Thursday, November 5

पच्चीस सय वर्षपछि -सौरभ ....फ्रॉम कांतिपुर डेली

२०६६ कार्तिक १८ - अशोक पुत्र महेन्द्रले बुद्ध धर्म श्रीलंका लगेका थिए, महिन्दा राजपाक्षे नामको प्रेरणास्रोत । २५ सय वर्षपछि उस्तै नाम गरेको एउटा नायक लुम्बिनीमा फर्कियो, सम्भवतः कलिङ्गको पुनरावृत्ति जाफ्नामा जुन भयो, त्यही घटना दोहोर्‍याउनु नपरोस् भनेर प्रार्थना गर्नका निम्ति ।

तर कलिङ्गको जुन ठाउँमा उभिएर अशोकले कलिङ्गको युद्ध मैदान हेरेका थिए त्यही ठाउँमा कुनै दिन उभिन पुगेको र नेपोलियनले लायन अफ माउन्डमा उभिएर वाटर लूको जुन युद्ध मैदान हेरेका थिए त्यहीं उभिन पुगेको यो पंक्तिकारको निम्ति महिन्दा राजपाक्षेसँग पुष्पकमल दाहालको शिष्टाचार भेट इतिहासको एउटा विष्मयकारी चुट्किलाका रूपमा रहिरहनेछ ।

तीन दाजुभाइ राजपाक्षे अर्थात् राष्ट्रपति महिन्दा, तिनका दाजु सामुदि्रक परिवहनमन्त्री चमल राजपाक्षे र भाइ रक्षामन्त्री गोटावाया राजपाक्षेको एउटा परिवारै मिलेर आफ्नो देशको पृथकतावादी, साम्प्रदायिक र नश्लवादी गृहयुद्धलाई समाप्त पारे ! त्यसवापत सायद ती बुद्धलाई धन्यवाद दिन आए वा यसो भनौं फेरि त्यस्तो भयावह अशान्तिबाट गुज्रन नपरोस् भनेर कामना गर्न आए । तर ठीक त्यही समयमा साम्प्रदायिक, विखण्डकारी, नश्लवादी जग हालेको स्वायत्त गणराज्यको घोषणा गर्ने वक्तव्य दिएका पुष्पकमल दाहाल उनीसँग शिष्टाचार भेट गर्न पुगे । जानुहुन्थ्यो वा हुँदैनथ्यो भन्ने प्रश्न होइन । रिप्लेको पुस्तकमा उल्लेख गर्न लायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं ।

६ वर्ष पहिले नै क्यानडामा बसोबास गरिरहेका केही श्रीलंकालीहरूले नेपालका अंग्रेजी अखबारहरूमा सल्लाह दिएका थिए, नेपालीहरूले आफ्नो समस्या समाधान आफैंले गरून् । जति विदेशीको भर पर्दै गयो तिनलाई सर्वज्ञाता, सर्वोऔषधि मान्दै गयो, उति नेपालका समस्याहरू जटिल बन्दै जान्छन् । किनभने हाम्रो अनुभव त्यस्तै छ । यसैले 'तपाईंहरू आफ्नो समस्या सुल्झाउन आफैं सक्षम हुनुहुन्छ, महिन्दा राजपाक्षेले जतिपटक दोहोर्‍याए पनि त्यो औपचारिक बोली होइन । पूरै श्रीलंकाकै नेपालप्रतिको दृष्टिकोण हो, भित्री आग्रह पनि हो, एक असल मित्रको चाहना पनि हो । बुद्ध जन्मिएको देश भनेर भएको सहानुभूति पनि हुन सक्छ ।

तर दोस्रो चीन भ्रमण सक्दा नसक्दै अब भारतको भ्रमण हुने भनाइ पुष्पकमलका मुखबाट झरि नै सकेको छ । यसभन्दा अघि पनि चीन भ्रमण नसक्दै राजनीतिक भ्रमण चाहिँ भारतबाट हुने बताएपछि चीन चिढिएको बुझेर त्यता लाग्नु परेको हो । तर तित्राको मुखै बैरी जस्तै धेरै बोल्ने मुखले यसपालि फेरि यथार्थ खुस्कायो, यो खुस्कँदा राजपाक्षे स्वयम् त्रिभुवन विमानस्थलबाट बिदा भइसकेकै थिएनन् । मनको वह पोख्न समयमै नपाएपछि स्वयम् दोहोरो भ्रमणको दुःख व्यहोरेका राजपाक्षेको आग्रह जुम्ली कहावतमा परिणत भयो ।

शभान शाहीलाई ताक्लाखार भाग्न बाध्य बनाएपछि गोर्खालीहरूले सिंजा, लामाथाडामा बाटा घाटाहरू बनाए, थपथाप पारे । हनुमानढोकादेखि जुम्लासम्मका बाटोमा कोशेढंुगाहरू राखे, तिनमा कोशेदूरी पनि लेखे । बाटो बनाउने काम अमरसिंह थापाले पनि अलमोडा, अलखनन्दा र बद्री केदारसम्म कायम राखे । आजको आधुनिक भारतले प्रयोग गरिरहेको र जीर्णोद्धार गरेको बद्री केदारसम्मको बाटो उनै अमरसिंह थापा निर्मित हो । तर गोर्खालीसँग चिढिएका जुम्लीले रिस उठाउने उपाय फेला पारे, गोर्खालीले बनाएको बाटोकै बीचमा दिसा बसिदिने । पछि त्यो जुम्लाको संस्कृति नै बन्न गयो । कहावत के भने बाटोका बीचमा बस्ने बानिलागेको एक असिज्युलाबासीलाई काठमाडौंको खुलामञ्च अघि प्रहरीले समातेपछि उसले जवाफ दियो, दिसा बसौं भनेर यति पर आएँ । अब कहाँ जाऊँ त ?

विलियम बन्दरनायके, तिनकी पत्नी सिरिमाओ बन्दरनायके र उनीहरूकी छोरी चन्दि्रका कुमारातुंगाले क्रमशः एक अर्कोका जुत्तामा गोडा हाल्दै स्वाधीनताका वर्षदेखि श्रीलंकामा रजाइँ गरे । तर समस्या बन्दै गयो, चर्कियो र त्यो गृहयुद्धका रूपमा छताछुल्ल भयो । चाहेर पनि त्यसको समाधान उनीहरूले गर्न सक्दैनथे । ती राजनीतिमा 'अब्सोलेट' भइसकेका थिए । यसैले त्यहाँ राजपाक्षेका रूपमा नयाँ पुस्ताका श्रीलंकालीहरूको उदय अनिवार्य रूपमा भएको थियो ।

तर माओवादीले आन्दोलनको तयारी गरेको पूर्वसन्ध्यामा उसकै एक उपाध्यक्षले आन्दोलन फिर्ता लिनुपर्ने वक्तव्य दिए । यी तिनै व्यक्ति थिए जसलाई १९५० को आलोच्य राणा कांग्रेस दिल्ली सम्झौतापछिको १२ बुँदे सहमति नामको दोस्रो दिल्ली सम्झौता हिन्दी भाषामा गराउन सक्रिय भएर देशलाई बन्दीपुर बनाएको आरोप छ । आन्दोलनको पूर्वसन्ध्यामा त्यस्तो वक्तव्य वामपन्थीहरूका भाषामा 'लिनप्याओ पथ' को नयाँ औतार 'नारायण पथ' होला । तर राजपाक्षे भाइचारावादका नायकले नेपालको कम्युनिस्ट भाइचारावादको असली चरित्र नेपालमै छँदा हेर्न पाए । यो पनि कम ठूलो संयोग होइन ।

आफूमै बेमेल र बिग्रहको डरलाग्दो बाटो समातेका एमालेहरूको बजार रमितापछि कांग्रेसमा पाधेर्नी प्रकरणहरूको ज्वारभाटा चलिरहेको छ । र यो अब प्रधानमन्त्री हुने अभिलाषामा एक आपसमा जुधाइएका उपाध्यक्ष नामधारी उपनायकहरूदेखि लान्सनायकसम्मको गुटबन्दी माओवादीमा पनि देखापरेको छ । यिनले नेपालका समस्याहरू समाधान गर्न सक्लान् भनेर भाइचारावादका नायक राजपाक्षेले पक्कै पनि सोचेन होलान् लुम्बिनीमा उभिँदा, जसलाई कोशल सेनापति विरुधकले २ सयवर्षपछि खण्डहरमा परिणत गरिदिएको थियो र नेपाली नेताहरूका हातमा 'विरोध' भन्ने शब्द श्राप संस्कृतिको रूपमा दिएर गएको थियो ।

इस्वीको मध्य उन्नाइसौं शताब्दी १८५० को अपि्रलमा पहिलो नेपाली जंगबहादुर राणाको पानीजहाज श्रीलंकाको किनार रोकिएको थियो र त्यो श्रीलंकाको क्यान्डी बुद्धको दात भएको ठाउँका रूपमा परिचित

रह्यो । यसैले पुष्पकमलको अवचेतन मनले नेपाललाई जंगबहादुर र बुद्ध दुवै चाहिएको घोषणा गर्न जहाँबाट प्रेरणा लियो, त्यो सायद श्रीलंका थियो । तर नेपालका कम्युनिस्टहरूको विडम्बना, जुन राष्ट्रिय जनमोर्चालाई अघि लगाएर जातीय संघको विरोध गराउँछ मसाल, त्यसमा रहेका पुष्पकमलका गुरु मोहनविक्रम सिंह नै बुद्ध उडिसामा जन्मेका थिए भनेर देवलमित्रा सिद्धान्तको समर्थन गर्छन्, राजपाक्षेलाई नेपाली वामपन्थीहरू देखेर रिंगटा लाग्दो हो ।

देवलमित्रा उडिसाकी अनुसन्धाता हुन् जसले लुम्बिनीमा शोध गर्ने अनुमति नेपाल सरकारसँग लिएपछि बुद्ध उडिसामा जन्मेका हुन् भनेर लेखिन् । यही कारण बाबुकृष्ण रिजालसहित नेपाली अनुसन्धाताहरूले लुम्बिनीको उत्खनन तीव्र पारे र बुद्ध लुम्बिनीमा जन्मेका कुराको पुष्टि गरे । कुनै बेला विराट गौड प्रदेशभित्रै उत्कल पनि थियो । आज पनि करिबकरिब भाषा मिल्छ र यही गौड प्रदेशबाट राजपाक्षेका पूर्वजहरू श्रीलंका पुगेका मानिन्छ । अब हिंसाकै बलले सत्ता कब्जा गर्ने नीति माओवादीले अख्तियार गर्‍यो भने उसले पनि बुद्ध हाम्रा देशका होइनन् उडिसाकै हुन् भनेर पुष्पकमल दाहालका हातबाट मोहन बिक्रमलाई गुरु दक्षिणा प्रदान गर्न के बेर ? लुम्बिनीको विकास गर्न आफूले दिएको १० हजार डलर छोड्ने कि उडिसातर्फ मोड्न लगाउने ? राजपाक्षेलाई उल्टै घाँडो हुने दिन आउँदै होला !

शिवराशन किट्टु, प्रभाकरणका दाहिने हात थिए, जसलाई पंक्तिकारले पनि बितेका दिनहरूमा देखेको थियो । उनीसँग हात मिलाएको थियो । गोली लागेकाले तिनी गोडा खोच्याउँथे । चस्मा लगाउँथे, थोरै बोल्थे, होचा कदका थिए, मोहन वैद्य जस्तै । तिनलाई जाफना आवतजावत गर्दा समुद्रमै गोली हानी मारिएको थियो । यस्तो बडी ल्याङ्ग्वेजका मानिसहरू राज्य विखण्डनकारी सोच भएका पार्टीमा 'सेकेन्ड म्यान' हुँदारहेछन्, राजपाक्षेले नेपाल आउँदा कर्के आँखाले भेउ पाए होलान् ।

पछिल्लो संसदीय निर्णयलाई 'म्याग्नाकार्टा' को संज्ञा हाम्रा झोले पत्रकारहरूले दिएपछि तत्कालीन बि्रटिस राजदूतले यो 'म्याग्नाकार्टा' होइन भन्न परेकै हो । उसले इज्जाक असिमोभले म्याग्नाकार्टाका नायक 'सार्लम्याग्न' का बारेमा लेखेको सम्झे होलान् किट्टु र वैद्यका पृष्ठभूमिमा, 'ऊ तीन फिटको थियो तर ६ फिटको तरबार बोक्थ्यो ।' नभन्दै त्यो तरबारले तीन छोराका नाउँमा देश टुक्र्याएर तीनवटा बनाइदिएको थियो । प|mान्कियाको नामबाट अहिले प|mान्स छ, जर्मेनिया नामबाट जर्मनी छ, लोरिन्जको नामको लोरिन्जिया प|mान्स र जर्मनीमा बाँडिएर विलिन भएको छ । यसैले पुष्पकमल पक्षधरहरूलाई म्याग्नाकार्टा र सार्लमाग्नका नेपाली रूप किन पि्रय छ, राजपाक्षेले नबुझ्ने कुरा थिएन । तर भन्ने कुरा पनि होइन । क्यान्डीमा भएको बुद्धको दाँत नै ५ इन्च लामो मानिएपछि बुद्धको अग्लाई कत्रो थियो होला ? बुद्ध अग्लाइको सोच राख्नेले किट्टु सोचलाई महत्त्व दिने कुरा पनि भएन ।

श्रीलंकाका कुरभहरू सूर्य-चन्द्र अंकित छ कुने झन्डा बोक्छन्, करिबकरिब नेपालको जस्तै । यिनलाई १३ औं शताब्दीका राजा पराक्रम बाहुले त्यस्तो झन्डा प्रयोग गर्न पाउने अधिकार दिएका थिए । कुरभहरू आफूलाई कौरवका सन्तान मान्छन् र लुगा धुने, फलामका, काठका, छालाका, काम गर्ने, माछा मार्ने, ट्वाइलेट-ढलका काम गर्ने, तेल पेल्ने आदि काम गर्छन् । यो झन्डा तिनको सामाजिक/सामुदायिक झन्डा हो । ती वामपन्थीहरूका भाषामा सर्वहारा हुन्, ती गणनायक हुन्, ती स्वतन्त्र नागरिक हुन्, नागरिक सर्वोच्चताका प्रतीक ! यो श्रीलंकाको एउटै त्यस्तो सार्वजनिक स्वीकृति प्राप्त झन्डा हो । तर त्यसै अनुरूपको झन्डाको नेपालमा माओवादी किन विरोध गर्छन् ?

नबुझेर राजपाक्षेलाई नेपाल आउँदा शान्तिभन्दा भाउन्न भएको हुनुपर्छ ।बुद्धकालीन लुम्बिनीमा यो छ कुने झन्डा प्रयोग हुन्थ्यो -हुन्थ्यो भन्ने धमिलो प्रमाण भएरै पंक्तिकारले लेखेको हो, छुट्टै लेखमा त्यसको चर्चा गरिनेछ) जो गणराज्य थियो । बुद्धलाई उडिसा पठाउने, त्यो पनि हातमा नेपाली झन्डा हालिदिएर ? पुष्पकमललाई सोल्टीमा भेट्दा राजपाक्षेको मनमा आँधी उठेको हुनुपर्छ, तिनले बुद्धलाई वामियानमा तालिवानले गरेको भन्दा चर्को क्षति पुर्‍याउन जो लागे ।

महिरावण चमत्कारी वास्तुकार थियो, जसले राज्यको सुवर्ण नगरी रातारात जस्तै दु्रतगतिमा बनाइदिएको थियो । अनि त्यसैको परम्परास्वरूप चमत्कारी वास्तुकार थियो श्रीलंकाकै महाविजय, जसले रातारात इन्द्रचोकको इन्द्रमण्डप बनाइदिएको थियो । सायद उसैले लिएर गएको थियो यो नेपाली झन्डा ११ औं १२ औं शताब्दीमा जो आममानिसको सिकर्मी, बज्रकर्मी, डकर्मी, लौहकर्मी, नकर्मीदेखि मढिकर्मीसम्मको झन्डा थियो । र आजका ती अधिकांश श्रमजीविहरू विरुधकको आक्रमणपछि उपत्यका ओइरिएका थिए झन्डा लिएर, त्यही जसलाई मन पर्दैन ऊ होटलमा भेट्न आएको छ, राजपाक्षेलाई अवश्य पनि के गरौं र कसो गरौं भयो होला ।

तिलौराकोटको शुद्धोदनको दरबारको प्राचीन ढोकामा उभिएर पंक्तिकारले निकैबेर मध्यरात बुद्ध गएका बाटो नियालेको थियो । तिनले घोडा छोडिदिएका भनिएको ढिस्को जस्तो ठाउँबाट जमिन तरेली पर्दै गएको थियो । अश्वघोषले त्यसको झन्डै ५ सय वर्षपछि 'बुद्ध चरित' मा उल्लेख गरेका हात्तीका वंशजहरू त्यतैतिर एउटा प्राचीन मन्दिरछेउ थिए, जुन मन्दिरका बारेमा भनाइ थियो, त्यो शुद्धोधनपूर्वकाहरूको इष्टदेवदेवीको मन्दिर थियो । कुन आलीहरू टेकेर कुन दिशाहरू फर्किएर, कुन बेगले ती झनझन अँध्यारोमा मिसिँदै गए होलान् ? मनले धेरैपटक तरंगहरू अनुभूत गर्‍यो, त्यो उठेर सेलायो र फेरि उठ्यो । मन यति भावुक बुद्धको जन्मस्थल देखेर भएन, देवदहको पानीमा आफ्नो छाया देखेर भएन । यहाँनेर सर्वहारा वर्गको त्याग र बुद्धको त्यागको तुलना वामपन्थमा हुँदैन । त्यसैले स्टालिनले दिएका २ वटा लिमोजिनप्रति ल्यु साउ चीदेखि झु तेहसम्मका मन लोभिएपछि माओत्सेतुङले सयवटा लिमोजिनको अर्डर गर्नुपरेथ्यो । तिनकै निम्ति बेइजिङका सडक फराकिलो पारिएका थिए ।

त्यसो त पहिला नै इसापूर्वको गि्रक समाजमा मालिक हुनेले दुवै कुममाथि तुना बाँध्न पाउने र दासले एउटामात्रै तुना बाँध्न पाउने नियम बनाएको दुईहजार वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीले नेताको चार खल्ती र श्रमिकका दुई खल्ती भएको पोसाकको नियम बनाएको थियो । ती चार खल्तीभित्र 'लिमोजिन विलास' जो अटाउनु थियो ।

आज जुन खालको विलासमाथि निराकरण गर्न माओवादी पार्टी असफल वैद्य समिति बनेको छ । पंक्तिकारलाई गएसाताको सोल्टी होटलमा घटेको त्यस युगीन विसंगतिपछि यस्तो लागेको छ, राजपाक्षे कलिङ्गको अशोक उभिएको ठाउँमा उभिएका छन्, प्रचण्ड माउन्ड अफ लायनमा उभिएका छन् र हामी सर्वसाधारण तिलौराकोटको शुद्धोदनको ढोकामा उभिएका छौं ।

sauravst@gmail.com

Wednesday, October 14

फेसबुक कलेक्सन २०६५।६।२७ सम्म

-------हैन यो सन्तोष नाम गरेकाहरु कति फालाफाल भएका हुन ह ? कपाल काटन गयो -सन्तोष, बस चढ्यो खलासी -सन्तोष, रेष्टुराँ गयो वेटर होटलको नाम नै -सन्तोष, मासु पसलको नाम -सन्तोष मासु पसल, तरकारी किन्न गयो सन्तोष, क्याम्पसमा दर्जन थिए -सन्तोष। ए साँच्ची तपाई कति जना सन्तोषलाई चिन्नु हुन्छ ?
------- मेरो गाउँतिर ज्यास्मिन फूललाई सबैजना वेश्या फुल भन्छन् । शायद साँझमा बास्ना छर्ने भएर होला । यदी साँझमा सुगन्धित हुनु नै गल्ती हो भने मलाई वेश्या स्विकार्य छ । कमसेकम उसले अनावश्यक नखरा, क्षण क्षणमा शर्त परिवर्तन र मोलमोलाई बिना आफुलाई निछावर त गर्छे !
अमृत भान्जाभाई
wow dami po cha ta मलाई वेश्या स्विकार्य छ
------- एकाबिहानै अयोग्य लडाकु पो भइएछ कथित मापदण्डको कारण !!!!!
Chetana Sharma
युद्धको कथित तर्तम्य नमिलेर हो कि !!!
-------नमिलेरै भन्नु पर्ला ! बाबा आमाले ३ महिना ढिला ल्यान्डीङ्ग गराइदिएका भए म स्वीकृत हुने मापदण्ड बरु नमिलेको हो की ।
खासमा सहरीया सामन्तले तोकेको मापदण्डमा उमेरका कारण नपरेको भएर अयोग्य लडाकु ठहराएको हुँ आफैलाई ।
------- हरपल हरक्षण मृत्यु बोकेर हिड्ने मान्छे किन त्यही मृत्युसँग यतिबिघ्न डराउँछ कुन्नी !
------- गएको २४ घण्टामा कसैले मलाई ठालू पल्टेको भन्यो भने म प्रतिरोध गर्ने मुडमा छैन । ठालू नसोचेको भए पनी पक्कै कुरा खेल्ने बिषय बनेको हुनुपर्छ ------- झमझम झरी अनि झरी देखिने झ्यालको साथमा सग्लै बिहान बिताउनुको मजै बेग्लै ! आऽऽ कस्ले बर्वाद गरोस समय अन्य कार्यमा..........................
नीराजन शिरीष
तर सान्निध्य जि, तपाईंको यो खुशीको पल आज बाट the end हुँदैछ नि ! cause, आज बाट मनसून बन्द !
-------मनसुनको आत्मदाहले शिरिषजिको घोषणालाई पूर्णता देओस् । अहिलेलाई यत्ति भनुँ होलाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
------- हुँदा हुँदा अब त हरेक शब्दहरु व्यङ्ग्य पो बन्न थाले बा !
------- मैले खोजेको धेरै मध्ये केही मात्रै उपलब्ध हुने भए यो शहरलाई म भकुण्डो बनाउने थिएँ ।
-------खोइ के खोइ के ! यो शहरले कन्फ्यूजन सिवाय केही दिएकै छैन हउ
------- चुर्लुम्म डुबेर उसको आँखामा -पुरानो संग्रहबाट एक पाना
समयक्रमले 'कम' प्रतिको मोहलाई विछट्टै अग्ल्याएर लगेको छ। हरेक कुरा/विषय/सन्दर्भ मा 'कम'को मोहले जात्रै गरेको छ। कम हैन बढी मान्छेहरु भन्छन्, बोलेको राम्रो – कम, खाएको राम्रो – कम आदि आदि यसमा लामै लाम लगाउन सकिन्छ शब्दको जहाँ कम... निकै प्यारो बनेर आउँछ ! प्रसङ्ग आँखाको छ। त्यसैले, केटाह...
नीराजन शिरीष
म त विदेश जाने विचार गरेको छु, सायद यसकारण पनि यो साल पक्कै मेरो जीवनका लागि यादगार हुनेछ ।
------ बैरागी गीत भए पनी जिवनको अर्थ खोज्ने प्रयास चै रैछDhuja Pareko
-------ति साथीहरु जो विस्मृत भए । ती आफ्नाहरु जो बहकिए । ती शत्रु औ पराइहरु जो इमान्दारीसाथ खेदो खन्दथे र छन् । ती कथित मेराहरु जो कहिल्यै मेरा हुन सकेनन् । ति क्षणहरु जसले मलाई याद बोक्ने कन्टेनर बनाइछाडे । ती सबै सबैलाइ ।
------- मन परेपछीको कुरा होला त्यो पखेरा पारि डाडा ..........................
त्यो पखेरा पारि डाडा रुन्छ मन घरि घरि, चखेवाको जस्तो रित्तो आभास छ सपना सरि।। कहाँ जन्मे कहाँ हुर्के सम्झना भो बिरानो झन, आज आमा बेदनामा जल्छ यहा मेरो जिवन ।। त्यो खरबारी सल्लाघारी झझल्कोमा आउछ आज, भँगेराको चिरबिर आवाज जिस्काऊछन हरेक साँझ।। कहा छुट्यो मनको खुशी बिरहमा डुबे झनझ...
------ दशैमा घर पुग्नैपर्ने/जानैपर्ने संस्कार/सोच/अवसर/मौका यसपाली पनी पुरा अर्थात उपयोग गरियो । हैन यो दशै बर्षमा कम्तिमा ३ पटक आउने हो भने घर जाने दर बढ्थ्यो कि घट्थ्यो होला ?
-------निराजनजी सुस्त भएहोला तर छोडेको त पक्कै हैन बरु तपाईसम्म पुग्न नसकेको पो हो की !
------- भत्किदो समय अनी उफ् ति संशयहरु । कमसेकम सहयोगी नभए पनी प्रतिपक्षी नभैदिए हुनेथियो नी ।
------- बिर्सनुको मजै बेग्लै ।
------- कुनै पनी कुरा सधै Regid to Regid हुन सक्दैन । झन्डा सधै एउटै हुनु पर्छ की पर्दैन भन्ने बहस भन्दा पनी अहम सवाल हो त्यसले कति नागरिकको भावना समेटन सक्छ भन्ने कुरा । झन्डा फेर्नै हुदैन भन्ने कुरामा म सहमत हुन नसकेपनी झन्डा फेर्नुपर्नाको औचित्य र त्यसको ...विकल्पबाट त्यसको महत्व उजागर हुनु राम्रो होला । राष्ट्रिय झन्डा फेर्ने कि नफेर्ने भन्ने विषयलाई अन्य तमाम विषयसँगै जनमत संग्रहको विषय बनाएर टुङ्ग्याउनु उपयुक्त होला की ?

------- उत्कृष्ट मुक्तकहरु -http://www.nepalikavita.com
भीमदर्शन रोका १। रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे आफ्ना-आफ्ना ताराहरू बाले...
------- मृत्यु अर्थात मेरी हजुरआमाको जिम्मेवार । ख्याल गरिदिनु है उहाँलाइ किनकी उहाँ मेरी हजुरआमा । गतसालको दशै पो अन्तिम भयो उहाँको हातको टिकाका लागी । दहिका घेल्का । दुधका बाक्ला तर । खानामा झ्याइ झ्याइ हुने गरी उत्रने घिउ । नातिका लागी जोगाएर राखेका स्वाद...िला केरा । घरेलु भुजा । हाँसका चल्ला । बहर मात्रै जन्माउने गाइ । धेरै नौनी लाग्ने भैसी । नातिनी बुहारीलाइ भित्र्याउन आतुर पर्खाइ । यादै याद ।
------- म बाट गल्ती हुन सक्ने सम्भावना हुन्छ किनकी म मान्छे हुँ ।
------ गजल - रमेश बस्ताकोटी- अनलाइन खबर
उनको लागि यो मुटुमा ठाउँ छ भन्दिनु छिट्टै फर्की गाउँ तिर आउँछ भन्दिनु बिर्सीएको छैन मैले बनपाखाका भाकाहरु तिम्रै नामको गित बनाई गाउँछ भन्दिनु तालखोलामा नुहाउन गा को अझै मैल...
------ उसको चाहना एक भ्रुण बनेर लगातार मेरो मस्तिस्क औ मानसपटलमा हुर्किरहेको हुँदाहुँदै मैले भ्रणको भविश्य अन्धकार देख्न थालेको छु । अब यस्तो स्थितीमा म उक्त भ्रण हत्याका लागी उसको अस्विकृत सहमती लिएर एवोर्सन गराउनुमा आफ्नो बुद्भिमानी देखेँ । तर भ्रण हत्या ...अर्थात यौटा सम्भावनाको हठात अन्त्य गराउने काम पक्कै पनी सहज छैन । मैले चाहेको एवोर्सनमा तिमी भन्दा म प्रताडीत हुने पक्का छ तर पनी म यही विकल्पलाई निर्विकल्प देख्दैछु ।
------- - त्रसित बसन्तको एक गजल
हिजो के भयो, भुलेर जाऊ । नलजाउ प्रिया, खुलेर जाऊ । नमिल्न सक्छ, फेरी अर्को सफर, आएको बेला, डुलेर जाऊ । बनाए“ वारी, यो तिम्रै लागि, आऊ न प्रिया, फूलेर जाऊ । फूल बनी फूल्न, सकिन साथी, काँडामा पनि, झुलेर जाऊ । रमाइलो यात्रा, हुनेछ तिम्रो, 'त्रसित...
------- दुई गजल http://nepaligajalharu.blogspot.com/ बाट
-प्रकाश 'क्षणिक' गजल यो धर्ती आकाश क्षणिक ! अवश्य - प्रकाश क्षणिक ! सूर्य चन्द्र - घामछाया यो ध्रुव सत्य - आश क्षणिक ! विलासिता - ब्यार्थ घमण्ड खुसी र उल्लास क्...
------ हुन्छ र हुन्न भन्नुमा कुन चै कठीन होला ?
------- जिवन हो घामछाया । सुख दुख दुवै हुन्छ । जिवन हो बिना माया छटपटी तडपन हुन्छ ।
------- म बहुलाएँ भने यो शहरलाई केही फरक पर्ला की नपर्ला ?
Padam Gautam
शहर अझ खुशी हुन्छ कि? किनभने उसलाई सबै पात्र चाहिन्छ।
Amrit Bhadgaonle
yo sahar lai hoina tapaiko pariwar lai pakkai asar parcha .
Laxmi Karki
bahulaune kura nagarau la sathi j vayapani!

