- गरिबी हाम्रो मुख्य समस्या गरिबी भन्नाले गाँस, बास र कपासको अभावमा कष्टपूर्ण जीवन व्यतीत गर्नुपर्ने अवस्था हो ।
- राज्यले जटिल र ज्यादा जनसंख्यालाई प्रभाव पारेको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानको पहल गर्छ ।
- हाम्रो सन्दर्भमा कुरा गर्नुपर्दा कृषि, पर्यटन र उद्योग नै सबैभन्दा बढी श्रमशक्तिलाई रोजगार दिलाउने क्षेत्र हुन् ।
- गरिबी घटाउनका लागि मूल कार्य भनेकै रोजगारी सिर्जना गर्न गराउनु हो, जसका लागि बढ्दो श्रमशक्तिलाई बढीभन्दा बढी स्वदेशमै श्रम गर्ने अवस्थाको सिर्जना गराई आर्थिक क्रियाकलापमा वृद्धि गर्नुपर्छ ।
- स्थानीय तहमा नै सक्रियतापूर्वक युवाजमात रोजगारी सिर्जना गर्नमा र प्राविधिक ज्ञान लिएर आफ्नै गाँउठाउँमा श्रम गर्न तयार हुने वातावरण निर्माण गर्न सकिए मात्रै बढ्दो गरिबी घटाएर परिणाममुखी नतिजा यस गरिबी निवारणको क्षेत्रमा ल्याउन सकिन्छ । यसतर्फ भने मूलतः राज्यको स्पष्ट नीति र कार्यक्रम हुनु जरुरी छ ।
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Monday, November 12
गरिबी हाम्रो मुख्य समस्या-सुदर्शन अधिकारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment