम छ शहरमा त्यहीमाथी हजुरहरुका निर्मम प्रश्नहरु प्रहशन गर्न लायक पो बन्दैछन त ।
------- सिलवाल भावनाहरु
(फेसबुकमा कसैको लागी लेखिएका शब्दहरु मलाइ मन परेपछी लाग्यो यो अरु कसैलाई आफ्नो मन परेको मान्छेलाई फकाउन वा मनाउन पक्कै उपयोगी हुन्छन भन्ने लाग्यो अनि सकलन गरे । यो तहमा खुला रुपमा भावना बगाउन सक्नु पक्कै पनि चानचने कुरा होइन होला त्यसैले मैले उनलाई सलाम गरे जस्ले यो लेखे । यद्यपी म चिन्दिन लेखकलाइ...
गजल.
------- म चाँदनी शाहले लेखेको र गुलाम अलीले गाएको "आज बारिसका मौसमका है, बरसात है, दो दिलोका मिल्नेका इकरार है" भन्ने गजल खोजिरैछु । आजभोली एफ एम मा पनी त्यो गित बज्दैन । कसैसँग छ की ?
------- मजा
कोरा दिलमा तिम्ले केर्दाको मजा । हिड्दा हिड्दै फर्किएर हेर्दाको मजा ।
------- जे होस देशले राष्ट्रपति चै गजबको पाएको रैछ । न कानून मान्ने न पद छाड्ने । कसको बुता कती रैछ हेर्न पाइने भो फेरी पनी ।
-------हो प्रचण्ड दाजु । भनिन्छ नी कुनै पनी देशका जनता कति क्षमतावान र सचेत छन भन्ने कुरा त्यस देशको राजनितीक स्थिती हेरे प्रष्ट हुन्छ । हामी दोषी नहुने कुरै भएन । हामी हामी मिलेरै समाज बनेको त हो आखिर ।
Sweeta Sharma
राष्ट्रपती होइन उप होलान है सर तिनै उप हुन जो न्याधिश हुँदा चरश काण्डमा पैसा खायर न्यायधिशको पद बाट मुक्त्त भएका थिए । तीनको भाग्यमा जहिले पनि पद छोड्नु पर्ने अनी किन छोडुन उप राष्ट्रपतीको पद ।
-------स्वेताजीले गल्ती औल्याइदिनुभएकोमा तथा कमेन्टको लागी धन्यवाद ।
------- यि सम्बन्धहरु निभाउनुपर्ने नभैदिए अरु मिठासपुर्ण हुनेथिए होला शायद
------- भोली के गर्ने होला ? अलमल्लमा छु । जाउँ तयारी छैन । हतियार बिना के लडाइँ गर्न जानुँ र ख्वै । नजाउँ आखीर गर्नै पर्छ यो साल नभए अर्को साल ।
-------फाइनान्स पोहोर दिइएन । यसपाली घाँडो भा'छ । पढने भन्ने कुरा पनी एकादेशको कथा हुन थालिसक्यो । पढाइले सुस्केरा थप्ने बाहेक अरु केही नगर्ने भो sssssssssssssssssssss
------- कार्यालयको कुर्सीमा बस्दै गरेका बेला यहाँ बसेर केही फाइदा छैन । विदेश सर्वोत्तम विकल्प हो भन्ने दिक्षा लिनु पर्दा पिडा भयो होला की आनन्द आयो होला मलाई ?
-------आफ्नै हाकीमहरु, सहचारीहरु । शायद ति नै मेरा असली शुभचिन्तक पो हुन की कुन्नी ! कन्फ्यूज्ड समयमा अरु कन्फ्यूजन दिन सबै सजिलै सकिरहेका छन हिजो आज ।
Sham Acharya
पिडा त जरुर भयो होला हजुर लाई तर यो देश को बेहाल देख्दा त मनै अमिलो हुन्छ सर के गर्नु .........
-------श्याम जी अब देशको चिन्ता गरेर समय बर्वाद गर्नुको कुनै अर्थ रहेन अबको समयमा । पैले आफ्नो चिन्ता अनी देशको चिन्ता । अब सिमाहीन विश्वको अभियान पो जायज हो भन्ने लाग्छ मलाइ ।
------ म जस्तो छु त्यस्तै बुझिदिए कसैको केही जान्छ ? न धेरै न कम ।
------- झुल्केको घाम सरी छु । बर्सेको झरी जस्तै छु । भनिदिउँकी जस्तो लाग्छ
------- बहार संगै उड्यो मन किन थम्दैन । पल पल तिम्रो याद आयो यो मन मान्दैन ।
------- ३ दिनको बिदा फोकटमा गयो । समयको उपयोग गर्न सकिएन । थोरै तिजको औसरले खायो । धेरै निन्द्रादेवीले चैट पारिन । १२ गते लाटोले केरा हेरेजस्तै हेरेर फर्कने लगभग पक्कापक्कि जस्तै पो भो त हउ गाँठे ! लौन समयको उपयोग गर्ने बुद्धि र सुद्धि कैले आउला म मा !
------- असरहरु अझै बाँकी रहेछन् । निकटतामा दुरी असहज अनी नमिठो त हुने नै भयो ।
------- यी अपेक्षाहरु सधै उकालो मात्रै किन लाग्छन कुन्नी ? नहुँदा पनी म रोकिएको थिइन अहिले थप हुँदा पनी पर्याप्त नभएको वा अरु सरह नभएको लागीरैछ । म आफैलाई धाप मार्ने स्थितिमा कहिले पुगुला ख्वै ?
------- अरु साथीहरु आफ्नो बाबाको प्रगतीको तुलनामा अगाडी पुगीसक्नुभएको होला । तर म अझै उहाँको आधाआधीसम्म पनी पुगेको छैन । खैर जे होस, आज बुवाको मुख हेर्ने दिन । किन बाबाकै तस्विर वालमा नराख्ने आफ्नो वालमा ।
-------भुमिगत छैन सर । यही छु । काठमाडौको भीडमा हराइरहको मात्रै हु अरु केही होइन ।
------- अरुको भ्रम ममा व्याप्त छ । मेरो भ्रम अरुमा व्याप्त छ । यी भ्रमहरुसँग वास्तविकताले कैले स्पर्धा गर्न सक्लान कुन्नी ?
Sham Acharya
समय ले नै त्यो भ्र्म लाई चिर्नेछ हजुर । जब सम्म समय ले मागेजस्तै गरी तपाईं असल मित्र बनी रहनु हुन्छ .............जय होस् ....
------- वास्तवमा आफैलाई कसरी चिन्ने होला ?
