- युरोपको सामाजिक जनजीवनमा चौधौँ र पन्ध्रौँ शताब्दीमा भएको परिवर्तनलाई पुनर्जागरण भनिन्छ । इटालीबाट सुरु भएको पुनर्जागरणले युरोपको साहित्य, सभ्यता, कला, राजनीति र प्रशासनमा आमूल परिवर्तन ल्यायो । इटालीबाट सुरु भएको पुनर्जागरणको फलस्वरूप युरोप सोच, खोज र प्राप्तिको उत्कर्षमा पुग्यो । युरोप सोच र खोजमा रहँदा हामी भोग र मोजमा थियौँ । त्यसैले अहिले युरोप विकास, सन्तुष्टि र सभ्यताको उत्कर्षमा छ । हामी विवाद, द्वन्द्व र असमझदारीमा रुमल्लिइरहेका छौँ ।
- प्रशासनको परिवर्तनको अभावमा नाममा फेरबदल देखिए पनि नागरिक सेवा, विकास र परिवर्तनको आकांक्षा सम्बोधन हुन सकेन ।
- नीतिमा पुनर्जागरण : व्यवहार सञ्चालनको गाइडलाइन नीति हो । नीतिले नेतृत्वलाई दिशानिर्देश गर्छ । त्यसैले नीति व्यापक, परिवर्तनशील, समस्या सम्बोधन गर्ने र आवश्यकतालाई परिपूर्ति गर्ने खालको हुनुपर्छ ।
- सार्वजनिक प्रशासन सञ्चालनका लागि ल्याइएका सुशासन, सूचनाको हक र निजामती सेवा ऐनजस्ता नीति सेवाग्राहीमैत्री भएनन् । निजामती सेवा ऐन त कर्मचारीको सेवा सर्तसम्बन्धी दस्ताबेज मात्र बन्यो । यसलाई यतिसम्म पंगु बनाइयो कि सेवा, सर्त र समूह व्यक्तिगत स्वार्थका लागि परिवर्तन गरिए । कार्यविधि सरल र सेवाग्राहीमैत्रीभन्दा कर्मचारीको स्वार्थमैत्री भए । सरोकारवाला सेवाग्राहीको सहभागिताविना बनाइएका त्यस्ता कार्यविधिले सेवाप्रवाहलाई सरल होइन, झन्झटिला बनाए ।
- प्रशासन रीति, थिति, विधि र पद्धतिअनुसार चल्नुपर्छ । यसो भन्दैमा परम्परागत सोच, शैली र व्यवहारलाई बोकिराख्नुपर्दैन । प्रशासन थितिमुखी भयो, नतिजामुखी भएन । त्यसैले प्रशासनमा रोल मोडल संस्कारको विकास, सामाजिक अन्तर्घुलन र नागरिकको नजिकको सहयोगी स्वरूप देखिएन । यसका लागि व्यावहारिक रूपान्तरणसहितको पुनर्जागरण आजको आवश्यकता हो ।
- परम्परागत फाइल प्रणाली, बहुतहगत टिप्पणी प्रथा, नवीनतालाई नकार्ने सोच र यथास्थितिमै रमाउने स्वभावले नयाँ थिति बस्न सकेन । यसको सुरुवात अरू कसैबाट हुने नभई यसभित्रैबाट आउनुपर्छ । सीमित राजनीतिज्ञबाहेक सबैको चिन्ता कर्मचारीतन्त्रले सिध्यायो, सुधारेन भन्ने नै छ ।
- प्रशासनिक समायोजन र निजामती सेवाको पुनर्संरचना यसको गतिलो अवसर हो । यही वेलामा थिति बसाउन सकियो भने सधैँ गाली गर्नुको साटो यसको परखबाट फाइदा लिन सकिन्छ । देशको कायापलट हुन्छ, सधैँ राजनीति असफल हुने जोखिम अन्त्य हुन्छ । प्रशासन नागरिकको नजरमा सहयोगी ठहर्छ । सेवाग्राहीको विश्वास बढ्छ र व्यवहारमा नेपालको रूपान्तरण सम्भव हुन्छ ।
व्यक्तिमा पुनर्जागरण