Rajesh Maharjan
सामान्य प्रशासन मन्त्रालयको एउटा पद खाली हुन्छ र मानसिक अस्पतालको एउटा बेड occupied हुन्छ ।
Pradeep Upadhyaya
yeha kasailai kasaiko matalb chaina tehi ho tapaiko afanta ra kehi sathivai lai matra kehi din naramailo lagera afthero parcha aru kasailai kehi farak pardaina..........
-------हा हा हा ।।।। धन्यवाद । धन्यवाद । धन्यवाद सबैलाड् ।
Shubas Bhandari
dhari farak par6 ni kina ho tati dhari niras afulai chinna saknu par6
September 11 at 2:53pm • Delete
------ ताराहरु पनि खस्ने तर्खरमा छन अरे हामीले कैले ताराहरु पछ्याउने होला खै !
------- नमागीकन दुनियाँमा पाइने चिजहरुको लिष्ट बनाउन खोजेको त धोका, अविश्वास, वेवास्ता र बेइमानी मात्रै पो भेटेँ । अरु कुनै भए लिष्ट बनाउन सहयोग खोज्दैछु ------- जिवन हो घामछाया । सुख दुख दुवै हुन्छ । जिवन हो बिना माया छटपटी तडपन हुन्छ ।
------- म बहुलाएँ भने यो शहरलाई केही फरक पर्ला की नपर्ला ?
Padam Gautam
शहर अझ खुशी हुन्छ कि? किनभने उसलाई सबै पात्र चाहिन्छ।
Amrit Bhadgaonle
yo sahar lai hoina tapaiko pariwar lai pakkai asar parcha .
Laxmi Karki
bahulaune kura nagarau la sathi j vayapani!
Rajesh Maharjanसामान्य प्रशासन मन्त्रालयको एउटा पद खाली हुन्छ र मानसिक अस्पतालको एउटा बेड occupied हुन्छ ।
Pradeep Upadhyayay
eha kasailai kasaiko matalb chaina tehi ho tapaiko afanta ra kehi sathivai lai matra kehi din naramailo lagera afthero parcha aru kasailai kehi farak pardaina..........
-------हा हा हा ।।।। धन्यवाद । धन्यवाद । धन्यवाद सबैलाड् ।
------- ताराहरु पनि खस्ने तर्खरमा छन अरे हामीले कैले ताराहरु पछ्याउने होला खै !
------- नमागीकन दुनियाँमा पाइने चिजहरुको लिष्ट बनाउन खोजेको त धोका, अविश्वास, वेवास्ता र बेइमानी मात्रै पो भेटेँ । अरु कुनै भए लिष्ट बनाउन सहयोग खोज्दैछु ।
Kalpana Bhattarai
राग, द्वेष, क्लेष, कुण्ठा इत्यादि ।
------- मर्मत गरेपछी सबै चिजबिजहरु उस्तै वा दुरुस्तै हुन्छन भन्ने भ्रम कति बलियो हो कुन्नी । यि विग्रिएका सम्बन्धहरुलाई कमसेकम मर्मत सम्म गर्न पाए कति नै हुन्थ्यो होला तर यी सामानहरु । उफ ।
Uddhav Silwal
समानहरु एक्पटक बिग्रिएपछी मर्मत गर्दा बलिया त अवस्य हुन्नन् परन्तु कती सम्बन्धहरु अझ प्रगाढ बनेर आउन सक्लान कि !!
.........विश्वाश न हो !!
Rajesh Maharjan
मर्मत गर्नु भनेको तत्कालको संकट टार्ने मात्र हो ।
--------हो राजेशजी
- सम्बन्धहरुलाई उसैगरी मर्मतसम्म गर्न सजिलै पाए हुन्थ्यो भन्ने लालसा मात्रै हो सिलवाल जी ।
-------हामी निकम्माहरुले काठमाडौ छोड्यौ भने काठमाडौ बाहीरकाले खुच्चिङ्ग भन्न के बेर लगाउलान् र गुरु । यसै त सान्निध्य बदनाम छ शहरमा त्यहीमाथी हजुरहरुका निर्मम प्रश्नहरु प्रहशन गर्न लायक पो बन्दैछन त ।
------- सिलवाल भावनाहरु
(फेसबुकमा कसैको लागी लेखिएका शब्दहरु मलाइ मन परेपछी लाग्यो यो अरु कसैलाई आफ्नो मन परेको मान्छेलाई फकाउन वा मनाउन पक्कै उपयोगी हुन्छन भन्ने लाग्यो अनि सकलन गरे । यो तहमा खुला रुपमा भावना बगाउन सक्नु पक्कै पनि चानचने कुरा होइन होला त्यसैले मैले उनलाई सलाम गरे जस्ले यो लेखे । यद्यपी म चिन्दिन लेखकलाइ...
गजल.
------- म चाँदनी शाहले लेखेको र गुलाम अलीले गाएको "आज बारिसका मौसमका है, बरसात है, दो दिलोका मिल्नेका इकरार है" भन्ने गजल खोजिरैछु । आजभोली एफ एम मा पनी त्यो गित बज्दैन । कसैसँग छ की ?
------- मजा
कोरा दिलमा तिम्ले केर्दाको मजा । हिड्दा हिड्दै फर्किएर हेर्दाको मजा ।
------- जे होस देशले राष्ट्रपति चै गजबको पाएको रैछ । न कानून मान्ने न पद छाड्ने । कसको बुता कती रैछ हेर्न पाइने भो फेरी पनी ।
-------हो प्रचण्ड दाजु । भनिन्छ नी कुनै पनी देशका जनता कति क्षमतावान र सचेत छन भन्ने कुरा त्यस देशको राजनितीक स्थिती हेरे प्रष्ट हुन्छ । हामी दोषी नहुने कुरै भएन । हामी हामी मिलेरै समाज बनेको त हो आखिर ।
Sweeta Sharma
राष्ट्रपती होइन उप होलान है सर तिनै उप हुन जो न्याधिश हुँदा चरश काण्डमा पैसा खायर न्यायधिशको पद बाट मुक्त्त भएका थिए । तीनको भाग्यमा जहिले पनि पद छोड्नु पर्ने अनी किन छोडुन उप राष्ट्रपतीको पद ।
-------स्वेताजीले गल्ती औल्याइदिनुभएकोमा तथा कमेन्टको लागी धन्यवाद ।
------- यि सम्बन्धहरु निभाउनुपर्ने नभैदिए अरु मिठासपुर्ण हुनेथिए होला शायद
------- भोली के गर्ने होला ? अलमल्लमा छु । जाउँ तयारी छैन । हतियार बिना के लडाइँ गर्न जानुँ र ख्वै । नजाउँ आखीर गर्नै पर्छ यो साल नभए अर्को साल ।
-------फाइनान्स पोहोर दिइएन । यसपाली घाँडो भा'छ । पढने भन्ने कुरा पनी एकादेशको कथा हुन थालिसक्यो । पढाइले सुस्केरा थप्ने बाहेक अरु केही नगर्ने भो sssssssssssssssssssss
------- कार्यालयको कुर्सीमा बस्दै गरेका बेला यहाँ बसेर केही फाइदा छैन । विदेश सर्वोत्तम विकल्प हो भन्ने दिक्षा लिनु पर्दा पिडा भयो होला की आनन्द आयो होला मलाई ?
-------आफ्नै हाकीमहरु, सहचारीहरु । शायद ति नै मेरा असली शुभचिन्तक पो हुन की कुन्नी ! कन्फ्यूज्ड समयमा अरु कन्फ्यूजन दिन सबै सजिलै सकिरहेका छन हिजो आज ।
Sham Acharya
पिडा त जरुर भयो होला हजुर लाई तर यो देश को बेहाल देख्दा त मनै अमिलो हुन्छ सर के गर्नु .........
-------श्याम जी अब देशको चिन्ता गरेर समय बर्वाद गर्नुको कुनै अर्थ रहेन अबको समयमा । पैले आफ्नो चिन्ता अनी देशको चिन्ता । अब सिमाहीन विश्वको अभियान पो जायज हो भन्ने लाग्छ मलाइ ।
------ म जस्तो छु त्यस्तै बुझिदिए कसैको केही जान्छ ? न धेरै न कम ।
------- झुल्केको घाम सरी छु । बर्सेको झरी जस्तै छु । भनिदिउँकी जस्तो लाग्छ
------- बहार संगै उड्यो मन किन थम्दैन । पल पल तिम्रो याद आयो यो मन मान्दैन ।
------- ३ दिनको बिदा फोकटमा गयो । समयको उपयोग गर्न सकिएन । थोरै तिजको औसरले खायो । धेरै निन्द्रादेवीले चैट पारिन । १२ गते लाटोले केरा हेरेजस्तै हेरेर फर्कने लगभग पक्कापक्कि जस्तै पो भो त हउ गाँठे ! लौन समयको उपयोग गर्ने बुद्धि र सुद्धि कैले आउला म मा !
------- असरहरु अझै बाँकी रहेछन् । निकटतामा दुरी असहज अनी नमिठो त हुने नै भयो ।
------- यी अपेक्षाहरु सधै उकालो मात्रै किन लाग्छन कुन्नी ? नहुँदा पनी म रोकिएको थिइन अहिले थप हुँदा पनी पर्याप्त नभएको वा अरु सरह नभएको लागीरैछ । म आफैलाई धाप मार्ने स्थितिमा कहिले पुगुला ख्वै ?
------- अरु साथीहरु आफ्नो बाबाको प्रगतीको तुलनामा अगाडी पुगीसक्नुभएको होला । तर म अझै उहाँको आधाआधीसम्म पनी पुगेको छैन । खैर जे होस, आज बुवाको मुख हेर्ने दिन । किन बाबाकै तस्विर वालमा नराख्ने आफ्नो वालमा ।
-------भुमिगत छैन सर । यही छु । काठमाडौको भीडमा हराइरहको मात्रै हु अरु केही होइन ।
------- अरुको भ्रम ममा व्याप्त छ । मेरो भ्रम अरुमा व्याप्त छ । यी भ्रमहरुसँग वास्तविकताले कैले स्पर्धा गर्न सक्लान कुन्नी ?
Sham Acharya
समय ले नै त्यो भ्र्म लाई चिर्नेछ हजुर । जब सम्म समय ले मागेजस्तै गरी तपाईं असल मित्र बनी रहनु हुन्छ .............जय होस् ....
------- वास्तवमा आफैलाई कसरी चिन्ने होला ?
-------अस्थिरता मनको विशेषता हो आशा । मान्छेको स्वभावहरु परिवर्तन हुने भएता पनी कतिपय झनै Regid बन्दा रैछन । आफैलाइ चिन्नका लागी मन सहायक भैदिए हुन्थ्यो ।
------- पानीले आज क्लास छोड्नु पर्यो । कलास बंक गर्दा कुनै पश्चाताप र ग्लानी हुदैन तर क्लास लिन नपाउँदा खल्लो पनी लाग्ने रहेछ कैले कैले ।
-------गाई खाने भाषा सिक्दैछु । तर केही सुधारमात्रै भएको छ अरु भएको छैन ।
Sham Acharya
तर सर , मलाई भुत भएर पनि त्यो बैनी ले सबै कुरा भनोस जस्तो लाग्छ किनकी भुत को बारेमा सत्ये कुरा थाहा हुन्त्यो नि ।
-------वास्तवमा सर भुत केवल हाम्रो दिमागी चर्तिकला मात्रै हो । दिमागले बेलाबेला रंगशाला बन्न खोज्दा त्यस्तो भएको हो । समयसंगै दिमागमा रहेका स्मृर्तिहरु एकत्रित हुने प्रक्रिया मात्रै हो भन्ने लाग्छ मलाइ । तपाइको कामना तपाइ मात्रै पुरा गर्न सक्नुहुन्छ श्याम जी ।
------- उफ ! ! यौटा समस्या समाधान गर्न जाँदा अर्को बोकाएर पठाएछ मेकानिकले । वास्तवमा अरुमा भर पर्नु जस्तो निर्मम गरिबी अर्को छैन ------- आज केही नपुगेजस्तो केही छुटेजस्तो केही टुक्रेजस्तो भैराछ ।
-------परिणाम आज बढी आलश्यता अनी फ्रेस बन्न सकिराछैन हउ ।
-------होला शायद । साथीहरुको उपस्थितिले पक्कै केही न केही उर्जा त दिन्छ नै ।
------- सबै फेरिएकै देख्छु तर साला यो आदत फेरिएको किन नदेखिएको होला कुन्नी ।
------- हेर्दा हेर्दै कटुवाल काग फेरीयो । बोली पिच्छे उनको माग फेरीयो ।
-------तिज आएको बेलामा पुरुषको पिडा लेखिदिएको नी । हा हा हा
-------मैले मानिदिएँ लौ जा । जे पर्ला पर्ला । हा हा हा
------- फुल जस्तै उनी ! बेकारको कुरा । जुन जस्तै उनी ! बेकारको कुरा । हिड्दा हिड्दै लागे कैयन ठेसहरु, खुन जस्तै उनी ! बेकारको कुरा ।
Sham Acharya
उन्को एक स्पर्स । आनन्द को कुरा । उन्को एक मुस्कान । जिबन जिउने कुरा । माया गर्ने ले त हो नि माया गर्ने लाई सताउने कुन्न त्यो छेन कहिले दुख को कुरा ...................
------- म बदलिएको छु अरे । हा हा हा हा । यदि यो सत्य हो भने त्यो बदलाबलाई सलाम ।
------- समय । परिस्थीती । आफ्नो अवस्थीती । अपरिपक्क विगत । असान्दर्भिक भविष्य । थलथले बर्तमान । आफ्नो बाछोलाइ दुध छुटाउन खोज्ने गाइ जस्तै बन्दो रैछ कैले कैले यही जिन्दगी ।
Sham Acharya
शायद जिन्दगी नबुझ्दै मृत्यु ले पठाएको पत्र खोल्नु पर्ला । अमुर्त , आफ्नै राम्रो , अर्का को आसु झारेर हास्नु पर्ने । जिन्दगी ,,,,,उप्फ यो जिन्दगी
------- यो हप्ता ब्यापक फुर्सद होला जस्तो छ । भोलि बिदा । पर्सी बन्द सुन्दैछु । अर्को दिन शनिवार भै गो ।
------- भो अब अती भो ......................। साच्ची अती नै भो..................... । अब त म तिम्रा यादहरुसँग पारपाचुके गर्नै पर्ने देखिदैछ..................। तिमीसँग पारपाचुकेको यात्रा सोच्नै नपरेपनी यादहरुसँग पारपाचुकेका लागी त स्विकृर्ती दिन्छौ होला हैन ?
------- गजल
-प्रकट पंगेनी 'शिव' तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ पानी पनि आगो बन्छ कामदे...
------- अव्यवस्थित बागमति कैलेकैले जिवनको बिम्ब बनेर उत्रन्छ मानसपटलमा । यत्तिकैमा साँझको समयमा बहावकै गतिमा बग्दैगर्दा ज्यास्मिनको सुगन्ध मनभरी छायो । साच्ची बागमतिको पुरै किनारामा जस्मिन हुर्काउन पाए दुर्गन्ध ले स्वरुप केही फेर्थ्यो की ?
------- सालाऽऽऽऽ जिम्मेवारी........
दायित्व निभाउन पर्ने रे । परिवार सम्हाल्नु पर्ने रे । प्रगती गरेर देर्खाउने रे । अरुको अगाडी शिर ठाडो पार्न सक्ने काम गर्ने रे । आफू जस्तो सुकै होस । हाँसेरै हिड्नु पर्ने रे । समाज परिवार अनि आफन्तको नाक राख्नु पर्ने रे । पैसा कमाउनु पर्ने रे । माया फेलाउनु पर्ने रे ।
------- डेरा फिर्ने सुर गरि हुइकिएको म अफिस पो आइपुगेँ त्यो पनी समयमै । बिचको समय नै गायब । बन्द । जाम । आन्दोलन । अधिकार । शक्ति प्रदर्शन । गुप्त लक्ष्य । राजनैतिक विकृर्ति । अन्योल भविष्य । बर्वाद समय । सन्त्रासको आवादी ।
------ भर्खरै थाहा पाए अस्तिको दिनमा मेरो प्रविणता प्रमाण पत्र तहको पढाइका बेलाका क्याम्पस प्रमुखको मृत्युको खबर सुनें । दुख लाग्यो तर ताजुब लागेन । व्यक्तिगत रुपमा म सँग सौहार्दपूण सम्बन्ध नभए पनी म्याग्दीको शैक्षिक र राजनैतीक वृत्तले उनको योगदान शायदै बिर्सिएला की ! कमसेकम मलाइ त्यस्तो लाग्छ ।
------- सधै उचाँइ नै लक्ष्य हुने भए तिमी हामी फरक भूमिका र यात्रामा हुनेथियौ ।
-------मेरो मतलव प्रगति सम्मृद्धि र परिवर्तनको उचाइ हो सुरेश सर । समयले ल्याउने एकमात्र सत्य परिवर्तनको ग्रहण गर्दा राम्रो अनी कथित प्रगती मात्रै अंगालेको भए सम्बन्धको पुनर्व्याख्या जरुरी हुनेथियो भन्ने यथार्थताको वर्णन मात्रै हो । अब यसलाइ गलत भन्न मिल्ला र हजुर ?
------- मेरो बेपर्वाहको सिमाना कोरिदिने कसले ?
-------खोजी र जिकीर केवल मान्छेको मात्रै होइन मित्र । परिवेशको खोजी प्रमुख कुरा हो । परिवार र आफन्त अनि संगीहरुसँगको सान्निध्यता प्रतिको लालसा मात्रै हो ।
------ तिमीसँग सँगै रात नटेकेको धेरै भयो । बेसोमती तिम्रो मात नदेखेको धेरै भयो ।
------- मजा
ख्याल-ख्यालमा बारम्बार कुटीनुको मजा । प्यारै प्यारमा तारन्तार लुटिनुको मजा ।
------- कैले काही ढाँटनुको मजा पनी बेग्लै हुँदो रहेछ । यद्यपी त्यो रहर थिएन भन्नेमा कमसेकम म ढुक्क छु ।
------कसरी मेरो बेला आएको हो गुरु ढाँटनलाइ ? किन त्यस्तो लाग्यो ?
------- भोलीदेखी व्यस्ततासँग मित्रता अरु प्रगाढ हुदैछ । मित्रता दिवसको भोलिपल्टै मलाई यो साइत जुर्दैछ
------- शिर अनि हात
यि हातहरु शिरमा धेरै टेकिन थाले । यि बातहरु धेरै भिरमा देखिन थाले । मौसम बेइमान हुँदा ध्यान मोडीयो । यि मुलाकातहरु पिरमा रेटीन थाले ।
------ ईशाराले बोलाउनु पर्दैन,माया भए डराउनु पर्दैन ।
------- तिम्रा यादहरु बजारमा बिक्रि हुने भए म कती पो धनी हुन्थे होला है !
-------एकदमै धेरै त होइन तर पुग्ने जती धनी हुन मन छ । पुगेको लाग्यो र अन्जना तिमिलाइ । म त आधार शिविरमै छु । ३ देखी ४ क्याम्प हुन्छन अरे चुचुरोमा पुग्नका लागी ।
------- प्राथमिकताहरु क्रमश छटनी हुदैछन् । छटनीमा मेरो साच्चैका सम्भावनाहरु पो पर्ने हुन् की !
------- गीतको ट्युनिङ् राम्रो । तर आफुले मन पराएको मान्छेलाइ यसरी श्राप दिन सकिदैन होला शायद ।
-------मुटुरोग बिशेषज्ञ भोला रिजालले लेखेको गीत रैछ । मुटु चर्किने कुरा पो छ त हउ ।
------- अब उस्तै रहदैनन् की हाम्रा जम्काभेटहरु ।
------सधै उस्तै समय अनी मन कहाँ रहन्छन् र हजुर ।
-------त्यसपछी सम्बन्ध परिभाषीत हुन्छ कि । यही हुन्द्छ भन्ने थाहा छैन । तर अर्कै अवस्था अनुभूती पक्कै होला ।
------- कलेजका दिनहरु साच्चिकै रोमान्चक हुन्छन । यस गितमा कलेजको समयमा युवा पुस्ताले गर्ने मस्तीका प्रायजसो किस्ताहरु समेटीएका छन् । त्यसैले मलाइ यो गित मनपर्छ । तपाइहरुलाइ पनी मन पर्छ कि भनेर लिंक नराखिरहन सकिन ।
Chintan Sharma
म त इण्डियाको यस्तो विरोधि भै सकेछु कि यो गित सुन्दापनि त्यतिके रिस पो उठेर आयो त .........
------- संगीतको कुनै सीमान हुदैन
------- गजल -तुलसी प्रवास
दिलभित्र आलो घाउ मलम लाउने उनी छैनन् सारा रात सपनीमा सताउने खुनी छैनन् । कैले कतै भेट हुँदा मुसुमुसु मुस्कुराउँथिन् जीवनको बाटोभरि साथ दिने गुनी छैनन् । एक्ला दिन सधैंभरि पट्यारलाग्दा हुँदा रैछन् आधा जीवन बाँचेको छु आधा मेरी जुनी छैनन् सम्झनालाई कुनै दिन...
------- गजल - कपिल अन्जान
अब के छ त हुकुम महारानी? उस्तै छ रोल्पा र रुकुम महारानी ...
------- माया मेमसाव । धेरै अगाडी हेर्ने मौका मिलेको यो फिल्म मलाइ मनपर्ने मध्येको एक हो । दमदार कथा सहितको कथा हेर्ने मोह यसले अरु बढाइदिएको थियो ।
------- प्रश्नहरु सधै किन निर्मम हु्न्छन् कुन्नी ?
------- गजल
उस्तै उस्तै लाग्छन् तिमी अनी याद । टाढा टाढा भाग्छन् तिमी अनी याद । यो बेइमान दुनियाँ अनी मान्छेहरु सारा सारा माग्छन् तिमी अनी याद । गयौ त गयौ अझै के छ बाँकी यहाँ बिना सित्ती जाग्छन् तिमी अनी याद । २०६५।४।१२
------- तिम्ले भूलेको बाटो हैन म । मेटीदै नमेटीने टाटो हैन म
-------हो की हो की जस्तो लाग्छ । हा हा हा
------- अन्तत झरी त परीगो । तर तिमी............
------ आफ्ना आफ्नै झैझमेला बोकेर मान्छे कुदिराछन् शहरमा । कसैको जन्मदिन । कसैको परिक्षा । कसैको भ्रमण
-------त्यस्तो धेरै हामीहरु गर्छौ । कहिले बाध्यता हुन्छ । कहिले रहर हुन्छ । थाहा पाएको जानकारी दिदाँको पिडा भन्दा थाहा नपाएझै गरिदिएपछी खुशी भैटोपल्नेहरु धेरै छौ हामीबीच । प्रेमको कुरा गर्ने हो भने कही न कही गुमाउन नचाहने लालसा हो भने अन्य व्यवहारमा चै एउटै घटनालाइ सम्बन्ध तोडने हतियार वा मतियार किन बनाउनु भन्ने शुभ इच्छा हो जस्तो लाग्छ मलाइ । तपाइलाइ कस्तो लाग्छ कु्न्नी थाहा भएन ।
Remove------- संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा प्रशासन सुधारका प्राथमिकताहरु विषयक अन्तर्किया
Padam Gautam
तपाईं आँफै पनि बडा बन्ने खतरा छ ......
-------त्यस्तो नहोला । तर ठेकेरै भन्न त कहाँ सकिन्छ र पदम जि ।
------- अस्विकृत आगमन
मलाई फुट्टी मन नपर्ने मान्छे मेरो अगाडी आएर गफ चुटीरैछ । म उसको कुरा सुनीराछैन । तर उ सुनाइरैछ । औपचारिकता निभाउन पनी कठीन भैराछ । उसले मेरो बिगारेको त केही छैन तर मलाई उसको केही पनी मन पर्दैन । मन नपरेपछी के लाग्यो र । मलाइ उसमा मन पर्ने कुरा खोज्नु नै वाहियात हो जस्तो लाग्छ । सधै । शायद उसैगरी ।
------- उर्जाशिल गीत । हिउँ फुटे हिमनदी, जन्ता जुटे जन सागर
------- यस्तो धेरैलाइ हुन्छ होला तर भन्न चै पुरुषोत्तमले भनिदिए । हा हा हा । यो मायाको जातै तगडा ।
------ बाग्लुङ्ग । चैते दशै । रमाइलो याद । उरन्ठेउला ती दिन । साच्ची यादहरु जस्तै रमाइलो जिन्दगी भैदिए कति जाती हुन्थ्यो होला है ।चैते दशैँ मेलैमा....
हिँड माया पोखरा घुम्न जाउँ तिम्लाई पनि लाईदिउँला उतै काम धौलागिरिमा, सकेको तिराउँला नत्र फिरिमा...
------- म त हिडे पोखरा माया हिड्यो दाङ्गको बसैमा
------ हिड्दा हिड्दै रोकीएर तिम्लाई हेर्न पाइयोस । सुवास हौ तिमी मेरो सुगन्ध फेर्न पाइयोस ।
-------म भन्दा कैयौ गुना राम्रो त्यही लाग्यो अनी के गर्नु त । म भन्दा त्यै राम्रो छैन त सविना जी ?
------- हेर्नु छ
चक्रिय समय मलाई रिङ्ग्याइरहेछ एकनास । तिमी आफ्नै धुनमा ब्यस्त छौ । म आफ्नै दैनिकीमा अल्झेको छु । थाहा छैन भोलीको वर्तमान के हुन्छ तर पनी हेर्नु छ मैले तिम्रो आडम्बरी बर्तमान अनी यथार्थतामा प्रशोधित आकांक्षाहरुलाई त्यतीबेला मेरा आँखा केवल भिजेका मात्र भए पनी म ढुक्क ।...
------- रामहरु बदनाम छन् शहरमा । नामहरु गुमनाम छन् शहरमा ।July 21 at ------- साच्ची व्यस्त हुनुको मजै अलग । वाह ।
-------हो त । समय अनी मौकामा पिरती नगाँसे कहीले गाँस्ने ? तर एक हप्ताको लागी म तालिममा छु । त्यसैमा व्यस्त हुनुपरेको ५ ।
------- मैले कसैलाई सम्झनु जरुरी ठान्दीन । किनकी म कसैलाई बिर्सने प्रयास वा ध्याउन्नमा नै हुन्न ।
------- प्रयेसीको बयान - नाना पाटेकर
कैसे बताउँ में तुम्हे मेरे लिए तुम कौन हो । कैसे बताउँ । कैसे बताउँ । ए...., कैसे बताउँ मै तुझे तुम धडकनो का गीत हो । जीवनका तुम संगीत हो । तुम जिन्दगी । तुम बन्दगी । तुम रोशनी । तुम ताजगी । तुम हर खुशी । तुम प्यार हो । तुम प्रित हो । मन मित हो । आँखोमे तुम । यादोंमे तुम । सासोंमे त...
-------त्यो दिन पक्कै आउछ । भूपिले भने झै ।
------- केही कुरा
समय त्यसै कट्यो । म उस्तै पहिलेको जस्तै हुन सकिरहेको छैन । न त म बगेको हुँ । न त म अडीएकै छु । यसको शुरुवात कसले गर्यो त्यो पनी थाहा छैन साथै अन्त कसरी होला त्यो पनी थाहा छैन । उस्तै परिवेशमा अलग घटना घटीत हुने चक्र हुनेरैछ बारबार । तर पनी केही छैन । हे समय मलाई मात्रै छान्नु सधै यसै...
-------कैसे बताउँ में तुम्हे कि तु मेरे लिए क्या हो । ए कैसे बताउँ मै तुझे तुम धडकनो का गीत हो । जीवनका तुम संगीत हो । तुम जिन्दगी । तुम बन्दगी । तुम रोशनी । तुम ताजगी । तुम हर खुशी । तुम प्यार हो । तुम प्रित हो । मन मित हो । आँखोमे तुम । यादोंमे तुम । सासोंमे तुम । आहोंमे तुम । निंदोमे तुम । खाँबोमे तुम । तुम हो मेरी हरबात में । तुम हो मेरी दिन रात मे ।
-------तुम सुवह मे । तुम साम मे । तुम सोचमे । तुम काममे । मेरे लिए पाना भी तुम । मेरे लिए खोना भी तुम । मेरे लिए हसना भी तुम । मेरे लिए रोना भी तुम । और जागना सोना भी तुम । जाउँ कही । देखुँ कही । तुम हो वहाँ । तुम हो वही । कैसे बताउँ मै तुम्हे । तुम बिन तो मै कुछ भी नही । कैसे बताउँ मै तुम्है मेरे लिए तुम कौन हो ।
-------ए जो तुम्हारा रुप है । ए जिन्दगीकी धुप है । चन्दनसे तरसा है बदन । बेहेती है जिसमे ए अगन । ए सोखिया । ए मस्तीया । तुमको हवाओसे मिलि ।
------- नमिठो खानाले पेट भर्ने काम भो । क्यान्टीनमा महंगीको असर परेछ । टेण्डर राख्दाको समयमा कबुलेको
------- यि मनहरु सधै उस्तै किन रहदैनन् कुन्नी ?July 16 at 9:38am • Comment • ------- पुन स्मृर्ति
२०५२ अथवा २०५३ सालतिर होला । त्यतिबेला पानीपोखरीमा बस्ने गरेको म लखर लखर हिड्दै कमलपोखरी आँउदा राजदरवार फन्को मारेर आउँथे । त्यतीबेला राजाका पहरेदारहरु फुच्चे केटालाई जिज्ञासु नजरले हेरेक हुन्थे तर म आफु त्रसित हुदै फटाफट बाटो लाग्थे । दिनदिनै सम्मुख पर्ने उस्तै पहिरनका फरक मान्छेहरुले न त मल...
------- सबै परेशानी र चिन्ता बेचेर मुनाफा लिने दिन कहिले आउला ?
------ पत्रकार मित्रहरुलाई नया समाचार छ । सिंहदरवारभित्र चक्काजाम ।
-------तलब बृद्धि नभएको कारण सहायक स्तरका कर्मचारीहरुद्वारा ।
------- खानका लागी बाच्नेकी बाच्नका लागी खाने ?
Mahesh Sagar Khanal
तपाइँ आफुमा प्रष्ट नभएसम्म जसो गरेपनि उहि हो
Remove------- म पनी अब समयको हिसाव राख्ने मुडमा छु । समयलाई सम्पत्तीमा रुपान्तरण गर्दा कसो होला भन्ने अनुभव राख्नु पर्यो नी ।
------- सम्झीरहुँ भन्ने पटक्कै मन छैन । तर बिर्सने पो कसरी होला ?
Padam Gautam
एउटा कवि भन्थ्यो-म त बिर्सन नै बिर्सिदिन्छु, त्यस्तै भयो मलाई तिम्रो याद्को पनि याद आयो।
-------आहा क्या बात सम्झनु भो पदम सर । उनको यादको यादले त मार्छ सर । बिर्सनु सारो कठिन ।
------- म केही नबोलुँ या नकहुँ यस्तो चाहनेहरु पनी रहेछन । तर म उनीहरुको चाहना पुरा हुन कसरी दिन सक्छु ।
Padam Gautam
कुन कुरामा दृढ हो साथी? आफ्नु कि तिनिहरूको?
-------आफ्नु सुर नछोडने कुरामा ।
-------किस्ताबन्दीमा सोच्ने फ्यानहरुलाई के कित्ता छुट्याउनु हो ।
-------पहाडी मधेशी भाइ भाइ । अहिलेलाई यत्ती बुझीराखम न ।
------- बेइमान मान्छेहरु
शहरभरी बेइमान मान्छेहरु फालाफाल । इमान सबै बेच्ने मान्छेहरु मालामाल ।
------- माधवकुमार नेपाल पछीको प्रधानमन्त्री होला ?
-------तर म न त ३ ठाउँबाट हारेको छु न त लाज पचेको छु । समस्या पो पर्यो त । नभएपछी जाबो प्र म पनी हुन सकेन भनेर गिल्ला होला । फसाद पो पर्यो त ।
------- यो राजधानी अति नालायक भैसक्यो । म भन्दा पनी बढी । अब यसलाई बेच्ने सोचिरैछु । कोही छ खरिदार ??
------- मै माछी मारम की फेवातालैमा
------- स्थितीवर्णन १
म दुखी छैन । म हाँस्न सकिरहेको छैन तर चाहन्छु । भित्रैबाट । र त्यहाँ तिम्रो सान्निध्यताकै व्यापकता छ । केबल तिमी त्यसको कारक बन्न सक्छ्यौ भन्ने मेरो आशय हो । जान्ने सुन्ने तिमी हुँदाहुँदै म किन हाँस्न नसकिरहेको हुँला ख्वै ?
------ मल्लाजी बिक्रम बाबुका केही टुक्राहरु । मलाई त मन पर्यो । तपाइलाई के गर्छ कुन्नी ??गजल
(1) पंधेरिमा मलाई लुगा धुन दिन्नन आमा, मर्ने गरी कुट्छन अनि रुन दिन्नन आमा । हाम्रा बाले बनाएका हिजो तिनै देउता, आज मलाई तिनै देउता छुन दिन्नन आमा । देवकोटाका मदन बने साहू बाका छोरा, स्कूलमा मलाई मूना हुन दिन्नन आमा । भैगो अब छोड़ी दिनुस पाऊ मोल्न यिनको बैगुनीलाई ज्यान दिएनी गुन दि...
------- केही भन्नु छ?
तिम्रो धमिलो याद झनै धुमिल बन्दो छ । यसैगरी बितिरहने हो समय भने म त्यो धुमिल यादलाई कुचो लगाउन बाध्य हुनेछु । त्यतिबेला तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ । तिमिले म...
------- मेरो अव्यवस्थालाई देखेर होला कसैले सरोकार लिएको लाग्दैछ । तर कहिलेसम्म?
------- बाहीर जानुपर्ने । झरीले रोक्यो । तर पनी म खुशी छु भित्रैबाट । केबल यो टाउको केही समय भारी हुन छोडी
------ अरुहरुका जस्तै मेरा पनी थुप्रै गर्नुपर्ने कामहरु चाउचाउ जस्तै जेलिएका छन् । टुक्रा टुक्रा परेका
-------चाउचाउ साहित्य हो की ?
------- गजल
तिम्रो नामसँगै बदनाम हुन मन छ । गुमनाम हैन, खुलेआम हुन मन छ । ठानून् अरुले जे-जे निकम्मै ठानून ! मात्र तिम्रो रुचीको, काम हुन मन छ । यो आकाश धर्ती अनी प्रेममण्डलमा, पूर्णेको जून दिने, घाम हुन मन छ । प्रेमील मन हो, आनन्दको यात्रा भने, तिम्ल...
------- आज अफीस बंक । लौ जा ।
------- पुरानो निम्तो । नयाँ समय । एक नजर दिने की ।
------- ठीकै हो की । हरुवाको सरकारमा आऊ भन्नु निहुँ खोज्नु हो
------ गएँ र आँए पनी । बेकारमा काम गिथले की भन्ने लाग्यो । अर्थात आज शुरु भयो भोली बिहानै बिर्को लगाउछुँ
Gopal Giri
तपाईको कुरो सिधा जस्तो लागेन, मतलव तपाईको भनाईको तात्पर्य बुझिएन नि ...!?
-------गीरी सर मेरो कुरा अघील्लो पोष्टिङ्गसँग सम्बन्धीत छ त्यसैले होला ।
पदम सर बिज्ञापनकै सिलसिला हो । हेरौ । तपाईको मुखमा दुध र भात जाओस भन्थे अब त्यहाँको थाहा भएन ।
-------भनेको थिएँ नि बिज्ञापनमा तल्लिन छु । ललितपुर सम्म गएको ।
Remove------- बसमाया आजको रात । फेरी भेट हुदैन एक साथ । गाईको दुध बाछीले घटेम्ली । नबोलेर कलेजी कटेम्ली ।
------- हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ
Irah Adhikari
उफ़ उफ़ हिजो नपर्दा आज पर्यो फेरी उही पानी पानी
J ------- रात त्यसै बितेको पत्तै हुदैन । दिनमा कसैका लागी समय छ्ट्याउनु कठीन रहेछ । यस्तो बेला तिमी के गर्छ
------- गजल
हेरी राख एक दिन तूफान भएर आउनेछु । तिम्ले जीवन जिउने उपदान भएर आउनेछु । समय हो सधै उस्तै रहन्न देखिहाल्यौ जबर्जस्त फेरीएको राष्ट्रगान भएर आउनेछु । ढुंगा होइनौ तिमी बरोबर जान्दछु म निर्लज्ज औ नग्न जानाजान भएर आउनेछु । गोल गोल नै त छ यो दुनियाँ आखिर समयसँगै सान्दर्भ...
Anjana Aryal
tufan banera gaya ni jau upadan banera gaya pani jau tara 6ito gara hai janti jana man lagisakyo.
Padam Gautam
सोच्ने गर्छेउ मलाई सधैं सानु मान्छे,
हेर्दै गर म अब महान भएर आउनेछु ।
------- मेरो हठ
क्रमश जटील बन्दै गएर होला अरुले नबुझेकैले तिमीले बुझ्न पायौ बर्षेको थिइन यसरी कैलै अरु नरुझेकैले तिमी रुझ्न पायौ । अब अरु रहर नगरेकै बेस भो म कायर भए त्यसैले जुध्न पायौ ।
------- अबका जम्काभेटहरु के पहिले जस्तै सहज होलान त । के साथी र साथी बिचको सम्बन्धले उस्तै राग दिन सफल हो
-------निराश होइन अन्जु परिस्थितीको वर्णन हो । अब त्यसमा निराशा झल्कन्छ भने मैले के नै पो गर्न सक्छ र ।
------ स्मृती
साला बाँडुली पनी आउदैन कहीले कहीले । कमसेकम आइदीए त लाग्थ्यो नी तिमीले सम्झ्यौ ।
------- आखीर के भैरहेछ म सँग ह ?
------- बजारमा आफ्नै बिज्ञापन गरी हिड्नुको मजा पनी छुट्टै हुँदो रहेछ । हैरौ मेरो मार्केटीङ्ङ्ग कत्तिको
अमृत भान्जाभाई
अब चै केही हुन्छ जस्तो छ ।आलु प्याज कोवी किनाइ .... सस्तो तरकारी कालिमाटी को भाउ मा अ रे ।आलु प्याज कोवी किनाइ
------- म उस्तै हुन चाहन्छु जस्तो कि पहिले थिए । तर पापी समय अनि समाज केवल अगाडी बढेकै हेर्न चाहन्छ ।
------ अहो क्यू बस्ने काम कति कठीन । सुन्दछु आर्यघाटमा पनी लाइन बस्नु पर्छ अरे । कमसेकम मर्दा त सुखले मर्न पाए हुन्थ्यो नी हैन र ।
------- ओ संसाथ छोडेर जाने निष्ठुर मन, एक पटक जाउँ की नजाउँ भनी सोधिदिए मात्रै पनी त म ढुक्क हुन्थे, पर्खु
------- नबिझ्ने गरी बोल्ने कसरी होला ?
------शायद सबै सबैलाई
------- जिन्दगीमा छोड्नैपर्ने तर नसकेका कुरा कति होलान थाहै पाउन कठिन भो
Padam Gautam
त्यो थाहा पाउदा शायद हामीलाई जीवनले छाड्छ कि यार?
Shikhar Aarohanपहिलो त यो जिन्दगी नै हो छोड्दिउँ यार यो साला जिन्दगी ।
-------ताल बेताल अनि हडताल जिन्दगी ।
जाँच पडताल अनी बेहाल जिन्दगी ।
हा हा हा हा .................................
------- गर्छु भनेको काम केही पुरा भएन । अपूर्णता नै जिवन हो भने पुरा नभएको लाई पुरा गर्ने समय पनी आउछ भनेर
------- तिमी र म उस्तै पहिलेकै जस्तो नवपरिचीत हुँदा हौ त क्या मज्जा हुन्थ्यो होला है??
-------याद आएको भन्दा पनी पुनर्ताजगी मात्र अपेक्षा हो सर । नयाँ नयाँमा जती चासो र सन्तुलित व्यवहार हुन्छ क्रमश निकटता पश्चात त्यो कम हुदै जाने कुराले छोएको मात्र हो । याद आउनु र मन पर्नु त सामान्य कुरा नै भए नी सर
------- सखारै किर्तिपुरबाट शहर छिरेको चिसोको अनुभव पो भयो त । के अझै पनि काठमाडौ तातो छ त ??
Padam Gautam
काठमाडौं भित्रबाट चिसो नै छ,यहाका हरेक मान्छे चिसा बन्दैछन र यो शहर मुर्दा पोलेको रापमा न्यानो मानिरहन्छ
-------चिसा भन्दा अझ बढी कुरुप र विभत्स पो बन्दैछौ । मान्छेहरुलाई मुर्दा पोल्दै गरेको हेरी Evening Walk गर्नु यहाँक मानिसको दैनिकी बन्दैछ ।
------- तातो मौसम अनी तातो हावा म कतै तराई तिर छु भन्ने लाग्न थालिसक्यो । बाहिर हिडीसाध्य छैन ।
------- आज हतारै हतारको दिन जस्तो छ हेरौ साँझको अन्त्य कसरी हुन्छ
------- अफिसमा छिर्दै गर्दा यौटा फुल ननिमोठिरहन सकिन र ल्याएर टेबलमा सजाएको छु । अर्थात म फुल निमोठुवा.....
Shanta Dhenga
फुल टिप्यो भने पाप लाग्छ भन्ने थाहा पाएनौ कि कसो ? मैले त पढेर ल्याको कुन्नी कती हो किलसा .
-------लागे लागोस । बरु टिप्ने बेला मालीदाई नजिकै थिए, अप्ठ्यारो मानी मानी चुँडाएँ ।
Asha Sharma
ful tipera falyo bhane po paap lagla ta...ful tipera maan bata sajayo bhane sayad paap nalagla...
ful tipe paap lagcha bhanthanne ho bhane flower shop keepers and floriculturist jasle more and more flower production garera market ma lyauchan sabai uniharu ta papi nai hune bhaye ta.........
------- २०६१ सालमा बागलुंगमा रहँदाखेरी संयोजन गरेको तथा त्यहीकै दैनीक ढोरपाटनमा प्रकाशित यो गजल अचानक भाटभटेनीबाट अन्मिएकी साथीको विहेमा सम्झेपछी साथीहरुमाझ सुनाएको थिए । त्यसो त म आफ्ना लेखोटहरु धेरैजसो विर्सिएझै लाग्छ । आज लाग्यो किन शेयर नगर्ने ?
------- माओवादीको आक्रामक रणनीति क्रमश परिणाम दिने दिशामा उन्मुख होला की सत्ता कब्जाको पुर्वअभ्यासको
-------ख्वै अब त आशा गर्नु नै बेकार हो की भन्नु पर्यो । म पनि झण्डा परिवर्तन गर्नुपर्छ भन्नेमा छैन । जबसम्म दिमाग परिवर्तन हुदैन केही अर्थ छैन अरु परिवर्तनको ।
------- अब निन्द्रादेविको काखमा निदाउनुको विकल्प छैन । नत्र भोली सखारै सूर्य अङ्कलले ओछ्यानमै देखे भने
------- आजको उपती मेरो । पढ्नेकी हजुरहरु
Deepak Luitel
आग्रहलाई स्विकार्दै तिम्रै तिर सरुँ लाग्यो
मदहोसी मै लुटपुटिदै एउटा भुल गरुँ लाग्यो
Padam Gautam
Bhetne sarai mana bhaye,timi aafai aaye hunchha,
Kahile kahi ta timle pani mero tira dhaye hunchha.
-------डेरापनी खाली भा'छ हिजैमात्र मरो घरमा,
तिम्रोमा त साँघुरो छ यतै तीर आए हुन्न ?
padam~
उनको साथ मिलेपछी तिर्खा हैन नशा चढोस ।
अग्रगामी नारी उनी उनकै मुख पैले बढोस ।
Anjana~
ग्रिन सिग्नल मिलेपछी माग्न जाँदा ठिक होला,...
पैले बजारमा केही मिठो हल्ला त चलोस ।
------- केही दिनदेखी मेरो अव्यवस्था त पानी नपरेर पो हो की भन्ने भान पारिदियो आजको झरीले । दिमाग पनी ताजा र शितल भएको पो हो की कुन्नी ।
------- तयारी केही छैन तर पनी जानेछु । भोकाएको छैन तर पनी खानेछु । जीन्दगीको यही मजा मैले पनी पक्कै लिनुपर्छ ।
-------हरेक मान्छे साहित्यीक हुन्छ केवल उस्ले आफ्नो अनुभूतीलाई शब्दमा व्यक्त्त गर सक्छ कि सक्तैन भन्ने कुरामा त्यो निर्भर हुन्छ । मेरो गुँड त आजकल बागमती किनारमा छ । तिनकुने नजिक । झट्टै सार्ने मेलो पनी छैन ।
------- जताततै कन्फ्यूजन अनी फ्रस्टेशन व्याप्त भैरहेका बेला म किन उत्साहीत हुने प्रयास गुरुँ ??
------- उफ यो कुर्ने काम त्यो पनि मन्त्रीलाई !!!!1
------- मन्त्री आउने भए अरे सर्कुलिङ्ग भएको थियो तर समय पछी सर्ने रैछ की के हो कुन्नी ।
------- हिजोको रात पुरै कलेजकी सगीनीको विवाहमा सामेल हुने मेलो परेपछी साथीहरुसँग लामो समयपछी भेटघाटको
-------उषा जी को । हाम्रो ग्रपको साथी । शायद तिमी चिन्छौ होला ।
------- असार नलागेको असारमा विहानै पनि उखुम छ । झरी परिदिए कमसेकम बागमती गनाउन छोडथ्यो की !!
-------फोहोर बगाउँछ नी दिदी । म त बागमती किनारमा बस्ने मान्छे नी । मेरो चासो त्यहाँको फोहोर बग्यो भने स्वच्छ हावा खाना पाउँला भन्ने मात्रै हो । बेला बेला बागमती गनाएर गुँड नै सारौ जस्तो पार्ने गर्छ नी । त्यसैले बागमती आहत हैन रमाउँछ भन्ने पो लाग्छ त मलाई ।
------- जे बी टुहुरेलाइ साथ लिदा प्रचण्ड नाचेको हेर्न पाइएन । कसैसँग त्यसको लिक छ की ।
------- बन्दको दिनमा अफिस आएपछी फुट्टि काम हुदैन । क्या मज्जा ।
------- खयाल शुन्य भएको छु आज । केही आइरहेको छैन दिमागमा ।
~ध्यानस्थ हुँदाको जस्तो खयाल शुन्य हुन पाए पो आनन्द पदम जी । यो खयाल शुन्यता अन्योलको हो कि योगीमार्ग भन्दा विल्कुल अलग ।
------- टेलीकमले गोरखापत्रमा नाम निकालीदिएकाले आजको साँझ गजब भो । बधाई छ दौतरीलाई जो नयाँ अनुभव सँगाल्द
------- आज संघर्षको लागी भए पनी परीक्षा दिएर आए । परिणाम के हुन्छ थाहा छैन । पुरै १ घण्टासम्म गाईखाने भाषासँग रहनु कठिन कुरा हो नै ।
-------तुलनात्मक रुपमा गतीलो गरी बाँच्ने संघर्षको क्रममा दिएको परीक्षा ।
-------परीक्षा बंक गर्दा पनी मजै हुनेरैछ नी सर । कमसेकम पढनु परेन । अर्को सालका लागी गर्ने यौटा काम भए पनी कन्फर्म भो । गजबले सुत्न पाइयो । जे होस त्यो पनी अनुभव लिनुपर्ने नै रहेछ ।
------- तिल पहाड बनेपछी उनी बाटो लागीन्, मेरो खोइरो खने पछी उनी बाटो लागीन् ।
Padam Gautamबस्ने मन थियो होला बिचरीको तर
तिम्ले जाउ भनेपछि उनी बाटो लागिन।
-------आकाश छोडी धर्तीमा बसौ मात्र भनेको हुँ,
जोडको तोड परेपछि उनी बाटो लागिन ।
Padam Gautamजिन्दगीमा हासुम् भन्दै तिम्रो छेउ आइन होला,
तिम्ले आसु झार्न थालेउ,उनी बाटो लागिन् ।
-------दु:ख सुख बाँडी खाने उनकै प्रस्ताव थियो,
एक्लै खान नपाएसी, उनी बाटो लागिन् ।
Padam Gautamदु:ख जती बाडेउ होला,सुखी एक्लै भएउ होला,
त्यही पीडा भयो होला,उनी बाटो लागिन् ।
-------तेरो मेरो नभनेर हाम्रो ठानें दु:ख सुख, अबुझ बनीन् बुझ्नेबेला, अनी उनी बाटो लागीन् ।
------- कहाँ थियौ तिमी रंगमञ्च उठेपछी आयौ, समयले जवानी लुटेपछी आयौ.....................................कसैसँग यो गीत छ भने सुन्न खोजिरैछु ।
------- मिठो खाने लालसामा नमिठो खाना खानुप-यो । अब देखी सादा खाना बाहेक दही र मासु बहीस्कार सिंहदरवारभीत्र
------- आखीर एक दिन गर्नै पर्ने काम आज छोड्दैछु तर पनी लाग्नुपर्ने दु:ख लागेको छैन । ए सान्निध्य त कुन कुरा
------- कोही मेरो लागी कर्णाप्रीय गीत पठाअोस भन्ने लागीरैछ
------ यस्तो लाग्दैछ म संवेदनहीन बन्दै गैरहेको छु क्रमश
------- लास्टमा हठी गिरीजाले आफ्नो निर्णय लादीछाडे । आखीर
------- जिन्दगी ३ घन्टाको रोमान्टीक फिल्म भै दिए कति मजेदार हुन्थ्यो होला हगी ।
------- बिर्सु भन्छु तिम्रो याद झनै आउँछ किन होला................
Write a comment...Remove------- खोटाङ्ग र ताप्लेजुङ्ग मध्ये घुम्न जानको लागी कुन छान्ने होला ?
------- के यस्तो हुन सम्भव छैन त ?गच्छदार समूहद्वारा नेपाललाई दिएको समर्थन फिर्ता लिने चेतावनी
------- समयले एक टुक्रा सफा कागज दिए हुन्थ्यो नी, जहाँ मेरा आकांक्षाहरु अटेसमटेस सकुँ ।
------- लामो समयपछी आईलागेको बन्दमा धुवाँरहीत रित्तो सडकमा बत्तिएर हिड्न पाउदा संकलन भएको बोसोको केही
------ अपिसमा चिया कचहरी भैराछ सबै जनासित

गरिबी न्यूनीकरणमा सहकार्य -नागरीक दैनीक (सन्जय आचार्य)

सन् १९७० को उत्तरार्धदेखि केन्द्रीय बैंकहरूले गर्ने नियन्त्रण खुकुलो पारी विनिमय दर बजारद्वारा आफै निर्धारित हुन दिनुपर्छ भन्ने धारणा विकसित हुंदै गएको हो। औद्योगिक राष्ट्रहरू क्रमशः स्वतन्त्र विनिमय दरतर्फ लम्कँदै थिए। सन् १९९० दशकको मध्यदेखि धेरै विकसित र संक्रमणकालीन मुलुकले पूर्ण परिवर्तित विदेशी विनिमय प्रणाली नभए पनि आंशिक परिवर्त्यताको लचिलो मौद्रिक नीति अवलम्बन गर्न थालिसकेका थिए। फलस्वरूप कार्यक्षत्र विस्तारै संकुचित बन्दै गएको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्राकोष गरिबी निवारणको ठोस कार्यक्रमसहित प्रस्तुत भयो। सन् १९९९ को सेप्टेम्बर २६ मा मुद्राकोषको नीति निर्माण अन्तरिम कार्य सञ्चालन समितिले गरिबी न्यूनीकरण र आर्थिक वृद्धि कोष (पीआरजीएफ) स्थापना गर्ने निर्णय गर्‍यो। पीआरजीएफको स्थापनासँगै यसले केही व्यावहारिक पक्ष पनि समेटेको छ। प्रत्येक सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने नीति मुद्राकोष र विश्व बैंकमा बनाइने र तिनलाई जस्ताको तस्तै विकासशील राष्ट्रहरूमा लागू गर्ने परम्पराविपरीत पीआरजीएफ अन्तर्गत सदस्य राष्ट्रहरू आफैले गरिबी निवारण रणनीति पत्र (पीआरएसपी) तयार पार्नुपर्ने तर त्यसको सुधार र परिमार्जनका लागि मात्रै मुद्राकोषको पीआरजीएफबाट सहयोग प्राप्त हुने व्यवस्था गरियो।
सन् २००० देखि प्रभावकारी रूपमा कार्यान्वयन हुंदै गएको पीआरजीएफ कोषले आर्थिक गतिविधिमा गरिबहरूको व्यापक पहुँच र सहभागिताको अपेक्षा गरेको छ। गरिबी निवारणको प्रयासमा नागरिक समाजको भूमिका प्रष्ट हुनुपर्ने पनि यसको दृष्टिकोण छ। साथै यसले पीआरजीएफको कार्यान्वयनको जिम्मा र अधिकार सदस्य राष्ट्रहरूलाई नै सुम्पेको छ। यसले गरिबी निवारण र आर्थिक वृद्धि संँगसँंगै जानुपर्ने पक्षका रूपमा महत्व दिएको छ। वितरणका समस्यालाई भने त्यसपछि मात्रै सम्बोधन गर्नुपर्ने पक्षका रूपमा घुमाउरो शैलीमा संकेत गरिएको छ। यसका साथै ठूला सुधारका कार्यक्रम संचालन गर्नुपूर्व तिनको गरिबीमा पर्ने असरहरूको विश्लेषण विश्व बैंकबाट गराउनुपर्ने पक्ष पनि यसमा समावेश गरिएको छ।

संचालित विकास कार्यक्रमलाई गरिबमुखी बनाउने जिम्मेवारी विश्व बैंकलाई दायित्वका रूपमा दिइएको छ। मुद्रा कोषले आधारभूत र समष्टिगत आर्थिक पक्षहरूको लेखाजोखा गर्ने र विश्व बैंकले परियोजना स्तरमा कार्यक्रमको मूल्याङ्कन गरी बढी प्रतिफलयुक्त आर्थिक कृयाकलापमा सदस्य राष्ट्रलाई उत्प्रेरित गरी बजारोन्मुख दक्षता अभिवृद्धि गराउने गरी कार्य विभाजन गरिएको छ। यसबाट उनीहरूको परम्परागत अनुभवलाई आगामी कार्ययोजनामा पनि उही रूपले एकाकार बनाइएको छ।

पीआरजीएफ कार्यक्रमबाट वित्तीय लक्ष्यहरूलाई आफ्नै ढंगले तर्जुमा गर्न सदस्य राष्ट्रलाई थप लचकता प्राप्त भएको छ। अधिकांश विकासशील राष्ट्रको प्रमुख निर्यात कृषिजन्य उत्पादन भएकाले तिनको अन्तर्राष्ट्रिय मूल्यमा आउने गिरावटबाट समष्टिगत आर्थिक संरचनामा त असर पर्छ नै त्यसको प्रत्यक्ष असर गरिबहरूको आयमा पर्ने गर्छ। यसतर्फ कार्यक्रमले बढी सजगता अपनाएको छ।

सदस्य राष्ट्रमा दशकौंदेखि सरुवा रोगजस्तै फैलिरहेको सार्वजनिक क्षेत्रको खर्चमा जवाफदेहीको कमीलाई ठोसरूपमा सम्बोधन गर्नुपर्ने लक्ष्य पीआरजीएफले लिएको छ। उदाहरणको लागि हालै नेपाल सरकारले सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा ४० प्रतिशतभन्दा बढी सार्वजनिक खर्च बेरुजु हुने गरेको छ। स्रोत व्यवस्थापनमा विश्वसनीयताको कमीले धेरै आवधिक योजना बीचैमा तुहिने गरेका छन्। कतिपय सन्दर्भमा ऋणमोचन कार्यक्रमले लक्ष्यित समूहहरूलाई समेट्नै सकेका छैनन्।