-------अस्थिरता मनको विशेषता हो आशा । मान्छेको स्वभावहरु परिवर्तन हुने भएता पनी कतिपय झनै Regid बन्दा रैछन । आफैलाइ चिन्नका लागी मन सहायक भैदिए हुन्थ्यो ।
------- पानीले आज क्लास छोड्नु पर्यो । कलास बंक गर्दा कुनै पश्चाताप र ग्लानी हुदैन तर क्लास लिन नपाउँदा खल्लो पनी लाग्ने रहेछ कैले कैले ।
-------गाई खाने भाषा सिक्दैछु । तर केही सुधारमात्रै भएको छ अरु भएको छैन ।
Sham Acharya
तर सर , मलाई भुत भएर पनि त्यो बैनी ले सबै कुरा भनोस जस्तो लाग्छ किनकी भुत को बारेमा सत्ये कुरा थाहा हुन्त्यो नि ।
-------वास्तवमा सर भुत केवल हाम्रो दिमागी चर्तिकला मात्रै हो । दिमागले बेलाबेला रंगशाला बन्न खोज्दा त्यस्तो भएको हो । समयसंगै दिमागमा रहेका स्मृर्तिहरु एकत्रित हुने प्रक्रिया मात्रै हो भन्ने लाग्छ मलाइ । तपाइको कामना तपाइ मात्रै पुरा गर्न सक्नुहुन्छ श्याम जी ।
------- उफ ! ! यौटा समस्या समाधान गर्न जाँदा अर्को बोकाएर पठाएछ मेकानिकले । वास्तवमा अरुमा भर पर्नु जस्तो निर्मम गरिबी अर्को छैन ------- आज केही नपुगेजस्तो केही छुटेजस्तो केही टुक्रेजस्तो भैराछ ।
-------परिणाम आज बढी आलश्यता अनी फ्रेस बन्न सकिराछैन हउ ।
-------होला शायद । साथीहरुको उपस्थितिले पक्कै केही न केही उर्जा त दिन्छ नै ।
------- सबै फेरिएकै देख्छु तर साला यो आदत फेरिएको किन नदेखिएको होला कुन्नी ।
------- हेर्दा हेर्दै कटुवाल काग फेरीयो । बोली पिच्छे उनको माग फेरीयो ।
-------तिज आएको बेलामा पुरुषको पिडा लेखिदिएको नी । हा हा हा
-------मैले मानिदिएँ लौ जा । जे पर्ला पर्ला । हा हा हा
------- फुल जस्तै उनी ! बेकारको कुरा । जुन जस्तै उनी ! बेकारको कुरा । हिड्दा हिड्दै लागे कैयन ठेसहरु, खुन जस्तै उनी ! बेकारको कुरा ।
Sham Acharya
उन्को एक स्पर्स । आनन्द को कुरा । उन्को एक मुस्कान । जिबन जिउने कुरा । माया गर्ने ले त हो नि माया गर्ने लाई सताउने कुन्न त्यो छेन कहिले दुख को कुरा ...................
------- म बदलिएको छु अरे । हा हा हा हा । यदि यो सत्य हो भने त्यो बदलाबलाई सलाम ।
------- समय । परिस्थीती । आफ्नो अवस्थीती । अपरिपक्क विगत । असान्दर्भिक भविष्य । थलथले बर्तमान । आफ्नो बाछोलाइ दुध छुटाउन खोज्ने गाइ जस्तै बन्दो रैछ कैले कैले यही जिन्दगी ।
Sham Acharya
शायद जिन्दगी नबुझ्दै मृत्यु ले पठाएको पत्र खोल्नु पर्ला । अमुर्त , आफ्नै राम्रो , अर्का को आसु झारेर हास्नु पर्ने । जिन्दगी ,,,,,उप्फ यो जिन्दगी
------- यो हप्ता ब्यापक फुर्सद होला जस्तो छ । भोलि बिदा । पर्सी बन्द सुन्दैछु । अर्को दिन शनिवार भै गो ।
------- भो अब अती भो ......................। साच्ची अती नै भो..................... । अब त म तिम्रा यादहरुसँग पारपाचुके गर्नै पर्ने देखिदैछ..................। तिमीसँग पारपाचुकेको यात्रा सोच्नै नपरेपनी यादहरुसँग पारपाचुकेका लागी त स्विकृर्ती दिन्छौ होला हैन ?
------- गजल
-प्रकट पंगेनी 'शिव' तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ पानी पनि आगो बन्छ कामदे...
------- अव्यवस्थित बागमति कैलेकैले जिवनको बिम्ब बनेर उत्रन्छ मानसपटलमा । यत्तिकैमा साँझको समयमा बहावकै गतिमा बग्दैगर्दा ज्यास्मिनको सुगन्ध मनभरी छायो । साच्ची बागमतिको पुरै किनारामा जस्मिन हुर्काउन पाए दुर्गन्ध ले स्वरुप केही फेर्थ्यो की ?
------- सालाऽऽऽऽ जिम्मेवारी........
दायित्व निभाउन पर्ने रे । परिवार सम्हाल्नु पर्ने रे । प्रगती गरेर देर्खाउने रे । अरुको अगाडी शिर ठाडो पार्न सक्ने काम गर्ने रे । आफू जस्तो सुकै होस । हाँसेरै हिड्नु पर्ने रे । समाज परिवार अनि आफन्तको नाक राख्नु पर्ने रे । पैसा कमाउनु पर्ने रे । माया फेलाउनु पर्ने रे ।
------- डेरा फिर्ने सुर गरि हुइकिएको म अफिस पो आइपुगेँ त्यो पनी समयमै । बिचको समय नै गायब । बन्द । जाम । आन्दोलन । अधिकार । शक्ति प्रदर्शन । गुप्त लक्ष्य । राजनैतिक विकृर्ति । अन्योल भविष्य । बर्वाद समय । सन्त्रासको आवादी ।
------ भर्खरै थाहा पाए अस्तिको दिनमा मेरो प्रविणता प्रमाण पत्र तहको पढाइका बेलाका क्याम्पस प्रमुखको मृत्युको खबर सुनें । दुख लाग्यो तर ताजुब लागेन । व्यक्तिगत रुपमा म सँग सौहार्दपूण सम्बन्ध नभए पनी म्याग्दीको शैक्षिक र राजनैतीक वृत्तले उनको योगदान शायदै बिर्सिएला की ! कमसेकम मलाइ त्यस्तो लाग्छ ।
------- सधै उचाँइ नै लक्ष्य हुने भए तिमी हामी फरक भूमिका र यात्रामा हुनेथियौ ।
-------मेरो मतलव प्रगति सम्मृद्धि र परिवर्तनको उचाइ हो सुरेश सर । समयले ल्याउने एकमात्र सत्य परिवर्तनको ग्रहण गर्दा राम्रो अनी कथित प्रगती मात्रै अंगालेको भए सम्बन्धको पुनर्व्याख्या जरुरी हुनेथियो भन्ने यथार्थताको वर्णन मात्रै हो । अब यसलाइ गलत भन्न मिल्ला र हजुर ?
------- मेरो बेपर्वाहको सिमाना कोरिदिने कसले ?
-------खोजी र जिकीर केवल मान्छेको मात्रै होइन मित्र । परिवेशको खोजी प्रमुख कुरा हो । परिवार र आफन्त अनि संगीहरुसँगको सान्निध्यता प्रतिको लालसा मात्रै हो ।
------ तिमीसँग सँगै रात नटेकेको धेरै भयो । बेसोमती तिम्रो मात नदेखेको धेरै भयो ।
------- मजा
ख्याल-ख्यालमा बारम्बार कुटीनुको मजा । प्यारै प्यारमा तारन्तार लुटिनुको मजा ।
------- कैले काही ढाँटनुको मजा पनी बेग्लै हुँदो रहेछ । यद्यपी त्यो रहर थिएन भन्नेमा कमसेकम म ढुक्क छु ।
------कसरी मेरो बेला आएको हो गुरु ढाँटनलाइ ? किन त्यस्तो लाग्यो ?
------- भोलीदेखी व्यस्ततासँग मित्रता अरु प्रगाढ हुदैछ । मित्रता दिवसको भोलिपल्टै मलाई यो साइत जुर्दैछ
------- शिर अनि हात
यि हातहरु शिरमा धेरै टेकिन थाले । यि बातहरु धेरै भिरमा देखिन थाले । मौसम बेइमान हुँदा ध्यान मोडीयो । यि मुलाकातहरु पिरमा रेटीन थाले ।
------ ईशाराले बोलाउनु पर्दैन,माया भए डराउनु पर्दैन ।
------- तिम्रा यादहरु बजारमा बिक्रि हुने भए म कती पो धनी हुन्थे होला है !
