Monday, September 17

संवैधानिक निकायको सबलता-उमेशप्रसाद मैनाली

  • अब्राहम लिंकनले भनेका थिए, ‘संविधान र कानुनप्रतिको आदर हरेक अमेरिकी आमाले दुधे बालकलाई स्तनपानसँंगै सिकाउनुपर्छ, विद्यालय कलेजमा पढाइनुपर्छ, पाठ्य–पुस्तकमा लेखिनुपर्छ, व्यायामशालामा सिकाइनुपर्छ, विधायिकामा घोषणा गरिनुपर्छ र न्यायको अदालतबाट लागू गरिनुपर्छ । समग्रमा यो राजनीतिक धर्म बन्नुपर्छ ।’ उनको यो भनाइ हाम्रालागि निकै मननयोग्य छ ।
  • संविधान सभामार्फत संविधान जारी गर्न सफल हुने थोरै मुलुकमध्ये नेपाल पर्छ । पाकिस्तान, इजरायल, रूसजस्ता देश संविधान सभामार्फत संविधान निर्माण गर्न सफल भएनन् । नेपाल दोस्रो प्रयास गरेर सफल भएको छ । यसलाई आफ्नो र भावी पुस्ताको भविष्य कोर्ने ‘चार्टर’का रूपमा सफल बनाउन सक्नुपर्छ । 
  • संविधानका अन्तरवस्तु अन्य देशका लागिसमेत अनुकरणीय छन् । समावेशी लोकतन्त्र, मौलिक अधिकारको व्यापकता, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय र सुशासन सम्बन्धी प्रावधान प्रशंसनीय मानिन्छन् । त्यस्तै शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलन, कार्यकारिणीको आत्मसंयम र स्वनियन्त्रणका लागि गरिएका संरचनात्मक व्यवस्था राम्रा छन् । 
  • कुनै पनि संविधान पूर्ण हुनसक्दैन । तर जतिसक्दो बढी लोकसम्मतिलाई समेट्ने प्रयास हुनुपर्छ । संविधानले व्यवस्था गरेका र यसले परिकल्पना गरेका संस्थाले आफ्ना संवैधानिक दायित्व निर्वाह गरेमात्र संविधानको सफल कार्यान्वयन हुनसक्छ । यी संस्थाको अप्रभावकारिता र गलत क्रियाकलापले संविधानप्रतिको श्रद्धामा कमी आउँंछ । 
  • नेपालको संविधानमा पहिलेका संविधानको तुलनामा राम्रा प्रावधान र फरक विशेषता छन् । राज्यका तीन अंगमध्ये कार्यकारीले स्वेच्छाचारी ढंगले काम गर्न नसकून् र उसका क्रियाकलाप स्वसंयमित (सेल्फ रेस्ट्रेन्ट) होऊन् भन्ने उद्देश्यले संवैधानिक निकायहरू संविधानले व्यवस्था गरेको छ । यी निकायले सम्पादन गर्ने काम कार्यकारीकै क्षेत्रमा पर्ने भए पनि निर्वाध यी कार्य कार्यकारीले गर्नथाले भने स्वेच्छाचारी हुने खतरा हुन्छ ।
  • राज्यका तीन अंगको व्यवस्था शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनका लागि गरिएको हुन्छ । संवैधानिक निकायको व्यवस्था कार्यकारीलाई स्वसंयमित र स्वनियन्त्रित गराउन हो । यी निकायलाई कार्यकारीको विस्तारित बाहु (एक्सटेन्डेड ह्यान्ड) पनि भन्ने गरिन्छ ।
  • नेपालको संविधानले पांँचवटा स्थायी संवैधानिक निकाय र सातवटा दस वर्षमा पुनरावलोकन गरिने अन्य आयोग व्यवस्था गरेको छ । यस मध्ये लोकसेवा आयोग सबभन्दा पुरानो हो । यो संस्थाले सार्वजनिक सेवामा योग्यता प्रणालीको आधारमा कर्मचारी छनोट गरी नियुक्तिका लागि सरकार समक्ष सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको छ । 
  • जनताको कर दुरुपयोग रोक्न र सार्वजनिक क्षेत्रमा आर्थिक अनुशासन कायम गर्न महालेखापरीक्षक व्यवस्था गरिएको छ । व्यक्तिगत लाभका लागि सार्वजनिक पद दुरुपयोग गरी भ्रष्टाचार अनियमितता गर्ने कामका नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक व्यवस्था गरिएको छ । लोकतन्त्रको आत्माका रूपमा मानिने स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न–गराउन निर्वाचन आयोगको संवैधानिक व्यवस्था छ ।
  • मानव अधिकार उल्लंघन रोक्न, मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन राष्ट्रिय मानव अधिकार आयोगको संवैधानिक व्यवस्था छ । संविधानले थप गरेको अर्को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हो । यस आयोगले प्राकृतिक स्रोत र सञ्चित कोषको रकम तीन तहको सरकारमा न्यायपूर्ण बांँडफांँड गर्ने काममा सरकारलाई सिफारिस गर्छ । तर यो आयोग गठन हुनसकेको छैन । संविधानले थप गरेका अन्य सात आयोग पनि गठन भएका छैनन् ।
  •  संवैधानिक निकायहरूको सफलता उनीहरूलाई दिइएको कार्यात्मक स्वायत्तता, अधिकारको पर्याप्तता, अन्य निकायको सहयोगात्मक रवैया, सरकारको सकारात्मक सोचमा निर्भर हुन्छ । यी निकायले स्वतन्त्र कार्य गर्नमा सरकारका तर्फबाट असहयोग भएको नदेखिए पनि अधिकारको अपर्याप्तता मुख्य समस्याका रूपमा देखिएको छ । 
  • संवैधानिक निकायहरूलाई दिइएका धेरैजसो अधिकार परामर्शदायी छन्, जसलाई सरकारी निकायहरूले नमाने पनि हुन्छ । राष्ट्रिय मानव अधिकार आयोगको काम प्राय मानव अधिकार उल्लंघन भएकामा सरकारलाई कारबाहीको लागि सिफारिस गर्नुमा सीमित छ । महालेखा परीक्षकको काम ‘भुक्नेमात्र हो, टोक्ने होइन’ भन्ने देखिन्छ । लोकसेवा आयोगको परामर्शदायी भूमिका धेरै छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका परामर्श दिनेमा सीमित देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुसन्धान र अभियोजन गर्ने अधिकार रहेकाले केही शक्तिशाली देखिन्छ ।
  •  परामर्श दिइएका विषयमा ध्यान नदिनु वा यसको अनादर गर्ने काम हुनु सरकार स्वनियन्त्रित हुने संविधानको भावना विपरीत हो । 
  • संवैधानिक निकायहरू सरकारभन्दा माथिका होइनन्, नत यिनीहरू सरकारी विभागजस्ता हुन् । यी निकायहरूको उत्तरदायित्व संविधानप्रति हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।
  • नकारात्मक सोचबाट सरकारलाई असहयोग गर्न नहुने तर अनावश्यक सरकारी हस्तक्षेप अवज्ञा गर्ने हिम्मत पदाधिकारीमा भए संवैधानिक निकायहरू आफ्ना संवैधानिक भूमिकामा प्रभावकारी हुन्छन् र जनताको विश्वास आर्जन गर्न सक्छन् । 
लोकतन्त्रका सम्बन्धमा : 

