Tuesday, November 20

भ्याट छुट मैले नै सुरु गरेको हुँ, यो ठीक छ: डा. महत

  • सरकारले बजेट बनाउने बेलामा आवश्यक सरसल्लाह लिन राजस्व परामर्श समिति गठन गर्छ । समितिले राजस्व संकलन, कुन वस्तुमा कति कर, कुन वस्तुमा के कति छुट लगायतका विषयमा परामर्श दिन्छ । कपडा उद्योगलाई परामर्श समितिकै सिफारिसमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने निर्णय गरिएको हो ।
  • स्वदेशी उद्योगीलाई विदेश उत्पादनसँग प्रतिस्पर्धा गर्न सजिलोहोस् भनेर कच्चा पदार्थ आयातमा पनि छुट दिने निर्णय भएको थियो । सुती कपडाको कच्चा पदार्थमा १०० प्रतिशत र पोलिस्टर लगायतका अन्य कपडाको कच्चा पदार्थमा ७०–७५ प्रतिशत भ्याट छुट दिने व्यवस्था गरिएको थियो ।
  • धरासायी अवस्थाका उद्योगहरुलाई सशक्त बनाउने उद्धेश्यले भ्याट छुट दिने निर्णय गरिएको हो । अन्य उपाय भन्दा भ्याट छुटको व्यवस्था सरल र सहज छ । यो निर्णयको सकारात्मक प्रभाव देखिन थालेको पनि थियो ।
  • कर संकलनका विभिन्न प्रणाली छन्, तीमध्ये भ्याट एउटा हो । भ्याटमा सबैलाई एउटै दर लागु हुन्छ । हाम्रोमा १३ प्रतिशत भ्याट संकलन गरिन्छ ।
  • राज्यले संरक्षण गर्नुपर्ने कतिपय वस्तु वा सेवालाई भने भ्याट छुट दिने गरिन्छ । पहिले सरकारले कानून बनाएर लागु गरेको यो व्यवस्थालाई गैरकानूनी भन्नु गलत हो ।

No comments:

Post a Comment