-------एकदमै धेरै त होइन तर पुग्ने जती धनी हुन मन छ । पुगेको लाग्यो र अन्जना तिमिलाइ । म त आधार शिविरमै छु । ३ देखी ४ क्याम्प हुन्छन अरे चुचुरोमा पुग्नका लागी ।
------- प्राथमिकताहरु क्रमश छटनी हुदैछन् । छटनीमा मेरो साच्चैका सम्भावनाहरु पो पर्ने हुन् की !
------- गीतको ट्युनिङ् राम्रो । तर आफुले मन पराएको मान्छेलाइ यसरी श्राप दिन सकिदैन होला शायद ।
-------मुटुरोग बिशेषज्ञ भोला रिजालले लेखेको गीत रैछ । मुटु चर्किने कुरा पो छ त हउ ।
------- अब उस्तै रहदैनन् की हाम्रा जम्काभेटहरु ।
------सधै उस्तै समय अनी मन कहाँ रहन्छन् र हजुर ।
-------त्यसपछी सम्बन्ध परिभाषीत हुन्छ कि । यही हुन्द्छ भन्ने थाहा छैन । तर अर्कै अवस्था अनुभूती पक्कै होला ।
------- कलेजका दिनहरु साच्चिकै रोमान्चक हुन्छन । यस गितमा कलेजको समयमा युवा पुस्ताले गर्ने मस्तीका प्रायजसो किस्ताहरु समेटीएका छन् । त्यसैले मलाइ यो गित मनपर्छ । तपाइहरुलाइ पनी मन पर्छ कि भनेर लिंक नराखिरहन सकिन ।
Chintan Sharma
म त इण्डियाको यस्तो विरोधि भै सकेछु कि यो गित सुन्दापनि त्यतिके रिस पो उठेर आयो त .........
------- संगीतको कुनै सीमान हुदैन
------- गजल -तुलसी प्रवास
दिलभित्र आलो घाउ मलम लाउने उनी छैनन् सारा रात सपनीमा सताउने खुनी छैनन् । कैले कतै भेट हुँदा मुसुमुसु मुस्कुराउँथिन् जीवनको बाटोभरि साथ दिने गुनी छैनन् । एक्ला दिन सधैंभरि पट्यारलाग्दा हुँदा रैछन् आधा जीवन बाँचेको छु आधा मेरी जुनी छैनन् सम्झनालाई कुनै दिन...
------- गजल - कपिल अन्जान
अब के छ त हुकुम महारानी? उस्तै छ रोल्पा र रुकुम महारानी ...
------- माया मेमसाव । धेरै अगाडी हेर्ने मौका मिलेको यो फिल्म मलाइ मनपर्ने मध्येको एक हो । दमदार कथा सहितको कथा हेर्ने मोह यसले अरु बढाइदिएको थियो ।
------- प्रश्नहरु सधै किन निर्मम हु्न्छन् कुन्नी ?
------- गजल
उस्तै उस्तै लाग्छन् तिमी अनी याद । टाढा टाढा भाग्छन् तिमी अनी याद । यो बेइमान दुनियाँ अनी मान्छेहरु सारा सारा माग्छन् तिमी अनी याद । गयौ त गयौ अझै के छ बाँकी यहाँ बिना सित्ती जाग्छन् तिमी अनी याद । २०६५।४।१२
------- तिम्ले भूलेको बाटो हैन म । मेटीदै नमेटीने टाटो हैन म
-------हो की हो की जस्तो लाग्छ । हा हा हा
------- अन्तत झरी त परीगो । तर तिमी............
------ आफ्ना आफ्नै झैझमेला बोकेर मान्छे कुदिराछन् शहरमा । कसैको जन्मदिन । कसैको परिक्षा । कसैको भ्रमण
-------त्यस्तो धेरै हामीहरु गर्छौ । कहिले बाध्यता हुन्छ । कहिले रहर हुन्छ । थाहा पाएको जानकारी दिदाँको पिडा भन्दा थाहा नपाएझै गरिदिएपछी खुशी भैटोपल्नेहरु धेरै छौ हामीबीच । प्रेमको कुरा गर्ने हो भने कही न कही गुमाउन नचाहने लालसा हो भने अन्य व्यवहारमा चै एउटै घटनालाइ सम्बन्ध तोडने हतियार वा मतियार किन बनाउनु भन्ने शुभ इच्छा हो जस्तो लाग्छ मलाइ । तपाइलाइ कस्तो लाग्छ कु्न्नी थाहा भएन ।
Remove------- संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा प्रशासन सुधारका प्राथमिकताहरु विषयक अन्तर्किया
Padam Gautam
तपाईं आँफै पनि बडा बन्ने खतरा छ ......
-------त्यस्तो नहोला । तर ठेकेरै भन्न त कहाँ सकिन्छ र पदम जि ।
------- अस्विकृत आगमन
मलाई फुट्टी मन नपर्ने मान्छे मेरो अगाडी आएर गफ चुटीरैछ । म उसको कुरा सुनीराछैन । तर उ सुनाइरैछ । औपचारिकता निभाउन पनी कठीन भैराछ । उसले मेरो बिगारेको त केही छैन तर मलाई उसको केही पनी मन पर्दैन । मन नपरेपछी के लाग्यो र । मलाइ उसमा मन पर्ने कुरा खोज्नु नै वाहियात हो जस्तो लाग्छ । सधै । शायद उसैगरी ।
------- उर्जाशिल गीत । हिउँ फुटे हिमनदी, जन्ता जुटे जन सागर
------- यस्तो धेरैलाइ हुन्छ होला तर भन्न चै पुरुषोत्तमले भनिदिए । हा हा हा । यो मायाको जातै तगडा ।
------ बाग्लुङ्ग । चैते दशै । रमाइलो याद । उरन्ठेउला ती दिन । साच्ची यादहरु जस्तै रमाइलो जिन्दगी भैदिए कति जाती हुन्थ्यो होला है ।चैते दशैँ मेलैमा....
हिँड माया पोखरा घुम्न जाउँ तिम्लाई पनि लाईदिउँला उतै काम धौलागिरिमा, सकेको तिराउँला नत्र फिरिमा...
------- म त हिडे पोखरा माया हिड्यो दाङ्गको बसैमा
------ हिड्दा हिड्दै रोकीएर तिम्लाई हेर्न पाइयोस । सुवास हौ तिमी मेरो सुगन्ध फेर्न पाइयोस ।
-------म भन्दा कैयौ गुना राम्रो त्यही लाग्यो अनी के गर्नु त । म भन्दा त्यै राम्रो छैन त सविना जी ?
------- हेर्नु छ
चक्रिय समय मलाई रिङ्ग्याइरहेछ एकनास । तिमी आफ्नै धुनमा ब्यस्त छौ । म आफ्नै दैनिकीमा अल्झेको छु । थाहा छैन भोलीको वर्तमान के हुन्छ तर पनी हेर्नु छ मैले तिम्रो आडम्बरी बर्तमान अनी यथार्थतामा प्रशोधित आकांक्षाहरुलाई त्यतीबेला मेरा आँखा केवल भिजेका मात्र भए पनी म ढुक्क ।...