  • संयुक्त राज्य अमेरिकाको ब्ल्याक्सबर्ग भन्ने स्थानमा सन् १९८६ मा राजनीतिज्ञ, राजनीतिशास्त्री, प्रशासनविदको बृहत भेला भएको थियो । भेलाको घोषणापत्रमा भनिएको थियो, ‘लोकतन्त्र लोकसम्मतिमा चल्छ । लोकसम्मति निर्वाचित पदाधिकारीमा मात्र प्रतिविम्बित हुंँदैन, बरु संविधानले परिकल्पना गरेका वैधानिक संस्था र पदहरूमा समेत देखिन्छ ।’ संविधानको व्यवस्था अनुसार गठित संवैधानिक निकायहरू यस्तै संस्था हुन् । यी संस्थाको क्षयीकरणले लोकतन्त्र सुदृढ हुँदैन, कमजोर हुन्छ ।

https://www.kantipurdaily.com/opinion/2018/09/17/153714842355867458.html

ओरालो झर्दा सूचकले पनि खेद्ने-कान्तिपुर सम्पादकिय

  • मानव विकास प्रतिवेदन त्यस्तो ऐना हो जहाँ अंकहरूले देशको तस्बिर देखाउँछन् । यस वर्षको ऐनामा नेपाल अझै धमिलो भएको छ । अन्य मुलुकका गतिअनुसार हामीले प्रगति गर्न सकेनौं ।


  • मानव विकास सूचकांकमा एक खुड्किलो तल ओर्लेर नेपाल १ सय ४९ औं स्थानमा पुगेको छ । औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचक निकाल्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रतिवेदन हामीलाई आफ्नो समाज नियाल्न सहयोगी छ ।
  • नेपाललाई मानव विकास क्षेत्रमा पछाडि पार्न शिक्षा र प्रतिव्यक्ति आम्दानीको मुख्य भूमिका छ । प्रतिवेदनअनुसार साक्षरता प्रतिशत ५९ दशमलव ६ छ । अन्य मुलुकको तुलनामा यो सन्तोषजनक होइन । पाँच वर्ष उमेर पुगेका करिब ९५ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । तर एक कक्षामा भर्ना भएका करिब ६५ प्रतिशत बालबालिका एसईईसम्मको शिक्षा नलिई बाहिरिन्छन् । शिक्षामा यो एक ठूलो चुनौती हो ।
  • आफैंसँग तुलना गर्दा पच्चीस वर्षयता नेपालले फड्को मारेको देखिन्छ । अन्य मुुलुकको तुलनामा होइन । नेपालले स्वास्थ्य र शिक्षामा प्रगति गरे पनि आम्दानी बढाएको छैन । यसबीच नेपालीको आय शतप्रतिशत बढ्दा अरू मुलुकको साढे २ सय प्रतिशत बढिसकेको छ ।
  • विकासलाई कसरी बुझ्ने भन्ने क्रममा मानव विकास सूचकांकको सिद्धान्त आएको हो । विकासलाई कुल गार्हस्थ्य उत्पादनका आधारमा मात्र होइन, विभिन्न कोणबाट हेर्नका लागि । राष्ट्रको आम्दानी मानिसका सम्भावना प्रस्फुटित गर्ने गरी लगानी भएको छ कि छैन हेर्न अर्थशास्त्रीद्वय महबुब–उल हक र अमत्र्य सेनले यो सिद्धान्त विकास गरेका हुन् ।
