धेरै शिक्षित मानिसहरु आफैँ
काम गर्दैनन र आफुले गर्नुपर्ने काम अरुले गरिदिओस् भन्ने चाहन्छन् । बहुसंख्यक
शिक्षितहरु यहि भावना राख्छ्न, त्यसैले उनीहरुबाट काम हुँदैन । तर तिनै मानिस आफूले गर्नुपर्ने काम अरुले
नगरिदिएकोमा उनिहरुको आलोचना गर्न पछि पर्दैनन् । यसको परिणाम के हुन्छ भने हरेक
व्यक्ति एकअर्काको आलोचना गर्दछन् । तर आफैले गर्नुपर्ने कर्तव्य पालना नगरेकोमा
भने उसले ग्लानीबोध गर्दैन ।
-डोरबहादुर बिस्ट , भाग्यवाद र विकास
No comments:
Post a Comment