Thursday, October 25

स्थानीय सरकारको कर, आलोचना र सुझाब -कृष्णहरि बास्कोटा

संघीयतामा आधारित  संविधानको मर्म
१. वर्तमान नेपालको संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ । नेपालमा लागू भएको संघीयताको मूल मर्म राज्यका शक्ति र अधिकारको संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहमा समुचित बाँडफाँड गर्नु हो ।
२. यो अधिकारको बाँडफाँडको सिद्धान्त कुन–कुन विकास निर्माणका काम राष्ट्रियस्तरको हो, कुन प्रदेशस्तरको हो र कुन स्थानीयस्तरको हो भनी पहिचान गरेर सो काम सोही तहको सरकारबाट सम्पादन गर्ने हो । यसैगरी आमजनतामा प्रवाह हुने सेवाहरू के–कति कारण र आधारले कुन सेवा संघीयस्तरबाट, कुन सेवा प्रदेशस्तरबाट र कुन सेवा स्थानीय तहबाट प्रवाह गर्दा जनतालाई पायक पर्छ भनी अधिकारको बाँडफाँड गर्ने हो ।
३. जनजिब्रोको सहजताका लागि सिंहदरबार गाउँमा आयो भनिएको हो । तर, समग्र मुलुकको परराष्ट्र नीतिको सञ्चालन, नोट छाप्ने काम, राहदानी जारी गर्ने काम, केन्द्रीयस्तरको कर संकलन, राष्ट्रिय गौरवका ठूला आयोजनाको सञ्चालन संघीय सरकारबाटै हुन्छ । यी कुरामा सिंहदरबारको अधिकार सिंहदरबारमै छ, गाउँमा आएको छैन ।
४. यसैगरी प्रदेशस्तरमा लोकसेवा आयोगको व्यवस्था, प्रदेश विश्व विद्यालयको सञ्चालनलगायत संविधानको अनुसूची ६ मा वर्णित अधिकारहरू सिंहदरबारबाट गाउँमा होइन, प्रदेशमा आएका छन् ।
५. यसै सन्दर्भमा संविधानको अनुसूची ८ मा लेखिएका २२ प्रकारका अधिकारहरू, जो साबिकमा सिंहदरबारमा थिए, ती गाउँमा आएका छन् । संविधानको अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहमा रहेको साझा अधिकारको सूचीबाट पनि स्थानीय सरकार सञ्चालन ऐन, ०७४ अनुसार स्थानीय तहमा थप अधिकार प्राप्त भएका छन् । यसरी संविधान र कानुनले स्थानीय तहलाई निश्चित अधिकार प्रदान गरेको पहिलोपटक हो, जो सबै नेपालीका लागि गर्वको विषय हो । यसलाई संस्थागत गरी जगेर्ना गर्ने कर्तव्य हामी सबैको हो ।
सत्र वर्ष नतिरेको  कर तिर्नुपर्ने भयो
१. हाल गाउँमै सिंहदरबार आयो भनिएको छ । यसरी गाउँमा सिंहदरबार आउँदा अधिकार मात्रै आएको छैन, कर्तव्य पनि साथमै आएको छ । करिब १७–१८ वर्ष स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि थिएनन् । जसका कारण जनताले पाउनुपर्ने सेवा पाउन सकेका थिएनन् र तिर्नुपर्ने कर पनि तिर्नुपरेको थिएन ।
२. सो बखत गाउँपालिकाका सचिव सदरमुकाममा बस्थे, जसका कारण सेवा लिन सदरमुकामको होटेलमा सचिव खोज्दै हिँड्नुपरे पनि आमजनताले कर तिर्न सचिव खोज्नुपर्ने बाध्यता थिएन ।
३. नगरपालिकाको कार्यकारी अधिकृत र जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीले स्थानीय तहका नेताहरूसँग समन्वय गरेर काम गर्थे । ती नेताहरूले कर्मचारीलाई कर उठाउनु पर्दैन भन्दै केन्द्रबाट आएको रकम बाँडफाँड गर्न उक्साउँथे ।
४. यस कुरामा अभ्यस्त जनताले हालका पालिकाहरूसँग पनि वडागत र टोलगत रकम बाँडफाँडको माग गर्दै कर नउठाउन घोषित–अघोषित आग्रह गरिरहेका छन् ।
५. यस स्थितिलाई गम्भीरतासाथ मनन्, चिन्तन गरेर पालिकाका निर्वाचित प्रतिनिधि अघि बढ्नुपर्छ । यस विषयमा संघीय सरकार र प्रदेश सरकारहरू पनि चनाखो हुनुपर्छ ।
स्थानीय तहको  करको आलोचना
१. हाल पालिकाहरूले लगाएका करका विषयमा अनेक चर्चा भइरहेका छन् । केहीले प्रश्न उठाइरहेका छन्, पहिला सेवा कि कर ? निश्चय पनि जवाफ हुनेछ, पहिला सेवा ।
२. जनताले अपेक्षा गरेको सेवा भनेको के ? चौबीसै घन्टा वडा कार्यालय खुलोस् । अपेक्षित सेवा बिहान–बेलुकी पनि पाइयोस् । गाउँ र सहर सफा होस् । सूर्य नउदाउँदै फोहोर गायब भइसकोस् । पूरै गाउँ र सहर हरियालीले छाओस् । सबै बस्तीका सडकमा राति झलमल्ल बत्ती बलून् । सबै बाटो पिच होस्, धुलो नउडोस् । सबै कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइको सुविधा प्राप्त होस्, लोडसेडिङ नहोस् । कुनै पनि अभिभावकले बच्चालाई स्कुल र कलेजमा पठाएबापत कुनै दस्तुर तिर्नु नपरोस् । रोग लाग्दा निःशुल्क उपचार पाइयोस् । बुढेसकालमा महिनाभरि मनमौजीले खर्च पुग्ने गरी वृद्धभत्ता बुझ्न सकियोस् । जताततै खुला क्षेत्र हुन् । बाल बगैँचा होस् । वृद्धाश्रम बनोस् । वाचनालयमा गएर पढ्न पाइयोस् । जिमखानामा गएर शरीर तन्काउन पाइयोस् । गाउँमै म्युजियम, चिडियाखाना हुन् । कुनै पनि वस्तु र सेवाको आपूर्तिमा कमी महसुस नहोस् । निजी मोटर, मोटरसाइकल निर्बाध चलाउन पाइयोस्, कर तिर्नु नपरोस् आदि–इत्यादि जनताका इच्छा छन् ।
३. यी सबै आफैँमा अपेक्षा गर्न नपाइने विषय भने होइनन् । विकसित मुलुकका जनताले यी र यीबाहेकका अतिरिक्त सेवा–सुविधा पाइरहेका छन् ।
४. तर, ती विकसित मुलुकका जनताले प्रत्यक्ष कर तिर्नुपरेको अनुभूति गरेका छैनन् । जनताबाट कर असुली नगरी यी सेवा निःशुल्क प्रवाह गर्न कसरी सक्षम हुन सकिन्छ ? के यो असम्भव विषय हो ? यी कुरामा पालिकाहरू घोत्लिन जरुरी छ ।
५. नगरपालिका र गाउँपालिका महासंघ खडा भएका छन्, सम्भवतः यी संयन्त्र नै यस्ता चिन्तनका मुख्य थलो हुन सक्छन् । यस्ता विषयमा विज्ञहरूको राय सुझाब पनि लिनुपर्छ ।
संघीय बजेटमा नबोल्ने  स्थानीय बजेटको उछितो काढ्ने
१. नेपाल सरकारले प्रत्येक वर्ष असुली गर्ने राजस्वको आकार बढाउँदै लगेको छ । जसअनुसार चालू आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले करिब साँढे नौ खर्बबराबर राजस्व असुली गर्दै छ । यो लक्ष्य गत वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
२. यसरी संघीय सरकारको बजेट प्रस्तुत भएका २–४ दिन केही अर्थशास्त्रीले मुख खोले । केही लेख छापिए । संसद्मा विपक्षीले आफ्नो धर्म निर्वाहस्वरूप विरोध गरेझैँ गरे । तर, संघीय सरकारको बजेट पारित भयो ।