------- रामहरु बदनाम छन् शहरमा । नामहरु गुमनाम छन् शहरमा ।July 21 at ------- साच्ची व्यस्त हुनुको मजै अलग । वाह ।
-------हो त । समय अनी मौकामा पिरती नगाँसे कहीले गाँस्ने ? तर एक हप्ताको लागी म तालिममा छु । त्यसैमा व्यस्त हुनुपरेको ५ ।
------- मैले कसैलाई सम्झनु जरुरी ठान्दीन । किनकी म कसैलाई बिर्सने प्रयास वा ध्याउन्नमा नै हुन्न ।
------- प्रयेसीको बयान - नाना पाटेकर
कैसे बताउँ में तुम्हे मेरे लिए तुम कौन हो । कैसे बताउँ । कैसे बताउँ । ए...., कैसे बताउँ मै तुझे तुम धडकनो का गीत हो । जीवनका तुम संगीत हो । तुम जिन्दगी । तुम बन्दगी । तुम रोशनी । तुम ताजगी । तुम हर खुशी । तुम प्यार हो । तुम प्रित हो । मन मित हो । आँखोमे तुम । यादोंमे तुम । सासोंमे त...
-------त्यो दिन पक्कै आउछ । भूपिले भने झै ।
------- केही कुरा
समय त्यसै कट्यो । म उस्तै पहिलेको जस्तै हुन सकिरहेको छैन । न त म बगेको हुँ । न त म अडीएकै छु । यसको शुरुवात कसले गर्यो त्यो पनी थाहा छैन साथै अन्त कसरी होला त्यो पनी थाहा छैन । उस्तै परिवेशमा अलग घटना घटीत हुने चक्र हुनेरैछ बारबार । तर पनी केही छैन । हे समय मलाई मात्रै छान्नु सधै यसै...
-------कैसे बताउँ में तुम्हे कि तु मेरे लिए क्या हो । ए कैसे बताउँ मै तुझे तुम धडकनो का गीत हो । जीवनका तुम संगीत हो । तुम जिन्दगी । तुम बन्दगी । तुम रोशनी । तुम ताजगी । तुम हर खुशी । तुम प्यार हो । तुम प्रित हो । मन मित हो । आँखोमे तुम । यादोंमे तुम । सासोंमे तुम । आहोंमे तुम । निंदोमे तुम । खाँबोमे तुम । तुम हो मेरी हरबात में । तुम हो मेरी दिन रात मे ।
-------तुम सुवह मे । तुम साम मे । तुम सोचमे । तुम काममे । मेरे लिए पाना भी तुम । मेरे लिए खोना भी तुम । मेरे लिए हसना भी तुम । मेरे लिए रोना भी तुम । और जागना सोना भी तुम । जाउँ कही । देखुँ कही । तुम हो वहाँ । तुम हो वही । कैसे बताउँ मै तुम्हे । तुम बिन तो मै कुछ भी नही । कैसे बताउँ मै तुम्है मेरे लिए तुम कौन हो ।
-------ए जो तुम्हारा रुप है । ए जिन्दगीकी धुप है । चन्दनसे तरसा है बदन । बेहेती है जिसमे ए अगन । ए सोखिया । ए मस्तीया । तुमको हवाओसे मिलि ।
------- नमिठो खानाले पेट भर्ने काम भो । क्यान्टीनमा महंगीको असर परेछ । टेण्डर राख्दाको समयमा कबुलेको
------- यि मनहरु सधै उस्तै किन रहदैनन् कुन्नी ?July 16 at 9:38am • Comment • ------- पुन स्मृर्ति
२०५२ अथवा २०५३ सालतिर होला । त्यतिबेला पानीपोखरीमा बस्ने गरेको म लखर लखर हिड्दै कमलपोखरी आँउदा राजदरवार फन्को मारेर आउँथे । त्यतीबेला राजाका पहरेदारहरु फुच्चे केटालाई जिज्ञासु नजरले हेरेक हुन्थे तर म आफु त्रसित हुदै फटाफट बाटो लाग्थे । दिनदिनै सम्मुख पर्ने उस्तै पहिरनका फरक मान्छेहरुले न त मल...
------- सबै परेशानी र चिन्ता बेचेर मुनाफा लिने दिन कहिले आउला ?
------ पत्रकार मित्रहरुलाई नया समाचार छ । सिंहदरवारभित्र चक्काजाम ।
-------तलब बृद्धि नभएको कारण सहायक स्तरका कर्मचारीहरुद्वारा ।
------- खानका लागी बाच्नेकी बाच्नका लागी खाने ?
Mahesh Sagar Khanal
तपाइँ आफुमा प्रष्ट नभएसम्म जसो गरेपनि उहि हो
Remove------- म पनी अब समयको हिसाव राख्ने मुडमा छु । समयलाई सम्पत्तीमा रुपान्तरण गर्दा कसो होला भन्ने अनुभव राख्नु पर्यो नी ।
------- सम्झीरहुँ भन्ने पटक्कै मन छैन । तर बिर्सने पो कसरी होला ?
Padam Gautam
एउटा कवि भन्थ्यो-म त बिर्सन नै बिर्सिदिन्छु, त्यस्तै भयो मलाई तिम्रो याद्को पनि याद आयो।
-------आहा क्या बात सम्झनु भो पदम सर । उनको यादको यादले त मार्छ सर । बिर्सनु सारो कठिन ।
------- म केही नबोलुँ या नकहुँ यस्तो चाहनेहरु पनी रहेछन । तर म उनीहरुको चाहना पुरा हुन कसरी दिन सक्छु ।
Padam Gautam
कुन कुरामा दृढ हो साथी? आफ्नु कि तिनिहरूको?
-------आफ्नु सुर नछोडने कुरामा ।
-------किस्ताबन्दीमा सोच्ने फ्यानहरुलाई के कित्ता छुट्याउनु हो ।
-------पहाडी मधेशी भाइ भाइ । अहिलेलाई यत्ती बुझीराखम न ।
------- बेइमान मान्छेहरु
शहरभरी बेइमान मान्छेहरु फालाफाल । इमान सबै बेच्ने मान्छेहरु मालामाल ।
------- माधवकुमार नेपाल पछीको प्रधानमन्त्री होला ?
-------तर म न त ३ ठाउँबाट हारेको छु न त लाज पचेको छु । समस्या पो पर्यो त । नभएपछी जाबो प्र म पनी हुन सकेन भनेर गिल्ला होला । फसाद पो पर्यो त ।
------- यो राजधानी अति नालायक भैसक्यो । म भन्दा पनी बढी । अब यसलाई बेच्ने सोचिरैछु । कोही छ खरिदार ??
------- मै माछी मारम की फेवातालैमा
------- स्थितीवर्णन १
म दुखी छैन । म हाँस्न सकिरहेको छैन तर चाहन्छु । भित्रैबाट । र त्यहाँ तिम्रो सान्निध्यताकै व्यापकता छ । केबल तिमी त्यसको कारक बन्न सक्छ्यौ भन्ने मेरो आशय हो । जान्ने सुन्ने तिमी हुँदाहुँदै म किन हाँस्न नसकिरहेको हुँला ख्वै ?
------ मल्लाजी बिक्रम बाबुका केही टुक्राहरु । मलाई त मन पर्यो । तपाइलाई के गर्छ कुन्नी ??गजल
(1) पंधेरिमा मलाई लुगा धुन दिन्नन आमा, मर्ने गरी कुट्छन अनि रुन दिन्नन आमा । हाम्रा बाले बनाएका हिजो तिनै देउता, आज मलाई तिनै देउता छुन दिन्नन आमा । देवकोटाका मदन बने साहू बाका छोरा, स्कूलमा मलाई मूना हुन दिन्नन आमा । भैगो अब छोड़ी दिनुस पाऊ मोल्न यिनको बैगुनीलाई ज्यान दिएनी गुन दि...
------- केही भन्नु छ?
तिम्रो धमिलो याद झनै धुमिल बन्दो छ । यसैगरी बितिरहने हो समय भने म त्यो धुमिल यादलाई कुचो लगाउन बाध्य हुनेछु । त्यतिबेला तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ । तिमिले म...
------- मेरो अव्यवस्थालाई देखेर होला कसैले सरोकार लिएको लाग्दैछ । तर कहिलेसम्म?
------- बाहीर जानुपर्ने । झरीले रोक्यो । तर पनी म खुशी छु भित्रैबाट । केबल यो टाउको केही समय भारी हुन छोडी
------ अरुहरुका जस्तै मेरा पनी थुप्रै गर्नुपर्ने कामहरु चाउचाउ जस्तै जेलिएका छन् । टुक्रा टुक्रा परेका
-------चाउचाउ साहित्य हो की ?
------- गजल
तिम्रो नामसँगै बदनाम हुन मन छ । गुमनाम हैन, खुलेआम हुन मन छ । ठानून् अरुले जे-जे निकम्मै ठानून ! मात्र तिम्रो रुचीको, काम हुन मन छ । यो आकाश धर्ती अनी प्रेममण्डलमा, पूर्णेको जून दिने, घाम हुन मन छ । प्रेमील मन हो, आनन्दको यात्रा भने, तिम्ल...
------- आज अफीस बंक । लौ जा ।
------- पुरानो निम्तो । नयाँ समय । एक नजर दिने की ।
------- ठीकै हो की । हरुवाको सरकारमा आऊ भन्नु निहुँ खोज्नु हो
------ गएँ र आँए पनी । बेकारमा काम गिथले की भन्ने लाग्यो । अर्थात आज शुरु भयो भोली बिहानै बिर्को लगाउछुँ
Gopal Giri
तपाईको कुरो सिधा जस्तो लागेन, मतलव तपाईको भनाईको तात्पर्य बुझिएन नि ...!?
-------गीरी सर मेरो कुरा अघील्लो पोष्टिङ्गसँग सम्बन्धीत छ त्यसैले होला ।
पदम सर बिज्ञापनकै सिलसिला हो । हेरौ । तपाईको मुखमा दुध र भात जाओस भन्थे अब त्यहाँको थाहा भएन ।
-------भनेको थिएँ नि बिज्ञापनमा तल्लिन छु । ललितपुर सम्म गएको ।
Remove------- बसमाया आजको रात । फेरी भेट हुदैन एक साथ । गाईको दुध बाछीले घटेम्ली । नबोलेर कलेजी कटेम्ली ।
------- हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ
Irah Adhikari
उफ़ उफ़ हिजो नपर्दा आज पर्यो फेरी उही पानी पानी
J ------- रात त्यसै बितेको पत्तै हुदैन । दिनमा कसैका लागी समय छ्ट्याउनु कठीन रहेछ । यस्तो बेला तिमी के गर्छ
------- गजल
हेरी राख एक दिन तूफान भएर आउनेछु । तिम्ले जीवन जिउने उपदान भएर आउनेछु । समय हो सधै उस्तै रहन्न देखिहाल्यौ जबर्जस्त फेरीएको राष्ट्रगान भएर आउनेछु । ढुंगा होइनौ तिमी बरोबर जान्दछु म निर्लज्ज औ नग्न जानाजान भएर आउनेछु । गोल गोल नै त छ यो दुनियाँ आखिर समयसँगै सान्दर्भ...
Anjana Aryal
tufan banera gaya ni jau upadan banera gaya pani jau tara 6ito gara hai janti jana man lagisakyo.
Padam Gautam
सोच्ने गर्छेउ मलाई सधैं सानु मान्छे,
हेर्दै गर म अब महान भएर आउनेछु ।
------- मेरो हठ
क्रमश जटील बन्दै गएर होला अरुले नबुझेकैले तिमीले बुझ्न पायौ बर्षेको थिइन यसरी कैलै अरु नरुझेकैले तिमी रुझ्न पायौ । अब अरु रहर नगरेकै बेस भो म कायर भए त्यसैले जुध्न पायौ ।
------- अबका जम्काभेटहरु के पहिले जस्तै सहज होलान त । के साथी र साथी बिचको सम्बन्धले उस्तै राग दिन सफल हो
-------निराश होइन अन्जु परिस्थितीको वर्णन हो । अब त्यसमा निराशा झल्कन्छ भने मैले के नै पो गर्न सक्छ र ।
------ स्मृती
साला बाँडुली पनी आउदैन कहीले कहीले । कमसेकम आइदीए त लाग्थ्यो नी तिमीले सम्झ्यौ ।
------- आखीर के भैरहेछ म सँग ह ?
------- बजारमा आफ्नै बिज्ञापन गरी हिड्नुको मजा पनी छुट्टै हुँदो रहेछ । हैरौ मेरो मार्केटीङ्ङ्ग कत्तिको
अमृत भान्जाभाई
अब चै केही हुन्छ जस्तो छ ।आलु प्याज कोवी किनाइ .... सस्तो तरकारी कालिमाटी को भाउ मा अ रे ।आलु प्याज कोवी किनाइ
------- म उस्तै हुन चाहन्छु जस्तो कि पहिले थिए । तर पापी समय अनि समाज केवल अगाडी बढेकै हेर्न चाहन्छ ।
------ अहो क्यू बस्ने काम कति कठीन । सुन्दछु आर्यघाटमा पनी लाइन बस्नु पर्छ अरे । कमसेकम मर्दा त सुखले मर्न पाए हुन्थ्यो नी हैन र ।
------- ओ संसाथ छोडेर जाने निष्ठुर मन, एक पटक जाउँ की नजाउँ भनी सोधिदिए मात्रै पनी त म ढुक्क हुन्थे, पर्खु
------- नबिझ्ने गरी बोल्ने कसरी होला ?
------शायद सबै सबैलाई
------- जिन्दगीमा छोड्नैपर्ने तर नसकेका कुरा कति होलान थाहै पाउन कठिन भो
Padam Gautam
त्यो थाहा पाउदा शायद हामीलाई जीवनले छाड्छ कि यार?
Shikhar Aarohanपहिलो त यो जिन्दगी नै हो छोड्दिउँ यार यो साला जिन्दगी ।
-------ताल बेताल अनि हडताल जिन्दगी ।
जाँच पडताल अनी बेहाल जिन्दगी ।
हा हा हा हा .................................
------- गर्छु भनेको काम केही पुरा भएन । अपूर्णता नै जिवन हो भने पुरा नभएको लाई पुरा गर्ने समय पनी आउछ भनेर
------- तिमी र म उस्तै पहिलेकै जस्तो नवपरिचीत हुँदा हौ त क्या मज्जा हुन्थ्यो होला है??
-------याद आएको भन्दा पनी पुनर्ताजगी मात्र अपेक्षा हो सर । नयाँ नयाँमा जती चासो र सन्तुलित व्यवहार हुन्छ क्रमश निकटता पश्चात त्यो कम हुदै जाने कुराले छोएको मात्र हो । याद आउनु र मन पर्नु त सामान्य कुरा नै भए नी सर
------- सखारै किर्तिपुरबाट शहर छिरेको चिसोको अनुभव पो भयो त । के अझै पनि काठमाडौ तातो छ त ??
