Wednesday, December 9

आन्दोलन, नारीवाद र संशय-उषा थपलिया

  • नारीवादी आन्दोलनलाई हेर्ने दृष्टिकोण नारीबीचमै समेत एकसमान नभएको यसको इतिहास र वर्तमानले प्रस्ट पार्छ।
  • नारीवाद, राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा अगाडि सारिएको एक विचारधारा हो, जसले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यक्तिगत तहमा रहेको लैंगिक विभेद अन्त्य गर्दै विश्वव्यापी रूपमा लैंगिक समतामूलक समाज स्थापना गर्ने लक्ष्य बोकेको छ। 
  • अठारौं शताब्दीमा नारीवादी अवधारणा सुरु हुनुअघि युरोप अमेरिकामा समेत महिलाको स्थिति राम्रो थिएन। उनीहरू घरायसी कामकाज र पुरुषका सहायकका रूपमा मात्र चिनिन्थे। सन् १७८९-१७९० को फ्रान्सेली राज्यक्रान्ति र सन् १९८३ मै सम्पन्न अमेरिकी क्रान्तिले अमेरिका र युरोपेली मुलुकमा प्रजातान्त्रिक अधिकार र स्वतन्त्रता हासिल गरायो । 
  • लैंगिक समानता स्थापनाका लागि संयुक्त राष्ट्रसंघको प्रयास पनि उल्लेखनीय छ। राष्ट्रसंघले सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेर ‘सबै मानव स्वतन्त्र जन्मन्छन्, अधिकार र मर्यादाको हिसाबले सबै समान छन्’ भन्ने उद्घोष गर्‍यो। सदस्य देशका लागि बाध्यकारी बनाउन घोषणापत्रकै प्रावधानलाई समावेश गरेर सन् १९६६ मा नागरिक तथा राजनीतिक अधिकार अनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक दुई अनुबन्ध ल्याइए।
  • विश्वस्तरमा लैंगिक समानता कायम गर्न सन् १९७९ मा राष्ट्रसंघले ‘महिलाविरुद्धका सबै प्रकारका भेदभावविरुद्धको महासन्धि’ पारित गरेर सदस्य देशहरूलाई लैंगिक समता स्थापना गर्न निर्देश गर्‍यो।
  • जातन्त्र र मानवअधिकारको दुहाइ दिने अमेरिकाजस्तो समृद्ध देशले अत्यन्तै बहिस्करणमा परेको अश्वेत समुदायका व्यक्तिलाई स्वीकारिसक्दासमेत महिलालाई राष्ट्रपतिमा स्वीकार्न सकेको छैन।
  • नारीवादी आन्दोलन अघि बढ्ने क्रममा उग्र–नारीवाद (र्‍याडिकल फेमिनिज्म) ले पुरुषको अस्तित्व नै नस्वीकार्ने र महिलाको मात्रै एकाधिकार चाहने मान्यताको उग्र नारीवादले विश्वस्तरमा तरंग ल्याएपनि नारीवादी आन्दोलनको खास लक्ष्यलाई त्यसले आत्मसात गर्दैन। यो किन पनि मूल प्रवाहको नारीवादभन्दा भिन्न छ भने यसले सबै पुरुषप्रति घृणाभाव जगाउँछ जबकि नारीवादी आन्दोलनलाई यस चरणसम्म पुर्‍याउन प्रो–फेमिनिस्ट (नारीवादको सक्रिय समर्थन गर्ने पुरुष) को पनि महत्त्वपूर्ण भूमिका छ। 
  • नारीवादले लैंगिक समतामूलक समाजको मात्र वकालत गर्छ न कि महिलाद्वारा पुरुषप्रताडित हुने युगको सुरुवात। 
  • नारीवाद भनेको पुरुषलाई परास्त गर्ने आन्दोलन हैन, पुरुषकै समकक्षमा पुगेर साथसाथ अघि बढ्ने स्वाभाविक अभियानतर्फको यात्रा हो।
  • महिलामात्रैको अधिनायकत्व स्थापित हुने भनेर बुझिने नारीवाद शब्द परिमार्जन गरेर लैंगिक समानताको पक्षपोषण गर्ने अर्को कुनै शब्द चयन गरिनुपर्छ। 
  • http://annapurnapost.com/news/171204

No comments:

Post a Comment