३. प्रदेश सरकारले केही करोडमा मात्रै करको अपेक्षा गरेजस्तो लाग्छ । खासै मानिसको ध्यान प्रदेश सरकारको करमा गएको छैन ।
४. नेपालमा रहेका ७५३ स्थानीय तहले चालू आर्थिक वर्षमा संघीय सरकारको राजस्व लक्ष्यको करिब १० प्रतिशत अर्थात् एक खर्ब राजस्व पनि उठाउन सक्छन् कि सक्दैनन्, हेर्न बाँकी नै छ । तर, स्थानीय तहले लगाएको करले समाचारमा राम्रै स्थान पायो ।
५. जसअनुसार करको कहर, परेवा र कुखुरामा पनि कर, जताततै करको लफडा, मरेको बाख्रामा कर, करमा गलत कदम, करको बोझले जनता आक्रोशित, करको कचकच र करमा करकरले संघीयताप्रति निराशासम्मका समाचार र लेखका शीर्षक बनेका छन् । यसैगरी तहपिच्छे फरक दस्तुर, करमा मनोमालिन्य, नागरिकलाई कर, नेतालाई कार, पोहोर डेढ सय यसपालि अठ्तीस सय पचास, सुविधा सिटामोल नि छैन, तिर्नु छ करमाथि कर, कर बढ्यो, सुविधा बढेन, कृषि उपजमा पनि कर, करको बबन्डर, करको झमेला, करकापपूर्ण कर, करको भद्रगोल र नयाँ कर आतंकसम्मका शीर्षकका समाचार र विचार छापिएका छन् । यसबाट स्थानीय तहहरू गम्भीर हुनैपर्छ । कहीँ कतै कमी–कमजोरी भएको भए सच्याउन पनि तयार हुनुपर्छ ।
तीन तहको सरकारको कर उठाउने अधिकार
१. वर्तमान नेपालको संविधानले ३ तहको सरकारमा अधिकारको बाँडफाँड गरेको छ । जसअनुसार संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । जसको चौथो नम्बरमा स्थानीय कर (सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड–जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन लेखिएको छ । यी कर स्थानीय तहले उठाउन पाउनेछन् ।
२. यसैगरी संविधानको अनुसूची ६ मा प्रदेशको अधिकार सूचीको नं. ४ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना लेखिएको छ । यी कर प्रदेश सरकारले उठाउन पाउनेछन् ।
३. यसैगरी संविधानको अनुसूची ५ मा संघीय सरकारको अधिकारको सूची छ । जसको ९ मा भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना लेखिएको छ । यी कर संघीय सरकारले उठाउन पाउनेछन् ।
४. यसरी संविधानको अनुसूचीको अध्ययन गर्दा करको नामसहित नै तीन तहका सरकारले कर उठाउने अधिकार पाएका छन् । संघीय सरकारको कर शीर्षक र प्रदेश एवं स्थानीय तहको कर शीर्षकमा खासै द्विविधा छैन, ती फरक छन् ।
५. तर, प्रदेश सरकार र स्थानीय तहले उठाउने करको शीर्षक लगभग उस्तै छ । जसका कारण केही द्विविधा सिर्जना भएको छ । यसरी संविधानमै रहेको द्विविधाको दोष स्थानीय सरकारलाई मात्रै थुपार्नु हुँदैन ।
स्थानीय सरकारले कर लगाउने अधिकार
१. करिब एक वर्षअघि संविधानको प्रावधानलाई कार्यान्वयनमा सहजता दिन स्थानीय सरकार सञ्चालन ऐन, ०७४ जारी भएको छ ।
२. यस ऐनको दफा ११ मा गाउँपालिका तथा नगरपालिकाको अधिकार तोकिएको छ । जसको उपदफा (२) को प्रकरण (घ) मा स्थानीय कर, सेवा शुल्क तथा दस्तुरको विस्तृतीकरण गरिएको छ ।
३. साथै उपदफा (४) मा संघ र प्रदेश कानुनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको थप काम, कर्तव्य र अधिकार सोही उपदफाको प्रकरण (घ) मा उल्लेख भएबमोजिम हुने गरी थप विस्तृतीकरण गरिएको छ ।
४. यिनै संवैधानिक र कानुनी व्यवस्थाभित्र रहेर स्थानीय तहले कर असुली गरेमा कानुनसम्मत हुनेछ ।
५. यिनै परिवेशमा आमजनताले पनि स्वीकार गर्ने सिद्धान्ततर्फ सबैको ध्यानाकर्षण गर्दै यसमा अवलम्बन गर्नुपर्ने केही सैद्धान्तिक र व्यावहारिक पक्षको उजागर गर्छु, जसलाई स्थानीय तहले गम्भीरतापूर्वक ग्रहण गर्न जरुरी छ ।
स्थानीय सरकारलाई  करसम्बन्धी सुझाब
१. जनप्रतिनिधिको उपस्थिति र अनुमोदनबेगर कर लगाउन नपाइने सिद्धान्त सबै पालिकाले पालना गर्नुपर्छ । यसका लागि हरेक वर्ष व्यापक छलफलसहित करका दर पारित गर्नुपर्छ । यस्तो कर लागू गर्नुपूर्व आममतदाता जनतालाई वडा–वडामा भेला गराई जनमतसंग्रह गर्न पालिकाहरू उत्सुक हुनुपर्छ ।
२. संविधान र कानुनमै के–के शीर्षकमा कर उठाउन पाइन्छ भनी लेखिएकाले सो शीर्षकबाहेकका कर उठाउन मिल्दैन । नेपालको संविधानमा अवशिष्ट अधिकार संघीय सरकारमा मात्रै निहित छ । पालिकाहरूले अवशिष्ट अधिकार प्रयोग गर्न नसक्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ । मेरो बुझाइमा ०५५ सालमा जारी भएको स्थानीय स्वायत्त शासनलाई आधार मानी करको दर प्रस्ताव गर्दा केही पालिकाहरू ‘नाजवाफ’ हुनुपरेको हो ।
३. तीन तहका सरकारले एउटै शीर्षकमा दोहोरो–तेहोरो पर्ने गरी जनतासँग कर उठाउन मिल्दैन । आपसमा समन्वय गरेर एउटा सरकारले कर उठाउने र आपसमा वितरण गर्नुपर्छ ।
४. करको दर बढाउने होइन, दायरा बढाउनुपर्छ । जो करको दायराभित्रै छन्, उसैलाई करको दर बढाएर करको भार थोपर्नुको सट्टा कर नै नतिरेर करको दायराबाहिर बस्नेलाई करको दायराभित्र ल्याउने अभियान सञ्चालन गर्नुपर्छ ।
५. जुन उद्योग, व्यापार वा कारोबार कुनै पालिकाभित्र भएकै छैन भने यस्तो क्षेत्रमा कर असुलीको घोषणा गर्ने होइन, कर छुटको स्किम ल्याउनुपर्छ । हुँदै नभएको कारोबारमा कर घोषणा गर्दा केबल ‘बदनाम’ मात्रै भइन्छ, रकम असुली हुँदैन ।
६. संघीय संरचनामा जनतासँग कर उठाउन स्थानीय तहहरू संवेदनशील हुनैपर्छ । उनीहरूले मदिरा, चुरोट र बिलासिताका सामानमा मजाले कर लगाए हुन्छ । तर, आमजनताको दैनिक जीवनसँग सम्बन्धित क्षेत्रमा कर लगाउँदा ‘होस’ पु-याउनैपर्छ ।
७. कुनै पनि कर उठाउँदा त्यसको औचित्य पुष्टि गर्नुपर्छ । हाटबजारमा बिक्री गर्न ल्याएको सामानमा कर लगाउनु स्वाभाविकै हो । तर, सूचना प्रवाह गर्न नसक्दा पालिकाहरू अप्ठ्यारोमा परेका छन् । हाटबजार लाग्ने ठाउँ नगरपालिकाको स्वामित्वको स्थान हो, त्यसको भाडा उठाएका हौँ । हाटबजार लाग्ने ठाउँको सफाइ गर्नुपर्ने, सुरक्षा दिनुपर्ने र व्यवस्थापन गर्नुपरेकाले कर उठाएको हो । यसरी उठेको करबाट सोही हाटबजार लाग्ने ठाउँमा पूर्वाधार निर्माण गर्नेछौँ । यसरी हाटबजारबाट उठेको करको छुट्टै कोष खडा गरेका छौँ । यसबाट तलब लिने, बैठक भत्ता खाने होइन भनी आमजनतामा सूचना प्रवाह गर्नुपर्छ । साथै वस्तु बिक्री नभए कर तिर्नु नपर्ने कुरा बताउन पछि पर्नु हुँदैन ।