Padam Gautam
काठमाडौं भित्रबाट चिसो नै छ,यहाका हरेक मान्छे चिसा बन्दैछन र यो शहर मुर्दा पोलेको रापमा न्यानो मानिरहन्छ
-------चिसा भन्दा अझ बढी कुरुप र विभत्स पो बन्दैछौ । मान्छेहरुलाई मुर्दा पोल्दै गरेको हेरी Evening Walk गर्नु यहाँक मानिसको दैनिकी बन्दैछ ।
------- तातो मौसम अनी तातो हावा म कतै तराई तिर छु भन्ने लाग्न थालिसक्यो । बाहिर हिडीसाध्य छैन ।
------- आज हतारै हतारको दिन जस्तो छ हेरौ साँझको अन्त्य कसरी हुन्छ
------- अफिसमा छिर्दै गर्दा यौटा फुल ननिमोठिरहन सकिन र ल्याएर टेबलमा सजाएको छु । अर्थात म फुल निमोठुवा.....
Shanta Dhenga
फुल टिप्यो भने पाप लाग्छ भन्ने थाहा पाएनौ कि कसो ? मैले त पढेर ल्याको कुन्नी कती हो किलसा .
-------लागे लागोस । बरु टिप्ने बेला मालीदाई नजिकै थिए, अप्ठ्यारो मानी मानी चुँडाएँ ।
Asha Sharma
ful tipera falyo bhane po paap lagla ta...ful tipera maan bata sajayo bhane sayad paap nalagla...
ful tipe paap lagcha bhanthanne ho bhane flower shop keepers and floriculturist jasle more and more flower production garera market ma lyauchan sabai uniharu ta papi nai hune bhaye ta.........
------- २०६१ सालमा बागलुंगमा रहँदाखेरी संयोजन गरेको तथा त्यहीकै दैनीक ढोरपाटनमा प्रकाशित यो गजल अचानक भाटभटेनीबाट अन्मिएकी साथीको विहेमा सम्झेपछी साथीहरुमाझ सुनाएको थिए । त्यसो त म आफ्ना लेखोटहरु धेरैजसो विर्सिएझै लाग्छ । आज लाग्यो किन शेयर नगर्ने ?
------- माओवादीको आक्रामक रणनीति क्रमश परिणाम दिने दिशामा उन्मुख होला की सत्ता कब्जाको पुर्वअभ्यासको
-------ख्वै अब त आशा गर्नु नै बेकार हो की भन्नु पर्यो । म पनि झण्डा परिवर्तन गर्नुपर्छ भन्नेमा छैन । जबसम्म दिमाग परिवर्तन हुदैन केही अर्थ छैन अरु परिवर्तनको ।
------- अब निन्द्रादेविको काखमा निदाउनुको विकल्प छैन । नत्र भोली सखारै सूर्य अङ्कलले ओछ्यानमै देखे भने
------- आजको उपती मेरो । पढ्नेकी हजुरहरु
Deepak Luitel
आग्रहलाई स्विकार्दै तिम्रै तिर सरुँ लाग्यो
मदहोसी मै लुटपुटिदै एउटा भुल गरुँ लाग्यो
Padam Gautam
Bhetne sarai mana bhaye,timi aafai aaye hunchha,
Kahile kahi ta timle pani mero tira dhaye hunchha.
-------डेरापनी खाली भा'छ हिजैमात्र मरो घरमा,
तिम्रोमा त साँघुरो छ यतै तीर आए हुन्न ?
padam~
उनको साथ मिलेपछी तिर्खा हैन नशा चढोस ।
अग्रगामी नारी उनी उनकै मुख पैले बढोस ।
Anjana~
ग्रिन सिग्नल मिलेपछी माग्न जाँदा ठिक होला,...
पैले बजारमा केही मिठो हल्ला त चलोस ।
------- केही दिनदेखी मेरो अव्यवस्था त पानी नपरेर पो हो की भन्ने भान पारिदियो आजको झरीले । दिमाग पनी ताजा र शितल भएको पो हो की कुन्नी ।
------- तयारी केही छैन तर पनी जानेछु । भोकाएको छैन तर पनी खानेछु । जीन्दगीको यही मजा मैले पनी पक्कै लिनुपर्छ ।
-------हरेक मान्छे साहित्यीक हुन्छ केवल उस्ले आफ्नो अनुभूतीलाई शब्दमा व्यक्त्त गर सक्छ कि सक्तैन भन्ने कुरामा त्यो निर्भर हुन्छ । मेरो गुँड त आजकल बागमती किनारमा छ । तिनकुने नजिक । झट्टै सार्ने मेलो पनी छैन ।
------- जताततै कन्फ्यूजन अनी फ्रस्टेशन व्याप्त भैरहेका बेला म किन उत्साहीत हुने प्रयास गुरुँ ??
------- उफ यो कुर्ने काम त्यो पनि मन्त्रीलाई !!!!1
------- मन्त्री आउने भए अरे सर्कुलिङ्ग भएको थियो तर समय पछी सर्ने रैछ की के हो कुन्नी ।
------- हिजोको रात पुरै कलेजकी सगीनीको विवाहमा सामेल हुने मेलो परेपछी साथीहरुसँग लामो समयपछी भेटघाटको
-------उषा जी को । हाम्रो ग्रपको साथी । शायद तिमी चिन्छौ होला ।
------- असार नलागेको असारमा विहानै पनि उखुम छ । झरी परिदिए कमसेकम बागमती गनाउन छोडथ्यो की !!
-------फोहोर बगाउँछ नी दिदी । म त बागमती किनारमा बस्ने मान्छे नी । मेरो चासो त्यहाँको फोहोर बग्यो भने स्वच्छ हावा खाना पाउँला भन्ने मात्रै हो । बेला बेला बागमती गनाएर गुँड नै सारौ जस्तो पार्ने गर्छ नी । त्यसैले बागमती आहत हैन रमाउँछ भन्ने पो लाग्छ त मलाई ।
------- जे बी टुहुरेलाइ साथ लिदा प्रचण्ड नाचेको हेर्न पाइएन । कसैसँग त्यसको लिक छ की ।
------- बन्दको दिनमा अफिस आएपछी फुट्टि काम हुदैन । क्या मज्जा ।
------- खयाल शुन्य भएको छु आज । केही आइरहेको छैन दिमागमा ।
~ध्यानस्थ हुँदाको जस्तो खयाल शुन्य हुन पाए पो आनन्द पदम जी । यो खयाल शुन्यता अन्योलको हो कि योगीमार्ग भन्दा विल्कुल अलग ।
------- टेलीकमले गोरखापत्रमा नाम निकालीदिएकाले आजको साँझ गजब भो । बधाई छ दौतरीलाई जो नयाँ अनुभव सँगाल्द
------- आज संघर्षको लागी भए पनी परीक्षा दिएर आए । परिणाम के हुन्छ थाहा छैन । पुरै १ घण्टासम्म गाईखाने भाषासँग रहनु कठिन कुरा हो नै ।
-------तुलनात्मक रुपमा गतीलो गरी बाँच्ने संघर्षको क्रममा दिएको परीक्षा ।
-------परीक्षा बंक गर्दा पनी मजै हुनेरैछ नी सर । कमसेकम पढनु परेन । अर्को सालका लागी गर्ने यौटा काम भए पनी कन्फर्म भो । गजबले सुत्न पाइयो । जे होस त्यो पनी अनुभव लिनुपर्ने नै रहेछ ।
------- तिल पहाड बनेपछी उनी बाटो लागीन्, मेरो खोइरो खने पछी उनी बाटो लागीन् ।
Padam Gautamबस्ने मन थियो होला बिचरीको तर
तिम्ले जाउ भनेपछि उनी बाटो लागिन।
-------आकाश छोडी धर्तीमा बसौ मात्र भनेको हुँ,
जोडको तोड परेपछि उनी बाटो लागिन ।
Padam Gautamजिन्दगीमा हासुम् भन्दै तिम्रो छेउ आइन होला,
तिम्ले आसु झार्न थालेउ,उनी बाटो लागिन् ।
-------दु:ख सुख बाँडी खाने उनकै प्रस्ताव थियो,
एक्लै खान नपाएसी, उनी बाटो लागिन् ।
Padam Gautamदु:ख जती बाडेउ होला,सुखी एक्लै भएउ होला,
त्यही पीडा भयो होला,उनी बाटो लागिन् ।
-------तेरो मेरो नभनेर हाम्रो ठानें दु:ख सुख, अबुझ बनीन् बुझ्नेबेला, अनी उनी बाटो लागीन् ।
------- कहाँ थियौ तिमी रंगमञ्च उठेपछी आयौ, समयले जवानी लुटेपछी आयौ.....................................कसैसँग यो गीत छ भने सुन्न खोजिरैछु ।
------- मिठो खाने लालसामा नमिठो खाना खानुप-यो । अब देखी सादा खाना बाहेक दही र मासु बहीस्कार सिंहदरवारभीत्र
------- आखीर एक दिन गर्नै पर्ने काम आज छोड्दैछु तर पनी लाग्नुपर्ने दु:ख लागेको छैन । ए सान्निध्य त कुन कुरा
------- कोही मेरो लागी कर्णाप्रीय गीत पठाअोस भन्ने लागीरैछ
------ यस्तो लाग्दैछ म संवेदनहीन बन्दै गैरहेको छु क्रमश
------- लास्टमा हठी गिरीजाले आफ्नो निर्णय लादीछाडे । आखीर
------- जिन्दगी ३ घन्टाको रोमान्टीक फिल्म भै दिए कति मजेदार हुन्थ्यो होला हगी ।
------- बिर्सु भन्छु तिम्रो याद झनै आउँछ किन होला................
