Thursday, November 8

आरक्षण कसलाई कहिलेसम्म -शान्तिकृष्ण अधिकारी

  • केही अघिसम्म पनि ‘व्यापार अपार’ भन्दै निजामती सेवा, विश्वविद्यालय सेवा वा सरकारी कुनै नोकरीमा धेरैको आँखा लाग्ने गरेको थिएन । आकर्षण अन्यत्रै थियो । जब नेपालमा विक्रम संवत् २०४६ मा प्रजातन्त्र पुनःस्थापना भयो, शिक्षासँगै जनचेतना बढ्दै गयो अनि मात्र सरकारी जागिरतर्फ आकर्षण बढ्दै गएको हो । 
  • जबसम्म सरकारी जागिर पर्याप्त थियो, तबसम्म पढेकाहरूलाई कुनै समस्या थिएन । जुनसुकै जातिका भए पनि, रोजी–खोजी जागिर खाएकै थिए । पढेकाहरू कथित दलित होऊन् या जनजाति वा मधेसी, योग्यताबमोजिम पियनदेखि हाकिमसम्म, वडाध्यक्षदेखि मन्त्रीसम्म, वकिलदेखि प्रधान्यायाधीशसम्म पुगेकै थिए । जसले लाहुर, व्यापार, जमिनदारी आदि लक्ष्य राखे ती भने सरकारी पदमा पुग्न सकेनन् । 
  • पढेर जागिर खाने नै लक्ष्य बनाएका ब्राह्मण क्षेत्रीहरूमात्रै सरकारी सेवामा छन् भनेर ईष्र्या गर्नुको कुनै अर्थ हुँदैन । विश्वको कनै पनि मुलुकमा मानविकी पढेर इञ्जिनियर र वाणिज्यशास्त्र पढेर चिकित्सक बनेको पाइएको छैन । त्यस्तै हो, नेपालमा पनि जसले जे इच्छा राखे, त्यही बने । 
  • शिक्षितहरूले फैलाएको चेतनाका आधारमा भएका विभिन्न आन्दोलनहरूको प्रतिफल अहिले समाजका विभिन्न क्षेत्रमा समावेशीकरणको अनिवार्यता गराइएको छ । विसं २०६३ को अन्तरिम संविधानबाट सरकारी सेवामा आरम्भ गरिएको आरक्षण अद्यापि विद्यमान छ । 
  • नेपालको संविधान २०७२ ले त विभिन्न समुदायलाई अति सुरक्षित बनाएको छ । संविधानको प्रस्तावनामै भनिएको छ, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने । 
  • समावेशिता बहुजातीय, बहुभाषिक, बहुधार्मिक, विविध आयाम बोकेको नेपालका लागि सुन्दर पक्ष नै हो । यसलाई अझ पुष्टि गर्न संविधानको भाग ३, मौलिक हक र कर्तव्यअन्तर्गत धारा १८ (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेर पनि धारा १८ (३) बाट विभिन्न क्षेत्रमा विभिन्न समुदाय तथा लिङ्ग किटानीसहित समावेशी बनाइएको छ र यसले देशको मुहार फेर्न सहयोग पु¥याएको छ । महिला, कथित दलित आदिले विभिन्न सरकारी निकायको नेतृत्व गरेका समाचारहरू प्रकाशित हुँदा राष्ट्रको समुन्नति चाहनेहरूका लागि हर्षको विषय बन्ने गरेको छ । 
  • तर, यो आरक्षणको सुविधाले लक्षित वर्गलाई फाइदा पुर्‍यायो कि उही हुनेखाने वर्गकै हालिमुहाली कायम छ भन्नेतर्फ सोच पुग्न सकेको देखिँदैन । राजधानीमा महल भएकै जनजातिलाई यो सुविधा आवश्यक छ कि छैन ? सहर बजारको निजी विद्यालयमा पढेकै महिला वा कथित दलित वा अन्यले आरक्षण सुविधा प्राप्त गरिरहेको भए संविधानको आसय पूरा भयो कि भएन ? जो आर्थिक, सामाजिक रूपमा पिछडिएको छ, त्यसलाई लक्षित कानुन बन्नुपर्ने हो तर यहाँ त जन्मका आधारमा भेदभाव हुन पुगेको छ । 
  • आरक्षणको नीतिमा राज्यले चाँडोभन्दा चाँडो सोच्न जरुरी देखिन्छ । कुनै परिवारको एकजनाले एकपटक आरक्षणको सुविधा पाइसकेपछि अर्कोपटक नपाउने व्यवस्था गर्नैपर्ने देखिएको छ । राष्ट्रले समयको कुनै अन्तराल पार गरिसकेपछि सबै नागरिकलाई समान दृष्टिले हेर्न सक्नैपर्दछ । 
  • आरक्षण जातका आधारमा होइन, पिछडापन, आर्थिक हैसियत अर्थात् विपन्नताका आधारमा गरिनुपर्दछ । यो सधैँका लागि नभई सबै समुदायलाई समान अवसर प्राप्त नहुँदासम्मका लागि मात्र हुनुपर्दछ । दुर्गम गाउँको गरिब ब्राह्मण, क्षेत्री वा दशनामीले खुलामा मात्रै र राजधानीको महलमा बस्ने कुनै समुदायले भने आरक्षणमा जागिर पाउने नीति सर्वथा गलत छ ।
http://gorkhapatraonline.com/news/60914 

राष्ट्रियताको संरक्षणका लागि नागरिकता नीति -प्रेमलकुमार खनाल

  • भूगोल, अर्थव्यवस्था, संस्कृति, जनता, सरकार र सार्वभौमसत्ता सम्पन्न देशको रूपमा अस्तित्वमा रहेको राष्ट्रप्रतिको आस्था र राष्ट्रहितप्रतिको समर्पित भावना नै साँचो अर्थमा राष्ट्रियता हो । राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । राष्ट्रियतासँग नागरिकताको प्रगाढ सम्बन्ध रहेको छ । 
  • कुनै पनि देशमा नागरिकता प्राप्त गर्ने विभिन्न आधारहरू हुन्छन् । नागरिकता एक राजनीतिक अवधारणा हो । आधुनिक राज्य व्यवस्थामा राज्य अन्तर्गत स्थायी जनसंख्या, सार्वभौमसत्ता, भूगोल र सरकार राज्यका पूर्व शर्त हुन् । राज्यको स्थायी जनसंख्या भनेको नागरिक हुन् । यसर्थ राज्य र नागरिकबीच नागरिकताले सम्बन्ध स्थापित गरेको हुन्छ । यसैले नागरिकता प्राप्त गर्नु गम्भीर महत्वको विषय हो । 
  • नागरिकता प्राप्त नागरिकलाई राज्यले औपचारिक ढंगले सुरक्षा प्रदान गर्नुको साथै नागरिक हुनुको नाताले राजनीतिक, आर्थिक र सामाजिक अधिकार उपभोग गर्ने अधिकार प्रदान गरेको हुन्छ । नागरिकता प्राप्त भएको आधारमा मात्र राजनीतिक अधिकार प्राप्त गर्ने अवस्था निर्धारण हुन्छ । नागरिकता प्राप्त गरेको व्यक्ति राष्ट्रप्रति बफादार हुनुपर्ने हुन्छ । राष्ट्रप्रति बफादार नागरिकले राज्यबाट सुरक्षाका साथै चुन्ने, चुनिने वा सार्वजनिक प्रमुख पद धारणा गर्ने अधिकार राख्छ । यस सन्दर्भमा नागरिकता र राज्यबीचको सम्बन्ध प्रगाढ हुन्छ । 
  • विश्वमा नागरिकता प्राप्तिका विभिन्न आधारहरू रहेको पाइन्छ । पहिलो, आधार वंशज जसलाई रगतको अधिकार भनिन्छ र अर्को, जन्मसिद्ध अधिकार । विश्वमा यी दुई आधारमा नागरिकता दिने गरेको पाइन्छ । अङ्गीकृत अर्थात् (नेचरलाइजेसन) का आधारमा खास गरी विदेशी व्यक्तिहरूलाई कानुनमा व्यवस्था भएबमोजिम रीतपूर्वक नागरिकता दिने गरिन्छ । विदेशी व्यक्तिहरूमध्येले निश्चित अवधिदेखि बसोबास गरिरहेको र नेपाली नागरिकता लिन आवेदन गरेका, विदेशी मूलका व्यक्ति र विवाहित विदेशी महिला वा पुरुषलाई कानुनमा व्यवस्था भएबमोजिम अङ्गीकृत नागरिकता दिने व्यवस्था हुन्छ । वास्तवमा अङ्गीकृत नागरिकता राज्यको निरपेक्ष आन्तरिक विषय भएकोले यसलाई व्यक्तिको अधिकार वा सुविधाभन्दा पनि राज्यको अधिकारको रूपमा लिनुपर्दछ । विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कुरा देशको हित र इच्छाको विषय हो । यो विदेशी व्यक्तिको अधिकारको रूपमा रहेको हुँदैन । 
  • सविधानको धारा ११ को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्नेछ भनी उल्लेख भएको छ । यस्तै विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकले नागरिकता प्राप्त गरेको रहेको छ भने निजले सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ । 
  • भारतमा सोनिया गान्धी इटालीमा जन्मिएकी भारतीय अङ्गीकृत नागरिकता प्राप्त भएको कारण राष्ट्रिय निर्वाचनमा उनी सहभागी नभएको वा हुन नपाएको तथ्य छ । भारतले भारतमा जन्मेका तथा बंगलादेश र पाकिस्तान बाहेकका अन्य मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई त्यस्ता मुलुकको कानुनले अनुमति दिएमा विशेष प्रकारको नागरिकता (ओभरसिज सिटजन्ससिप अफ इण्डिया) दिने व्यवस्था गरेको छ । त्यस्ता नागरिकलाई भारतीय राहदानीका साथै राजनीतिक अधिकार अन्तर्गत संवैधानिक अंगका प्रमुख पदमा नियुक्त हुन नपाउने व्यवस्था गरेको छ । भारतमा विदेशी महिलाले भारतीय नागरिकसँग विवाहको आधारमा नागरिकता प्राप्त गर्न सात वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था छ । नेपालमा भने सम्बन्धित देशको नागरिकता त्याग गरेको आधारमा नै आंगिक नागरिकता दिने व्यवस्था गरियो । 
  • यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा ६ को उपदफा ४ मा अङ्गीकृत नागरिकता प्रदान गर्ने सम्बन्धमा व्यवस्था भएको छ, विदेशी नागरिकमध्ये विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा नेपाल सरकारले ठहर्‍याएको व्यक्तिलाई निम्नानुसारको व्यवस्थाको आधारमा व्यवस्था गरिएको छः– नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जानेको, नेपालमा कुनै व्यवसाय गरी बसेको, अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको, कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको, नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानुनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको, असल चालचलन भएको र मानसिक रूपले स्वस्थ व्यक्तिलाई अङ्गीकृत प्रदान गर्ने । 
  • वास्तवमा यो ऐनबाट गैर नेपालीहरूले सहजै नागरिकता पाउने अवस्था सिर्जना गरिएको छ । यो ऐन तर्जुमा गरी पारित गर्दा जिम्मेवार राजनीतिक दलहरूबाट राष्ट्रको हितलाई गम्भीरतापूर्वक ध्यान दिएको देखिंदैन । अझ अहिले आएर नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्ने विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरिएको छ । 
  • प्रस्तुत विधेयकको दफा ४ मा संवत् २०७५ असोज ३ भन्दा अगाडि जन्मेको आधारमा नेपालको सन्तान बलियो भएपछि वंशजको आधारमा नेपालको नागरिकता मानिने व्यवस्था छ । वास्तवमा यो अत्यन्तै आपत्तिजनक प्रस्ताव छ । परापूर्व कालदेखि नेपालमा बसोबास गरेको, जसको पुर्खा नेपाली नागरिक छ, उसलाई वंशजको सम्बन्ध मानी वंशजको नागरिकता दिने हो । तर विधेयकले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिका छोराछोरीले स्वतः वंशजको नागरिकता पाउने जुन व्यवस्था गर्न खोजिएको छ, यसले अन्ततः नेपालको राजनीतिमा क्रमशः विदेशी नागरिकहरूको बाहुल्य बढ्दै जान्छ । यस्तै, दफा ५ मा बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नागरिकता प्राप्त गर्ने, बाबुको पहिचानपछि भएमा स्वतः अङ्गीकृत नागरिकतामा परिणत हुने, यस्तै विदेशी नागरिकहरूसँग विवाह गरेकी नेपाली महिलाले दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने र नेपाली नागरिकले विदेशी महिलासँग विवाह गरेपछि विवाहित महिलाले सम्बन्धित देशको नागरिकता परित्याग नगरिकन नै नेपाली नागरिकता पाउने व्यवस्थाले गम्भीर समस्या उत्पन्न गर्दै लग्नु स्वभाविक छ । बाह्य सीमावर्ती तराई क्षेत्रमा दोहोरो नागरिकता लिनेको जनसंख्या लाखौं रहेको तथ्य पनि सँगसँगै सार्वजनिक भएका छन् । 
  • मुलुकको राष्ट्रियतासँग गाँसिएको नागरिकता अत्यन्तै गम्भीर र संवेदनशील विषय हो । यसले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रभाव पार्दछ । यसले अन्ततः देशको सार्वभौमिकता, राष्ट्रिय एकता, स्वतन्त्रता र अखण्डतामा प्रभाव पार्दछ । नागरिकताकै कारण देशहरू टुक्रिएको, अर्काे देशमा गाभिएको घटनाहरू छन् । तर नेपालमा भने अत्यन्तै हचुवाका भरमा नागरिकता वितरण गर्ने नीति अवलम्बन गरिएको छ । यसले गर्दा खासगरी तराई क्षेत्र लगायत नेपालकै जनसंख्यामा विदेशी नागरिकहरूको बाहुल्य क्रमशः बढ्दै जाने गम्भीर समस्या सिर्जना हुँदैछ । रैथानेभन्दा आगन्तुक नागरिकको संख्या बढी हुन पुग्दाको सम्भाव्य परिणामप्रति कानुन निर्माता मात्र होइन, आम नेपाली सजग बन्नैपर्छ । 
  • अङ्गीकृत नागरिकता वितरण गरिँदा छिमेकी देश लगायत अन्य देशको नीतिलाई मध्यनजर गर्दै उपयुक्त व्यवस्था अनुसरण गर्नुपर्दछ । खुल्ला सिमाना भएका कारण नेपालको जनसंख्यामा आप्रवासीहरूको जुन चाप पर्दै गएको छ, यसलाई कडाइ गरिनु पर्दछ । भिसा प्रणाली, कार्य अनुमतीपत्र, सीमा क्षेत्रमा बलियो तारबार लगाई सीमा सुरक्षा र आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्नु पर्दछ । आप्रवासीहरूलाई नेपालमा बसी पेशा व्यवसाय गर्न कार्य अनुमतीपत्र र परिचयपत्र प्रदान गर्नु पर्दछ र यसैका आधारमा उनीहरूलाई नेपालमा पेशा, व्यवसाय, सम्पत्ति खरीद बिक्री गर्ने व्यवस्था गर्न सके, उत्पन्न समस्याको समाधान गर्न महìवपूर्ण सहयोग पुग्ने विश्वास लिन सकिन्छ ।
http://gorkhapatraonline.com/news/60973