८. पालिकाहरूले आँखा चिम्लिएर जे–जस्तो सिफारिस जारी गर्दा पनि दस्तुर लिएका कारण असजिलोमा परेका हुन् । वर्षांै वर्षदेखि हराएर घर फर्किएको मानिस नेपालमै २–४ जना होलान्, तिनको सिफारिसमा दस्तुर नलिनु नै बेस हुनेछ । साह्रै अतुलनीय काम गरेर विश्वस्तरको पुरस्कार सिफारिस गर्दा पालिकाहरूले गर्व गर्ने हो, दस्तुर लिने होइन । यसरी कुरो नबुझ्दा पालिकाको कोषमा रकम आएको पनि छैन, आलोचना रोकिएको पनि छैन ।
९. करका विषयमा नगरपालिका महासंघ र गाउँपालिका महासंघले विज्ञहरूसँग परामर्श गरी सबै पालिकाहरूलाई उचित मार्गमा हिँडाउन विशेष पहल गर्न जरुरी छ । यसै पंक्तिकारले पनि विभिन्न पालिकामा पुगी प्रत्येक कर शीर्षकका सिद्धान्तको व्याख्या गरेर निर्वाचित जनप्रतिनिधिलाई सघाइरहेको छ । यसरी पालिकालाई सघाउनेहरूको कमी छैन । पालिकाहरूले सहयोग लिन पनि जान्नु प-यो ।
१०. अब पालिकाहरूले राजनीतिमा कम तर, विज्ञता, दक्षता र अनुभव बढाउने कुरामा बढी ध्यान दिन जरुरी छ । हाल पालिकाहरूले लगाएको करबाट केही स्थानमा भएको त्रुटि सच्याएरै जनताको मन जितेर आफूलाई साधन र स्रोतको अभाव हुन नदिई मुलुकभरिका ७५३ पालिकाहरू पूर्ण रूपमा सफल भई मुलुकको समृद्धिका बाहक हुनुपर्छ, साथै सबै नेपालीले मन, वचन र कर्मले पालिकाहरूलाई सघाउनुपर्छ ।
करसम्बन्धी पालिकाका आलोच्य निर्णयहरू
मरेको बाख्राको बिमा दाबी गर्न सिफारिस गर्दा २५०।– दस्तुर लिने
– गौरादह नगरपालिका, झापा ।
हाटबजारमा बिक्री हुने कुखुराबापत ३, परेवामा २, बाख्रामा ७, पाठामा ७, गाईगोरुमा १०, बाँसमा प्रतिघना २ रुपैयाँ कर लिने
– अर्जुनधारा नगरपालिका, झापा ।
बेपत्ता भएको भनिएको व्यक्तिलाई जीवित प्रमाणित गर्न पाँच सय र दुई सय दस्तुर लिने
– आठबिसकोट नगरपालिका, रुकुम पश्चिम र सिस्ने गाउँपालिका, रुकुम पूर्व ।
गरिबी प्रमाणित दस्तुर रु. पच्चीस लिने
– आठबिसकोट नगरपालिका, रुकुम पश्चिम ।
विवाहित वा अविवाहित प्रमाणित दस्तुर रु. एक हजार र दुई सय लिने
– आठबिसकोट र चौरजहारी नगरपालिका तथा सिस्ने गाउँपालिका, रुकुम पश्चिम ।
हाटबजारमा मकै पोलेर बेच्नेसँग दैनिक रु. पैंतालीस कर लिने तथा हाँस, कुखुरा र परेवा बिक्रीको प्रतिगोटा रु. सोह्र कर उठाउने
– तिलोत्तमा नगरपालिका, रुपन्देही ।
भै‌सी बिक्रीमा रु. एक हजार कर लिने तथा प्रतिखसी बिक्रीमा रु. एक सय पचास कर लिने
– त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा ।
हाटबजारमा डोकोमा राखेर साग बेच्नेसँग दैनिक रु. पै‌तीस कर लिने
– सिद्धार्थ नगरपालिका, रुपन्देही ।
हजामबाट दैनिक बीस, चनाचटपटेबाट तीस, मेहदी लगाउनेबाट दश र चटक देखाउनेबाट बीस रुपैयाँ
कर उठाउने
– बुढीगंगा गाउँपालिका, मोरङ ।
भाडामा बस्ने विद्यार्थीले प्रतिमहिना ५० प्रतिशत छुट पाएर रु. पच्चीस फोहोर कर तिर्नुपर्ने तथा हाटबजारमा खुला रूपमा तरकारी बेच्नेसँग दैनिक रु. बीस कर लिने
– बुटवल उपमहानगरपालिका, रुपन्देही ।
बन्दिपुर बजार क्षेत्रमा फिल्म सुटिङ गरेबापत प्रतिदिन रु. एक हजार कर उठाउने
– बन्दीपुर गाउँपालिका, तनहुँ ।
आप्mनै बारीको रूख काट्न सिफारिस गरेबापत रु. दुई सय दस्तुर लिने
– कुम्पाक गाउँपालिका, पाँचथर ।
क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक रु. एक हजार कर तिर्नुपर्ने
– मिक्लाजुङ गाउँपालिका, मोरङ ।
गुम्बाले विविध शीर्षकमा गरी वार्षिक करिब रु. दुई लाख कर तिर्नुपर्ने
– दक्षिणकाली नगरपालिका, काठमाडौं ।
चटपटे र बदाम बेच्नेसँग दैनिक रु. बीस र आइसक्रिमको घुम्ती व्यापारीसँग रु. तीस कर उठाउने
– गोदावरी नगरपालिका, कैलाली ।
कर उठाउनुपर्ने जनतासँग सामाजिक सुरक्षा भत्ताबापतको रकम कट्टी गर्ने
– कार्मारोङ गाउँपालिका, मुगु ।
आप्mनै बारीको रूख काट्नुपर्दा रु. पाँच सय र हाँगा काट्दा रु. दुई सय कर तिर्नुपर्ने
– भेरी नगरपालिका, जाजरकोट ।
प्रतिकुखुरा रु. बीस र प्रतिअन्डा रु. एक कर लाग्ने
– धनगढी उपमहानगरपालिका, कैलाली ।
इवा, मेवा र काबेली खोलामा माछा मारेबापत वार्षिक एकमुष्ठ रु. डेढ लाखको ठेक्का लगाउने तयारी गर्ने
– यङबरक गाउँपालिका, पाँचथर ।

सोधभर्ना-रुद्र प्रसाद भट्ट

  • राज्य सञ्चालनको लागि वित्तीय श्रोतको आवश्यकता पर्छ । राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण सरकारी वित्तका प्रमुख स्रोत हुन् । दातृ निकायबाट प्राप्त हुने वैदेशिक ऋण तथा अनुदान सहायता मूूलतः नगद, शोधभर्ना र सोझै भुक्तानी विधिबाट सहायता प्रदान गर्दछन् । 
  • शोधभर्ना वैदेशिक सहायता भएको आयोजनामा दातृ निकायबाट बेहोरिने रकम सुरुमा नेपाल सरकारको श्रोतबाट खर्च गरी उक्त रकम दातृ निकायबाट सहायता प्राप्त गर्ने एक विधि-माध्यम शोधभर्ना हो । शोधभर्ना लिन बाँकी रकम समयबद्ध रूपमा शून्य हुँदा सरकारलाई नगद व्यवस्थापन गर्न सहज हुन्छ भने आर्थिक प्रशासनमा सम्बद्ध कर्मचारीको कार्य सम्पादनस्तर अब्बल भएको ठानिन्छ ।
  • विनियोजन ऐन, २०७५ अनुसार नेपाल सरकारले नियमित रूपमा गर्नुपर्ने खर्चका अलावा प्रदेश तथा स्थानीय तहलाई वार्षिक रूपमा दाखिला गर्नुपर्ने रकमको एक चौथाई सशर्त तथा समानीकरण अनुदान साउन महिनामै तत्तत् तहको सञ्चित कोषमा दाखिला गर्नुपर्ने अवस्था रहेको छ । पहिलो चौमासिकमा सरकारी राजस्व परिचालन पनि कम हुने र सुरुदेखिनै आन्तरिक स्रोतको परिचालन गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै महँगो व्याज तिर्नुपर्दा नेपाल सरकारलाई सुरुदेखि नै नगद व्यवस्थापन गर्न कठिन हुन सक्ने अवस्थामा मध्यनजर गरी आर्थिक वर्ष २०७४-०७५ सम्ममा नेपाल सरकारले विभिन्न आयोजनामा शोधभर्ना लिन बाँकी रकम रु.४८.३९ अर्ब (प्रारम्भिक) यथाशिघ्र प्राप्त गरी नेपाल सरकारको नगद व्यवस्थापनलाई सहज पार्ने महत्वपूर्ण विकल्पको रूपमा लिन र वित्तीय सुशासनलाई उच्च प्राथमिकता दिननेपाल सरकार (महालेखा नियन्त्रकस्तरीय)को मिति२०७५ साउन ८ गतेको निर्णयअनुसार शोधभर्ना प्रभावकारी बनाउने कार्यविधि स्वीकृत गरी महालेखा नियन्त्रक कार्यालय, बजेट व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा मलेनिका बजेट कार्यान्वय शाखा प्रमुख, शोधभर्ना लिन बाँकी मन्त्रालयका आर्थिक प्रशासन प्रमुखहरू सदस्य र बजेट कार्यान्वय शाखा, मलेनिकाका लेखा अधिकृत सदस्य सचिव रहने गरी शोधभर्ना प्रभावकारी बनाउन कार्यदल गठन गरियो । उक्त कार्यदल गठनको प्रमुख उद्देश्य आर्थिक वर्ष २०७४-०७५ सम्मको शोधभर्ना लिन बाँकी रकमलाई पहिलो चौमासिक भित्र प्राप्त गर्ने र बन्द आयोजनाको रकम फरफारक गर्न आवश्यक प्रयत्न र समन्वय गर्नु थियो । कार्यदलले उक्त कार्य सम्पादन गर्न लिइएका रणनीतिमा (क) शोधभर्ना बक्यौता रकम बढी भएका मन्त्रालय-विभाग-आयोजनाहरू पहिचान गर्ने (ख)पहिचान भएका मन्त्रालय-विभाग-आयोजनाका आर्थिक प्रशासन शाखा प्रमुखसँग आवश्यकता बमोजिम बैठक बसी समयमै शोधभर्ना प्राप्त गर्न आवश्यक सहयोग एवं समन्वय गर्ने र (ग) आवश्यक परेमा आयोजना प्रमुख-विभाग-मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख एवं दातृ निकाका प्रतिनिधि सहितको बैठक बसी आवश्यक समन्वय गर्ने रहेको थियो ।यसैगरी कार्य सम्पादनमा अपनाएका कार्यनीतिमा (क)पहिलो चरणमा सबैभन्दा बढी शोधभर्ना बक्यौता भएका दश वटा आयोजना-विभाग-मन्त्रालय लगायतका निकायहरूसँग आवश्यक छलफल, समन्वय र यथाशिघ्र प्राप्त गर्न आवश्यक प्रयत्न गर्ने(ख)दोस्रो चरणमा पच्चिस करोडभन्दा बढी शोधभर्ना बक्यौता भएका आयोजना-विभाग-मन्त्रालय लगायत निकायसँग आवश्यक छलफल एवं समन्वय गर्ने (ग) तेस्रो चरणमा शोधभर्ना बक्यौता रकम एक करोडभन्दा बढी भएका आयोजना-विभाग-मन्त्रालय लगायतका निकायसँग आवश्यक छलफल एवं समन्वय गर्ने  रहेको थियो ।उक्त कार्यदलले चालू आवको पहिलो दुई महिनामा सम्पादन गरेका कार्यहरूमा (क) २०७५ साउन १३ गतेदेखि भाद्र महिनासम्म कार्यविधिअनुरूप पहिलो, दोस्रो र तेस्रो तीन चरण गरी शोधभर्ना लिन बाँकी रहेका प्रत्येक मन्त्रालय र अन्र्तगतका आयोजनाका आर्थिक प्रशासन प्रमुखसहित १५ पटक छुट्टाछुट्टैमन्त्रालयगत वैठक राखी शोधभर्नाको अवस्था, लक्ष्य तथा शीघ्र प्राप्त गर्न अवलम्बन गर्नुपर्नेकार्ययोजनाका सम्बन्धमा विस्तृत छलफल गरियो । एक दुई आयोजनाको डीएलआईमा आधारित शोधभर्ना प्राप्त हुने रकम बाहेक आ.व.२०७४-७५ सम्मको सबै शोधभर्ना लिन बाँकी रकम शोधभर्ना फुकुवा कार्यविधि, २०७५ अनुरूप कार्तिक मसान्तसम्म प्राप्त गर्ने भनी सम्बन्धित मन्त्रालय तथा आयोजनाका आर्थिक प्रशासन प्रमुखले कार्यदलको बैठकमाप्रतिवद्धता जाहेर गर्नुभयो । कार्यदलको बैठक पछि सम्बन्धित आयोजनाका आर्थिक प्रशासन प्रमुखले शोधभर्ना खर्च र प्राप्ति रकम मलेनिकाको हिसाबसँग भिडान गरियो । हिसाब भिडान पछिआ–आफ्नो मन्त्रालयमा शोधभर्ना लिन बाँकी पदाधिकारीसँग वैठक बसी शिघ्र शोधभर्ना लिन आवश्यक पहल गरी सोको प्रतिवेदन मलेनिकासमक्ष पेश गर्न महालेखा नियन्त्रक र कार्यदलका संयोजकबाट सम्बन्धित मन्त्रालयका आर्थिक प्रशासन प्रमुखलाई निर्देशन दिइयो । कार्यदलमा छलफल पछि बैठकमा भएका निर्णय तथा प्रतिवद्धता पत्रबाट सम्बन्धित मन्त्रालयका सचिवज्यूहरूलाई पठाई उक्त कार्यलाई प्राथमिकतामा राखी पहल गर्न अनुरोध गरियो । सम्बन्धित मन्त्रालयका आर्थिक प्रशासन प्रमुखले आ–आफ्नो मन्त्रालय र मातहतका आयोजनासँग मन्त्रालयमा बैठक बसी शोधभर्नाका लागि आवश्यक निर्देशन, समन्वय र पहल गरी सम्पादित कामबारे मलेनिकामा नियमित रूपमा प्रतिवेदन गर्नुभयो । साथै, महालेखा नियन्त्रक कार्यालयले शोधभर्ना छिटो शोधभर्ना आयोजनासँग सम्बन्धित मन्त्रालयका आर्थिक प्रशासन हेर्ने महाशाखा प्रमुख, आर्थिक प्रशासन प्रमुख, आयोजनाका प्रमुख तथा आर्थिक प्रशासन प्रमुखलाई शोधभर्नाप्रति सिधै जवाफदेही बनाउन, शोधभर्ना सम्बन्धी सूचना आदान प्रदान गर्न, आवश्यक ताकेता तथा अनुगमनको लागि आधार बनाउनउहाँहरूको नाम, मोबाइल नम्बर, इमेल आईडी, फ्याक्स नं., आयोजनाको नाम, निकासा विधि, ऋण तथा अनुदान नम्बर, आयोजना लेखा पेश गर्ने समय, आयोजना सुरु तथा सम्पन्न हुने मिति आदि विवरण सकंलन गरी अभिलेख राख्न सुरु गरियो । बजेट कार्यान्वय शाखा प्रमुख तथा कार्यदलका सदस्य, कार्यदलका सदस्य सचिव (लेखा अधिकृत)ले कार्यदलका निर्णय र प्रतिवद्धता अनुसार सम्पादित कामबारे सम्बन्धित मन्त्रालय-आयोजनाका प्रमुख तथा आर्थिक प्रशासनसँग प्रत्यक्ष तथा टेलिफोनबाट प्रगति लिई कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा प्रमुख तथा कार्यदल संयोजक र महालेखा नियन्त्रकज्यूसमक्ष नियमित प्रतिवेदन तथा आवश्यक निर्णय तथा सहयोगको लागि अनुरोध गरियो । कार्यदलका संयोजकज्यूले नियमित रूपमा उक्त कार्यलाई अति प्राथमिकतामा राखी सम्बन्धित मन्त्रालय उच्चस्तरीय प्रशासनिक नेतृत्वसँग सक्रिय रूपमा समन्वय गर्नुभयो । कार्यदलले मिति २०७५ असोज २४ गते करिब दुई महिनामा सम्पादित कामको प्रतिवेदन महालेखा नियन्त्रकसमक्ष पेश ग-यो ।

  • तालिका नम्बर १तालिका नम्बर १
  • आ.व. २०७४।७५ को शोधभर्नाको अवस्था
  • आ.व.०७४-७५ सम्मको शोधभर्ना लिन बाँकी रकम (प्रारम्भिक) शोधभर्ना प्राप्त रकम शोधभर्ना प्राप्त
  • रु.४८.३९ अर्व रु.२३.५२ अर्व ४८.६१%