  • आम्दानी कम भएर पनि क्युवा, श्रीलंकाहरूले मानिसका सम्भावना प्रस्फुटित गराउन लगानी गरेकाले मानव विकासमा अगाडि छन् । आम्दानी धेरै भइकन पनि शिक्षामा कम लगानीका कारण अरब मुलुकहरू मानव विकासमा पछि छन् । मानव विकासको सिद्धान्तले जानेर–बुझेर शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्नेमा जोड दिन्छ । स्वत: हुने विकासमा होइन ।
  • आम्दानीलाई साधनका रूपमा लिएर साध्यका लागि लगानी गर्नुपर्छ । साध्य मानवता हो । यसर्थ लगानी शिक्षा र स्वास्थ्यमा हुनुपर्छ । मानवतामा लगानी गर्न पनि आय बढाउनैपर्छ । यो सूचकांकको एक तिहाइ भार क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आम्दानीकै छ ।
  • हाम्रो देशको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयको तुलनामा मानव विकासमा हामी अघि छौं । हाम्रो आर्थिक विकास मात्र चित्त बुझाउने ठाउँ छैन । त्यही भएर हाम्रोभन्दा दोब्बरजस्तै प्रतिव्यक्ति आय भएको पाकिस्तानभन्दा हामी मानव विकासमा अगाडि छौं । किनकि हामीले शिक्षा र स्वास्थ्यमा उसको भन्दा राम्रो लगानी गर्‍यौं ।
  • जतिसुकै खेर गएको किन नहोस्, शिक्षा र स्वास्थ्यमा सरकारले निरन्तर ठूलो रकम खर्चिरहेको छ । घरघरमा भित्रिएको विप्रेषणको लगानी पनि शिक्षा र स्वास्थ्यमै भयो । राज्यले यस क्षेत्रमा केही संरचनागत सुधार गर्‍यो । परियोजनागत रूपमा भन्दा संरचनागत रूपमै सुधारमा केन्द्रित भयो । गैरसरकारी संस्था र सहकारीले पनि भूमिका खेले । खानेपानीका धारा जोडिए । बाटो बन्यो, बजारसम्म पहुँच पुग्यो । यी सबै गतिविधिले शिक्षा र स्वास्थ्यलाई टेवा दिए । माओवादी द्वन्द्वमा लगानीको माहोल ठप्प बन्यो, प्रतिव्यक्ति आय बढेन तर त्यही मात्रामा सामाजिक विकास रोकिएन ।
  • अहिले मानव विकास सूचकांकलाई पनि अपूरो मानिन्छ । यसले पनि परिमाण मात्र ध्यान दियो, गुणस्तरमा दिएन । स्कुल गए/नगएको हेर्‍यो, सिके/नसिकेको ध्यान दिएन । उमेर बढेको देख्यो, कति स्वस्थ र गुणस्तरीय जीवन जियो, ख्याल गरेन । यसमा सुधार जरुरी छ ।
  • हाम्रो अर्थतन्त्र चलायमान छैन । त्यसैले राष्ट्रिय आम्दानी निकै कम छ । एकातिर मानव विकासको एक तिहाइ भार यसमै छ । अर्कोतिर, आम्दानी बढाउन सक्यो भने सामाजिक विकासमा थप लगानी गर्न सकिन्छ । अनि मानव विकास स्वत: बढ्छ । त्यसैले मानव विकासको बाटोमा अघि बढ्न अर्थतन्त्र सुधार्नु अनिवार्य ।
https://www.kantipurdaily.com/opinion/2018/09/17/153714842394354926.html