प्रतीक्षित सङ्घीय निजामती ऐन -प्रा.डा. भीमदेव भट्ट

  • नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा निर्माण गरिएको पहिलो निजामती सेवा ऐन वि.सं. २०१३ मा व्यवहारमा ल्याइएको हो । वि.सं. २०१७ मा निर्दलीय पञ्चायती व्यवस्थाको थालनी पश्चात् वि.सं. २०२१ मा निजामती सेवा नियमावली पुनर्लेखन गरियो । यसै सन्दर्भमा वि.सं. २०४६ को राजनीतिक परिवर्तन पश्चात् नेपाल अधिराज्यको संविधान २०४७ मा गरिएको व्यवस्था अनरूप निजामती सेवा ऐन २०४९ तथा निजामती सेवा नियमावली २०५० निर्माण गरियो । 
सङ्घीय निजामती सेवा ऐन निर्माण गर्दा देहायका विषयमा ध्यान पुर्‍याउनु आवश्यक छ– 
  • १. समूहीकरणको निरन्तरतासरकारले निजामती सेवा ऐनको चौथो संशोधन २०७२ असार २९ मा पारित गरी राजपत्राङ्कित विशिष्ट श्रेणीसम्मकै सेवा विशिष्टीकरण गर्ने निर्णय लिई निजामती सेवालाई विभिन्न समूहमा समूहीकृत –क्लस्टरिङ) गरेको छ । नयाँ ऐनमा यसले निरन्तरता पाउनु पर्दछ । सेवा समूहीकृत नगरी विशिष्ट सेवा प्रदान गर्न नसकिने मात्र होइन कि नीति निर्माण गर्दा र सम्बन्धित विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विषयवस्तु बोध गराउन विज्ञकै अभाव खट्किन सक्छ । आजको युग विशिष्टीकरणको युग भएकाले निजामती सेवामा समेत यसको उपस्थिति अनिवार्य ठानिन्छ । नेपाल सरकारले विगतमा तय गरेका ६ सेवामा आवश्यक थपघट गर्नु परे सो समेत गरिनु पर्दछ । वर्तमान समयमा निजामती सेवा विरुद्ध लाग्ने गरेको आरोपमा यो योग्य भएर पनि क्षमतावान छैन भनिएको छ । यसको बचाउका लागि समेत सेवा क्लस्टरिङको विकल्प देखिन्न । 
  • २. सेवा अवधि थप्ने सन्दर्भ– मौजुदा मस्यौदा ऐनमा नेपाल सरकारले चाहेमा सचिव र मुख्य सचिवको पदावधि बढीमा दुई वर्ष थप्न सक्ने प्रावधान राखिएको बुझिएको छ । यस विषयमा विद्यमान समय सीमामा (सचिवको पाँच वर्ष र मुख्य सचिवको तीन वर्ष) संशोधनको कुनै औचित्य देखिन्न । यसले एकातर्फ कर्मचारीको वृत्ति विकासमा प्रतिकूल असर पार्नेछ भने अर्काेतर्फ सरकारलाई स्वेच्छाचारी बनाउनेछ । सचिव, मुख्य सचिव जस्तो महत्वपूर्ण पदमा पदोन्नति गर्दा सरकारले सक्षम सबल नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिको चयन गरी सो पदमा पदस्थापना गर्ने भएकाले उमेरको हद र सेवा अवधिबाट कर्मचारी निवृत्त हुने व्यवस्थामा परिवर्तन ल्याए यसले सम्पूर्ण सेवामा प्रतिकूल प्रभाव पार्न सक्दछ । 
  • ३. उमेरको हद– निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेर समय समयमा परिवर्तन गरिँदै आएको पाइन्छ । वि.सं. २००८ मा कर्मचारी ६० वर्षमा निवृत्त हुन्थे भने वि.सं. २०१३ मा उमेरको हद ६३ गरियो । वि.सं. २०३३ मा पुनः ६० वर्ष कायम गरियो । निजामती सेवा नियमावली २१ मा उनन्तीसौँ संशोधन गरी यो उमेर ५८ तुल्याइयो । आम नागरिकको औसत आयु बढ्दै गएको, सार्क मुलुक र अन्य देशको कर्मचारी निवृत्त हुने नियमको आधार, प्रशासनले अनुभवी कर्मचारी गुमाउने आदि र सरकारलाई निवृत्तिभरणको आर्थिक भार समेत वृद्धि हुने (साउन २०७५ यो प्रावधान लागू नहुने) पृष्ठभूमिमा विगत २६ वर्षमा यस विषयमा सरकारको माग अनरूप लोक सेवा आयोगले तीन चार पटक स्वीकृति दिँदा समेत उमेरको हद बढाइएको छैन । अतः नयाँ बन्न लागेको सङ्घीय निजामती ऐनमा कर्मचारीको निवृत्त हुने उमेर ६० गर्नै पर्दछ ।  
  • ४. अन्तर सेवाको अवसर– सङ्घीयताको संरचना अनुसार अब कर्मचारीहरू सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन समूहमा वर्गिकृत हुने छन् । अतः स्थानीय तह र प्रदेशमा सेवारत कर्मचारीले सङ्घीय सेवामा पदोन्नति लिन नपाउने गरी सदाका लागि ढोका बन्द गर्न मिल्दैन । कर्मचारीको क्षमता, योग्यताका आधारमा स्थानीय तह एवं प्रदेशमा सेवारत कर्मचारीले पनि सङ्घीय सेवामा प्रतिष्पर्धा गर्न पाउने अवसर ऐनमा नै व्यवस्था गरिनु पर्दछ । आजको युगमा प्रतिभाको भण्डार अमुक वर्ग र जात जातिका मात्र हुन्छ भन्ने छैन । कतिपय अवस्थामा सङ्घमा कार्य गर्ने कर्मचारीभन्दा प्रदेश र स्थानीय तहमा कार्य गर्ने कर्मचारी अब्बल दर्जाका सावित हुन सक्दछन् । त्यस्ता कर्मचारीको सम्मान र इज्जत गर्न, उनीहरूको वृत्ति विकासमा टेवा पुर्‍ याउन उनीहरूलाई अवसरबाट वञ्चित गरिनु हुँदैन । 
  • ५. अन्तरसेवा घुलन– सरकारले तयार पारेको निजामती सेवा ऐन मस्यौदामा अन्तर सेवाबाट कर्मचारीहरू आपूर्ति गर्न सकिने व्यवस्था गरेको बुझिएको छ । विगतमा निजामती सेवा ऐनको दफा २४ घ १ अनुसार तोकिएको सेवा वर्ष पूरा गरेका र नियम अनुसार अन्य आवश्यकता पूरा गरेका बीसौं हजार कर्मचारी स्वतः बढुवा गरिए । यस समस्याले सरकारलाई परन्तुसम्म प्रतिकूल प्रभाव पारिरहहने छ । यसको समाधानका लागि अन्य सेवाका कर्मचारी प्रशासन सेवामा ल्याउने आदिबारेको निर्णयले अर्काे समस्या निम्त्याउन सक्ने भएकाले यस निर्णयमा पूर्ण विराम लगाई क्लस्टर अनरूप नै कर्मचारीको वृत्ति विकास अगाडि बढाइनु पर्दछ । 
  • ६. ट्रेड युनियन– निजामती सेवामा ट्रेड युनियन आवश्यक छ, छैन भन्नेबारे आज परन्तु कुनै अनुसन्धान भएजस्तो लाग्दैन । पञ्चायती व्यवस्था पश्चात् निर्माण गरिएको निजामती सेवा ऐन २०४९ मा यो प्रावधान राखियो । विगतका २९ वर्षमा ट्रेड युनियनले निजामती कर्मचारीको हक हितका सन्दर्भमा के काम गर्‍यो, पार्टीगत आधारमा किन युनियन स्थापना गरिए, एक युनियनले अर्काे युनियनलाई हेर्ने नजर कस्तो रह्यो, प्रत्येक पटक सत्तामा आएका सरकारलाई युनियनले कति सघाए कति सताए, आधिकारिक ट्रेड युनियनको निर्वाचन पश्चात् के परिवर्तन देखा पर्‍यो आदि विषयको गहिरो अध्ययन गर्ने हो भने निजामती सेवाभित्र कर्मचारी युनियनको कुनै औचित्य देखिन्न । वर्तमान समयको अवस्था बोध गर्दा संसद्मा प्रतिपक्ष भएजस्तै प्रशासनमा पनि इतर सत्ता पक्षको ट्रेड युनियनले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देखिन्छ । यस्तो सन्दिग्ध अवस्थामा देशमा सुशासनको कल्पना गर्न मिल्दैन । 
http://gorkhapatraonline.com/news/61017