  • तालिका नम्बर २
  • पाँच वर्षको प्रथम दुई महिनासम्मको शोधभर्ना प्राप्ति (उपलब्धि)को विवरण
  • आर्थिक वर्ष ०७१-७२ ०७२-७३
  • ०७३-७४ ०७४-७५ ०७५-७६
  • शोधभर्ना प्राप्त प्रतिशत १०.१९% ७.३४% ६.९७% १०.६६% ४८.६१%
  • माथि तालिका नम्बर १ अनुसार आ.व.०७४-७५ को शोधभर्नालिन बाँकी ४८.३९ अर्ब (प्रारम्भिक) मध्ये २३.५२ अर्ब अर्थात ४८.६१ प्रतिशत प्रथम दुई महिनामा शोधभर्ना प्राप्त भएको छ । अझ अर्थ मन्त्रालयको सहायक सम्झौताबाट स्वायत्त संस्थालाई एकमुष्ट निकासा दिएको मध्ये खर्च नभएको(अनस्पेनट व्यालेन्स)ऋण करिब ८.२८ अर्ब सञ्चित कोषमा दाखिला गरी हिसाब समायोजन गरेमाशोधभर्ना रकम घट्न गई शोधभर्ना प्राप्तिको प्रगति भने ५८.६५% पुग्ने देखिन्छ ।तालिका नम्बर २ मा आ.व.०७१-७२ को सुरुमा शोधभर्ना लिन बाँकी रकममध्ये प्रथम दुई महिना (साउन र भाद्र) मा १०.१९% शोधभर्ना प्राप्त भएको देखिन्छ । यस्तै, आ.व.०७२-७३, आ.व.०७३-७४, आ.व.०७४-७५ मा क्रमशः ७.३४%, ६.९७% र १०.६६% प्राप्त भएको देखिन्छ । तर आ.व.०७५-७६ को सुरुमा शोधभर्ना लिन बाँकी रकममध्ये पहिलो दुई महिनामा ४८.६१% रकम प्राप्त भएको छ । अघिल्लो चार वर्षमा शोधभर्ना लिनुपर्ने रकम ६.९७ देखि १०.६६ प्रतिशतसम्म रहेकोमा चालू आवको पहिलो दुई महिनामा खर्च नभएको रकम समायोजन बिना पनि करिब ४९ प्रतिशत शोधभर्ना प्राप्त हुनु निकै उत्साहपूर्वक प्रगति हो । उक्त सफलता जति राम्रो छ यसलाई दिगो बनाई शोधभर्नालाई समयवद्ध बनाई राख्न त्यतिनै चुनौती पनि रहेको छ । यसरी शोधभर्ना प्राप्त समयमै हुँदा नेपाल सरकारलाई नगद व्यवस्थापन सहज हुने, आन्तरिक ऋण लिई ब्याज तिर्नु नपर्ने र वैदेशिक मुद्रा व्यवस्थापन गर्न सहज हुन्छ । चालु आवको पहिलो दुई महिनामा शोधभर्ना प्राप्ति उत्साहजनक हुनुमा महालेखा नियन्त्रक, कार्यदलका संयोजक र कार्यदल सवै सदस्यहरूको नतिजामूखी सोच, पूर्व क्रियाशिलता, नजितामूखी  कार्य योजना, कार्य योजना अनुसारको ताकेता, शोधभर्ना प्राप्तिलाई दिएको उच्च प्राथमिकता,आयोजना कार्यान्वयन कार्यालय,आयोजना समन्वय कार्यालय र सम्बन्धित मन्त्रालयको सक्रियता र उच्च महत्वका कारण उक्त उत्साहजनक प्रगति भएको हो ।कार्यदल गठन पछि शोधभर्ना प्राप्तिको उत्साहजनक प्रगतिलाई दिगो बनाउँदै शोधभर्ना लिन बाँकी रकमलाई समयबद्ध रूपमा शून्य बनाउनर बन्द आयोजनाको हालसम्मकै करिव पँचास करोड रकम फरफारक गर्न देहायका पक्षमा सुधार गर्नुपर्ने देखिन्छ ।  आर्थिक कार्यविधि नियमावली, २०६४ र फुकुवा कार्यविधि कार्यान्वयनमा जोड दिनुपर्ने । सम्बन्धित मन्त्रालय-आयोजनाले शोधभर्ना प्राप्त नगरी अर्थ मन्त्रालयमा फुकुवाको लागि अनुरोध गरे पनि शोधभर्ना प्राप्त नहुनुका यथार्थता बुझी वस्तुपरक र मनासिब कारण भए मात्र फुकुवा सिफारिस गरिनुपर्ने । बजेट तर्जुमा प्रकृयामा सम्बन्धित मन्त्रालयसँग घनिभूत छलफल गरेर सम्झौता अनुसार पर्याप्त हुने गरी समपूरक कोषको व्यवस्था गरिदिनुपर्ने । डीएलआईमा आधारित आयोजनाको सहायता सम्झौता हुँदा वर्षको अन्त्यमा मात्र शोधभर्ना माग गर्ने व्यवस्थालाई पुर्नविचार गर्नुपर्ने । वार्षिक रूपमा मात्र तेस्रो पक्षबाट डिएलआई सूचकको भेरिफिकेशन गराउने परिपाटीलाई चौमासिक रूपमा गराई शोधभर्ना शिघ्र माग गर्ने व्यवस्था गर्नुपर्ने ।वित्तीय व्यवस्था अन्र्तगत सहायक सहायता सम्झौताबाट स्वायत्त संस्था तथा संस्थानलाई शोधभर्ना विधिबाट निकासा दिनुको सट्टा सोझै भुक्तानी विधिबाट निकासा दिने व्यवस्था गर्नुपर्ने वा वर्षको अन्तमा खर्च हुन नसकेको रकम सञ्चित कोषमा फिर्ता गरेपछि मात्र शोधभर्ना हुने ऋण वा शेयर लगानी वापतको निकासा गर्ने व्यवस्था हुनुपर्ने । जसले गर्दा शोधभर्ना बाँकी रकम कम हुन जान्छ ।एकल खाता कोष प्रणालीमा रिम्बर्समेण्ट एप्पलीकेशन थपी अभिलेखन र प्रतिवेदनलाई स्वचालित बनाउनु पर्ने हुन्छ । सबै प्रदेश तथा स्थानीय तहमा सूचना प्रविधिमा आधारित सफ्टवेयरको प्रयोग गरी खर्चको तुरुन्त प्रतिवेदन गर्ने गरी सफ्टवेयरविकास गरी उक्त सफ्टवेयरलाई रिम्वर्समण्ट एप्पलीकेशनसँग आवद्ध गर्ने । टीएसए, सिगास र एलएमविआईएस वीच आवद्ध गरी खर्च-निकासा हुने वित्तिकै आयोजनासँग सम्बन्धित सम्पूर्ण वित्तिय प्रतिवेदन स्वतः सिर्जना हुने गरी प्रतिवेदनको ढाँचा-लेखा फाराम विकास गरी अभिलेख र प्रतिवेदन प्रणालीलाई स्वचालित बनाउनु पर्ने ।आयोजनामा काम गर्ने आयोजना प्रमुख तथा आर्थिक प्रशासन प्रमुखलाई शोधभर्ना सम्बन्धी आधारभूत सीप सिकाएर मात्र पदस्थापना गर्नुपर्ने । सीप सिकाउँदा सिकाउँदै सम्बन्धित आयोजनाको ऋण तथा अनुदान सम्झौता बमोजिम नभएको खर्च (इनएजिलेबल एक्सीपेण्डीचर) गर्ने सम्बन्धित कर्मचारीबाट सरकारी बाँकी सरह असुल गरी शोधभर्ना प्राप्तिप्रति जिम्मेवार बनाई वित्तीय सुशासन कायम गर्नुपर्ने ।चालु विकास आयोजनामा कार्यरत आयोजना प्रमुख तथा आर्थिक प्रशासन प्रमुखले सरुवा भई  रमानापत्र लिनु अघि आर्थिक कार्यविधि नियमावली, २०६४ को अनुसूची ४ र ८ तथा शोधभर्ना फुकुवा कार्यविधि, २०७५ को अनुसूची १ र २ अनुसारको बरबुझारथ गरी सो को अभिलेख राख्ने । सो अभिलेखलाई  कासमू, सरुवा, वैदेशिक भ्रमण तथा काजसँग आवद्ध गर्र्न सम्बन्धित मन्त्रालय-निकायले कडाईका साथ लागु गर्नुपर्ने ।