Friday, November 16

राष्ट्रवाद कि देशभक्ति ?-कृष्ण खनाल

  • फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले राष्ट्रवादको कडा आलोचना गरे । उनका अनुसार ‘देशभक्ति राष्ट्रवादको ठिक विपरीत हो र राष्ट्रवाद देशभक्तिप्रति धोखा हो ।’ (प्याट्रोटिजम इज दि एक्ज्याक्ट अपोजिट टु न्यासनलिजम, न्यासनलिजम इज अ बिट्रेयल अफ प्याट्रोटिजम) ।
  • पहिलो विश्वयुद्धका कारण प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब ४ करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ । एक करोडभन्दा बढी सैनिक र करिब त्यति नै गैरसैनिक नागरिकको युद्ध मैदानमै हताहत भएको थियो । पहिलो र दोस्रो दुवै विश्वयुद्धको प्रमुख कारक जर्मनीले प्रतिपादन गरेको अतिवादी राष्ट्रवाद थियो । 
  • सामान्य बुझाइमा राष्ट्र भनेको देश हो, आफ्नो देशलाई माया गर्नु देशभक्ति हो । राष्ट्रलाई माया गर्नु राष्ट्रभक्ति । 
  • देशभक्ति र राष्ट्रभक्ति खासै फरक कुरा होइन । संँगसँंगै राष्ट्र र राष्ट्रियतालाई जोडेर हेर्नुपर्छ । राष्ट्रियताले एउटा राष्ट्र निर्माण गर्ने तत्त्व (कन्स्टिच्युएन्ट्स) लाई बुझाउँछ, जुन त्यो राष्ट्रलाई प्रतिनिधित्व गर्ने जनसमुदाय हो, उसको सम्प्रभूता हो, जाति, भाषा, संस्कृति हो । कुनै पनि राष्ट्र अस्तित्वमा रहन यी कुरा आवश्यक छन् ।
  • कतिलाई लाग्छ होला, राष्ट्रवाद भनेको राष्ट्रियताको अभिव्यक्ति हो । जुन संकुचित र गलत हो । राष्ट्रवादले यी कुराको श्रेष्ठता दाबी गर्छ । राष्ट्रवाद शासकले आफ्नो अनुकूलताका लागि प्रयोग गर्दै आएको एउटा अस्त्र हो । देशभक्ति एउटा नागरिकले गरेको आफ्नो जिम्मेवारी र कर्तव्यबोधसँंग सम्बन्धित हुन्छ, जसको पालना गर्दा अरुको सहअस्तित्व, मर्यादा र समानता उपेक्षित हुँदैन । त्यहाँ श्रेष्ठताको कुरा हुन्न । श्रेष्ठताको दाबीले अर्कोको अस्तित्वलाई गौण बनाउँछ, न्युनीकरण गर्छ ।
  • राष्ट्रवादले कुनै एक जाति र राष्ट्रको सर्वोपरिता र श्रेष्ठतालाई बुझाउँछ । राज्यशक्तिमा पहुँच र त्यसको परिचालनमा एकल जातीय–सांस्कृतिक श्रेष्ठताको दाबी गर्छ । यो दुवैतिर प्रहार गर्ने धारिलो अस्त्र हो । एकल जातीयको श्रेष्ठताको वकालत अति राष्ट्रवादको मुख्य जरो हो ।
  • नेपाल देश–राष्ट्र विभिन्न कुराले बनेको छ । यसको भूभागमा बसोबास गर्दै आएका विभिन्न जाति, भाषा, समुदायका मानिस समष्टिमा नेपाल राष्ट्र हो । यसको सहअस्तित्व र सम्बद्र्धनमा नेपाली राष्ट्रियता अभिव्यक्त हुन्छ । यसैलाई भावनात्मक उपयोग र परिचालन गरी आन्तरिक वा बाह्य रूपमा नेपालको श्रेष्ठताको खोजीमा राष्ट्रवाद जन्मिन्छ । 
  • आफ्नो हितलाई प्राथमिक बनाएपछि राष्ट्रियताको महत्त्व र मूल्यवान तत्त्व मेटिन्छ । 
  • आजको विश्व सन्दर्भमा राष्ट्र र राष्ट्रियता भनेको जातीय श्रेष्ठता तथा प्रभुत्वको विषय होइन । परस्पर सम्मान, सहअस्तित्व, सहकार्य र अन्तरनिर्भरताको युग हो यो । दुवै विश्वयुद्धले सिकाएको पाठ कुनै एक राष्ट्रको श्रेष्ठता होइन, राष्ट्रहरू बीचको परस्पर सहयोग र अन्तरनिर्भरता हो ।
  • मानव हितका धेरै कुरा सामुहिक प्रयास र आपसी सहयोगबाट हासिल गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ । यद्यपि आम मानिसमा आफ्नो खाँचो र अधिकार राष्ट्र–राज्यबाटै आपूर्ति हुन्छ भन्ने बुझाइ व्यापक छ । 
https://www.kantipurdaily.com/opinion/2018/11/15/154224859302548015.html?author=1

No comments:

Post a Comment