- जनताले निर्वाचनमै उम्मेदवार निर्वाचित गर्दा दलगत रूपमा भन्दा पनि लोकतन्त्रप्रतिको प्रतिवध्दता, इमान्दारीता र जनताप्रतिको जवाफदेहीता हेरेर निर्वाचित गर्ने हो भने मात्र हाम्रो लोकतन्त्रको रक्षा हुन सक्छ । जनताले निर्वाचनमा विवेक प्रयोग नगर्ने र दलका भरिया बन्ने हो भने यस खालको समस्या रहिरहन्छ ।
- असंवैधानिक कदमको लोकतन्त्रमा आस्था राख्ने र लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने सबै राजनीतिक दलहरुले विरोध गर्नुपर्छ । संसद नै लोकतन्त्रको आधारभूत संस्था हो र विगतमा जनआन्दोलनले समेत संसद पुनःस्थापना गरेको हाम्रो इतिहास छ ।
- लोकतान्त्रिक मूल्यमान्यताको क्षयीकरणले दातृ निकायको सहयोगमा पनि कमी आउनेछ । देश र जनताको प्राथमिकताबाट विमुख र असंवैधानिक कदमलाई आम जनताले पक्कै जवाफ दिनेछन् तर त्यसभन्दा अघि उनीहरूले हाम्रा संस्थाहरूको समेत व्यावसायिकता परिक्षण गरिरहेका छन् ।
- https://ekagaj.com/article/thought/2954
बेला बेला भाव आइटोपल्छन । त्यसैले लेख्ने गर्छु । अनलाईनमा उपलब्ध श्राेतहरु संकलन पनि गर्न थालेको छु ताकि आफैलाई अरु माझ्न र चासो राख्ने अरुलाई सहज होओस् ।
Tuesday, January 12
जनताको विवेक र संस्थाहरूको व्यावसायिकताले मात्र जोगिन्छ लोकतन्त्र-डा. चन्द्रमणी अधिकारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment