दलतन्त्र कि लोकतन्त्र ?-ध्रुव कुमार
- राष्ट्रियताले त निश्चित सीमा साँधभित्र रहेका जनतालाई एकबद्ध गर्छ । राष्ट्रियता शब्दको अगाडि अरू कुनै विशेषण जोडिएको हुँदैन ।
- तर हामीकहाँ ‘पहाडिया राष्ट्रियता’ नै नेपालको राष्ट्रियताको परिचायक भएको परम्परा सत्तारुढ दलहरूले थेगेको हुनाले राष्ट्रियताको शब्द विवादित मात्र नभई विभेदकारी भइ ‘आफू’ र ‘अरू’ बीचको रेखांकनले गर्दा जनताबीचको भावनात्मक एकतामा आँच आउनुमा दलगत स्वार्थ जिम्मेवार रहेको छ ।
- लोकतन्त्रले नियन्त्रण स्वीकार्दैन ।
- निर्वाचित वैधानिकताकै आधारमा सरकार चल्न सक्दैन । निर्वाचनको सापेक्षिकता तबमात्र हुन्छ जब सरकार जनताप्रति उत्तरदायी हुन्छ । आमनिर्वाचनले नेतृत्व चयन र विजयी दललाई सरकार गठनको वैधानिकता मात्र दिन्छ ।
- सरकारलेआफ्नो वैधानिकताको दाबी शासनाधिकारले सुम्पेको दायित्व बहन गर्नाले मात्र गर्न सक्छ । तर अहिले सरकार जनताको निम्ति गठन गरिएको हो भन्ने आभास दिन चुकेको छ । कोठे गफमै भए पनि मान्छेहरूमा अचेल दलीय लोकतन्त्रको जमाना बितेको र दलतन्त्रकै कारण लोकतन्त्र फस्टाउन नसकेको धारणाले प्रबलता पाउँदै गएको छ ।
- आम्दानीको असमान अवसरले आर्थिक र सामाजिक असन्तुलनको चित्रण अक्सफामको असमानता घटाउने प्रतिबद्धता सूचकांक २०१८ (सीआरपी) ले सर्वेक्षण गरिएका १५७ राष्ट्रमध्ये नेपाल १३९ औं स्थान (र्याङ्क) मा रहनाले स्पष्ट गरेको छ । यो युद्धग्रस्त अफगानिस्तानको १२७ औं स्थानभन्दा १२ औं स्थान तल पर्नु हाम्रो लागि शुभसंकेत होइन ।
- प्रभावकारी नेतृत्वबिना लोकतन्त्र प्रभावहीन हुन्छ । हामीकहाँ लोकतान्त्रिक पद्धति प्रभावकारी गर्ने सन्दर्भमा नेतृत्व वर्ग नै समस्या भएको यथेष्ट उदाहरण छ । लोकतन्त्र आमनिर्वाचनमा खुम्चिएको छ ।
- राष्ट्रवादको अवधारणाले एउटै भाषा, एउटै भेष र एउटै संस्कृतिसितै अरूमाथि वर्चस्व स्थापित गर्छ । यसले एउटा खास जाति अथवा समूहको प्रतिनिधित्व गर्नाले मुलुकमा प्रतिकूल असर पर्न सक्छ ।
No comments:
Post a Comment