Wednesday, October 31

भद्रगोल निजामती बुधबार, १४ कार्तिक २०७५, ०९ : १२ | नागरिक

  • एउटा सरकारको सट्टा ७६१ वटा सरकार त बने तर सरकार सञ्चालन गर्ने महत्वपूर्ण अंग कर्मचारीको व्यवस्थापन हुन सकेन।
  • कर्मचारी व्यवस्थापनसम्बन्धी विधेयक २०७४ असोज २९ गते राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको हो । तर आजपर्यन्त उक्त विधेयक कार्यान्वयनमा ल्याइएको छैन । कर्मचारीलाई मनोखुसी चलाउने कामबाहेक ऐन, नियमअनुसार खटाएको पाइँदैन । 
  • सरकारले कर्मचारी खटनपटनका लागि स्पष्ट नीति अख्तियार गर्न नसक्दा र कर्मचारीमा केन्द्रवादी प्रवृत्ति हाबी हुँदा नागरिकले पाउनुपर्ने सेवामा प्रत्यक्ष प्रभाव परिरहेको छ।
  • हामीले यसपटक “नतिजामुखी प्रशासन, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ १५ औँ निजामती सेवा दिवस मनायौँ । नेपालमा निजामती सेवा दिवस २०६१ सालदेखि मनाउन थालिएको हो । यो दिवसमा निजामती सेवा नियमावली, २०५० को सातौँ संशोधन २०६४ को नियम ११६ (क ) १ अनुसार कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा छ । निजामती कर्मचारीका लागि २ लाखको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार १ जनालाई, १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजारको निजामती सेवा पुरस्कार ३० जनालाई दिने चलन छ।
  • नेपाल सरकारका सहसचिव सूर्यप्रसाद गौतमलाई सर्वप्रथम २०६८ सालमा सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्दै २ लाखको नगद पुरस्कार प्रदान गरेको थियो । त्यसपछि यता यस्तो पुरस्कार पाउने कर्मचारी विगतका २०७१, २०७२ र २०७४ सालमा कोही पनि फेला परेनन् । 
  • लगभग ८६ हजारभन्दा बढीको संरचना भएको निजामती सेवामा के साँच्चिकै सर्वोत्कृष्ट रूपमा कार्य सम्पादन गर्ने कर्मचारीको अभाव नै हो त ? विचारणीय छ।
  • ‘जेष्ठता’ निकै लोकप्रिय शब्द हो । यसले कर्मचारीमा सकारात्मक उत्प्रेरणाको काम गर्छ । मनोबल उच्च राख्न सघाउने यो एक प्रकारको गैरमौद्रिक तत्व पनि हो । तर हाम्रो निजामती सेवामा जेष्ठता ऐन, कानुनमा लेखिए पनि व्यवहारमा कहिल्यै ठीक ढंगले कार्यान्वयनमा आएन । 
  • केन्द्रीकृत निजामती सेवाले संघीय राज्यव्यस्थालाई हाँक्न सक्दैन । यसका लागि प्रशासनिक विकेन्द्रीकरण आजको पहिलो र अनिवार्य सर्त हो।
  • बिल क्लिन्टनले सधैं हस् मात्र होइन नाइँ भन्ने साहस पनि कर्मचारीमा हुनुपर्छ भनेका थिए । 
  • नीति नियमको कार्यान्वयनका लागि, नागरिकले पाउने सेवालाई छिटो, छरितो, भरपर्दो र विश्वसनीय बनाउनका लागि तल्ला कर्मचारीहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उनीहरूमा मनोबल बढाउने उपाय उपल्लोस्तरका कर्मचारीबाटै गरिनुपर्छ । 
  • बोकेको कुकुरले मृग मार्दैन भनेझैँ लादिएको निजामती सेवा नागरिकको हितमा समर्पित हुन सक्दैन । कम्तीमा पनि पदस्थापना, सरुवा, बढुवासमेतको वृत्ति विकासलाई सबैको न्यायोचित पहुँचमा पुर्याउनुका साथै अनुमानयोग्य बनाउन जरुरी छ।
https://nagariknews.nagariknetwork.com/news/60980/