गरिबी निवारणको सन्दर्भमा आआफ्नो उत्तरदायित्वलाई बढी प्रभावकारी बनाउने उद्देश्यले मुद्रा कोष र विश्व बैंकका जिम्मेवारीलाई थप प्रष्ट बनाइयो। मुद्रा कोषले आन्तरिक र बाह्य आर्थिक स्थामित्व कायम गरी आर्थिक बृद्धि दर उच्च बनाउने उद्देश्य प्राप्तिका लागि मुद्रास्फिति र विदेशी विनिमय दरलाई वांछित सीमाभित्र राख्न विभिन्न वित्तीय र मौद्रिक नीतिको निर्माण र कार्यान्वयनमा जोड दिंदै गयो। अर्कोतिर समष्टिगत आर्थिक परिसूचकहरूको दायराभित्र रही अधिकतम आर्थिक वृद्धिदर प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले सन् २००१ मा विश्व बैंकले गरिबी निवारण सहयोग कर्जा (पीआरएससी) को स्थापना गर्‍यो। यसले सदस्य राष्ट्रहरूको क्षेत्रगत विकास र निजीकरण प्रक्रियालाई बढाउन थाल्यो। पीआरएससी नयाँ वा नौलो स्वरूपको कर्जा प्रणाली नभईकन बदलिँदो सर्न्दभमा पुरानै संरचनात्मक सुधार कर्जाको नयाँ नाम हो। यसको स्वरूप परिवर्तन भए पनि सारमा उद्देश्य उही थियो।

नेपालमा पीआरजीएफ र पीआरएससी
नेपाल सन् २००३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको पीआरजीएफ कार्यक्रममा प्रवेश गर्‍यो। यसअन्तरगत सदस्य राष्ट्रले तीन बर्षसम्मका लागि आफूले मुद्रा कोषबाट प्राप्त गर्न सक्ने कोटाको १४० प्रतिशतसम्म सुविधाजनक ऋण पाउन सक्ने प्रावधान रहन्थ्यो। विशेष आवश्यकता परे त्यसलाई १ सय ८५ प्रतिशतसम्म बढाउन सकिन्थ्यो। आर्थिक वर्ष सन् २००३।०४ मा यस कार्यक्रममा प्रवेश गरेपछि नेपालले तीन वर्षका लागि पाउन सक्ने अधिकतम सुविधाको ७० प्रतिशत प्राप्त गर्‍यो। यस ऋण सुविधा अन्तरगत नेपालले गरिबीको कुचक्रलाई तोड्ने निश्चित कार्यशैलीहरू अवलम्बन गर्नुपर्ने, आन्तरिक द्वन्द्वलाई सुल्झाउने तर्फ ठोस उपलब्धि हुनुपर्ने, आर्थिक बृद्धि दरको फराकिलो आधार तयार पारी त्यसलाई दिगो बनाउनु पर्ने, लक्षित समूह र सामाजिक विकासका विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने र सुशासनको प्रत्याभूतिजस्ता पक्ष समावेश गरिएका थिए। त्यसैगरी, सार्वजनिक र वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तरगत केन्द्रीय बैंकलाई सुधार गर्नुपर्ने, ऋण असुलीमा स्पष्ट सुधार भएको प्रत्याभूति हुनुपर्ने, घाटामा गई बोझ भइरहेका सार्वजनिक संस्थानलाई निजीकरण गर्नुपर्ने र सुशासनको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण र विकेन्द्रीकरणको प्रयासमा ठोस उपलब्धि प्राप्त हुनुपर्ने जस्ता प्रावधान पनि थिए।
अर्कोतिर विश्व बैंकले गरिबी निवारण रणनीति पत्र कार्यान्वयनका लागि सन् २००३ को नोभेम्बरमा ७ करोड अमेरिकी डलर बराबरको पीआरएससी ऋण स्वीकृत गर्‍यो। यस सुविधाले धेरै उद्देश्य राखेको थियो। तिनमा आर्थिक बृद्धिदरलाई क्रमश बढाउँदै लैजानुपर्ने, सार्वजनिक सेवालाई चुस्त बनाउनुपर्ने, सामाजिक समावेशीकरणलाई बढावा दिनुपर्ने, प्रतिस्पर्धात्मक नीतिलाई बढीभन्दा बढी क्षेत्रमा लागू गर्नुपर्ने थिए। पीआरएससीका कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। पहिलो चरणको कार्यक्रम सन् २००३ देखि २००४ सम्म लागू गरिएको थियो भने द्वन्द्व व्यवस्थापनमा कुनै सुधारका संकेत नदेखिएकोले विश्व बंैकले दोस्रो चरणको कार्यक्रमहरूलाई अगाडि बढाउन प्रेरित गरेन।
पीआरएससीको प्रथम चरणका कार्यक्रमले केही सुधारका कार्य अगाडि बढाए। सार्वजनिक लगानीलाई बढी प्रतिफलयुक्त बनाई गरिबमुखी आर्थिक वृद्धिदर उकास्न प्रोत्साहित गर्ने, लगानी मैत्री वातावरण निर्माण गर्ने र सार्वजनिक सेवालाई सरल र सुलभ बनाउन पीआरएससी केही हदसम्म सफल देखिन्छ। साथै हाल नेपालमा फेसनका रूपमा व्याप्त समावेशीकरणको प्रारम्भ पनि पहिलो चरणको पीआरएससीबाट नै भएको हो। यसले उच्च आर्थिक वृद्धिको फराकिलो आधारका लागि लक्षित समूह कार्यक्रमको सुरुवात गरी त्यसलाई समावेशी बनाउने उद्देश्य लियो। आर्थिक उद्देश्य प्राप्तिको लागि अवलम्बन गरिएको समावेशीकरणको अवधारणा अहिले सबैजसो क्षेत्र र क्रियाकलापमा प्रवेश गरेको छ। केही क्षेत्रमा समावेशीको अवधारणा उपलब्धिमूलक देखिएको छ। उदाहरणका लागि लक्षित समूहका केटाकेटीको विद्यालय स्तरको शिक्षा, सार्वजनिक सेवाको क्षेत्रमा सीमान्तकृत वर्गको बढ्दो संलग्नता, सार्वजनिक सेवामा प्रभावकारिता, भ्रष्टाचार नियत्रणका प्रयास, केही सार्वजनिक संस्थानहरू सुधारको मार्गमा आउनुआदि। गरिबी निवारण सहयोग कर्जा कार्यक्रम (पीआरएससी)को कमजोरी चाहिँ यसमा व्यापार उदारीकरणको पक्ष प्रष्टरूपमा समावेश नहुनु हो।
लेखक न्यु एरामा अनुसन्धानरत छन्।

Wednesday, September 16

हजूरआमा

मृत्यु अर्थात मेरी हजुरआमाको जिम्मेवार । ख्याल गरिदिनु है उहाँलाइ किनकी उहाँ मेरी हजुरआमा । गतसालको दशै पो अन्तिम भयो उहाँको हातको टिकाका लागी । दहिका घेल्का । दुधका बाक्ला तर । खानामा झ्याइ झ्याइ हुने गरी उत्रने घिउ । नातिका लागी जोगाएर राखेका स्वाद...िला केरा । घरेलु भुजा । हाँसका चल्ला । बहर मात्रै जन्माउने गाइ । धेरै नौनी लाग्ने भैसी । नातिनी बुहारीलाइ भित्र्याउन आतुर पर्खाइ । यादै याद ।

Monday, September 14

एवोर्सन

उसको चाहना एक भ्रुण बनेर लगातार मेरो मस्तिस्क औ मानसपटलमा हुर्किरहेको हुँदाहुँदै मैले भ्रणको भविश्य अन्धकार देख्न थालेको छु । अब यस्तो स्थितीमा म उक्त भ्रण हत्याका लागी उसको अस्विकृत सहमती लिएर एवोर्सन गराउनुमा आफ्नो बुद्भिमानी देखेँ । तर भ्रण हत्या ...अर्थात यौटा सम्भावनाको हठात अन्त्य गराउने काम पक्कै पनी सहज छैन । मैले चाहेको एवोर्सनमा तिमी भन्दा म प्रताडीत हुने पक्का छ तर पनी म यही विकल्पलाई निर्विकल्प देख्दैछु ।

Tuesday, August 11

सुन्दर चेतना-भय र भयवाद

-Desh Subba

भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुईसह्रशताब्दी मनाउँदै छन् धमाधम । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ-हङकङ, काठमाण्डौँ र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ । यो सकारात्मक पक्ष हो । यो सबैको जीवनमा सधैँ आइपर्ने स्थायी चेतना हो । जीवन यसैको चालमा चल्दछ । यो नकारात्मक भयो भने निस्सार, अराजक, उत्श्रृंखल, अतिवादी, युद्ध बन्छ । यस अर्थमा यो एउटा भयाभय रोग हो । यस्तो रोग सबै मान्छेमा हुन्छ, प्राणीमा हुन्छ । तर अर्कोतर्फ हेर्ने हो भने सुन्दर चेतना हो । हामी सुन्दर चेतनाको कुरा गरिरहेका छौ भयवादमा । यो चेतना उर्जाशील र प्रगतिशील भनिरहेका छौँ । भयबाट निस्किने छुट्टै महापथ हो भनिरहेका छौँ ।

यसको आकाश फराकिलो छ । यो धेरै तन्काउन सकिने विषय हो । नेपाली साहित्यमा दर्शनमाथि प्रयोग विरलै पाइन्छ । भयवादले इटा थप्ने काम गरेको छ-आदिवासीमा प्रयोग गरेर । भयवादमा समालोचना, समाचार, लेख, रचनाहरू लेखिन थालिएको छ । यी प्रयाप्त छैनन् । अझै प्रशस्त पुस्तक लेखिनुपर्छ । विश्वले हजारै वर्षदेखि गरिरहेको प्रगतिमा नेपालीपन थप्नुछ । यसको ��"भरल्यापले हिजोको दृष्टिकोण, मान्यता, स्थायी र सत्यलाई नयाँ आयाम दिने छ । नेपाली साहित्यमा नयाँनयाँ प्रयोग हुन थालेको पनि निकै भैसक्यो । अझै थपिएको थपिए छन् । त्यसैले भयवादले चुप लागेर बस्ने समय छैन । विश्व भयाभय बन्दैछ -बेरोजगार, हत्या, आतङक, युद्ध, पृथ्वीको बढ्दो तापक्रम, प्राकृतिक प्रकोप, वायु प्रदुषण, वनविनाश, भोक, रोग, अनिकाल, आणविक हतियार, रेडियो विकिरण, जीव, वनस्पतिको लोप, धार्मिकयुद्ध, जातीययुद्ध जस्ता तमाम कारणले निरन्तर अगाडि बढ्दै जाने बेला छ ।

दर्शनको ग्यापबाट उठाएको वाद 'भयवाद' । जीवनलाई हेर्ने नयाँ प्रआँखा । जीवनलाई यो कुनाबाट हेर्ने सिद्धान्त बनेन कतैबाट । भयवाद भन्दछ-जीवनदेखि मृत्युसम्म वा संभावित घटनादेखि घटनासम्म भयको परिभ्रमण हुन्छ । यसैमा मान्छे खेलिरहेको हुन्छ, हाँसिरहेको हुन्छ, बाँचिरहेको हुन्छ । यो प्रगतिशील चेतना हो । चेतनाको अवस्थालाई सामान्यतया तीन किसिममा विभाजन गरेको पाउँछौँ-जागृत, सुप्त, सुषुप्त । यी तिनै अवस्थामा चेतना फरक हुन्छ र भयपनि । ती प्रत्येक प्राणीको फरकफरक चेतना हुन्छ । ज्ञान भएपछि भय हुन थाल्दछ । कसैलाई रोग लागेको थाहा नभइन्जेल भय हुँदैन । निरोगी मान्छेजस्तै खानेपिउने गर्छ । थाहा भएपछि उसलाई भय हुन थाल्दछ । सागै बस्ने, खाने, मान्छेहरू पनि रोग सर्ने डरले परपर भाग्न थाल्दछन् । भयले सबैको गतिविधि, व्यवहार, क्रियाकलाप प्रभाव पार्दछ । यस सिद्धान्तले यही कुरालाई व्याख्या गर्दछ । जीवनमा भय निरपेक्ष छ वा जीवनका नौरसहरूमा शक्तिशाली । र जगत् जीवनमा सापेक्षित छ । जीवनले नै जगत्को व्याख्या गर्दछ । यो खासगरी शून्यता, प्रकटको ग्यापबाट उठेको दर्शन हो । समयको सुक्ष्म खण्डमा नयाँ नयाँ प्रकट भैरहेको हुन्छ वा प्रकट एउटा ग्याप हो, एउटा शून्यता हो । जीवन-चेतना-ज्ञान-भय-भयवाद यो यसरी सुत्रबद्ध छ । यसैबाट निस्किने महापथमा हिँड्छौ, प्रयास गर्दछौँ हामी । यसबाट निस्किने मान्छे वा प्राणीको आ-आफ्नै नौला पथहरू हुन्छन् ।


सबै चेतनशील मान्छेलाई समान किसिमको भय हुन्छ भन्ने हुँदैन । एउटै विषयमा कसैलाई बढी त कसैलाई कम हुन्छ । मान्छेमा फरक चेतना, फरक सहने क्षमता र त्यसलाई ग्रहण गर्ने फरक क्षमता हुन्छ । सबै मान्छेलाई भय त हुन्छ नै । तर चेतना, सहनशीलता, ग्रहणीय क्षमताको कारणले फरक हुन्छ । त्यस्तै जीवन, जगत्, मृत्यु, आफन्त, सम्पत्ति, स्वर्ग, नरक सबै थाहा नभएको भए मान्छेलाई भय हुँदैनथ्यो । तर चेतनाको विकाससागै थाहा पाउँदैजान्छौँ र भयभीत हुँदै छौँ ।

भयवादमा एउटा प्रचलित शब्द प्रयोग हुँदै आएको छ । त्यो हो-प्रकट । आदिमकालबाट प्रकटलाई साधारण रूपमा प्रयोग गरिन्दै आइएको छ । भयवादमा यो बलियो छ । किनभने जीवन र जगत् प्रकटको लामो श्रृंखला हो । छेलिएको, जेलिएको, थिचिएको भागबाट निस्किने एक्जीट हो-प्रकट । चेतनशील प्राणीले समयको सानो खण्डमा देखेर, सुनेर, बुझेर, सोचेर र एउटा अवस्थाबाट अर्को अवस्थामा फडको मार्छ । जीवनमा पाना पल्टाएको जस्तो हुन्छ प्रकट । यस्ता प्रकट जीवनभरि नै भैरहेको हुन्छ । तर कतिपय उल्लेखनीय हुन्छन्, कतिपय हुँदैनन् । मान्छेले ज्ञान प्राप्त गरेको वा इनलाइटमेन्ट भएको पनि प्रकट नै । त्यसैले भयवादमा यसको ठूलो महत्व छ ।