सम्बधित मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले अनुगमन तथा मूल्यांकन कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने । नतिजामूखी अनुगमन तथा मूल्यांकन कार्य योजना तर्जुमा गर्दा सहायता सम्झौता बमोजिम खर्च शीर्षक तथा विधि बारे कर्मचारीलाई जानकारी गराइयो ? सोही अनुसार सही खर्च भयो ? के समयमै आयोजना खाताबाट शोधभर्ना हुने खातामा रकम ट्रान्सफर गरियो ? के समयमै दातृ निकाय समक्ष प्रतिवेदन गरी सबै रकम शोधभर्ना वा कोषपूर्ति प्राप्त गर्न मागपत्र पठाईयो ? के शोधभर्ना माग र प्राप्ति बराबर थियो ? शोधभर्ना प्राप्ति तथा आयोजना प्रतिवेदनमा दातृ निकायको के कस्तो प्रतिक्रिया थियो ? के समन्वय कार्यालयले शोधभर्ना खर्च, माग, प्राप्ति, शोधभर्ना प्राप्त बाँकी रकमको अभिलेख तयार गरी प्रत्येक चौमासिकमा महालेखा नियन्त्रक कार्यालयमा भिडाई शोधभर्ना कार्यलाई प्राथमिकता दिएको छ ? आयोजना बन्द भई शोधभर्ना लिन नसकिएको रकम कहिले र कसको पालामा खर्च भएको हो ? प्राप्त हुन नसक्नुका काराणको स्पष्ट अभिलेख छ ? आयोजना सम्पन्न पछि शोधभर्ना हिसाब मिलान गर्ने अवधिमा के कस्ता प्रयास भएका छन्? आदि क्रियाकलाप समावेश गर्ने । कार्ययोजना अनुसार निरन्तर अनुगमन गर्ने । अनुगमनबाट प्राप्त पृष्ठपोषणलाई तत्काल सुधार र मूल्यांकनबाट प्राप्त सिकाइलाई आगामी नीति तथा त्यस्तै आयोजनामा प्रयोग गर्नुपर्ने । बन्द आयोजनामा शोधभर्ना लिन बाँकी रकम दातृ निकायबाट शोधभर्ना प्राप्त नहुने, शोधभर्नाको लागि प्रमाण जुटाउन सकिने भएसोसमेत र प्रमाण जुटाउन नसकिने भएसम्बन्धित मन्त्रालयले औचित्यसहित निर्णय गरी अर्थ मन्त्रालयमा खर्च समर्थनको लागि अनुरोध गर्ने । लेखाउत्तरदायी अधिकृतले अर्थ मन्त्रालयसँग उचित समन्वय गरी बन्द आयोजनाको शोधभर्ना फरफारक गराउने जिम्मेवारीलाई उच्च प्राथमिकतादिनुपर्ने । अर्थ मन्त्रालयको स्वीकृति पछि मलेनिकाले शोधभर्ना हिसाव फरफारक गर्नुपर्ने । बढी शोधभर्ना प्राप्त देखिएको ऋण तथा अनुदान रकम मलेनिकाको प्रत्येक वर्ष शोधभर्ना हुने ऋण तथा अनुदान खाताबाट सञ्चित कोषमा दाखिला भैरहेको हुँदा सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयमा अनुरोध गरी अर्थ मन्त्रालयको सहमतिमा मलेनिकाले हिसाब फरफारक गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।(लेखक उप–महालेखा नियन्त्रक हुन् ।)
  • http://karobardaily.com/news/idea/11857

धर्मनिरपेक्षता, राज्य र राजनेताहरू-रोशन जनकपुरी

  • देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र राज्यसत्ताका विविध अंगहरू धार्मिक उत्सवहरूमा हार्दिकतापूर्वक सरकारीस्तरमा भाग लिन थालेपछि संविधानमा घोषित धर्मनिरपेक्षता खोक्रो हुनजान्छ । 
  • संविधानमा धर्मनिरपेक्षताको व्यवस्था एउटा औपचारिकता मात्र देखिन्छ र यसमा थप विकासको आवश्यकता छ । नेपालको संविधान–२०७२ ले धर्मनिरपेक्षताको स्पष्टीकरणमा भनेको छ – “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणलगायत धार्मिक स्वतन्त्रता सम्झनुपर्दछ । तर, ‘सनातनदेखि चलिआएको धर्मसंस्कृति’ के हो भन्ने कतै लेखिएको छैन । प्रवृत्तिको आधारमा भन्नुपर्दा यसको आशय राज्यले पारम्परिक रूपमा अभ्यास गर्दै आएको धार्मिक–सांस्कृतिक अभ्यासको निरन्तरता हो भन्ने बुझ्नु उचित देखिन्छ ।
  • ००७ सालदेखि ०६२ सम्मको राजनीतिक आन्दोलनहरूमा धर्मनिरपेक्षता कुनै न कुनै रूपमा राजनीतिक मागका लागि उपस्थित रहेको देखिन्छ । यसको उद्देश्य राज्यसत्ता वा कानुनको नजरमा कुनै एकल धर्मको श्रेष्ठता नहुनु र सबैसित समान व्यवहार हुनु हो । बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय चरित्रको नेपालजस्तो देशमा कुनै एकल धर्मको श्रेष्ठता वा वर्चस्व न्यायपूर्ण हुन सक्दैन । राज्यसत्ताका निम्ति सबै समुदाय समान हुन्छन्, राज्यको धर्म हुँंदैन, जनताप्रति समर्पित कर्तव्य मात्र हुन्छ भन्ने विकसित भाव नै धर्मनिरपेक्षता हो । धर्मनिरपेक्ष राज्यसत्ताले धर्मलाई व्यक्तिको निजी आस्था र विचारको विषय मान्दछ र धर्म मान्ने वा नमान्ने अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्दैन ।
  • बिपी कोइरालाले लोकतान्त्रिक राज्यका निम्ति धर्मनिरपेक्षतालाई अनिवार्य तत्व भनेका थिए । गान्धीले लेखेका छन् – ‘मेरा निम्ति व्यक्तिगत रूपमा धर्मबाट अलग रहने स्थितिको कल्पना गर्न पनि गाह्रो छ, तर जहाँंसम्म राज्यको प्रश्न छ, धर्म र राजनीति दुई फरक विषयहरू हुन्, एक–अर्कामा मिसाएपछि अन्योल र अलग राख्दा जीवन सरल र सुन्दर हुन्छ ।’
  • वर्तमान गणतन्त्रलाई वास्तविक अर्थमा जनताको गणतन्त्र बनाउने अधिकांश कार्यभार बाँंकी रहे पनि प्राप्त उपलब्धिमध्ये धर्मनिरपेक्षता पनि एउटा हो । विविध धर्मबीचको द्वन्द्व र राज्यमाथि वर्चस्वको विरोधमा युरोपमा विकसित आधुनिक धर्मनिरपेक्ष राज्यको अवधारणालाई दोस्रो विश्वयुद्धपछि लोकतान्त्रिक देशहरूले लोकतन्त्रको अनिवार्य तत्वको रूपमा स्वीकार गरे । विश्वमा धर्मनिरपेक्षताका प्रायः चारवटा अभ्यास देखिएका छन् । पहिलो, अमेरिकी शैलीको धार्मिक स्वतन्त्रताको धर्मनिरपेक्षता, जहाँं संविधानले राज्यमाथि धर्म थोपर्ने, प्रोत्साहित गर्ने र धार्मिक विश्वासको आधारमा राज्यमाथि नियन्त्रण गर्ने कार्यलाई दुरुत्साहित गर्दछ । यद्यपि, अनधिकृतरूपमा अमेरिकामा संकीर्ण गोरा क्रिस्चियनिटी हावी देखिन्छ र डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वकालमा काला अमेरिकीप्रति झन् बढी असहिष्णु र आक्रामक हुँंदै गएको देखिन्छ । दोस्रो हो, फ्रान्सेली शैलीको सामाजिक नियन्त्रणको सिद्धान्त, जसले संवैधानिक रूपमा धर्म मान्नु वा नमान्नुलाई वैयक्तिक मान्दछ र धर्मलाई संगठित रूपमा समाजमाथि नियन्त्रण गर्ने वा प्रभावित गर्ने अधिकार दिँंदैन ।