Write a comment...Remove------- खोटाङ्ग र ताप्लेजुङ्ग मध्ये घुम्न जानको लागी कुन छान्ने होला ?
------- के यस्तो हुन सम्भव छैन त ?गच्छदार समूहद्वारा नेपाललाई दिएको समर्थन फिर्ता लिने चेतावनी
------- समयले एक टुक्रा सफा कागज दिए हुन्थ्यो नी, जहाँ मेरा आकांक्षाहरु अटेसमटेस सकुँ ।
------- लामो समयपछी आईलागेको बन्दमा धुवाँरहीत रित्तो सडकमा बत्तिएर हिड्न पाउदा संकलन भएको बोसोको केही
------ अपिसमा चिया कचहरी भैराछ सबै जनासित

गरिबी न्यूनीकरणमा सहकार्य -नागरीक दैनीक (सन्जय आचार्य)

सन् १९७० को उत्तरार्धदेखि केन्द्रीय बैंकहरूले गर्ने नियन्त्रण खुकुलो पारी विनिमय दर बजारद्वारा आफै निर्धारित हुन दिनुपर्छ भन्ने धारणा विकसित हुंदै गएको हो। औद्योगिक राष्ट्रहरू क्रमशः स्वतन्त्र विनिमय दरतर्फ लम्कँदै थिए। सन् १९९० दशकको मध्यदेखि धेरै विकसित र संक्रमणकालीन मुलुकले पूर्ण परिवर्तित विदेशी विनिमय प्रणाली नभए पनि आंशिक परिवर्त्यताको लचिलो मौद्रिक नीति अवलम्बन गर्न थालिसकेका थिए। फलस्वरूप कार्यक्षत्र विस्तारै संकुचित बन्दै गएको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्राकोष गरिबी निवारणको ठोस कार्यक्रमसहित प्रस्तुत भयो। सन् १९९९ को सेप्टेम्बर २६ मा मुद्राकोषको नीति निर्माण अन्तरिम कार्य सञ्चालन समितिले गरिबी न्यूनीकरण र आर्थिक वृद्धि कोष (पीआरजीएफ) स्थापना गर्ने निर्णय गर्‍यो। पीआरजीएफको स्थापनासँगै यसले केही व्यावहारिक पक्ष पनि समेटेको छ। प्रत्येक सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने नीति मुद्राकोष र विश्व बैंकमा बनाइने र तिनलाई जस्ताको तस्तै विकासशील राष्ट्रहरूमा लागू गर्ने परम्पराविपरीत पीआरजीएफ अन्तर्गत सदस्य राष्ट्रहरू आफैले गरिबी निवारण रणनीति पत्र (पीआरएसपी) तयार पार्नुपर्ने तर त्यसको सुधार र परिमार्जनका लागि मात्रै मुद्राकोषको पीआरजीएफबाट सहयोग प्राप्त हुने व्यवस्था गरियो।
सन् २००० देखि प्रभावकारी रूपमा कार्यान्वयन हुंदै गएको पीआरजीएफ कोषले आर्थिक गतिविधिमा गरिबहरूको व्यापक पहुँच र सहभागिताको अपेक्षा गरेको छ। गरिबी निवारणको प्रयासमा नागरिक समाजको भूमिका प्रष्ट हुनुपर्ने पनि यसको दृष्टिकोण छ। साथै यसले पीआरजीएफको कार्यान्वयनको जिम्मा र अधिकार सदस्य राष्ट्रहरूलाई नै सुम्पेको छ। यसले गरिबी निवारण र आर्थिक वृद्धि संँगसँंगै जानुपर्ने पक्षका रूपमा महत्व दिएको छ। वितरणका समस्यालाई भने त्यसपछि मात्रै सम्बोधन गर्नुपर्ने पक्षका रूपमा घुमाउरो शैलीमा संकेत गरिएको छ। यसका साथै ठूला सुधारका कार्यक्रम संचालन गर्नुपूर्व तिनको गरिबीमा पर्ने असरहरूको विश्लेषण विश्व बैंकबाट गराउनुपर्ने पक्ष पनि यसमा समावेश गरिएको छ।

संचालित विकास कार्यक्रमलाई गरिबमुखी बनाउने जिम्मेवारी विश्व बैंकलाई दायित्वका रूपमा दिइएको छ। मुद्रा कोषले आधारभूत र समष्टिगत आर्थिक पक्षहरूको लेखाजोखा गर्ने र विश्व बैंकले परियोजना स्तरमा कार्यक्रमको मूल्याङ्कन गरी बढी प्रतिफलयुक्त आर्थिक कृयाकलापमा सदस्य राष्ट्रलाई उत्प्रेरित गरी बजारोन्मुख दक्षता अभिवृद्धि गराउने गरी कार्य विभाजन गरिएको छ। यसबाट उनीहरूको परम्परागत अनुभवलाई आगामी कार्ययोजनामा पनि उही रूपले एकाकार बनाइएको छ।

पीआरजीएफ कार्यक्रमबाट वित्तीय लक्ष्यहरूलाई आफ्नै ढंगले तर्जुमा गर्न सदस्य राष्ट्रलाई थप लचकता प्राप्त भएको छ। अधिकांश विकासशील राष्ट्रको प्रमुख निर्यात कृषिजन्य उत्पादन भएकाले तिनको अन्तर्राष्ट्रिय मूल्यमा आउने गिरावटबाट समष्टिगत आर्थिक संरचनामा त असर पर्छ नै त्यसको प्रत्यक्ष असर गरिबहरूको आयमा पर्ने गर्छ। यसतर्फ कार्यक्रमले बढी सजगता अपनाएको छ।

सदस्य राष्ट्रमा दशकौंदेखि सरुवा रोगजस्तै फैलिरहेको सार्वजनिक क्षेत्रको खर्चमा जवाफदेहीको कमीलाई ठोसरूपमा सम्बोधन गर्नुपर्ने लक्ष्य पीआरजीएफले लिएको छ। उदाहरणको लागि हालै नेपाल सरकारले सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा ४० प्रतिशतभन्दा बढी सार्वजनिक खर्च बेरुजु हुने गरेको छ। स्रोत व्यवस्थापनमा विश्वसनीयताको कमीले धेरै आवधिक योजना बीचैमा तुहिने गरेका छन्। कतिपय सन्दर्भमा ऋणमोचन कार्यक्रमले लक्ष्यित समूहहरूलाई समेट्नै सकेका छैनन्।

