Sunday, September 30

संविधानको अर्को अनुहार -प्रदीप गिरि

हरेकपटक यस्तो किन दोहोरिन्छ ? सत्ताको हस्तान्तरण हुन्छ, राज्यको रूपान्तरण हुन्न । श्री ३ मोहनशमशेरको ठाउँमा श्री ३ मातृका कोइराला आउनुहुन्छ । जनताको छोरोबाट पहिलो प्रधानमन्त्री (मातृका) भएपछि राजाले सोधेछन् ‘मातृका के दिऊँ ?’ जर्नेल पाऊँ सरकार भनेछन् । २००७ सालको क्रान्तिको नायक मातृकालाई जर्नेल बन्न लोभ लाग्यो, मेजर जनरलको उपाधि पाए ।
--------------------------------
सेनाको वरीयतामा मेजर जनरल माथि लेफ्टिनेन्ट जनरल हुन्छ, प्रधान सेनापति हुन्छ । उनलाई जनरलको उपाधि दिइएको इतिहासमै लेखिएको छ, तर मेजर जनरल सायद लेखिएको छैन, मलाई किशुनजीले सुनाउनुभएको थियो । एकचोटि विदेशी पाहुना आउँदा मातृकाबाबु जनरलकै पोसाकमा जानुभएछ, लेफ्टिनेन्ट जनरललाई स्यालुट हान्नु भएछ । हाम्रो प्रवृत्ति हो यो ।
--------------------------------
राजनीति धेरै भावुक र संवेदनशीलले गर्ने होइन । भावुक र संवेदनशील पिसिन्छन् पिसिन्छन् । असल मान्छे राजनीतिमा कस्तो अवस्थामा पुग्छ भन्ने गान्धीजीको अन्तिम दिनका उदासीबाट थाहा हुन्छ ।
-------------------------
अहिले पनि गणतन्त्रका नाममा, लोकतन्त्रका नाममा ‘डोमिनेन्ट क्लास’ले ‘क्रियटिव क्लास’उपर शासन गरिरहेको छ ।
-------------------------
आइन्स्टाइनलाई सोधियो, तपाईंको सिद्धान्त गलत साबित गर्न सयौँ किताब लेखिँदै छन् नि । आइस्टाइनले जवाफ दिए– म गलत भएको भए एउटै किताब काफी हुने थियो ।

http://www.nayapatrikadaily.com/2018/09/28/99578/