सेवाग्राही सहयोग -नूरहरि खतिवडा

  • अधिकांश नेपाली जनता सार्वजनिक निकायमा आफ्नो समस्याका बारेमा खुलस्त बोल्न, गुनासो व्यक्त गर्न र सम्बन्धित अधिकारीको ध्यानाकृष्ट गराउन सक्ने अवस्थामा छैनन् । आफ्ना आवश्यकताको पहिचान गर्न, त्यस्ता आवश्यकता पूर्तिका लागि उपयुक्त उपायहरूको खोजी गरी अवलम्बन गर्न र परिवर्तित परिवेशबमोजिम आफ्नो जीवनलाई समृद्धिको मार्गमा डोहोर्‍याउन सक्ने ज्ञान, सीप र क्षमता प्रायः नेपालीमा पाइदैन । 
  • राज्यको काम के हो ? राज्यले आफ्ना नागरिकको हित र सुविधाका लागि के कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? नागरिकको अधिकार र कर्तव्य के हो ? आफ्नो अधिकार प्राप्तिका लागि आफूले के कस्तो प्रक्रियाबाट कहाँ र कसरी अग्रसर हुनुपर्छ ? भन्ने जस्ता आधारभूत कुराहरूमा प्रायः नेपाली नागरिकहरू अनभिज्ञ रहेको अवस्था छ । 
  • जनताको सेवाका लागि स्थापना भएका सरकारी तथा गैरसरकारी निकायले नेपाली नागरिकको चेतनाको स्तर र क्षमता अनुकूल हुने गरी सेवाप्रवाहको उपयुक्त पद्धति स्थापना गर्न नसकेका कारणले एकातिर जनता निरन्तर पीडामा पर्ने गरेका छन् भने अर्कोतिर जनतालाई सहज र सुलभ रूपमा सेवाप्रवाह गर्ने नीतिको सफल कार्यान्वयन हुन नसकी मुलुक ‘समृद्धि’ महाअभियानमा समेत नकारात्मक असर परिरहेको छ । सेवाग्राही र सेवाप्रदायकका बीचमा रहेको यो दूरीका कारण जनताको काममा सहजीकरण गर्ने नाममा अनेकौँ विचौलियाले अवाञ्छित चलखेल गर्ने र वातावरणलाई अझ बढी दूषित बनाउने मौका पाइरहेका छन् । 
  • सरकारी तथा गैरसरकारी क्षेत्रका सार्वजनिक निकायमा कार्यरत अधिकांश कर्मचारी आफ्नो काम, कर्तव्य र अधिकार तथा आफू कार्यरत संस्थाले जनताको सेवामा खेल्नुपर्ने भूमिकाका बारेमा पर्याप्त सचेत र संवेदनशील भएको पनि देखिँदैन । आफ्नो अधिकार र सुविधाको बारेमा बढी चासो राख्ने तर जिम्मेवारी, कर्तव्य, आचरण र व्यवहार अनि जनताको अधिकार जस्ता कुरामा पर्वाह नगर्ने प्रवृत्ति नेपालको सरकारी तथा गैरसरकारी क्षेत्र समेतको कर्मचारीतन्त्रमा हावी भएको छँदैछ । 
  • मुलुकको विकास र समाज परिवर्तनको अभियानलाई अपेक्षित गति दिनका लागि कर्मचारीले सेवाग्राहीमैत्री भावना र व्यवहार प्रदर्शन गर्नुपर्ने, जनताको अधिकारलाई उच्च सम्मान गर्नुपर्ने र जनताको कठिनाई हल गर्नमा आफ्नो सफलता अनुभूत गर्ने किसिमले उनीहरूको सोचाइ र भावनामा नै परिवर्तन आउनु आवश्यक छ ।  कर्मचारीको मूल्याङ्कन उसले अवलम्बन गरेको प्रक्रिया र कागज मात्र हेरेर होइन सम्पादन गरेको कामबाट प्राप्त नतिजा र प्रयास समेतको आधारमा गरिने प्रणाली स्थापना गराउनुपर्ने भएको छ । 
  • नेपाल सरकारले सबै सार्वजनिक निकायबाट प्रदान गरिने सेवाहरू सेवाग्राहीको सर्वाङ्गीण हित र सुविधा अनुकूल हुनुपर्छ र यसमा कहीँ कतै कमजोरी पाइएमा सेवाग्राहीको गुनासो सुनी सोको आधारमा तत्काल उचित समाधानको उपाय अपनाउनुपर्छ भन्ने मनसायका साथ गुनासो व्यवस्थापन कार्यविधि जारी गरी सेवाग्राहीको गुनासो सुनुवाइ गर्ने प्रणालीको स्थापना गर्ने प्रयास गरेको छ । हरेक सार्वजनिक निकायमा गुनासो सुनुवाइ गर्ने अधिकारी (नोडल अफिसर) को व्यवस्थासमेत गर्नुपर्ने प्रावधान लागू गरेको भए पनि यी सबै प्रयास केवल देखाउनका लागि मात्र गरिएको जस्तो भइरहेका छन् ।  
  • नेपालका सेवाग्राही तथा सेवा प्रदायक निकायमा काम गर्ने व्यक्तिहरू विशेष ज्ञान, सूचना र क्षमता तथा भावनात्मक परिवर्तन समेतको आवश्यकता रहेको छ । हाम्रो कर्मचारीतन्त्रमा रहेका मानिसहरूको बोधक्षमतामा बढोत्तरीका साथ उनीहरूको मनोभावनामा परिवर्तन गर्नुपर्दछ ।
  • सेवाग्राहीहरू सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूले आफ्नो जिम्मेवारी असल मनसायका साथ निर्वाह नगरेको, भ्रष्टाचारमा डुबेको र अकुशल तथा अक्षम रहेको आरोप लगाइरहेका छन् भने कर्मचारीतन्त्रको आफ्नै गुनासो छ । खासगरी राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने नगरेको, सुविधाको वितरण विवेकसम्मत र न्यायपूर्ण नभई पहुँच र प्रभावको आधारमा हुने गरेको, उपलब्ध सेवा सुविधा न्यूनतम गुजाराका लागि समेत पर्याप्त हुन नसकेको, राजनीतिक वा अन्य दबाबका कारण सहज रुपमा र कानुनको परिधिभित्र बसेर काम गर्न सक्ने वातावरण नरहेको, असल नियतले गरिएको काममा समेत कुनै कमजोरी पाइएमा कठोर रुपमा दण्डित हुनुपर्ने अवस्था रहेको र समग्रमा कर्मचारीतन्त्रको महत्वबोध गर्ने कुनै प्रयास नभएको जस्ता गुनासा कर्मचारीतन्त्रले प्रस्तुत गर्ने गरेकोे छ । 
  • राष्ट्रले अवलम्बन गरेका कानुनी तथा नीतिगत प्रबन्ध हेर्दा सबै प्रावधानहरू जनताको हित र समृद्धितर्फ केन्द्रित भएको पाइन्छ । तर कार्यान्वयनको पाटोमा भने धेरै ठूलो खाडलको अनुभव गर्न सकिन्छ । सरकारी नीति र निर्णयबाट केही सीमित व्यक्ति र टाठाबाठाले मात्र लाभ लिएको तर अधिकांश सेवाग्राही सो लाभको स्वाभाविक हकबाट वञ्चित हुँदै आएको लामो इतिहास छ । 
  • सेवाप्रदायक निकाय र सेवाग्राहीका बीचमा सङ्गतिपूर्ण सम्बन्ध विकास हुन नसकेका कारणले मुलुकमा चालिएका सुधारका, विकास अभियान, समाज रूपान्तरणका प्रयासहरू र मुलुकको समृद्धिको गतिमा समेत नकारात्मक असर परिरहेको छ । यसकारण अबको हाम्रो प्रयास यी दुई पक्षको आपसी सम्बन्धलाई सुमधुर र सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुनु पर्नेछ ।
  •  सेवाप्रदायकमा सेवाग्राहीको समस्या भनेको मेरो आफ्नो समस्या हो र उसको समस्याको समाधानमा नै आफ्नो समेत भलाइ निहित रहेको हुन्छ भन्ने बुझाइ विकास हुने प्रणाली स्थापना गर्नुपर्छ । दुवै पक्षको क्षमता अभिवृद्धि र सोच परिवर्तनमा भूमिका निर्वाह गर्न सक्ने तथा हरेक समस्या समाधानको निम्ति उपयुक्त मार्ग पहिल्याउन सक्ने एक छुट्टै संयन्त्रको स्थापना, विकास र विस्तार गर्नुपर्छ, जसलाई सेवाग्राही र सेवा प्रदायक दुवै पक्षले पूर्ण रूपमा भरोसा गर्न सक्छन् ।
http://gorkhapatraonline.com/news/61104

राष्ट्रिय सुरक्षामा राष्ट्रिय योजना -डा. प्रेमसिंह बस्न्यात

  • राष्ट्रिय योजना आयोग देश विकासको भाग्यरेखा कोर्ने निकाय हो भने राष्ट्रिय सुरक्षा नीति त्यसको मार्गदर्शक हो । विकास र सुरक्षा अन्योन्याश्रित सम्बध रहेका दुई पाटा हुन् । संविधानसँगै देशले राष्ट्रिय स्वार्थको निक्र्यौल गरेपछि त्यस आधारमा राष्ट्रिय सुरक्षामा रहेका आन्तरिक तथा बाह्य चुनौती सम्बोधन गर्न राष्ट्रिय सुरक्षा नीति बनाइन्छ । त्यो नीतिको मेरुदण्ड भनेको राष्ट्रिय योजना आयोग नै हो । वास्तवमा यो आयोग विभिन्न विषयका स्वतन्त्र बुद्धिजीवी र जानकारहरूको थलो हो । 
  • बाह्य चुनौती नगन्य मात्रामा र अधिकतम आन्तरिक चुनौतीले गर्दा नेपाल लर्बराइरहेको छ । गास, बास, कपास, रोजगारी, विकास, भ्रष्टाचार नियन्त्रण र कानुनी राज्यको माग नै आन्तरिक चुनौती हुन् भने सीमा अतिक्रमण, धार्मिक अतिक्रमण, लागु औषध, सुन तस्करी, मानव तस्करी, अन्य देशका आंतककारीको ‘ट्रान्जिट प्वाइन्ट’ आदि अन्तर्राष्ट्रिय चुनौती हुन् । 
  • नेपालमाथि बाह्य शक्तिबाट तुरुन्तै हमला हुन सक्ने सम्भावना अतिभन्दा अति न्यून छ । यद्यपि, हाम्रो तयारी भने कुनै पनि बाह्य शक्तिको हमलालाई प्रतिकार गरेर सार्वभौमसत्ता जोगाउने अवस्थामा चुस्त रहनु पर्छ नै । यस अवस्थामा नेपालको राष्ट्रिय सुरक्षाका आन्तरिक चुनौतीलाई न्यूनीकरण गर्दै लाने उपाय भनेको विकास, रोजगारी र कानुनी राज्य नै हो । यसको लागि राष्ट्रिय योजना आयोगको निष्पक्ष भूमिका अति नै महìवपूर्ण छ । विकास योजना, जनता र राष्ट्रिय सुरक्षावीचको सम्बन्ध अन्योन्याश्रित छ । 
  • आयोगले समष्टिगत रूपमा भन्दा देश विकासमा यसले छाता वा धुरीको जस्तै काम गर्दछ । अनि यसले बनाएका योजनाहरू सबै मन्त्रालयले कार्यान्वयन गरेर अन्ततः सबैको सामुहिक योगदानबाट राष्ट्रिय सुरक्षा बलियो हुनेछ । अर्को शब्दमा भन्दा पेटभरी खाना, जिउमा नाना र खल्तीमा आवश्यकता टर्ने पैसा नभए एउटा नागरिकबाट राष्ट्रिय सुरक्षामा सहयोग हुने छैन भने राष्ट्रिय सुरक्षामा खतरा बढिरहनेछ । 
  • राष्ट्रिय सुरक्षाका बारेमा धेरै कमले बुझेका छन् । यो सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले बन्दुक गोली बोकेर गर्ने सुरक्षाजस्तो होइन । सुरक्षा अंगहरूले दिने सुरक्षा राष्ट्रिय सुरक्षा नीतिभित्रको एउटा सानो पाटो मात्र हो । 
  • हिलो, माटो, धुलो, हलो, भैँसी नछुने तर पढेर मात्र विज्ञ हुनेहरूले बनाएका योजनाले नेपालको कृषिमा सुधार आउने छैन । 
  • कृषकहरूका उत्पादनहरूलाई उनीहरूले नै निर्धारण गरेको मूल्यमा सिधै खरिद गरेर बजार पठाउने योजना बनाउनु पर्दछ । उनीहरूका परल मूल्य र नाफा राखेर सरकारले खरिद नगर्ने र बिचौलिया साहुहरू मात्र पोस्ने खरिद बिक्री नीति लिने हो भने अर्को एक दशकभित्र नेपालमा कृषकहरू रहने छैनन् भन्ने आंकलन गर्न सकिन्छ । बिउ, मल, औजार पनि कृषक समूहको मागमा सरकारले नाफा नखाइकन परल मूल्यमा स्थान विशेषमै पु¥याइदिने सञ्जाल बनाउन कुनै अप्ठेरो छैन । 
  • योजना आयोगले विशेष ध्यान बिजुली विकासमा लगाउनु पर्दछ । क्षेत्र क्षेत्रका जनतासँग साझेदारीमा पैसा उठाएर, पुरानो धर्म भकारीजस्तै । 
  • शिक्षा नीतिमा योजना आयोगले स्नातक तहमा दुई महिना र स्नातकोत्तर तहमा तीन महिनासम्मको देश विकास सेवा (कम्तीमा १०० अंकको) राख्नु जरुरी छ । देश नचिनेका नागरिकबाट राष्ट्रिय योगदान, विकास र राष्ट्रिय सुरक्षामा मद्दत पुग्दैन । 
  • संविधान, नियम कानुनले नागरिकलाई अधिकार दिने तर कर्तव्य लिन नसक्ने बनाउनु हुँदैन । युरोपियन स्तरका हाम्रा अधिकारका चाङले देश डुबाउन लागिसक्यो ।  
  • हरेक योजना बनाउँदा त्यसबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षामा पर्ने फाइदा बेफाइदामा विश्लेषण गर्नुपर्छ । पुल, बाटो, हवाई मैदान, बिजुली ड्याम साइट, बिजुली पावर हाउस, औद्योगिक क्षेत्र, अति विशिष्ट व्यक्तिहरूको कार्यालय– निवास आदि बनाउँदा अनि व्यापारिक र परराष्ट्र सन्धि सम्झौता गर्दा, विदेशमा नेताहरूले बोल्दा समेत देशको प्रतिरक्षा र राष्ट्रिय सुरक्षा जोडिएका हुन्छन् ।   
  • राष्ट्रिय योजना आयोगलाई एउटा विज्ञहरूको थलोको रूपमा कम्तीमा पाँच वर्ष काम गर्न दिने गरी बनाउनु पर्दछ । खुला प्रतियोगिताबाट योजनाविद् छनौट हुनु वाञ्छनीय छ । तर त्यो समूहमा आम सुरक्षा सम्बन्धी जानकारलाई छुटाउनु हुँदैन । यो संसारमा रहेको प्रचलन र आवश्यकता हो । 
  • विदेशमा पढेका र स्वदेशमा पढाएका व्यक्ति अनि राजनीतिक दलप्रति आस्था राख्नेलाई मात्र सरकारले आफ्नो ठान्नु गल्ती हुनेछ । नेपाललाई धेरै पढेकाभन्दा पनि परेर अनुभव बटुलेका विज्ञहरूको आवश्यकता छ ।
http://gorkhapatraonline.com/news/61146

