Sunday, September 9

स्थिति चित्र १

दिदिभाई र बाबुआमा
-----
कपास कि ढुँगा?
गंगा कि जल?
आगो कि कमल?
आफन्त कि आफु?

कैफियत कहाँ छ ?

भैगो नदुँख ए मन,
मनलाग्दी गर्न सबै मनले पाउनुपर्छ ।
कठोर या नरम जे सुकै
मन हो यार दुख्छ बेला बेला ।
याद आओस् नआओस्

उलट पुलट चल्छ ।
तदाम्यता भत्कन्छ ।
सन्त्रास र भय फैलन्छ ।
‌‌‌औडाहा आईलाग्छ । जान मन गर्दैन ।
लागिरहन्छ .............
छताछुल्ल असरल्ल हुन पाउँ ।

भरोसा कसको गर्ने?
कसको वचन राख्ने?
कसलाई कहेर मन माझ्ने?
विहान आशिर्वाद दिउँसो बकवास साँझ रुवावास !
रुनका लागि आँशु चाहिदैनन् प्यारे
हाँस्नका लागि शब्द चाहिदैनन् बरै ।

यौटा आमन्त्रित कुनैबेला अबको धरोहर बन्छ ।
भाई भाई दिदि भाई बिचको निकट्ता नै त हो
सत्य ओकल्न सक्छ ।
कटु बोल्न सक्छ ।
तितो पोख्न सक्छ ।
यति खुलस्त प्रशस्त छैन ।
अब खुलेका पाटालाई फुलले ढाक्नुको विकल्प छैन ।
कि हाँसेर । कि छुट्न थालेका बोली मासेर ।

अस्त्तित्वका दुई कारक अनेक कारणले भ्रमित छन् ।
अहँम र वेफ्वाँकको रवाफ र फुईमा सवार छन् ।
आफ्नै वरपर कोरिएका सीमाबाट घेरिएका छन् ।
ती जंजाल समेल्न र भंगाला पुर्न असफल सन्तानले
न आमाको मुख हेर्ने दिनको आनन्द लिन सक्छ ।
न बाबुको मुख हेर्ने दिनमा आँट बटुल्न सक्छ ।
न भाईटिकाका दिनको ममता लुट्न सक्छ ।

अन्तत :
यो लेनदेनको कुरा हो ।
यो आफ्नै हुण्डरीको पराकाष्ठा हो ।
आफैमा रमाउनुको विकल्प नदेखेपछी
हिँड्नुपर्ने त त्यस्तै बाटो हो ।
म त्यस्तै असजिला बाटोलाई
सहज बनाउन खटिएको छु ।

अस्तु
#ॐ कारेश्वर मार्ग, शान्तिनगर, काठमाडौ ।
२०७५।४।२४ रातको १०:३१

No comments:

Post a Comment