अबको भविष्य आर्थिक परिवर्तनको - सिमाेन जाेन्साेन
- आर्थिक बृद्धि अर्थात् उत्पादकत्वमा स्थायी वृद्घि, ‘कुल तत्व उत्पादकत्व’ अर्थात् पुँजी र श्रमिकलाई कसरी व्यवस्थित गर्ने भन्ने अर्थ दिन्छ ।
- १८औँ शताब्दीको अन्त्यतिर सुरु भएको आधुनिक आर्थिक वृद्घिमा भौतिक पुँजी (भवन, मेसिन र पूर्वाधार)को निर्माण, शैक्षिक स्तरमा वृद्घि र यी सबैलाई एकसाथ ल्याउँदा उत्पादकत्व बढाउँछ भन्ने कुरा समावेश छ ।
- सरकारी भूमिकामा बढी निर्भर भएर (सिंगापुरमा जस्तै) वा निजी क्षेत्रमा बढी निर्भर भएर (हङकङमा जस्तै) बृद्धि हासिल गर्न सकिन्छ ।
- धनि राष्ट्र (पश्चिम युरोप, अमेरिका, क्यानाडा र अस्ट्रेलिया) स्थायी रूपमा अगाडि बढिरहेका छन् भने गरिब राष्ट्रले केही आर्थिक वृद्घि हासिल त गरेका छन् । तर, उनीहरू विकसित देशको उत्पादकत्व र आम्दानीको स्तरको छेउछाउ पनि पुग्न सकेका छैनन् ।
- सस्तो वस्तुको निर्यात गरेर तीनको गुणस्तर सुधार गर्दै थप राम्रो वस्तु उत्पादन गर्ने विकास मोडल अपनाएका एसियाली राष्ट्रले विगत ५० वर्षमा सकारात्मक वृद्घि हासिल गर्दै विश्वलाई आश्चर्यमा पारेका छन् । सम्भवतः यो विकासपथ अपनाउने जापान पहिलो गैरयुरोपेली राष्ट्र हो भने कोरिया, सिंगापुर र हङकङलगायतका केही राष्ट्रले यसलाई पछ्याएका छन् ।
- चीनको प्रदर्शन प्रभाव आकर्षक हुन सक्छ र यसले सत्तामा बसिरहेर पनि आर्थिक वृद्घिका लागि आवश्यक सुधार गर्न सकिन्छ भन्ने शिक्षा पनि दिन्छ । यो सुन्दा अपत्यारिलो लागे पनि कम्तीमा विश्वमा रहेको गरिबी निवारण गर्ने परिदृश्यका आधारमा सकारात्मक सन्देश हो ।
- हाल रहेको बहुपक्षीय संस्था (अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठन आदि)को संरचना र व्यापक मापदण्ड सेट गर्ने र आमसहमति निर्माण गर्ने संस्थाको उपस्थितिमा विश्वव्यापी प्रणालीको प्रभाव सोचेभन्दा थोरै हुन सक्छ । नयाँ नियम र कानुन निर्माण गर्न कठिन छ ।
- जबसम्म डलर विश्वको प्रमुख सञ्चित मुद्रा र लगानीको सुरक्षित छनोट बन्छ तबसम्म आर्थिक उत्पादनका आधारमा अमेरिका दोस्रो वा भनौँ तेस्रो स्थानमा आए पनि उसलाई खासै फरक पर्दैन ।
- अमेरिकी समृद्धिको सम्भावना घट्नु उसकै राजनीतिक निर्णयहरूको परिणाम हो । अस्थिर वित्तीय घाटा, शंकास्पद व्यापार नीति, उच्च असमानता, कमजोर पूर्वाधार, महँगो स्वास्थ्य सेवा र कमजोर विद्यालय प्रशासन सबै आन्तरिक द्वन्द्वका परिणाम हुन् ।
No comments:
Post a Comment