- सुनिएका विषयमा दुई-चार थप कुरा एकले अर्कालाई सुनाउँदा सुनाउँदै थपिँदै जाने मानवीय तथा मनोवैज्ञानिक स्वभाव नै हो ।
- प्राचीनकालमा लिखित न्याय नहुँदा धर्म, परम्परा, प्रथाहरू, मनुस्मृति तथा मानिआएको रीति-रिवाज, चलनका आधारमा भेदभाव नगरी न्याय निःसृत गर्नुलाई सम्भवतः आदर्श शासन मानिन्थ्यो होला ।
- आधुनिक युगमा विधिको शासन हुन विद्वान्हरूले फरक मापदण्ड निर्धारण गरेको पाइन्छ । कानुनको सर्वोच्चता, कानुनको समानता, कानुनप्रति उत्तरदायित्व, कानुनको प्रयोगमा स्वच्छता, शक्ति पृथकीरणको सिद्धान्तको प्रयोग, राज्यका विविध निर्णयहरूमा जनसहभागिता, कानुनी सुनिश्चिता, स्वेच्छाचारी प्रवृत्ति त्याग्नु, कार्यविधि र कानुनको प्रयोगमा पारदर्शिता आदि ।
- कुनै पनि संविधानले मुलुकमा राम्रो काम गर्न कहिल्यै बाधा गर्दैन ।
- दलीय नेताहरूबीच शासन र प्रशासनका सवालमा आपसी सरसल्लाह र राय लिने प्रचलन जहीँ-तहीँ हुन्छ ।यो संविधान निम्ति मुलुकको ढुकुटी, नागरिकको मानसिक तथा सबै कुराको प्रत्यक्ष लगानी छ । आधुनिक युगमा संविधान संविधानवादअनुरूप नै निर्मित भएका हुन्छन् । तथापि संविधानले नै शासन चलाउने मार्गप्रशस्त गरेको हुन्छ । एउटा शासकले आधुनिक युगमा सरकारको तीन अङ्गबीच शक्तिको सन्तुलन कायम राख्नैपर्छ । आफूलाई लाभ दिलाउने क्षणिक उद्देश्यबाट त्यो सन्तुलनमाथि हस्तक्षेप गर्न कुनै हालतमा मिल्दैन ।
https://ekagaj.com/article/thought/15580
No comments:
Post a Comment