- शासनको चलायमान संयन्त्र व्यक्ति हो । जीवन्त र सिर्जनशील अंग भएकाले जनशक्तिको प्रभावकारिताविना शासन, सरकार र प्रशासनमा परिवर्तन आउँदैन । न्यूनतम पारिश्रमिक, अवैज्ञानिक सरुवाबढुवा र ‘हाम्रो मान्छे, राम्रो मान्छे’ प्रवृत्तिले नेपालको प्रशासन आफैँमा समस्याको वाहक बनेको छ । यसका अलावा परम्परागत सोच र क्षमता भएका जनशक्ति नेपालको सार्वजनिक प्रशासनको आधारभूत समस्या हो । प्रशासन अधिकारको भोक बोकेर हिँडेको छ ।
- सिर्जनशीलताको खडेरी छ । परिवर्तन चाहने, खोज्ने, अभ्यास गर्ने र वकालत गर्नेहरूलाई निसाना बनाइन्छ र रिसइबी साँधिन्छ । युवाको हस्तक्षेपकारी भूमिकाविना नेपालको सार्वजनिक प्रशासनमा रूपान्तरण मुस्किल छ । यद्यपि, सार्वजनिक प्रशासनमा बुढाहरूकै रजगज चलेकै छ । न सिकाइ छ न क्षमता छ, न अठोट छ न देशभक्ति छ । तैपनि बुढाहरूले प्रशासन ओगटेर बसेका छन् ।
- पदीय विज्ञको बाहुल्य छ । नयाँबाट सिक्ने आँट छैन, कसरी हुन्छ परिवर्तन ? त्यसैले पनि अबको नेपालको सार्वजनिक प्रशासनलाई युवामुखी, नवीनतामुखी र सेवाग्राहीमैत्री बनाउन ५० कटेका बुढालाई सल्लाहकारको भूमिकामा सीमित गर्दै युवाको हस्तक्षेपकारी भूमिका बढाउनु आजको आवश्यकता हो । सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न सके साँच्चै नै नेपालको कर्मचारीतन्त्रमा सुधार ल्याउन सकिन्छ ।
व्यवहारमा पुनर्जागरण
- नतिजाको बेवास्ता गर्दै प्रक्रियाको अवलम्बन भइरहेको नेपालको प्रशासनबाट परिवर्तन असम्भव छ । मसिना कुरामा अल्झिने र महत्वपूर्ण विषयवस्तुबाट पन्छिने चरित्रले परिवर्तन सम्भव छैन । परम्परा र पुरातन सोचलाई कायम गरेर सुधार हुँदैन ।
- प्रशासनका पत्रव्यवहार, टिप्पणी र प्रस्तावमा पुरातन भाषा, शैली, सोच र व्यवहार फेरिएनन् । अबको पुस्ताले त्यसमा परिवर्तन दिनुपर्छ । टिप्पणी जति सक्यो लामो लेख्नुपर्छ । ता कि भोलि नियमनकारी निकायलाई झुक्याउन सकियोस् भन्ने सोचले लेखाइ मात्र होइन, सेवा प्रवाहसमेत कुरूप हुन्छ । सोचअनुसारको शैली, शैलीअनुसारको काम हुने भएकाले पद्धतिलाई नवीन बनाउनुपर्छ । अन्यथा, सरकारी निकायमा ‘बोली चुस्त, काम सुस्त र कागज दुरुस्त बनाउनुपर्छ’ भन्ने पुरातन सोचाइले नवीन गन्तव्य भेटिँदैन ।
अब कता ?
http://www.nayapatrikadaily.com/2018/11/04/111419/
- ‘तैँ रानी मै रानी को भर्ला कुवाको पानी’ भनेर समस्याको निकास निस्किँदैन । यसका लागि प्रत्येकले जिम्मेवारी लिनैपर्छ । सुझाब दिन सिपालु, कार्यान्वयन गर्न अल्छी नेपालीको जन्मजात विशेषता बनेको छ ।
- तल्लो तह इमानदार भइदिने, माथिल्लो तहले कुशल नेतृत्व लिने र मध्यम तहले राम्रो समन्वय गर्ने हो भने समस्या जरैदेखि उखेलिनेछ । एकपटकको सुधार सधैँका लागि हुनेछ ।
http://www.nayapatrikadaily.com/2018/11/04/111419/
No comments:
Post a Comment