  • यसले धार्मिक प्रतिकहरूको प्रदर्शनलाई निषेध गर्दछ र आवश्यकतानुसार धार्मिक संगठनमाथि नियन्त्रण गर्ने अधिकार राज्यलाई दिन्छ । केही वर्षपहिले इस्लामिक चरमपन्थीहरूले फ्रान्सको स्वतन्त्र र अनिश्वरवादी मिडियाहरूमाथि गरेको हमलालाई लोकतान्त्रिक अभिव्यक्तिमाथिको हमला मान्दै फ्रान्सेली सरकारले सुरक्षालाई केन्द्रमा राखेर मुस्लिम महिलाहरूले लगाउने बुर्काको प्रयोग निषेध गरेको प्रसंग सान्दर्भिक छ । तेस्रो, भारतीय संविधानले अपनाएको धार्मिक स्वायत्तताको सिद्धान्त हो । यो धार्मिक स्वतन्त्रताको सिद्धान्तजस्तै छ । फरक कति छ भने यस अवधारणामा राज्य स्वयंले जनतालाई आधिकारिक रूपमा धार्मिक समूहमा विभाजित गर्दछ, विभिन्न धार्मिक व्यक्तिगत कानुन (पर्सनल ल’ बिल वा कोड) निर्माण गर्दछ । यस अवधारणाले विभिन्न धार्मिक सम्प्रदायलाई कानुनी शक्ति प्रदान गर्दछ ।
  • चौथो, हाल इतिहास भइसकेको सोभियत संघ र साम्यवादी विचारधाराका देशहरूले अँंगालेको अनिश्वरवादी राज्यहरूमा धर्मनिरपेक्षताको सिद्धान्त हो । यस अवधारणाले धर्मलाई स्वतन्त्र र विवेकशील पूर्णमानवको विकासमा अवरोध मान्दछ र समाजलाई कुनै पनि धर्मबाट प्रभावित हुने वैचारिक र सामाजिक स्रोतहरूलाई विकसित हुने छुट दिँंदैन । यसले धर्मलाई वैयक्तिक आस्थाको विषय स्विकार गर्दछ, तर धर्मको संगठित रूपलाई पूर्णरूपमा निषेध गर्दछ ।
  • अमेरिका, टर्की, भारतजस्ता लोकतान्त्रिक र धर्मनिरपेक्ष भनिने देशहरूले आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक वर्चस्वको अनुकूलतामा धर्मनिरपेक्षताको व्याख्या गर्न थालेका छन् ।
  • अरेबियाली देशहरूमा धर्मनिरपेक्षताको तुलनामा इस्लामी धार्मिक तानाशाही झन् बलियो हुँंदै गएको देखिन्छ ।
  • नेपाली समाज मुख्यतः हिन्दू, बौद्ध, किराँत, मुसलमान, जैन आदि मिश्रित बहुधार्मिक समाज हो । केही चतुर हिन्दू अगुवाहरूले ओमकार परिवारका रूपमा बौद्ध र किराँतलाई समेत हिन्दू धर्मअन्तर्गत तान्ने कोसिस गरे पनि दार्शनिक र पारम्परिक रीतिथितिका रूपमा बौद्ध र किराँत हिन्दूभन्दा भिन्न धार्मिक समुदायहरू हुन् । महायानी बौद्धहरूको अवतारवाद वैष्णवी पौराणिकतानजिक भए पनि उनीहरूले पनि स्वतन्त्र अस्तित्वको दावी गर्दै आएका छन् ।
  • आदिवासी जनजातिहरूमा प्रचलित हिनयानी बौद्धमत प्रकृतिधर्मी बोन्बो र किराँत मन्धुमसँग हार्दिक देखिन्छ । समग्रमा बौद्धधर्म दार्शनिक रूपमा अनिश्वरवादी दर्शनको नजिक छ भने हिन्दू ईश्वरवादी आध्यात्मिक मान्यतामा आधारित छ । त्यस्तै, जैनको व्यावहारिक पक्ष धार्मिक देखिए पनि दार्शनिकस्तरमा यो पनि अनिश्वरवादी धारणा नै हो । इस्लाम र क्रिस्चियन भिन्नै परम्पराका धर्महरू हुन् । यस्तै, समुदायगत आधारमा हिन्दू नै भए पनि पहाड र तराईका जनसमुदायहरू विशिष्ट परम्परा र चलनहरूमा विकसित फरक राजनीतिक सांस्कृतिक समुदायहरू हुन् ।

डलर मूूल्य वृद्धि : कारण र असर - डा. बद्री पोख्रेल

वस्तुु उत्पादनमा ‘वात्साह’को दर्जा पाएको चीन आफ्नो मुुद्रा कमजोर बनाउन चाहन्छ भन्ने आरोप लाग्ने गरेको पनि छ । सर्सर्ती हेर्दा ठूूलो परिमाणमा वस्तु उत्पादन गरेर विश्व बजारमा पुु-याउने रणनीति लिने चीन जस्ता देशको मुुद्रा (युुआन) कमजोर भयो भने रणनीति सफल बनाउन सजिलो हुुन्छ । कुुनै पनि निर्यात वृद्धिका सम्भावना भएका देशहरूमा मुुद्राको मूल्य घटेर बेफाइदा हुुँदैन । तर नेपालजस्ता आयातमुुखी देशहरूको सम्बन्धमा कम मूूल्यमा निर्यातयोग्य वस्तुु उत्पादन हुुने अवस्था नहुुने हुुँदा र आयात र ऋणमा अर्थतन्त्रको ठूूलो हिस्सा निर्भर हुुने भएकाले मूूद्राको मूूल्य घट्नुु राम्रो हुुँदैन/मानिँदैन।
डलर–मूूूल्य घटबढ हुँदाका असर
१) स्वदेशको मुद्राको मूूल्य घट्छ । फलतः नुनदेखि सुुनसम्मका वस्तुु आयात गर्नुुपर्ने नेपाल जस्ता देशलाई डलरको मूूल्य बढ्नेबित्तिकै आयात महँगो पर्न जान्छ।
२) ऋणको साँवा र ब्याज बढ्छ । नेपालजस्ता ठूूलो मात्रामा विदेशी ऋणमा निर्भर अर्थतन्त्र भएका देशलाई ऋण तिर्न महँगो पर्छ।
३) विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । डलरको मूूल्य बढेपछि डलरमा आउने लगानीको महत्व बढी हुुन्छ।
४) विप्रेषणबाट हुुने आम्दानी बढ्छ । विदेशमा कमाएर डलरको मूल्यमा नेपालमा भित्रिने रकममा वृद्धि हुुन्छ।
५) निर्यात बढ्छ । नेपाली मुुद्राको मूूल्य घटेर डलरको मूूल्य वृद्धि हुुँदा निर्यातबाट फाइदा पुुग्छ।
६) स्वदेशमा उत्पादन गरेर कमाउनुुभन्दा विदेशतिरै गएर कमाउन सजिलो हुुनेतिर दृष्टि पुुग्न थाल्छ।
७) नाफा घट्छ । विदेशी लगानीकर्ताहरूले लैजाने नेपाली मूूल्यको नाफा घट्छ।  
समग्रमा डलरको मूल्य बढ्दा वा नेपाली मुुद्राको मूूल्य घट्दा सबै बेफाइदा वा सबै फाइदा हुुने होइन । घटबढ भएको अवस्थामा लिनुुपर्ने उचित कदमबाट मात्र घटबढबाट हुुने फाइदा बेफाइदाको आँकलन गर्न सकिने हुन्छ।

आर्थिक वृद्धि कि समृद्धि ?-रामप्रसाद मैनाली

  • सार्वजनिक नीति व्यवस्थापनका ज्ञाताहरूले आर्थिक वृद्धि र आर्थिक विकास वा समृद्धिलाई कतिपय अवस्थामा पर्यायवाची शब्दका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । अर्थशास्त्रीय दृष्टिकोणबाट यी दुईबीच केही महत्त्वपूर्ण भिन्नता देखिन्छ ।
  • आर्थिक वृद्धिले कुनै समय विशेषको अन्तरालमा भएको कुल गार्हस्थ्य उत्पादनको बढोत्तरीलाई जनाउँछ । समृद्धिले आर्थिक वृद्धिले पारेको वा पार्नुपर्ने प्रभावसँंग सम्बन्ध राख्छ ।
  • समृद्धिले आर्थिक वृद्धिको तुलनामा व्यापक अर्थ राख्छ र यो लोकल्याणकारितासँंग बढी सम्बन्धित हुन्छ । गरिबीको अंश, शिक्षा–स्वास्थ्यको स्थिति, खाद्य सुुरक्षाजस्ता सामाजिक आयामका पक्ष समृद्धिले समेट्ने विषय हुन् । त्यसैले मानवीय विकास सूचकांक, मानवीय गरिबी सूचकांक, साक्षरता प्रतिशत, शिशु मृत्युदर, औसत आयुजस्ता सूचकांकलाई समृद्धिको प्रतिकात्मक परिसूचकका रूपमा लिने गरिन्छ ।