नेपालमा दिगो विकासका चुनौती-कमल सुवेदी


  • अन्तर्राष्ट्रिय जगत्मा संयुक्त राष्ट्रसंघद्वारा सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेन्डाका रूपमा आर्थिक, सामाजिक र वातावरणीय विकाससँग सम्बन्धित १७ वटा दिगो विकासका लक्ष्य र १ सय ६९ वटा सहायक लक्ष्यहरू निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्राप्तिका लागि रोडम्याप तयार गरेको छ, तर त्यसका लागि सरकारसँग स्पष्ट कार्ययोजना र बजेटको अभाव छ ।
  • समुदायको आवश्यकतामा भन्दा दातृ निकायकै प्राथमिकतामा योजनाहरू छनौट हुनु र सोही अनुसार कार्यान्वयन गर्ने प्रवृत्तिले दिगो विकासले गति लिन सकेको छैन । 
  • समाजकल्याण परिषद्को तथ्याङ्कअनुसार नेपालमा २ सय ४७ अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ ) र ४६ हजार २ सय ३५ गैर सरकारी संस्था सामाजिक तथा आर्थिक विकासका मुद्दामा कार्यरत छन् । 
  • समुदायको विकासको नाममा खर्बौ रकम खर्च भएको छ, तर लगानी र प्रतिफल तुलना गर्ने हो भने सन्तोष गर्ने ठाँउ छैन । अधिकांश कार्यक्रम दातृ निकायकै प्राथमितामा खर्च हुनु, कार्यक्रममा दोहोरोपना हुनु, सरकारसँग गैरसरकारी संस्थाहरूलाई परिचालन गर्ने स्पष्ट रोडम्याप नहुनु, अनुगमन र मूल्यांकन प्रणाली सशक्त नहुनु, सुशासन नारामा मात्र सीमित हुनुजस्ता कारणले दिगो विकासमा चुनौती थपेको छ । 
  • हाम्रो विकास मोडल दातृ निकाय केन्द्रित छ । सरकार विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्रसंघलगायत विभिन्न विदेशी दातृ निकायको आर्थिक भरमा बजेट निर्माण गर्छ र उनीहरूको प्राथमिकतामा कार्यक्रम तय गरी कार्यान्वयन गर्छ ।
  • जनतालाई प्रत्यक्ष सहभागी गराई उनीहरूकै माग र आवश्यकतामा आधारित विकास योजना सञ्चालन गर्दा नागरिकमा अपनत्व, ममत्व र स्वामित्व सिर्जना गर्छ, जसले पहिचानसहितको विकासका साथै दिगोपना कायम गर्छ ।
  • स्पष्ट रूपमा भन्दा टाठाबाठाहरूको खटनपटन र राजनीतिक प्रभावमै योजना तर्जुमा हुन्छन् र कार्यान्वयनमा पनि तिनीहरूकै प्रभाव हुन्छ, जसले गर्दा पछाडि पारिएका वर्ग र समुदायका नागरिक मूलधारको विकासमा समाबेश हुन सकेका छैनन् । 
  • मुदायको स्रोत परिचालन गरेर समुदायकै नागरिकको अग्रसरतामा सञ्चालन भएको विकासले मात्र दिगोपना दिन्छ
  •  स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धन, स्थानीय स्रोतसाधनको पहिचान र उपयोग तथा स्थानीय पहिचानमा आधारित विकासमा जोड दिन सके मुलुकले विकासको गति लिन्छ ।
  • राज्य सञ्चालनका लागि चार खम्बा राजनीति, कर्मचारीतन्त्र, निजी क्षेत्र र सामाजिक संघ–संगठनको निकै महत्त्वपूर्ण भूमिका हुन्छ ।
  • http://karobardaily.com/news/idea/10270

समृद्धिको मेरुदण्ड न्यायोचित कर - विज्ञानबाबु रेग्मी


  • हामीकहाँ संघीयता कार्यान्वयनका तीन वटा पक्ष छन्– राजनीतिक अवतरण, प्रशासनिक चुस्तता र वित्तीय सौहार्दता ।
  • संघीयतामा आर्थिक समृद्धिका लागि दीर्घकालीन आधारस्तम्भ तयार गर्ने प्रभावकारी कर व्यवस्थाले नै हो । 
  • संविधानको भाग १० (संघीय आर्थिक कार्यप्रणाली), भाग १६ (प्रदेश आर्थिक कार्यप्रणाली) र भाग १९ (स्थानीय आर्थिक कार्यप्रणाली) अन्तर्गत रही बनेका कानूनहरू र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले विभिन्न तहका सरकारलाई कर असुलीको अधिकार क्षेत्र तोकिदिएको छ ।
  • पहिलो त, संवैधानिक ढंगले अधिकार र कर्तव्यहरू बाँडफाँड गरी प्रादेशिक एवम् स्थानीय स्वायत्तता निक्षेपण गरिसकेको अवस्थामा विधि–विधानभित्र रहेर भएका काम–कारबाहीमाथि संघीय सरकारले सल्लाह–सुझव दिन पाउँछ, प्रश्न गर्न पाउँदैन । संघीयताको मूल मर्म यही हो । दोस्रोः क्रयशक्ति, भौगोलिक परिवेश, आर्थिक क्रियाकलाप, आन्तरिक राजस्वका स्रोत क्षेत्र, सेवा र सुविधाका लक्ष्य लगायत विषयलाई मूल्यांकन गरी कर निर्धारण गर्दा विभिन्न स्थानीय तहबीच करको दर र दायरामा फरक देखिनु स्वाभाविक मात्र होइन, न्यायोचित पनि हो ।
  • अवैध धनलाई सधैं अवैध नै कायम राखेर त्यसलाई ‘फ्रिज’ गराउनु अथवा त्यसको अनभिज्ञ चुहावट हुन दिनु भन्दा अर्थतन्त्रलाई प्रतिकूल असर नपर्ने तरिकाले त्यस धनलाई सार्वजनिक हकहितमा उपयोग गर्न सकिन्छ भने त्यतातर्फ सोच्नु आर्थिक दृष्टिकोणले उदार हुनु हो ।
  • चुस्त कर प्रणाली हरेक राज्य व्यवस्थाको मेरुदण्ड हो, यही मेरुदण्डलाई मजबूत बनाएर मात्र समृद्धिको उडान सम्भव छ ।
  • http://nepalihimal.com/article/16074