अन्तरसरकारी वित्त व्यवस्थापनको सन्दर्भमा

कर विवाद समाधानमा केन्द्रबाट भएका प्रयास
  • करसम्बन्धी स्थानीय र प्रदेशको क्षमता विकास
  • कतिपय स्थानीय तहले लगाएका कर संघको सुझाबअनुसार खारेज
  • संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनसँग मेल नखाने गरी स्थानीय र प्रदेशले उठाएका कर असुल नगर्न अर्थ मन्त्रालयको पत्राचार
  • करसम्बन्धी अन्योल, अस्पष्टता र दोहोरोपनको अवस्थासमेत विश्लेषण गर्न तीनजना सचिव रहेको उच्चस्तरीय समिति गठन
  • कुनै पनि प्रकारको व्यापारमा प्रदेश र स्थानीय सरकारले कर लगाउन र अवरोध गर्न नपाउने, लगाएको भए खारेज गर्ने

बहुदलीय लोकतन्त्रमा निजामती सेवा-गोपीनाथ मैनाली

  • राज्यसंयन्त्रको व्यवस्थित अभ्यासको धेरैपछिसम्म पनि निजामती सेवा छुट्टै विषयविधा र अनुशासन बनेको थिएन । राजनैतिक प्रणालीसँग यसको अस्तित्व विलीन थियो । कर्ममा थियो तर नाम र पहिचानमा थिएन । सार्वजनिक प्रशासनका केही पदहरुमा विज्ञता खोज्ने र खास वर्गको प्रभुत्वमा राख्ने गरिन्थ्यो । हान वंशदेखि चीनमा कर्मचारीको छनौटका लागि विज्ञता परीक्षा लिने परिपाटीले सीमित प्रवेश पायो । ऐन–ए–अकबरीका अनुसार मुगल साम्राज्यमा हिन्दूहरुका लागि पनि केही निजामती पद संरक्षित थिए । मिश्रको पिरामिड युगमा पनि कर्मचारीमा विज्ञता खोजिन्थ्यो । त्यसो भएता पनि ती निजामती सेवा थिएनन्, नाममा पनि र काममा पनि । नेपोलियन बोनापार्टले तत्कालीन शाही सेवालाई निजामती नाम दिए, तर नामले मात्रै त्यो पनि निजामती सेवा बन्न सकेन । 
  • आधुनिक निजामती सेवाको सुरुवात १९औँ शताब्दीमा मात्र भयो, जतिबेला प्रशासन र राजनीतिको सीमा रेखा कोर्ने थुप्रै प्राज्ञिक प्रयासका साथ सिद्धान्त र कानुनहरु पनि निर्माण भए ।
  • राजनीति र प्रशासनको सीमा विभाजनपछि व्यावसायिक निजामती प्रशासनका लागि नीति तथा संरचनागत व्यवस्था भए । 
  • सन् १८८० को दशकमा विड्रो विल्सनले सार्वजनिक प्रशासनको परिभाषा र कार्यक्षेत्रलाई व्याख्या गरे । उनका अनुसार कानुनको विस्तृत र व्यवस्थित प्रयोग सार्वजनिक प्रशासन हो । तर कानुन निर्माण प्रशासनिक नभई राजनैतिक विषय हो । प्रशासनको कार्यक्षेत्र र कार्यविधि पनि राजनैतिक विषय हुन् । तर राजनीति र प्रशासन एकअर्कासँग अलग भए पनि दुवैका केन्द्रविन्दुमा जनता रहन्छन् । यसले राजनीति र प्रशासनलाई स्वायत्त होइन, सहसम्बन्धमा पनि राखेको छ । 
  • निजामती प्रशासन पेसागत विशिष्टताको क्षेत्र हो । यसलाई राजनैतिक रस्साकस्सीबाट अलग राख्नुपर्छ भन्ने निचोड राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्तको निष्कर्ष हो । राजनीतिले नीति कार्य र व्यवस्थापन प्रशासनले गर्दछ । यसर्थ राजनीति र प्रशासन आ–आफ्नो कार्यक्षेत्रमा सीमांकित भईकन अन्तर्सम्बन्धित हुने भए । किनकि नीति र व्यवस्थापनबीचको विभाजन निकै अस्पष्ट र जटिल पनि छ । राजनीति र प्रशासनका वृत्ति, प्रवृत्ति, कार्यक्षेत्र र आयामहरु फरक भईकन पनि एकअर्कासँग आबद्ध रही समान उद्देश्यका लागि क्रियाशील हुनुपर्ने भएकाले निजामती प्रशासनमा केही मूल्यगत विशेषता र विशिष्टता रहने गर्दछन् ।
  • नीतिनियम र कानुनप्रतिको जवाफदेहीमा राष्ट्रसेवकहरु हुनुपर्दछ भन्ने परम्परागत मान्यता छ । यसले प्रशासनको भूमिका संयन्त्रात्मक मात्र हुनुपर्दछ भन्दछ । तर आधुनिक अर्थमा निजामती प्रशासन संयन्त्र मात्र नभई विवेकशील संयन्त्र हो भन्न थालिएको छ । निजामती प्रशासनको विशेषता र भूमिका विभिन्न प्रकारको राजनैतिक व्यवस्थामा फरक–फरक हुने गर्दछ । 
  • संसदीय लोकतान्त्रिक मुलुहरुले वेष्टमिनिष्टर मोडेलको प्रशासनिक पद्धति अवलम्बन गर्दै आएका छन् । भारतीय प्रशासक पीसी अलेक्जेण्डरले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा निजामती प्रशासनका साझा चरित्र औँल्याएका छन् । उनका अनुसार (क) योग्यताका आधारमा छनौट, (ख) पदसोपनमा आधारित सँगठन–संरचना, (ग) पदोन्नतिमा योग्यता र ज्येष्ठताको मिश्रण, (घ) वृत्तिको कानुनी सुरक्षा, (ङ) राजनैतिक निष्पक्षता र तटस्थता, (च) नामरहिता निजामती सेवाका साझा विशेषता हुन् ।
  • योग्यतामा आधारित छनौट भन्नेबित्तिकै खास पदका लागि चाहिने सापेक्षिक क्षमताको खोजी हो । सापेक्षिक क्षमता निर्धारण गर्ने सबैभन्दा उपयुक्त र विश्वासिलो विधि प्रतिस्पर्धात्मक परीक्षा हो । 
  • कार्यविधि र प्रक्रियामा फरक भए पनि छनौटमा समानता, यसका लागि लोकसेवा आयोगजस्तो निष्पक्ष निकायलाई भर्ना छनौटको जिम्मा, लिखित, प्रयोगात्मक तथा मौखिक रुपमा बौद्धिक क्षमता र प्रतिभाको परीक्षण, सीप विकासका लागि संस्थात्मक तालिम एवम् विकासका विधि अवलम्बन योग्यता प्रणालीका विशेषता हुन् । 
  • सेवाभित्र प्रवेशपछि पनि वृत्तिगतिशीलता क्षमताकै आधारमा गरिनुपर्ने मान्यता योग्यता प्रणालीको छ ता कि सबै आयाममा राजनैतिक प्रभावबाट निजामती वृत्तिलाई अछूतो राख्न सकियोस् । तर योग्यता प्रणाली प्रजातन्त्र र स्वतन्त्रताको परिणाम होइन । निजामती प्रशासनमा पदसोपानमा आधारित संगठन व्यवस्था अपनाइन्छ । पदसोपान अनुशासन र निर्णयक्षमताको पनि सोपान हो । पदसोपानको माथिल्लो श्रेणीले राजनैतिक कार्यकारिणीलाई सुझाव दिने कुरा संकेत गर्दछ । सेवास्थल वा अग्रपंक्तिका पदहरु कार्यमूलक हुन्छन् । ज्येष्ठता र योग्यता भुलेमा दक्षता हराउँछ र मनोबल गिर्ने गर्दछ । सबैजसो मुलुकमा पदोन्नति ज्येष्ठता र योग्यताका आधारलाई अपनाइन्छ ।
  • अझ कतिपय मुलुकमा यी दुईबीच आदर्श मिश्रण गरिएको छ । कतिपय देशमा विना औचित्य पदसोपान वढाइने पनि गरिएको छ । जसले निर्णय गर्न नौ तहसम्म पार गर्नुपर्ने स्थिति पनि देखिएको छ । निर्णयका धेरै तहले कार्यप्रक्रियालाई बोझिलो बनाउने भएकोले ‘लेभल जम्पङ’ र प्रशासनिक एजेन्सीकरणजस्ता बजार गतिशीलताका संयन्त्र पनि उपयोगमा ल्याउन थालिएको छ ।
  • निजामती सेवाको स्थायित्व र संसदीय लोकतन्त्र एक अर्काका पूरकका रुपमा स्थापित छन् । राजनैतिक पद निर्वाचकको चाहनाअनुरुप रहन्छ, तर प्रशासन स्थायी रहन्छ, उसलाई राजनैतिक परिवर्तनको प्रभाव र अर्थ रहँदैन । निजामती सेवा संस्थात्मक सम्झना हो संसदीय लोकतन्त्रमा । यसैको आधारमा राज्यव्यवस्था चल्दछ । 
  • ‘स्पोएल’ प्रणालीमा विजेताको पक्षमा इनाम रहने मान्यता थियो र निश्चित अवधिका लागि निजामती कर्मचारी रहन्थे । जस्तो ज्याक्सोनियन कानुनमा अमेरिकामा पोष्टमेनदेखि प्रेसिडेण्टसम्म एकै समय परिवर्तन हुन्थ्यो । भारत, जापान, नेपाललगायतका मुलुकमा सेवा सुरक्षाको संवैधानिक प्रत्याभूति नै छ । तर कर्मचारीलाई संवैधानिक रुपमा सुरक्षा प्रदान गर्न हुने कि नहुने भन्ने विषय बहुदलीय प्रणाली अपनाउने देशमा विवाद चल्ने गरेको छ । भारतमा सरदार पटेल र प्रधानमन्त्री नेहरुको लामो विवादपछि मात्र संविधानको धारा ३११ र ३१२ ले यो सुरक्षा प्रदान गरेको छ । बेलायतमा पनि प्रशासनको राजनीतीकरणले महत्व पाएको थियो ।
  • प्रशासनमा राजनैतिक निष्पक्षता र मूल्य तटस्थता बहुदलीय लोकतन्त्रको अर्को मूल्य हो । राजनैतिक तटस्थताका विषयमा समान बुझाइ र व्याख्या देखिँदैन । यसको मतलब निजामती कर्मचारीमा राजनैतिक भावना नै नहुने भन्ने होइन कि कर्तव्यपालनको सिलसिलामा यो देखिनुहुँदैन भन्ने हो । निरपेक्ष रुपमा निष्पक्षता र वस्तुगत आवश्यक र सम्भव हो कि होइन ? राजनैतिक कार्यकारीबाट निर्णय भइसकेपछि जे भए पनि यसलाई दक्षता र उच्चतम आदर्शताका साथ लागू गर्ने काम कर्मचारीको हो । तर मुलुकलाई गम्भीर असर पर्ने र मूल्य मान्यता भत्काउने निर्णयमा भद्र अवज्ञाको विवेक निजामती कर्मचारीले यदाकदा प्रयोग गरेको पाइन्छ । जसबाट धेरैजसो अवस्थामा निजामती कर्मचारीहरुले वृत्ति जोखिम पनि मोल्नुपरेको छ । त्यस्तै प्रतिबद्धताका विषयमा अफवाह भए पनि यसको मतलब कर्मचारी दलीय विचारप्रति प्रतिबद्ध नभई कर्तव्य, जिम्मेवारी, काम र ग्राहकप्रतिको प्रतिबद्धता हो । उसलाई तोकिएको कर्तव्य पूरा गर्न भावनात्मक रुपमै समर्पित हुनु हो । 
  • संसदीय शासन प्रणालीमा विभिन्न विचार आदर्श बोक्ने राजनैतिक दलहरु सरकारमा आउनेजाने क्रम जारी रहने भए पनि प्रत्येक सरकारको आफ्ना नीति कार्यक्रम लागू गर्नका लागि सक्षम र सहयोगी संयन्त्रको आवश्यकता महसुस गरिन्छ । त्यसकाे अभाव निजामती सेवाले पुरा गर्दछ । 
  • निष्पक्षता र प्रतिबद्धता यसको लागि आवश्यक भएको हो । कर्मचारीले उच्चतम व्यावसायिक इमानदारिताको सिद्धान्तमा काम गर्नु पर्दछ । बेलायतमा लेबर सरकार कर्मचारीको सहयोगविना ढलेको इतिहास साक्षी छ । तर भारत, इटाली, जापानजस्ता राजनैतिक अस्थिरता भएका देशमा प्रशासनको निष्पक्षता र इमानदारिताका कारण संसदीय व्यवस्थाको सहयोगीका रुपमा कर्मचारीतन्त्र स्थापित छ । लोकतन्त्रको वितरणमा यो स्थायी पात्र बनेको छ । भनिन्छ कर्मचारीको नाम होइन काम रहन्छ, काम नै उसको नाम र पहिचान हो । त्यसैले ऊ कर्मचारी हो, त्यसैले नामरहिता (अदृश्यता) उसको धर्म हो । 
  • हरेक प्रकारको राजनैतिक निर्णय राजनैतिक परिधिबाट गरिने र त्यसको जस/अपजस पनि राजनीतिले नै पाउने भएता पनि कर्मचारीको सक्रिय सहभागिताविना त्यो सम्भव रहँदैन । तर त्यसको जस/अपजस (अथरसीप) कर्मचारीले लिनुहुँदैन । ब्युरोक्रेटिक एक्टिभिज्म त्यहाँ रहनुहुँदैन । कर्मचारीको दायित्व बढे पनि त्यसको नामरहिता कर्मचारीको सैद्धान्तिक धर्म र नैतिक कर्तव्य दुवै हो । साथै निजामती कर्मचारी राजनैतिक रुपमा निष्पक्ष र तटस्थ भएर मात्र पुग्दैन, जनतामा त्यसको विश्वास हुनुपर्दछ । कर्म, समर्पण र सेवाबाट सर्वसाधारणको विश्वास जित्न सकिन्छ । 
  • संसदीय लोकतन्त्रमा निजामती सेवा र राजनीतिको सम्बन्ध ‘मिनिस्टेरियल एकाउन्टेबिलिटी’को सिद्धान्तमा आधारित रहन्छ । जनताको विश्वास (पिपुल्स भर्डिक्ट) लिएर आउने मन्त्री र विज्ञता (मेरिट)मा खारिएर आउने कर्मचारी समान उद्देश्य (राष्ट्रसेवा)का लागि जवाफदेहिताको सिद्धान्तमा बाँधिएका हुन्छन् । नीति, प्रणाली र कानुनप्रतिको समान आदरभावले मिनिस्टेरियल एकाउन्टेबिलिटी सम्भव गराउँछ ।
  • राजनैतिक कार्यकारीबाट सल्लाहकारहरु राख्ने प्रणालीले जवाफदेहिता शृङ्खलालाई कमजोर बनाउनसक्छ । राजनैतिक कार्यकारीलाई पेशागत सुझाव दिने भूमिका प्रशासनको हो, मन्त्री विश्वासले काम गर्छन् र कर्मचारी विज्ञताले । 
  • सिड्नी लका अनुसार अर्थमन्त्रीले बजेटभाषण गरे पनि दशमलव समेत नबुझेका हुन सक्छन् । कतिपय निर्णयहरु मन्त्रीका तर्फबाट निजामती प्रशासनले गर्नुपर्दछ तर त्यसको अथरशिप मन्त्री नै हो । 
  • व्यवस्थापकीय स्वायत्तता र सार्वजनिक जवाफदेहिताबीच सन्तुलन ल्याउन नसक्दा विश्वासको संकट पनि देखिनसक्छ । तर यी दुई पक्षबीच सन्तुलन ल्याउनु कर्मचारीको दक्षता र चुनौती हो । सार्वजनिक व्यवस्थापन र शासकीय दर्शनमा आएको परिवर्तनले राजनीति र प्रशासनको परम्परागत कार्य र मान्यता बदलिएको छ । निजामती प्रशासनको नीति परिपालन र पदसोपानगत जवाफदेहिताको भूमिका घटेर व्यवस्थापन भूमिका र बहुपक्षीय जवाफदेहिता बढेर गएको छ । 
  • प्रशासनको अर्थोडक्स भूमिका बदलिएर सामाजिक जवाफदेहिता निर्वाह गर्नसक्ने बहुसीपयुक्त निजामती सेवाको माग बढेको छ । तर संसदीय प्रजातन्त्र भएका मुलुकमा राज्य व्यवस्था सञ्चालनका सन्दर्भमा राजनीतिलाई विल, उच्च कर्मचारीलाई ब्रेन र अरु कर्मचारीलाई ह्याण्ड्सका रुपमा लिइन्छ । त्यसैले इच्छा, मस्तिष्क र हातका रुपमा राजनीति र प्रशासन रहेका हुन्छन् । 
  • संसदीय लोकतन्त्रमा मन्त्रीको दोहोरो भूमिका हुन्छ । जनतामा जाँदा पार्टीको कुरा गर्ने र सरकारमा जाँदा नियम र सीमामा रहने । यी दुई भूमिकाको सीमा र सन्तुलनले नै राजनैतिक कार्यकारीको राज्यकौशल निर्धारण गर्दछ । त्यस्तै राजनैतिक गल्ती वा कानुनपालनाको अज्ञानतालाई व्यावसायिक प्रतिकार गर्नुको सट्टा त्यसबाट फाइदा वा एक्स्क्युज लिने प्रवृत्ति र आत्मनिष्ठ हुने बानी भएका कर्मचारीले लोकतन्त्रको विकासमा सघाउ पुर्‍याउन सक्दैनन् । यसर्थ प्रशासनिक कार्यसंस्कृति र राज्यकौशल क्षमताको आदर्श संगमले नै लोकतन्त्रको वास्तविक वितरण अनि संस्थागत गर्दछ । 
(आर्थिक दैनिकबाट)