  • भनिन्छ, नीति प्राथमिकताका हिसाबले समृद्धिलाई विकसित मुलुकहरूले अँगाल्ने गर्छन् भने विकासोन्मुख र विकासशील मुलुकहरूले आर्थिक वृद्धिलाई जोड दिन्छन् । कतिपय अल्पविकसित वा विकासोन्मुख मुलुकमा समृद्धिको नाराले आर्थिक वृद्धिको प्राथमिकतालाई ओझेलमा पारेको देख्न सकिन्छ । यी दुई बीचको अन्तरसम्बन्धलाई मिहिन विश्लेषण नगर्दा वा आर्थिक वृद्धिभन्दा समृद्धिको नारा लोकप्रियताका हिसाबले अब्बल हुने विश्वासका कारण पछिल्लो नाराले बढी महत्त्व पाएको हुनुपर्छ ।
  • समृद्धिका लागि आर्थिक वृद्धि एक अनिवार्य सर्त हो, तर पर्याप्त हैन भन्ने गरिन्छ । त्यसैले आर्थिक वृद्धि हासिल नगरी समृद्धि हासिल गर्न सकिँदैन । एकथरी अर्थशास्त्री नीति प्राथमिकताका हिसाबले पहिलो चरणमा वितरण हैन, उत्पादनमा जोड दिनुपर्छ भन्ने मान्यता राख्छन् । अर्काथरी यी दुईलाई संँगसंँगै वा बराबरी प्राथमिकताका हिसाबले पनि अघि बढ्न सकिने धारणा राख्छन् । 
  • आधुनिक समाजमा राज्यले प्रत्याभूत गर्नुपर्ने कतिपय सामाजिक सुरक्षा सम्बन्धी दायित्वसंँगै उच्च आर्थिक वृद्धिसमेत हासिल गर्नुपर्ने अवस्थामा अर्थशास्त्रीहरूबीच विवाद भए पनि यी दुई नीतिलाई सन्तुलित रूपमा संँगसंँगै अवलम्बन गर्नुको विकल्प देखिँदैन ।
  • विकासोन्मुख तथा विकासशील मुलुकहरूले उद्घोष गर्ने गरेका आर्थिक वृद्धि र समृद्धिमा बराबरीका प्राथमिकता जायज देखिन्छन् । यद्यपि समृद्धिको प्राथमिकताले आर्थिक वृद्धिको प्राथमिकतालाई उछिन्यो भने वृद्धिको सम्भाव्य गतिमा केही घर्षण भने पैदा गर्छ । अर्थशास्त्रको भाषामा यी दुईलाई उत्पादनमुखी र वितरणमुखी नीतिका रूपमा बुझ्ने गरिन्छ । उत्पादनमुखी र वितरणकारी नीतिको आदर्श सन्तुलन कायम गर्न सक्नु नै विकासोन्मुख मुलुकहरूको अहिलेको आवश्यकता हो ।
  • हामीले अवलम्बन गरेका समग्र नीतिले उत्पादनमुखी र वितरणकारी पक्षको आदर्श सन्तुलन कायम गरेका छन् कि छैनन् भनी विश्लेषण गर्नुपर्छ । हाम्रा आवधिक योजनाको दस्तावेज, वार्षिक बजेट र विषयगत मन्त्रालयका क्षेत्रगत नीतिहरूलाई हेर्ने हो भने समग्रतामा नीतिहरू यसतर्फ उन्मुख भएको भेट्न सकिन्छ । आवधिक योजनाको सुुरुवातदेखि नै सामाजिक क्षेत्र अन्तर्गत उल्लेखित नीति घोषणाले लोककल्याणकारिताको अभिवृद्धिलाई जोड दिएको छ । आवधिक योजनाको भौतिक पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विकास आदि खण्डमा उल्लेख भएका नीतिहरू आर्थिक वृद्धिसँंग प्रत्यक्ष सम्बन्धित देखिन्छन् ।
  • नीति कार्यान्वयनको उपकरणका रूपमा रहेको वार्षिक आय–व्ययको विवरण अर्थात बजेटले आवधिक योजनाले निर्दिष्ट नीति मार्गदर्शनलाई परिपुरण गर्ने गरेकै छ । चालु आर्थिक वर्षकै बजेटमा सामाजिक सुरक्षासँंग सम्बन्धित न्यूनतम रोजगारको प्रत्याभूति, ज्येष्ठ नागरिक भत्ता, शिक्षा, स्वास्थ्यको क्षेत्रमा दिने भनिएको अनुदानजस्ता विषयले लोककल्याणकारिता अभिवृद्धिमा योगदान पुर्‍याउनेछन् । ऊर्जा, यातायात तथा भौतिक पूर्वाधार क्षेत्रमा दिइएको प्राथमिकता तथा बजेट विनियोजनले उत्पादन वृद्धिलाई महत्त्व दिएको स्पष्ट हुन्छ ।
  • वितरणकारी नीति सहजै कार्यान्वयन हुन्छ । उत्पादनमुखी नीति कार्यान्वयनमा कठिनाइ हुन्छ । उत्पादनका साधन र तिनका उत्पादकत्व बढाउने विषय वितरणमुखी कार्यक्रम कार्यान्वयन गरेजस्तो सहज हुन्न । हाम्रो अनुभव पनि त्यस्तै छ । विगत पाँच वर्षमा पुँजीगत खर्च औसत सत्तरी प्रतिशत हाराहारी भएको छ । लोककल्याणकारितासंँग सम्बन्धित बजेट भने विनियोजन भएजति नै खर्च हुने गरेको छ । बजेट कार्यान्वयनको यो स्थितिले वितरणकारी पक्षले हाम्रो उत्पादनको लक्ष्यलाई सधै पछि पार्ने खतरा रहेको देखाउँछ । नीति घोषणामा जस्तै नीति कार्यान्वयमा पनि सन्तुलन गर्नेतर्फ ठोस प्रयास भएन भने कल्याणकारिताका लागि आर्थिक वृद्धिसँंग गरिएको सौदाबाजी उपयुक्त सावित हुँदैन । हामी न अल्पकालमा सम्भावना भएको वृद्धि हासिल गर्न सक्छाै, न दीर्घकालमा समृद्धि हासिल गर्ने हाम्रो सपना पूरा हुनेछ ।
  • हासिल भएको वृद्धिको दिगो र समन्यायिक वितरण हुने संस्थागत र संरचनागत व्यवस्थाको सुनिश्चिताले समृद्धिको बाटो खोल्ने हो । त्यसैले समृद्धिलाई ‘आर्थिक वृद्धि प्लस गुणात्मक परिवर्तन’को सूत्रबाट पनि बुझ्ने गरिन्छ । वृद्धिलाई मात्र जोड दिएर वितरणका पक्षलाई उपेक्षा गरी नीति निर्माण गर्न नसकिने हाम्रो अहिलेको अवस्था भएकाले यी दुईबीच आदर्श सन्तुलन कायम गर्नुपर्छ । उत्पादनसँंग सम्बन्धित कार्यक्रमको कार्यान्वयन ठोस रूपमा सूधार गर्न नसक्ने हो भने समृद्धिको सपना पूरा नहुनेमात्र हैन, सुरु गरिएका कल्याणकारिताका कार्यक्रम पनि दिगो नहुने निश्चित छ ।
  • कुल गार्हस्थ्य उत्पादनको दरमा देखिने परिवर्तनले आर्थिक वृद्धि मापन गरिन्छ । विकसित मुलुकले आर्थिक विकासका लागि संरचनागत र संस्थागत सुधार गरिसकेका हुन्छन् । अर्थात् आर्थिक वृद्धिका लागि पर्याप्त संरचना स्थापित गरिसकेकाले यसको न्यायोचित वितरण गरी समग्र जनताको कल्याणकारिता अभिवृद्धि गर्नु विकसित मुलुकका लागि प्राथमिक विषय बन्छ । विकासको सुरुवाती अवस्थामा रहेका मुलुकहरू भने कसरी दिगो आर्थिक वृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुन्छन् र यसका लागि नीतिगत र संरचनागत विकास गर्न प्रयत्नशील रहन्छन् ।
  • चालु चौधौं योजनाको क्षेत्रगत नीति अन्तर्गत मुख्यत: परिक्षेद ४.४ मा सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षा तथा संरक्षण, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूसँंग सम्बन्धित नीति घोषणाले कल्यानकारिताकै अभिवृद्धिको पक्षपोषण गर्छन् । रोजगारीको प्रत्याभूति र सामाजिक विमाको व्यवस्थासमेत त्यहाँ उल्लेख भएका छन् । त्यही दस्तावेजको परिक्षेद ५ मा पूर्वाधार क्षेत्र विकास नीतिहरू उल्लेख भएका छन्, जसमा ऊर्जा, यातायात, भवन आवास तथा सहरी विकास लगायतका नीति छन्, जुन प्रत्यक्ष रूपमा आर्थिक उत्पादन तथा वृद्धिसँंग सम्बन्धित हुन्छन् ।