गरिबी निवारणको सन्दर्भमा आआफ्नो उत्तरदायित्वलाई बढी प्रभावकारी बनाउने उद्देश्यले मुद्रा कोष र विश्व बैंकका जिम्मेवारीलाई थप प्रष्ट बनाइयो। मुद्रा कोषले आन्तरिक र बाह्य आर्थिक स्थामित्व कायम गरी आर्थिक बृद्धि दर उच्च बनाउने उद्देश्य प्राप्तिका लागि मुद्रास्फिति र विदेशी विनिमय दरलाई वांछित सीमाभित्र राख्न विभिन्न वित्तीय र मौद्रिक नीतिको निर्माण र कार्यान्वयनमा जोड दिंदै गयो। अर्कोतिर समष्टिगत आर्थिक परिसूचकहरूको दायराभित्र रही अधिकतम आर्थिक वृद्धिदर प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले सन् २००१ मा विश्व बैंकले गरिबी निवारण सहयोग कर्जा (पीआरएससी) को स्थापना गर्‍यो। यसले सदस्य राष्ट्रहरूको क्षेत्रगत विकास र निजीकरण प्रक्रियालाई बढाउन थाल्यो। पीआरएससी नयाँ वा नौलो स्वरूपको कर्जा प्रणाली नभईकन बदलिँदो सर्न्दभमा पुरानै संरचनात्मक सुधार कर्जाको नयाँ नाम हो। यसको स्वरूप परिवर्तन भए पनि सारमा उद्देश्य उही थियो।

नेपालमा पीआरजीएफ र पीआरएससी
नेपाल सन् २००३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको पीआरजीएफ कार्यक्रममा प्रवेश गर्‍यो। यसअन्तरगत सदस्य राष्ट्रले तीन बर्षसम्मका लागि आफूले मुद्रा कोषबाट प्राप्त गर्न सक्ने कोटाको १४० प्रतिशतसम्म सुविधाजनक ऋण पाउन सक्ने प्रावधान रहन्थ्यो। विशेष आवश्यकता परे त्यसलाई १ सय ८५ प्रतिशतसम्म बढाउन सकिन्थ्यो। आर्थिक वर्ष सन् २००३।०४ मा यस कार्यक्रममा प्रवेश गरेपछि नेपालले तीन वर्षका लागि पाउन सक्ने अधिकतम सुविधाको ७० प्रतिशत प्राप्त गर्‍यो। यस ऋण सुविधा अन्तरगत नेपालले गरिबीको कुचक्रलाई तोड्ने निश्चित कार्यशैलीहरू अवलम्बन गर्नुपर्ने, आन्तरिक द्वन्द्वलाई सुल्झाउने तर्फ ठोस उपलब्धि हुनुपर्ने, आर्थिक बृद्धि दरको फराकिलो आधार तयार पारी त्यसलाई दिगो बनाउनु पर्ने, लक्षित समूह र सामाजिक विकासका विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने र सुशासनको प्रत्याभूतिजस्ता पक्ष समावेश गरिएका थिए। त्यसैगरी, सार्वजनिक र वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तरगत केन्द्रीय बैंकलाई सुधार गर्नुपर्ने, ऋण असुलीमा स्पष्ट सुधार भएको प्रत्याभूति हुनुपर्ने, घाटामा गई बोझ भइरहेका सार्वजनिक संस्थानलाई निजीकरण गर्नुपर्ने र सुशासनको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण र विकेन्द्रीकरणको प्रयासमा ठोस उपलब्धि प्राप्त हुनुपर्ने जस्ता प्रावधान पनि थिए।
अर्कोतिर विश्व बैंकले गरिबी निवारण रणनीति पत्र कार्यान्वयनका लागि सन् २००३ को नोभेम्बरमा ७ करोड अमेरिकी डलर बराबरको पीआरएससी ऋण स्वीकृत गर्‍यो। यस सुविधाले धेरै उद्देश्य राखेको थियो। तिनमा आर्थिक बृद्धिदरलाई क्रमश बढाउँदै लैजानुपर्ने, सार्वजनिक सेवालाई चुस्त बनाउनुपर्ने, सामाजिक समावेशीकरणलाई बढावा दिनुपर्ने, प्रतिस्पर्धात्मक नीतिलाई बढीभन्दा बढी क्षेत्रमा लागू गर्नुपर्ने थिए। पीआरएससीका कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। पहिलो चरणको कार्यक्रम सन् २००३ देखि २००४ सम्म लागू गरिएको थियो भने द्वन्द्व व्यवस्थापनमा कुनै सुधारका संकेत नदेखिएकोले विश्व बंैकले दोस्रो चरणको कार्यक्रमहरूलाई अगाडि बढाउन प्रेरित गरेन।
पीआरएससीको प्रथम चरणका कार्यक्रमले केही सुधारका कार्य अगाडि बढाए। सार्वजनिक लगानीलाई बढी प्रतिफलयुक्त बनाई गरिबमुखी आर्थिक वृद्धिदर उकास्न प्रोत्साहित गर्ने, लगानी मैत्री वातावरण निर्माण गर्ने र सार्वजनिक सेवालाई सरल र सुलभ बनाउन पीआरएससी केही हदसम्म सफल देखिन्छ। साथै हाल नेपालमा फेसनका रूपमा व्याप्त समावेशीकरणको प्रारम्भ पनि पहिलो चरणको पीआरएससीबाट नै भएको हो। यसले उच्च आर्थिक वृद्धिको फराकिलो आधारका लागि लक्षित समूह कार्यक्रमको सुरुवात गरी त्यसलाई समावेशी बनाउने उद्देश्य लियो। आर्थिक उद्देश्य प्राप्तिको लागि अवलम्बन गरिएको समावेशीकरणको अवधारणा अहिले सबैजसो क्षेत्र र क्रियाकलापमा प्रवेश गरेको छ। केही क्षेत्रमा समावेशीको अवधारणा उपलब्धिमूलक देखिएको छ। उदाहरणका लागि लक्षित समूहका केटाकेटीको विद्यालय स्तरको शिक्षा, सार्वजनिक सेवाको क्षेत्रमा सीमान्तकृत वर्गको बढ्दो संलग्नता, सार्वजनिक सेवामा प्रभावकारिता, भ्रष्टाचार नियत्रणका प्रयास, केही सार्वजनिक संस्थानहरू सुधारको मार्गमा आउनुआदि। गरिबी निवारण सहयोग कर्जा कार्यक्रम (पीआरएससी)को कमजोरी चाहिँ यसमा व्यापार उदारीकरणको पक्ष प्रष्टरूपमा समावेश नहुनु हो।
लेखक न्यु एरामा अनुसन्धानरत छन्।