कर्मचारी समायोजनमा समस्या-पुण्यप्रसाद ढकाल

  • निजामती सेवा अभिभावक सेवाको रूपमा हुन्छ । यसको जनशक्तिले सम्पादन गर्ने कार्यहबाटै सेवाग्राहीले सन्तुष्टि प्राप्त गर्ने र राज्यको उद्देश्य परिपूर्ति हुने हो । भनिन्छ, कुनै पनि देशको काँचुली फेर्न सक्ने पहिलो र मुख्य आधार नै निजामती प्रशासन हो । सरकारको सफलता र असफलताको तुलो निजामती जनशक्ति हो । निजामती जनशक्तिमा उच्च मनोबल र उत्प्रेरित हुने अवस्था रहन सक्दा मात्र सरकारका नीति, योजना र कार्यक्रम सकारात्मक हुन पुगी सही परिणाम निस्कन्छ । 
  • राज्य र सरकार जनताको हित, अधिकार र रक्षाका लागि सदैव क्रियाशील, तत्पर र निरन्तरतामा रहनुपर्छ । सरकारभन्दा जनता अगाडि रहनु उचित भए पनि त्यस अनुरूपको स्रोत साधन, भौतिक संरचना, आर्थिक अवस्था एंव अन्य विषय तदनुरूप नहुँदा जनताका आकांक्षा परिपूर्ति हुन कठिन हुन्छ ।  
  • निजामती सेवाको साख र सान भनेकै यसका जनशक्तिबाट प्रदान गरिने सेवा भाव हो ।  
  • निराशा, कुण्ठा र अनभिज्ञताबाट मुलुकले गतिको सुइरो बढाउन सक्दैन । 
  • सरकारको मेसिन भनेकै पेशाकर्मीहरू हुन् । तिनको सही परिचालन र व्यवस्थापन हुनु पर्छ । तीन तहको सरकारमा काम गर्ने जनशक्ति सङ्घ, प्रदेश र स्थानीय तहमा क्रमशः ४५, २१ र ५७ गरी १२३ संगठन संरचना तयार गरिएको सार्वजनिक भएको छ । हालको निजामतीको जनशक्ति लगभग ८६ हजारको संख्यामा छ । नपुग हुने ३७ हजार थप व्यवस्थापन गर्नुपर्ने अवस्था छ । 
  • कार्य थलोमा पठाइँदा हाजिर नगराउने, अपमान गर्ने, फिर्ता पठाउने र कर्मचारीहरूको अभाव रहेको बिलौना अलाप्ने जनप्रतिनिधिको पहिचान र मूल्याङ्कन सङ्घीय सरकार र स्वयं जनताले गर्नुपर्छ । 
  • आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न नसक्ने र त्यसको दोष जति ट्रेड युनियनमाथि थोपर्ने नीति निर्माण तह र उच्च पदस्थ कर्मचारीमा छ । 
  • कर्मचारी समायोजन नहुँदा समायोजन ऐन खोइ भन्ने र समायोजन ऐन आएपछि सङ्घीय निजामती ऐन नभई समायोजन नहुने कुतर्क गर्नेहरू मूलढोका बन्द गरेर अध्यादेशको बहानामा रमाउने र सरकार, सङ्घीयता र निजामती सेवालाई नै बदनाम गराउन प्रयासरत छन् । 
  • निजामती सेवालाई उचित ढंगबाट चलाउन जान्दा मह प्राप्ति र बिच्काउँदा, जिस्काउँदा र अपमान गर्दा अरिङ्गालको टोकाइमा परिने कुरामा हेक्का राखिनु पर्छ ।
http://gorkhapatraonline.com/news/61182

अबका सवारी साधन (सम्पादकीय)