विकासकाे गति-टिका धमला

  • २००७ साल देखि २०६२/०६३ सम्म आइपुग्दा नेपालको सम्बन्ध विश्वका राजसंस्था भएका देशहरू र प्रजातान्त्रिक मूल्य र मान्यता अँगालेका देशहरूसँग केही नजिक भएको देखिन्छ। 
  • देशको समग्र विकासका लागि सर्वमान्य मुख्य तीन कुराहरू हुन् : पहिलो, सुरक्षा दोस्रो स्थायित्व र तेस्रो आर्थिक समुन्नति। 
  • द्वितीय विश्व युद्धपछि प्रजातन्त्रको मुख्य आधार आवधिक चुनाव, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित कयौैँ देशहरूको समग्र विकास भएको पाइन्छ।
  • समग्र विकासका लागि नभई नहुने मूल विषय नै राजनैतिक स्थायित्व हो । राजनैतिक स्थायित्वविना देशमा कसैले पनि सुरक्षाको अनुभूति गर्न सक्दैन र आर्थिक समुन्नतितर्फ पनि देश अगाडि बढ्न सक्दैन।
  • नेपालको राजनैतिक विकासमा बालिग मताधिकारको प्रयोग गरी बहुदलीय व्यवस्था लागू गर्न २००७ साल देखि २०१५ सालसम्म कुर्नप-यो । 
  • नेपालको राजनीतिक उतारचढावमा २००७ सालदेखि २०६२/०६३ सम्म र २०६२/०६३ देखि आजको दिनसम्मको दुवै पाटोलाई हेर्दा राष्ट्रियता र हामी आपसको एकतामा ठूलो ह्रास भएको देखिन्छ ।
  • आजको दिनमा विभिन्न तहका नेतृत्वहरूका भाषण र सोच आर्थिक विकासतर्फ मात्रै बढी केन्द्रित भएको देखिन्छ । सामाजिक विकासतर्फ त्यति ध्यान दिइएको देखिँदैन ।
  • २०१८ जुलाई ६ को हिन्दुस्थान टाइम्समा भारतका नाम चलेका स्तम्भकार ब्रह्मा चेलानीको एक लेख प्रकाशित भएको छ । त्यसमा उनले भारतले मनमोहनसिंह प्रधानमन्त्री हुँदा गरेको नेपालप्रतिको तीन महाभूल भनी निम्न बुँदाहरू उल्लेख गरेका छन् : १) संवैधानिक राजतन्त्रलाई हटाउन लागिमेली गर्नु, २) भूमिगत माओवादीलाई नेपाली राजनीतिको केन्द्रविन्दुमा राख्ने कुरामा सहयोग गर्नु ३) तराईका वासिन्दालाई भड्काएर संविधानविरुद्ध लगाउनु र पछि बेवारिसे अवस्थामा छाडिदिनु।
  • देशको समग्र विकासका लागि आर्थिक पक्षका साथै सामाजिक पक्षलाई पनि प्राथमिकता दिइनुपर्छ। हाम्रो जस्तो देशमा त यसले झनै बढी महत्व राख्छ । नेपालको सबल सामाजिक पक्ष भन्नु नै अनेकतामा एकता नै हो। 
  • https://nagariknews.nagariknetwork.com/news/57496/