- मान्छे सक्षम वा असक्षम कस्तो बन्छ, उसको लिंगले होइन, उस/उनलाई दिइने अवसरले निर्धारण गर्ने हो । तर कस्तो र कुन अवसर, बहसको अर्को विषय हो ।
- ‘महिलाले पुरुषले भन्दा अतिरिक्त श्रम गर्नुपर्छ । गर्भवती हुने, बच्चा जन्माउले, दूध चुसाउने जस्ता काम उक्त श्रमभित्र पर्छ र त्यस काम महिलाले मात्र गर्नुपर्ने कुरा भने विशिष्ट हो ।’ त्यही विशिष्ट विषयलाई पितृसत्तावादले ‘आइमाईको थाङ्ने काम’ भनेर बुझ्छ ।
- यता उग्र महिलावादीहरूले बच्चा जन्माउनुपरेको, दूध चुसाउनुपरेको कारण वा प्रकृतिले नै महिलालाई ठगेको भन्नेजस्ता कुरा गर्छन् । प्राकृतिक जिम्मेवारीका कारण महिला पछि परेका हुन् भनियो भने त्यसले निष्कर्ष दिँदैन ।
- यता बच्चाको सरसफाइ, खानपान र हेरविचारको विषय सामाजिक कुरा हो । ती काम महिला वा पुरुष जसले निर्वाह गरे पनि हुन्छ । बराबर जिम्मेवारी बाँड्दा पनि हुन्छ । तर कुनै पनि कामले व्यावसायिकता हासिल नगरेको हाम्रोजस्तो समाजमा घरायसी कामलाई महिलाको निजी कामका रूपमा बुझिन्छ । महिला–पुरुषको शारीरिक भिन्नता प्राकृतिक हो । अन्य भिन्नता भने समाजले निर्माण गर्ने हो । तिनै भिन्नताले महिलाको सामाजिक स्तर निर्धारण गरेको हुन्छ ।
- आजको मानव समाजले कम्तीमा दस हजार वर्ष गुजारेको छ । हामीले अभ्यास गरिरहेको महिला–पुरुष बीचको असमानतालाई लिंगीय हो भनेर बुझे समाजका अन्य विभेद र शोषक–शासित पनि जन्मजातै हुन् भन्ने निचोडतिर पुगिन्छ । त्यसो मान्ने हो भने महिला माथिको विभेद सामाजिक परिवर्तनको विषय हुन सक्दैन ।
- बच्चा जन्माउनु उत्पादन र पुनर्उत्पादनको कुरा हो । त्यो शरीर संरचनासँग जोडिन्छ । स्त्री जातिका केही प्राकृतिक जिम्मेवारी तुलनात्मक रूपमा धेरै र सम्वेदनशील भएको सत्य हो । त्यो अनिर्वाय र विकल्परहित हो ।
- जैविक विशेषताका आधारमै महिलामाथि पुरुष हावी भएको देखिन्छ । महिलाले बच्चा हुर्काउने र घरायसी काम एकैसाथ गरिरहेका हुन्छन्, तर ती कामलाई ‘काम’ ठानिँदैन । आजको पुँजीवादी उत्पादन प्रणालीमा प्रत्यक्ष नाफा आर्जनका लागि गरिने कामलाई मात्र उत्पादन ठानिन्छ ।
- खास कुरा के हो भने प्रणालीको ‘भालेकरण’ जैविकता होइन, त्यो त मात्र सत्ताभ्यास हो ।’
https://www.kantipurdaily.com/opinion/2018/11/28/154337585544517851.html
No comments:
Post a Comment