  • दुईवटा बस चलाउँदा सार्वजनिक यातायातमा परिवर्तन त गर्न सक्दैन तर यसले अबका दिनमा विद्युतीय सवारी साधनको प्रयोगको ढोका खोल्नेछ । 
  • नेपालमा विद्युतीय सवारी साधन चलेको यो पहिलोपटक होइन । वि.सं. १९८० तिरै रोपवे चलेको थियो । यो २०५१ सम्म चल्यो । २०३२ सालदेखि २०५८ सालसम्म काठमाडौँ–भक्तपुर ट्रलीबस गुड्यो । २०५० पछि सफा टेम्पो आए । यीबाहेक ब्याट्रीबाट चल्ने करिब तीन सय जति कार, दुई हजारको हाराहारीमा स्कुटर र हजारौँको सङ्ख्यामा विद्युतीय रिक्सा चलिरहेका छन् तर ठूला सवारीसाधन भने छैनन् । स्पष्ट र सहयोगी सरकारी नीतिको अभावले व्यवस्थित र भरपर्दाे ढङ्गले विद्युतीय सवारी साधनको प्रयोग बढ्न सकेको छैन । 
  • बढ्दो पेट्रोलियम पदार्थको खपत र त्यसबाट पर्ने आर्थिक तथा वातावरणीय प्रभावलाई कम गर्न विभिन्न समयमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिने नीति लिइए पनि व्यवहारमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन । आठौँ योजनामै ट्रली बसलाई विस्तार गर्ने योजना बनेको थियो । नवौँ योजनामा काठमाडौँको चक्रपथ र उपत्यकाबाहिर पनि केही ठाउँमा ट्रली बस चलाउने कुरा उठ्यो । 
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि, उच्च कर र वातावरणीय प्रभावका कारण डिजेल÷पेट्रोलबाट चल्ने सवारी साधनलाई निरुत्साहित गर्न थालिएको छ । यसको विपरीत प्रविधिको विकासले विद्युतीय सवारी साधनको मूल्य घट्दो छ । आठ वर्षमा ब्याट्रीको मूल्य ७० प्रतिशतभन्दा बढीले घटेको छ, ब्याट्रीको टिकाउपन वृद्धि भएको छ । अबका केही वर्षमै विद्युतीय सवारी साधन पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनकै मूल्यमा आउने अपेक्षा गरिएको छ । विश्वका ख्यातिप्राप्त कतिपय कम्पनीले अबका दश वर्षभित्रमा डिजेल पेट्रोल गाडी उत्पादन नै बन्द गर्ने घोषणा गरिसकेका छन् भने विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् । दश वर्षपछि विद्युतीय कार मात्रै बिक्री गर्ने भारतको नीति छ । चीन सबभन्दा बढी विद्युतीय सवारीसाधन उत्पादन र प्रयोग गर्ने मुलुक हो । विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न चीनले मूल्यको झण्डै एक चौथाइ र डेनमार्क, नर्वेले ४०–४५ प्रतिशत अनुदान दिँदै आएका छन् ।
  • विद्युतीय बस शुभारम्भकै अवसरमा प्रधानमन्त्रीले विद्युतीय यातायातका लागि राष्ट्रिय कार्ययोजना पनि सार्वजनिक गर्नुभयो । कार्ययोजनामा सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने, २०२५ सम्ममा वायु गुणस्तर सुधार गर्ने, २०४० सम्ममा विद्युतीय रेल सञ्चालन गर्ने र २०५० सम्ममा पेट्रोलियम पदार्थको उपभोग आधाले कम गर्ने लक्ष्य लिएको छ । 
  • दुई वर्षअघि राष्ट्रिय योजना आयोगले सन् २०३० सम्ममा पूर्ण रूपमा स्वच्छ ऊर्जा यातायातमा जानसक्ने उल्लेख गरेको थियो । तर यसका लागि पूर्वाधार र सहयोगी नीतिको अभाव छ । चालू आर्थिक वर्षमा विद्युतीय सवारी साधन आयातमा एक प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरिए पनि चार्जिङ स्टेशन र मर्मत गर्ने ठाउँको अभावका कारण विद्युतीय सवारी साधनको प्रयोग उल्लेख्य बढ्न सकेको छैन । 
  • जलविद्युतमा हामी बचतको अवस्थामा पुग्नै अाँटेकाले पनि वित्तीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । अहिले विद्युतीय सवारी साधनको मूल्य उच्च रहेकाले महसुल, शुल्कमा छुट दिनुका साथै अनुदानको व्यवस्था हुनुपर्छ । नेपालमै विद्युतीय ऊर्जाबाट चल्ने सवारी साधन बनाउने कारखाना स्थापनातर्फ ध्यान दिने हो भने अर्थतन्त्रमा गुणात्मक असर पुग्छ । निजी, व्यक्तिगत सवारी साधनमा मात्रै होइन, सार्वजनिक सवारी साधनको उपयोग पनि बढाउनुपर्छ । विद्युतीय रेल र ठूला बस अहिलेको आवश्यकता हो ।
http://gorkhapatraonline.com/news/61391

यातायात व्यवस्थापनको हेलचेक्र्याइँ -हरिप्रसाद भट्टराई

  • सुशासन कायम राख्न राज्यका निकायहरू प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै पनि रूपले जवाफदेही बन्नुपर्छ । यसो नभएमा सरकारले जतिसुकै काम गरे पनि जनताले राज्यको अनुभूति गर्न सक्दैनन् । सम्बन्धित निकायहरूबाट जिम्मेवारीपूर्ण ढङ्गले काम गर्न नसकेमा अन्ततः त्यसको दोष सरकारमाथि नै थोपरिन्छ । यसको हेक्का सरकारमा रहनेहरूले पनि राख्न सक्नुपर्छ । 
  • यातायात क्षेत्रमा सिन्डिकेट तोडिएको विषय बाहिर आयो, यसको सराहना आमनागरिकले गरे तर, त्यसअनुसार नागरिकले वास्तविकता अनुभूति गर्न पाएनन् । अर्थात यात्रुले सास्तिमा सुस्तता देखेनन् । 
  • मुख्य राजमार्ग यसै पनि सबैभन्दा यातायातका साधनहरूको निकै चाप पर्ने राजमार्ग हो । 
http://gorkhapatraonline.com/news/61222

राजधानीमा विद्युतीय सवारी साधन सञ्चालन-ढुनबहादुर बुढाथोकी

  • समुद्री सतहदेखि औसत १४ सय मिटरको उचाइमा रहेको काठमाडौं हावापानीको दृष्टिकोेणबाट विश्वकै उत्कृष्ट सहरमध्ये एक मानिन्छ । 
  • सडक, सवारी साधन र ट्राफिक झनै अस्तव्यस्त छन् । सडकले थाप्न सक्ने भन्दा कयौं गुना अधिक सवारी साधन गुडिरहेका छन् । सडक विस्तार नगरी सवारी साधन भित्र्याउन अनुमति दिइएको छ । 
  • ८ सय ९९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको काठमाडौं, ललितपुर र भक्तपुरको जनसंख्या सन् २०११ मै २५ लाख १० हजार पुगिसकेको थियो, जुन प्रतिवर्गकिलोमिटर २ हजार ७ सय ९३ जना हो । पछिल्लो ८ वर्षमा यो संख्या करिब ४० लाख अधिक पुगेको अनुमान छ, जुन प्रतिवर्ग किलोमिटर ४ हजार ४ सय ५० हो । विद्यमान हरियाली, कृषि उत्पादन, खुला जमिन, आर्थिक आर्थिक अवसरको तुलनामा यो संख्या अथाम्य नै हो । 
  • वायु प्रदूषणका हिसाबले काठमाडौं विश्वको पाँचौं प्रदूषित सहर मानिन्छ । यहाँसम्म कि सन् २०१७ मा विश्वको सर्वाधिक प्रदूषित मानिएको अफ्रिकी मुलुक घानाको राजधानी आकराको प्रदूषण इन्डेक्स १०३.२ हुँदा काठमाडौंको प्रदूषण इन्डेक्स ९६.५७ थियो । अर्को अध्ययनले राजधानीको प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २० गुना अधिक रहेको देखाएको छ ।
  •  २०५८ देखि २०६८ को बीचमा वार्षिक १४ प्रतिशतका दरले सवारी साधनको वृद्धि भएको अाँकडा छ । संख्यात्मक हिसाबले दुईपाङ्ग्रेको संख्या अधिक छ । 
  • अहिले एक जना ट्राफिक प्रहरीले करिब ७ सय ५० सवारी साधन व्यवस्थापन गर्नुपर्ने अवस्था छ । जबकि एक जना ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सक्ने औसत संख्या भनेको १ सय ५० सवारी हो ।
  • वायु प्रदूषण नियन्त्रण गर्न सवारी साधन भित्र्याउन वा नागरिकलाई सवारी साधनमा सवार हुन निषेध गर्नुपर्छ भन्ने तर्क युक्तिसंगत हुन सक्दैन । सडकको आकार विस्तार गर्दैमा पनि प्रदूषण रोकिन सक्दैन । त्यसको अचुक उपाय भनेको विद्युतीय सवारी साधन नै हो । 
  • विश्वमा पहिलो पटक १८९७ सेप्टेम्बर २७ मा विद्युतीय भेइकल कम्पनी स्थापना भएको मानिन्छ । नेपालको इतिहास नियाल्ने हो भने हामीले पनि विद्युतीय सवारी साधनको थोरबहुत प्रयोग गरेको पाइन्छ । सन १९२२ मा संयुक्त राज्य अमेरिकी सहयोगमा निर्मित विद्युतीय रोपवे जो १९९४ मा बन्द हुन पुग्यो । जनवादीगणतन्त्र चीनको सहयोगमा १९७५ मा निर्मित त्रिपुरेश्वर सूर्य विनायक विद्युतीय ट्रलीबस जुन २००९ देखि सदाका लागि बन्द हुन पुग्यो । भलै १९९६ मा भित्र्याइएको सफा टेम्पो अझै चल्दो छ । 
  • जहाँ २०७४ पुस १४ गते नेपाल सरकारले (राष्ट्रिय योजना आयोग) आफ्नै स्रोतमा पहिलो पटक विद्युतीय कार खरिद गरी माननीय सभासद्द्वय गगन थापा र रवीन्द्र अधिकारीबाट अनावरण भएको थियो । चीनमा निर्मित जापान, कोरिया वा जर्मनीमा निर्मित कारभन्दा भिन्नै भान हुँदैनथ्यो । मात्र ५५ लाख रुपैयाँ लागतको उक्त कारको डिजाइन आकर्षक थियो । 
  • हालसाल राजधानीमा २ थान विद्युतीय बस भित्रिएका छन् । २०७५ कात्तिक ६ गते प्रधानमन्त्रीबाट बुलेन उठाएर विद्युतीय बसको शुभारम्भ गरिएको छ । 
  • प्रथम, विद्युतीय कार उपयोग हुनु भनेको आयातित इन्धन प्रतिस्थापना गर्नु वा व्यापारघाटा मत्थर पार्नु हो । स्मरण रहोस्, हाल मुलुकले इन्धन आयातका लागि मात्र वार्षिक डेढ खर्ब खर्चिरहेको छ । अबको पाँच वर्षमा नेपालमा विद्युत बचत हुने निश्चित छ ।
  • दोस्रो, विद्युतीय कार ध्वनि प्रदूषण र कार्बन उत्सर्जनमुक्त हुने नै भयो । जबकि स्ट्यान्डर्ड भनिएका कारले समेत थोरबहुत ध्वनि र कार्बन निकाल्छन् । ब्याट्रीको आयु २५ वर्ष हुनुका साथै वारेन्टीको समेत ब्यवस्था छ । 
  • तेस्रो, उक्त कार आर्थिक रूपमा पनि किफायती रहेको दाबा छ । डिजेल तथा पेट्रोलद्वारा चल्ने कार चलाउँदा प्रतिकिलोमिटर औसत १२ रुपैयाँ पर्न जाँदा विद्युतीय कारको प्रतिकिलोमिटर लागत औसत २ रुपैयाँ मात्र पर्न जाने बताइन्छ । त्यसमाथि ओरालोमा अटोरिचार्ज हुने सिस्टम छ । 
  • चौथो, भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, सवारी दर्ता कर र सडक सुधार करका हिसाबले पनि उक्त कार निकै सहुलियतपूर्ण छ । डिजेल तथा पेट्रोलबाट चल्ने कारको आयातमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि करको दर रहेकोमा विद्युतीय कारमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर छ । त्यसमाथि सवारी दर्ता कर अत्यन्त सामान्य छ भने सडक सुधार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ । अझ मासिक कर शून्य तुल्याइएको छ ।
http://karobardaily.com/news/idea/12230

‘केही नगर्ने’ विकल्पमा बहस-नवराज खतिवडा, विष्णुप्रसाद गौतम

  • पूर्वाधार विकासका परियोजनाको सम्भाव्यता अध्ययनका क्रममा सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ । प्रभाव मूल्यांकन गर्ने प्रक्रियाका रूपमा परियोजना निर्माणका सम्भावित विकल्पहरू विश्लेषण गरी तुलना गरिन्छ ।
  • वातावरण संरक्षण नियमावली, २०५४ अनुसार विकल्प विश्लेषण गर्दा प्रस्तावको डिजाइन, आयोजना स्थल, प्रविधि र सञ्चालन विधि, समय तालिका, प्रयोग हुने कच्चा पदार्थ आदि विषय समेटिनुपर्छ ।
  • समाज गतिशील छ र संसार परिवर्तनशील छ । 
  • राज्यकोष दोहन गरी ईआईए लगायतका प्रतिवेदनमा कर्मकाण्डीय पाराले झारा टार्ने परामर्शदाता र संस्थालाई कानुन बमोजिम दण्ड–सजाय गर्ने संस्कार थालनी गर्नु आवश्यक छ ।
  • वातावरण संरक्षण ऐन २०५४ मा परियोजनाको प्रभाव मूल्याङ्कन गर्नुको मर्म उल्लेख छ । नामले ‘संरक्षण’ शब्द बोके पनि ‘वातावरण संरक्षण’ गर्नु वा ‘विद्यमान प्राकृतिक अवस्था’लाई यथास्थितिमा राख्नु यसको उद्देश्य होइन । भौतिक पूर्वाधार निर्माण नभई द्रुत आर्थिक विकास हुन सक्दैन । अधिकांश पूर्वाधार निर्माण गर्दा समाज या वातावरणमा केही न केही प्रतिकूल प्रभाव पर्छ । 
  • एक आँकडा अनुसार नेपालमा वर्षेनि १० अर्ब रुपैयाँ हाराहारीका काठका फर्निचर आयात हुन्छन् । ती काठ भारत, मलेसिया, इन्डोनेसिया र क्यानाडासम्मबाट आइपुग्छन् । एक अध्ययनका अनुसार काठमाडौंमा कैलालीको काठभन्दा मलेसियाको काठ सस्तो पर्छ । नेपालमा काठको कारोबार गर्नु गैरकानुनी हो भन्ने मान्यता सिर्जना भएको छ ।
  • रूख धोद्रो हुँदै र कुहिँदै गएका छन् । जसरी गाउँघरमा युवाको अभाव र वृद्धवृद्धाको बाहुल्य छ, वनमा पनि वृद्ध रूखको बाहुल्य छ, युवा रूखको अभाव छ ।
  • हामीले पर्यावरण जोगाउन भन्दै रूख काट्न त रोक्यौं, तर फर्निचरको भोक रोक्न सकेनौँ । यो भोक दिनहुँ बढ्दो छ । यहाँ काटिनु सट्टा क्यानाडामा रूख काटियो । केही नभए पनि अर्को २–३ रुख बालेजति इन्धन खर्चेर त्यसलाई नेपाल ल्यायौं । यस्ता कुरामा गम्भीर बहस, पढाइ, अनुसन्धान तथा नीतिगत सुधार जरुरी छ । हाम्रो परिवेशलाई के उपयुक्त हो भन्ने विवेक खाँचो छ ।
  • हामीले राजमार्ग बनाउँदा जंगली जनावरको सुविधालाई ख्याल गरेर तिनका लागि पुल वा सुरुङमार्ग व्यवस्था गर्न सिक्दैछौं । जलविद्युतका बाँध बनाउँदा माछा तलमाथि गर्ने भर्‍याङ व्यवस्था गर्छौं । बाघ, हात्तीजस्ता जनावरका लागि पर्याप्त जंगल जोगाइदिने कुरा गर्छौं, जुन अत्यन्तै सकारात्मक छन् ।

यातायात व्यवस्थाको बेवास्ता-आशिष गजुरेल

  • सार्वजनिक यातायातको अवस्था दिन–प्रतिदिन नाजुक बन्दै गएको छ ।
  • हामीकहाँ सार्वजनिक यातायात सुधारका लागि कुनै नीति स्पष्ट नहुनु र यस्ता विषय सरकारको प्राथमिकतामा समेत नपर्नु उदेकलाग्दो छ ।  
  • यातायातमा मूल चुनौती ट्राफिक जाम र पार्किङ समस्या, लामो यात्रा समय, सार्वजनिक यातायातको अस्तव्यस्तता, सावारी साधन मानोमानी सञ्चालन र तिनको व्यवस्थानमा समस्या, खर्चिलो मर्मत–सम्भार, बढ्दो वातावरणीय प्रभाव तथा सवारी संख्या वृद्धिसँगै बढ्दो इन्धनको खपत, बढ्दो दुर्घटनाजस्ता चुनौती यातायात क्षेत्रमा देखिएका छन् ।
  • सडकहरू सार्वजनिक यातायातका लागिभन्दा पनि निजी सवारी साधनको सहज आगमनलाई प्राथमिकतामा राखेर निर्माण गरिएका छन् । सहरमा निर्माण हुने संरचनादेखि अन्य योजना तर्जुमा हुनेखाने व्यक्तिको हितमा हुने गरेकाले यस्ता योजना निमुखा सर्वसाधारण मैत्री हुनसकेका छैनन् ।  
  • विकसित देशका उच्च ओहदाका व्यक्तिहरूले निर्धक्कसाथ सार्वजनिक यातायातका साधन प्रयोग गरेका थुप्रै उदाहरण छन् । ती देशमा सार्वजनिक यातायातले महत्त्व पाउँछ । हुन त हामै देशमा पनि पूर्व उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, चित्रबहादुर केसी लगायतका नेताले सार्वजनिक यातायात प्रयोग गर्ने गरेको समाचार आएका थिए । तथापि नेताहरूमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने दरिलो प्रतिबद्धता आवश्यक छ ।
अबको बाटो
  • मानिसको आवत–जावत गर्ने आधारभत आवश्यकतालाई उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।  सार्वजनिक यातायातको विकास, सुधार र व्यवस्थापनका लागि स्पष्ट जिम्मेवारीका साथ निकाय तोक्न र स्पष्ट नीति तर्जुमा गर्न ढिलाइ गर्नु हुँदैन ।
  • यातायात व्यवस्था विभाग बाहेक महानगरपालिका, नगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण, यातायात मन्त्रालय, ट्राफिक प्रहरी र सडक विभागले पनि सार्वजनिक यातायात व्यवस्थापनलाई आफ्नो कार्यक्षेत्रमा राखेका छन् । एउटै क्षेत्र हेर्ने आधा दर्जनभन्दा बढी सरकारी निकायबीच जिम्मेवारी र अधिकार स्पष्ट किटान गरी उनीहरूबीच समन्वय कायम गर्नसके मात्र ट्राफिक समस्यामा सुधार आउन सक्छ ।
  • लगानी बोर्डको कार्यालयलाई काठमाडौं उपत्यका मेट्रोरेल, मोनोरेल, बस र्‍यापिट सिस्टम, केबलकार, विकास र सञ्चालनका लागि लगानी जुटाई काम अगाडि बढाउने अधिकार दिइएको छ । एसियाली विकास बैंकको सहयोगमा काठमाडौं दिगो सहरी यातायात परियोजनाले काम गरिरहेको छ ।
  • जापानी सहयोग नियोग (जाइका) ले पनि सहरी यातायातको सुधारका लागि गुरुयोजना नेपाल सरकारलाई पेस गरेको छ । यातायात क्षेत्रमा यस्ता अनगिन्ती संस्था संलग्न हुने तर पूर्ण जिम्मेवारी कसैको पनि नहुने अवस्थाले व्यवस्थापन कठिन हुंँदै गएको छ । यस क्षेत्रको समसामयिक सुधार गर्न हामीसँंग रकम होइन, स्पष्ट नीति, जिम्मेवार निकाय र समन्वयको अभाव हो ।
सवारी साधन कुन ?

  • सार्वजनिक यातायातको एकीकृत प्रणाली विकास गर्दा मेट्रोरेल, मोनोरेल, ट्राम, बस र्‍यापिट ट्रान्जिट, केबलकारमध्ये सबै वा वा कुनै दुई वा दुईभन्दा बढी प्रणाली सञ्चालनमा ल्याउन सकिन्छ । विकसित सहरमा आवश्यकता, भौगोलिक बनावट, सहर विस्तारको सम्भावनाका आधारमा सहरैपिच्छे आआफ्नै यातायात प्रणाली सञ्चालनमा ल्याइएको हुन्छ ।
  • काठमाडौंका सडकहरू प्राइमरी, सेकेन्डरी र टर्सरी रुटमा विभाजन गरिएका छन् । प्राइमरी रुटमा ठूलो क्षमताका सवारी साधन, सेकेन्डरी रुटमा मझौला (३०–४० सिटभन्दा माथि) र टर्सरीमा साना सवारी साधन चलाउने व्यवस्था तुरुन्तै मिलाउनुपर्छ । काठमाडौं महानगर यातायात र साझा यातायातले बढी सुविधायुक्त बस थप्दैछन् । बस थप्ने काम पनि योजनाबद्ध हुन जरुरी छ । सरकारले बाहिरी चक्रपथ बनाउने योजना अगाडि बढाएको छ, जुन सकारात्मक कदम हो । तर सडक विस्तारका योजनासंँगै सार्वजनिक यातायातमा सुधार गरिएन भने सवारी समस्या ज्युँकात्युँ रहन्छ ।
  • हाल काठमाडौं उपत्यकामा १० लाख हाराहारी सवारी साधन प्रयोगमा छन् । यो संख्या वार्षिक २० प्रतिशतले बढ्दो छ । सार्वजनिक सावरी साधनको समुचित व्यवस्थापन हुन नसके, राति गन्तव्यमा पुग्न सवारी साधन नभेटिने अवस्था रहे निजी सावारी साधन चढ्ने बाध्यता धेरैलाई बन्छ, बनेको छ ।
  • बढ्दो सवारी तथा यात्रुको संख्या, कमजोर संरचना, सडक प्रयोगकर्ताको लापरबाहीका साथै वैज्ञानिक ट्राफिक व्यवस्थापन अभावमा यातायातकाे अवस्था दयनीय छ । यात्रुले सार्वजनिक यातायातमा भोग्नुपरेको दुर्दशामा पनि सुधार छैन ।
  • सार्वजनिक यातायातको स्थिति खराब भएकैले सरकारले अगाडि बढाएको सडक विस्तार तथा सुधारका योजनाले आशातित परिणाम ल्याउन नसकेको हो ।  सडकको अवस्था राम्रो हुनु भनेको सवारी चलाउन सजिलो र सुरक्षित हुनुमात्र होइन । यसले कम इन्धन खपत, सवारी साधनको कम मर्मत खर्चका साथै सवारी साधनको आयुमा समेत योगदान दिन्छ ।  