सजिव प्राणीलाई आन्तरिक र बाहृय चारैतिरबाट भयको मण्डलले घेरेको हुन्छ । यो यति सक्रिय र प्रभावकारी हुन्छ जसरी जीवनलाई निर्देशन, नियन्यण गर्दै जान्छ । यसको प्रभावमा मान्छेको निर्णय प्रभावित हुन्छ-सानोदेखि ठूलोसम्म । एउटा संभावित घटना वा जीवन हुन्छ र मृत्यु । यस बीचमा सबैभन्दा ठूलो भूमिका भयको हुन्छ । घटना घटिसकेपछि एउटा भय समाप्त हुन्छ, अर्को तयार परेर बसिरहेको हुन्छ । त्यो पनि घटछ्, र फेरि अर्को ।

प्रकट एउटा पल्लव हो । खासगरी छेकिएको, जेलिएको ढाकिएको ठाउँहरूबाट निस्किने । जीवनमा धेरै दर्शनले बोलेर गएका छन्, बोल्दैछन् । धर्मशास्त्रले बोलेका छन् । त्यस्तै इतिहास, मनोविज्ञान, विज्ञानले बोलेको बोलेकै छन् । कसैले गहिरो प्रभाव छोडेका छन् त कसैले कमसल । कतिपय दीर्घकाल, कति अल्पकाल । भयवाद पनि समानान्तर बोल्दैछ । तर यसमा ओज, तेज, कान्ति सबै छ । जीवनको सामिप्यमा छ । कतिले सहजै स्वीकारिरहेका छन् । कतिले असजिलो तरीकाले । जीवनमा यो सर्वयाप्त छ । यसलाई सम्हाल्न सके जीवन सहज बन्दछ । जब एउटा रेखा अर्को रेखामा ओभरल्याप गर्छ निश्चितै त्यहाँ गहिरो प्रभाव पार्दछ ।

यो शक्तिशाली छ । यो प्रगतिशील, उर्जाशील, घनात्मक सुन्दर चेतना । यो हिजो थियो, आज छ, भोलि पनि हुनेछ । तर हिजो यो कतै छेलिएर मार्जिनल थियो । अहिले समानान्तरमा छ । हिजो भयको महत्व अन्तै थियो सिमान्तमा । आज समानान्तरमा । यो सुकरात, प्लेटो, एरिसटोटल, कान्ट, निचे, सास्त्रे, माक्र्स, फ्राइड सबैबाट आएको छ । मनोविज्ञान, नृतत्व शास्त्र, इतिहास, दर्शन शास्त्र, धर्मशास्त्रले बोलेको कुरा आएको छ यसमा । अहंमता, इष्र्या, घृणा, क्रोध, षडयन्त्र, लोभ, अस्तित्व सबैबाट । रूढिवादी, अन्धविस्वास, धर्म, रीतिरिवाज, सबैमा । यो जीवनको भित्री सौन्दर्य हो । यतिको व्यापक जीवनलाई समेट्ने अरु वाद छैन जगतमा । यो एउटा मानवीय जीवनको सर्वव्यापी विचार हो । यसले सम्पूर्ण जीवको, वनस्पतिको र प्रकृतिको चाल हेर्दछ-एककोषिय जीवदेखि बहुकोषिय जीवसम्म, महाशक्ति राष्ट्रदेखि शक्तिहीन राष्ट्रसम्म । युद्ध, अहमता, अस्तित्व सबैमा भय खोज्ने समय भयो । दृष्टिकोणहरूको अनकन्टार जंगलमा थपिएको एउटा सुन्दर प्रजाति ।

यो कला, साहित्य, दर्शन, समालोचना सबैतिरबाट उठिरहेको छ । यो एउटा प्रयोग । धर्म, दर्शन, मनोविज्ञान, विज्ञानबाट लिइएको । नेपाली साहित्य र विचारमा यसको विमर्श निरन्तर छ । अझै प्रशस्त हुन बाँकी छ । यो विश्वको लागि नेपाली उपहार मान्नु हुन्छ डा. टंक न्यौपाने । यो विश्व रंगमञ्चमा कला देखाउने नेपाली उर्जा । दिनदिनै यसको ख्याति बढिरहेको छ । डब्लुडब्लुडब्लु डट फियरिज्म डट ब्लकस्पट डट कम यसको सूचना केन्द्र हो । यो भयवादको केन्द्रीय पुस्तकालय । यसलाई दिनहु जस्तो डायास्पोरा र नेपालका थुप्रै पाठक, श्रोताले हेरिरहेका छन् । डायास्पोराबाट सञ्चालित वेव पत्रिकाहरूले उच्च महत्व दिएर प्रकाशन गरिरहेका छन् ।

यो हङकङबाट उठेको एउटा आन्दोलन । डायास्पोराको एउटा प्रतिष्ठा । गरिरहेको आविष्कारको बोधार्थ । अब यसलाई अन्तराष्ट्रिय जगतमा लाने सुसमय भएको छ । हजारौ वर्षदेखि दौडिरहेका भुसतिघ्रेहरूलाई मैदानमा आएको खबर दिने बेला भएको छ । यसलाई विभिन्न समूह, ट्रष्ट बनाएर अगाडि बढाउन सकिन्छ । यसले नेपाली गौरव मात्रै दिदैन, जीवनलाई आवश्यकतानुसारको सेवा दिन्छ । यो विचार, साहित्य हुँदै कलामा, भौतिक विज्ञानमा, चिकित्सा विज्ञानमा आउनुछ । भाषालिपि, धर्मसास्कार, इतिहास सबैतिर आउनुछ । प्रतिपल मान्छेसित भएको चेतना । हामीले यसलाई सबैतिरबाट देख्नुछ । यो सबैभन्दा बढी युद्धले विक्षत् नेपाललाई थाहा छ, भोकले निलिरहेको इथोपियालाई थाहा छ । भयवाद त्यही खोजिरहेको छ यसबेला ।

Sunday, July 19

नानाको तरिका उनको बयान गर्ने ।

कैसे बताउँ में तुम्हे मेरे लिए तुम कौन हो ।
कैसे बताउँ । कैसे बताउँ ।
ए...., कैसे बताउँ मै तुझे तुम धडकनो का गीत हो ।
जीवनका तुम संगीत हो ।
तुम जिन्दगी । तुम बन्दगी । तुम रोशनी । तुम ताजगी । तुम हर खुशी । तुम प्यार हो । तुम प्रित हो । मन मित हो ।
आँखोमे तुम । यादोंमे तुम । सासोंमे तुम । आहोंमे तुम । निंदोमे तुम । खाँबोमे तुम ।
तुम हो मेरी हरबात में । तुम हो मेरी दिन रात मे ।
तुम सुवह मे । तुम साम मे । तुम सोचमे । तुम काममे ।
मेरे लिए पाना भी तुम । मेरे लिए खोना भी तुम ।
मेरे लिए हसना भी तुम । मेरे लिए रोना भी तुम ।
और जागना सोना भी तुम ।
जाउँ कही । देखुँ कही । तुम हो वहाँ । तुम हो वही ।
कैसे बताउँ मै तुम्हे । तुम बिन तो मै कुछ भी नही ।
कैसे बताउँ मै तुम्है मेरे लिए तुम कौन हो ।

ए जो तुम्हारा रुप है ।
ए जिन्दगीकी धुप है ।
चन्दनसे तरसा है बदन । बेहेती है जिसमे ए अगन ।
ए सोखिया । ए मस्तीया । तुमको हवाओसे मिलि ।
जुल्फे घटाओ से मिली ।
हाठोमे कलिया खिलगयी । आखोंको झिले मिलगयी ।
वाह । चेहेरे मे सिमटी चाँदनी । आवाज मे है रागनी । शिशे का जैसा अंग है । फुलो के जैसा रंग है । नदौओ कि जेसी चाल है ।
क्या हुस्न है । क्या हाल है ।

ए जिस्मकी रंगीनिया । जैसे हजरोऔ तितलिया ।
बाहों की ए गोलाइया । आँचलमे ए परछाँयीया ।
ए नगरिया है ख्वाबकी । कैसे बताउँ मै तुम्हे हालत दिले बेताव की ।
कैसे बताउँ मै तुम्है मेरे लिए तुम कौन हो ।
कैसे बताउँ मै तुम्है मेरे लिए तुम धर्म हो । मेरे लिय इमान हो । तुम्ही इवादत हो मेरी ।
तुम्ही तो चाहत हो मेरी ।
तुम्ही मेरा अरमान हो ।
तखता हु जिसे तुम्ही तो मेरी तस्वीर हो । तुम्ही मेरा तकदिर हो । तुम्ही सितारा हो मेरा । तुम्ही नजारा हो मेरा ।
यु ध्यान मे मेरे हो तुम । जैसे मुझे घेरे हो तुम । पुरा पुर्व पश्चिम मे तुम । उतर दख्खिन मे तुम ।
सारे मेरे जिवनमे तुम । हर पल मे तुम । हर छिन मे तुम ।
मेरे लिए रस्ता भी तुम । मेरे लिए साहिल भी तुम । मे देखता बस तुमको हु। मै सोचता बस तुमको हु ।
मै जानता बस तुमको हु । मै मानता बस तुमको हु । तुम्ही मेरी पहिचान हो ।
कैसे बताउँ मै तुम्हे । देवो हो तुम मेरे लिए । मेरे लिए भगवान हो ।
कैसे बताउँ मे तुम्हे । मेरे लिए तुम कौन हो ।
कैसे बताउँ । कैसे बताउँ ...............

Tuesday, July 7

यो शहर विक्रीमा छ

"यो राजधानी अति नालायक भैसक्यो । म भन्दा पनी बढी । अब यसलाई बेच्ने सोचिरैछु । कोही छ खरिदार ??"

Facebook | Home

पिउन हैन आशु पुछ्न सिक ।
सम्झ ठीक नसम्झ बेठीक ।

उनीमाथी रहेका सबै शंका
जादुगरले झै दिलबाट झिक ।"

Monday, July 6

केही भन्नु छ की ?

केही भन्नु छ?

तिम्रो धमिलो याद
झनै धुमिल बन्दो छ ।
यसैगरी
बितिरहने हो समय भने

त्यो धुमिल यादलाई
कुचो लगाउन बाध्य हुनेछु ।
त्यतिबेला
तिमीले मलाई औला ठडयाउन पाउनेछैनौ ।
तिमिले मलाई दावी गर्न पाउनेछैनौ ।
किनकि
मेरो अस्तित्व
तिम्रो याद लैजाने
त्यही कुचोसँगै
बढारिनेछ ।
यसबारे तिम्रो केही भन्नु छ की ?

Facebook | Your Notes

म दुखी छैन । म हाँस्न सकिरहेको छैन तर चाहन्छु । भित्रैबाट । र त्यहाँ तिम्रो सान्निध्यताकै व्यापकता छ । केबल तिमी त्यसको कारक बन्न सक्छ्यौ भन्ने मेरो आशय हो । जान्ने सुन्ने तिमी हुँदाहुँदै म किन हाँस्न नसकिरहेको हुँला ख्वै ?

Facebook | Sannidhya Sapkota

"हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ भने ठट्टा होला ।"

गजल

गजल

Facebook | Your Notes

"क्रमश जटील बन्दै गएर होला
अरुले नबुझेकैले तिमीले बुझ्न पायौ
बर्षेको थिइन यसरी कैलै
अरु नरुझेकैले तिमी रुझ्न पायौ ।
अब अरु रहर नगरेकै बेस भो
म कायर भए त्यसैले जुध्न पायौ ।"

Facebook | Sannidhya Sapkota

"रात त्यसै बितेको पत्तै हुदैन । दिनमा कसैका लागी समय छ्ट्याउनु कठीन रहेछ । यस्तो बेला तिमी के गर्छौ ?"

Facebook | Sannidhya Sapkota

"हिजो पनी काम पुरा हुन दिएन पानीले आजपनी अहिल्यै बर्सिसक्यो । असारमा पानी परेर हैरान पार्यो भनुँ भने ठट्टा होला ।"

Facebook | Sannidhya Sapkota

"बसमाया आजको रात । फेरी भेट हुदैन एक साथ । गाईको दुध बाछीले घटेम्ली । नबोलेर कलेजी कटेम्ली । बारीमा फलेको साग । आज भेट भयौ नी का बाँट । बसमाया आजको रात..............."

Facebook | Sannidhya Sapkota

"गएँ र आँए पनी । बेकारमा काम गिथले की भन्ने लाग्यो । अर्थात आज शुरु भयो भोली बिहानै बिर्को लगाउछुँ पक्कै ।"

Facebook | Sannidhya Sapkota

"अरुहरुका जस्तै मेरा पनी थुप्रै गर्नुपर्ने कामहरु चाउचाउ जस्तै जेलिएका छन् । टुक्रा टुक्रा परेको चाउचाउ कसैको रोजाइमा नपर्ने रहेछ । जबकी चाउचाउ नतोडीकन नटुक्रायाइकन खाने मान्छे ऐलेसम्म भेटिएका छैनन् ।"

Facebook | Sannidhya Sapkota

मेरो अव्यवस्थालाई देखेर होला कसैले सरोकार लिएको लाग्दैछ । तर कहिलेसम्म?"

Friday, July 3

गजल

हेरी राख एक दिन तूफान भएर आउनेछु ।
तिम्ले जीवन जिउने उपदान भएर आउनेछु ।

समय हो सधै उस्तै रहन्न देखिहाल्यौ
जबर्जस्त फेरीएको राष्ट्रगान भएर आउनेछु ।

ढुंगा होइनौ तिमी बरोबर जान्दछु म
निर्लज्ज औ नग्न जानाजान भएर आउनेछु ।

गोल गोल नै त छ यो दुनियाँ आखिर
समयसँगै सान्दर्भको उठान भएर आउनेछु ।

यादै यादले सताउँदा नी पुगेनछ भने
निद हराम गर्ने परेशान भएर आउनेछु ।

रोक्ने हरेक प्रयास गर सके जती गर
बेनाम त्यो यौवनको पहिचान भएर आउनेछु ।

हजार बार भएपनी केरकार तिम्रोबारे
जित्छौ भने झुठो बयान भएर आउनेछु ।

तन भन्दा मन ठूलो भन्छन जान्नेहरु
याद सारा समेटेर जवान भएर आउनेछु ।

नजानेका बिग्रिएका सुत्रहरु जानिसके
पुरै हिसाव चट्ट मिलान भएर आउनेछु ।

च्याती च्याती हेरुन हेर्ने आँखाहरु सबै
ढाक्नै नसक्ने खुला मैदान भएर आउनेछु ।

ए सारा बैरी हो पुर्व सूचना छ तिमिलाई
झस्काउने नौलो मनोविज्ञान भएर आउनेछु ।

-सान्निध्य
२०६६।३।१६
मंगलबार