Sunday, November 1

गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना- अनलाईन खबर-२०७७ कार्तिक १६ गते ७:०७ मा प्रकाशित

१६ कात्तिक, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो ।
गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए ।
चालु आर्थिक वर्षमा सार्वजानिक विकास निर्माणका काममा मजदुरलाई संलग्न गराई उनीहरुको बैंक खातामा ज्याला रकमबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने पालिकाले १५ प्रतिशत थप गरिदिनेछ ।
-------------------------------------
टिप्पणी:
  • सामाजिक सुरक्षाको माध्यम
  • मजदुरको परिभाषा के र समेटने क्षेत्र गाउँपालिका हुँदा बाहिरबाट गाउँपालिका बाहिरबाट आएर काम गर्नेको हकमा के हुने?
  • गाउँपालिकाको आर्थिक सक्षमताको सीमा के हो?
  • आयकर आकर्षित हुने कि नहुने?
  • वितरण कसरी गर्ने?