महिला ‘हाउस वाइफ’ कि ‘होम मेकर’ ? -खुस्बु ओली

  • घर सम्हालेर बस्ने महिला वा गृहिणीलाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा संकुचित छ । तर, कालो बादलमा चाँदीको घेरा भनेझैँ सामाजिक रूपान्तरणको विश्वव्यापी लहरले गृहिणी (हाउस वाइफ)लाई ‘होम मेकर’का रूपमा परिभाषित गर्न थालिएको छ ।
  • घरभित्रको सम्पूर्ण काम गर्ने एउटी महिलाले आफूलाई गृहिणी भनेर परिचय दिन सक्ने परिपाटीको निर्माण हुन नसक्नुको कारण पनि यही नै हो । जब श्रमको सम्मान हुन्छ, आत्मगौरव र आत्मसम्मान हुन्छ ।
  • सन् १९७२ मा इटालीमा एउटा अभियान प्रारम्भ भयो । केही महिलाले घरको काम गरेबापत पारिश्रमिक पाउनुपर्ने र यसलाई श्रमका रूपमा परिभाषित गर्नुपर्ने माग अघि सारे ।
  • क्यानडा, नर्वे, स्विडेनलगायत युरोपेली मुलुकमा होम मेकरलाई सेवा निवृत्तिभरण, ‘अनपेड हाउसहोल्ड अलाउन्स’को व्यवस्था गरिएको छ ।
  1. महिलाले गरेको घरको कामको सम्मान र आर्थिक मूल्यांकन गर्ने हो भने विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा २६ देखि ३० प्रतिशतसम्म वृद्धि हुन सक्छ ।
  2. घरेलु कामलाई श्रमको दर्जा दिन सुरु गरियो भने कुनै पनि गृहिणीले कुनै फारम भर्दा बेरोजगार लेख्नुपर्दैन । त्यसको सट्टा होम मेकर लेख्न सक्छन् ।
  3. विश्वव्यापी रूपमा भएका केही सर्वेक्षणमा ५० प्रतिशत महिला अनुत्पादक भनिएको घरेलु काममै सीमित हुन्छन् । नेपालमा यो संख्या सो तथ्यांकभन्दा निकै माथि छ ।
  4. अन्य देशमा बालबालिका र ज्येष्ठ नागरिकको हेरचाहको व्यवस्था सरकारले नै गरेको हुन्छ । तर, हाम्रो देशमा ती सबै काम महिलाले नै गर्दै आएका छन् । त्यसैले घरमा महिलाले मात्रै गर्दै आएको कामलाई वर्गीकरण गर्नुपर्छ ।
  5. एकै प्रकृतिको काममा महिला र पुरुषलाई दिइने पारिश्रमिकमा ठूलो अन्तर छ । यसमा समानता नआए जुनसुकै वेला विद्रोह हुन सक्छ ।
  6. घरेलु कामलाई श्रमको मान्यता दिएमा अहिले समाजमा व्याप्त घर बस्ने ‘बेरोजगार’ घरबाहिर काम गर्ने ‘रोजगार’ भन्ने धारणा हट्न सक्छ । गृहिणीहरूले आफ्ना श्रीमान्सँग पैसा माग्दा शिर झुकाउनुपर्ने अवस्था अन्त्य हुन्छ । लज्जाबोध गर्नुपर्ने अवस्था रहँदैन । र, महिलाले पनि आफ्नो श्रमको कदर गर्छन् ।
होममेकरलाई राज्यको तर्फबाट उचित सेवासुविधाको प्रबन्ध भएमा निम्न कार्यमा योगदान पुग्नेछ :
अब सरकारको एउटा ऐतिहासिक निर्णयले कुनै पनि बालबालिकाले भविष्यमा निर्धक्क डाक्टर, इन्जिनियर, पाइलट वा अरू केही बन्छु भन्दै गर्दा ‘म होम मेकर बन्छु’ भन्ने वातावरण बन्न सक्छ । घरेलु कामलाई श्रमको प्रकृतिमा ल्याउन सकिएमा यो सम्भव हुन्छ । उल्लिखित अवधारणा पुरुषका लागि पनि हो । घरको काम गर्ने जिम्मेवारी महिलाको मात्रै होइन । त्यसैले समतामूलक समाज निर्माण गर्ने अभियानमा दुवैको बराबरी सहभागिता आवश्यक छ । सरकारले गृहिणीलाई होम मेकरका रूपमा मान्यता दिनुपर्छ ।

शासकीयकरणको सन्त्रास-अखण्ड भण्डारी

  •  ‘कुनै पनि व्यक्ति राम्रो शासक बन्न चाहन्छ भने पहिला ऊ शासित हुनुपर्छ।’ -ग्रिक दार्शनिक एरिस्टोटल
  • हाम्रो देशमा शासक गुणनात्मक रूपमा थपिएका छन्। तिनको गुणात्मकता भने एरिस्टोटलको अवधारणाको ठीक उल्टो छ। ती कि विगतमा शासित भएका छैनन्, कि त धरातल बिर्सिसके।
  • राज्यका स्वायत्त तीन तह लोकतन्त्रको व्यापकीकरणका लागि हुन्, शासनको दायरा फैलाउन होइनन्। संघीयताको मर्म सेवाको विकेन्द्रीकरण हो। यहाँ त शासनको विकेन्द्रीकरण भइरहेको छ। 
  • बजेटको औकात नहेरी आफ्नो सेवा–सुविधा तोक्ने र सर्ववाधारणलाई सेवा दिनुपर्दा अनावश्यक आशा राख्ने प्रवृति बढ्दो छ । आँखाको चाल बुझे काम भयो, नत्र झमेलाका झमेला।
  • निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तहमा ३५ हजार ४१, प्रदेशसभामा ५ सय ५० र संघमा ३ सय ३१ जना निर्वाचित भएका छन्। राष्ट्रपति, उपराष्ट्रपतिसहित ३५ हजार ९ सय २४ हाम्रा प्रतिनिधि छन्। साथमा संघ र प्रदेशका सरकार जोड्दा ३६ हजार नाघ्छन्। ती सबै आआफ्ना ठाउँमा छोटे–मोटे शासक हुन्।
  • नेपालको जनसंख्यालाई करिब ३ करोड मान्दा आफैंले जिताएको एउटा शासकले ८ सय ३३ जनालाई औसतमा शासन गर्छ। साथमा कर्मचारी, प्रहरी, सेनाजस्ता पद र शक्तिमा बस्नेहरू झन् खिरिला शासक हुन्। 
  • गाउँमा दलका भ्रातृ संस्था, तिनले ‘कारखाना चलाएका’ उपभोक्ता समितिलगायत बिनाबोर्डका अड्डाका शासन उत्तिकै सहिनसक्नु छ। 
  • अर्कोतिर, कर्मचारी झन् ठूला शासक। तिनलाई भेट्न जानुहोस्, नमस्कार गर्नुहोस्, मुखले बोल्दैनन्। विस्तारै चिउँडाले बोल्छन्। चिउँडो उचालेर के भो भनी रुखो प्रश्न गर्छन्। 
  • जो गरिब छ, आवाजविहीन छ, उसलाई राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा उल्टै झन्झट दिइन्छ। थेगिनसक्नु लाम उसैले छिचोल्नुपर्छ, भित्र पुगेपछि बहानाबाजी गरेर फर्काइन्छ। पहुँचवालाहरू सीधै हाकिमकहाँ जान्छन्, सत्कारपूर्वक सेवा लिन्छन्। जस्तोतस्तो काम गराउन तिनलाई न कागज चाहिन्छ, न समय। शासकीय सोचले भेदभाव जन्माउँछ।  
  •  ‘सेवामा समान पहुँच’ जबसम्म निर्माण गर्न सकिन्न, तबसम्म सुशासनको शब्दै नलिए हुन्छ।
  • लोकतन्त्रमा शासक र जनताका उचाइ, लम्बाइ–चौडाइ केहीमा पृथकता हुनु हुँदैन, नत्र त्यो लोकतन्त्रै हुँदैन।
  • स्थानीय तह र प्रदेशमा आन्तरिक झगडा अचाक्ली बढेको छ। संघसँग तिनको सम्बन्ध बिग्रिँदो छ। मूल कारण शक्ति, स्रोत र शासन नै हुन्। शक्तिले स्रोतमा पहुँच बढाउँछ। स्रोतले शक्ति विस्तार गर्छ। दुवै भएपछि शासन गर्न सहज हुन्छ। यी अन्योन्या मिश्रित छन्।
  • तर, निराश नहोऔं। बदलिनुपर्ने व्यक्तिको व्यवहार मात्र हो। शासकले ‘शासित’ हुनुभन्दा पहिला ‘साथी’ बनिदिए पुग्छ।


संगठनमा परिवर्तन व्यवस्थापन-मुक्तिराम सुवेदी

  • संस्थागत उद्देश्य प्राप्तिका लागि संगठनको सिद्धान्त र यसको व्यावहारिक प्रयोगको आवश्यकता रहन्छ । वास्तवमा यसले संगठन संरचना, कार्य सम्पादन स्तर, समूह र समूहमा आबद्ध व्यक्तिहरूको व्यवहारको अध्ययन गरेको हुन्छ । यसले लक्ष्य प्राप्ति, कार्यरत समूहको मनोवैज्ञानिक पक्ष, प्रविधि तथा एकीकृत कार्य व्यवस्थाबीच अन्तरसम्बन्ध स्थापित गर्न खोजेको हुन्छ । 
  • संगठनलाई सामाजिक संरचनाका रूपमा प्रस्तुत गर्ने गरिन्छ र यसले अधिकारको शृङ्खला, श्रम विभाजन तथा औपचारिक प्रक्रिया र नियममा विश्वास गर्छ । संगठनको आकार ठूलो हुँदा कार्यप्राणाली र औपचारिकता बढी जटिल हुनुका साथै विभागीय संरचना र स्वरूप पनि विस्तारित हुन पुग्छ । नतिजाउन्मुख नभई प्रक्रियाउन्मुख हुने सम्भावना पनि ठूलो आकारको संगठनमा नै अधिक हुन्छ । यसलाई नै व्यवस्थापनविद्हरूले ब्युरोक्रेसीको संज्ञा दिने गर्छन् । 
  • संस्थागत उद्देश्य हासिल गर्ने क्रममा यावत् पक्षहरूको उचित संयोजन र समन्वयको कार्य नै संगठन प्रणाली हो । 
  • सामान्य अर्थमा व्यवस्थापन भन्नु नै योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रण गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गर्ने पद्धति हो । उद्देश्य प्राप्तिका लागि परिचालन गरिने विभिन्न साधनहरूमध्ये मानव संसाधनलाई अर्थपूर्ण रूपमा लिइएको हुन्छ । अन्य संसाधन, यसको आकार र संरचनामा निर्भर गर्ने हुँदा संस्थामा दक्ष जनशक्तिको आवश्यकता सँधै नै रहिरहन्छ । संस्थालाई निश्चित गति प्रदान गर्ने उच्च व्यवस्थापकको अहम् भूमिका रहन्छ ।  मानव संसाधन व्यवस्थापनलाई समग्र संगठन तथा व्यवस्थापनको एउटा अभिन्न अंगका रूपमा लिने गरिन्छ । 
  • परिवर्तनले विद्यमान कार्यप्रणाली तथा कार्यविधिमा परिवर्तन गरी संगठनात्मक सुधार गर्नुलाई बुझाउँछ । 
  • आन्तरिक वा बाह्य कारणबाट सिर्जित कुनै एउटा समस्या वा अवसरको अवस्थालाई सकरात्मक प्रक्रियाका रूपमा सम्बोधन गरिनु नै परिवर्तन हो र यसरी गरिएको सम्बोधनबाट वञ्छित नतिजा हासिल गर्नु यसको व्यवस्थापन हो । 
  • परिवर्तनका लागि यसको योजना बनाउने, व्यवस्थापन गर्ने तथा परिवर्तनलाई स्थापित गर्ने र कार्यरत कर्मचारी वर्गमा सहज अनुभूत गराउने प्रमुख जिम्मेवारी संस्थाको उच्च व्यवस्थापन र कार्यकारी तहमा रहेको हुन्छ । परिवर्तनको सफलता तथा प्रभावकारिता उच्च व्यवस्थापनको प्रतिबद्धता, स्पष्ट र सबैले ग्रहण गर्न सक्ने दूरदृष्टि वा लक्ष्य, आवश्यक साधन र क्षमता एवम् यस सम्बन्धी कार्य–योजनामा निर्भर गर्छ । 
  •  परिवर्तनको व्यवस्थापन एउटा प्रक्रिया हो, जुन आन्तरिक वा बाह्य कारण वा समस्याबाट सुरु भई संगठनभित्र एउटा नयाँ रणनीतिको कार्यान्वयन हुन गई उक्त प्रक्रियाको अन्त्य हुन पुग्छ । 
  • स्वाभाविक र नियोजित गरी परिवर्तनका दुईवटा स्रोतका बारेमा चर्चा गर्ने गरिन्छ । कानुनी संरचना, सामाजिक मूल्य–मान्यता तथा प्रतिस्पर्धाको अवस्थाजस्ता बाह्य वातावरणमा आधारित भई स्वाभाविक रूपमा गर्नैपर्ने प्रकृतिको परिवर्तनलाई पहिलो वर्गमा लिइन्छ । अर्थात् परिवर्तित वातावरणमा समायोजित हुन नसक्दा संगठनको निरन्तरतामाथि नै प्रश्नचिह्न खडा हुने अवस्था पनि रहन्छ र यसमा व्यवस्थापकीय नियन्त्रणको मात्रा भने न्यून हुन्छ । पूर्वानुमानका आधारमा नियोजित एवम् व्यवस्थित ढंगमा गरिने परिवर्तन नियोजित परिवर्तन हो र यसका संवाहक आन्तरिक तथा बाह्य दुवै हुन सक्छन् । 
  • संगठनभित्र कार्यरत कर्मचारी वर्गको सामुहिक कार्यसम्पादन स्तर सुधार गर्दै सम्बद्ध सरोकारवाला सबैसँग कार्यगत भावना जगाउनु अर्को परिवर्तनलाई दिगो बनाउने अस्त्र हो ।
  •  द्वन्द्व व्यवस्थापनको एउटा उपाय सहभागितामूलक व्यवस्थापन पनि हो । निर्णय प्रक्रियामा विभिन्न तहको यथोचित प्रतिनिधित्व गराउने परिपाटी नै सहभागितामूलक व्यवस्थापन हो ।